• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

‘नगर्नु भनेको’ – आर्त अकुलीन

  • २ आश्विन २०७८, शनिबार १४:३२ मा प्रकाशित
  • गजल

    नगर्नु भनेको आखिर गर्नुहुन्छ ।
    सबैको आँखामा किन पर्नुहुन्छ ।

    पहिले हाँसेर नजिकै सरेर,
    भरेपछि गोजी अन्तै सर्नुहुन्छ ।

    मनुज बिग्रेका भुलेर संस्कृति,
    चारैतिर आफै बिष छर्नुहुन्छ ।

    अथाहा रहेछ माटोको महिमा,
    बिर्सेर जननी खोला तर्नुहुन्छ ।

    रमाएर आर्त पराइ भूमिमा,
    चरा जस्तै गरी आफै मर्नुहुन्छ ।

    ✍️ आर्त अकुलीन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘नगर्नु भनेको’ – आर्त अकुलीन

    एनआरएनए निर्वाचन समिति अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशनको प्रेस विज्ञप्ति !

  • १ आश्विन २०७८, शुक्रबार २०:०६ मा प्रकाशित
  • १७ सेप्टेम्बर २०२१, गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।

    गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ । सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ ।

    गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए membership@nrna.org मा पठाइ दिन हुन समेत सुचित गरिन्छ । आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ ।

    निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ । निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ । निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ । महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ ।

    निर्वाचन समिति,
    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
    १७ सेप्टेम्बर २०२१

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए निर्वाचन समिति अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशनको प्रेस विज्ञप्ति !

    दाङमा १४ बर्षीया बालिका माथि सामुहिक बलात्कार, एक जना पक्राउ

  • १ आश्विन २०७८, शुक्रबार १२:१९ मा प्रकाशित
  • तुलसीपुर,
    १-असोज/ दाङमा एक बालिका माथी सामुहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा  रहेको एक होटेलमा बालिका माथि सामुहिक बलात्कार भएको प्रहरीले बताएको छ । गएको भदौ २७ गते दिउँसो करिब ४ बजेको समयमा १४ बर्षीया बालिका माथि सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

    ति बालिकालाई दुईजना युवाहरुले पानीपुरी खाने भन्दै होटेलमा लगेर बलात्कार गरेको डिएसपी अर्यालले बताए । बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिर आएको प्रहरीले बताएको छ ।

    यसैबिच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ बर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ । उनलाई बिहीबार दिउँसो शान्तिनगर गाउँपालिका–५ रगैचाबाट पक्राउ गरेको हो भने घटनामा संलग्न एकजना फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on दाङमा १४ बर्षीया बालिका माथि सामुहिक बलात्कार, एक जना पक्राउ

    सङ्खुवासभा सामूहिक हत्यामा ट्विस्ट : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

  • ३१ भाद्र २०७८, बिहीबार ०९:३६ मा प्रकाशित
  • सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । 
    लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’  
    भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
    हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । 
    हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए । 
    तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 
    ‘लोकबहादुरले हत्या गर्दै गए, नरेश पछि–पछि थियो’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘अन्तिममा ८४ वर्षीया पार्वती कार्कीलाई हत्या गरेर लोकबहादुर फर्केपछि पछिपछि लुक्दै गएका नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिन्छ ।’

    Posted in ताजा अपडेटLeave a Comment on सङ्खुवासभा सामूहिक हत्यामा ट्विस्ट : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

    टुसास द्वारा ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा वृहत् टुक्का लेखन कार्यक्रम

  • ३० भाद्र २०७८, बुधबार १९:३१ मा प्रकाशित
  • काठमाडौ, ३० भाद्र । टुक्का साहित्य समाज काठमाडौले “टुक्का लेखन अभ्यास श्रृङ्खला-२१” सम्पन्न गरेकाे छ । विशेष अवसरहरूमा टुक्का कविता लेखन अभ्यास संचालन गर्दै अाएकाे समाजले ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर भाद्र २९ गते उक्त कार्यक्रम सञ्चालन गरेकाे हो। अभ्यासमा नेपाल लगायत विश्वका विभिन्न देशहरूबाट ३४ जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

    टुक्काकारहरूले बालबालिकाे संरक्षण तथा तिनीहरूकाे हक, अधिकार सम्बन्धमा केन्द्रित भई चाेटिला टुक्काहरू सिर्जना गरेका थिए। 

    अभ्यास कार्यक्रम टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंकाे संयाेजकत्वमा  सञ्चालन भएकाे थियो भने टुक्काहरूको संकलन र सम्पादनमा सहयोग समाजकी सचिव विमुन्स पौडेलले गर्नुभएकाे थियाे ।

    कार्यक्रमकाे समापनगर्दै अध्यक्ष चापागाईं र सचिव पाैडेलले सक्रिय सहभागिताकाे लागि सम्पूर्ण सर्जकहरूमा हार्दिक अाभार तथा धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    अभ्यासकाे क्रममा संकलन गरिएका बालबालिका सम्बन्धी टुक्काहरू

    १.
    पढी लेखी हाँसखेल गरि ज्ञान भरेर,
    भाेलि देश बनाउने यिनै ज्याेती छरेर ।
    २.
    पढ्ने लेख्ने उमेरमा मजदुर बन्नु नपराेस्,
    बालबालिकाकाे संरक्षण गर्न बाधा नझराेस्।
    ३.
    बालअधिकारका कुराहरू भाषणमा मात्र सिमित भयाे,
    कानून बने कार्यक्रम भए ती बजेट त्यसै खेर गयाे ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेशी, धादिङ

