काठमाडौ :- सेप्टेम्बर ८ तारिकका दिन नेपाल अधिराज्य भरी भएको जेनजीको आन्दोलनमा चरम अहिंसा भएको र कैयौ निर्दोष युवाहरु मृत्यु तथा घाइते भएकोमा नेपालस्थित बिदेशी दूतावासहरू अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका द्वारा संयुक्त बिग्यप्ती जारी गरेको छ ।
संयुक्त बिग्यप्तिमा भनिएको छ :-
“हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं।
पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।”
Joint Statement by the Embassies of Australia, Finland, France, Japan, the Republic of Korea, the United Kingdom, and the United States of America in Nepal:
We are deeply saddened by the violence seen in Kathmandu and elsewhere in Nepal today, including the tragic loss of life and injury during demonstrations. We extend our sincere condolences to the families of the victims, all those affected, and wish those injured a swift and full recovery.
Our governments reaffirm our strong support for the universal rights of peaceful assembly and freedom of expression. We urge all parties to exercise maximum restraint, avoid further escalation, and ensure that these fundamental rights are protected.
काठमाडौं : आजको जेनजी को आन्दोलनपछि सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा नआउने बताएका छन्।
सन्चार मन्त्री भन्छन् ,” आन्दोलनमा ज्यान गुमाएका लाई क्षतिपूर्ति दिन्छौ, घाइतेको निशुल्क उपचार गर्छौ! आजको आन्दोलनमा अराजकले घुसपैठ गरे, सार्बजनिक सम्पती तोड्फोड गरे , तिनीहरुलाई पहिचान गरि कारबाही गर्छौं ! तर राजीनामा दिदैनौ! गृहमन्त्रीले मात्रै राजीनामा दिएको कुरा अबगत गराएका छन् ।साथै सडकमा बसेर राजीनामा मागेर हुन्छ,’ सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले भने। त्यस्तै सरकारले जेनजी प्रदर्शनमा जयान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय भएको बताएका छन् ।
Gen Z को आजको आन्दोलनमा सरकारले गरेको क्रुर दमनप्रती दुख व्यक्त गर्दै नक्खु जेलबाट एक सन्देश दिदै आफ्ना सांसदहरुलाइ सांसदबाट राजिनामा दिन तयार रहन अनुरोध गरेका छन्
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए।
यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।
आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे।
म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो ।
Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।
यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ ।
कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ।
ती यस्ता छन् :
१) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् ।
२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् ।
३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।
४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।
यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् ।
सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ ।
देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला। गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।
प्रिय रास्वपाका सांसदहरू,
उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला।
रवि लामिछाने सभापति नक्खु कारागार, ललितपुर
