कपिलवस्तु – ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुका प्रहरी निरीक्षक गणेश सुबेदीले एक्सनमा आएको छन् । कपिलवस्तु जिल्लाको हुलाकी राजमार्ग लगायत ग्रामीण भेगको सडक सुनसान भएको छ । लकडाउन उल्लघन गर्ने ब्यक्ती तथा लकडाउनलाई बेवास्ता गर्दै गुडाउने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिन थाले पछि सडक सुनसान बनेको हो । विश्वमा महामारीको रुपा लिएको कोभिड -१९ लाई नियन्त्रणमा लिनको लागी सरकारले जारी गरेको लकडाउनलाई बेवास्ता गरी ओहर दोहर गर्ने सवारी साधन, ब्यक्तीलाई नियन्त्रणमा कारवाही गर्दै आएको सुबेदीले बताए । उनले नेपाल सरकारले लागु गरेको लकडाउन सरकारको नभएर आम नेपाली नागरिकको लागी भएको हुनाले बेवास्ता गर्ने र उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिएको बताउनु भयो । ईलाका प्रहरी कार्यालय पकडीको मताहतमा पर्ने प्रहरी चौकीहरुका प्रमुखलाई कडा निर्देशन दिनुको साथै आफूपनि सडकमा खट्दै आएको बताउनु भयो । प्रहरीको कडाई हुनसाथ हुलाकी राजमार्ग तौलिहवा भैराहवा समेत ग्रामीण भेगमा चल्ने सवारी साधन ठप्पा भएको छ । अति आवश्यक सवारी साधन पुरै ठप्पा छ । निरीक्षक सुबेदीले आम सर्वसाधारणलाई आ -आफ्नो घरबाट बाहिर ननिस्किन अपिल समेत गर्दै आएको हुन । निरीक्षक सुबेदीले कोरोना भाइरस सँग जोगीने उपायहरु समेत गाउँ गाउँ टोल टोलमा पुगी प्रचार प्रसार समेत गर्दै आएको छन् । इलाका प्रहरी कार्यालय पकडी मातहातमा रहेको स्थानियको भनाइ अनुसार प्रहरी निरीक्षक सुबेदीले गरिरहेको कार्य सराहनीय रहेको बताएका छन । हाम्रो देश नेपाल लगायत विश्व भर फैलिएको यस्तो महामारीको बेला पनि प्रहरी निरीक्षक सुबेदीले आफ्नो जिउ ज्यानको ख्याल नगर्दै रात दिन स्थानियको सहयोगमा जुटेको कार्य सराहनीय रहेको स्थानियले बताउदै आएको छन् ।

