• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं शृङ्खला कार्यक्रम गर्दै ।

  • ८ भाद्र २०७९, बुधबार २०:२६ मा प्रकाशित
  • २४ अगस्ट २०२२! प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं श्रृंखला कार्यक्रम मिति: आगामी १० भदौ २०७९, अथार्त २६ अगष्ट २०२२ शुक्रबार बेलुकि साउदि सयम ४:४५ मा अनलाईन भर्चुअल जुम मार्फत गर्न लागेको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।

    प्रवाशमा रहेका नेपाली श्रमिकहरमा कामको व्यस्तताले गर्दा आफ्नो स्वास्थ्यमा त्यति ध्यान नपुर्याउने हाम्रो शारीरिक तथा स्वास्थ्य बनावट अनुसार खानपानको कुरामा ध्यान नपुर्याउने भएकाले नेपाली श्रमिकहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै नाक, कान र घाँटी सम्बन्धित बिभिन्न प्रकारका समस्याहरुको उपचार, तथा रोकथामका उपायहरु सम्बन्धित यो शृङ्खलामा जानकारी दिइएने नेपालले बताउनुभयो।

    उक्त शृङ्खलाको कार्यक्रममा नाक, कान घाँटीको समस्या र उपचार बारे बि.पी. कोईराला मेमोरियल क्यान्सर हस्पिटल, भरतपुरका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डाक्टर सुभाष देवकोटाद्वारा परामर्शित गरिने भएको छ । उक्त कार्यक्रममा उपस्थित भई फाईदा लिनका लागि प्रवासी नेपाली समन्वय समिती “पिएनसीसी”ले सबै श्रमिकहरुलाइ अनुरोध गरेको छ ।

    बृस्तित जानकारीका लागि तलको पोस्टर हेर्नू होला ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं शृङ्खला कार्यक्रम गर्दै ।

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • ८ भाद्र २०७९, बुधबार ०६:३६ मा प्रकाशित
  • १
    सम्बन्ध
    मौसमी खेल
    घाम पानी बादल !

    २
    कोपिला
    फक्रिएर फूल
    वरिपरि भमराको हुल !

    ३
    बगैॅचा
    फूलको संसार
    शोभायमान बनाउने घरबार !

    ४
    मौसम
    बदलिँदो चाल
    कहिले उर्लँदो छाल !

    ५
    पर्व
    परम्परा संस्कृति
    भित्रिँदै आएको विकृति !

    ६
    तिज
    महिलाको चाड
    तडकभडक विकृतिको बहाड !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    टुक्काकार मन्दिरा सेढाईका चौध अक्षरिय केही टुक्काहरू

  • ७ भाद्र २०७९, मंगलवार ०९:२३ मा प्रकाशित
  • १)
    फेसन भयो तीज र दरखाने पर्व,
    गर्न छोडे भयो अब संस्कृतिमा गर्व ।

    २)
    वर्षैभरि खाने अरे यो तिजको दर,
    आगो बल्न छोडिसक्यो गरिबको घर ।

    ३)
    धनिकले अलङ्कार देखाउन थाले,
    कोरोना भाइरसले निर्धोलाई गाले ।

    ४)
    जो हुन्छ होचो उसकै मुखमा छ घोचो,
    धनिकले ठिक्क पार्छन् गर्दै चोचोमोचो ।

    ५)
    विकृती विसङ्गति हटाउँ मिलि सब,
    तुल्यता ल्याउनु पर्छ यो देशमा अब ।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार मन्दिरा सेढाईका चौध अक्षरिय केही टुक्काहरू

    चितवनको खुरखुरेमा स्रष्टा भेटघाट, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

  • ५ भाद्र २०७९, आईतवार १६:५१ मा प्रकाशित
  • राप्ती, ५ भदौ २०७९ । नमस्ते अ‍ाधुनिक लघुकथा मञ्च, नेपालको अ‍ायोजनामा चितवनको राप्ती नगरपालिका वडा नं. ८, खुरखुरे स्थित नन्दिनी स्टार पार्टी प्यालेसको सभा हलमा स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
    उक्त कार्यक्रमको प्रायोजन राप्ती नगरपालिका वडा नं ७, ८, ९; अधिकारी नवनिर्माण हार्डवयर,खुरखुरे, अ‍ास्था मार्ट, खुरखुरे, नमुना हार्डवेयर मगनीचोक पर्साले गरेकोे थियो ।

    वाल्मीकि साहित्य सदन, रत्ननगर, टाँडीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरेको प्रमुख अ‍ातिथ्यता र वरिष्ठ साहित्यकार केशवराज अ‍ामोदी, तिलकराज शर्मा, डा श्यामप्रसाद न्यौपाने, पुष्प अधिकारी अञ्जलि, गोर्खे साइँलो, वडा नं ७, ८ र ९ का वडाध्यक्षहरू क्रमस: सुमिता डल्लाकोटी, पूर्णप्रसाद अ‍ाचार्य, खड्ग बहादुर तामाङ, लगायतका विशिष्ट अतिथिहरू सहित ३० भन्दा बढी अतिथिहरूको आतिथ्यतामा भएको कार्यक्रममा कुमार सिंजाली मगर तथा उहाँको गायन समूहले राष्ट्रिय गीत गाएका थिए भने श्री आधारभूत विद्यालय बजरहट्टीका बहिरा विद्यार्थीहरूले साङ्केतिक भाषामा सँगसँगै राष्ट्रिय गीत गाएका थिए ।

