• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

विद्युत् महशुल घट्यो ,बिजुली बाल्दा कति लाग्छ शुल्क?

  • १ मंसिर २०७८, बुधबार १९:२२ मा प्रकाशित
  • काठमाडौँ — विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई नि:शुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो । सोही व्यवस्थाअनुसार आजबाट मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताले यो सुविधा पाउनेछन् । इनर्जी शुल्कका रुपमा यी परिवारले मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्नेछ । त्यस्तै, कृषि र सिँचाई प्रयोजनमा प्रयोग हुने विद्युत्को महशुलमा पनि छुट दिने व्यवस्था बजेटमा राखिएको थियो ।

    अब सिंगल फेज तथा थ्रीफेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले आफ्नो मिटरको क्षमता नि:शुल्क रुपमा बढाउन पाउनेछन् । त्यस्तै अब सिंगल फेज प्रयोगकर्ताको न्युनतम शुल्क २५ रुपैयाँ घट्नेछ । त्यस्ता उपभोक्ताका लागि इनर्जी शुल्क पनि अब कम लाग्नेछ । सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । त्यस्तै, सिंगल फेजमार्फत मासिक ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ ।

    आजबाट सरकारी अस्पताल तथा स्वास्थ्यचौकीले बिलिङ भएको २१ दिनभित्र महशुल तिर्दा कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन् । अन्य उपभोक्ताको हकमा मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाउँदा २ प्रतिशत छुट पाइनेछ । औद्योगिक क्षेत्रका ग्राहकले पनि यो सुविधा पाउनेछन् ।

    साभार कान्तिपुर समाचार बाट

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on विद्युत् महशुल घट्यो ,बिजुली बाल्दा कति लाग्छ शुल्क?

    साउदिमै अस्ताए चितवनका मियाँ, यथाशिघ्र छिटो मृत शरिर नेपाल पठाउन दुताबासलाई आफन्तको आग्रह ।

  • १ मंसिर २०७८, बुधबार १८:३० मा प्रकाशित

  • १७ नोभेम्बर २०२१, साउदि अरब।
    साउदी अरब जेद्दा स्थित नाकिल एक्सप्रेस कम्पनिमा कार्यरत एक नेपाली मोहम्मददिन मियाँको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
    परिवारलाई खुशी प्रदान गर्ने उद्देश्यका साथ गत ८-९ महिना अगाडि साउदी अरब पलायन भएका मियाँ ड्युटी गरेर फर्कने क्रममा गत १६ नोभेम्बर मंगलबार बेलुका १० बजेको समयमा जेद्दा र मदिनाको बिच बाटोमा गाडी दुर्घटनामा गाडि ज्यान गुमाउन पुगेका छन् ।
    चितवन ढड्डाघारी घर भएर जेद्दा रिजनमा काम गर्दै गरेका मियाँको मृत्यु भएको खबर थाहा पाएपछि उहाँका आफन्तले मृतक शरिरलाई छिटो भन्दा छिटो नेपाल पठाउन सहयोग गरिदिनु हुन एनआरएनए अल कासिमका क्षेत्रीय अध्यक्ष रम्जान दिन मियाँलाई गरिएको अनुरोध पछि उहाँको dead बडि छिटोभन्दा छिटो नेपाल नेपाल पठाउन नेपाली महावाणिज्य दुताबास जेद्दाका महावाणिज्य दुत सत्रुधन पोखरेललाई मृतकको कमपनिको फोन नम्बर सहितको विवरण उपलब्ध गराएका छन् ।
    कम्पनिको विवरण तथा नम्बर उपलब्ध भएपछि महावाणिज्य दुताबास जेद्दाका महावाणिज्य दुत सत्रुधन पोखरेलद्वारा उहाँको मृत शरिरलाई यथाशिघ्र छिटो नेपाल पठाउन सक्दो कोशिस गर्ने कुरा अबगत गराएका क्षेत्रीय अध्यक्ष रम्जान दिन मियाँले जानकारि दिएका छन् भने निरन्तर महावाणिज्य दुताबास जेद्दामा निरन्तर समन्वय गरिरहने पनि जानकारि गराएका छन्

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदिमै अस्ताए चितवनका मियाँ, यथाशिघ्र छिटो मृत शरिर नेपाल पठाउन दुताबासलाई आफन्तको आग्रह ।

    गोरक्ष चिन्तनको २५ औं रजत शृङ्खला सम्पन्न; पत्रकार अनुभव र प्रेस सञ्चालक बस्नेत सम्मानित

  • ३० कार्तिक २०७८, मंगलवार ०७:४४ मा प्रकाशित
  • गोरक्ष चिन्तन कार्यक्रमले आफ्नो २५ औं रजत शृङ्खला सम्पन्न गरेको छ । साप्ताहिक रुपमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले शुक्रवार २५ औं शृङ्खला पूरा गरेको हो ।

    १३ सय वर्षभन्द पुरानो इतिहास बोकेको श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठद्वारा विगत २ वर्षदेखि दाङमै पहिलोपटक संचालित गाेरखनाथ वैदिक गुरुकुलले सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षणका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको र जसमध्ये साप्ताहिक रुपमा सञ्चालित गोरक्ष चिन्तन कार्यक्रम पनि रहेको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो।

    उक्त कार्यक्रमको २५ औं रजत शृङ्खलाको प्रमुख अतिथि वक्तामा नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रा. सुदनकुमार पाैडेल, विशेष अतिथि वक्तामा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र अतिथि वक्तामा रुपन्देहि नयाँमिल स्थित दुर्गा गुरुकुलका प्राचार्य श्याम प्रसाद अर्याल रहनुभएको थियो।

