• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

‘टुक्का माथि टुक्का’ कार्यक्रम सञ्चालनमा

  • ११ आश्विन २०७८, सोमबार १७:५२ मा प्रकाशित
  • काठमाडौ, ११ असोज । टुक्का साहित्य समाज काठमाडौले ‘टुक्का माथि टुक्का’ नामक नयाँ टुक्का लेखन अभ्यास शृङ्खला कार्यक्रम सञ्चालनमा ल्याएको छ । समाज अध्यक्ष एवं टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंको परिकल्पनामा उक्त अभ्यास शृङ्खलाको प्रथम भाग सञ्चालनमा ल्याइएको हो ।

    साप्ताहिक रूपमा सञ्चालन गरिने उक्त कार्यक्रमको संयोजनको जिम्मा सक्रिय टुक्का सर्जक वसन्त अनुभवलाई दिइएको अध्यक्ष चापागाईंले जनाउनु भयो । उहाँका अनुसार टुक्का कविताको उन्नयन र विकासका लागि नयाँ नयाँ प्रयोग ल्याउने क्रममा उक्त अभ्यास शृङ्खलाको शुरूवात गरिएको हो ।

    “टुक्का माथि टुक्का” काे पहिलाे शृङ्खलामा समाजका अध्यक्ष ताराप्रसाद चापागाईले सिर्जना गर्नु भएकाे व्यङ्ग्यात्मक टुक्कामाथि केन्द्रित भएर टुक्काकारहरूले व्यङ्ग्यात्मक टुक्काहरू सिर्जना गर्नुभएको थियोे । उक्त अभ्यासमा २० जना टुक्का सर्जकहरूको सहभागिता रहेको थियोे ।

    टुक्का अभ्यासका लागि राखिएको व्यङ्ग्यात्मक टुक्का

    अपरिचित अनुहारले आफ्नोलाई नै भुलायो,
    घरको काममा मन छैन सारा संसार डुलायो ।

    ✍️ ताराप्रसाद चापागाईं, धुनिवेशी

    सहभागीहरूद्वारा सृजित टुक्काहरू

    अपरिचितको अनुहार पर्दैन देख्न सुन्दरै भयो छाँया,
    घरभित्रको भन्दा बढी बाहिरकै मान्छेको लाग्न थाल्यो माया ?
    ✍️ रचना शर्मा ‘प्रतीक्षा’, ललितपुर

    भो परेन अब कुराहरुको साथ,
    बरू हाँसो होइन देऊ तिम्रो हात ।
    ✍️ निमा भाेटिया
    जलढक्का, कालेबुङ

    सधैभरि मेराे मनमा तिर्सना  जाग्छ,
    अपरिचित देख्दा भने डरै पाे लाग्छ ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    गाेरखा

    अपरिचित अनुहार तर चिने जानेको हो की जस्तो,
    हेर्दा मात्रै रहेछ आकर्षक ब्यहोरा भने निकै सस्तो।
    ✍️ प्रमाेद भट्रराई प्रतिक
    काैशलटार

    ओठमाथि लपक्क गाजल अनि लाएपछि आँखामा लाली,
    अर्काको पोइलाई माया गरेर मेरी कहाँ हुन्छ्यौ र काली ?
    ✍️ श्रीकृष्ण शर्मा पोखरा

    पक्कै प्रेमरोग ले आश्रय पायो,
    त्यै भएर होनि बौलाहा बनायो।
    ✍️ इशाक हुसैन
    बारा, हाल काठमाडाैं

    कलि कालले यस्तै बनाउँछ,
    पछि हाँस्न नदिई रुवाउँछ।
    ✍️ अरुण कुमार भुजेल
    गाेरुवथान, भारत

    नक्कलीले आँखा झिम्क्याई फिँजाई दिई झाँक्रो,
    मर्ने बेला भएको बुढालाई हरियो काँक्रो।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    एक नारी ब्रह्मचारी,
    छैनन् अब त पुजारी ।
    ✍️ प्रधुम्न चालीसे, भक्तपुर

    परिचित आफ्नाहरूले परिचितलाई नै भुलेपछि,
    नजिकैको तिर्थलाई हेला गरि टाढा टाढा डुलेपछि।
    ✍️ शान्ती याक्साे वन
    काठमाडाैं

    अपरिचितले भुलाए पनि आफ्नो नभुलून्,
    पारिवारिक सम्बन्ध त्यागेर कतै नडुलून्।
    ✍️ म्यामराज राई, भाेजपुर
    हाल, जापान

    झिम्काएर अाँखा उस्लाई मख्ख परेको ,
    बुख्याँचालाई यतिबिघ्न मायाँ गरेकोे ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    नक्कली ले अाँख मारी घरकी भुलायो,
    गोजी  सबै  रित्त  पार्दै  सन्सार डुलायो।
    ✍️ लक्ष्मी श्रेष्ठ, झापा

    तिम्रो आँखा मै तिर झिमिक्क,
    जति  हेरी नि लागेन  दिक्क ।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चाेक

    घरको कामले फुत्कनै पाइन,
    देखभेटै नभै भो माया लाइन ।
    ✍️ ऋषिराम खनाल, नवलपुर

