“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६३————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०५/०९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ तीजमा रमाइलो गर्ने हो मीठा खानाले पेट भर्ने हो दिन्छु शुभकामना तीजको, शिवजीको शरण पर्ने हो दिव्य वाणी सबैमा छर्ने हो। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ दर खाउँ कि तर दोधारमा परेँ वर जाउँ कि पर दोधारमा परेँ सधैॅभरि यस्तै हुन्छ मलाई हेर, कर लाउँ कि भर दोधारमा परेँ घर छाउँ कि खर दोधारमा परेँ। -घनश्याम पौडेल,पोखरा पञ्चाङ्ग :०३ आमा सिम जाऊँ कि दर मिठो खाऊँ कि तिजको बेला हो यो, रातो सारी लाउँ कि चेली हुँ म गाउँ कि। -सुमित्रा पोखरेल काठमाडौं।
पञ्चाङ्ग-०४ तीज आयो आयो त भन्छन् रौनक चाहिँ उस्तो लाग्दैन खै उहिलेको तीजको त्यो भाका संगिनीले किन माग्दैन खै जतासुकैबाट हमला छ हाम्रो मौलिक संस्कृति माथि, छमछम नाचेको बेला लुसुक्क छिर्छ डाँका भाग्दैन खै मरेछ क्यारे हाम्रो तीजको मुल मर्म किन जाग्दैन खै?
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/०५/०५
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३३{एकसयतेतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ कुबाटाेमा पाइला राेकेर हिड्ने आफ्नाे भनी गन्तव्य ताेकेर हिड्ने बुबा नै हुन् यस जगतमा हाम्राे, शिर उठाइ छाती ठाेकेर हिड्ने काँधमा जिम्मेवारी बाेकेर हिड्ने। -सुशीला पौडेल
पञ्चाङ्ग:०२
संसारमा सबै मान्छे राम्रा दाजै स्वार्थ मिलेसम्म मात्र हाम्रा दाजै हात समाइ हुर्केको दिन बिर्स्याे, कठै ! साेच,गुणि हुन्न चाम्राे दाजै के काम फलेका फल डाम्राे दाजै । प्रद्युम्न चालिसे
पञ्चाङ्ग:०३
हाम्रो बा घरकाे मूल खम्बा धूरी हुनुहुन्थ्याे हामी रम्ने रमाउने चुरी -फुरी हुनुहुन्थ्याे छ बा काे महिमा , छुट्टै यो संसार बनाउने सन्तानको खातिर अमरा पुरी हुनुहुन्थ्यो । हाम्रो बा जीवन दाता मुरी मुरी हुनुहुन्थ्यो ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग-४ माता धर्ती हुन् भन्छन् हाम्रो शास्त्रले पितालाई आकाश ठाने मैले वैदिक शास्त्रमा लेखिएको कुरा बल्ल आज आएर जाने मैले पिताले लुकाएको रहस्य जान्नलाई जिन्दगी नै लाग्दो रहेछ , मुख हेर्ने समय पाइन त्यसैले पिताको तस्बिर छाने मैले तस्बिर हेर्दै परदेशको भुमिमा लामो सास ताने मैले। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय बैसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६२————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०५/०२ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
पञ्चाङ्ग:०१ देखिन र देखाउन जान्नु पर्छ यहाँ आफू आफैलाई ठूलो मान्नु पर्छ यहाँ सारथि हुँ बाँचुन्जेल खलियान मेरै, खुट्टा तान्ने दुष्ट गुरु तान्नु पर्छ यहाँ नेतृत्व पाए प्रगति ठान्नु पर्छ यहाँ। -सुशीला पौडेल
पञ्चाङ्ग :०२ जूनले , घामले प्रकाश छर्छ शंका नगर्नुस् पौडी खेल्न जान्नेले खाेलाे तर्छ शंका नगर्नुस् मान्छेकाे पाेगटाे हुँदैन, धानको भएपनि , तल झर्ने मान्छे नै माथि पर्छ शंका नगर्नुस् मौका पाउँदा नै सबैले गर्छ शंका नगर्नुस् ।
-भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३ तीजको बेला माइतीघर आउँदा रमाम्ला लिएर बिदा भाइकोसाथ लाउँदा रमाम्ला चेलीको लागि पियारो तीज बर्षमा आउने, माइत पुगी आमाले दर ख्वाउँदा रमाम्ला मनको पीर वेदना खोली गाउँदा रमाम्ला। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग :०४ कसैलाई दुःख र पीडा छर्ने काम नगर व्यर्थ मायामा शंका आँखा तर्ने काम नगर भाेलि वचन लाग्ला कुनै दिन हजुरलाई अरूको भर जीवनमा पर्ने काम नगर सधैँ नराम्रा कामहरू गर्ने काम नगर ।
-केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम ,हाल भारत ।
ॐ पञ्चाङ्ग:०५ “””””””””” मेराे बुबा घरकाे छानाे हजुर दु:खले जुटाउछन् मानाे हजुर हामी सबैको उनै आशाको केन्द्र, जिम्मेवारीमा उनी कानाे हजुर म हुँ आफ्नाे घरकाे सानाे हजुर । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०६ झलझली सम्झना आउँछ त्यो मुहार कहिं कतै देखिन्छ लाउँछ त्यो मुहार दिन,हप्ता ,महिना,बर्षौ पनि बितेछ, सपनामा चुरा बजाउँछ त्यो मुहार मस्त निन्द्रा खलबलाउँछ त्यो मुहार ! -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०७ काँधमा टेकी टाउकोमा हान्ने छन् पछाडि खुट्टा समातेर तान्ने छन् मानिसको चाल पनि अचम्मको, सबैजना आ-आफैं निकै जान्ने छन् सर्वेसर्वा कतिले आफैं ठान्ने छन्। ह्यारिस
पञ्चाङ्ग-०८ केही न केही त गरौं न समय त हात खाली जाँदैछ के बालक के वृद्ध के जवान सबैलाई ढाली जाँदैछ उ त जाने नै हो आफूसँगै अरुलाई पनि लाने नै हो, जीवनलाई लिएर रहस्यलाई यतै फाली जाँदैछ बुझौं न हर रात प्रेरणाले पनि बत्ती बाली जाँदैछ! -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/०४/२९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३१{एकसयएकतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ सुन्दर गाउँ हेर्न मन छ केही अक्षर केर्न मन छ ठाउँ देख्दा हुन्छ मन खुसी, खुसीले सास फेर्न मन छ प्रकृतिलाई बेर्न मन छ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ अति राम्रो ठाउँ बनाई दियो प्रकृतिले हामीबाट आखिरमा के लियो प्रकृतिले स्वर्गभन्दा पनि राम्रा ठाउँ पनि रहेछन्, लुकीलुकी गरेको होला चियो प्रकृतिले स्वार्थी भए फेरि लैजाने थियो प्रकृतिले। -घनश्याम पौडेल,पोखरा
ॐ पञ्चाङ्ग:०३ “”””””””””” निभ्नु अगाडि बत्तीले उज्यालो जलाउने प्रकृति अन्तिम घडी कमिलाकाे प्वाँख पलाउने प्रकृति अत्याचाले सिमा नाघेपछि समयले महाेदय, कुकृत्यकाे ठूलाे भारी कसरी तलाउने प्रकृति भ्रष्टाचारी सरकार जनता छलाउने प्रकृति । -प्रद्युम्न चालिसे
पञ्चाङ्ग:०४ सुन्दर गाउँ छ गार्खेकाे ठाउँ छ साना घर रम्य, नेपाल नाउ छ हाे जाऊँ जाऊँ छ। -भवानी घिमिरे
पञ्चाङ्ग :०५ सुन्दरताले भरिएको गाउँ छ थोरै घर तर छरिएको गाउँ छ सुर्य अस्ताउन लागेको दृश्य, गरामा धान हरिएको गाउँ छ केही दिनमै दरिएको गाउँ छ। -सुमित्रा पोखरेल काठमाडौं।
पञ्चाङ्ग:०६ गाउँ घर सुन्दर हरियाली रहेछ बस्ती सुन्दर त्यस घरभित्र बस्ने गृहिणी होलिन् त कस्ति सुन्दर खेत उस्तै सूर्यकिरण छिरेर भञ्ज्याङ् पहाड डाँडा नदी बहने शीतल हावा बहँदो हो मस्ती सुन्दर साँच्चै होलिन् घरकी दुलही पनि परी जस्ती सुन्दर । गुणनिधि घिमिरे पाँचथर खान्द्रोङ्ग हालः-अमेरिका