    कार्यक्रममा बक्ताहरूद्वारा गुरुकुलले सार्है प्रशंसनिय एवं उत्कृष्ट काम गरेकाे र आगामि दिनमा अझै राम्राेसँग गुरुकुल सञ्चालन गर्नकालागि आफ्नाे तर्फबाट पनि सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरिएकाे थियाे।

    अन्तर्राष्ट्रिय प्रवचनकर्ता गुरु डा. चिन्तामणि याेगीकाे प्रेरणा तथा गुरु गाेरखनाथ सिद्ध पीर रत्ननाथकाे आशिर्वादबाट नै याे कार्यक्रम गर्ने वातावरण बनेकाे बताउदै कार्यक्रम सञ्चालक एवं गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले आगामि दिनहरुमा यस श्रृखलालाई अझै व्यवस्थित गर्दै लैजाने जानकारी दिनुभयो। साथै गोरखनाथ वैदिक गुरुकुलले विशेष गरेर नेपालभर नै संचालन भएका गुरुकुलहरुलाई एउटै मालामा उन्ने प्रयास जारी राखेको बताउनुभयो।

    साथै उहाँले गुरुकुलले देश तथा विदेशमा रहनु भएका विशिष्ट विद्वानहरुलाई आमन्त्रित गरेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाउनुभयो। हालसम्म संम्पूर्णानन्द विश्व विद्यालय बनारस , माेतिनाथ विद्यालय दिल्ली , नेपाल पत्रकार महासंघ, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधि ,पतज्जलि याेग समिति नेपाल, धार्मिक व्यक्तित्व, नेतागण, समाजसेवि दाता लगायत महानुभावलाई समावेश गराइसकेको जानकारी उहाँले जानकारी दिनुभयो।

    कार्यक्रममा मठ समिताका सदस्य याेगगुरु ताेयनाथ याेगीले स्वागत मन्तव्य दिनुभएको थियो। साथै निङ्गलासैनि गुरुकुलका प्रचार्यले कविताका माध्यमबाट आफ्ना भनाइ राख्नुभएको थियोे।

    पत्रकार अनुभव र प्रेस सञ्चालक बस्नेत सम्मानित

    गोरक्ष चिन्तनको २५ औं रजत शृङ्खला कार्यक्रमको अवसरमा हिमालयन दृष्टि अनलाइनका वरिष्ठ संवाददाता वसन्त अनुभव र हिमालय अफसेट प्रेस दाङका संचालक ईश्वर बस्नेतलाई सम्मान गरिएको थियोे।

    कार्यक्रमको प्रचारप्रसार एवं अभिवृद्धि गर्नकालागि समाचार संप्रेषण लगायत रचनात्मक लेखन तथा प्रेसकाे काममा विशेष सहयाेग पुर्याएको भन्दै निजहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियोे।

    गोरखनाथ वैदिक गुरुकुलको भैलो कार्यक्रम

    गोरखनाथ वैदिक गुरुकुलले नेपालीहरूको दोस्रो महान पर्व तिहारको अवसरमा देउसी भैलाे कार्यक्रम सञ्चालन गरेको थियोे।

    जुन कार्यक्रमबाट केही रकम जम्मा भएको र सो रकममा केही रकम थप गरेर देवघाट लगायतका मठ, मन्दिरकाे दर्शन र गुरुकुलहरुकाे अवलाेकन गरिने कुराकाे जानकारी गुरुकुलका शिक्षक मिनराज पाैडेलले जानकारी गराउनु भएकाे छ ।

    गोरखनाथ वैदिक गुरुकुलद्वारा आयोजित भैलो कार्यक्रम २०७८ का केही झलकहरू

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on गोरक्ष चिन्तनको २५ औं रजत शृङ्खला सम्पन्न; पत्रकार अनुभव र प्रेस सञ्चालक बस्नेत सम्मानित

    बारको बटमलाइन जबराको बहिर्गमन

  • २९ कार्तिक २०७८, सोमबार १३:५६ मा प्रकाशित
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइतबार देशैभरका ९० बार इकाईमा विरोध प्रदर्शन भएको छ । जबराको राजीनामाको माग हुन थालेपछि कानुन व्यवसायीहरूले देशव्यापी रूपमा संस्थागत विरोध गरेको यो पहिलोपटक हो ।

    नेपाल बारका महासचिव लीलामणि पौडेलले आइतबार १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम भएको बताए । ‘हामीले आजसम्म प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका थियौं तर अब त्यो समय घर्किसक्यो,’ उनले भने, ‘अहिले न्यायालय एक जना व्यक्ति प्रधानन्यायाधीशका कारण बन्धक बनिरहेको छ । त्यस्तो व्यक्तिले अब अदालत प्रवेश गर्ने दुस्साहस नगरे हुन्छ । हामी अब राजीनामाको मागबाट अगाडि बढिसक्यौं । अब चोलेन्द्रशमशेरलाई पदच्युत नगरेसम्म बारको आन्दोलन रोकिँदैन ।’

    नेपाल बारले प्रधानन्यायाधीश जबरालाई आफ्ना लागि इजलास नतोक्न आग्रह गर्दै आएको थियो । जबराले निरन्तर इजलास तोकेपछि बारले आइतबार उनले तोकेको इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाएको छ ।

    जबरालाई सर्वोच्च अदालत प्रवेश गर्नबाट रोक लगाउने भन्दै नेपाल बारले आइतबार बिहान मूल गेटमा धर्ना दिएको थियो । सर्वोच्च अदालत र महान्यायाधिवक्ता कार्यालयको बीचमा रहेको अर्को गेटमा पनि धर्ना दिने उनीहरूको प्रयासलाई प्रहरीले असफल पारिदियो । त्यसपछि जबरा त्यही गेटबाट सर्वोच्च छिरे । ‘हामी सांकेतिक रूपमा दुवै गेटमा छौं । प्रहरी लगाएर प्रवेश गर्ने नेतृत्वको कुनै वैधता र मान्यता छैन । हामी त्यसलाई अस्वीकार गर्छौं,’ पौडेलले भने ।

