प्रवासी नेपाली समन्वय समिति पि.एन.सि.सि को सहकार्यमा साउदी अरबको सकाकाक्षेत्रमा नेपाली राजदूतावास रियादद्वारा राहदानी आवेदन संकलन घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।
साउदी अरबको राजधानी रियाद देखि झण्डै ११०० कि.मी को दुरीमा रहेको यो क्षेत्रमा नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेकोले उनीहरूको दुताबासमा सहज पहुँच पुगोस भन्ने मनशायले यो कार्यक्रम सम्पन्न गरिएको र शिविरबाट यहाँ अवस्थित ८४ जना सेवाग्राही यस कार्यक्रमबाट लाभान्वित भएको प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक श्री देव नारायण चौधरीले बताउनुभयो।
२६ नाेभेम्वर २०२१ शुक्रबार सकाका अल जाेफ किङ्ग खालीद रोड स्थित होटेल अन्डलुसियाको प्राङ्गनमा भएको उक्त कार्यक्रममा
नेपाली दूतावास रियादका द्वितीय सचीव श्री टिकाराम उपाध्याय ज्युको नेतृत्व र प्रवासी नेपाली समन्वय समिति लगायत एनआरएनए, हेल्प मधेसी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरूको सहजीकरणमा राहदानी नवीकरणकाे लागि ५८ जनाको विबरण संकलन, २२जनाको श्रम स्वीकृति तथा राहदानी हराएको ३ लगायत गैरकानुनी(ईलिगल)तवरले रहेको एकजनालाई घर फिर्ती यात्रा अनुमती पत्र, (बहिगर्मन) भिषा लागि एक जनाको आवेदन सहित गरी जम्मा ८४नेपाली श्रमिक हरुद्वारा शिविरबाट लाभ लिन सफल भएका थिए।
यसक्षेत्रमा धेरै जसाे खेतीफार्ममा कार्यरत नेपाली हरुकाे बाक्लो उपस्थित रहेको हुदा र श्रम स्वीकृतिको कार्यक्रम पनि समावेश गरिएकोले अझै पनि कति जना शिविरमा आउन नसकेको र सेवा बाट बञ्चित रहेको अनुमान गरिएको हुनाले उक्त क्षेत्रमा सम्पर्कमा आउने नेपाली श्रमिकको लागि पुनः शिविर राख्ने दुतावास अधिकारीद्वारा प्रतिबद्धता पनी जनाउनु भयो ।
उक्त राहदानी नवीकरण फारम संकलन कार्यक्रममा नेपाली दूतावास रियादबाट सहचारी श्री वलराम पाण्डे, द्वितीय सचिव श्री टीकाराम उपाध्याय, श्रमिक समस्या, भाषा अनुवादक माे. साजिद अंसारी तथा नेपाली प्रवासी समाजकाे पदाधिकारी सल्लाहकार श्री ज्ञानु राइ, अल जाेफ सकाका एरिया अध्यक्ष श्री सुर्य न्याैपाने, उपाध्यक्ष श्री चन्द्रमणी अधिकारी, द्वितीय उपाध्यक्ष श्री गणेश बिक, सचिव श्री देवबहादुर कार्की, सहसचिव श्री माेतिराम भट्टराई, काेषाध्यक्ष श्री सालिक राम पाेखरेल, सहकाेषाध्यक्ष श्री रुद्रप्रसाद गाैतम, सदस्य श्री ईन्द्र पाेखरेल, श्री नेत्र गुरुङ, श्री राेशन कुमार चाैधरी, श्री खगेन्द्र ओली, श्री भिम बहादुर, श्री राजु नेपाली, सहयोगी राेशन न्याैपाने, लगायत सहजीकरणका लागी पिएनसिसि संयोजक श्री देवनारायण चाैधरी, एनआरएन एनसीसी उपाध्यक्ष श्री गन्तव्य नेपाल, एनआरएन एनसीसी उपाध्यक्ष श्री भक्तवीर राइ, एन आर एन ए एनसिसि साउदीका स्वयंसेवक (भाेलेन्टिएर) श्री श्याम कुमार महताे, एन आर एन ए एन सी सी सदस्य श्री जाेगेन्द्र कुमार यादव, लगायतका पदाधिकारीहरू, हेल्प मधेसी संस्थाको तर्फ बाट प्रथम उपाध्यक्ष श्री श्याम कुमार महतो, दितिय उपाध्यक्ष माे. फिराेज राईन, हेल्प मधेसी संस्था मिडिया रिपोर्टर