(आज दिउँसो नक्खु कारागारबाट निजी सचिवालयसँगको टेलिफोन वार्ता पश्चात्, आज दिनभरि भेटघाट बन्द गरियो, ५ बजेपछि टेलिफोन सम्पर्क समेत बन्द गरिएको छ: सचिवालय)
जेद्दा साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरबले गत शुक्रवार, ५ सेप्टेम्वर २०२५ का दिन जेद्दास्थित क्रियाशिल सामाजिक संघसस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु र व्यवसायीहरू सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
महावाणिज्य दूतावास जिद्दासँग जोडिएका विभिन्न संघसंस्था तथा समाजसेवीहरू सँगको एक आपसी समन्वय, सहकार्यका साथै श्रमिक समस्या समाधान सम्बन्धी केन्द्रित रहेर गरिएको उक्त अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम महावाणिज्य दूतावास जिद्दाको प्राङ्गणमा संचालन भएको थियो । उक्त अनौपचारिक भेटघाट कार्यक्रममा महावाणिज्य दूतावास जिद्दाका सम्पूर्ण सर म्याडमहरू, एनआरएनए साउदी अरबका राष्ट्रिय तथा क्षत्रिय समितिका पदाधिकारीहरू, हातेमालो युवा क्लबका पदाधिकारीहरू, नेपाली युवा क्लबका पदाधिकारीहरू, काठमाडौँ रेस्टुरेन्ट तथा सिन्धु मेलम्ची रेस्टुरेन्टका होटेल व्यवसायीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा केही महिना अगाडि आउनुभएका महावाणिज्य दूत पारस पण्डितले उपस्थित समाजसेवीहरुलाइ आ-आफ्नो परिचयका साथमा श्रमिक समस्या न्यूनीकरण तथा पुर्ण समाधानमा र महावाणिज्य दूतावासका हरेक गतिविधि र कार्यक्रममा संघसंस्थाबाट हुन सक्ने साथ सहयोग बारे सुझाव सल्लाह र आफ्नो अनुभव बताउन अनुरोध गरेका थिए ।
कार्यक्रममा युवा क्लबका महासचिव नरकुमार मगरले आफ्नो मन्तव्य राख्दै यस्ता अन्तरक्रिया कार्यक्रम कम्तिमा २-२ महिनामा हुनुपर्ने र दूतावासद्वारा गरिएका तथ्याङ्कहरु संघसंस्था तथा आम श्रमिक माझ सेयर गर्न अनुरोध गर्दै श्रमिक समस्या समाधानका लागि दूतावासलाई आफ्नो व्यक्तिगत तथा संस्थागतको तर्फबाट हरेक समयमा साथ सहयोग रहने बताए। त्यसैगरी एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी र कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठले पनि आफ्नो भनाई राख्ने क्रममा दूतावासका कार्यक्रमहरूमा
संघ संस्थाको प्रतिनिधि सहित दुर दराजमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति गराउन बढी प्राथमिकता दिइनु पर्ने, इक्जिट प्रोसेस या अन्य कुराहरुलाइ अनलाइन वेबसाईटमा राखेर सहज गराइनु पर्ने, बनेर आएको पासपोर्टको विवरणहरू फेसबुक पेजमा सम्पूर्ण विवरण सहित सेयर गर्नु पर्ने र श्रमिक समस्याहरूलाई साउदीमा कम गर्नका लागि अभिमुखिकरण तालिम प्राक्टिकल्लि गराएर
लिएर आउनुपर्ने जस्ता धारणाहरू व्यक्त गरेका थिए। त्यसैगरी युवा क्लबका अध्यक्ष राम थापा र तमुधी जित्दा साउदी अरबका अध्यक्ष वेद तमुद्वारा श्रमिक समस्या सम्बन्धी जानकारी लिन दिन र समस्या समाधानका लागि एउटा whatsapp ग्रुप बनाउन अनुरोध गर्दै श्रमिक हक हितका लागि सदैव दूतावाससँग सहकार्य र समन्वय गर्न आफू र आफ्नो संस्था तत्पर रहेको पनि जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा उठेका श्रमिक सम्बन्धी समस्या तथा अन्य जिज्ञासाहरूलाई र महावाणिज्य दूतावास सम्बन्धी उठेका कुराहरुलाई महावाणिज्य दूतावासका तर्फबाट श्रम सहचारी जीवन घिमिरे तथा वाणिज्यदूत सुवास यादवले विस्तृत रुपमा जानकारी गराएका थिए।