    कार्यक्रममा राप्ती न.पा.वडा नम्बर ७ र ८ का सनातन भजन समूहले खैँजडी भजन, वडा नम्बर ७ र ८ कै आदिवासी थारू महिलाहरूले महान पर्व जितियामा नाचिने झाम्टा नाच; मगर जातीको कौडा नाच र नारीहरूको तीज गीत प्रदर्शन गरिएका थिए । विविध जातीय भेषभुषा सहित आउनु भएका सांस्कृतिक समूहहरूले आ-आफ्ना जातका पर्व विशेष नाचहरू प्रदर्शन गर्दा कार्यक्रमको माहोल निकै रमाइलो बनेको थियो ।

    कार्यक्रम स्थलमा राप्ती-७ का कुशल चित्रकार, स्वस्ती आर्ट, खुरखुरेका चित्रकला प्रशिक्षक श्री सीताराम उप्रेतीद्वारा बनाइएका दुई दर्जन भन्दा बढी चित्रहरूको प्रदर्शन पनि गरिएको थियो । उप्रेतीले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री राम बाबू घिमिरेको मुहार चित्र पनि बनाउनु भएको थियो भने सुन्दर फोटो फ्रेममा राखिएको सो चित्रलाई कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’ले मायाको चिनो स्वरूप घिमिरेलाई उपहार प्रदान गर्नु भएको थियो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला बाहिरबाट आमन्त्रित स्रष्टाहरूमा भुमही, नवलपरासीबाट डा. श्यामप्रसाद न्यौपाने; गैँडाकोट, नवलपुरबाट ज्यो. नानी बिवु ; स्याङ्जाबाट युवा कविहरू मिलन समीर र शम्भु अर्याल, तनहुँबाट जनार्दन दाहाल; काठमाडौँबाट नमस्ते आधुनिक लघुकथा मञ्चका कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’; सदस्य कल्पना भण्डारी ‘मुस्कान’ को उपस्थिति रहेको थियो ।

    त्यस्तै कार्यक्रममा चितवनका साहित्यकारहरू : राजेन्द्र घायल, गिरिराज डल्लाकोटी, रोहिणी प्रसाद लोहनी, हरिप्रसाद गजुरेल, चेतनाथ रुवाली, विश्वनाथ खनाल, तुलसी पण्डितले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो । ८ वर्षे बालक सम्राट डल्लाकोटीले ‘बा’ लघुकथा सङ्ग्रहबाट लघुकथाकार प्रा. डा. कपिल लामिछानेले सिर्जना गर्नु भएको ‘बा र अक्षर’ शीर्षकको लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।

    कार्यक्रममा ४० जना भन्दा बढी साहित्यकारहरूले लघुकथा, गजल, कविता, मुक्तक लगायत विविध साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए । झण्डै ६ घण्टा लामो चलेको कार्यक्रममा जनप्रतिनिधि, लेखक, साहित्यकार, पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    समापन मन्तव्य दिनुहुँदै कार्यक्रमका सभापति घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले कोरोना महामारीको कारण धेरै समयदेखि साहित्यिक कार्यक्रम हुन नसकेकोले करिब ३ वर्षपछि स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति लगायत साहित्यका विविध विधाहरूमा रचना वाचन कार्यक्रम गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले संभवभएसम्म त्रैमासिक रूपमा यस्ता कार्यक्रमहरू आयोजना गरिने पनि जनाउनु भयो ।

    कार्यक्रममा राजेश रुम्बा लामाले स्वागत मन्तव्य दिनु भएको थियो भने रामशरण थपलिया ‘रमणजी शर्मा’, मिठुकुमारी पाठक, अन्जु सिन्जालीमगर ‘सारिका क्षितिज’ र राजेश रुम्बा लामाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on चितवनको खुरखुरेमा स्रष्टा भेटघाट, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

    पञ्चाङ्ग चित्रपट भाग -०७ सम्पन्न

  • ४ भाद्र २०७९, शनिबार २१:०५ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०७
    (कृष्णाष्टमी विशेष पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ)
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०५/०२

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पौडेल

    शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल
    भवानी घिमिरे

    समायोजन
    ————-
    दुर्गा आचार्य & भवानी घिमिरे

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको सात अभ्यासमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

               श्रीकृष्ण  जीको जन्मोत्सव पारेर आज भगवान श्रीकृष्णको (श्रीकृष्ण जन्माष्टमी) बारेमा पञ्चाङ्ग यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    चित्रपट पञ्चाङ्ग      ०१
    [१]
    महिमा कत्ति सकिन्न होला गाउॅदा कालेको।
    सम्झना उस्तै मनमा मेरो ऑउदा कालेको।
    अनेकौॅ लीला गरेर त्यॅहा  हङ्गामा मच्चाए,
    विवाद भयो गोपीनी पछि लाउॅदा कालेको
    सर्वस्व उठ्यो गोकुल तिर धाउॅदा कालेको।
    [२]
    श्रीकृष्ण काले रैछन् दही चोरेर खाने।
    लुकाएर राखेको ठेकी फोरेर खाने।
    ऑफू खाईसकेपछि दिने अरुलाई,
    भुईॅभरि पोखाइएको  सोरेर खाने।
    भाॅडाबरि लागेको पनि कोरेर खाने।