    १.
    अधिकारहरू चिन है तिमीले,
    अनि प्रेम दिनेछ यही जिमीले।
    २.
    सुन बालक हो सुख शान्ति तिर,
    अघि लम्किनू चिन्नू पर्यो समीर।
    ३.
    पर्खाइको अन्त्य कहिले हुन्छ?
    आमा बिना एक्लो जीवन रुन्छ।
    ४.
    बालअधिकार के हो कोही त केही सुनाऊ,
    मेरो वाल्यपन किन थिचिएको हो बुझाऊ।
    ✍️ पौडेल विमुन्स, पाेखरा

    १.
    अाधारभूत आवश्यकता हुन्न बञ्चित गर्दिन,
    अधिकार,ज्ञान, शीप दिएर पर्छ उर्जा भर्दिन।
    २.
    कोपिला हुन् यी आजका भोलिका कर्णधार हुनेछन् ,
    संरक्षण र माया पाएमा पछि त शिखर छुनेछन्।
    ✍️ नानीबाबा अधिकारी, काठमांडौ

    १.
    पाउनु पर्छ बच्चाले स्वास्थ्य,शिक्षा र पौष्टिक आहार,
    यही नै हो बालबालिकाको आधारभूत अधिकार। 
    २.
    बन्द गरौँ श्रम शोषण,हत्या हिंशा र बलात्कार,
    सुरक्षा गरौँ बालबालिका भविष्यका कर्णधार।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    १.
    बिरुवा जोगाए पछि फलको आस,
    मल बिनाको बिरुवा हुँदैन खास।
    २.
    खै चट्टानमा पनि   उम्रदो रहेछ,
    त्यसको फल सारै नै तीतो भएछ।
    ३.
    पालुवा बचाए फूल बाँच्छ अनि बन्छ फूलबारी,
    पालुवा टिप्दै भाँच्दै गरेभने बन्नेछ काँडाघारी।
    ४.
    बचाऔँ पालुवा  सुन्दर  बारीको नै कल्पना गरौँ,
    गरी सुरक्षा हाली पानी संसारमै सुगन्ध छरौँ।
    ✍️धनुष न्यौपाने,
    प्युठान, हाल सुर्खेत

    १.
    अधिकार विद्यालय गई पढ्नु  मात्र होइन मेरो,
    भन्छन् खेल्नु पनि बालक, तोडौँ पुरानो सोचको घेरो ।
    २.
    काँचो माटो भन्छन् तिनलाई राम्रो आकार देऊ,
    सबल सन्तानका अविभावकको जस लेऊ ।
    ३.
    दिएर प्रेरणा बढाउनु अगि,
    समय सुलुत्तै गइहाल्छ बगी ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    १.
    आजका बालबालिका भविष्यका कर्णधार,
    देश निर्माण कार्यको लागि प्रमुख उद्गार।
    २.
    आजका कोपिला भोलिका फूल,
    यिनै हुन ती विकासका मूल।
    ३.
    हामी  हौँ  संरक्षक  तर्नु  परे जंघार तरौँ,
    बालबालिकाको अधिकार सुरक्षित गरौँ।
    ४.
    आजका बालबालिका भोलिका कर्णधार,
    सबै जना मिली गरौँ समान व्यवहार।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
          पनौती ३,काभ्रे

    १.
    बालअधिकार जोगाई महान बन्नु पर्छ,
    बा.सं.बि.स. अधिकारले बालक अघि बढ्छ ।
    २.
    मिच्नु हुन्न अधिकार साना नानीको,
    संरक्षण गरिदिनु राम्रो बानीको ।
    ३.
    कलिलो म मुना छु आज रक्षा गर,
    आउनेछू भोलि रक्षक बनी घर ।
    ४.
    साना ठूला सबै समान कानूनको नजरमा,
    कति अस्त वन पाखा कति विलीन वगरमा ।
    ✍️ इन्दिरा देवकोटा ,  कपिलवस्तु न .पा .३

    १.
    फूलबारीको फूलहरूमा एक कोपिला,
    ती सन्तान मीठो जातको देशकै चिचिला।
    २.
    निःस्वार्थ बालबच्चामा गरौँ लगानी,
    सही बाटो देखाएमा हुन्छ आम्दानी।
    ३.
    आज बालक भोलि ठूलो भविष्यको कर्णधार,
    रानोझैँ  नेतृत्व  भए  सुन्दर  बन्छ  आफै  घार।
    ४.
    कानून जरुर हुनुपर्छ अनि सही कार्यान्वयन,
    स्थानीयबाट शुरु गरौँ हाम्रो नभई राम्रो चयन।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-प्रवास

    १.
    आजका यी बालबालिका भोलिका कर्णधार,
    पढी लेखी सक्षम भए थाम्छन् देशको भार ।
    २.
    शिक्षा, स्वास्थ्य, खेलकुद उचित हेरविचार,
    स्वतन्त्रता दिनुपर्छ हक अनि अधिकार ।
    ३.
    कुबाटोमा लाग्नबाट जोगाऔं बच्चा दिई असल संस्कार,
    सुनिश्चित गरौं बाल अधिकार उनीहरुको हरबार ।
    ४.
    कर्तव्य हुन्छ अभिभावकको सत्मार्ग देखाउने,
    योग्य र कर्मठ बनाउन लेखपढ गराउने ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    १.
    आजका  बालबालिका भाेलिका खम्बा  बन्नेछन् ,
    देशकाे लागि  सकेसम्म   खट्नुपर्छ भन्नेछन् ।
    २.
    देशैभरि मनाइदै छ कार्यक्रम  राम्रो,
    बालदिवस अनुपम उत्सव  हाे हाम्रो  ।
    ३.
    अपराधीहरू पनि तानाबाना बुन्छन् ,
    बच्चाबाट पनि ठूला अपराध  हुन्छन् ।
    ४.
    बालक भनेर  अदालत  अपराधी  बचाउँछ,
    पीडितलाई रुवाएर पिडकलाई हसाउँछ ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    १.
    सानातिना लालाबाला समाजकाे सार,
    गर्न सक्छन् केही नयाँ पाए अधिकार  ।
    २.
    नकुँदेकाे काँचो माटो जस्तो हुन्छन् कलिला बाला,
    शिक्षा स्वास्थ सुरक्षा र अधिकारकाे हक वाला ।
    ३.
    सुरक्षाको मजबुत जुटाऊँ ताला साँचाे ,
    हाम्रा नानी बाबुकाे जाेखिम् घटाउँने खाँचो ।
    ४.
    कलिलाछन् नानीबाबू खाेज्छन् अाडभर,
    जाेखिम् टारि सुरक्षाको प्रत्याभूति गर ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