अन्त्यमा नेपाली महावाणिज्य दूतावास जिद्दाका महावाणिज्य दूत पारस पण्डितले आगामी १९ सेप्टेम्बर शुक्रबारका दिन संविधान दिवस मनाउने कुरा जानकारी दिदैं उक्त कार्यक्रम सफल बनाउन संघसंस्थाले सहयोग गर्नुपर्ने, बाक्लो उपस्थिति गराउन पूर्व तयारी गर्नका लागि साथ सहयोग गर्नुपर्ने अनुरोध गर्दै अन्तरक्रिया कार्यक्रमका क्रममा उठेका र राख्न छुटेका कुराहरुलाई विस्तृत रूपमा जानकारी गराएका थिए । साथै हरेक संघसंस्थाहरुसँग महावाणिज्य दूतावास जेद्दा समन्वय सहकार्य गर्दै अगाडि बढ्ने र संघसंस्थाहरुले पनि आफ्ना कार्यक्रमहरु तथा श्रमिक समस्या समाधानका क्रममा आइपर्ने हरेक कुरालाई साथ सहयोग गर्न, महावाणिज्य दूतावासलाई सल्लाह सुझाव दिन अनुरोध गरेका थिए। साउदी अरबमा देखिएका श्रमिक समस्या समाधानलाई विशेष जोड दिँदै महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रमहरूलाई आफ्नो संस्थाले सकेको साथ सपोर्ट गर्ने कुरा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले प्रतिबद्धता जाहेर गरेका थिए।
साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा नेपाली भेला तथा परिचयात्मक कार्यक्रम यही शुक्रबार, २०२५ सेप्टेम्बर ५ का दिन मध्याह्न १२:०० बजेबाट हुने भएको छ।
नेपाली साझा मञ्च साउदी अरेबियाका महासचिव श्री राजु केसीका अनुसार, उक्त अवसरमा सामाजिक संस्था एनआरएनए क्षेत्रीय समन्वय समिति (आरसीसी) पनि गठन गरिने तयारी गरिएको छ। कुवेतको बोर्डरमा रहेको हाफर अल बातिनमा अहिलेसम्म कुनै संस्था नरहेको र पहिलोपटक एनआरएनए आरसिसी गठन गर्न लागिएको बताए ।
महासचिव केसीले भने, “अहिलेसम्म हाफर अल बातिन क्षेत्रमा कुनै पनि नेपाली संस्था पूर्ण रूपमा सक्रिय नभएकाले धेरै नेपालीहरू स–साना समस्यामा पनि अल्झिनुपर्ने अवस्था थियो। तर, आरसीसी गठन भएपछि आपतकालीन सहयोग र समस्या समाधानमा सहज हुनेछ।”
आयोजकहरूले यस भेलालाई नेपालीहरूको साझा समस्या समाधान र आपसी एकता मजबुत बनाउन महत्वपूर्ण कदमको रूपमा लिएका छन्। साथै, हाफर अल बातिनमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरिएको छ।
कार्यक्रममा बरिष्ठ समाजसेवीहरुको उपस्थिति रहने जनाउँदै हाफर बातिन वरपर रहेका नेपालीहरुलाई उपस्थित हुनकालागि आयोजक टिमले अनुरोध गरेको छ ।
नेपाली राजदूतावास रियादका महामहिम राजदूत नरेश विक्रम ढकालको अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले भव्यताका साथ स्वागत गरेको छ । गत २ सेप्टेम्बर मङ्गलबारका दिन इस्लामिक सेन्टर बुराइदरका प्रमुखहरु अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम,अबु फहद तुवैजरीको उपस्थितिमा नेपाली विभागका सचेतक अलि हुसेनको समन्वय र संयोजकत्वमा सञ्चालित उक्त स्वागत कार्यक्रममा महामहिम नरेशविक्रम ढकाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रमको अतिथिहरूमा एनआरएनए आइसिसीका सदस्य समाजसेवी विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम का अध्यक्ष बिनोद खड्का उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमान लगायत इस्लामिक युनिभर्सिटीका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बुराइदा इस्लामिक सेन्टरका नेपाली विभागका सचेतक अलि हुसेनद्वारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालक अलिद्वारा नै प्रमुख अतिथि महामहिम दम्पति तथा अतिथिज्यूहरूलाई स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा इस्लामी सेन्टरद्वारा विविध कारणले समस्यामा परेका नेपाली श्रमिक दाजुभाईहरू लाई खान बस्न तथा नेपाल फिर्तीका लागि समेत साथ सहयोग समर्थन गरिरहेको बताए। यसका साथै इस्लामिक