    ✍️घनश्याम पौडेल, सृजना चोक पोखरा ।

    चित्रपट पञ्चाङ्ग     ०२

    कति सुन्नु नि तिम्रो महिमा लीला अचम्म ।
    हरेक ठाउँमा  गाडेकाथ्यौ  किला अचम्म ।
    चौध  सय  गोपिनी  तिम्रै  महिमा  गाउने ,
    कतै  तिम्रो चरीत्र त  थेन  ढिला  अचम्म ।
    उठ्छ्न्  बारबार  प्रश्न नै  पेचिला अचम्म ।

    ✍️वसन्त अनुभव, घोराही, दाङ ।

    चित्रपट पञ्चाङ्ग    ०३

    कस्तो रहर कृष्णको लीला ।
    गाउँ सहर कृष्णको लीला ।
    विकृति बिच डुबेको युग,
    भयो कहर कृष्णको लीला ।
    मन्द जहर कृष्णको लीला ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग     ०४

    समपञ्चाङ्ग  

    तिम्रा हुन भक्त तार्नलाई आउ श्रीकृष्ण ।
    दु:ख र गरिबी  सार्नलाई आउ श्रीकृष्ण ।
    तिम्रो नाम जपनले पनि  कल्याण हुन्छ  ,
    राक्षसी मानव   मार्नलाई आउ श्रीकृष्ण ।
    सबैको दिलमा  चार्नलाई आउ श्रीकृष्ण ।

    नेपालीको दु:ख हार्नलाई आउ श्रीकृष्ण ।
    नेताको दिमाग  बार्नलाई आउ श्रीकृष्ण ।
    भ्रष्टाचार, बलात्कारको  बिगबिगी भयो  ,
    दु:खी भए दु:ख टार्नलाई आउ श्रीकृष्ण ।
    मृत्युलोकबाट   तार्नलाई  आउ श्रीकृष्ण ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली ” हाल बर्दिया।

    चित्रपट पञ्चाङ्ग     ०५

    श्रीकृष्ण तिमीलाई आफ्नो सबै ठान्छु अब ।
    सपनीमा    भनिदेउ       सदैव  मान्छु अब ।
    काले श्रीकृष्ण   भने पनि मेरो सखा तिमी ,
    जपतप     तिम्रै   शरण     पर्न जान्छु अब ।
    हे  ! श्रीकृष्ण जप  गर्दै आफैले बान्छु अब ।

    ✍️संगिता शर्मा, सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग    ०६

    मनमा मैलो पस्यो  नेताको  धोइ देउ श्रीकृष्ण ।
    दिन दु:खीको पीडालाई आफैले लेउ श्रीकृष्ण ।
    द्वपरका थियौ नि  कलियुगको  सहारा   भयौ ,
    तिम्रो आशिर्वाद पाए पर्न छैनन् छेउ श्रीकृष्ण ।
    राम्रो नगर्नेको सबै  कुराको देउ भेउ श्रीकृष्ण ।

    ✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन ।

    चित्रपट पञ्चाङ्ग    ०७

    राधा र कृष्ण सबैले सुन्ने मनछ।
    तिम्रो भजन मनमा गुन्ने मनछ।
    हण्डी फोरेर मखन चोरेर हिँड्ने
    कृष्ण गोपी जस्तै प्रेम उन्ने मनछ।
    अब तिमी लाई सधैँ चुन्ने मनछ।

    ✍️दुर्गा आचार्य, मोरङ ।

      चित्रपट अभ्यास     ०८
    [१]
    राम्रो हुन्छ गीत गाउँदा कृष्ण कालेकाे ।
    पूजा गरि टीका लाउँदा कृष्ण कालेकाे।
    रहर   हुन्छ      हजारौं महिमा  उसैको,
    धेरै  मन्दिरमा  धाउँदा कृष्ण कालेकाे ।
    सम्झना दिनहुँ आउँदा कृष्ण कालेकाे ।
    [२]
    अनेकौं हुन्छ रहर कृष्णकाे धेरै ।
    रमिता भर  सहर कृष्णकाे धेरै ।
    कति अनाैठाे हाेर लिला देखाएको,
    मनदेखि छ कहर कृष्णकाे धेरै।
    मन्द मुस्कान नजर कृष्णकाे धेरै।

    ✍️सहयात्री शाेभा अर्याल,रुपन्देही १४ बुटवल ।

    चित्रपट पञ्चाङ्ग    ०९
    ✍️✍️
    आउ कृष्ण बंशी  बजाउ  मनै  सजाउन ।
    तिम्रा भक्त तल्लीनमा छन् झनै सजाउन।
    मोहरात्रीमा  जन्म  लिई शान्दिपनी गुरु ,
    गोलोकमा  जानेको  मन  तनै सजाउन ।
    फाटी  अन्ध दियो जगाइ वनै सजाउन ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    चित्रपट पञ्चाङ्ग    १०

    तिम्रो जन्माष्टमी  आउँदैछ मुरारी ।
    बंशि   बजाउँदै  धाउँदैछ   मुरारी ।
    श्यामसुन्दर धर्तीमा चाँडै नै आउ ,
    मुरलीको   धुन   गाउँदैछ   मुरारी।
    आउने  ति लुगा  लाउँदैछ  मुरारी।

