• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक स्रष्टा उर्मिला पन्त पाण्डेयका उत्कृष्ट तीन उदकहरू

  • १० मंसिर २०७८, शुक्रबार ०८:०१ मा प्रकाशित
  • १.
    पुतली
    फुरफुर नाचेको
    सुन्दर फूलहरू फुलेका !

    २.
    कुसुम
    भमरा झुलेका
    सुन्दर दृश्य खुलेका !

    ३.
    बगैंचा
    सुन्दर गलैंचा
    हरियो दुबोको चौर !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक स्रष्टा उर्मिला पन्त पाण्डेयका उत्कृष्ट तीन उदकहरू

    “महिला सशक्तिकरण, संभावना र चुनौतीहरु” मुल एजेन्डा सहित एनआरएनएको ककस-३ नोभेम्बर २७ शनिबार हुने ।

  • ९ मंसिर २०७८, बिहीबार २३:५२ मा प्रकाशित

  • एनआरएनए को ककस भाग तीन यहि २७ नोभेम्बर शनिबार २०२१ का दिन बेलुकी ५ बजे नेपाली समयमा भर्चुअल माध्यम जुम बाट गर्न गइरहेको छ ।


    महिला सशक्तिकरण, संभावना र चुनौतीहरु “महिला सहभागीता चुनौती र यथार्थ” मुल एजेन्डा रहेको उक्त ककस भाग ३ मा सार्थक बहस हुने कुरा मध्यपुर्वकी महिला सान सकृय सामाजिक अभियन्ता एनआरएनए २१-२३ कार्यकालकि महिला उपाध्यक्ष कि प्रत्यासी यास्मिन बेगम सैयद ले जानकारी दिनु भएको छ ।
    बिगतमा यस्तै एनआरएनए का विविध बिषय समेटेर ककस १ र २ भाग सफलताका साथ सम्पन्न भएको र यो ककस ३ कार्यक्रम पनि सहज सम्पन्न गर्ने बेगम ले बताउनु भयो ।
    २०२१-२३ कार्यकालको एनआरएनएको अधिबेशन नजिकिदै गर्दा गैर आवासीय नेपाली श्रमिक हरु माझ विविध महत्त्वपूर्ण बिषयलाई समेट्दै त्यसबारे सम्पुर्णमा पार्दर्शिता तरिकाले खुलस्त पार्न र सहयोगको लागि अहम् भुमिका निर्वाह गर्न ककस को सुरुवात गरिएको हो ।
    ककस भाग ३ मा २०२१-२३ का अध्यक्षका प्रत्यासी डा.बद्री के.सि, महिला उपाध्यक्षकि प्रत्यासी कि यास्मिन बेगम सैयद, महिला सचीव कि प्रत्यासी राधिका गुरुङ, महिला सह कोषाध्यक्ष कि प्रत्यासी यमुना भट्टराई ले बहसमा सहभागी जनाउने छन भने उक्त कार्यक्रम महिला संयोजक कि प्रत्यासी संगिता मरहठ्ठाले संचालन गर्नेछिन् ।

    उक्त ककस ३ मा बिशेषत निम्न बिषयहरुमा छलफल बहस हुने छ ।
    बहसका बिषयहरुः
    १) विदेशमा महिलाहरुको अवस्था, संभावना र चुनौतीहरु
    २) एनआरएनएमा महिलाहरुको सहभागीता र महिला फोरमहरुको भुमिका
    ३) महिलाहरुले विदेशमा सिकेको ज्ञान, सिप, र पुँजी स्वदेशमा लगानी
    ४) महिला सशक्तिकरण, सचेतना कार्यक्रम

    उक्त कार्यक्रम २७ नोभेम्बर २०२१ शनिबार नेपाली समय साँझ ५ बजे (प्रवेश ४:३०) हुने छ । जसका लागि निम्न जुम आइडी पास्कोड बाट सहभागी हुन सकिनेछ । साथै उक्त कार्यक्रममा जोडिन बेगम ले स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गर्नु भएको छ ।
    Zoom ID: 884 3057 6948
    Password: 2021

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on “महिला सशक्तिकरण, संभावना र चुनौतीहरु” मुल एजेन्डा सहित एनआरएनएको ककस-३ नोभेम्बर २७ शनिबार हुने ।

    उदक स्रष्टा कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ९ मंसिर २०७८, बिहीबार ११:३१ मा प्रकाशित
  • संवेग
    कसैमा कान्ति
    मनमा सबैमा भ्रान्ती !