सेन्टरबाट गरिने कार्यहरू दर्शाउँदै विभिन्न संघसंस्था स्थापना हुनु पूर्वदेखि नै नेपालीहरूका लागि यस सेन्टरले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि श्रमिकहरूको हक हितका लागि कामहरू गर्ने प्रतिबद्धता पनि जनाए। कार्यक्रममा मन्तव्य दिँदै अतिथि विशाल श्रेष्ठले इस्लामिक सेन्टर बुरैदाले विगतमा नेपाली हरूका लागि मनोरञ्जनात्मक खेल कार्यक्रमहरू गराउनुको साथै श्रमिकहरूको हक हितका लागि ठूलो योगदान दिएको बताउँदै इस्लामिक सेन्टर र संघसंस्था बीच एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए। इस्लामिक सेन्टर बुरैदाको सामाजिक कल्याण तथा सचेतता बिभागका मुदिर अबु फेरासले हामिले पछिल्लो समयमा नेपाली समुदायलाई विशेष प्राथमिकता दिएका छौ नेपाली हरुलाई हरेक कार्यक्रममा केही सहयोग गरेका छौं हामिले मुस्लिम तथा गैर मुस्लिमलाई कुनै पक्षपात फरक गरेका छैनौं पासपोर्ट बितरण गर्दा हलको व्यवस्था गरेका छौं आगामी दिन हरुमा अझ ब्यवस्थित तरिकाले गर्ने छौ अकामा नबनेका, यात्रा गर्न समय लाग्ने नेपाली लाई रोडमा सुत्न बाध्य बनाउने छैनौ तीन दिन सम्म बस्ने खाने सुत्ने अलग्गै रुम दिएर ब्यवस्थापन गर्ने छौँ भासा अनुवाद तथा कुनै पनि प्रकारको सरकारी सहयोगको लागि हाम्रो सचेतक (दाइया) तयार रहने छ ।अगामी दिन हरुमा हरेक सामाजिक काममा अझै सहयोग गर्ने कुरा इस्लामी सेन्टरका अबु फेरासले प्रतिबद्धता जनाउनु भएको थियो । यसैगरी कार्यक्रम मा आफ्नो मन्तव्य दिँदै महामहिम राजदूत नरेशविक्रम ढकालज्यूले हामी सबै मानव हौँ। हामी सबै मानवतामा एकआपसमा सहयोगी भावनामा बाँच्नेछौं। एक आपसमा सहयोगको भावना राख्नेछौ। दूतावासको तर्फबाट हुने सहयोग सदैव जारी रहनेछ। विगतका दिनहरूमा इस्लामिक सेन्टरद्वारा श्रमिक हक हितका लागि गरिएका कार्यप्रति सम्मान दर्शाउँदै इस्लामिक सेन्टरका नेपाली सचेतक अलि हुसेनलाई धन्यवाद व्यक्त गर्नु भएको थिए। मन्तब्यकै क्रममा नेपालको सौन्दर्यताको बर्णन गर्दै नेपालमा भ्रमण गर्नकालागि अनुरोध गर्नुका साथै भ्रमणका क्रममा कुनै पनि कुराको आवस्यकमा दूताबासले सहयोग गर्ने पनि जनाउऩु भयो । साथसाथै आगामी दिनहरूमा इस्लामिक सेन्टरसित समन्वय गर्दै अगाडि बढ्ने कुरा पनि जनाउनु भएको थियो।
महामहिम राजदूतज्यू को मन्तव्यलाई भाषा अनुवादक साजित अन्सारीले अरबिकमा अनुवादन गरेका थिए। कार्यक्रममा महामहिम राजदूतज्यूलाई इस्लामिक सेन्टरको तर्फबाट मायाको चिनो प्रदान गर्दै एक आपसी समन्वय अझै प्रगाढ बनाएर अगाडि बढ्नका लागि नेपाली विभागका सचेतक अलि हुसेनद्वारा महामहिम राजदूत समक्ष आफ्नो कुरा राख्नुभएको थियो। यसैगरी उक्त स्वागत कार्यक्रममा अतिथि मनिष कोइरालाले अल कसिममा क्षेत्रमा एउटा सेल्टरको व्यवस्थापनको लागि समेत अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई इस्लामिक सेन्टरको तर्फबाट gift पनि प्रदान गरिएको थियो। गत आठ महिना अगाडि नेपाली महामहिम राजदूत नरेशविक्रम ढकाल राजदूतावास रियादमा आउनुभए तापनि उहाँको यो अल कसिममा पहिलो भ्रमण गर्दै गर्दा इस्लामिक सेन्टरको यो स्वागत कार्यक्रम प्रति महामहिम राजदूत निकै खुसी हुनुभएको थियो।
रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारमा चयन भएका डा. लेखजंग थापाको बहुबिबाह सम्बन्धमा बिभिन्न मिडियाहरुमा आएपछि थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।
डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गर्दै भ्रम श्रृजना नगर्न पनि आग्रह गरेका छन्.