पञ्चाङ्ग-०७ कति फुर्छन् गीतहरू चौतारीमा बसेर गाउनु पर्यो प्राकृतिक प्रेम चाख्ने हो भने लेकबेँसी धाउनु पर्यो कृत्रिमताले त भद्दा पो बनायो है गाउँका घर पनि, टिनका पाता हटाएर अब खरले नै छाउनु पर्यो अब त हामी पनि सबैजना प्रकृतिमै आउनु पर्यो। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय साठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६०————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०४/१९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ हतियार भन्दा वचनको चोट गहिरो हुन्छ चोट दिनेकाे मन भित्रकाे खोट गहिरो हुन्छ सबै मानिसहरूको स्वभाव हुदैन कुण्ठित , प्रेमिल भावनाकाे दरिलाे ओट गहिराे हुन्छ स्नेहको मायाले गाडिएकाे बाेट गहिराे हुन्छ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ शिवजीको नाम लिॅदा मनै रमाउँछ व्रत बसी पूजा गर्दा झनै रमाउँछ साउनको सोमबार बोल बम भन्दा गरीबको दिल खुशी धनै रमाउँछ पार्वतीको साथै रन वनै रमाउँछ। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३ मन यसरी फाटेर पनि मनैले सिएर बसेँ आज जीवन भरि दु:ख परेपनि हाँस्दै जिएर बसेँ आज आँखा भित्र भएकोआँसु आज रित्तिएर सुख्खा भएछ, दोधारमा मन राख्दै आँसु संगाल्दै पिएर बसेँ आज दिनै अचानोको धार बनेर पनि खिएर बसेँ आज।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ निर्दोषलाई सदैव खिचेको देखें गरिबीले लगातार थिचेको देखें बोल्न सक्दैनन् जिब्रो नभए सरी छ आफन्त र पराइले मिचेको देखें यो स्वार्थी परिवेशले किचेको देखें। -भूमिका गैरे तिमिल्सिना
पञ्चाङ्ग:०५ फाटेकाे मन मुटुलाई सिएर त हेर ! जिन्दगानीमा एक्लाएक्लै जिएर त हेर ! दुःखमा रमाउन कसलाई मन लाग्छ , बलिन्द्र आँसुहरूलाई पिएर त हेर ! फलाम जस्तै गरिकन खिएर त हेर !
नाम केसर बाेहरा ( आदर्श ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
पञ्चाङ्ग:०६ अनायासै फाटेकाे यो मन आफैंले सिएकाे छु दु:ख कष्टलाई सहेर पनि हाँस्दै जिएकाे छु आखँबाट आँसु बगि रित्तिएर सुख्खा भएकाे, मनलाई संगाल्दै भित्र भित्रै आँसु पिएकाे छु खुकुरीकाे प्रहारले अचानाे जस्तै खिएकाे छु।
राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
पञ्चाङ्ग:०७
मनको तरेलीमा सदैव फूल्न पाए हुन्थ्यो तिम्रो याद नआउनलाई भुल्न पाए हुन्थ्यो जतासुकै देख्छु तिमीलाई मनमा राखेर, अँगालोमा जीवनभर नै झुल्न पाए हुन्थ्यो प्रेमले तिमीलाई दिलमा हुल्न पाए हुन्थ्यो।
✍️सोमनाथ लुइटेल रवि पाल्पाली ।
पञ्चाङ्ग-०८ आउ न साथी आउ यता हातेमालो गरौं अब कति बस्नु एकै ठाउँमा अलिकति सरौं अब भित्तामा पढेको सूचनाले मात्रै हुदैन केही, थोरै भएपनि दिमागमा चेतना भरौं अब गाली नगरौं अरुलाई आफैं लागी परौं अब। पशपती राई खोटाङ ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘लोपाञ्जन’ र ‘प्रयोगशाला’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘लोपाञ्जन’ लघुकथासङ्ग्रह, लघुकथाकार श्रीकृष्ण पौडेलको पहिलो लघुकथा कृति हो । त्यस्तै ‘प्रयोगशाला’ लघुकथासङ्ग्रह लघुकथाकार होम प्रसाद नेउपानेको पनि पहिलो लघुकथा कृति हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् आज परिचर्चा गरिएका पुस्तकहरूको सम्पादक समेत रहनुभएका वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.