श्री जाेगेन्द्र यादव, अल जाेफ क्षेत्रीय संयाेजक (Area Coordinator) श्री जलन्धर यादव, समाज सेवी सहयोगी श्री कृष्णा चन्द ठकुरी, श्री सुदिप कुमार ठाकुर लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न नेपाली दूतावास रियाद, दूतावास परिवार विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा नेपाली दुतावास रियाद साउदी अरबद्वारा हार्दिक धन्यवाद ज्ञापन गर्दै साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यहाँहरूको सहयोग साथकाे अपेक्षा राखेको जानकारी गराइयो ।
साथै, साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेकोले भिडभाड हुन नदिन राहदानी आवेदनका लागि शिविरमा आउँदा सम्बन्धित व्यक्ति मात्र आउनु हुन समेत अनुरोध गरिएको थिए, त्यही अनुरुप सुरक्षित तरिकाले शिविर सम्पन्न भएको थियो ।
१४ मंग्सिर २०७८ ! त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंले विदेशबाट नेपाल आउने यात्रुहरुका लागि एक महत्वपूर्ण सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीहरुले के के सामान लेराउन सक्छन् भनेर सूचना जारी गरेको छ ।
नेपाली दुतावासले रियादले पनि आफ्नो अधिकारीक फेसबुकपेजबाट साउदिमा रहनुहुने नेपालीहरुलाई मध्यनजर गर्दै उक्त सूचना प्रसारण गर्दै सम्पूर्ण नेपालीहरुलाई सुचित गराएको छ । उक्त सूचनामा भनिएको छ त्रिभुवन विमानस्थल हुँदै विदेशबाट नेपाल आउने नेपालीहरु हरुले प्रचलित कानुनले दिएको सुविधा भन्दा बढी परिमाण र स्वरूपमा आफ्नो साथमा सुन तथा सुनका गहना मोबाइल फोन ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउने गरेको र सो उपर कानुन बमोजिम कारबाही हुँदा यात्रुहरुले प्रचतिल कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाई फकाए त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको तर्फ यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले भन्सार ऐन 2064 को दफा 9 को उपदफा 3 ले दिएको अधिकार प्रयोग गरी मिती 2070 जेष्ठ 15 गतेदेखि लागू हुने गरी जारी गरेको यात्रुले आफ्नो साथमा ल्याउन लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि तल उल्लेखित मालवस्तु देहायबमोजिमको परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउनेछन् ।
50 ग्राम भन्दा थप 210 ग्राम सम्म सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने छ ।
व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम 100 ग्रामसम्म लाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने सो भन्दा बढी परिणामको सनु ल्याएमा त्यस्तो बढी परीणाम जफत गरिने
व्यक्तिगत प्रयोगको ट्याब्लेट वा ल्यापटप एकभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ ।
व्यक्तिगत प्रयोगको मोबाइल फोन एकभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ ।
मदिरा 1 लिटरसम्म बोतल 1 मात्र लेराउन पाउने छ सोभन्दा बढीको परिणाममा भए मदिरा जफत गरिने छ