उहाँको भनाई जस्ताको त्यस्तै ;-
रूपन्देही- ३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।
खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु।
प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।
आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।
मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।
एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।
सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।
म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेर? रुपन्देही -३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।
म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘हात्तीको दाँत’ र ‘विभीषिका’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर ९ बजेसम्म चलेको थियोे ।
‘हात्तीको दाँत’ लघुकथासङ्ग्रह, हाल कीर्तिशेष रहनुभएका लघुकथाकार विजय चालिसेको र ‘विभीषिका’ लघुकथासङ्ग्रह, लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथासङ्ग्रह हो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् परिचर्चित कृतिका सम्पादक समेत रहनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. विदुर चालिसेले आज परिचर्चा गरिएका दुवै कृति अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । ‘आज यौटा अनौठो संयोग नै भनौँ परिचर्चा भएका दुवै कृतिका कृतिकारहरू मसँग अत्यन्तै नजिकबाट परिचित व्यक्तित्व हुनुहुन्छ । हात्तीको दाँतका स्रष्टा विजय चालिसे सहगोत्रीय दाजु र विभीषिकाकी स्रष्टा प्राध्यापन पेशाकी सहकर्मी हुनुहुन्छ।’ उहाँले भन्नुभयो । “साहित्यका विविध क्षेत्रमा सक्रिय रही अतुलनीय योगदान पुर्याउनुभएका लघुकथाकार विजय चालिसेको भौतिक शरीर हामी माझ नरहे पनि उहाँ नेपाली साहित्य आकाशमा सदा ध्रुवतारा भई चम्किरहनुहुनेछ ।”, भावुक हुँदै उहाँले बताउनुभयो । “गतवर्ष नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको सम्मान एवम् रथारोहणबाट उहाँ अत्यन्त प्रभावित, खुसी हुनुहुन्थ्यो र जीवनकै ठूलो उपलब्धिको रूपमा लिनुभएको थियोे भन्दै प्रमुख अतिथि चालिसेले कृतिकार विजय बहुआयामिक व्यक्तित्व भएको कुरा पनि उल्लेख गर्नुभयो । लघुकथा सम्पादनको प्रसङ्ग उल्लेख गर्दै उहाँले लघुकथाकार चालिसेका लघुकथाहरू निकै खारिएका र पृथक शैलीका छन्, भन्नुभयो ।
लघुकथा लेखन, बालसाहित्य लगायत साहित्यका विभिन्न विधा र क्षेत्रमा कलम चलाउनुहुने विभीषिकाकी सर्जक वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुली एक अब्बल साहित्य साधक भएको कुरा उल्लेख गर्दै प्रमुख अतिथि डा.चालिसेले उहाँका लघुकथामा जीवन र जगतका विभिन्न पाटाहरू भेटाउन सकिन्छ भन्नुभयो ।