    सर्वोच्चको प्रांगणमा बारको धर्ना चलिरहँदा गेटबाहिर जबराको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको थियो । र्‍यालीका सहभागी आन्दोलनरत कानुन व्यवसायीप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनीहरूले आन्दोलनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

    सर्वोच्च अदालत गेटतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो । तीमध्ये २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ती सबै साँझ रिहा भइसकेका छन् । ‘भ्रष्ट र बिचौलियाका नाइके भनेर हामीले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छौं । बारको आन्दोलनमा गुन्डा परिचालन गरेर हतोत्साहित गराउन खोजेका छन् । त्यस्ता व्यक्तिले तोकेको इजलासमा नबस्नु भनेर हामीले सबै न्यायाधीशलाई भनेका छौं,’ नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

    सर्वोच्च अदालतमा देखिएको संकटबारे राजनीतिक दलहरू मौन रहँदा सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मध्यस्थताको प्रयास थालेका छन् । सरकारी मध्यस्थतामा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले तोक्दै आएको इजलास गोलाप्रथाद्वारा तोक्ने व्यवस्था गर्ने र जबरा मुद्दाको सुनुवाइबाट अलग हुने सर्तमा न्यायाधीशहरू इजलासमा फर्कने गरी सहमति हुन लागेको समाचार सार्वजनिक भएको छ ।

    सर्वोच्चका न्यायाधीशहरू त्यस्तो सर्तमा सहमति जनाएर इजलास फर्किए भने पनि आफूहरूलाई मान्य नहुने बारले जनाएको छ । सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबरालाई न्याय सम्पादनमा भूमिका नदिने तर पदमा यथावत् राख्ने भनेर सार्वजनिक भएको प्रस्ताव बारलाई मान्य नहुने बताए । ‘बारले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएसरह अस्वीकार गरिसकेको छ । उनलाई न्याय सम्पादनबाट अलग गर्ने तर न्याय प्रशासनमा भूमिका दिने कुनै पनि प्रस्ताव बारलाई मान्य छैन, त्यसमा न्यायाधीशहरूले सहमति गरे पनि हामी मान्दैनौं,’ उनले भने, ‘इजलास नबसे पनि संवैधानिक परिषद्, न्याय परिषद् र न्याय सेवा आयोगजस्ता निकायमा उनले प्रधानन्यायाधीशका रूपमा काम गर्न पाउँदैनन् । हामी ब्याक गियर नभएको आन्दोलनमा छौं । राजीनामाबाहेकको अवस्था मान्दैनौं ।’ शाक्यले सरकारले सर्वोच्च अदालतको ‘फुलकोर्ट’ सँग सहमति गरे पनि आफूहरूले त्यसलाई अस्वीकार गर्ने र अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

    नेपाल बार अध्यक्ष श्रेष्ठले पनि जबरा मुद्दाको सुनुवाइबाट अलग भएर मात्र नपुग्ने बताए । ‘न्याय प्रशासनका कुनै पनि काम उनले गर्न मिल्दैन,’ उनले भने, ‘हामीले अहिले नै उनले बोलाउने बैठकहरूमा नजान न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीहरूलाई पत्राचार गरिसकेका छौं । उनको नेतृत्वमा सर्वोच्चका न्यायाधीशहरूसमेत पूर्ण बैठकमा बस्न मिल्दैन । उनीहरू बसेछन् भने पनि हामी मान्दैनौं ।’

    बारले कात्तिक २२ देखि ३० सम्मको दोस्रो चरणको आन्दोलन गरिरहेको छ । आइतबारदेखि मंगलबारसम्म देशव्यापी विरोधको कार्यक्रम राखिएको छ । सोमबार काठमाडौं उपत्यकाका सबै बार इकाईहरूबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराको विरोध गर्ने तयारी छ । आइतबारको कार्यक्रममा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रधानन्यायाधीश जबरामाथि भ्रष्टाचारको संगीन आरोप लागिसकेको उल्लेख गर्दै बारको आन्दोलन उनको राजीनामामा टुंगिन नहुने बताए । ‘यो आन्दोलन जुन चरणमा पुगेको छ, राजीनामापछि पनि यहीं टुंगिँदैन । टुंगिन हुँदैन । निश्चित व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने अवस्थामा नपुगेसम्म बार रोकिँदैन,’ उनले भने । अर्का अधिवक्ता मेघराज पोखरेलले जबरामाथि महाअभियोग लगाउनुपर्ने अवस्था रहेको तर त्यो आफूहरूको हातमा नभएकाले राजीनामा मागिरहेको बताए । ‘राजीनामा हाम्रो न्यूनतम सर्त हो । बारले राजीनामाबाहेकको अन्य अवस्थामा छाड्नेवाला छैन,’ उनले भने, ‘राजीनामापछि पनि यो विषय त्यत्तिकै टुंगिँदैन । जबराको राजीनामा न्यायालय शुद्धीकरणको अभियानको पहिलो बिन्दु मात्रै हो ।’