    योधर्तीमा आएर नाचिदेउ कृष्ण ।
    पलपल  तिमीनै  हाँसीदेउ कृष्ण ।
    सबैका   हृदयमा  आएर   बसन ,
    सबैमा माया प्रेम गाँसीदेउ कृष्ण ।
    युगौं युग नै  तिमी बाँचीदेउ कृष्ण ।

    ✍️बेदु न्यौपाने,  काठमाडौ ।

    चित्रपट पञ्चाङ्ग    ११

    के बयान गरुँ कृष्ण लीला धारीको ।
    के बखान गरुँ कृष्ण तिला धारीको ।
    छिन् छिनमा सँसारै भुलाउनेलाई,
    कान भरुँ कृष्ण काल निला धारीको ।
    शरण परुँ हे ! कृष्ण  शिला धारीको ।

    ✍️दुर्गा भट्टराई,मोरङ ।

    चित्रपट पञ्चाङ्ग   १२

    राधा मोहन त सबैले सुनेकै छौं।
    गोपिनी को प्यार मनमा  गुनेकै छौं।
    बाँसुरी बजाउँदै हण्डी फोर्दै हिँड्छन्,
    किष्णलाई फूलको माला उनेकै छौं।
    यहाँ हरिको भक्तभनी चुनेकै छौं।

    ✍️कमला हरिमाया पाण्डे पराजुली, झापा।

    चित्रपट पञ्चाङ्ग   १३

    कृष्ण तिम्रो   वंशीको धुन सुनाउ न ।
    मिठो मिठो कुरा  गुन् गुन सुनाउ न ।
    ज्ञानीका ज्ञान तिमी  प्रेमीका प्रेम हौ ,
    प्रेमको   गीत   भुलेँ   पुन: सुनाउ न।
    गोपिनी  लय स्वर    जुन  सुनाउ न ।

    ✍️पुष्पा सायरा, विराटनगर मोरंग ।

    चित्रपट पञ्चाङ्ग    १४

    साधु र सन्त    सत्यतालाई बचायौ कृष्णजी।
    बजाई वंशी गोपिनी   सारा नचायौ कृष्णजी।
    पापी र दुष्ट थियो  त्यो कंस सजाय दिलायौ ,
    झुलामा राखि राधाको प्यार रचायौ कृष्णजी।
    धर्तीमा आई अनेक लीला   मचायौ कृष्णजी।

    ✍️पुष्पा नेपाल(सुवेदी ), इलाम ।

    चित्रपट पञ्चाङ्ग    १५

    तिम्रै भक्त  हौ  हामी शरणमा लेऊ श्रीकृष्ण मुरारी।
    भजन  कीर्तनले  बस्छौ तिम्रो छेउ श्रीकृष्ण मुरारी ।
    आत्माको सुरुवात कहाँबाट भयो र अन्त्य कहाँ हो,
    अज्ञलाई  तत्त्वज्ञान  सिकाइ देऊ  श्रीकृष्ण  मुरारी।
    भेटाइदेउ  आत्मसाक्षात्कारी  भेउ  श्रीकृष्ण मुरारी।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹

    चित्रपट पञ्चाङ्ग     १६

    पापीको नाश गर्न आउन कृष्ण  ।
    दु:खीको घाउ भर्न आउन कृष्ण  ।
    जहाँ त्यही पाप पाप भरी सक्यो  ,
    ज्ञानको ज्योति छर्न आउन कृष्ण ।
    मन्मा  बसाइँ  सर्न  आउन कृष्ण ।

    ✍️बुद्धिमान दनुवार, सुरुङ्गा –४ झापा ।

    चित्रपट पञ्चाङ्ग    १७

    श्रीकृष्णले के के  लीला गरेका थे हेराैँ ।
    कस्ता कस्ता लीला गर्न सरेका थे हेराैँ।
    याे धर्तीमा कंस जस्ता दुष्ट दैत्य मिल्दै ,
    अत्याचार   गर्न   लागि परेका थे हेराैँ ।
    कसाेगरी   दुष्ट    दैत्य  मरेका थे हेराैँ ।

    ताेयानाथ सुवेदी, काठमाडौं,काँडाघारी ।

    चित्रपट  पञ्चाङ्ग    १८

    कति मीठो  बाँसुरीको धुन बजाउँने ।
    यिनै कृष्ण  कनैया  पो हुन बजाउँने।
    तममा जन्मेर जगत् दिव्य तुल्याउँने,
    दही चोरी  खाने  वंश कुन बजाउँने ।
    गोपिनी यिनका सङ्गी बुन बजाउँने ।

    ✍️सरिता काफ्ले, कोहलपुर बाँके ।

    चित्रपट पञ्चाङ्ग    १९

    दही चोरी खाने पनि    तिमी नै हौ ।
    घैँटो फोरी   खाने पनि तिमी नै हौ।
    दुनियाँलाई       मोहित पारेर पनि ,
    दही सोहोरी खाने   पनि तिमी हौ ।
    साथी जोरी खाने पनि तिमी नै हौ ।

    ✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।

    चित्रपट पञ्चाङ्ग     २०
                                  

    सद्धर्मको स्थापना निम्ति तिमि आयौ कृष्ण
    राधा रानी संग चोखो अमर प्रेम लायौ कृष्ण
    कंस मामा भए पनि दुष्ट संहार गर्नु थियो,
    महाभारत गीता ज्ञान अर्जुन संग गायौ कृष्ण
    सुदामाको कनिका अमृत मानि खायौ कृष्ण !
                                                                                        