दुवै कृतिको परिचर्चाको अभिभारा बोक्नुभएका वरिष्ठ साहित्यकार, समालोचक एवम् कार्यक्रमका विशिष्ट अतिथि गोपाल अश्कले पहिलो चरणमा कीर्तीशेष लघुकथाकार विजय चालिसेको लघुकथाकृति हात्तीको दाँतको बारेमा परिचर्चा गर्नुभएको थियोे । लघुकथाकार विजय चालिसेको लघुकथाहरूमा सामाजिक, राजनैतिक व्यङ्ग्य चेत पाइने उल्लेख गर्दै चालिसेका लघुकथाले घुमाउरो पाराले राजनैतिक, सांस्कृतिक, सामाजिक सुधारको आह्वान गरेका छन् ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथाकृति ‘विभीषिका’को परिचर्चा गर्नुहुँदै परिचर्चाकार गोपाल अश्कले ‘विभीषिका’ अर्थ ठूलो भय, त्रासको अवस्था भन्ने बुझाउछ भन्नुभयो । कृतिमा पराजुली आफैँ एक समीक्षकको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उहाँ आफैँमा एक समीक्षक, समालोचक पनि हो भन्नुभयो । उहाँ एक डायस्पोरिक स्रष्टा पनि हुनुहुन्छ, उहाँका लघुकथामा डायस्पोरिक सुगन्ध पाइन्छ । पराजुलीका लघुकथामा नेपाली समाज, संस्कृति, परम्परा, राजनीतिमा मौलाउँदै गएको विकृतिप्रति व्यङ्ग्य प्रहार भेटाउन सकिन्छ, उहाँले भन्नुभयो । हात्तीको दाँत लघुकथा सङ्ग्रह कृतिको कृतिकारको तर्फबाट किर्तीशेष लघुकथाकार विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसेले र ‘विभीषिका’ लघुकथाकृतिका तर्फबाट कृतिकार रञ्जुश्री पराजुलीले परिचर्चा गरिदिनुहुने परिचर्चाकार, उपस्थित अतिथिहरू लगायत आयोजक संस्था नआलमप्रति यति राम्रो परिचर्चा कार्यक्रमका लागि हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. विदुर चालिसे, गोपाल अश्क, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, ध्रुव मधिकर्मी, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, रामकुमार पण्डित, कीर्तिशेष विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसे, इन्दिरा चापागाईं, मित्र उराठी गौतम, रमेन्द्र कोइराला, श्रीकृष्ण पौडेल, राजन ग्याल्दाङ ‘बुद्धिसिंह घले, कमल पौडेल, इन्दिरा पौडेल, लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे ।
२०२५ को सांघाई सहयोग संगठन शिखर सम्मेलन र जापानी आक्रामकता विरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सवको स्मृतिमा भाग लिन चीन पुगेका नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग राष्ट्रपति सी जिनपिङले तियानजिन गेस्ट हाउसमा भेट गरेका छन् ।
उक्त भेटका क्रममा राष्ट्रपति शीले बताउनुभयो कि चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका छिमेकी देशहरू हुन् र दिगो मित्रता कायम राख्छन्। दुवै देश शान्तिप्रिय र आत्मनिर्भर छन्। कूटनीतिक सम्बन्धको ७० वर्षको अवधिमा, दुवै देशका जनताहरूले कठिनाइ र सुखदुःखमा एकअर्कालाई साथ दिई मित्रता र राम्रो छिमेकी सम्बन्धको ऐतिहासिक अध्याय लेखेका छन्। हाल चीन र नेपाल उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगमा स्थिर प्रगति गरिरहेका छन् र दुवै देशका जनताहरूबीच नजिकको सम्बन्ध बनेको छ। चीन नेपालसँग मिलेर परम्परागत मित्रतालाई अघि बढाउन र दिगो मित्रता, विकास र समृद्धिका लागि चीन-नेपाल रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन तयार छ।
