गृहमन्त्रीले राजिनामा दिए, अरु प्रधानमन्त्री मन्त्रीले राजीनामा नदिने

  • २४ भाद्र २०८२, मंगलवार ००:०८ मा प्रकाशित
  • काठमाडौं : आजको जेनजी को आन्दोलनपछि सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा नआउने बताएका छन्।

    सन्चार मन्त्री भन्छन् ,” आन्दोलनमा ज्यान गुमाएका लाई क्षतिपूर्ति दिन्छौ, घाइतेको निशुल्क उपचार गर्छौ! आजको आन्दोलनमा अराजकले घुसपैठ गरे, सार्बजनिक सम्पती तोड्फोड गरे , तिनीहरुलाई पहिचान गरि कारबाही गर्छौं ! तर राजीनामा दिदैनौ! गृहमन्त्रीले मात्रै राजीनामा दिएको कुरा अबगत गराएका छन् ।साथै सडकमा बसेर राजीनामा मागेर हुन्छ,’ सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले भने। त्यस्तै सरकारले जेनजी प्रदर्शनमा जयान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय भएको बताएका छन् ।