    ✍️मिथिला अधिकारी मकवानपुर हेटौडा ।

    चित्रपट पञ्चाङ्ग    २१

    गाेपिनीकाे मायामा पर्यौ यहाँ ।
    अनेकन स्वरूप धर्यौ यहाँ ।
    दुष्टकाे संहार गर्न निमित्त,
    सत्यताको सन्देश छर्यौ यहाँ ।
    जीवनभर लीला गर्यौ यहाँ ।

    कंशलाई मारेर बासुदेवलाई बचायौ यहाँ ।
    सारा गाेपिनीलाई नचाउनुसम्म नचायौ यहाँ ।
    लीला नसक्नु तिम्रो अपार छ श्री कृष्ण भगवान्,
    गाेकुलकाे दही मखन त चाेरेरै पचायौ यहाँ ।
    द्वापर युगमा अनेकौँ रासलीला रचायौ यहाँ ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग     २२

    कृष्ण काले रहेछन् दही चोरेर खाने।
    लुकाएको भाँडो नै खोजी फोरेर खाने।
    कृष्णजन्माष्टमी  शुभकामना सबैमा,
    अनुहारभरि  दहीले कोरेर खाने।
    लत्पतिएको दही सबै सोरेर खाने।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग     २३

    ग्वाला रुप गोठालाको भेषमा आइदेउन कृष्ण।
    दुःख   मनकाे घाउमा  मल्हम लाइदेउन कृष्ण !
    तिमीनै हाै अनेक युगका  सबैका दु:ख नासक!
    लोकको  भलाे  संदेशकाे गीत गाइदेउन कृष्ण!
    सबकाे   तन-मनमा  प्रेमले     छाइदेउन कृष्ण!

    ✍️उर्मिला के.शी., धनकुटा !

    चित्रपट पञ्चाङ्ग    २४

    तिम्रै अभाव     थियो यहाँ आयौँ श्रीकृष्ण ।
    सुख्खा मरुभूमिमा ज्योति छायौँ श्रीकृष्ण ।
    चम्किन्छ  अब  बजुनतारा  लम्किन्छ सारा ,
    दु:खी   पीडितको    मनमा धायौँ  श्रीकृष्ण ।
    साझा   बनी   पिरति तिमी लायौँ श्रीकृष्ण ।

    ✍️नम्रता थामी, घ्याङ्लेख २,सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग    २५

    ग्वाला बिरामी पर्दा जचाउने काले कृष्ण ।
    गोपिनी हरुलाई बचाउने काले कृष्ण।
    आज कृष्णाष्टमीकाे शुभकामना छ,
    कठिन अवस्था नि पचाउने काले कृष्ण।
    दुश्मन जतिलाई घचाउने काले कृष्ण ।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    २६

    आउन प्रभु     दर्शन दिन आउ  हे! कृष्ण ।
    भक्ति गरेर शरण    पर्छु     पाउ हे! कृष्ण ।
    लिला गर्यौ तर       दर्शन    पाउन सकिन ,
    भक्तहरूको दिलमा तिमी  छाउ हे ! कृष्ण ।
    पुकार सुनेर  भक्तसँगै      जाउ हे ! कृष्ण ।

    ✍️आस्था निरौला, काठमाडौं ।

    पञ्चाङ्ग    २७

    श्रीकृष्ण लीला अब गाऔं सबैले ।
    उसैकाे कृपा अनि पाऔं सबैले ।
    जहाँ हुन्न पूजा पाइदैन केही ,
    उसैकाे मन्दिरमा धाऔं सबैले ।
    अनि प्रसाद खूब खाऔं सबैले ।

    ✍️नवराज भट्ट,महेन्द्रनगर,कञ्चनपुर ।

    चित्रपट पञ्चाङ्ग    २८

    श्रीकृष्ण कालेको भजन गाऔं हामीले ।
    प्यारेको साथ अनि माया पाऔं हामीले ।
    आस्था राखौं मनमा सधैँ कृपा हुन्छ रे,
    अब उनकै  मन्दिरमा धाऔं हामीले । 
    गाउन महिमा मन्दिर जाअैाँ हामीले ।

    ✍️अनुप आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग     २९

    कृष्ण तिमी त कस्तो बेइमानी दही चोरी खाने ।
    लुकाइएको हण्डी  पनि तिमीले नै फोरि खाने ।
    साेह्रसय   गाेपिनिलाई  माेहनी आफ्नै बसमा  ,
    दही र मखन  हातले   भाँडो भोरी भोरी खाने  ।
    मखान दही    खाछैन  भनेर  हात जोरि खाने ।

    ✍️दुर्गा निरौला, काठमाडौं ।

    पन्चाङ्ग   ३०
    पहिलो प्रयास
    ———-
    नारी हुँ म सबै कष्ट झेल्न      सिक्नु पर्छ ।
    वेदनाको सबै भारी       पेल्न सिक्नु पर्छ।
    दु:ख        दिन्छन्  पुरुष प्रधान समाजले,
    पिल्सिएको     घाउसँग खेल्न सिक्नु पर्छ।
    काँचो पिठो झैँ  जिन्दगी बेल्न सिक्नु पर्छ।