राष्ट्रपति शीले जोड दिनुभयो कि दुवै पक्षले आपसी रणनीतिक विश्वास बढाउनुपर्छ र हाम्रा क्रमशः मूल हित र प्रमुख चासोका विषयहरूमा एकअर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्छ। हामीलाई आपसी लाभकारी सहयोगलाई गहिराइ दिनुपर्छ, बेल्ट एण्ड रोड सहयोगलाई संयुक्त रूपमा अघि बढाउनुपर्छ, र बन्दरगाह, सडक, विद्युत् ग्रिड, हवाई सेवा र दूरसञ्चार मार्फत सम्पर्क सुदृढ गर्नुपर्छ। हामीलाई उद्योग, कृषि र पशुपालन, नयाँ ऊर्जा, वातावरण संरक्षण, तेल र ग्यास, कृत्रिम बुद्धिमत्ता, शिक्षा, स्वास्थ्य, कानून लागू गर्ने निकाय र सुरक्षा जस्ता क्षेत्रहरूमा सहयोग बढाउनुपर्छ। हामीलाई कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको सफल गतिविधिलाई निरन्तरता दिनुपर्छ। संयुक्त राष्ट्रसंघ र शंघाई सहयोग संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा संवाद र समन्वय बढाउनुपर्छ, स्वतन्त्र व्यापार र दिगो विकासको संयुक्त समर्थन गर्नुपर्छ, र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्नुपर्छ।
सम्माननीय प्रधानमन्त्री ओलीले भन्नुभयो कि नेपाल-चीन सम्बन्धले धेरै परीक्षणहरू पार गरेको छ र यो मात्र बलियो बनेको छ। दुवै पक्षले सधैं एकअर्काको सम्मान र विश्वास गरेका छन् र एकअर्काको चासोको ख्याल गरेका छन्। चीनसँगको सहयोगले नेपालको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएको छ। नेपाल एक चीन नीतिप्रति दृढ प्रतिबद्ध छ, “ताइवान स्वतन्त्रता” को कडा विरोध गर्छ, र कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गरेर चीनको हितलाई हानि पुर्याउन दिँदैन। नेपाल निरन्तर विकास हासिल गर्न प्रतिबद्ध छ र बेल्ट एण्ड रोड पहलको सन्दर्भमा चीनसँग सहयोगलाई गहिरो बनाउन चाहन्छ। हामी व्यापार, लगानी, कृषि, विज्ञान र प्रविधि, पर्यटन, जलवायु प्रतिक्रिया र अन्य क्षेत्रहरूमा चीनसँग सहयोग बढाउनेछौं र थप सकारात्मक नतिजा हासिल गर्नेछौं। नेपालले चीनद्वारा प्रस्तावित विश्व विकास पहल, विश्व सुरक्षा पहल र विश्व सभ्यता पहलको समर्थन गर्छ, शंघाई सहयोग संगठनको भूमिकालाई महत्त्व दिन्छ, “शंघाई आत्मा” लाई सक्रिय रूपमा समर्थन गर्छ, र अन्तर्राष्ट्रिय मामिलामा चीनले अझ ठूलो भूमिका खेलोस् भन्ने आशा राख्छ।
सम्माननीय प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्यारहित रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले २०२५ मा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो र एससीओमा नेपालको सदस्यताको आकांक्षालाई समर्थन गर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो।
बीआरआई अन्तर्गत लगायत पहिले नै सहमति भइसकेका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने आशा व्यक्त गर्दै उनले मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु लचिलोपन र जनता-जनता सम्बन्ध जस्ता क्षेत्रहरूमा सहयोगको लागि अनुरोध गरे। लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने सम्बन्धमा भारत र चीनबीच हालै भएको समझदारीलाई उल्लेख गर्दै माननीय प्रधानमन्त्रीले उक्त क्षेत्र नेपालको भएको र नेपाल सरकारले यसमा कडा आपत्ति जनाएको बताउनुभयो।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँको प्रतिनिधिमण्डल आज दिउँसो जनवादी गणतन्त्र चीनको भ्रमणको क्रममा तियानजिन आइपुग्नुभएको छ। तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि, सम्माननीय प्रधानमन्त्रीलाई चीनको भन्सार सामान्य प्रशासनको चिनियाँ कम्युनिष्ट पार्टी समितिकी मन्त्री तथा सचिव श्रीमती सुन मेइजुन, तियानजिन जन काँग्रेसका अध्यक्ष श्री यु युनलिन र चीनका लागि नेपालका राजदूत महामहिम डा. कृष्णप्रसाद ओलीले न्यानो स्वागत गर्नुभयो।