    नेपाल
    आमाका सन्तती
    नहुने भरपेट उन्नती !

    हिमाल
    सबैको काख
    कसरी जोगाउने साख ?

    मरे
    स्वर्ग देखिने
    नमर्दै नर्क भेटिने !

    हानथाप
    कुकुर बिराला
    घृणित सडक छाप !

    जल
    भएको नियोजन
    परिवारको के प्रयोजन ?

    शारदीय
    उत्कर्ष वातावरणीय
    शिशिर ऋतुको आभास !

    सगरमाथा
    सम्पूर्णको शान
    महिमा राष्ट्रिय गान !

    पहाड
    धैर्यताको बाध
    नफुटोस माया अगाध !

    तराई
    फलून् लटरम्म
    पेटको आगो ननिभेसम्म !

    एकैनास
    ओदानका कराही
    हिमाल पहाड तराई !

    माटो
    नहोस् पर्ती
    सम्मान गरौं धर्ती !

    पूर्व
    पश्चिमका नेपाली
    बसौँ हृदय पखाली !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक स्रष्टा कमला देवकोटाका उत्कृष्ट उदकहरू

    सरसफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेकाे भन्दै नगरप्रमुखकाे कार्यकक्षमा ताला

  • ६ मंसिर २०७८, सोमबार १५:२१ मा प्रकाशित
  • सरसफाइ कर्मचारीले एक वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरूले नगर प्रमुखको कार्यकक्षमा ताला लगाएका छन्।
     
    जनकपुरधाम उपमहानगरपालिका- ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सरसफाइ कर्मचारीले गाली गलौज गर्दै दुर्व्यवहार गरेपछि वडाध्यक्षहरूले नगर प्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
     
    वडाध्यक्ष सिंहले भने, ‘वडा नम्बर-४ स्थित कर्मचारी सञ्चय कोषको कार्यालय नजिक एउटा गाई मरेको थियो । मैले त्यो गाई हटाई दिन सफाइ कर्मचारीसँग आग्रह गरेँ । उसले त्यो गाई हटाउनुको साटो उल्टै गाली गलौज गर्न थाल्यो ।’ 

    उनले नगर प्रमुख लालकिशोर साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई समेत दुर्व्यवहार गर्ने गरेको आरोप समेत लगाए । 

    नगर प्रमुख साह नगर सरसफाइ गर्नका लागि गम्भीर नभएकाे र जनप्रतिनिधिलाई नै गाली गलौज तथा दुर्व्यवहार गर्न थालेपछि बाध्य भएर उपमहानगरको कार्यालयमा तालाबन्दी गर्नु परेको वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साहले बताए । 

    उपमहानगरमा वडा नम्बर-१ का वडाध्यक्ष शत्रुधन साह , वडा नम्बर-३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर-४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साह लगायतका वडाध्यक्षहरू तालाबन्दीका लागि पुगेका थिए । 

    वडाध्यक्षहरूले नगर प्रमुख साहविरुद्ध नारावाजी समेत गरेका थिए । दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर, नगर प्रमुखले नैतिकताको आधारमा राजीनामा दे, जनकपुरधाम सफाइ गर लगायतका नारा लगाएका थिए । 

    आफूहरूको माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

    Posted in ताजा अपडेटLeave a Comment on सरसफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेकाे भन्दै नगरप्रमुखकाे कार्यकक्षमा ताला

    कपिलवस्तु र दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

  • ६ मंसिर २०७८, सोमबार १४:१० मा प्रकाशित
  • कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको  वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा  बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ  । त्यस्तै दाङको शान्तिनगर गाउँपालिका–२ बहुला खोलास्थित सडकमा लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

    दुर्घटनामा सोही ठाउँका टेवा बस्ने २२ वर्षीय लोकबहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी भैरहेको जनाएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on कपिलवस्तु र दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    उदक वाचन कार्यक्रमको पाँचौं श्रृखला सम्पन्न : उनन्तीस जना उदक यात्रीहरूद्वारा उत्कृष्ट उदक वाचन

  • ६ मंसिर २०७८, सोमबार ००:१३ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचनको पाँचौं शृङ्खला आज मिति २०७८ साल मंसिर महिनाको पाँच गते आइतबार सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले उदकको बाहिरी संरचना अनुसार पहिलो पङ्क्तिमा एक शब्द, दोस्रो पङ्क्तिमा दुई शब्द र तेस्रो पङ्क्तिमा तीन शब्दसँगै आन्तरिक संरचनाअन्तर्गत भाव, भाषा, शैली, लय, बिम्ब र प्रतीकको उचित प्रयोगसँगै उदकलाई विभिन्न किसिमले लेख्न सकिने बताउनुभयो ।

