• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

  • १३ माघ २०७६, सोमबार १५:१३ मा प्रकाशित
  • १३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।


    Posted in मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

    चौघेराको गोरखनाथ वैदिक गुरुकुल, सबै माझ लोकप्रिय बन्दै

  • २४ पुष २०७६, बिहीबार ११:२७ मा प्रकाशित
  • -वसन्त अनुभव-
    दाङ,२२ पौष / नेपाल एक धर्म निरपेक्ष राष्ट्र हो । यहाँ विभिन्न धर्म सम्प्रदायका मानिसहरु बस्दै आएका छन । हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता (८०%) रहेको देश नेपाल गणतन्त्रको घोषणा भए पछि हिन्दु अधिराज्य बाट धर्म निरपेक्ष राष्ट्र हुन पुगेको थियो ।

    नेपालमा धार्मिक विद्रोह, झैझगडा नभइ धार्मिक सहिष्णुता कायम रहे पनि हिन्दु धर्म र संस्कृति माथी चारैतिर बाट आक्रमण भैरहेको, गैरहिन्दुहरुले हिन्दुहरुलाई ललाई फकाई, अनेकन प्रलोभन देखाई प्रभावमा पारेर धर्म परिवर्तन गराई रहेको खबर विभिन्न संचार माध्यम, सोसल मिडियामा देख्ने र सुन्ने गरिन्छ ।

    सबैभन्दा पुरानो प्राचीन धर्म र संस्कृतिको रक्षा गर्ने उद्देश्यले विगत २०७५ साल वैशाख २४ गते सकृय, कर्मठ,युवा समाजसेवी तथा ज्योतिष प्रकाश भट्टराईको पहलमा बिधिवत रुपमा घोराही उपमहानगरपालिका वडा नं.१७ चौघेरास्थित गोरक्ष सिद्ध रत्ननाथ मठ परिसरमा गोरखनाथ वैदिक गुरुकुलको स्थापना गरिएको हो ।

    उक्त गुरुकुलको स्थापनामा महर्षी वैदिक फाउन्डेसन नेपालको ठुलो योगदान रहेको छ ।जसले नेपालको हिन्दु धर्म संस्कृतिको जगेर्ना खातिर विभिन्न कार्यक्रम गर्दै आएको छ । करिब आठ महिना पहिले स्थापना भएको उक्त गुरुकुलमा दैनिक रुपमा संस्कृत शिक्षा, व्याकरण, रुद्रिपाठ, कर्मकाण्ड, योग आदि सिकाइने गरिन्छ । शनिबार लगायत सार्वजनिक विदाका दिन, दशै तिहार जस्ता पर्वहरुमा पनि पठनपाठन जारी रहदै आएको छ । स्थापना भएयता निरन्तर पठनपाठन चल्दै आएको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

    दैनिक पठनपाठनका अलावा गुरुकुलले विभिन्न कार्यक्रम, समारोहमा गएर प्रवचन, बटुक/ कन्याहरुद्वारा स्वस्तिवाचन जस्ता कार्य गर्दै आएको छ । साथसाथै गुरुकुलले प्रत्येक शनिबार अभिभावक भेला र सत्संग कार्यक्रम संचालन गर्दै आएको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले बताउनु भयो । साथै अध्यक्ष भट्टराईले बिगत तीन महिनादेखि गुरुकुलमा दैनिक विहान रुद्री पाठ हुँदै आएको समेत जानकारी दिनु भयो । गुरुकुलले यहि पौष १९ गते आफ्नो शनिवारिय कार्यक्रम को ३३ औ शृङ्खला सम्पन्न गरिसकेको छ ।

    प्रत्येक शनिबार हुने अभिभावक भेला र सत्संग कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा काम गर्ने प्रतिष्ठित व्यक्तित्वहरुलाई अतिथिको रुपमा बोलाएर गुरुकुलका गतिविधि अवगत गराउने गरेको छ, जुन निकै लोकप्रिय र आकर्षक बन्न पुगेको छ । कार्यक्रममा अतिथिहरुले गुरुकुलको विकास र जगेर्नाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्ने गरेको अध्यक्ष भट्टराईले बताउनु भयो ।