विदुर चालिसेले परिचर्चाकारज्यूले औल्याउनुभएका त्रुटिहरूको सन्दर्भमा बोल्दै ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो । साथै लघुकथाकार होम प्रसाद नेउपानेको लघुकथा कृति ‘प्रयोगशाला’को परिचर्चा गर्दै प्रा.डा. विदुर चालिसेले लघुकथाकार होम प्रसाद नेउपानेका लघुकथाहरू छोटा, सटिक र चोटिला रहेको उल्लेख गर्नुभयो । ‘उहाँका धेरै लघुकथाहरू समसामयिक परिवेशसँग मेल खाने हुनुका साथै व्यङ्ग्यात्मक शैलीमा रहेका छन् ।’ उहाँले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा कृति ‘लोपाञ्जन’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू सामाजिक, राजनैतिक लगायत विभिन्न परिवेशका रहेका उल्लेख गर्नुभयो ‘लघुकथाकार पौडेलले आफ्ना लघुकथाहरूमा नेपाली संस्कृति उजागर गर्नुभएको छ । साथै उहाँका लघुकथाहरूमा रैथाने शब्दहरूको प्रयोग धेरै पाइन्छ ।’ उहाँले भन्नुभयो । सङ्ग्रहमा रहेका सुधार गर्नुपर्ने कुराहरूको उल्लेख गर्दै परिचर्चाकार लामिछानेले केही लघुकथाहरूमा संवाद नभएकोमा संवाद राख्दा उचित हुने, लघुकथा लेख्दा एउटै कालमा लेख्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले शुद्धाशुद्धी तर्फ पनि ध्यान पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा ‘लोपाञ्जन’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार श्रीकृष्ण पौडेलले आफ्नो कृतिको शब्द शब्द केलाएर अत्यन्त मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा परिचर्चाकार प्रा.डा. कपिल लामिछानेज्यू, प्रमुख अतिथि प्रा.डा. विदुर चालिसेज्यू, अध्यक्षज्यू लगायत कार्यक्रममा उपस्थित भइदिनुहुने सबै महानुभावप्रति आभार प्रकाट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.विदुर चालिसे, प्रा.डा. कपिल लामिछाने, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, विष्णुप्रसाद काफ्ले, लोकनाथ पुडासैनी, मुक्तिनाथ गौतम, मित्र उराठी गौतम, रोहिनी, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण आधिकारिक लघुकथा वाचक प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
काठमाडौं । चर्चित गायक आनन्द राज बज्राचार्यको स्वरमा सजिएको नयाँ गीत ” एई! एउटा कुरा सुनन” सार्वजनिक भएको छ ।
गीतमा शब्द राजेन्द्र अधिकारी “अपुर्ण”ले लेखेका छन् भने संगीत संयोजन सचिन सिंहले गरेका छन् ।
गीतलाई सिबा इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।मोडलिङमा बद्री प्रसाद तिवारी र संगिता खाती देखिएका छन् । उक्त गीतको छायाङ्कन सुइंखेत रिभर भ्याली रिसोर्ट (हेमजा)मा गरिएको हो ।
गीतमा मादलमा पोसन, गिटारमा सन्जिव सुब्बाले साथ दिएका छन् । रेकर्डिङमा राजा बाबु चौधरी, मिक्सिङ तथा मास्टरिङमा चन्द्र चौधरीको योगदान रहेको छ । भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा बुद्ध राज बज्राचार्यको निगरानीमा सम्पन्न भएको हो भने मुख्य रेकर्डिङ कार्य स्टुडियो अकोस्टिक नेपाल, काठमाडौंमा गरिएको हो ।