    पूर्वन्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले सम्पूर्ण न्याय क्षेत्रले जबरालाई निषेध र बहिष्कार गरिरहेको बताए । ‘हामीले अहिलेसम्म राजीनामा गर्नू मात्र भनेका थियौं । अहिले उनलाई निषेध गर्ने अवस्थामा पुगेका छौं,’ उनले भने, ‘अब भन्नुपर्ने भएको छ– तिमीले प्रधानन्यायाधीशको कुर्सी नछुनू । तिमी प्रदूषित भएका छौं । अब तिमीले प्रधानन्यायाधीशको कुर्सी छुनु त्यो कुर्सीप्रतिकै अन्याय हुन्छ ।’ वरिष्ठ अधिवक्ता कार्कीले अहिले न्यायपालिकामा भएको प्रदूषणको स्रोत नै जबरा भएकाले उनलाई नहटाएसम्म सुधारका कार्यक्रम अगाडि बढ्न नसक्ने बताए ।

    सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक ८ कात्तिकमै बहिष्कार गरेका थिए । न्यायालय सुधारमा बाधक रहेको भन्दै जबराको राजीनामाको माग अघि सारेर उनीहरूले कात्तिक ९ देखि इजलाससमेत नहेर्ने निर्णय गरिसकेका थिए । त्यसपछि पूर्वन्यायाधीश फोरम, न्यायाधीश समाज, पूर्वप्रधानन्यायाधीशहरूको समूहलगायत समग्र न्यायिक क्षेत्रले न्यायालयमा बिचौलियालाई संस्थागत गरी भ्रष्टाचार बढाएको भन्दै जबराले पद छाड्नुपर्ने माग गरे । न्यायलयमा शुद्धीकरण अभियानमा सधैं अग्रपंक्तिमा रहँदै आएको नेपाल बार एसोसिएसन भने आश्चर्यजनक रूपमा मौन थियो । वरिष्ठ कानुन व्यवसायीहरूले व्यक्तिगत रूपमा जबराको राजीनामा मागिरहेका बेला बारको नेतृत्वले कुनै निर्णय लिन सकिरहेको थिएन ।

    सर्वोच्च अदालत बारले ८ कात्तिकमा न्यायपालिकाको नेतृत्व गर्न जबरा पूर्ण रूपमा असफल र अक्षम भएको निष्कर्ष निकाल्दै उचित निकासका लागि आग्रह गर्‍यो । तोकेरै राजीनामा भनिसकेको थिएन । नेपाल बारलाई भने त्यति भन्न पनि अर्को एक साता लाग्यो । समग्र न्याय क्षेत्र उद्वेलित भइसकेपछि १४ कात्तिकमा बल्ल बारले सांकेतिक विरोध सुरु गर्‍यो । तैपनि हातमा कालोपट्टी बाँधेर बिहान एक घण्टा नेपाल बारको प्रांगणमा कोणसभा गर्नेबाहेकका कुनै प्रभावकारी कार्यक्रम घोषणा गरेन । पछिल्लो समय भने बार क्रमशः आक्रामक बन्दै गएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on बारको बटमलाइन जबराको बहिर्गमन

    प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

  • २९ कार्तिक २०७८, सोमबार १२:५७ मा प्रकाशित
  • २९-कात्तिक/ प्युठानमा जीप दुर्घटना हुंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज सोमबार बिहान मल्लरानी गाउँपालिका–३ बुकेनीमा जीप दुर्घटना हुँदा २९ वर्षिय चालक गोरख पुनको घटनास्थलमै मृत्यु भएको प्युठान प्रहरीले बताएको छ ।

    बुकेनीबाट खलङ्गाका लागि छुटेको रा १ ज १९९२ नम्बरको गाडीमा दुई जना रहेकामा सहचालक भने घाइते भएका छन् । सहकचालक प्युठान नगरपालिका ४ निवासी १६ वर्षीय विवेक नेपाली रहेका छन् । घाइते नेपालीको प्युठान अस्पताल बिजुवाइमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

    उदक वाचन कार्यक्रमको चौथो शृङ्खला सम्पन्न : बाइस जना उदक स्रष्टाहरूको उत्साहजनक सहभागिता

  • २९ कार्तिक २०७८, सोमबार १२:५७ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचनको चौथो शृङ्खला आज मिति २०७८ साल कार्तिक महिनाको २८ गते आइतबार सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि विव नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले उदकको बाहिरी संरचना अनुसार पहिलो पङ्क्तिमा एक शब्द, दोस्रो पङ्क्तिमा दुई शब्द र तेस्रो पङ्क्तिमा तीन शब्द सजिलो देखिएता पनि आन्तरिक संरचना अन्तर्गत भाव, भाषा, शैली , लय , बिम्ब र प्रतीकको उचित प्रयोगसँगै उदकलाई विभिन्न किसिमले गेयात्मकता दिन सकिने बताउनुभयो ।

    बाइस जना उदक यात्रीहरूको सहभागिता रहेको उक्त उदक वाचन श्रृखलामा उदक यात्री बालकृष्ण खनाल, देवेन्द्र शाक्य, धर्मी शाक्य, दुर्गा अधिकारी भमरकोटे, हिमाल अम्मै, इन्दिरा ज्ञवाली, गोपालप्रसाद पौड्याल, केशव ढकाल, लक्ष्मी बस्याल, जमुना कायस्थ, लक्ष्मी प्रसाद मिश्र, पुष्प रानामगर, सविता केसी, कविता देवकोटा, उर्मिला पन्त, राजेश भट्टराई, सुधा बाँस्कोटा ढकाल, सीता बिष्ट कार्की, श्रद्धा आचार्य आदिको उत्साहजनक सहभागिता रहेको थियो ।

    उदक यात्रीहरूका उदकमा माटो, प्रकृति, माया, प्रेम, विकृति, विसङ्गति आदिप्रति व्यङ्ग्य गर्दै समाजलाई दिशानिर्देश गर्ने खालका सन्देशहरू प्रवाहित भएका थिए ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव अबोध निर्मलले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको चौथो शृङ्खला सम्पन्न : बाइस जना उदक स्रष्टाहरूको उत्साहजनक सहभागिता