    ✍️ शिखा खतिवडा बारा ।

    चित्रपट  पञ्चाङ्ग     ३१

    कृष्णको मन जीत्न गोपीनीलाई  पर्यो कस्तो आपत ।
    राधाको माया कानाको दिलमा नै सर्यो कस्तो आपत।
    कृष्णाअष्ठमीमा   गोकुलमा   परेछ   ठूलो दर्के  पानी ,
    देबकी   वासुदेवलाई   जेलमा   छर्यो  कस्तो आपत ।
    गोकुलमा   बलरामसँग   गाई   चर्यो  कस्तो आपत ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग -०७ सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४५औँ शृङ्खला सम्पन्न

  • ४ भाद्र २०७९, शनिबार १०:४८ मा प्रकाशित
  • काठमाडौ, २१ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४५औँ शृङ्खला साउन २१ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५१ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४५औँ शृङ्खलाको लागि समाजका सकृय टुक्काकार/अभियन्ता बिके मुखियाले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    टिकटकको खेती छ है नेटको कुलो,
    खरानी भो तरकारी दोष पायो चुलो ।
     बिके
    मुखिया

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    टिकटक नै जिन्दगी, भएको छ खास,
    नभए त रोकिन्छ कि, जस्तो लाग्छ सास ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    बच्चा बुढा नौजवान, टिकटकमा भेट्ने,
    समयसँगै भोक प्यास तिर्खापनि मेट्ने ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३]
    सदुपयाेग नजानेर नाेक्सान भाे अति,
    इन्टरनेटले बिगार्याे भान्छा र श्रीमती ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।
    [४]
    इन्टरनेट टिकटक भाे दालभात तरकारी जस्तै,
    वस्त्र बिना नै नाचिरहेछन् भाइरल हुनलाई मस्तै ।
    ✍️
    निरज कोइराला
    बेलका १ हाल इटहरी

    [५]
    हेर्दाहेर्दै जमाना पनि कस्तो आयो लौन अचम्मै लाग्ने,
    भात तरकारी नपकाई भान्से टिकटक तिरै भाग्ने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन -६ संखुवासभा हाल मलेसिया

    [६]
    टिकटकलाई नबनाऔँ मुटुको शूल,
    सुकाइदिन्छ ज्ञान, बुद्धि, विवेकको मूल ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा

    [७]
    बगर पनि भयो घडेरी छानो भयो त्रिपाल,
    खेतबारी भूमाफियालाई देशमा अनिकाल ।
    ✍️
    सुरेशकुमार पान्डे
    घोराही१८दाङ

    [८]
    टिकटकले नयाँ वस्त्र छ बढाएकाे,
    फजुल खर्च छ अधिक नै गराएकाे ।
    ✍️
    शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।

    [९]
    चुनावको माहोल छ पैसाको खोलो,
    यही मौकामा कान्छीले किन्ने हुन् चोलो ।
    ✍️
    देवी पन्थी

    [१०]
    जन्मदै अब मोबाइल भिराउनु पर्ने कुन्नि कस्तो समयले चाल्यो,
    वृद्ध आमाले नाइटो देखाउँदै उफ्रन्छिन् टिकटकले नि आगो बाल्यो ।
    ✍️
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर

    [११]
    टिकटक खेल्यौ बुढेसकालमा दुवै श्रीमान श्रीमती,
    घर व्यवहार मिलाउन नसक्दा भए छ ठूलै खती ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५सङ्गमकाेलनी भक्तपुर

    [१२]
    कामधन्दा नै छोडेर बस्छन् टिकटक हेरी,
    दिनमा सत्र जोर लुगा अनि गहना फेरि ।
    ✍️
    तारा घिमिरे
    सङ्खुवासभा

    [१३]
    विभिन्न सामाजिक सञ्जालहरू जीवन जिउने तरिका भयो,
    अब टिकटकले बन्नु छ भाइरल, सङ्घर्षको जमाना गयो ।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१४]
    गर्नुपर्ने केही छैन मुख चलाएकाे,
    लाइक र कमेन्टकाे फल फलाएकाे ।
    ✍️
    कृष्ण अधिकारी
    विर्तामोड झापा

    [१५]
    घरघर नै टिकटकमा जन्मे कलाकार,
    लथालिङ्ग बन्दै गयो हेर सारा घरबार ।
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर, झापा

    [१६]
    टिकटकमा हुन्छ अभिनय कम नौटङ्की बढी,
    विज्ञानले के बनायो लौ नाच्दैछ टाउकोमा चढी ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङा ४ झापा

    [१७]
    कसै कसैले टिकटक बनाएरै पैसा कमाए,
    त्यसैले होलाकी जो कोहीले यो धन्धालाई समाए ।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार बिर्तामोड झापा

    [१८]
    टिकटकको लतले थाहै नपाइने समय खुस्काएको,
    आज गर्ने महत्त्वपूर्ण काम हेर बिनसित्ति फुस्काएको ।
    ✍️
    प्रेम थापा “मन”

    [१९]
    आफ्नो बारी बाँझो राखी, अरूलाई सघाउँछ
    आफैँ बिर्सी महान् हुन् पराइलाई जगाउँछ ।
    ✍️
    अवाइ प्रभात