यस सम्बन्धी विस्तृत जानकारी नेपाल राजपत्र लिङ्कमा हेर्न हुन समेत सबैमा अनुरोध गरिन्छ साथै विगतमा विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाई फकाई कुनै मालवस्तु जस्तै टर्चलाइट आईरन, मिक्चर, रेडियो स्पिकर, पानी तान्ने मोटर आदि आफ्ना आफन्तलाई पुर्याई दिन भन्ने अनुरोध गर्ने र भन्सार चेकजाँचका क्रममा त्यस्ता मालवस्तु भित्र लुकाई छिपाई सुन चांदि वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानुनबमोजिम कारबाही भोग्नु परेको अवस्था छ । अत त्यस्तो मालवस्तुमा अन्य कुनै अबैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको पनि मालवस्तु नलिनु नल्याउनु हुनसमेत ध्यानकार्षण गरिएको छ । पूरा विवरण तलको सूचनामा हेर्नु होला ।
काठमाडौ, १३ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको दशौँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४२ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको दशौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
कति आँटी छोरो म अद्वितीय छ पराक्रम, छोडेर आएकोछु आफ्नै बाआमा वृद्धाश्रम ।
वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१// साह्रै राम्रो मान्छे हजुर लाग्छ महापुरुष, छुट्याउनै गाह्रो भो हजुर मान्छे कि उडुस। ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२// तपाई मानव हो या दानव बुझ्न मन लाग्यो, बाआमा वृद्धाश्रम छोड्ने कसरी हिम्मत जाग्यो? ✍️ जगत थापा बझाङ
३// यस्तो बुद्धिमानी मान्छे कसले जन्मायो, भगवान बेचेको देख्दा आँखा रसायो। ✍️ भुपेन्द्र राना मगर धादिङ
५// बाबुआमा बुढाबुढी झ्याउँझ्याउँ लाग्छ जहिले, कति धेरै बाँचेका हुन् कालले लैजाला कहिले? ✍️ भूषण जंग अस्ट्रेलिया
६// सभामा नेता चर्का चर्का भाषणमात्र गर्छ, तिम्रा भाषण सुनेर जनताको छाक टर्छ । ✍️ भगवती दवाडी ,झापा
७// ए! छोरा बुझ त कति हुन्छ बृद्धाश्रम बस्दाको दर्द, आफ्नै बाउ आमासँग छुटिएर बस्ने छोरा नामर्द। ✍️ ललिता अभागी सुनकोशी५सिन्धुली
८// न त ऊ हाे पराक्रमी न त हो ऊ आँटी, वृद्धाश्रम ठुलाे देख्ने कस्ताे कुरा खाँटी । ✍️ त्रिलोचन भण्डारी मेचीनगर,झापा
९// देशभित्र जहाज अनि रेलको भिड भयो, नेताको धागमा नागरिकको जीवन गयो। ✍️ सुरेशकुमार पान्डे। दाङ घोराही१८
१०// बाआमालाई वृद्धाश्रम पठाउने तँ पापी, सधैभरी नै बस्छन् तलाई उनले सरापी। ✍️ निर्मला शाही ठकुरी दैलेख हाल दार्जिलिङ
११// पढीलेखी ठुलो मान्छे बनें राजनीतिमा चर्चा कमाएँ, बाआमा बृद्धआश्रम छोडेँ आफ्नै सन्तानसँग रमाएँ । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
१२// कसैले सोधिहाले भने फलानाको छोरा हुँ भनेर नाक फुल्याउँछस्, देउतासरह बाआमाको गुनलाई बिर्सी वृद्धाआश्रम पुर्याउँछस्। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
१३// बाआमाका पालो ऐले आफ्नो घुँडा मुनि, बल्ल बुद्धि पलाउँला काट्दा त्यस्तै जुनि। ✍️ मन्दिरा सेढाई धादिङ ,मलेखु
१४// ज्ञान सिकाउने श्रीमती बुद्धिमानी, उनले भनिन् मैले लगे जानिजानी। ✍️ होम प्रसाद धरान,सुनसरी ।
१५// वृद्धआश्रम बाबा र आमा पुर्याई म आएँ, मन्दिरमा पुगी ढुङ्गा पुजेँ लड्डु नै चढाएँ । ✍️ श्रीकृष्ण शर्मा पोखरा