    दायाँबायाँ लुकिछिपी सम्बन्ध लुकाउँछन् ,
    आफ्नै स्वरुप हेर्दै आफ्नु मुख सुकाउँछन्।
    ✍️ होम प्रसाद न्याैपाने
    धरान,सुनसरी

    यता खाएर उताको गुणगान गर्नेले,
    के विश्वास देलान् पिठ पछि छुरा धर्नेले ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    पर्दाफास गरी नाैटङ्कीलाई पाठ सिकाउनु,
    कि निकाल्नु घरभाँडालाई कि नाठाे झिकाउनु।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेशी

    कसरी जान्नु हजुर चित्र हेरेर चरीत्र,
    हेर्दा राम जस्तै लाग्दथ्यो कृष्ण रहेछ भित्र
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    कसले हो बुझ्ने बरै उसको चालबाज,
    घरै खाली बनाएर गर्दैछे सज्जा साज।
    ✍️ विमुन्स पाैडेल, पाेखरा

    ::::: जय टुक्का! जय साहित्य!! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘टुक्का माथि टुक्का’ कार्यक्रम सञ्चालनमा

    पशुपतिका बाबामाथि खुकुरी प्रहार, बाबा भन्छन्- ‘माल निकाल भन्यो छैन भन्दा खुकुरी हान्यो’

  • ११ आश्विन २०७८, सोमबार १४:१४ मा प्रकाशित
  • काठमाडौं । पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान परिसरमा रहेको बाबा सन्तोषमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

    उनीमाथि गाँजा माग्दै एक व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘बाबालाई पहिला एक व्यक्ति आएर माल गाँजा निकाल भन्दै भनिएछ । त्यसपछि बाबाले छैन भन्दा खुकुरी प्रहार गरि सो व्यक्ति फरार भएछन्।’

    प्रहरीका अनुसार बाबा सन्तोष हिन्दी मात्रै बोल्छन् । ३५ वर्षका बाबा सन्तोष बिहान विश्वरुपा मन्दिर नजिकै शौचालयतर्फ जाँदै थिए । सोही समयमा उनीमाथि खुकुरी प्रहार भएको हो ।
    उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on पशुपतिका बाबामाथि खुकुरी प्रहार, बाबा भन्छन्- ‘माल निकाल भन्यो छैन भन्दा खुकुरी हान्यो’

    उच्च अदालत विराटनगरको गेट अगाडि व्यवसायी लामामाथि खुकुरी प्रहार

  • १० आश्विन २०७८, आईतवार १५:१९ मा प्रकाशित
  • विराटनगर । उच्च अदालत विराटनगर को गेट अगाडि काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको छ । ब्यवसायी लामामाथि आइतबार (आज) विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

    मोरङ प्रहरीका अनुसार कार्कीले आज दिउँसो उच्च अदालतको गेट अगाडि ब्यवसासी लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । कार्कीले ब्यवसायी लामाथि खुकुरी प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    कार्कीको खुकुरी प्रहारबाट घाइत भएको ब्यवसायी लामा विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on उच्च अदालत विराटनगरको गेट अगाडि व्यवसायी लामामाथि खुकुरी प्रहार

    उदक लेखन अभ्यास शृङ्खलाको १९औं भाग सम्पन्न, ५७ जना उदकयात्रीहरूको सहभागिता

  • ९ आश्विन २०७८, शनिबार १९:०३ मा प्रकाशित
  • काठमाडौ, ९ भाद्र । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको उन्नाइसौं भाग शनिबार सम्पन्न भएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।

    अभ्यासका लागि दिइएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :

    १
    जीवनचक्र
    सबैको उही
    बाँच्ने अनि बचाउने !
    ✍️ अग्नि सुनुवार, सिन्धुली
    २
    कर्तव्य
    बुवा आमाको
    सृष्टि संरक्षण गर्ने !
    ✍️ तिला लेकाली, मोरङ
    ३
    चरी
    चारोका खोजी
    सोचिरहेका बचेरी हेरी !
    ✍️ चक्र शाही, कैलाली
    ४
    कर्तव्य
    बाबा आमाको
    लालन पालन संहार !
    ✍️ रमा पन्त, पाल्पा
    ५
    जिम्मेवारी
    जोगाउनु उत्तराधिकारी
    दुश्मन नहोस् सवारी !
    ✍️ चक्र आले ‘लाफा’, कैलाली
    ६
    जीवन
    संरक्षक आमाबुबा
    नभए एक्लै बबुरा !
    ✍️ तेजप्रसाद खनाल, दाङ
    ७
    प्रकृति
    चराको जोडी
    हुर्काउँदै छोड्दै बचेराबचेरी !
    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
    ८
    परिवार
    सृष्टिको संसार
    सुन्दर शान्त घरबार !
    ✍️ विनय तामाङ, भक्तपुर
    ९
    बिचरा
    भोको पेटमा
    आमा बुवाको पर्खाईमा !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी
    १०
    बाबाआमा
    सोच्दै भविष्य
    छोराछोरी भोकाएको अवस्था !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन-६, संखुवासभा, हाल : मलेसिया