    १.
    बिना रोकतोक जिन्दगीको बिहानी म पाऊँ,
    हुन्छ विश्व फूलबारीमा फुली मगमगाऊँ ।
    २.
    आज बालक कोपिला छु मौका पाए पढ्न,
    सक्छु भोलि उन्नतिको सगरमाथा चढ्न ।
    ३.
    आजको कोपिला भए पनि हुँ भोलिको फूल,
    उचित शिक्षादीक्षाले म बन्छु विकास मूल ।
    ४.
    सडक बालक हुँ म सबै गर्छन् अत्याचार,
    खाते भन्छन् खोई त मेरो जिउने अधिकार ?
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    १.
    कोपिला हुन् बालबालिका राम्रो  सँग फुल्न  देऊ,
    हराएको शिक्षा सबैजनाले खोजी खोजी लेऊ।
    २.
    आफ्नो अधिकार गुमाउन दिनु हुँदैन कहिल्यै पनि,
    सबै बालबालिका एउटै हो हाम्रो होस् शिक्षाको धनी ।
    ३.
    बालबालिकाको सुरक्षा सबैले गरौँ,
    मनभरी हामी उनको शिक्षाले  भरौँ ।
    ४.
    नलैजाऊ कोही अन्धकारको बाटो,
    खेलून् जहिले आफ्नै यो देशको माटो ।
    ✍️ कल्पना थामी , सिन्धुपाल्चोक

    १.
    निरिह बन्दै छ मान्छे धरातलमा,
    न्याय विक्दैछ आज अदालतमा ।
    २.             
    घेरा बन्दी भित्र गुम्सिएका भावना,
    बुझ्दैन कसैले पिल्सिएका को चाहाना ।
    ३.           
    पुकारा गरिरहेछ  न्याय का  खातिर,
    काहाँ मिल्ला यो मनमा शान्ति रआखिर ।
    ✍️ सूर्य मणि रेग्मी , चितवन

    १.
    अबोध बाल बालिकाले पाउनु पर्छ अधिकार,
    पढ्न पाऊन् रमाई बिद्यालयमा तिनी लगातार।
    २.
    पोषिलो खाना खान खेल खेल्न पाउँनु राम्रो,
    कोरोनाको खोप लाउन आवश्यकता हाम्रो।
    ✍️ तारा घिमिरे,संखुवासभा

    १.
    भाद्र उनन्तीस गते अाज हाे विश्व बाल दिवस,
    सँरक्षण विहिन भइ छन रुनलाई विवश ।
    २.
    अधिकार दिई हामी सबले बालबालिकाकाे रक्षा गराैँ,
    स्वर्णका कलशमा जल भरिभराउ झैं  दिमाग भराैँ ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    दमक -७ झापा

    १.
    बच्चालाई शिक्षा दिक्षा दिँदै समस्यासँग डट्न सिकाउनुपर्छ
    सत्यताले गन्तव्य छुन्छ है भन्दै जोश जाँगर  झिकाउनुपर्छ।
    २.
    कलिला मुनालाई सम्हाल्नु पर्छ घन ठोक्न दिनुहुन्न,
    असल छुट्टाउन सिकाउ गलत निर्णय लिनुहुन्न।
    ✍️ इश्वरी अधिकारी, लमजुङ्ग

    १.
    बालकलाई  चाहिएको छ संरक्षणका हातहरु,
    कानुन व्यवसायीहरूले बुझिदिऊन् यी बातहरु।
    २.
    आफै धामी र बोक्सी मन्त्र नभरौँ,
    बाल अधिकार हनन नगरौँ।
    ✍️ सरस्वती श्रेष्ठ,  इटहरी

    १.
    अनेकौँ सपना  देखाउँछ दरिया,
    नेपालको तन्त्र भो वेश्याको फरिया ।
    २.
    साशकले शासन अनेक तरिकाले गर्छ,
    बालक हुन्जेल जोगाएर युवा बेच्नु पर्छ ।
    ✍️ रिजाल विनोद, बेलबारी ०२ मोरङ

    १.
    सहनु छ हथौड़ाको चोटैचोट जीऊ भरी,
    लुटिखाने अरू नै छ श्रम गर्छु मरी-मरी।
    २.
    वालकलाई चाहिएकोछ संरक्षणका हातहरू,
    किन आज बितिरहेछन् छट्पटिमै काला रातहरु।
    ✍️ होम प्रसाद न्याैपाने, धरान,सुनसरी

    १,
    कानूनले भन्छ बालश्रम गर्नु दिनु हुन्न,
    गरिब को भोको पेटलाई कानुनले छुन्न।
    २,
    बालकको श्रम शोषण सरकार ले गर्छ,
    कानूनको  पालन  सरकारले गर्नु पर्छ।
    ३,
    जसोतसो दु:ख गरी लक्का जवान भयो,
    अाफ्नो देशमा काम हुन्न विदेशमा गयो।
    ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

    १.
    सुरक्षा हो पहिलो कुरा बालबालिकाको सबैतिर,
    श्रमबाट जोगाऔँ अनि पढाइमा लगाऔँ आखिर ।
    २.
    न्याय गरौँ बालबालिका माथि अधिकार बुझाएर,
    लेख्ने पढने खाने बस्ने हक सबको छ सुझाएर ।
    ✍️ माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर गाईघाट हाल ताप्लेजुङ