    स्रष्टागतसँगै समग्र कार्यक्रमको समीक्षा गर्दै प्रमुख अतिथि लुइटेलले साप्ताहिक रूपमा हुँदै आएको तस्बिरमा उदक लेखनमा लेखिएका उदकहरूको मूल्याङ्कन गरेर ती उदकहरूको स्तर निर्धारण गर्न आवश्यक भएको धारणा राख्नुभएको थियो ।

    उनन्तीस जना उदक यात्रीहरूको सहभागिता रहेको उक्त उदक वाचन शृङ्खलामा धर्मी शाक्य, सुरेशचन्द्र घिमिरे, लक्ष्मी बस्याल, वसन्त अनुभव, कविता आचार्य, गोविन्द केसी, घनश्याम पौडेल (कैलाली), सोम लुइटेल, घनश्याम पौडेल (पोखरा), देवेन्द्र शाक्य, जमुना कायस्थ, सविता केसी, सुशिला पौडेल, खगेन्द्र बस्याल, हरि शर्मा पङ्गेनी, रोशन पराजुली, बादल वियोगी गुरूङ, सीता बिष्ट कार्की, भवानी घिमिरे, कमला देवकोटा, मन्दिरा सेढाई, तिला लेकाली, प्रद्युम्न चालिसे, उर्मिला पन्त, सरस्वती श्रेष्ठ (इटहरी) आदि उदक यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    उदक यात्रीहरूका उदकमा समग्र देशको माटो, प्रकृति, माया, प्रेम, विकृति, विसङ्गति आदिप्रति व्यङ्ग्य गर्दै समाजलाई दिशानिर्देश गर्ने खालका सन्देशहरू प्रवाहित भएको उदक यात्रीहरूको धारणा रहेको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उदक स्रष्टा अकुलीनले उदकको संरचनागत अवधारणाको जानकारी गराउँदै उत्कृष्ट उदक सिर्जना गर्न अनुरोध गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको पाँचौं श्रृखला सम्पन्न : उनन्तीस जना उदक यात्रीहरूद्वारा उत्कृष्ट उदक वाचन

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौं शृङ्खला सम्पन्न; ५४ जना सर्जकहरूको सहभागीता

  • ५ मंसिर २०७८, आईतवार २३:२१ मा प्रकाशित
  • काठमाडौ, ०४ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    करोडौं खर्चेकोछु यार, छैन सजिलै आएको,
    लगानी त उठाउनै पर्यो ख्वाएको पिलाएको ।
    ✍️
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    १//
    नेपाल त गोठ तिम्रो, जनता दुहुनो गाई,
    रक्त नआउन्जेल दुहुनु पालैपालो आई।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    कसरी उठ्ला खोइ खाडीमा ख्वाएको पिलाएको,
    जापानमा भए पो त म पैसा नतिरी आएको ।
    ✍️
    राजेशराज गड्तौला

    ३//
    खायाै मात्र भन्छन् सबले लगानी र त्याग कति,
    अलिअलि चुस्नैपर्याे नत्र किन धनकाे खती ?
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी।

    ४//
    फाईदा हुने ठाउँमा लगाउ लगानी,
    धेरै रुनुपर्छ नत्र पछि जानीजानी।
    ✍️
    जगत थापा बझाङ

    ५//
    खान पनि खाइयो मज्जाले नै पचाइयो,
    फुपुको श्राद्ध परेछ सम्पती जुटाइयो ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    ६//
    जसले ती मौरीहरुको मह काढी चाट्दछ ,
    मीठोको स्वादमा परि उसैले दु:ख काट्दछ।
    ✍️
    बेदु न्यौपाने काठमाडौ

    ७//
    केही पाउनलाई केही गुमाएको होला,
    यस्तै नै रहेछ दुईदिने मान्छेको चोला।
    ✍️
    रत्ना पुन मगर
    रुकुम पश्चिम्

    ८//
    सिधासाधा थर्काउँदै लुटेर,
    भ्याएसम्म उठाउँछौ कुटेर ।
    ✍️
    ललिता कालु बिन्दास

    ९//
    हामी नेतागणलाई झन कति छ कति गारो,
    मतदाताको आँखामा हालिरहनु पर्छ छारो!
    ✍️
    भूषण जंग
    अस्ट्रेलिया!