    ११
    चरी
    भोको पेट
    बाबा आमाको पर्खाइ !
    ✍️ विरेन्द्र चौधरी, कैलाली
    १२
    बचेरा
    सृष्टिको नियम
    जन्माएपछि हुर्काउने अभिभारा !
    ✍️ पशपती राई, खोटाङ
    १३
    कला
    जीवन परिभाषा
    जन्म कर्म संरक्षण !
    ✍️ राेशन पराजुली, धरान
    १४
    बचेरा
    जीवन तृष्णा
    आकाशमा उड्ने चाहाना !
    ✍️ आर्त अकुलीन, कैलाली
    १५
    बचेरा
    भोकको आर्तनाद
    उदराग्नी मेट्ने चाहना !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका-१४, दाङ

    १६
    बचेरा
    दुई पालेका
    बाँचेका माया साँचेका !
    ✍️ बलराज भाट, कैलाली
    १७
    बचेरा
    आशा चाराको
    कर्तव्य बाबा आमाको !
    ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
    १८
    बचेरा
    ज्यान बस्छ
    न कतै खस्छ !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ
    १९
    दायित्व
    सन्तान मोह
    सोचमा मग्न दम्पती !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    २०
    बचेरा
    चुच्चाे ठड्याई
    पेट पूजाकाे पर्खाइमा !
    ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    २१
    बचेरा
    शिशु चराका
    आमाको चुच्चोबाट आहारा !
    ✍️ सविता के.सी., काठमाडौँ
    २२
    बचेरा
    सन्तानकाे माया
    गगनमा उड्ने चाहना !
    ✍️ बलराज गिरी, कैलाली
    २३
    बचेरा
    माग्छ आहारा
    सहारा माउ चरा !
    ✍️ बिके माकजु, भक्तपुर
    २४
    गुँड
    ममताको मुहान
    सुन्दर जीवनको बिजारोपण !
    ✍️ डीपी दोभान, कैलाली
    २५
    बचेराहरू
    गुडँमा मातापितासँग
    भाेककाे आर्तनाद रोदन !
    ✍️ श्रद्धा आचार्य, पोखरा-१६, कुरेचाैर
    २६
    सृष्टि
    तब झल्किन्छ
    जब माया छचल्किन्छ !
    ✍️ बालकृष्ण खनाल, टीकापुर
    २७
    जीवनचक्र
    चरीकाे परिवार
    संघर्ष जीवनकाे आधार !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    २८
    माया
    माता पिताको
    हुर्काउने बढाउने पिरलो !
    ✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही
    २९
    चराको
    बचेरा आँ
    गरी पर्खाइमा चाराको !
    ✍️ सुमित्रा पोखरेल, काठमाडौँ
    ३०
    बचेरा
    डालीमा बसेको
    जसोतसो जिन्दगी चलेको !
    ✍️रिता खराल, रुपन्देही
    ३१
    बचेरा
    पर्खाइ आहारा
    बाबुआमाको भरमा साहारा !
    ✍️ धर्मी शाक्य, बुटवल, लुम्बिनी प्रदेश
    ३२
    बचेरा
    माग्दै आहारा
    बाबुआमाको पीडादायी चेहरा !
    ✍️ मञ्जु बस्नेत, खोटाङ, हाल: भक्तपुर
    ३३
    कुदृष्टि
    नलागोस् कहिल्यै
    चराको सुन्दर सृष्टि !
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा
    ३४
    बचेरा
    भोकले आहारा
    खोजिरहेछन् अरूकै साहारा !
    ✍️ होम प्रसाद नेउपाने, धरान, सुनसरी
    ३५
    आधार
    मातृ छाया
    चौतारीको वर पिपल !
    ✍️ शिव खनाल ‘जीवम’, रुपन्देही
    ३६
    दृश्य
    मातृ वात्सल्य
    हुर्कँदै गरेका कोपिला !
    ✍️ सपना खनाल, स्याङ्जा
    ३७
    दुनियाँ
    मुग्ध मायामा
    बाबु आमाको छायामा !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिराञ्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    ३८
    सुन्दर
    गुडमा बच्चाहरू
    आमाबाबा सुरक्षाको मुडमा !
    ✍️ नारायण कोइराला, हाल: यूएई
    ३९
    धरा
    यो परम्परा
    विचरा माऊ बचेरा !
    ✍️ एलपी खनाल, काठमाडौँ
    ४०
    मातृवात्सल्य
    आमाकाे माया
    बाबू आमा सल्लाह !
    ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
    ४१
    बचेरा
    मतापिता सहारा
    खोजेका खानलाई आहारा !
    ✍️ सरस्वती वली, बर्दिया, नेपाल
    ४२
    ममता
    आत्मिय सम्बन्ध
    प्रकृतिको सास्वत नियम !
    ✍️ रामकृष्ण दुवाडी, पोखरा
    ४३
    मातृत्व
    अनुभूति गर
    माया अपार आमाको !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ४४
    जिम्मेवारी
    सन्तानको आशा
    त्यसैभित्र अल्झेको जीवन !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    ४५
    बचेरा
    रमाइरहेका छन्
    डालीमा बाबा आमासँगै !
    ✍️ खेमराज पुरी, कैलाली
    ४६
    विवसता
    विक्षिप्त बचेरा
    निरिहतामा बाँच्नुपर्ने जीवन !
    ✍️ नीलकण्ठ अछामी, कैलाली
    ४७
    मातापिता
    पालन पाेषण
    परिवारकाे गहिरो माया !
    ✍️ टीकाराम जाेशी, टीकापुर
    ४८
    सन्तानप्रति
    आमाबाको माया
    सुन्दर संसारको अनुभूति ।
    ✍️ अन्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
    ४९
    गुँडमा
    बचेराको धुनमा
    सुरक्षात्मक आहारको मुडमा !
    ✍️ भजुराम के. सी., धादिङ
    ५०
    पक्षी
    प्रकृति शून्यतामा
    एक टक हेरिरहेछन् !
    ✍️ हृदय लेकाली, भैरहवा
    ५१
    सन्तान
    नैतिक अभिलाषा
    आमा बुबाप्रति आशा !
    ✍️ बादल गुरुङ वियोगी
    संखुवासभा, हाल: काठमाडौँ