    १.
    बाल दिवस भन्छ मञ्चमा भाषण दिन्छन,
    उनैको पसिनाको उब्जिएको धन लिन्छन।
    २.
    बाल मजदुर बनी आएं मौलानमा पनि,
    साध्यछैन बितेका दिनका दुःखलाई भनी।
    ✍️ सुरेशकुमार पान्डे, दाङ घोराही १८

    १.
    सडकमा मागेका नदेखिउँन् सुरक्षित हुनुपर्छ बालअधिकार,
    प्रत्येक बालबालिका  हाम्रा देश बिकास गर्न सक्ने बनुन् होनहार।
    २.
    पढ्ने हक प्रत्येक बालबालिकाको सुगम स्थलका होस् या दुर्गमका,
    निःशुल्क शिक्षा व्यवस्था प्रणाली बनाउनमा ध्यान जाओस् सरकारका।
    ✍️ शर्मिला श्रेष्ठ, ललितपुर
    हाल परदेश

    १.
    बाल शोषण हटाऊँ भनी कतिदिन गाउने,
    बालबच्चा सधैँभरि उही मेलापात धाउने ।
    २.
    आँखा भरि आँसु हुन्छ उनको दु:ख देख्दा,
    उनको दु:ख के घट्थ्यो र मैले टुक्का लेख्दा ।
    ३.
    पढ्ने लेख्ने उमेरमा पर्छ मेलामा धाउनु,
    दुखीयाको जीवनमा कहिले सुख आउनु ।
    ✍️ मन्दिरा सेढाई
    धादिङ, मलेखु

    १
    बालबालिका हुन् महान एक कर्णधार,
    उनीहरुले पाउँनु पर्दछ बाल अधिकार।
    २
    धेरै हुन्छन् स- साना बालबालिकाहरूकाे हरेक चाहना,
    बुझ्नुपर्छ जनताहरूले उनीहरूकाे मनकाे भावना।
    ३
    ठाउँ-ठाउँमा,चाेक-चाेकमा दिनहुँ भई रहन्छ नि हत्या बलात्कार अति,
    बालबालिकालाई हामी सबै मिलेर दिनु पर्छ यिनको अधिकार जति ।
    ४.
    अनेकौँ सपनाहरू देखाएर काम लगाएका हुन्छन्,
    बिचरा तिनी नाबालक बालबालिकाहरू कति रुन्छन्।
    ✍️ शाेभा अर्याल
    रुपन्देही -१४, बुटवल

    १.
    नारा खुब लाउँछौ बाल अधिकार दिन्छौ भनी,
    नारामा नै सिमित हुन्छन् हरेक व्यानर बनी ।
    २.
    बाल अधिकार के खाँदा खेल्दा मात्र हुन्छ ?
    परम्परा देखिको कुरीति याे कस्ले सुन्छ ?
    ३.
    गरौँ माया  दिऔँ प्रेरणा हरेक बाल बालिकालाई,
    नरोकिउन् हरेक पाईलाहरू कहीँ सद्बुद्दि अाई।
    ✍️ दुर्गा  अाचार्य, मोरङ्ग

    १.
    सम्झना मात्रै आउँदा पनि कति हुन्छ हर्ष
    त्यो बाल्यकालको मिठासमा गरुँ के बिमर्ष ।
    २.
    न पिट्ने गर्नु भो न गर्नु भो कहिले गाली,
    बालक हुँदा बिग्रँदा न बजाउनु ताली ।
    ३.
    बाल बालिका हुन् भोलिका भविष्य हाम्रा
    बनाउँनु पर्छ  गहना बिचार  राम्रा ।
    ✍️ पुष्पासायरा, बिराटनगर ।

    १.
    शान्तिका सम्वाहक हुन् हाम्रा प्यारा बालबालिका,
    बालश्रम यो मुक्त पारौ  सबै गाउँ  र पालिका।
    २.                     
    माया गरौँ प्रेरणा दिऔँ बालबालिकालाई,
    अगाडी बढुन् हामी सबको अर्ती बुद्दी पाई।
    ३.                      
    बालबालिका तारा जस्तै सधैँ चम्किरहुन् ,
    प्रगतिको  पथमा  निरन्तर  लम्किरहुन् ।                   
    ✍️ नवशिला
    बेलबारी- २,लालभित्ती,मोरङ।

    १.
    साना बालबालिका हुन् देशको भविष्य उज्वल पार्ने,
    टुहुरा अनाथ बनाएर किन बाल आश्रम सार्ने?
    २.
    अज्ञानी थिए कतिपय ज्ञानको ज्योति देखाऊँ,
    अनाथ बाल खोजी बिद्यालयमा नाम लेखाऊँ।
    ३.
    पढेर लेखेर पछि ठुला भएर देशको नाम चलाउँछन्,
    यिनै बाल बालिका ले घुसखाेरी देश द्रोहीलाई जलाउँछन्।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली, झापा

    १.
    बाल दिवस मनाअौ बालबालिका हाम्रा  साथी,
    उनका प्रतिभा बाहिर उजागर गर्ने माथि ।
    २.
    बाल अधिकार उनको हो हक ठान्दै,
    स्कूलमा वाद-विवाद गराऊ है छान्दै।
    ३.
    बालबालिका हाम्रा पूर्वाधार,
    यिनीलाई अटुट गरौं प्यार ।
    ✍️ भगवती दवाडी, दमक झापा

    १.
    न चिन्ता, न पीर, खाली खान र खेल्न मन लाग्ने,
    स्कूल जाँदा म, किताब सहित, बाटोबाटै भाग्ने ।
    २.
    फर्केर आए नि हुन्थ्यो, एक दिन त्यो बालापन,
    आमैलाई ढाँटेर जान्थेँ नि, अम्बा चोर्ने त्याे मन ।
    ३.
    बाबाको पिटाई रुवाउँथ्यो, आमाको श्पर्सै न्यानो,
    फेरि बन्न मन छ मलाई, कान्छो भन्दा नि स्यानो ।
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, सुनसरी,  प्रदेश नं-१