    ओखलढुंगामा जिप दुर्घटना, तीनजनाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

  • २९ कार्तिक २०७८, सोमबार १०:४५ मा प्रकाशित

  • काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् ।

    आज बिहान सुनकोसी गाउँपालिका–९, काँडेभञ्याङमा प्रदेश ३–१०२२–च९६९४ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट तल खसेको छ ।
    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्लेका अनुसार सिद्धचरण नगरपालिका–१० का विष्णुमाया मगर, तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते चारजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on ओखलढुंगामा जिप दुर्घटना, तीनजनाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खला सम्पन्न; ५६ जना सर्जकहरूको सहभागीता

  • २९ कार्तिक २०७८, सोमबार १०:३४ मा प्रकाशित
  • काठमाडौ, २८ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    मैले गर्छु हानेजस्तो रोएजस्तो तिमी गर्नु,
    तिमी र म मिलिकन पर्छ हैत छारो छर्नु।

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    छारो नैत छरेका छौं जनताका आँखाभरी,
    नेता तिम्रो मनभित्र बस्ने भैनन् कैल्यै हरी।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    छदम्वेशी दुनियाँ याे सबले नाटक गर्छन्
    छुरा धस्छन् पछिल्तिर अघिल्तिर छाराे छर्छन्।
    ✍️
    ताराप्रसाद चापागाई
    धुनिबेसी

    ३//
    गर्ने मान्छेले काम नसिकाए नि गर्छु भन्छ,
    जस्ले नाटक गरि रहन्छ उहि हिरो बन्छ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३, काभ्रे

    ४//
    नेता बिकासको कुरा गर्दै जनतालाई छारो हाल्छौ
    कहिले दलित कहिले जनजाति भन्दै किन टाल्छौ ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    ५//
    चोरको सरदार चोरै हुन्छ डाकाकोनि डाकै,
    नाटक गर्ने छारो छर्ने राम्रा नेता जनताकै!
    ✍️
    विबस पारदर्शी
    भद्रपुर न० पा० – २ झापा

    ६//
    विकासकाे छाराे छरि जनता पाराैँ अलमल,
    एमसिसिमा कुम्ल्याउँ धन जीवन झलमल।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंशेपाटी,ललितपुर

    ७//
    रामनामी पछ्यौरा ओढेर कति चल्छ छुरी,
    सबै किर्ते उदांगिन जन चेतनाको हुरी!
    ✍️
    भुषणजंग

    ८//
    एघार महिना सुतौं हामी मज्जाले निन्द्रा पुग्नेगरी,
    विकास गर्न असार छ नि फिजाइदिउॅं आँखाभरि।
    ✍️
    म्यामराज राई
    भोजपुर

    ९//
    ऐनाको घरमा बसी ऐनामै ढुङ्गा हान्छौ,
    छारो हाल्दै हाम्राे आँखामा मान्छे किन छान्छौ?
    ✍️
    दीपक ठटाल जलन,खरसाङ,

    १०//
    जनतालाई लटपट्याएर हाल्यो सबैका आँखामा छारो,
    आफैँले गल्ती गरेका हुँदा आज बन्नुपर्यो सबैको तारो!
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ११//
    जो चोर हुन्छ उसैको ठुलो स्वर देश भरी,
    जनता मुक्त हुँने यो रोग बाट कसो गरी?
    ✍️
    सुरेशकुमार पान्डे।दाङ घोराही १८,

    १२//
    धनको पोको कुम्ल्याउन आफै लागेछन्
    चोरको खुट्टा काट भन्दा कता भागेछन्।
    ✍️
    मन्दिरा सेढाई
    धादिङ,मलेखु

    १३//
    भष्टाचार गरी जनतालाई ठग्यो गाउँ गाउँमा,
    नेता चिनी अब मुद्दा हाल्नुपर्छ उसको नाउँमा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    १४//
    चोक्टा खान गएकी बूढी मरी झोलमा डुबेर,
    सुखको खोजीमा हिड्दा कठै बाटैमा चिप्लिएर ।
    ✍️
    शारदा दाहाल भण्डारी

    १५//
    सोझा भए जनता साह्रै नेता कमिसन खोर,
    विकास नाममा लुटैलुट छ सबै चोरैचोर!
    ✍️
    भगवती दवाडी ,झापा

    १६//
    रोए जस्तो गर्ने अनि गर्ने कराए जस्तो,
    बुझ्नै नसकिने चाल कसैको कस्तो कस्तो!
    ✍️
    ललिता अभागी
    सुनकोशी५-सिन्धुली

    १७//
    भित्र चल्छ मिलेमतो बाहिर पार्छन् नेता ठिक्क,
    रस जति बाहिरिदा जनता मान्छ्न् हदै दिक्क ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    १८//
    देशको के चिन्ता गर्नु आफै हुन्छ समृद्ध नि,
    हामी आफ्नो चिन्ता गरौ अनि हौला सुखी पनि!
    ✍️
    कमला देवकोटा, पाल्पा

    १९//
    हामीले जस्तै गरौं जनता सबै मिलि देशमा,
    उन्नति हुन्छ प्रगति हुन्छ छदम्वेशी भेषमा।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी

    २०//
    सोझा जनता बेकुफ पार्न लड्नु पर्छ हामी,
    जनता लडाई ढुकुटीमा राज हुन्छ दामी ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    २१//
    आँशु आए जस्तो गर्नु दुखे जस्तो गर्नु,
    श्वास रोकिए जस्तो गर्नु तर नमर्नु।
    ✍️
    विमुन्स पौडेल

    २२//
    छारो छर्न सजिलो छैन तिमी भागी हाल्छौ,
    देख्न भेट्न हुँदै हुन्न मलाई पूरै गाल्छौ ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    २३//
    झण्डा डन्डा र गुन्डा हामीले प्रयोग गरेको,
    देखावटी रूपमा विकासको छारो छरेको ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा

    २४//
    नेताहरुको आफ्नै गीत हुन्छ आफ्नै हुन्छ धुन,
    देशका नेताहरु सबै फिल्मी कलाकार हुन!
    ✍️
    बि कुलुङ राई भारत

    २५//
    छातीमा मुटु मुटुमा माया मायामा तिम्रो नाम,
    तिम्रो र मेरो नहुँदा भेट मायाको के छ काम!
    ✍️
    प्रेम नेउपाने प्रहर
    रुम्तेक सिक्किम

    २६//
    नाटक गर्दै छारो छर्नु पर्दैन है जानु ,
    घाइते नै छिन् साँचो लिनु मिलिजुली खानु।
    ✍️
    मित्र कुमार आचार्य, काठमाडौं।

    २७//
    विकास नगरेको होइन गरेका छन् ठाउँमा,
    नपत्याए हेर्नुस् सडकमै पोखरी छ गाउँमा !
    ✍️
    भुपेन्द्र राना मगर धादिङ

    २८//
    भाैतिकवादी दुनियाँमा छ धनै प्याराे,
    आँखा छल्न मानिसको छर्नै पर्ने छाराे ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    २९//
    हाने जस्तो किन गर्नु हान्नै पर्ने रहेछ अब,
    सक्दैनौ है छारो छर्न सबै शिक्षित हुन्छन् तब।
    ✍️
    धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    हाल – सुर्खेत

    ३०//
    आँसु भित्र हाँसो खोज्ने नियति छ हाम्रो,
    छातीभरी पीडा बोकी हाँस्ने यत्न राम्रो!
    ✍️
    सूर्य मणि रेग्मी
    चितवन

    ३१//
    सामान्य कुरा भो अभिनय गर्नु र छारो छर्नु,
    बिर्सेकाछौ तिमीले पर्छ पछि खाली हात मर्नु!
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    ३२//
    सहिरन्छन् यी जन्ताहरूले जे जे गर्छौ गर?
    मोजमजा यिनैलाई नफापेको कहाँ छर।
    ✍️
    ईशहाक हुसैन
    सिमरा उ.म.न.पा. १४ २ नं.प्रदेश जि. बारा

    ३३//
    दुष्मनी वा बैरभाव देखावटी गर्नु,
    सत्ता भत्ता लिनु अनि आफ्नै भुँडी भर्नु।
    ✍️
    रामजी लामिछाने

    ३४//
    आफै बोक्सी अनि आफै झाँक्री बन्नुहुन्छ नेता,
    काला कर्तुत जे गरेनी खाँट्टी हजुर सेता !
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    ३५//
    मिलिजुली खानु पर्छ,खाउँ छानी छानी,
    टन्न भराैं भुँडी ,देश आफ्नै पेवा ठानी ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल: बुटवल

    ३६//
    चित्त कत्ति नदुखाऊ नानाथरी भनी,
    राम्रो काम गर्नुपर्छ सत्यनिष्ठ बनी ।
    ✍️
    रत्ना पुन मगर
    रुकुम पश्चिम्

    ३७//
    लाटो देशको गाँडाे आज तन्नेरी पाे भयाे ,
    बजेटजति लुँड्यायाे र छाराे छरी गयाे !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा

    ३८//
    जानेर पनि नजाने गरी हान्छन् नि छारो,
    गरुन् अरु जेसुकै आफुले नपार गारो !
    ✍️
    मन बहादुर पुन मगर
    आठविसकोट न.पा ८ रुकुम पश्चिम

    ३९//
    दुश्मन भएपछि छिमेकीले हमला गर्याे,
    भर्खर पलाउदैथ्यो विश्वास ठहरै पर्यो।
    ✍️
    भावना मञ्जु
    विराटनगर -३/बुद्ध चाेक

    ४०//
    रुन्छौ आफै हाँस्छौ आफै नाटक गरि गरि,
    सिमा बेच्यौ नदी बेच्यौं कहाँ छ तिम्रो हरि?
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    ४१//
    नानाथरी मन्तव्यमा गाली वर्षाउँछन्,
    पाँचतारेमा कक्टेल ताली पड्काउँछन्!
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर (वसुपू)

    ४२//
    देशका नेताहरू देश बिकाश गर्छौ भन्दै जनताका आँखामा छारो छर्छन्,
    दुखी ती जनताबाट कर उठाई राजस्वको मोजगरि आफ्नै भुँडी भर्छन् ।
    ✍️
    बेदु न्यौपाने काठमाडौ

    ४३//
    खुट्टा तान्नेको के कमी हजुर अहिलेको जमानामा यहाँ,
    जति नै नुहाइधुवाई गरेपनि नेता साधु हुन्छ कहाँ?
    ✍️
    नीमा छिरिङ्ग भोटिया
    जलढक्का /कालेबुङ

    ४४//
    मतलबी रहेछ दुनियाँ सबैलाई उहीँ धन प्याराे,
    कुम्ल्याउछन् ढुकुटी गर्दै देखावटी हाली आँखामा छारो।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    ४५//
    धर्म संस्कृति बेच्यौं कृत्रिम द्वन्द्व देखाएझैं गरी,
    छारो हान्दै जनताका आँखामा आफ्नै भकारी भरी।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ४६//
    बिकाशको नाममा जनताका आँखामा छारो छर्छौ,
    भाषण मात्रै ठुला गरेर सधै आफनै पेट भर्छौ।
    ✍️
    निर्मला शाही ठकुरी
    दैलेख, हाल दार्जिलिङ