    गुरुकुललाई अझै स्तरीय, प्रभावकारी बनाउनका लागि प्रकाश भट्टराईको नेतृत्वमा एक समिति पनि गठन गरिएको छ । गुरुकुललाई आजको स्थिति सम्म ल्याउनमा महर्षी वैदिक फाउन्डेसन नेपाल, गाेरक्ष सिद्द रत्ननाथ मठका मठाधिश याेगी देवनाथ, मठका सचिव हिरानाथ याेगी, गुरुकुलका अध्यक्ष प्रकाश भट्टराई, गुरुकुलकि प्राचार्य सन्ताेषी सुवेदी, गुरुकुलका सचिव ताेयनाथ याेगी, सकृय सदस्य शुसिला खनाल, पवन याेगी लगायतका महानुभावहरुको ठूलो योगदान रहेको जानकारी अध्यक्ष भट्टराईले दिनु भयो । साथै उहाँले भबिष्यमा वैदिक र अाधुनिक शिक्षा दुबै मिलाएर अन्तरास्ट्रियस्तरकै उत्कृष्ट गुरुकुलकाे रुपमा विस्तार गर्ने योजना रहेको जानकारी दिनु भयाे ।

    Posted in Uncategorized, मुख्य खबर, लोकप्रियLeave a Comment on चौघेराको गोरखनाथ वैदिक गुरुकुल, सबै माझ लोकप्रिय बन्दै

    मघौटा नाच र थारु परिकार, महोत्सवको प्रमुख आकर्षण हुने

  • २० पुष २०७६, आईतवार २३:५६ मा प्रकाशित
  • –वसन्त अनुभव-
    घोराही, २० पुस / आगामी पौष २५ गते देखि माघ २८ गतेसम्म हुन लागेको माघ साँस्कृतिक महोत्सव–२०७६ को आयोजक समितिले आज घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रम माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक एंव थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यमा भएको थियो ।

    माघ साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण थारु परिकार र मघौटा नाच रहने माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिले कार्यक्रममा जानकारी दिएको छ। समितिका संयोजक भुवन चौधरीका अनुसार थारु परिकारहरु जस्तै माछा, घोङघी, गंगटा, सुंगुरको मासु, अन्डि चामलको भात, अन्डिको झोल पनि विक्रिवितरणका लागि राखिने भएको छ । यसैगरि महोत्सवमा थारु समुदायमा प्रचलित मघौटा, संख्या, छोक्रा, हुर्डुंग्या, पैयाँ नाचको प्रस्तुति रहने छ । साथै महोत्सवमा थारु भाषाका विभिन्न पुस्तक, पत्रपत्रिका, थारु हस्तकला समेतको प्रदर्शनी राखिने छ । त्यसैगरि महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा बताइएको छ ।

    थारु साँस्कृतिक संग्रहालय भवन निर्माणका लागि आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न किसिमका ५० वटा स्टल राखिने आयोजक समितिले जनाएको छ । साथै महोत्सवमा विद्यार्थीहरुका लागि रु ३०, सर्वसाधाणका लागि रु. ५० र भि.आई.पि.का लागि रु १००० रुपैयाँको टिकट ब्यवस्था गरिएको प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिनुभयो। कार्यक्रमको सहजिकरण प्रचारप्रसार संयोजक सन्तोष दहितले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on मघौटा नाच र थारु परिकार, महोत्सवको प्रमुख आकर्षण हुने

    रबि लामिछानेले आफ्नो पत्नी निकिताको जन्मदिनमा, उनले पाउनुपर्ने भन्दा धेरै शुभकामना दिए