    १०//
    दाँइ तिमिले आजै हाल अनि मियो पनि समाऊ,
    सात पुस्तालाई पुग्ने धन यहीँ मौकामा कमाऊ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ११//
    अन्धो कानुन छ खाएको घुनले,
    लाग्यो दाग कालो बस्त्रमा खुनले ।
    ✍️
    रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    १२//
    भोट दिनेलाई पनि टाल्नु पर्यो नोटले,
    नत्र चोट दिईहाल्छ यही खैरै कोटले।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    १३//
    ब्याज खोज्दाखोज्दै अब त सावाँ हराउने,
    तिमी नै त हौं यो स्थिति सिर्जना गराउने ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    १४//
    नेपाली राजनीति व्यापार भो नाफा मात्रै उठाए,
    इमान्दार सेवक किन बन्ने? पैसा बिटो जुटाए ।
    ✍️
    म्यामराज राई,भोजपुर

    १५//
    यसपाली चुनावमा जित्ने निधो भइसक्यो मेरो नाम,
    तपाई नि साथ दिनुस् मनग्गे कमाउँनु हुनेछ दाम।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंशेपाटी,ललितपुर

    १६//
    उठाएर सबैबाट आफ्नो भोट भर्नलाई,
    बनेकाछन् नेताहरु कुम्लो कसी तर्नलाई ।
    ✍️
    पुष्षाशायरा । बिराटनगर ।

    १७//
    भोटमा उठ्दा फेरि जित्ने मौका हुन्नहोला,
    लगानी उठाउन दोहन गर्नु छ खोला ।
    ✍️
    भगवती दवाडी ,दमक,झापा

    १८//
    सजिलो छैन प्रभु, गर्नु जनसेवा,
    सेवाको नाम गरी, खानैपर्छ मेवा।
    ✍️
    बिके मुखिया,
    दार्जीलिङ, भारत।

    १९//
    कोही छैन् यहाँ देश र जनताको लागि,
    सर्वत्र भेटिन्छन् नेता कपटी र दागी।
    ✍️
    सुरेशकुमार पान्डे

    २०//
    सुन पाउने आस गरी नुनको पैसा दियो,
    हिजो भर्खर त्यसलाई अख्तियारले लियो ।
    ✍️
    धनुष न्यौपाने
    ठेगाना – गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला, हाल – सुर्खेत

    २१//
    गरेथेँ खर्च कुर्सी बैना थियो,
    दाम पुगेन भन्दै धोका दियो।
    ✍️
    अमृत भट्टराई
    मोरङ, हाल काठमाडौं

    २२//
    पैसाको बिटो छरेर चुनाव लडेको हो मैले,
    मौकामा चौका नहाने फेरि उठाउनु त कैले ?
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    २३//
    पेसा राजनीति गर्छु करोडौको लगानी ,
    पाँचबर्ष छिट्टै जान्छ जन्ता राख्छु जमानी ।
    ✍️
    रामजी लामिछाने

    २४//
    देश बनाउनु भन्दा जनता बनाउनु छ पैला,
    उन्नतिको शिखर चुमाउनुछ केको खैलाबैला ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    २५//
    सक्नेभए चुनाव जितेर देखाउन तिमी पनि,
    रहर मात्रै गरेर कहाँ हुन्छ नेता हुन्छु भनी
    ✍️
    सुर्यमणी रेग्मी

    २६//
    लगानी उठाउनु खुवाएकाे पिलाएकाे,
    सम्झनु उत्तिकै पर्छ टिकट मिलाएको ।
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´

    २७//
    अगस्ति र नेता उस्तै-उस्तै हुन् करोडौँकै हिसाबमा खाऊ,
    अजीर्ण हुँदा अख्तियारले समात्छ अनि बन्दीगृह जाऊ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    २८//
    ख्वाएको पिलाएको कुरा गर्छौं, नेताज्यू अहिले,
    के खासियत छ भन तिम्रो, त्यो बाहेक पहिले ?
    ✍️
    गोपाल कृष्ण डङ्गोल
    इटहरी, सुनसरी ।

    २९//
    नभन्नुहोस् मलाई कुर्सी पाउन कति कति खर्च गर्यो।
    सित्तैमा भोट दिँदैन् कसैले थोरै लगानी त गर्नैपर्यो।
    ✍️
    बादल गुरुङ वियोगी
    संखुवासभा, हाल काठमाडौं