१६// नेता बन्छन् भाषण गर्छन् देखाई पराक्रम, हाकिम बन्छन् बा आमालाई छोडी वृद्धाश्रम | ✍️ विबश पारदर्शी भद्रपुर -२ झापा
१७// मत शहरिया मान्छे बाबा आमा गाउँले पाखे, साथै राखे मेरो सान घट्छ वृद्धाश्रम नराखे । ✍️ सूर्य मणि रेग्मी चितवन
१८// बाआमालाई भारी सम्झी वृद्धाश्रममा बिसाउने मलाई पनि त्यसै गर्नमै छोरालाई सिकाउने । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
१९// खुट्टी दर्हाे बनाए हुर्काई बढाई गरे पहिले, पराई भए ती नै बाबुआमा घाँडाे भयाे अहिले । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी ।
२०// बुढेसकालको साहारा थिएँ बाआमा राखे बृद्धाश्रम, भोक प्यास नभनी खाडीमा चल्दैछ मेहनतको क्रम । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा
२१// सेना अख्तियारको प्रशासन परेन नचाउन, चोरलाई तालाचाबी दिएको ढुकुटी बचाउन । ✍️ रिजाल विनोद बेलबारी०२मोरङ
२२// बृद्धाश्रम लगेर किन सराप थाप्छौ छोरा? तिम्रो पनि आँसु बग्ला होस् गर ए मेरो मोरा । ✍️ कल्पना थामी सिन्धुपाल्चोक
२३// बाआमाको चोखो प्रेमलाई सन्तानले बुझेन, वृद्ध अवस्थामा गर्नुपर्ने सेवा किन गरेन ? ✍️ बिक्रम तिरुवा सलिन तिला गाउँपालिका ३ कुडारी,जुम्ला
२४// किन मलाई पार्यों भ्रममा, एक्लै यहाँ वृद्धआश्रममा । ✍️ साहित्य प्रेमी प्रयासी श्री लिम्बू ठेगाना : पाँचथर
२५// लौ बधाई छ आमाबालाई पुर्याएकोमा बृद्धाश्रम, अग्रिम शुभकामना पनि छ चाँडै आवस् तिम्रो क्रम। ✍️ अरुण कुमार भुजेल गोरूबथान कालेबुङ्ग,भारत।
२६// पुर्ख्याैली सम्पती अंश बाँडियो ती वयाेवृद्ध माता पिता वृद्धाश्रम पुगे, सन्तानकाे मनमा स्नेहकाे मुहान सुक्याे तिनैकाे खुसीमा ती ईश नुगे । ✍️ सुमिना तिमल्सिना भक्तपुर
२७// बाबु सत्कर्ममा हिड भन्छु म हिड्छन् कुकर्म गरी, आमाबुबालाई कुभलाे गर्ने जान्छन् जिउदै मरी । ✍️ ल्युजर शर्मा बागलुङ गल्काेट हटिया
२९// तिमीलाई माया गरेर डोर्याउँदै हुर्काउने त बा आमाकै थिए हात, तिनै हातले बृद्धाश्रम भित्र आँशु पुछ्न बाध्य पारेर गर्यो ठुलै घात! ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
३०// स्वास्नी, सासू ससुराको सेवामुनि डुबी, भोकै बस्छन् बढेको छ बा आमाको खुबी। ✍️ पौडेल विमुन्स पोखरा कास्की
३१// वृद्धाश्रम जाऊ भनेर दिनहुँ घरमा झगडा गर्छ छाेरा, तिमीहरू पनि मेरो जस्तो भाेलि पालाे आउँछ हाेस् गर माेरा। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही बुटवल
३२// जिउँदाेमा बाआमा वुद्धाश्रम हाे लानी, मरे पछि रूदै गर्दछु म पिण्ड पानी । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे सु** न** पा** ५
३३// खुसीसँग बोली वचन सेवा सत्कार भरे, भगवान हुन आमाबा पुण्य हामीले गरे । ✍️ कृष्ण आनन्द भट्ट पञ्चेश्वर ०५ बैतडी
३४// भोकले पेटमा मुसा दौडाईरहेछिन जहान, जिउँदै स्वर्गमा पुर्याउने तिमी त रैछौ महान। ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