    ५२
    खुल्ला
    गुँडमा बचेरा
    केही छैन सहारा !
    ✍️ बासुदेव दनुवार, सिन्धुली
    ५३
    बचेरा
    जीवनको सहारा
    कठै खोजिमा चारा !
    ✍️ कमला देवकोटा, पाल्पा
    ५४
    डालीमा
    चराको गुँड
    जीवन जिउने आधार !
    ✍️ कविता आचार्य, कैलाली
    ५५
    बचेरोमा
    चरीको माया
    आकाशमा उडाउने रहर !
    ✍️ विजया घिमिरे, जनकपुर
    ५६
    बिचरा
    आमासँग बचेरा
    आहारकाे खाेजीमा हेरेका !
    ✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही, बुटवल
    ५७
    बचेरा
    तङ्ग्रिन थाले
    आखिर जान्छन् उडेर !
    ✍️ घनश्याप पौडेल, पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक लेखन अभ्यास शृङ्खलाको १९औं भाग सम्पन्न, ५७ जना उदकयात्रीहरूको सहभागिता

    ‘स्वास्थ्यकर्मी’ विषयमा सृजना गरिएका उत्कृष्ट टुक्काहरू

  • ७ आश्विन २०७८, बिहीबार १०:२५ मा प्रकाशित
  • टुक्का साहित्य समाज काठमाडौं अन्तर्गत रहेका सक्रिय सर्जकहरूले स्वास्थ्यकर्मी विषयमा उत्कृष्ट टुक्काहरू सृजना गरेका छन् । समाजको आयोजनामा सञ्चालित नियमित टुक्का अभ्यासका क्रममा टुक्काहरू सृजना गरिएका हुन ।

    अन्त्यानुप्रास सहित २ हरफमा समान अक्षरमा लेखिने टुक्का कविता काव्य विधाको एक उदियमान प्रविधा हो । टुक्का कविताको उन्नयन र विकासका लागि समाजले टुक्का अभियन्ता समूह गठन गर्नुका साथै नियमित रूपमा टुक्का लेखन अभ्यासको कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले बताउनुभयो । समाजले टुक्का लेखन, वाचनका अलावा सामाजिक सेवामा पनि हात हाल्ने गरेको छ । हालसालै अध्यक्ष चापागाईंको परिकल्पना एवं समाजकी सचिव विमुन्स पौडेलको संयोजनमा वृहत् रक्तदान तथा टुक्का वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

    नियमित अभ्यासकाे क्रममा सङ्कलन गरिएमा “स्वास्थ्यकर्मी” विषयमा सृजना गरिएका टुक्का कविताहरू

    १.
    सेतो पहिरन भित्र दुखेको मुटु,
    बिमारीको गर्छन् सेवा भोकै गुटुटु।
    २.
    न रात हुन्छ न त दिन,
    बस्दिनन् उनी एकै छिन।
    ३.
    पेशाले स्वास्थ्यकर्मी रोग उखेलेर फाल्छू,
    रोग फैलाउने किटाणुलाई जेल हाल्छू।
    ✍️ पौडेल विमुन्स, पाेखरा

    १.
    अाफ्नाे ज्यानकाे ख्याल नगरी सधै ड्युटी उनकाे,
    ज्यान बचाउने स्वस्थ्य कर्मी छाप बस्याे गुनकाे।
    २.
    अाफ्नाे खुसी समय सब समर्पित जनमा,
    सलाम गर्छु स्वास्थकर्मी हर्ष छायाे मनमा।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेशी ।

    १.
    संसारभरि सबै दर्जाका स्वास्थ्यकर्मीहरू तमाम,
    सङ्क्रमणकालीन समयका नायकलाई सलाम।
    २.
    आफू भन्दा अरूको सेवामा चौबिस घण्टा तल्लीन,
    स्वास्थ्य मापदण्ड पालनामा राम्रो सोचौँ एकछिन।
    ✍️म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    १.
    मनले सत्य रोजे तिमी ईश्वरझैँ धर्मी,
    सेवा नै त हो ठूलो धर्म भन्छन् स्वास्थ्यकर्मी ।
    २.
    मरेपछि पनि पैसा पाउने भित्री आशले,
    भेन्टिलेटर उपचार खान्छ बरा लाशले ।
    ३.
    मृत्युको मुखबाट फेरि जीवन दिने काम,
    ईश्वर नै हौ स्वयम् तिमी किन धाउनु धाम ?
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    १.
    बिरामीको हेर चाह गरेर तापक्रम नाप्दछन्
    कर्तव्यमा अडिग रहनु पर्छ मनमा छाप्दछन् ।
    २.
    सल्यक्रिया गर्दा डाक्टरलाई सघाउँछ्न्,
    मिठो बोली बोलेर बिमारी ती भगाउँछ्न्।
    ✍️ तारा घिमिरे, संखुवासभा