    ३०//
    बिटाे हान्दा भाेट झर्याे टन्न,
    बजेट तान्दा चुँडियाे धन्न ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ३१//
    कमाउ धन्दा गर्नेहरु सबै अघि सर्छन् ,
    सेवा गरौं भन्नेहरु त सधैं पछि पर्छन् ।
    ✍️
    कर्ण दयाल
    मेलौली ७ बैतडी

    ३२//
    मौकामा चौका हानी लिनुपर्छ फाइदा,
    अनि पो जिन्दगीमा हुने गर्छ काइदा ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    ३३//
    बल्ल पाएको मौका, चाहन्छ कसले गुमाउन ?
    छोड्न सक्दिन कुर्सी, नखोज्नु कसैले घुमाउन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा, ललितपुर

    ३४//
    दुुर्भाग्यकाे कुरा भयाे विकासको कथाहरू,
    अाफ्नै गल्ला भर्न मात्र लागेपछि नेताहरू।
    ✍️
    भावना मञ्जु
    झापा- हाल- माेरङ

    ३५//
    खुराफाती वेइमानहरु गाेलवद्ध भै जुटाै,
    उत्तम पेशा यही हाे हजुर माेजमस्ती लुटाै ।
    ✍️
    मित्र उराठी गाैतम ,बुटवल

    ३६//
    मासु र मदिरामा अमूल्य भोट नबेचे हुने बरु
    हेर्नुस् त ! यसरी जबाफ फर्काउने गर्छन् नेताहरु ।
    ✍️
    भद्र घर्ती कान्छा

    ३७//
    नेपालका नेताहरु कति गिरेका,
    जुनै जोगी आएपनी कानै चिरेका।
    ✍️
    गणेश तामाङ धादिङ

    ३८//
    बिना लगानीको हुँदैन फाइदा,
    जनता फसाउने राम्रो काइदा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ३९//
    लाखौं करोडौं खर्च गरेर जित मेरै हुन्छ,
    भित्रभित्रै मन जलेको ब्यथा कसले सुन्छ?
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४बुटवल

    ४०//
    खर्चिएको उठाउने खेल रे राजनीति दाउ
    कसले बुझ्ने जनताको जीवनभरको घाउ ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    ४१//
    करोडौंको बजेट नेता आफनै लागी खर्च गर्छन्,
    जनताको सरापले तिनीहरु अब छिट्टै मर्छन्।
    ✍️
    निर्मला शाही ठकुरी
    दैलेख हाल दार्जिलिङ

    ४२//
    देश लुट्नेहरुलाई उपाय यो अपार,
    भ्रष्टाचारी नेतालाई शिर्षक छ हजार ।
    ✍️
    ईशहाक हुसेन
    सिमरा बारा

    ४३//
    रिस गरेर के गर्छौ ? सीप छ खाएँ,
    आनन्द प्रसंशा मानसम्मान पाएँ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर

    ४४//
    कमाउने वहाँनामा सेवा गर्छौ भन्दै,
    सेवाभाव चाहनामा बस्छन् पैसा गन्दै।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    ४५//
    खुवाएर, पिलाएर आइपुगेँ म यो कुर्सीसम्म
    खाने हो धित नमरुन्जेल पेट हुँदासम्म टम्म ।
    ✍️
    दीपक ठटाल जलन, खरसाङ,दार्जीलिङ,

    ४६//
    मासु-रक्सी ख्वाउनेभन्दा खानेहरू मख्ख पर्छन् ,
    मेरै राम्रो हाे भनेर आफैले हानाहान गर्छन् ।
    ✍️
    आरपिडी बेल्बासे
    तमानखाेला- ३, बागलुङ

    ४७//
    देशको माया छैन नेतालाई के बिकास गर्छन्
    नदिनाला बेचेर आफू र आफ्नाको पेट भर्छन् ।
    ✍️
    दुर्गा भट्टराई
    मोरग

    ४८//
    चुनाव खर्च व्यापारीसँग हाे दाेकाे ,
    बजारभाउ बढेर जनता राेकाे ।
    ✍️
    प्रद्युम्न चालिसे
    कटुञ्जे भक्तपुर
    सु न पा ५

    ४९//
    आफू टन्न खाएको माथिकालाई पनि पिलाएको,
    त्यही भएर नै मलाई स्वार्थको पद दिलाएको ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा ।