    पढ्न गुन्न सधै लागोस् बालबालिकाहरूलाई मन,
    विद्यालाई  सदुपयोग गरे यही हो जीवन धन।
    ✍️ गोमा गुरागाई, इटहरी

    :::::: जय टुक्का !जय साहित्य!! ::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on टुसास द्वारा ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा वृहत् टुक्का लेखन कार्यक्रम

    अगैया-कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

  • ३० भाद्र २०७८, बुधबार १५:२८ मा प्रकाशित
  • ३०-भदौ/ बाँकेको राप्ती सोनारी गाउँपालिका १ गाभरमा बाघले एक जनालाई आक्रमण गरेपछि त्यहाँका स्थानीयवासीहरु त्रसित भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्र्तगत पर्ने अगैया-कुसुम सडकखण्डमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासीहरु त्रसित भएको राप्ती सोनारी गाउँपालिका १ का वडा अध्यक्ष चन्द्र बहादुर वलीले जानकारी दिए ।

    बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने र कराइ राख्ने भएकोले स्थानीयवासी त्रसित भएको उनले बताए । साथै बाँके राष्ट्रिय निकुञ्जले उक्त बाघलाई नियन्त्रणमा लिने कार्यलाई तिव्रता दिएको वडाध्यक्ष वलीले बताए । निकुञ्जले ठाउँ-ठाउँमा बाघका लागि चाहरा राखेर समाउने प्रयास जारी राखेको उनले बताए ।

    उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा रहेका छन् । आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर बाघले खाएको थियो ।

    साथै उनले अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउने काम भइरहेको छ । राजमार्गमै बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on अगैया-कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

  • ३० भाद्र २०७८, बुधबार १३:५५ मा प्रकाशित
  • ३० भदौ, बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्धउजुरी दिएको बताएकी छन् ।
    उनले जिल्ला प्रहरी कार्यालय बुटवलमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दावी गरेकी छन् ।
    त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छन् ।
    ‘म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।’
    आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् ।
    ‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’
    वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ ।
    रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले निवर्तमान मुख्यमन्त्री पोखरेलविरूद्ध मुद्दा परेको र उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए । सांसद वलीले उल्लेख गरेको घटनाको सुरुवात दाङ भएकाले दाङमा पठाइएको उनको भनाइ छ ।
    दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले भने दाङमा उजुरी आइनसकेको बताए ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    गैर आवासीय नेपाली संघ स्वास्थ्य कमिटीको तेस्रो ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन सेप्टेम्बर १७ देखि १९ सम्म हुने ।

  • २८ भाद्र २०७८, सोमबार २३:५५ मा प्रकाशित
  • १३ सेप्टेम्बर २०२१, गैर आवासीय नेपाली संघ स्वास्थ कमिटीद्वारा आयोजित तेस्रो ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन यहि आऊदो सेप्टेम्बर १७ देखि १९, २०२१मा लन्डनमा हुन गईरहेको छ ।

    उक्त तेस्रो ग्लोबल स्वास्थ्य कार्यक्रम प्रत्यक्ष रूपमा मात्र नभई ज़ूम मार्फ़त पनि संचालन हुने कुरा एनआरएनए आइसिसि ग्लोबल हेल्थ कमिटीका मेम्बर तथा २०२१-२३ का महिला उपाध्यक्षका प्रत्यासी यासमिन बेगम ले जानकारी दिनु भएको छ ।

    आफ्नो जन्मभूमि नेपाल बाट रोजगारीको सिलसिलामा बिदेशीएका बिदेशी भुमिमा रहेका अधिकांश महिलाहरुमा देखीएका रोग बिशेष बारे जानकारी दिने अभिप्राय ले WOMEN HEALTH ISSUES- PREVENTION & MANAGEMENT सेसन लिएर प्रत्यक्ष प्रसारण तथा जुम मार्फ़त सबैमाझ आएर कार्यक्रम संचालन गर्न लागिएको कुरा यास्मिन बेगमले बताउनु भयो ।
    बिशेष गरि महिला स्वास्थ्य संग सम्बंधित अधिकांश रोगहरु मध्ये स्तन क्यांसर , पाठेघरको मुख को क्यांसर तथा फ़िस्टूला रोग बारे वरिष्ठ तथा अनुभवी डाक्टर हरुको सहायता बाट उक्त रोगहरु बारे विस्तृत जानकारी दिइने छ भने महिला सम्बन्धी रोगहरु बाट ग्रसित हूँदा मानसिक रूपमा आफूलाई कसरी चुस्तदुरुस्त राख्न सकिन्छ भन्ने बारे मनोरोग बिशेषज्ञहरु बाट समेत सुझाव लिन सकिने कुरा यास्मिन बेगमले हिमालय दृस्टीलाई बताउनु भएको छ ।

    उक्त कार्यक्रमबाट अनुकरणीय फाइदा लिनका लागि आफ्नो तथा आफ्नो निकटका ब्यक्ति बिशेष, साथी संगिनिहरुका समस्या तथा समाधान का उपाय हरु बारे सम्बंधित डाक्टर हरु संग प्रश्न तथा जिज्ञासाहरु, आफ्नो फेसबुक म्यासेन्जरमा प्रेसित गर्न अथवा उक्त कार्यक्रम आफु स्वंम् उपस्थिति भएर राख्नका लागि पनि बेगम ले फेसबुक स्टाटस मार्फत सबैमा अनुरोध गर्नु भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज1 Comment on गैर आवासीय नेपाली संघ स्वास्थ्य कमिटीको तेस्रो ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन सेप्टेम्बर १७ देखि १९ सम्म हुने ।