    १.
    हाँसी खुशी बिरामीको सहयोगी बन्छौँ,
    छिटै सन्चो हुनुहुन्छ  नअात्तिनु भन्छौ।
    २.
    बिरामीलाई खुशी पार्नु कर्तव्य हाम्रो,
    दिन्छौँ हामी सेवा अनि उपचार राम्रो।
    ✍️ “नानीबाबा अधिकारी”
    कलंकी, काठमाडाैं

    १.
    बिरामीलाई निको पार्नु उनको लक्ष्य हुन्छ,
    पीडा हुँदा विरामीलाई उसको मन रुन्छ ।
    २.
    मान्छे नै हुन् स्वास्थ्यकर्मी हुन्छ दु:ख पीडा चोट,
    निस्वार्थ सेवामा लाग्दा थुप्रै लान्छना र चोट ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    १.
    बिरामीको उपचार गर्न हुन्छन् राजी,
    नगरी प्रवाह ज्यान लगाएर बाजी।
    २.
    गर्नु पर्छ हामीले  सधैँ  मनदेखि सम्मान,
    बिरामीको स्याहार गर्ने मान्छे हुन्छन् महान।
    ✍️  लालीमाया थापा मगर, प्यूठान

    १.
    न भन्न पाइन्छ जाडो नत कुनै चर्को गर्मी,
    डटेर  उपचारमा   लाग्नुपर्छ   स्वास्थकर्मी।
    २.
    निकै कठिन हुन्छ छोरा डाक्टर नर्स नबन्नू,
    सेवा  गर्ने  मन हुनेलाई यो कहिल्यै नभन्नू।
    ३.
    जीवनमा  कष्ट  गरी  नाम  कमाउन पर्छ चर्कै,
    सेवा गर्न स्वास्थकर्मी बनौँ पैसा कमाउन अर्कै।
    ✍️ बादल गुरुङ वियोग, संखुवासभा,हाल काठमाडौं

    १.
    दुनियाँकाे जीउ धन सुरक्षामा टेवा ,
    खट्कीँदाे छ उपचार स्वास्थ्य स्वयं सेवा ।
    २.
    अध्ययनमै एउटा अठाेट लिनु धर्मी ,
    जाेखिम उठाएर खट्न सक्छन् स्वास्थकर्मी ।
    ३.
    कमजोरी, लापरवाही हुन सक्ने ठानी ,
    मीठै बाेल्छन् स्वास्थ्यकर्मी अादर मानी मानी।
    ✍️ रामकृष्ण दुवाडी,  पाेखरा ।

    १.
    रात-दिन नभन्ने ती महान छन्  स्वास्थ्यकर्मी,
    नानाथरी कुरा गर्ने  पो हुन् ती पापी अधर्मी।
    २.
    जीउज्यानको बाजी लगाई गर्यौ निरन्तर तिमीले सङ्घर्ष,
    कुनै पल पनि कस्तो छ भनी सरकारले गरेन बिमर्श ।
    ✍️ मुक्तिनाथ अधिकारी, भरतपुर, चितवन

    १.
    तिमी नै देशका सच्चा पहरेदार स्वास्थ्यकर्मी ।
    बाँच्दैन तिमीबिना रोगी साथी तुल्य सहकर्मी।
    २.
    खटेर रात दिन सेवा रोगी त्यो हुन्छ निको
    लाग्दैन भोक तिर्खा, र  गर्दैन नराम्रो सिको ।
    ३.
    आस्था छ ठूलो अझ विश्वास धेरै स्वास्थ्यकर्मी ।
    गर्नु सेवा सधैँ राम्रो, नहुनु तिमी अधर्मी ।
    ✍️ सूर्य मणि रेग्मी, चितवन

    १.
    खटेका छन् आफ्नै ज्यानको पर्वाह नगरी,
    खै त स्वास्थ्य कर्मीलाई स्याबासीको पगरी?
    २.
    स्वयं  धुरू-धुरू  रोएर  अरूलाई हँसाउने,
    स्वास्थ्य कर्मी हुन् आफू मरी मरी सबै बचाउने।
    ३.
    अग्र पंक्तिका योद्धाहरू स्वास्थ्य कर्मीलाई सलाम,
    तिमीहरू हौ  कोरोना कालको  फाटकको फलाम।
    ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

    १.
    स्वास्थ्यकर्मीको सल्लाह लिऊँ,
    हामी  जिन्दगी  मज्जाले  जिऊँ।
    २.
    सल्लाह सुझाव लिनु हो सबै भन्दा ठूलो कुरा,
    अनि मात्र  हुन्छन्  सोचेका सबै सपना पूरा‌।
    ✍️ जगत थापा, बझाङ्ग