    ४७//
    यी जनतालाई भ्रम छरी मूल्य धेरै बढाउने,
    विरोध आयो भने जम्मा पाँचमा दुई घटाउने ।
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    ४८//
    म चोर्दछु तपाई थुने जस्तो गर्नु,
    म निस्कन्छु तपाईं अलिपछि सर्नु।
    ✍️
    लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    ४९//
    स्वार्थी यो जमाना होकि मान्छे हो पापी,
    जानीजानी विश्वास लुट्ने कस्ता घाती ।
    ✍️
    तारा घिमिरे संखुवासभा

    ५०//
    बाँड्याे ठूलो आश्वासनकाे झूठाे पाेका ,
    लियाे भाेट जनतालाई दियाै धाेका।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर ,कटुञ्जे सु न पा ५

    ५१//
    नेताज्यूले देश समृद्ध बनाउने सपना देख्ने,
    आसेपासे ती झोले पत्रकारले बढाएर लेख्ने !
    ✍️
    रामकृष्ण रिजाल
    बा न पा १३ बागलुङ

    ५२//
    कति हिड्छौ नेता हो अझै अन्धो बनेर,
    माखो मर्दैन गफले विकास भनेर !
    ✍️
    रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    ५३//
    चुनावी मुद्दा संवाद युद्ध मनमा नछर्नु,
    बिकास गर्छु मुखैले भन्नु हातले नगर्नु।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    ५४//
    आजीत भयौं हामी जनता, तिम्रो गरेर भर,
    सानो ठान्दै हौला जनतालाई, अलि मान्नु डर ।
    ✍️
    रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    ५५//
    हाने जस्तो भन्छौ तर ढाडै सेकाउँछौ
    नचाहिॅदो ढाॅचा पारी भद्र देखाउँछौ!
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    ५६//
    छारो हानी जनतालाई आफनै देश बेच,
    समाई कस्छन् कुन दिन हरामीको पेच।
    ✍️
    समा रेगमी रावत, यू एस

    जय टुक्का ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खला सम्पन्न; ५६ जना सर्जकहरूको सहभागीता

    रोल्पामा जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

  • २८ कार्तिक २०७८, आईतवार १६:३७ मा प्रकाशित

  • २८-कात्तिक/ रोल्पामा पिकअप जीप दुर्घटना हुंदा चालकसहित तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने थप तीन जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान ११ बजेतिर माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

    घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ । जीपमा ६ जना यात्रु सवार रहेको बुझिएको छ । साथै घाइतेहरुको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बाहिरी जिल्ला लैजानको लागि हेलीकप्टरसंग समन्वय भैरहेको प्रहरीले बताएको छ ।

    त्यस्तै मृत्यु हुनेको पहिचान भने अझै खुलिसकेको छैन् । जीप दुर्घटना स्थलदेखि साढे ३ सय मिटर तल खसेको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on रोल्पामा जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

    साप्ताहिक उदक लेखन अभ्यासको २६ औं शृङ्खला सम्पन्न, ५० जना स्रष्टाहरूको सहभागीता

  • २७ कार्तिक २०७८, शनिबार १९:५४ मा प्रकाशित
  • काठमाडौ, २७ कार्तिक। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २६ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    photo : social media

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :

    १//
    अपांगता
    मानवीय साेच
    परिश्रमकाे उत्कृष्ट नमुना!
    ✍️
    नारायण प्रसाद उपाध्याय , कैलाली

    २//
    अपांगता
    कठिन परिस्थिति
    जीवन धान्न परिश्रम!
    ✍️
    बलराज गिरी
    कैलाली

    ३//
    किसान
    अपाङ्ग भएर
    बुझ्दछ माटोको महत्व!
    ✍️
    बालकृष्ण खनाल

    ४//
    जीवन
    जिउन कठिन
    देखियाे मेहनतकाे किसिम!
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन ,पाल्पा

    ५//
    विवशता
    नियतीको खेल
    अनमोल जीवन यात्रा!
    ✍️
    राजा राम रत्गैंया
    अमौरा कैलाली

    ६//
    अपाङ्गता
    दु:ख कति
    एक अङ्ग क्षती!
    ✍️
    मन्दिरा सेढाई
    मलेखु

    ७//
    अपाङ्ग
    अल्छि गर्नेलाई
    कर्म गर्न सिकाउदैछ!
    ✍️
    पशपती राई खोटाङ

    ८//
    उदाहरण
    कर्मशील जिन्दगी
    आफ्नै श्रममा  निर्भर!
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी सुनसरी

    ९//
    संघर्ष
    जीवन कठिन
    गाँस बाँस कपास!
    ✍️
    राेशन पराजुली,धरान।

    १०//
    परिश्रम
    रोकिदैन अपाङ्गताले
    सम्मान गरौ सबैले!
    ✍️
    रमा पन्त
    पाल्पा

    ११//
    उदक
    अपाङ्गता
    जीवन संघर्ष
    जिउनकाे लागि  परिश्रम ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर

    १२//
    जीवन
    नियतिको खेल
    माटोप्रति किसानको ममता!
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु

    १३//
    आँट
    दृढ आत्मबल
    बगाउँदै स्वेद जल!
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    १४//
    परीश्रमी
    हातमा गैँती
    जिन्दगीको सहारा बैशाखी!
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    १५//
    विवशता
    विकास समता
    अशक्त बिकलाङ्ग जनता!
    ✍️
    सिबि आलेमगर , कैलाली

    १६//
    विकास
    निर्माण कार्य
    साङ्गलाई प्रेरणा चुनाैती !
    ✍️
    खड्गबहादुर गुरुङ ।

    १७//
    अपाङ्गलाई
    अपहेलना किन
    उनीहरुकै महान कार्य !
    ✍️
    बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ जुम्ला