    उदक अभ्यास शृङ्खलाको १७ औं भाग सम्पन्न, ५९ जनाको सहभागिता

  • २६ भाद्र २०७८, शनिबार १९:०० मा प्रकाशित
  • उदक साहित्य यात्राको उदक लेखन अभ्यासको १७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । काव्य विधा अन्तर्गतको लघुतम विधा उदकको उन्नयन र विकासका लागि साप्ताहिक रुपमा अभ्यास शृङ्खला सञ्चालन गरिदै आएको छ ।

    उक्त अभ्यास शृङ्खलाका सहभागीहरूलाई दिइएको तस्बिरको गहन भाव खुल्ने गरि अपरान्ह ५ बजेभित्रमा एउटा एउटा उदक लेख्न भनिएको उदकका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो । साथै उहाँले आजको अभ्यास शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी स्रष्टाहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

    अभ्यास शृङ्खला १७ मा राखिएको तस्बिर

    १७ औं शृङ्खलामा सहभागी स्रष्टाहरू एवं उहाँहरू द्वारा लेखिएका उदकहरू :

    १
    प्रकृति
    गुराँसको फूल
    आहा प्यारो हिमाल !
    ✍️ रिता खराल, रुपन्देही
    २
    गुराँस
    सेतो हिमाल
    सुन्दर शान्त नेपाल !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    ३
    गुराँस
    हिमालको काखमा
    ढकमक नेपाली पहिचान !
    ✍️ आर्त अकुलीन, कैलाली
    ४
    लालीगुराँस
    राष्ट्रिय फूल
    गगनचुम्बी सेतै हिमाल !
    ✍️ विरेन्द्र चौधरी, कैलाली
    ५
    गुराँस
    सगैको हिमाल
    फुलेको रातै फूल !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ६
    हिमशिखर
    नेपालकाे गाैरव
    हिमालकाे काखमा लालीगुराँस !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    ७
    सगरमाथा
    नेपालकाे गौरव
    हिमाल लालीगुँरासकाे सौरभ !
    ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    ८
    हिमाल
    काखमा गुराँस
    सारा प्रकृतिका देन !
    ✍️ घनश्याम पौडेल, पोखरा
    ९
    गुराँस
    लालीमा छर्छ
    हिमाल मुसुक्क हाँस्छ !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    १०
    पहिचान
    गगनचुम्बी हिमाल
    मनै लोभ्याउने लालीगुराँस !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ
    ११
    हिमाल
    रास्ट्रको गौरव
    सौम्य लालीगुराँस प्रकृति !
    ✍️ विनोद विवश, इटहरी, सुनसरी
    १२
    हिमाल
    ढकमक्क गुराँस
    विश्वसुचिमा समावेश नेपाल !
    ✍️ भजुराम के.सी., धादिङ
    १३
    आहा
    हिमालको चित्र
    ढकमक्क गुराँस विचित्र !
    ✍️ वसन्त अनुभव, घोराही-१४, दाङ
    १४
    प्रकृतिमा
    हिमालसँगै गुराँस
    लजाउँदै नव दुलही !
    ✍️ विनय तामाङ, भक्तपुर
    १५
    लालीगुराँस
    हिमालको काखमा
    मन लोभ्याउने दृश्य !
    ✍️ नारायण कोइराला, यूएई
    १६
    हिमाल
    गुराँस भेष
    राष्ट्रकाे गाैरव यथेष्ट !
    ✍️ मुना दाहाल, सर्लाही
    १७
    गुराँस
    शिरमा हिमाल
    सुन्दर शान्त नेपाल !
    ✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी
    १८
    राष्ट्रिय
    पहिचान हाम्रो
    मनोरम प्राकृतिक दृश्य !
    ✍️ सावित्री अधिकारी, काठमाडौं
    १९
    हिमाल
    अनुपम गुराँस
    सुन्दर शान्त नेपाल !
    ✍️ बादल गुरुङ वियोगी, संखुवासभा, हाल: काठमाडौँ
    २०
    हिमाल
    मुस्कुराउँदै लाली
    अनन्त आकाशको काख !
    ✍️ शिव खनाल जीवम, रुपन्देही
    २१
    प्रभात
    हिमाली गुराँस
    आन्तरिक उल्लासकाे बिम्ब !
    ✍️ वेदप्रसाद रिजाल, इलाम
    २२
    हिमाल
    हिउँले ढाकेका
    सजायो लालीगुराँसले नेपाल !
    ✍️ सरस्वती वली, बर्दिया
    २३
    अद्वितीय
    हिमाल लालीगुराँस
    शान्ति सुन्दरताकाे मेल
    ✍️ टीकाराम जाेशी, टीकापुर
    २४
    सगरमाथा
    झ्यामाेलाेङ्गा हिमाल
    लालीगुराँस मुस्कुराउँने नेपाल !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा
    २५
    गुराँसमाथि
    सर्वोच्च सगरमाथा
    कहिल्यै नझुकेको शिर !
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा
    २६
    लालीगुराँस
    फुलेको ढकमक्क
    सगरमाथा छानो भएको !
    ✍️ लक्ष्मी बस्याल, बर्दिया
    २७
    गुराँस
    फेदीमा फुलेको
    हिमाल शिरमा झलल !
    ✍️ पुष्पा सायरा, विराटनगर
    २८
    माछापुच्छ्रे
    लालीगुराँस फुल्दा
    कस्तो राम्रो मुस्काएको !
    ✍️ रमेश प्रभात, चितवन
    २९
    हिमाल
    नेपालको गौरव
    राष्ट्रिय फूल लालीगुराँस !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी
    ३०
    हिमाल
    काखमा गुराँस
    सुन्दर शान्त विशाल !
    ✍️ प्रभादेवी पौडेल, चितवन