३५// नामर्दलाई यहाँ आँटी भनिएको थियो, वृद्धआश्रम पितालाई उपहार दियो । ✍️ धनुष न्यौपाने गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
३६// म घुस खाएर पैंसा हैन मान्छे कमाउँछु , दियो भने कसैले नाइ भन्दिनँ समाउँछु । ✍️ कर्ण दयाल मेलौली ७, बैतडी
३७// घरको देवी देवता पर बृद्धाश्रममा फाली, नरमाउनु है भोली तिम्रो पनि आउँछ पाली। ✍️ बिके मुखिया दार्जीलिङ,भारत।
उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचनको छैटौँ शृङ्खला आज मिति २०७८ साल मंसिर महिनाको बाह्र गते आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष खगेन्द्रप्रसाद बस्यालले आजको कार्यक्रममा उत्कृष्ट र मर्मस्पर्शी उदकहरू वाचन गरिएको जानकारी गराउँदै उदकको भविष्य सुन्दर रहेको र उदकमा विभिन्न नवीन प्रयोगसँगै उदकलाई विभिन्न किसिमले लेख्न र प्रस्तुत गर्न सकिने बताउनुभयो ।
समग्र कार्यक्रमको समीक्षात्मक विचार सहित प्रमुख अतिथि बस्यालले साहित्य मानवतावादी हुनुपर्ने र यसले विश्व बन्धुत्वको भावनाको विकास गराउने भएकोले साहित्य सिर्जना मार्फत समाजलाई सही बाटोमा ल्याउन सचेत गराउनुपर्ने धारणा राख्नुभएको थियो ।
चौबिस जना उदक यात्रीहरूको सहभागिता रहेको उक्त उदक वाचन शृङ्खलामा अबोध निर्मल, भवानी घिमिरे, सुशिला पौडेल, सोमनाथ लुइटेल, जमुना कायस्थ, बालकृष्ण खनाल, लक्ष्मी बस्याल, पुष्प रानामगर, शोभा पोखरेल, कविता देवकोटा, हरि शर्मा पङ्गेनी, सविता केसी, रोशन पराजुली, मन्दिरा सेँढाइ, घनश्याम पौडेल, बादल वियोगी गुरूङ, सुरेशचन्द्र घिमिरे, प्रेम बहादुर थापा, देवेन्द्र शाक्य, धर्मी शाक्य, तिला लेकाली आदि उदक यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
उदक यात्रीका उदकहरूमा माया, प्रेम, देश, प्रकृतिसँग सम्बन्धित विषयवस्तुका साथै समाजमा व्याप्त विकृती विसङ्गतिप्रति तिखो व्यङ्ग्य गर्दै राष्ट्रिय भावले ओतप्रोत भएका उदकहरू वाचन गरिएका थिए ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उदक स्रष्टा अकुलीनले उदकको संरचनागत अवधारणाको जानकारी गराउँदै उत्कृष्ट उदक सिर्जना गर्न अनुरोध गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अहिले ११ घण्टा ढिलो गरेर बन्दसत्र सुरु हुन लागेको छ। तर, बन्दसत्रअघि अध्यक्ष मण्डलको बैठक जारी छ । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय कमिटीको नाम अघि सारेका छन् ।
ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।
ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।
ओलीले पेश गरेको नामावलीमा भीम रावललगायतले असहमति जनाए ती पदमा चुनाव हुने पनि एमालेले तयारी गरेको छ । अहिले अध्यक्ष मण्डलको बैठक जारी छ । File Photo
जाजरकोट जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ । दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
काठमाण्डाै – दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।
दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ ।
सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा क्वरेण्टीन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको उहाँको भनाइ छ ।