    ५०//
    लगानि उकासनलाई भ्रष्टाचारले डस्नै पर्यो !
    दुहुना गाई हुन जनता महगीले कस्नै पर्यो !!
    ✍️
    विबश पारदर्शी
    भद्रपुर न० पा ० – २
    झापा

    ५१//
    भ्रष्टाचार गरी सम्पत्ति टन्न छौँ कमाएका,
    जनताहरु रुँदा तिमीहरु छौ रमाएका ।
    ✍️
    तारा घिमिरे संखुवासभा

    ५२//
    कमाएको देख्छन् सबैले थोरैले कहाँ मान्छ
    खर्च गर्छु दायाँबायाँ जस्तो आयो तेस्तै जान्छ ।
    ✍️
    नबिन जोशी प्रदेस ७ कैलाली

    ५३//
    रचेँ हजार सपना खर्चेँ अरबौ पैसा महल भित्र छिर्न
    सक्दिन म केवल जनता को कर बिना साहुको ऋण तिर्न।
    ✍️
    सुमिना तिमल्सिना “खुसी”
    भक्तपुर

    ५४//
    घर रित्तो पार्यौ देश-विदेशमा धाएर,
    पैसा बाँड्दै हिँड्छौँ धर्मपत्नी रुवाएर।
    ✍️
    पौडेल विमुन्स 💕 पोखरा कास्की

    जय टुक्जा ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य5 Comments on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौं शृङ्खला सम्पन्न; ५४ जना सर्जकहरूको सहभागीता

    साप्ताहिक उदक लेखन अभ्यासको २७ औं शृङ्खला सम्पन्न, ६० जना स्रष्टाहरूको सहभागीता

  • ४ मंसिर २०७८, शनिबार १८:२८ मा प्रकाशित
  • काठमाडौ, ०४ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २७ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    Photo: social media


    १//
    जटायु
    तिब्र प्रतीक्षा
    चुडिदै बच्चाको आयु !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ ।

    २//
    संकट
    असहाय अस्तित्व
    मृत्यु कुरुवा बस्दै !
    ✍️
    शिव खनाल जीवम

    ३//
    प्रकृतिको
    सुन्दर कुरुप
    विचित्र सिर्जना संसारमा!
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    ४//
    आहारा
    पर्खदै दुबै
    मरेर बाचेर खाने !
    ✍️
    बलराज भाट
    कैलाली

    ५//
    आहारा
    बिचार्दै जटायु
    अशक्त मानिसको बच्चा!
    ✍️
    बालकृष्ण खनाल

    ६//
    अशक्त
    बेसहारा जीव
    मृत्यु कुर्दै बगरमा!
    ✍️
    मिलन के.सी.(थापा)पोखरा

    ७//
    कुपोषण
    खाद्य संकट
    जटायु अनि बच्चा!
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    ८//
    जटायु
    आहाराको खोजी
    कुर्दै मृत्युको पल !
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ९//
    समय
    आँसुको वर्षात्
    निकट मृत्युको काख !
    ✍️
    आर्त अकुलीन, कैलाली

    १०//
    प्रतीक्षा
    तीब्र मृत्युवरणको
    अपेक्षा न्यायीक शरणको!
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ११//
    जटायु
    मृत्युको साथी
    खोज्दैछ बालकको साथ!
    ✍️
    पुष्पाशायरा । बिराटनगर ।

    १२//
    प्रकृति
    दुई जीव
    अशक्त अवस्थामा लड्दै!
    ✍️
    सुशीला पौडेल

    १३//
    अज्जव
    गज्जव दुनियाँ
    समय सन्दर्भ प्रस्तुति!
    ✍️
    पुष्कर राज रेग्मी

    १४//
    मृत्यु
    अतृप्त भोक
    कुर्दै तृप्तिको पल !
    ✍️
    घनश्याम पौडेल

    १५//
    बालक
    उराठ फाँट
    जीवन मृत्युुको दोसाँध!
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर
    ।

    १६//
    संकीर्ण
    जीवन आत्मा
    भाेक प्यास अलाप!
    ✍️
    राेशन पराजुली,धरान।

    १७//
    खोजी
    कसैको जीवन
    आहारा जिउनको लागी!
    ✍️
    चक्र शाही, कैलाली

    १८//
    जटायु
    अशक्त बालक
    मृत्युको तीब्र प्रतीक्षा !
    ✍️
    लक्ष्मी बस्याल बर्दिया

    १९//
    जिवनचक्र
    निरन्तरको प्रक्रिया
    गिद्धको आहारा नाबालक !
    ✍️
    धनमाया चौधरी कैलाली