    १.
    मेरो बिरामी सधैँको पेवा,
    डाक्टर  नर्सले गर्छन् सेवा ।
    २.
    शरीर   सुन्दर   नै    पारौँ ,
    जीवन स्वास्थ्यमा गुजारौँ ।
    ३.
    पीडा दुःखमा नबस्नु सारा जन,
    राम्रो स्वास्थ्य हुनेले कमाए धन।
    ✍️ भगवती दवाडी, दमक ५ ,झापा

    १
    जीवनमा जतिबेला पनि त  बिरामी पर्न सकिन्छ,
    स्वास्थ्यकर्मीको सल्लाह लिएर नै उपचार गरिन्छ l
    २
    स्वास्थ्यकर्मीको सल्लाह सबैले मान्नु राम्रो ,
    बिरामी हुँदा उपचार गर्न खट्छ्न् हाम्रो l
    ✍️ रिता खराल ,रुपन्देही

    सोचे स्वास्थ्यकर्मी भगवान हुन् हाम्रा,
    ती भन्दा को पो छ र समाजमा राम्रा ।
    ✍️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग, हाल- प्रवास

    ::::: जय टुक्का!जय साहित्य !! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘स्वास्थ्यकर्मी’ विषयमा सृजना गरिएका उत्कृष्ट टुक्काहरू

    बुटवलका मेयरलाई मुक्का हान्ने युवक पक्राउ

  • ४ आश्विन २०७८, सोमबार २१:२९ मा प्रकाशित
  • असोज ४, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् ।

    मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।

    उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।

    पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताए । मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।

    Posted in ताजा अपडेटLeave a Comment on बुटवलका मेयरलाई मुक्का हान्ने युवक पक्राउ

    गाँजालाई वैधानिकता दिनुपर्ने मागसहित प्रदर्शन

  • ४ आश्विन २०७८, सोमबार १५:४४ मा प्रकाशित
  • काठमाडौँ — गाँजालाई वैधानिकता दिन र गाँजा राखेको आरोपमा पक्राउ परेका राजीव काफ्लेको रिहाईका माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन गरिएको छ । सोमबार माइतीघरमा काफ्लेको रिहाई माग गर्दै एउटा समूहले प्रदर्शन गरेको हो ।

    उनीहरूले गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग पनि राखेका छन् । प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

    दुई साताअघि नेपाल प्रहरीले गाँजा सेवन र बिक्रीको आरोपमा राजीव काफ्लेलाई पक्राउ गरेको थियो । गाँजामाथिको प्रतिबन्ध खुलाउन नेपालभित्र र अन्तर्राष्ट्रियस्तरमा पनि लबिङ गरिरहेका काफ्लेलाई उनको रेस्टुराँमा काम गर्ने एक कामदारको साथबाट ८३ ग्राम गाँजा भेटिएको अभियोग पक्राउ गरिएपछि त्यसमाथि  बहस सुरु भएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on गाँजालाई वैधानिकता दिनुपर्ने मागसहित प्रदर्शन

    दाङमा धम्की दिएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  • ३ आश्विन २०७८, आईतवार १८:५५ मा प्रकाशित
  • ३-असोज/ दाङ प्रहरीले अपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा ३ जना महिलालाई पक्राउ गरेको छ । बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याइ हनि ट्रयापमा पारेर पैसा असुल्ने ३ जना महिलालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षिय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षिय खुमा वली र घोराही ५ निवासी ३२ वर्षिय सुस्मा परियार रहेका छन् ।पक्राउ परेका मध्य सितादेवी थापा बस्दै आएको डेराकोठाबाट असार ७ गतेका दिन पिडितलाई प्रहरीमा उजुरी दिन धम्की दिई पिडितबाट १७ लाखको सिभिल बैंकको चेक एक थान र नगद १ लाख मध्य उक्त बैंक सितादेवी थापाको डेरा कोठाबाट बरामद भएको र नगद १ लाख थापाले व्याजमा लगाई सकेको भनी प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

    मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकोले सोही दफाको उपदफा ३ (ख) बमोजिम व्यवसायमा गैर कानुनी गरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुठो दोस लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैंया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on दाङमा धम्की दिएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

    उदक लेखन अभ्यास शृङ्खला- १८ सम्पन्न, ५० जना श्रष्टाहरूको सहभागिता

  • २ आश्विन २०७८, शनिबार १९:५१ मा प्रकाशित
  • साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको अठारौं भाग शनिबार सम्पन्न भएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ५० जना स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।

    अभ्यासका लागि दिइएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :

    १
    गगन
    कलिलो रवि
    हरियाली सेतै हिउँ !
    ✍️ चक्र शाही, कैलाली
    २
    हिमाल
    क्षितिजमा प्रकृति
    अनुपम सौन्दर्य बस्ती !
    ✍️ कमला देवकोटा, पाल्पा
    ३
    डाँडोमा
    घामको ज्योति
    मुसुक्क मुस्कायो हिमाल !
    ✍️ रमेश प्रभात, चितवन
    ४
    प्रकृति
    हरिया पहाड
    हिमालको काखमा देश !
    ✍️ पशपती राई, खोटाङ
    ५
    हिउँ
    श्वेत हिमाल
    पुर्खाले आर्जेको नेपाल !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ६
    हिमाल
    सुन्दर गाउँ
    भू-स्वर्गको अनुपम ठाउँ !
    ✍️ घनश्याम पौडेल, कैलाली
    ७
    बिहानी
    मुस्कान भर्दै
    हिमाल अनि बस्तीमा !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    ८
    पहाड
    टल्किने हिमाल
    छहारीमा गाउँ घर !
    ✍️ विरेन्द्र चौधरी, कैलाली
    ९
    धौलागिरि
    अनुपम पदमार्ग
    साहसिक यात्राको गन्तव्य !
    ✍️ आर्त अकुलीन, कैलाली
    १०
    प्रकृति
    सुन्दर कला
    एक अनुपम छटा !
    ✍️ हृदय लेकाली, भैरहवा
    ११
    हिमाल
    दर्शन सृ्ष्टिमा
    अमूल्य निधि नेपालकाे !
    ✍️ राेशन पराजुली, धरान
    १२
    हिमाल
    प्रकृतिको राज
    हेर्नुस् विश्व माझ !
    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे
    १३
    हिमचुली
    मनै रमाउने
    प्रकृतिको अनुपम उपहार !
    ✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही
    १४
    गिरिमा
    स्वर्गानुभूति सुन्दर
    लेकाली बस्तीका छिँडीमा !
    ✍️ मुना दाहाल, सर्लाही
    १५
    पर्वतराज
    शिरमाथि हाँसेको
    देख्छु म आज !
    ✍️ भमरकोटे, काठमाडौँ
    १६
    हिमाल
    प्रकृतिले भरेको
    लालीकिरणमा रमेको नेपाल !
    ✍️ सरस्वती वली, बर्दिया, नेपाल
    १७
    हिमाल
    नेपालको शान
    सेतो घुम्टो ओढेर !
    ✍️ धनमाया चौधरी, कैलाली
    १८
    हिमाल
    पहाड गाउँ
    मनै लोभ्याउने ठाँउ
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन-६, संखुवासभा, हाल: मलेसिया

    १९
    हिमाल
    प्रकृतिकाे वरदान
    कस्तो छ कमाल !
    ✍️ तोयानाथ सुबेदी, काठमाडौँ
    २०
    हिमाल
    काखमा पहाड
    गाउँको दृश्य सुन्दर !
    ✍️ नारायण कोइराला, यूएई
    २१
    हिमाल
    सुन्दर दृश्य
    मनै लाेभ्याउने थलो !
    ✍️ ओमप्रकाश मदुवा, कैलाली
    २२
    हिमाल
    सुन्दर प्रकृति
    बेसी रमणिय गाउँ !
    ✍️ सुरेन्द्र चन्द्र घिमिरे, काठमाडौँ
    २३
    प्रकृति
    हिमाल पहाड
    सुन्दर मानव बस्ती
    ✍️ वसन्त अनुभव, घोराही -१४, दाङ
    २४
    धौलागिरि
    मगरात क्षेत्र
    सबै जातिको बसोबास !
    ✍️ बालकृष्ण खनाल, टीकापुर
    २५
    तल
    हरियाली बस्ती
    हिमाल मुस्कायो माथि !
    ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
    २६
    गाउँ
    हिमाल सम्मुख
    विकासमा किन विमुख ?
    ✍️ केशवप्रसाद ढकाल, गाेरखा
    २७
    धौलागिरि
    हिमालको काखमा
    सुन्दर बस्तीहरूको माझमा !
    ✍️ भजुराम के.सी., धादिङ
    २८
    हिमाल
    हराभरा पहाड
    सुन्दर हाम्रो गाउँघर !
    ✍️ खेमराज पुरी, कैलाली
    २९
    बस्ती
    हरिया पहाड
    मुसुक्क मुस्कुराएको हिमाल !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    ३०
    आकाश
    दौडिन खोज्दै
    पृथ्वी लोक घुम्न !
    ✍️ तिला लेकाली, मोरङ
    ३१
    हिमाल
    पाखा पखेरा
    आहा सौन्दर्य दृश्य !
    ✍️ रिता खराल, रुपन्देही
    ३२
    प्रकृति
    शिरमा हिमाल
    आहा फाेटाे कमाल !
    ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
    ३३
    क्षितिज
    आकाश पहाड
    दृष्टिमा भ्रम मात्र !
    ✍️ सविता के.सी., काठमाडौँ
    ३४
    हिमाल
    हेर्नलाई राम्रो
    सुन्दर हराभरा दृश्य !
    ✍️ सपना भट्टराई खनाल, स्याङ्जा
    ३५
    धरा
    विचित्र श्रृङ्गार
    जीवनदायिनी देवी स्वरुपा !
    ✍️ शिव खनाल जीवम, रुपन्देही
    ३६
    पर्वतमाला
    मुस्कुराएर हेरेकाे
    प्रकृतिकाे काखमा खेलेकाे
    ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    ३७
    भू-गाेल
    पर्यटकिय गन्तव्य
    बस्ती निकट हिमाल !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    ३८
    गगन
    पहाडी बस्ती
    नेपाल सधैं अलमस्ती !
    ✍️ खड्गबहादुर गुरुङ, टिकापुर
    ३९
    प्रभातमै
    भानु झुल्कँदा
    उज्यालो अँध्यारोको मिश्रण !
    ✍️ कण्ठ अछामी, कैलाली
    ४०
    प्रकृति
    सुन्दर हिमाल
    प्रकृतिकाे न्यानो काख !
    ✍️ सहयात्री शाेभा अर्याल, बुटवल, रुपन्देही
    ४१
    हिमशैल
    क्षितिजमा आकाश
    प्रकृतिको अनुपम गहना !
    ✍️ बीपी खनाल, लम्की, कैलाली
    ४२
    सौन्दर्य
    प्राकृतिक छटा
    हिमाल पहाड तराई !
    ✍️ सोमनाथ लुइटेल, ‘रवि पाल्पाली’
    ४३
    प्रकृति
    सौम्य आकृति
    हिमालको काखमा बस्ती !
    ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
    ४४
    प्रकृति
    सौम्य आकृति
    हिमालको काखमा बस्ती !
    ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
    ४५
    नेपाल
    गौरवशाली देश
    पाइने सगरमाथाको परिवेश !
    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
    ४६
    हिमाल
    उच्च शिर
    सुन्दर शान्त नेपाल !
    ✍️ बलराज गिरी, कैलाली
    ४७
    आकाश
    धरतीमाथि प्रकाश
    पहाडमा बस्तीको निकास !
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा
    ४८
    हिमाल
    पहाडी बस्ती
    चौतर्फी शान्त सुन्दर !
    ✍️ कविता आचार्य, कैलाली
    ४९
    हिमालकाे
    न्यानाे माया
    खुसी पहाड तराई !
    ✍️ टीकाराम जोशी, कैलाली
    ५०
    हिमाल
    मुसुक्क हाँसेको
    सूर्यकाे सुनौलो प्रकाशले !
    ✍️ राजकुमार राजभण्डारी, खाेटाङ्ग, हाल: भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक लेखन अभ्यास शृङ्खला- १८ सम्पन्न, ५० जना श्रष्टाहरूको सहभागिता