भिजुअल सम्पादन तथा निर्देशन नेत्र गुरुङले गरेका छन् भने पोस्ट–प्रोडक्सन नेत्र इन्टरटेन्मेन्टले गरेको हो । गीतको छायाङ्कनमा मिलन शंकरको सिनेमाटोग्राफी, अमृत देवकोटाको लाइट हेड, मेकअपमा राजकुमार गुरुङ र पब्लिसिटी डिजाइनमा सविन गायक (स्वोपु क्रिएसन)को उल्लेखनीय भूमिका रहेको छ ।
उमेश कुशवाहा, वीरगञ्ज जेन जेड आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा क्षति पुगेको वीरगञ्जस्थित गण्डक प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग गरिएको छ।
उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त पहलमा चौकी सञ्चालनका लागि आवश्यक सामानहरू हस्तान्तरण गरिएको हो। सहयोग स्वरूप कुर्सी, टेबल, चालकलाई प्रयोग हुने सामान, पानी तान्ने इलेक्ट्रिक मोटर, बेडसिट, डसना, तकिया, खाना पकाउने भाँडाकुडा लगायतका सामग्री उपलब्ध गराइएका छन्।
यी सामग्रीले दैनिक कार्यालय सहज सञ्चालनमा ल्याउन, सेवाप्रवाहलाई सहज बनाउन र कानून-व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस योगदानमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, समाज सेवी प्रकाश थारू, बिरगंज पब्लिक कलेजका दीपक शाक्य र उत्कर्ष नेपालको सम्पूर्ण टिमको सक्रियता रहेको थियो।
काठमाडौं । नेपालमा जेन जिको आन्दोलन पछि गठित वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको जानाकारीमा आएकोछ ।
काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००७ यता कतारलाई कर्मथलो बनाएर उनी श्रमिक अधिकार संरक्षण, उद्धार र सहायतामा क्रियाशील छन् । नेपाली मात्र नभई दक्षिण एसियाली श्रमिक समुदायबीच पनि उनी विश्वसनीय नामका रूपमा परिचित छन् ।
कर्मभूमि कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय रहेर अनगिन्ति श्रमिकहरुको हकहितका लागि काम गरेका मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुर्याउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।
उनका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषामा दक्ष मियाँ श्रम ऐन र श्रमिक अधिकार विषयक अनुसन्धानका कारण कतारमा सम्मानित व्यक्तित्व मानिन्छन् । उनलाई कतार सरकारले समेत दर्जनौँ पटक सम्मान गरिसकेको छ ।
उनी पछिल्लो पटक जेन जी अभियानमा सहभागी हुन कतारबाट काठमाडौ आएका थिए र आन्दोलनमा प्रत्यक्ष सहभागी भएर आफुले सक्दो सहयोग पनि गरेका थिए ।
२०७२ को भूकम्पताका उनले आधा घण्टाको टेलिभिजन अपिलमार्फत ३२ मिलियन कतारी रियाल संकलन गरी नेपाल पठाएका थिए । कोरोना महामारीताका पनि उनले कतार सरकारबाट नेपाललाई ठूलो परिमाणमा मेडिकल सामग्री सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा कतार च्यारिटी र कतार डेभलपमेन्ट फन्डमार्फत विभिन्न सहयोग ल्याउन उनको योगदान रहँदै आएको छ । कतारी अमिर लगायत विभिन्न उच्च व्यक्तित्वको नेपाल भ्रमण मिलाउन उनले बलियो कसरत गरेका समेत थिए ।
भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान प्रदान गर्ने पहिलो नेपाली व्यक्तित्वसमेत बनेका मियाँ हालै अन्तर्राष्ट्रिय मानवअधिकार संगठन बाट पनि उच्च सम्मान बाट सम्मानित भएका थिए । कतार फाउन्डेसन कतार सरकारका निकायहरु कतार फन्ड फर डेभलपमेन्ट लगायत कतारको विभिन्न निकाय संग मियाँको बलियो सम्बन्ध भएको हुनाले उनले आर्थिक कुटनिती गर्न सक्ने विश्वास समुदायले लिएको छ ।