    २०//
    कमल
    मोहनी फूल
    शुन्दर शीत झार्दैछ !
    ✍️
    सीता बिष्ट कार्कि(सीबिका)
    काठमाण्डौ

    २१//
    बालक
    मृत्युको पर्खाइमा
    आहारा कुर्दै गिध्द !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नगरपालिका – ९, गुल्मी
    ।

    २२//
    सुरटिया
    सेजिया ढारी
    जाइटुँ मोर ढानी !
    ✍️
    सागर कुस्मी, कैलाली ।

    २३//
    जटायु
    आकाशको राजा
    बालकको अवस्था नाजुक!
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    २४//
    बेसाहारा
    जीवन अर्थहीन
    पश्चाताप मृत्युको कम्पन!
    ✍️
    जमुना कायस्थ

    २५//
    बालक
    मृत्युुको मुखमा
    जटायुको तृप्ती आनन्द ।
    ✍️
    तिला लेकाली

    २६//
    उदक
    पर्खाइ
    भोकको लडाइँ
    मृत्युको मुखमा देह!
    ✍️
    दिवाकर भट्टराई, तनहुँ

    २७//
    जीवन
    एउटाको मृत्यु
    अर्काको पेटको पर्खाई।
    ✍️
    प्रभादेवी पौडेल
    चितवन

    २८//
    प्राणी
    भोकको सङ्घर्ष
    कठै! निरीह मानव!
    ✍️
    वासुदेव ज्ञवाली,पाल्पा तानसेन- १

    २९//
    जीवनचक्र
    कुपाेषित बालक
    आहाराकाे पर्खाइमा गिद्ध!
    ✍️
    नारायण प्रसाद उपाध्याय

    ३०//
    कठै
    बेसहारा बालक
    मृत्युको नजिक पुग्दै !
    ✍️
    रिता खराल,रुपन्देही

    ३१//
    वाध्यता
    मृत्युको मुख
    बालकको करूण ध्वनि !
    ✍️
    कविता आचार्य, कैलाली

    ३२//
    मृत्यु
    उत्सबको पर्खाइमा
    जीवन र समय!
    ✍️
    डिपि दोभान

    ३३//
    भोकमरी
    कष्टपूर्ण जीवन
    अन्तत: मृत्युको काखमा!
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश।

    ३४//
    भोक
    मृत्युको पर्खाइ
    उत्सव या शोक
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    ३५//
    सृष्टिमा
    जटायु कुदृष्टिमा
    बालक मरण तृप्तिमा!
    ✍️
    भजुराम के.सी.
    धादिङ

    ३६//
    सम्बन्ध
    स्वार्थको  युद्ध
    निकट वा विकट ।
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´

    ३७//
    एकातिर
    प्राणपखेरु जाँदैछ
    अर्कातिर खान खोज्दैछ !
    ✍️
    डा. बमबहादुर थापा ‘जिताली’

    ३८//
    भोकमरी
    देखाउन खोजेको
    बालकको दुःखद चित्र !
    ✍️
    नारायण कोइराला
    युएई।

    ३९//
    शिकारी
    ठूलाे आस
    उपभाेगकाे लामाे प्रयास !
    ✍️
    सुरेश चन्द्र घिमिरे

    ४०//
    जीवन
    उद्देश्यविहिन यात्रा
    दीनदुःखीको आर्तनाद क्रन्दन !
    ✍️
    सिबि आले मगर

    ४१//
    अनिकाल
    भयानक मृत्यु
    युद्धग्रस्त अफ्रिकी मुलुक।
    ✍️
    राम बहादुर चौधरी, गोरखा।

    ४२//
    बाध्यता
    भोगको लालसा
    जीवन जिउने आसा !
    ✍️
    उर्मिला न्यौपाने
    लम्की कैलाली

    ४३//
    बाध्यता
    भोकभोकै तड्पिनु
    गिद्धलाई आहारको विकल्प!
    ✍️
    खेमराज पुरी कैलाली

    ४४//
    गिद्ध
    भोकले हैरान
    पर्खाइ बालकको प्राण!
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ४५//
    भोक
    मृत्युको पर्खाई
    कालले साथ दिदैछ!
    ✍️
    पशपती राई खोटाङ

    ४६//
    प्राणपखेरु
    पेटकाे पर्खाइमा
    जटायु खुसीकाे राेजाइमा!
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    ४७//
    भोक
    काल प्रतीक्षा
    जीवन बाँच्ने संघर्ष।
    ✍️
    रचना शर्मा प्रतीक्षा, लपु