    रक्तदान शिविर तथा टुक्का वाचन कार्यक्रम

  • २ आश्विन २०७८, शनिबार १९:१५ मा प्रकाशित
  • टुक्का साहित्य समाज, काठमाडौ नेपालको आयोजनामा काठमाडौको गौशालामा एकदिने वृहत् रक्तदान शिविर तथा टुक्का वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको सक्रियतामा आयोजित उक्त कार्यक्रमको सह-आयोजकमा बत्तिसपुतली महिला विकास समिति, नेपाल रेडक्रस सोसाइटी पशुपति, चावहिल, बौद्ध उपसाखा, सामुदायिक प्रहरी गौशाला प्रहरी वृत्त र बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ रहेको थियोे ।

    टुक्का साहित्य समाजका वरिष्ठ टुक्काकार पूर्ण बहादुर श्रेष्ठ ज्युको सभापतित्वमा सञ्चालित कार्यक्रममा टुक्का साहित्य समाजकी सचिव विमुन्स पौडेल, कोषाध्यक्ष रचना शर्मा प्रतिक्षा, टुक्काकार ललिता कालु बिन्दास, साहित्यकार शिव शर्मा, साहित्यकार एवं मुक्तककार रेहित सैजु, नेपाल रेडक्रस सोसाइटी पशुपति चावहिल बौद्ध उपशाखाका अध्यक्ष उत्तम महर्जन, बत्तिसपुतली महिला विकास समिति का अध्यक्ष उमा गौतम, सामुदायिक प्रहरी प्रतिनिधि सागर जिसी, दिवस अधिकारी, दिपक बहादुर कुँवर, गणेश बहादुर लुहार लगायतको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा २३ जना महानुभावहरूले स्वस्फूर्त रक्तदान गर्नुभएको थियोे । त्यस्तै विमुन्स पौडेल, ललिता कालु बिन्दास, रेहित सैजू, पूर्ण श्रेष्ठ हृदयङकृत, रचना शर्मा प्रतीक्षा, लगायतले टुक्का कविता वाचन गर्नुभएको थियोे । साहित्यकार शिव शर्माले छन्द कविता वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा समाजका अध्यक्ष ताराप्रसाद चापागाईं, नेपाल रेडक्रस सोसाइटी पशुपति चावहिल बौद्ध उपसाखाका अध्यक्ष उत्तम महर्जनले शुभकामना मन्तव्य दिनुभएको थियो । पूर्ण श्रेष्ठ, विमुन्स पौडेल, उमा गौतम र उत्तम महर्जनद्वारा रक्तदाताहरूलाई धन्यवाद ज्ञापन सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

    समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले कार्यक्रम सञ्चालनका लागि प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था तथा महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्तमा सभाध्यक्ष एवं टुक्का साहित्य समाजका वरिष्ठ टुक्काकार पूर्ण बहादुर श्रेष्ठले कार्यक्रम समापन गर्नुभएको थियोे ।

    कार्यक्रमको सञ्चालन समाजकी सचिव विमुन्स पौडेलले गर्नुभएको थियोे भने समाजका महासचिब श्रीकृष्ण शर्माले वाचनका लागि टुक्का सम्प्रेषण गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on रक्तदान शिविर तथा टुक्का वाचन कार्यक्रम

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P