  • १५ पुष २०७६, मंगलवार ०९:५० मा प्रकाशित
  • रम्जान समर्पण

    न्युज २४ का सिधा कुरा जनतासित कार्यक्रमका प्रस्तोता, नेपालीहरुको मनमा बस्न सफल समाजिक अभियन्ता, एक कुसल पत्रकार रबि लामिछानेले आफ्नो पत्नीको जन्म दिनको अबसरमा फेसबुकमा स्टाटस सेयर गर्दै शुभकामना दिएका छन् । उनले स्टाटस मार्फत आफ्नी प्यारी धर्मपत्नीलाई लेखेका छन् “ह्याप्पी बर्थ डे टु यु माइ डियर वाइफ, तिमिलाइ जन्मदिनको धेरै धेरै शुभकामना, मैले दिनसके भन्दा धेरै र तिमिले पाउनु पर्ने भन्दा धेरै ।

    सामाजिक सेवामा रहेर राजनीतिक दमन र , भ्रस्टाचार विरुद्धमा शसक्त आवाज उठाउने र समाधान गर्ने, जनाताका हिरो लामिछानेले उक्त स्टाटस सँगै बर्थडे फोटो पनि सेयर गरेका छन । उहाँका सम्पुर्ण समर्थक नेपालीहरुले निकितालाइ जन्मदिनको शुभकामना कमेन्टबाट दिइरहेका छन । यहिबाट उहाँ हाम्रो पनि उहाँलाइ जन्मदिनको शुभकामना दिन चाहन्छौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on रबि लामिछानेले आफ्नो पत्नी निकिताको जन्मदिनमा, उनले पाउनुपर्ने भन्दा धेरै शुभकामना दिए

    एनआरएनएद्वारा निर्मित लाप्राक बस्ती पर्यटन गन्तव्यमा पहिलाे नम्बरमा

  • १५ पुष २०७६, मंगलवार ००:३९ मा प्रकाशित
  • गोरखा, पुस १४ गते । जिल्लाका १० रमणीय स्थल पर्यटकीय गन्तव्यका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलको आग्रह र स्थानीय तहको छनौटको आधारमा जिल्ला समन्वय समितिले सूचीकृतका गर्नका लागि छनोट भएका नाम पठाइएको हो ।

    ‘मन्त्रालयले ताकेता गरेको गरै थियो । स्थानीय तहबाट छनौट भई आएका नामहरुलाई अन्तिम रुप दिएर हामीले पठाएका छौं ।

    गोरखा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भन्नुभयो । गोरखाका ११ स्थानीय तह मध्ये चुमनुव्री र आरुघाट गाउँपालिकाले भने सम्भावित पर्यटकीय स्थलको नाम नपठाएपछि ९ वटा स्थानीय तहका १० गन्तव्य छानिएका हुन् । जिल्ला समन्वय समितिले धार्चे गाउँपालिका–४ गुप्सी पाखामा निर्मााण भईरहेको एक्किृत नमूना वस्तीलाई पहिलो नम्वरमा सिफारिस गरेको छ ।

    जिसस प्रमुख गुरुङका स्वकिय सचिव तुलसी धितालले दिएको जानकारी अनुसार एक नम्बरमा एनआरएनएको मोडल भिलेज लाप्राक, २ नम्बरमा गोनपा–४ को भीमसेन थापा स्मारक पार्क, ३ नम्वरमा सहिद लखन गाउँपालिकाको बुंकोटमा रहेको प्रथम सहिद लखन थापामगर स्मारक किल्ला र अजिरकोट गाउँपालिका–३ को अजिरकोट कालिका मन्दिर र अजिरकोट पुरानो दरवारलाई चौथो नम्वरमा सिफारिस गरिएको छ ।

    यसैगरी गण्डकी गाउँपालिकाको महादेव भैरव स्थान पर्यटक क्षेत्र पाचौं, पालुङ्टार नगरपालिकाको लिगलिगकोट दरवार छैटौं, वारपाक सुलिकोट गाउँपाकिलाको सीता गुफा सातौं, सिरानचोक गाउँपालिकाको सिरानचोक कोट आठौं, भीमसेन थापा गाउँपालिकाको बराम समूदायको बसोबास रहेको क्षेत्र र धार्चे गाउँपालिकाको उहियामा रहेको तातोपानी कुण्डलाई दशौं नम्वरमा सिफारिस गरिएको छ ।