    ४८//
    कुपोषण
    शरीर कंकाल
    खाने पर्खाइमा गिध्द!
    ✍️
    धर्मी शाक्य ,बुटवल ,लुम्बिनी प्रदेश

    ४९//
    आपत
    दुखकाे भुमरी
    वेदना पीडाकाे पराकाष्ठा !
    ✍️
    सुधा बाँस्कोटा ढकाल

    ५०//
    मानव
    गुमायो संवेदनशीलता
    उद्धार गिद्धकाे चाहना!
    ✍️
    टीकाराम जाेशी, टिकापुर

    ५१//
    कठै
    बेसहारा बालक
    गिद्दको भोकमा सिकार ।
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु
    हाल: भक्तपुर

    ५२//
    /उदक/
    अभाव
    स्वार्थि संसार
    मनको लामो दुरी!
    ✍️
    श्रद्धा आचार्य, पोखरा

    ५३//
    मानव
    घिटिघिटी प्राणमा
    तमासामा गिद्ध टुलुटुलु !
    ✍️
    सविता के.सी., काठमाडौँ ।

    ५४//
    नियति
    बालकको परिस्थिति
    धर्तीमाथि कमजाेर अवस्था !
    ✍️
    सहयात्री शोभा अर्याल, रुपन्देही

    ५५//
    मृत्युसँग
    संघर्षमा बालिका
    गिद्ध मृत्युको पर्खाइमा!
    ✍️
    गोपाल प्रसाद पौड्याल

    ५६//
    तस्विर
    प्रकोप केन्द्रित
    पीडा करुणा इङ्गित !
    ✍️
    अगस्टीन राई, भारत

    ५७//
    जीवनचक्र
    गिद्धकाे शिकार
    मनुष्य मृत्यपछिकाे आहार!
    ✍️
    लता पौड्याल निरौला

    ५८//
    खोज
    आफ्नो आफ्नो
    जीवन अनि आहार !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी

    ५९//
    भाेक
    प्राणीको तड्पाई
    मृत्युको बाध्यात्मक पर्खाइ !
    ✍️
    मधुसूदन प्रसाद घिमिरे

    ६०//
    बालक
    पन्छिकाे दृष्टि
    कलियुगकाे कलिलो श्रृष्टि ।
    ✍️
    मनाेज थापा
    जानकी- ८, कैलाली

    जय उदक ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन अभ्यासको २७ औं शृङ्खला सम्पन्न, ६० जना स्रष्टाहरूको सहभागीता

    ‘ढाडे बिरालाहरू’ – कविता

  • ४ मंसिर २०७८, शनिबार ०७:१४ मा प्रकाशित
  • समय बदलिएको छ
    समय मौनतामा रहेको जस्तो लाग्छ
    कतै कोपिला चुँडिएका छन्
    त्यसैले बगैंचाका सुन्दर फूलहरू
    मुस्कुराउन पनि डर मान्छन्
    कारण
    बगैंचाका वरिपरि बिरालाहरू छन्
    ढाडे बिराहरू छन्

    सडकमा बिरालाहरू छन्
    गाउँघरमा बिरालाहरू छन्
    विद्यालय सेरोफेरोमा बिरालाहरू छन्
    कार्यालय वरिपरी देखिएका
    ती ढाडे बिरालाहरू
    बोलाउँदा बोल्दैनन्
    धपाउँदा समेत भाग्दैनन्
    चाल नै गर्दैनन्

    मुख्यतः मुसाको खोजिमा छन्
    दुधको साँची बनेका छन्
    मौनतामा मनको पेडा खाएका छन्
    र जिन्दगीभर रमाएका छन्
    ती ढाडे बिरालाहरू !

    ✍️ आर्त अकुलीन, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘ढाडे बिरालाहरू’ – कविता

    स्रष्टा कृष्ण सुदामाका उत्कृष्ट तीन उदकहरू

  • ३ मंसिर २०७८, शुक्रबार १४:२५ मा प्रकाशित
  • १.
    तेल
    चितवनको तोरी
    कहावत हुँदैछ बिस्तारै !

    २.
    आज
    चितवनको माटो
    बन्दैछ कङ्कृटको जङ्गल !

    ३.
    चितवन
    तीव्र सहरीकरण
    जथाभावी जमिनको क्षयीकरण !

    कृष्ण सुदामा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on स्रष्टा कृष्ण सुदामाका उत्कृष्ट तीन उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P