    ३१
    हिमाल
    मनमोहक दृश्य
    लालीगुराँस राष्ट्रिय फूल !
    ✍️ सपना भट्टराई खनाल, रुपन्देही
    ३२
    हिमाल
    धर्तीको छानो
    जीवन जगतको अमृत !
    ✍️ घनश्याम पौडेल, गौरीगङ्गा-९, कैलाली
    ३३
    नेपाल
    सगरमाथाकाे काख
    राष्ट्रिय फूल लालीगुराँस !
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर
    ३४
    लालीगुराँस
    देशको शाेभा
    नेपालकाे राष्ट्रिय फूल !
    ✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही
    ३५
    हिमाल
    गुराँस फुलेका
    निलो गगनमा भुलेका
    ✍️ खेमराज पुरी, कैलाली
    ३६
    हिमाल
    काखमा गुराँस
    नेपालको राष्ट्रिय पहिचान!
    ✍️ कमला देवकोटा, पाल्पा
    ३७
    हिमाल
    फुलेको गुराँस
    काखमा बसेको नेपाल !
    ✍️ रघु थपा, सु न पा-१, भक्तपुर
    ३८
    गुराँस
    राष्टिय फूल
    हिमालको काखमा फुलेको !
    ✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली
    ३९
    फूल
    चाहने हुल
    टिपेर नगर भुल !
    ✍️ बलराज भाट, बौनिया, कैलाली
    ४०
    हिमाल
    उच्च शिर
    राष्ट्रिय गुराँस फूल !
    ✍️ बलराज गिरी, कैलाली
    ४१
    हिमालय
    ढकमक्क लालिगुराँस
    प्रकृतिको अनुपम सहकार्य !
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा
    ४२
    हिमालको
    फेदीमा लालिगुराँस
    रातै ढकमक फुलेका !
    ✍️ चक्र शाही, कैलाली
    ४३
    नेपाल
    शिरमा हिमाल
    गुराँस फुल्यो वनैभरि !
    ✍️ पशपती राई, खोटाङ
    ४४
    गगन
    हाम्रो गौरव
    लालीगुराँस श्वेत हिमाल !
    ✍️ कण्ठ अछामी, कैलाली
    ४५
    गुराँस
    उच्च हिमाल
    स्वर्ग मेरो देश !
    ✍️ तिला लेकाली, मोरङ
    ४६
    हिमाल
    चिसाे सिरेटाे
    जिस्काउँदै राताे गुराँस !
    ✍️ राेशन पराजुली, धरान
    ४७
    गुराँस
    हिमालको सौन्दर्य
    समतलबाट माछाको काँडा !
    ✍️ अगस्टिन राई, पूर्व सिक्किम, भारत
    ४८
    गौरव
    सगरमाथाको काखैमा
    लालीगुराँस फुलेकाे पाखैमा !
    ✍️ राजकुमार राजभण्डारी ‘खाेटाङे’, भक्तपुर
    ४९
    हिमाल
    टलक्क टल्केको
    फेदमा गुराँस हाँसेको !
    ✍️ विजया घिमिरे, जनकपुर
    ५०
    राष्ट्रियता
    हिमाल गुराँस
    नेपालकोे छुट्टै शान !
    ✍️ सविता के.सी., काठमाडौँ
    ५१
    हिमाल
    सुन्दर गुराँस
    प्रकृतिले भरिएको नेपाल !
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ५२
    माछापुच्छ्रे
    गुराँस हिमाल
    आहा! सुन्दर आकाशमा !
    ✍️ खड्गबहादुर गुरुङ, टिकापुर, कैलाली
    ५३
    लालीगुराँस
    हिमालको काखमा
    अनुपम मुस्कान छरिरहेको !
    ✍️ गोपालप्रसाद पौडेल, पोखरा
    ५४
    सगरमाथा
    नेपालीको शिर
    सौन्दर्यताको प्रतीक लालीगुराँस !
    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
    ५५
    हिमाल
    गुराँस फुलेको
    शान्त सुन्दर नेपाल !
    ✍️ कविता आचार्य, लम्की, कैलाली
    ५६
    लालीगुराँस
    हिमालकाे फेद
    नेपालकाे राष्ट्रिय फूल !
    ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
    ५७
    हिमचुली
    गुराँसको घारी
    विश्वको सुन्दर फूलबारी !
    ✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली
    ५८
    लालीगुराँस
    रातो फूल
    कञ्चन हिमाली आँचल !
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन-६, संखुवासभा, हाल: मलेसिया

    ५९
    हिमाल
    गुराँस पाखामा
    पाइन्न नौ लाखमा !
    ✍️ रामचन्द्र ढकाल, चितवन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक अभ्यास शृङ्खलाको १७ औं भाग सम्पन्न, ५९ जनाको सहभागिता

    बाढी पैह्रो विषयमा सिर्जना गरिएका १३ साहित्यकारका उत्कृष्ट टुक्काहरू

  • २६ भाद्र २०७८, शनिबार १५:५५ मा प्रकाशित
  • बाढी पैह्रो विषयमा १३ साहित्यकारहरू द्वारा सिर्जना गरिएका उत्कृष्ट टुक्काहरू
    १.
    माइत जान हिँडेको बाटो घाटो बन्द,
    बाढी आयो पैह्रो गयो बुद्धि भयो मन्द।
    २.
    वर्ष दिनको तिजमा एक्लै बस्नु पर्यो,
    मेरै आँखाबाट पनि आँधी पानी झर्यो।
    ✍️ पौडेल विमुन्स, पाेखरा

    १.
    भदाैरे भेल बाढी पैह्राे अस्तव्यस्त छ सबै ठाऊँ,
    ज्यान जाेगाउनै गाह्राे भयाे प्रभु अब कहाँ जाऊँ।
    २..
    कहाँ गल्ती भएछ खै दैवी प्रकाेप देखियाे,
    अभागीकाे कर्म नै खाेटाे घरबार मेटियाे ।
    ✍️ ताराप्रसाद चापागाईं