नयाँ भेरियन्ट अहिलेसम्म नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा उहाँको जोड दिनुभएको छ । नेपालमै भेरियन्ट पहिचान गर्न सक्ने भएकाले कोरोना सङ्क्रमण देखिएका यात्रुको विवरणको आधारमा जिन सिक्वेसिङ गरिरहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो।
काठमाडौ, ११ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २८ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
source : social media
अभ्यास क्रममा सृजना गरिएकाउदकहरू
१// ममता भोका बचेरा तृप्ति पार्ने प्रयास ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२// नाता बचेराको भोक आमाको मीठो ममता! ✍️ श्रीकृष्ण शर्मा पोखरा
३// आमा मायाको खानी लालनपालनमा बित्यो जिन्दगानी! ✍️ देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश
हिन्दू परिषद नेपाल द्वारा ७ औ स्थापना दिवस मनाईयो बीरगंज ११ मंसिर हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साले आफ्नो ७ औ स्थापना दिवसको अवसरमा गीता मन्दिर बीरगंजमा चियापान समारोह सम्पन गरेको छ।जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको समारोहमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल,मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सचिव परमानन्द चौधरी, लोकतांत्रिक समाजवादी पार्टीका केन्द्रिय युवानेता शिव पटेल,नेपाल काँग्रेस पर्साका उपसभापति अधिवक्ता प्रकाश उपाध्याय,हिन्दू परिषद नेपालका पूर्व केन्द्रिय महासचिव अधिवक्ता अनिरूद्ध सिंह, जगतगुरु शकराचार्य पूरी पीठ नेपालका संरक्षक डा. अनिल झा,साधु समाज पर्साका अगुवा सुरेन्द्र दास लगायतकाले शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, अजिता देवी पटेल,चित्तरंजन श्रीवास्तव, सचितानन्द दुबे,सुनील गुप्ता,भरत सरार्फ,अधिवक्ता बिनोद प्रसाद कुर्मी, रमेश रौनियार, उमेश साह कानू, पर्सा जिल्ला उपाध्यक्ष राधेश्याम सरार्फ,बीरगंज नगर उपाध्यक्ष मनीष वर्णवाल,महिलानेत्री मीनू ठाकुर,हिन्दूवादी अगुवाहरु भूपेन्द्र पौडेल,अरबिन्द साह कानू, संतोष गुप्ता, दिलीप गुप्ता,अमोद कुमार केवट,मुना सोनी,पत्रकार संतोष मिश्रा लगायतकाको सहभागीता रहको थियो।
टुक्का लेख्नेहरु माझ थियोे केही भन्नु, दुबै लाईन लेखेर बराबरी गन्नु । १// आधा अक्षर काटिएका बिल्कुल गनिदैन, बराबर अक्षर नभई टुक्का भनिदैन । २// अन्तिमकाे अनुप्रासलाई मुटु माने हुन्छ, अर्थपूर्ण बन्दछ लेखाइ भित्रसम्म छुन्छ । ३// टुक्का हुन्थ्याे माैलिक खालकाे परापूर्व कालकाे, हिजोआज देखिने गर्छ टुक्का फरक खालको । ४// टुक्का वाचन गर्दा बिश्राम भुल्नु हुन्न, जथाभावी भन्ने गर्दा कतैपनि छुन्न । ५// हुनुपर्छ टुक्का मीठाे जनबाेली बाेल्ने, ब्यङ्ग्य टुक्का सुनेपछि मुटु काम्ने पाेल्ने । ६// शुद्धतामा विशेष ध्यान दिए हुन्छ राम्रो, अपनत्व बढेर जान्छ स्वामित्व याे हाम्रो । ७// टुक्का काव्य साहित्यकाे लघुतम रुप अरे, हुँदा सभ्य लालित्यकाे उन्नयन भित्र भरे । ८//