माननीय प्रधानमन्त्रीले एससीओ शिखर सम्मेलनको छेउमा केही विश्व नेताहरूसँग भेटघाट गर्ने र भोलि चीनका राष्ट्रपति महामहिम श्री सी जिनपिङ र म्याडम पेङ लियुआनले आयोजना गर्ने स्वागत भोज र गाला प्रदर्शनमा भाग लिने कार्यक्रम छ।
यो भेटमा कै ची, वाङ यी, र चेन मिनर, लगायतका व्यक्तिहरू उपस्थित थिए।
साउदी अरबको ताबुक क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको ठूलो संख्यामा एकैपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
देशमा परिवर्तन चाहनुहुने नेपाली दाजुभाई तथा दिदिबहीनीहरु देखि बिदेश सम्मबाट दिनानुदिन ठुलो संख्यामा रास्वपा प्रवेश गर्ने क्रममा साउदि अरबमा कार्यरत श्रमिरहरुपनि दिनानुदिन रास्वपा प्रवेश गरिरहेका छन् । यस्तो सामूहिक प्रवेशलाई प्रवासी नेपाली समाजभित्र परिवर्तनप्रतिको आकर्षण र विश्वासको ठोस उदाहरणका रूपमा हेरिएको रास्वपा प्रवास समिती साउदीका उप सभापति प्रेम आचर्यले जनाएका छन् ।
रास्वपा प्रवेश कार्यक्रमका संयोजक नर बहादुर खतिवडाले गरेका थिए । खतिवडाको सक्रियता, समन्वय र नेतृत्व क्षमताले ताबुक क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एउटै छातामुनि ल्याई पार्टीप्रतिको विश्वास अझै प्रगाढ बनाउन सहयोग पुगेको सहभागीहरूले दर्साएका थिए ।
कार्यक्रममा बोल्ने नेताहरूले भने : “परिवर्तन अब रोकिँदैन। यो उत्साह, विश्वास र एकताको लहर प्रवास नेपाली समुदायबाट सुरु भई, नेपालका प्रत्येक शहरदेखि गाउँ–गाउँ, बस्ती–बस्ती र कुनाकप्चासम्म पुग्नेछ। विश्व समुदायलाई पनि परिवर्तनको जनाउ घण्टी बन्नेछ।”
रास्वपामा प्रवेश गर्नेहरूले पार्टीले बोकेको “स्वच्छ राजनीति, जनमुखी सेवा र पारदर्शी नेतृत्व” प्रति आफ्नो आस्था प्रकट गर्दै, यही बाटोले मुलुकको समृद्धि र सुशासनको ग्यारेन्टी गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्ने नेताहरूले भने, “परिवर्तन अब रोकिँदैन। यो उत्साह, विश्वास र एकताले प्रवासी नेपाली समुदायबाट सुरु भएको यो लहर मुलुकको प्रत्येक कुनामा फैलिने छ।” रास्वपाको बढ्दो लोकप्रियता केवल नेपालको सीमाभित्र मात्र नभई, विदेशमा रहेका नेपाली समुदायबीच पनि व्यापक रूपमा फैलिँदै गएको प्रष्ट देखिएको छ। ताबुक क्षेत्रबाट सुरु भएको यो कदमलाई विदेशमा रहेका नेपालीहरूको ठूलो समर्थनको संकेतका रूपमा लिइएको पनि संयोजक खतिवडाले जानकारी गराए ।
साउदी अरबको ताबुक क्षेत्रबाट भएको यस सामूहिक प्रवेशले रास्वपाको ऊर्जा, जनसमर्थन र भविष्यप्रतिको विश्वासलाई अझ सबल बनाएको छ। परिवर्तनको यो लहर अब संसारका हरेक कुनाबाट फैलिँदै नयाँ आशा र ऊर्जाका साथ अघि बढ्ने प्रष्ट सन्देश दिएको छ।