पञ्चाङ्ग लेखन शृङ्खला- १६०

  • १७ आश्विन २०८२, शुक्रबार ०७:१७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय साठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६०————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०४/१९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    हतियार भन्दा वचनको चोट गहिरो हुन्छ
    चोट दिनेकाे मन भित्रकाे खोट गहिरो हुन्छ
    सबै मानिसहरूको स्वभाव हुदैन कुण्ठित ,
    प्रेमिल भावनाकाे दरिलाे ओट गहिराे हुन्छ
    स्नेहको मायाले गाडिएकाे बाेट गहिराे हुन्छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    शिवजीको नाम लिॅदा मनै रमाउँछ
    व्रत बसी पूजा गर्दा झनै रमाउँछ
    साउनको सोमबार बोल बम भन्दा
    गरीबको दिल खुशी धनै रमाउँछ
    पार्वतीको साथै रन वनै रमाउँछ।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    मन यसरी फाटेर पनि मनैले सिएर बसेँ आज
    जीवन भरि दु:ख परेपनि हाँस्दै जिएर बसेँ आज
    आँखा भित्र भएकोआँसु आज रित्तिएर सुख्खा भएछ,
    दोधारमा मन राख्दै आँसु संगाल्दै पिएर बसेँ आज
    दिनै अचानोको धार बनेर पनि खिएर बसेँ आज।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    निर्दोषलाई सदैव खिचेको देखें
    गरिबीले लगातार थिचेको देखें
    बोल्न सक्दैनन् जिब्रो नभए सरी छ
    आफन्त र पराइले मिचेको देखें
    यो स्वार्थी परिवेशले किचेको देखें।
    -भूमिका गैरे तिमिल्सिना

    पञ्चाङ्ग:०५
    फाटेकाे मन मुटुलाई सिएर त हेर !
    जिन्दगानीमा एक्लाएक्लै जिएर त हेर !
    दुःखमा रमाउन कसलाई मन लाग्छ ,
    बलिन्द्र आँसुहरूलाई पिएर त हेर !
    फलाम जस्तै गरिकन खिएर त हेर !

    नाम केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    पञ्चाङ्ग:०६
    अनायासै फाटेकाे यो मन आफैंले सिएकाे छु
    दु:ख कष्टलाई सहेर पनि हाँस्दै जिएकाे छु
    आखँबाट आँसु बगि रित्तिएर सुख्खा भएकाे,
    मनलाई संगाल्दै भित्र भित्रै आँसु पिएकाे छु
    खुकुरीकाे प्रहारले अचानाे जस्तै खिएकाे छु।

      राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।

    पञ्चाङ्ग:०७

    मनको तरेलीमा सदैव फूल्न पाए हुन्थ्यो
    तिम्रो याद नआउनलाई भुल्न पाए हुन्थ्यो
    जतासुकै देख्छु तिमीलाई मनमा राखेर,
    अँगालोमा जीवनभर नै झुल्न पाए हुन्थ्यो
    प्रेमले तिमीलाई दिलमा हुल्न पाए हुन्थ्यो।

    ✍️सोमनाथ लुइटेल रवि पाल्पाली ।

    पञ्चाङ्ग-०८
    आउ न साथी आउ यता हातेमालो गरौं अब
    कति बस्नु एकै ठाउँमा अलिकति सरौं अब
    भित्तामा पढेको सूचनाले मात्रै हुदैन केही,
    थोरै भएपनि दिमागमा चेतना भरौं अब
    गाली नगरौं अरुलाई आफैं लागी परौं अब।
    पशपती राई खोटाङ ।