    १
    बचाउँनुहोस् लौ न प्रभु राम, कृष्ण, शिव, बुद्ध,
    तीजमा दिदी लिन हिँडेँ बाटो रैछ अवरुद्ध ।
    २
    के गर्नु र ? डाँडाबाट झर्छ ठूलो पहिरो,
    सारा बस्ती बगरमा घाउ दियो गहिरो ।
    ३
    आधा बाटो हिँडेपछि रोकियो नि मिनीबस,
    वर्ष दिनको तीजमा चेलीबिना केको रस ?                   
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    १.
    रात दिनको झरिले बाढी पैरो आयो,
    गरिब दुःखी घरमा अनिकाल छायो।
    २.
    माइत जाने मन थियो ठूलो रहर,
    चलेको छ बाटोमा पैह्रो झर्ने कहर।
    ✍️ सरस्वती  श्रेष्ठ,  इटहरी

    १
    पहिरो आएर सबै थुनेको छ बाटो ,
    घरमै मान्ने तीज माइत जाने साटो।
    २
    पानी कति पर्छ कुन्नि सबैतिर बग्य‍ो,
    गोड्दै गरेको धान बाढी आएर लग्यो ।
    ३
    पानी परेर सिम्सिमे भयो झरी,
    काममा जानुपर्ने लौ कसो गरी। ।
    ✍️ भगवती दवाडी, दमक झापा

    १.
    कालाे मैलो जगतभरी दिउँसो नै सबै अन्धकार भयाे
    गरिब,दु: खी निमुखाकाे तन मन,धन सबै उतै गयाे ।
    २.
    अाैकात भए राेकिदेऊ अाकाशबाट पानी झर्न
    तर्दातर्दै बाढी अायाे बिचरा ती बाध्य भए मर्न ।
    ३.
    बाढी अायाे अनि पहिराे पनि गयाे
    हिड्दा हिड्दै बाटाे नै अबरुद्ध भयाे ।
    ✍️ लक्ष्मी घिमिरे दहाल,  दमक -७ झापा

    १.
    कति जान्छ हरेक साल यो बाढी र पहिरो,
    प्रकृतिका बारेमा कुरा बुझ्न साह्रै गहिरो ।
    २.
    वर्षा  याम  बाढी  पहिरो  हरेक  वर्ष आउने,
    भ्यागुतोले टर्र टर्र वाक्कलाग्दो गीत गाउने ।
    ३.
    बाढी पहिरो आयो भने सारा समस्यामा हुन्छन्,
    पानीको  सतह  बढेर  घरकै  दलिन छुन्छन् ।
    ✍️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग, हाल- प्रवास

    १.
    मुशलधारे पानी पर्याे बग्याे ढुंगा माटाे ,
    पुल भाँच्याे पहिरो झर्याे अबरुद्ध बाटाे ।
    २.
    माैषमकाे हेराफेरि हुन्छ कतिखेर ,
    क्षणमै बादल मडारिन्छ फैलिएर ।
    ३.
    खाेलानाला उर्लिएर बस्ती वारी अायाे ,
    लीला रच्याे प्रकृतिले खेत बारी खायाे ।
    ✍️ रामकृष्ण दुवाडी,  पाेखरा

    १.
    समय खराब छ आईरहन्छ बाढी पहिरो,
    सरकार चुपचाप बस्दछ भएर बहिरो।
    २.
    सबै होसियारी भै बसौँ डुबाउला गाउँ बस्ती,
    बाँचे संसार देखिन्छ गरौला पछि मोज मस्ती।
    ✍️ पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    १.
    वर्षा याम हो  पानी दिन दिनै परेको,
    कतै जाऊँ भन्यो बाढी र पैह्रो झरेको ।
    २.
    गरिब दु:खी को टाउको लुकाउँने ठाउँ छैन,
    राज्यको अाँखा पिडित सम्म कहिले पुग्या हैन।
    ३.
    प्रकृतिले पनि जताततै बिगार्न किन घेरेको होला,
    पह्रोले खेतबारी बगायो घरमा पस्यो खहरे खोला।
    ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

    १.
    पोहोर  साल  टेकिएन माईती  घरको  माटो,
    पहिरो आएर यसपाली नि पुर्यो भन्छन् बाटो।
    २.                        
    पोहोर तीजमा ह्वातै बढ्यो कोरोनाको कहर,
    यो साल छेक्यो  पहिरोले  माईती  जाने रहर।
    ३.                  
    तीजमा माईत जाने बाटो छेक्यो  बरै झरिले,
    बिरहको गीत गाउन थाल्यो न्याउली चरिले।                   
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ, हाल: गोदावारी, ललितपुर

    १.
    आमाको फोन आयो,आउँदैछ है भाई लिन,
    कस्तो होला मौसम पनि माईत जाने दिन।
    २.
    भाईको बाटो हेरिबस्छु माईती जाने रहर,
    शत्रु बनि बाटो छेक्न खोज्छ कोरोनाको कहर।
    ३.
    सबै छोडी घरको लेठो, हाम्फालेर जाने,
    जे पर्छ सोही टर्छ माईतीमा दर खाने।
    ✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी

    १.
    बाँकी केही छैन कि त केके भयो होला,
    भीरको बाटो जानू छ बढ्यो निकै खोला।
    २.
    अामा छैनन् बाबा छैनन् दाइ अाउलान् लिन,
    गाह्रो हुन्छ माईत जा भनेर मलाई बिदा दिन।
    ३.
    हुन्छ ? बिदा दिनु दाजु सँगै जान्छु हास्दै हास्दै,
    साह्रा दु:खु भुलि दिन्छु माईती अागन नाच्दै।
    ✍️ दुर्गा  आचार्य, मोरङ
    ::::: जय टुक्का ! जय साहित्य !! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on बाढी पैह्रो विषयमा सिर्जना गरिएका १३ साहित्यकारका उत्कृष्ट टुक्काहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P