कतार र खाडी मुलुकको राजदूतमा समेत बलियो दावेदार मानिँदै आएका मियाँ मुस्लिम समुदायका उदाउँदा तारा हुन । नेपालमा समेत उनी आफ्नो समुदायको शैक्षिक, सामाजिक तथा आर्थिक उत्थानमा सक्रिय रहँदै आएका छन्।
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीका लागि मियाँको नाम जोडदार रूपमा सिफारिस हुन थालेपछि उनको बहुआयामिक व्यक्तित्व फेरि एकपटक चर्चामा आएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितमा धेरै काम गरेर अनुभव बटुलेका मिया श्रममन्त्री बनेमा उनले आमूल परिवर्तन ल्याउन सक्ने वैदेशिक रोजगार बिज्ञहरु बताउछन ।
हाल श्रममन्त्रीमा मियासङ्गै अन्य ३ जनाको सिफारिस परेको समाचार स्रोतले दावी गरेको छ । मुस्लिम समुदायबाट कोहि पनि बर्तमान मन्त्रीपरिसदमा नभएकोले मियाँको संभावना बढेर गएको छ ।
उहाँले श्रमिकहरुको समस्या बुझेको श्रमिकहरु तथा देश र जनताका लागि हरेक पल साथ सहयोग गरि करिब करिब बिश्वका अधिकांस देशहरुमा राम्रो छवि बनाउऩ सफल भएका मियाँ श्रम मन्त्रालय हाँक्न सक्ने प्रबल क्षमता रहेको देखिन्छ ।
बिगत केहि महिनादेखि साउदी अरबको यान्बु शहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकहरुको उद्वार भएको छ। अलपत्र ११ जना मध्ये १ जना स्थानीय कम्पनीमा ट्रान्सफर लिएको र बाँकी १० जना आज नेपाल फिर्ता भएका छन् ।
अलपत्र नेपाली नपाली श्रमिकहरुलाई राजदुतावास रियाद र नेपाली महाबाणिज्यदुतावास जेद्दाको अथक पहलकदमी पछि कम्पनीले बहिर्गमन भिषा र टिकट उपलब्ध गराएको थियो । बिगतक ५ महिना देखी कम्पनीले काम र तलब नदिएर पिडित बनेपछि १ महिना पहिले नेपाली सेवा समिति-यान्बु को सम्पर्कमा आएर विभिन्न मिडियामा समाचार आए पश्चात उद्दार प्रक्रिया अगाडि बढेर उद्वार गर्न सफल भएको हो ।
उद्दारका गरि नेपाल पठाउन सहयोग गर्नुहुने राजदुतावास रियाद, वाणिज्य दूतावास जेद्दा, पत्रकार तथा अन्य सहयोगीहरूलाई समितिका कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो। खान नपाएर परदेशमै भोकै मरिन्छ कि भन्ने लागेको थियो ३७ दिन यता आवश्यक खाद्यान्न, सरसफाइ सामाग्री र केही नगद रकम उपलब्ध गराएर नेपाली सेवा समितिले अभिवावक को जिम्मेवारी ग्रहण गरि हाम्रो ज्यान बचाईदियो बहिर्गमन भिषा र टिकट पाए पछि खुसी हुदै एक पिडितले भने।
रुममा बिजुली थिएन ५०-५५ डिग्रीको गर्मीमा यसै बस्दा केहि साथी बिरामी परेपछि उपचारको लागि पैसा नभएर नेपाल मेनपावर कम्पनीलाई जानकारी गराउदा रुम र उपचारको लागि पैसा पठाईदिन्छु भनेको तर आज भोलि भन्दै टारिदिएको अर्का पिडित ले बताए । घर जाने बेलामा कम्पनी ले बाँकी तलब उपलब्ध गराउने भनेता पनि ५ महिना देखि को करिब ५९ हजार साउदी रियल (ने.रु. २२ लाख) तलब नदिई टिकेट मात्र उपलब्ध गराएको पिडितहरुको गुनासो छ।
अल फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. नेपाल बाट साउदी को इलाईट सपोर्टिङ कम्पनी एलएलसीमा गत सेप्टेम्बर २०२३ मा मेसन, टि ब्वाए, लेबर मा साउदी अरब पुगेका उनीहरूलाई शुरुवातमा तलब दिए तापनि ९ महिना देखी साउदी आवासीय कार्ड (अकामा) नविकरण नगरिदिएको, ५ महिना देखी तलब नदिएको र बिगत २ महिना देखी रुममा लाईट नभएकोले खाना बस्न को समस्या भएको थियो।