
१३ सेप्टेम्बर २०२१, गैर आवासीय नेपाली संघ स्वास्थ कमिटीद्वारा आयोजित तेस्रो ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन यहि आऊदो सेप्टेम्बर १७ देखि १९, २०२१मा लन्डनमा हुन गईरहेको छ ।
उक्त तेस्रो ग्लोबल स्वास्थ्य कार्यक्रम प्रत्यक्ष रूपमा मात्र नभई ज़ूम मार्फ़त पनि संचालन हुने कुरा एनआरएनए आइसिसि ग्लोबल हेल्थ कमिटीका मेम्बर तथा २०२१-२३ का महिला उपाध्यक्षका प्रत्यासी यासमिन बेगम ले जानकारी दिनु भएको छ ।
आफ्नो जन्मभूमि नेपाल बाट रोजगारीको सिलसिलामा बिदेशीएका बिदेशी भुमिमा रहेका अधिकांश महिलाहरुमा देखीएका रोग बिशेष बारे जानकारी दिने अभिप्राय ले WOMEN HEALTH ISSUES- PREVENTION & MANAGEMENT सेसन लिएर प्रत्यक्ष प्रसारण तथा जुम मार्फ़त सबैमाझ आएर कार्यक्रम संचालन गर्न लागिएको कुरा यास्मिन बेगमले बताउनु भयो ।
बिशेष गरि महिला स्वास्थ्य संग सम्बंधित अधिकांश रोगहरु मध्ये स्तन क्यांसर , पाठेघरको मुख को क्यांसर तथा फ़िस्टूला रोग बारे वरिष्ठ तथा अनुभवी डाक्टर हरुको सहायता बाट उक्त रोगहरु बारे विस्तृत जानकारी दिइने छ भने महिला सम्बन्धी रोगहरु बाट ग्रसित हूँदा मानसिक रूपमा आफूलाई कसरी चुस्तदुरुस्त राख्न सकिन्छ भन्ने बारे मनोरोग बिशेषज्ञहरु बाट समेत सुझाव लिन सकिने कुरा यास्मिन बेगमले हिमालय दृस्टीलाई बताउनु भएको छ ।
उक्त कार्यक्रमबाट अनुकरणीय फाइदा लिनका लागि आफ्नो तथा आफ्नो निकटका ब्यक्ति बिशेष, साथी संगिनिहरुका समस्या तथा समाधान का उपाय हरु बारे सम्बंधित डाक्टर हरु संग प्रश्न तथा जिज्ञासाहरु, आफ्नो फेसबुक म्यासेन्जरमा प्रेसित गर्न अथवा उक्त कार्यक्रम आफु स्वंम् उपस्थिति भएर राख्नका लागि पनि बेगम ले फेसबुक स्टाटस मार्फत सबैमा अनुरोध गर्नु भएको छ ।



makblayd 7802dec3d1 https://marketplace.visualstudio.com/items?itemName=nrvalex.Constantine-1080p-Dual-Audio-English-Hindi-amalile