    १८//
    फगत
    तन अपाङ्ग
    मन मेरो सबलाङ्ग!
    ✍️
    बिके माकजु , भक्तपुर ।

    १९//
    जिन्दगानी
    विचित्रको कथावस्तु
    वेदनाले भरिएको कहानी !
    ✍️
    आर्त अकुलीन, कैलाली

    २०//
    जीवन
    विवशताले घेरिएको
    परिश्रमी अनि जोशिला
    ✍️
    धर्मी शाक्य,बुटवल ,रुपन्देहि

    २१//
    श्रम
    जिम्मेवारी दायित्व
    बाध्य कर्मशील पाखुरा
    ✍️
    टेकप्रसाद कट्टेल, काठमाडौं ।

    २२//
    मान्छे
    साङ्ग अपाङ्ग
    खाली मानवीय सोच!
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २३//
    अपाङ्ग
    गर्छ परिश्रम
    नहेर हेय दृष्टिले!
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश

    २४//
    अपाङ्गता
    कठिन परिस्थिति
    संघर्षशील जीवन यात्रा!
    ✍️
    राम सुन्दर थारु
    कैलाली

    २५//
    जिन्दगी
    भोगाइको पीडा
    देखेको  होइन भोगेको
    ✍️
    बुद्धि प्रसाद लामिछाने  कैलाली

    २६//
    माटो
    पापि पेट
    जीवन अर्पण ‌भेट ।
    ✍️
    जमुना कायस्थ, पोखरा

    २७//
    पौरखी
    पन्छाउदै दु:ख
    शारीरिक दुर्बलताका बावजुद!
    ✍️
    हृदय लेकाली

    २८//
    अपाङ्ग
    अस्तित्व विहीन
    समाजको संकीर्ण
    ✍️
    बादल गुरुङ वियोगी
    संखुवासभा,हाल काठमाडौँ

    २९//
    राष्ट्रप्रेम
    शरीरले अशक्त
    बुझेपछि दायित्व सशक्त
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    ३०//
    अपाङ्ग
    परिश्रमी  हात
    कर्मशील जागरुकता साथ!
    ✍️
    सरस्वती श्रेष्ठ रूपन्देही बुट्वल ।

    ३१//
    सोच
    जीवनको चाहना
    परिश्रमी हातका ठेला !
    ✍️
    सविता के.सी.

    ३२//
    जीवन
    जीउने अाधार
    दुई हातकाे सहारा
    ✍️
    सुरेशचन्द्र घिमिरे

    ३३//
    इच्छाशक्ति
    उपाएकाे स्राेत
    चर्चित नेपाली उक्ति!
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´

    ३४//
    अर्पण
    अप्ठेरो चुनौती
    प्राण दानको अनुभूति।
    ✍️
    जमुना कायस्थ, पोखरा

    ३५//
    मर्मत
    सडक किनारा
    सँधै गर्छ गरीवमारा
    ✍️
    मधुसूदनप्रसाद घिमिरे

    ३६//
    जिम्मेवारी
    खानाको जोहो
    मेहनत नगरी पाउदैन !
    ✍️
    खेमराज  पुरी कैलाली

    ३७//
    अवधारणा
    परिवर्तन गर
    अपांगलाई हेर्ने दृष्टिकोण!
    ✍️
    मंगला उपाध्याय
    बारा कलैया १

    ३८//
    परिश्रमी
    मेहनती हात
    मिल्दछ ईशको साथ !
    ✍️
    चक्र शाही कैलाली ।

    ३९//
    संघर्ष
    जिन्दगीको  पाटाेमा
    चुनाैती स्विकार्ने साहसी !
    ✍️
    सावित्री अधिकारी ,काठमाडौं

    ४०//
    विवश
    जिन्दगीको  ब्यथा
    परिश्रमी अपाङ्गकाे कथा!
    ✍️
    चन्द्र उपाध्याय

    ४१//
    अपांग
    जिउन संघर्ष
    टुलुटुलु हेर्दै सपाङ्ग!
    ✍️
    भाजुराम के.सी.
    ( धादिङ)

    ४२//
    अपाङ्गता
    सबै बिराना
    विवशता,अवसरको सामु!
    ✍️
    राम ब.चौ. गोरखा।

    ४३//
    अंगभंग
    साइनाे समाजसंग
    मनभित्र माैलाएकाे उमंग ।।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ४४//
    श्रमले
    पालेर सन्तान
    धरहरा झै स्वाभिमान !
    ✍️
    ध्रुब प्रसाद गजुरेल, काठमाडौ

    ४५//
    जीवन
    अशक्त शरीर
    सशक्त मानव मन !
    ✍️
    कविता आचार्य, कैलाली

    ४६//
    परिश्रम
    सँघर्षशील जीवन
    ईश्वरका लाचार सन्तान!
    ✍️
    किशोर खनाल
    तानसेन १,पाल्पा

    ४७//
    अपाङ्ग
    घाइते जीवन
    मेहनतले बाँचिरहेकाे परिश्रम!
    ✍️
    मनाेज थापा
    कैलाली

    ४८//
    अपाङ्ग
    असक्त जीवन
    कठिन समस्या जिउन!
    ✍️
    सहयात्री शोभा अर्याल
    बुटवल १४रुपन्देही

    ४९//
    विकास
    भोको पेट
    प्रकृतिले खोसेको भाग्य
    ✍️
    कण्ठराज गिरी
    निलकण्ठ भृगु अछाम

    ५०//
    अपांग
    माया गर्नुछ
    सहयोगको झोली भर्नुछ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती -३,काभ्रे

    जय उदक! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक उदक लेखन अभ्यासको २६ औं शृङ्खला सम्पन्न, ५० जना स्रष्टाहरूको सहभागीता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P