    गण्डकी प्रदेशले हरेक वर्ष ११ वटै जिल्लाका १०/१० पर्यटकिय गन्तव्यको छनोट गरी पुस्तक प्रकाशन गर्ने गरेको छ । गत वर्ष मन्त्रालयले ताकेता नगर्दा जिल्लाका कुनै पनि पर्यटकिय गन्तव्य उक्त पुस्तकमा नसमेटिएको जिसस स्रोतले बताएको छ ।

    मनकामना, गोरखकाली, गोरखा संग्राहलय, भूकम्पको केन्द्रविन्दु वारपाक, मनास्लु क्षेत्र जस्ता ठाउँ यस अघि नै पर्यटकिय गन्तव्यको रुपमा स्थापित भइसकेकाले उक्त सूचीमा समावेश नगरिएको जिसस गोरखाले जनाएको छ ।

    ‘लुकेर रहेका पर्यटकिय गन्तव्यको बारेमा देश विदेशमा रहेका मानिसलाई जानाकारी दिनु यसको उदेश्य हो । यस अघि नै चिनिइसकेका ठाउँलाई त फेरी चिनाइरहनु परेन ।

    जिसस प्रमुख गुरुङले भन्नुभयो । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । नयाँ गन्तव्य थपिएसँगै जिल्लामा पर्यटकको बसाई लम्व्याउन  सकिने विश्वास लिइएको छ । श्रोत गोर्खाअनलाइन

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on एनआरएनएद्वारा निर्मित लाप्राक बस्ती पर्यटन गन्तव्यमा पहिलाे नम्बरमा

    प्रमुखको मोबाइल नम्बर चाहियो ? [हेर्नुहोस् सूची]

  • ८ पुष २०७६, मंगलवार २०:५२ मा प्रकाशित

    काठमाडौं । तपाईंलाई तत्काल जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क गर्नु छ तर उनको मोबाइल वा अफिसको फोन नम्बर छैन ?

    अब चिन्ता नगर्नुहोस्, प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लाका प्रहरी प्रमुखहरुको मोबाइल नम्बर तथा कार्यालयको ल्याण्डलाइन नम्बर सार्वजनिक गरेको छ ।

    खुसीको कुरा के छ भने जिल्लामा प्रहरी प्रमुख (एसपी/डिएसपी) सरुवा भए पनि यी मोबाइल नम्बरहरु बदलिदैनन् ।

    जुनसुकै नयाँ प्रहरी प्रमुख आए पनि मोबाइल नम्बर उहीँ नै हुन्छ, जसले जिल्लाका प्रहरी प्रमुखलाई एक कलकै भरमा भेट्न सकिन्छ ।

    हेर्नुस् जिल्लाका प्रहरी प्रमुखको मोबाइल तथा ल्याण्डलाइन नम्बर-

    साभार हटलाइनखबर


    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on प्रमुखको मोबाइल नम्बर चाहियो ? [हेर्नुहोस् सूची]

    मा.वि.शान्तिपुरमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेशिन जडान

  • २ पुष २०७६, बुधबार २०:२७ मा प्रकाशित
  • –वसन्त अनुभव-
    कन्चनपुर, ०२ पौष / बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित श्री शान्ति माध्यमिक विद्यालय, शान्तिपुरमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेशिन जडान गरिएको छ ।

    विद्यालय समयमा शिक्षिकाहरु तथा छात्राहरूलाई महिनावारीका कारणले अध्ययन अध्यापन कार्यमा बाधा नपरोस सहज रूपले पठनपाठनमा सहयोग होस भनेर अटोमेटिक स्यानिटरी प्याड मेशिन जडान गरिएको हो ।