    [२०]
    टिकटक बनाई भाइरल हुनुपर्यो,
    लाइभ आई मगन्तेको बिल्ला भिर्नुपर्यो ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२१]
    केही टिकटक त आजकल कस्तो,
    दर्ता नभएका सिध्रे व्यापार जस्तो ।
    ✍️
    रबि श्रेष्ठ,
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही !
    २०७९/०४/२१

    [२२]
    कला गला देखाउने टिकटक बनाेस् है साधन,
    असल सबै कलाकारलाई हाम्रो अभिवादन !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [२४]
    सबै समूह जान खोज्ने टिकटक सँगै सती,
    जान्ने सुन्नेको समेत देखिन्छ बिग्रिएको मति ।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी,सुनसरी।

    [२५]
    बनेको छ अहिले टिकटक मागी खाने भाँडो
    भोलि घर बिग्रिँदा हुन्छ हेर आफैँलाई घाँडो ।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    [२६]
    आज सारा विश्वभरि चलन यस्तै आयो,
    तरकारीको के कुरा कतिको ज्यानै खायो।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२७]
    गएको देख्दा भाइरल भई गाउँदेखि सहर,
    मलाई पनि टिकटक बनाउन लाग्यो रहर ।
    ✍️
    लालीमाया थापा मगर
    प्युठान

    [२८]
    जाँड रक्सी खाइन्थ्यो मरुन्जेल, टिकटकले लत छुटाइदियो,
    आजभोली भाइरल भयौ भन्छन्, मिडियाले अन्तरवार्ता लियो ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२९]
    काखमा नानी हातमा टिकटक बसिबियाँलाे,
    निप्पलकाे दूध नानीकाे खुस्क्याे पाेसायाे विरालाे ।
    ✍️
    शम्भु ढकाल

    [३०]
    भन्छन् टिकटकेहरू कति रिस गर्छौ गर,
    लाइभ बस भिख माग अनि बगली भर ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [३१]
    साउनमास के आउँथ्याे र आँधी हुँरी भेल,
    दुनियाँभर ढाक्याे हेर, टिकटककाे खेल ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।।

    [३२]
    टिकटकको लतले रहेनन् कोही अछुतो,
    भाइरल बन्ने रहरले होला है पछुतो !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    [३३]
    दिनानुदिन घटना पनि निम्त्याएकै छ यसले, टिकटकको खेती हजुर गर्दैछ नि त देशले ।
    ✍️
    माहादेव भट्ट
    दशरथ चन्द नगरपालिका ०१ गुरुखोला कलौन बैतडी

    [३४]
    भातभन्दा पनि टिकटक प्यारो,
    महङ्गीले जीवन धान्न भो गारो ।
    ✍️
    देबकी के.सी.

    [३५]
    बच्चाबच्ची हसाई रुवाई टिकटक बनाउँछन्,
    भान्सामा भात माग्दा थालमा उल्टै दाल खन्याउँछन्
    ✍️
    मेनुका खड्का
    धुलिखेल ४

    [३६]
    टिकटक गर्छु लाइभ बस्छु पैसा पनि फल्छ,
    गुलामी गर्नै पर्दैन कसैको जिन्दगानी चल्छ ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३७]
    माेबाइल छ साथमा टिकटके मेरो साथी,
    नजिक काेही छैन अरू हेर ऊ भन्दा माथि ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [३८]
    बल्लतल्ल पाएको देखाउन अभिनय,
    आज त पोष्ट गर्नी हो नमानी कत्ति भय ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३९]
    टिकटक नै जिन्दगी, त्यही हो नि सबथोक,
    हैन छैन भनी भनी किन गर्छौ ढाकछोप ?
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [४०]
    गाउँ, सहर, वरपर, वयोवृद्ध कोही छैनन् पछुताउने,
    टिकटक भाइरल स्वार्थमा ज्यान गएपनि नछुटाउने ।
    ✍️
    बेदु न्यौपाने
    काठमाण्डौँ

    [४१]
    टिकटक रमाइलो एकछिन मन खुसी पार्ने,
    जीवनको अँध्यारो बाटो सम्झेर पछि आँसु झार्ने ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४२]
    खानेकुरा सब डढाएर भष्म पार्छन् हेर सधैँभरि,
    टिकटकमै ध्यान छोरी बुहारीको निकै जाँगर गरी ।
    ✍️
    भगवती दवाडी
    झापा

    [४३]
    चारैतर्फ नै भएका छन् भाइरल गाउँ अनि सहर,
    मनैदेखि लाग्छ अचेल मलाई टिकटककाे रहर ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल १४ रुपन्देही

    [४४]
    अधिकतर युवा शक्ति विदेशतिर बाँकी शहर पस्याे ,
    खेत बाँझै गाउँमा काम छैन टिकटक बनाउन बस्याे ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ

    [४५]
    मौलाएको छ फेसबुक र टिकटकको खेती,
    म पनि यहीँ सन्जाल भित्रै लगाउँदैछु रेती ।
    ✍
    नवशिला
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [४६]
    टिकटकमा नग्न शरीर देखाई रमाउँछ्न्,
    विकृति ल्याई भाइरल भई नाम कमाउछ्न् ।
    ✍️
    आर्मित्मा थापा मगर
    स्याङ्जा

    [४७]
    बाहिर भित्र जहाँ पनि टिकटकमै रमायो,
    काम छैन काज छैन हेर कस्तो जमाना आयो ।
    ✍️
    मन्जु जोशी
    बैतडी