    यो मेसिन बेलौरी नगरपालिका वडा नं. ४ को सौजन्यमा प्राप्त भएको हो । आज एक कार्यक्रमको आयोजना गरि मेशिनको उद्घाटन गरिएको हो ।

    फोटो:सोसल मिडिया वाल

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on मा.वि.शान्तिपुरमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेशिन जडान

    सूर्योदय हेर्नका लागि नयाँ गन्तव्य लोहाकिल

  • २ पुष २०७६, बुधबार ११:४९ मा प्रकाशित

    पाँचथर/ सूर्योदय हेर्नलाई पूर्वका दुई प्रसिद्ध स्थान हुन्– इलामको श्रीअन्तु र सन्दकपुर । कल्कलाउँदो झुल्केघामको दृश्य हेर्न प्रत्येक वर्ष सयौं देशी–विदेशी पर्यटक श्रीअन्तु र सन्दकपुर पुग्छन् । नपुग्नेहरू मनमा कहिले पुगौंला भन्ने हुटहुटी पालेर बस्छन् । पुग्नेहरू झुल्केघाम हेर्दै रमाउन दोहो¥याएर, तेहो¥याएर पनि जान्छन् । सूर्योदयको पर्याय जस्तै बनेका छन्– श्रीअन्तु र सन्दकपुर ।

    यी दुई स्थानजस्तै सूर्योदयको सुन्दर दृश्य देखिने अर्को ठाउँ पनि फेला परेको छ–लोहाकिल । पाँचथरको फिदिम नपा–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलामको सन्दकपुर गाउँपालिकाको सङ्गमस्थलमा रहेको लोहाकिल डाँडाबाट पनि झुल्केघामको सुन्दर दृश्य हेर्न सकिन्छ । ‘तर प्रचार–प्रसारको अभावले लोहाकिल अझै ओझेलमा छ’ –स्थानीय मदन राईले भने ।

    तीन हजार सात मिटर उचाइमा छ, लोहाकिल । त्यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण, सगरमाथालगायतका हिमशृङ्खलाको मनमोहक दृश्यसमेत आँखाभरि भर्न सकिन्छ । लोहाकिल डाँडामा मङ्गलबार बिहान भेटिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हर्क नेम्वाङ मिक्सोले भने, ‘यहाँबाट पनि श्रीअन्तु र सन्दकपुरबाट जस्तै सुन्दर सूर्योदयको दृश्य नियाल्न सकिँदो रहेछ ।’
    लोहाकिलबाट पनि झुल्केघाम हेर्न सकिन्छ भन्ने सुनेर पहिलोपल्ट आएको नेम्वाङले बताए । टोलीमा सँगै रहेका पत्रकार विजयबोध लाओतीले पनि लोहाकिल सूर्योदयको दृश्यावलोकनका लागि उपयुक्त ठाउँ भएको बताए । उनले भने, ‘तीनवटै स्थानीय सरकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि संयुक्त पहल गरे झुल्केघाम हेर्नलाई वैकल्पिक गन्तव्य बन्छ लोहाकिल ।’

    पर्यटकीयस्थल सुकेपोखरी नजिकै पर्छ, लोहाकिल । मेची राजमार्गको पाँचथरस्थित पौवाभञ्ज्याङ बजारबाट पाँच किलोमिटर मोटर यात्रा गरी सुकेपोखरी पुग्न सकिन्छ । सुकेपोखरीबाट आधाघण्टा पैदल हिँड्दा लोहाकिल पुगिन्छ । जहाँबाट बिहानै हेर्न सकिन्छ, रहरलाग्दो झुल्केघामको दृश्य ।

    लोहाकिलसँगै सुकेपोखरी छ । नजिकै साधुटार, राँके, देउराली, धार्मिक पर्यटकीय क्षेत्र सिलौटी र लब्रेकुटिजस्ता सुन्दर ठाउँ छन् । लोहाकिल यात्रामा निस्कँदा यी सबै ठाउँको एकदिने प्याकेज भ्रमण गर्न सकिन्छ । बेला–बेला आन्तरिक पर्यटक लोहाकिल पुग्ने गरेको स्थानीय सुरेश राईले बताए । प्रचार–प्रसार र प्रवद्र्धनको कमीले छायाँमै रहेको लोहाकिल क्षेत्रको पर्यटन प्रवद्र्धनमा ध्यान दिन स्थानीय सरकारसँग उनले माग गरे । लोहाकिल क्षेत्रलाई सूर्योदय हेर्नका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न पहल गर्ने नेकपा नेता नेम्वाङले बताए ।

    shavhar: blastkhabar

    Posted in मुख्य खबर, लोकप्रियLeave a Comment on सूर्योदय हेर्नका लागि नयाँ गन्तव्य लोहाकिल

    साग को समापन समारोहमा ‘ड्रोन लाइट’ मा नेपालकाे नक्सा र झण्डा

  • २५ मंसिर २०७६, बुधबार ०९:२० मा प्रकाशित
  • unn.prixa.net

    रम्जान समर्पण

    २४ मंग्सिर मंगलबार का दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह भव्यका साथ सम्पन्न भएको छ । 

    विभिन्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीहरुको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई निकै झकिझकाउ बनाएको थियो ।

    १ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर , नेपालको नक्सा, झण्डा, मन्दिर तथा बुद्धका आकृतिहरु बनाइ देखाइएको थियो । 

    विभिन्न सांस्कृतिक दृश्य सहिदको ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्दा यो बर्ष बिगतका बर्षहरु भन्दा निकै उत्कृष्ट रहेकोे थियोे । यसलाई कम्प्युटर सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका बिग्यहरु बताउँछन् ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on साग को समापन समारोहमा ‘ड्रोन लाइट’ मा नेपालकाे नक्सा र झण्डा

    तपाइको आजको राशिफ

  • १४ मंसिर २०७६, शनिबार १९:०० मा प्रकाशित
  • आज २०७६ साल मंसिर १५ गते आइतबार, तदअनुसार १ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:
    तिथि: मङ्सिर शुक्ल पञ्चमी, नक्षत्र: उत्तरषढा, नेपाल संवत: ११४० थिंलाथ्व पंचमी, राशी: मकर
    तपाइको आजको राशिफल
    मेष
    धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक तथा सृजनशील क्षेत्रमा रुची बढ्ने छ । काम देखाएर अरुको मन प्रभावित पार्न सकिने छ ।
    वृष
    इच्छा र आकांक्षा पूर्ण हुनेछ । धन आर्जनमा नया स्रोतहरु पत्ता लाग्नेछ । लामो समय देखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन ।
    मिथुन
    विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ ।सौन्दर्यतामा खर्च हुनेछ तर शुभ यात्राको योग रहेको छ ।
    कर्कट
    सहयोगी हातहरु अघि बढ्नेछन । आफन्तको प्रगतिमा मन रमाउने छ । व्यापार व्यवसायमा फाईदा होला । पुनर्मिलनको योग रहेको छ ।
    सिंह
    मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।आम्दानी बढाउने काम सुचारु गर्न सकिने छ । राजनैतिक कार्यमा सफलता प्राप्त हुनेछ ।
    कन्या
    साथी भाईको संगको भेटघाटले मन प्रफुल्ल रहला ।व्यवसायिक काममा राम्रै फड्को मर्न सकिन्छ ।धार्मिक यात्राको योग रहेको छ ।
    तुला
    अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नु होला ।
    वृश्चिक
    मंगल कार्यको योग छ । आँटेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्ने छ । एक पछी अर्को अवसर आउनाले मन प्रसन्न रहने छ।
    धनु
    अतिथिको रुपमा सत्कार पाईएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाईदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरु सम्पन्न हुनेछन।
    मकर
    शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्र बाट सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम सम्पन्न हुनेछ।
    कुम्भ
    स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रमा कम्जोर रहने देखिन्छ।
    मीन
    जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यLeave a Comment on तपाइको आजको राशिफ

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P