    [४८]
    टिकटकमा रमाउने बच्चादेखि बुढासम्म अति,
    ईन्टरनेटले के ल्यायो बिग्रेका छन् कतिका श्रीमती ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा –४ झापा

    [४९]
    रोजगार दियो टिकटकले चौबिस घण्टा व्यस्त,
    हाँंस्यो खेल्यो रमायो आनन्दसँग जतिबेलै मस्त ।
    ✍️
    विनोद जोशी

    [५०]
    भान्सा तयार गर्ने बेला बुढाबुढीको झगडा,
    टिकटकमा प्रतिष्पर्धा छ काे हुने हाे तगडा?
    ✍️
    मित्र `उराठी´ गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा -२ रुपन्देही

    [५१]
    फेसबुक टिकटक माेबाइलकाे बढ्दैछ दुरुपयाेग,
    फैलिएको छ जतासुकै अचेल प्रविधिको सरुवा राेग ।
    ✍️
    रामकृष्ण रिजाल
    बाग्लुङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४५औँ शृङ्खला सम्पन्न

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ३ भाद्र २०७९, शुक्रबार २३:४७ मा प्रकाशित
  • १
    कृष्ण
    दुष्ट मासन
    स्वच्छ उच्च आशन !

    २
    कृष्ण
    देवकीका नन्दन
    सृष्टिमा फुल्यौ अकिन्चन !

    ३
    गरेका
    उकाली ओराली
    पुर्यायौ पीपल चौतारी !

    ४
    कालीय
    दमन दुष्टमा
    छर्यौ आनन्द हामीमा !

    ५
    कष्ट
    भ्रष्टको हरण
    होओस् मस्ती छेदन !

    ६
    एकता
    अनेकमा तिमी
    उद्धारको आशामा हामी !

    कमला देवकोटा, पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    ‘म, मेरो मृत्यु र गोहीका आँसु’ – कविता

  • ३ भाद्र २०७९, शुक्रबार ००:४३ मा प्रकाशित
  • पूर्वमा सूर्य उदायो
    बिहानी लाली किरणसँगै
    सिरसिर बतास चल्यो
    सल्लाका रूखहरू सुसाए
    गुराँस मुस्कराए
    बगैँचामा फूलहरू फुले
    सुन्दर फूलहरू
    मुस्कानको परिधिमा रमाए
    म पनि मुस्कुराएँ
    मुस्कुराइरहेको फूलझैँ
    सौम्य बगैँचामा
    संरक्षणको पर्खाल लगाएँ
    बगैंचा गोडमेल गरेँ
    सिर्जनाको फूलहरू रोपेँ
    फूलहरू हुर्काउने र फुलाउने
    प्रयासमा लागेँ
    र निरन्तर लागी नै रहेँ !

    जिन्दगीको गन्तव्यमा
    यो जिन्दगीले काँचुली फेर्यो
    अनेक मोडहरूमा
    अनुभवका अनुभूतिहरू संगाल्दै
    यात्रामा मुस्कुराउँदै
    एउटा फूलको जस्तै गरेर
    यो जीवनले धरतीबाटै
    अवकाशको बाटो रोज्यो
    आफैले गोडमेल गरेका
    रचनाका फूलहरू ओइलिएर
    भुँइमा झरे
    बोटबिरुवा मुर्झाएर
    भावविह्वल भए
    वातावरण मौन रह्यो
    मनको सुन्दर आकाशमा
    सन्नाटा छायो
    खोलाहरू सुसाए
    कोइलीहरू विरहमा डुबे
    सारा चराहरू
    शोकाकुल अवस्थामा भए !

    दुई दिनको जीवनको गन्तव्य
    अन्ततः उही घाट त रहेछ
    यो जिन्दगीले
    धरतीबाटै अवकाश लिएपछि
    सप्तकर्णालीको तीरमा
    म र मेरो शव
    चितामाथि जलिरहँदा
    म चाहन्थेँ कि
    म जीवित छँदा
    षड्यन्त्रका तानाबाना बुनेर
    जालमा पार्न खोज्ने
    ती गोहीहरूले आँसु नझारून्
    तर आज मेरो मृत्युमा
    तिनै गोहीहरूले
    चितामाथि मेरो शव जलेर
    एकातिर खरानी हुँदा
    अनि अर्कोतिर
    शव जलेर धुवाँमा बदलिँदा
    आखिरमा
    तिनै गोहीहरूले
    क्रमशः
    आँसु झारिरहेका छन् !

       - आर्त अकुलीन

    लम्कीचुहा २, देवाश्रम, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘म, मेरो मृत्यु र गोहीका आँसु’ – कविता

    उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

  • २ भाद्र २०७९, बिहीबार २२:३४ मा प्रकाशित
  • १.
    शिक्षा
    ज्ञान सेवा
    कल्याणले हुनर दीक्षित !

    २.
    बुद्धि
    सदुपयोगको खाँचो
    अग्रगमन प्रगतिको साँचो !

    ३.
    जागरण
    शुभ वचन
    मनको निर्माता कर्म !

    ४.
    प्रसन्नता
    हुने शीतलता
    लिएमा जो शालीनता !

    • प्रेम थापा, बागलुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला सम्पन्न

  • २ भाद्र २०७९, बिहीबार १०:३० मा प्रकाशित
  • काठमाडौ, ७ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला साउन ७ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    राखेर बाँझो  खेतबारी, बेसाइकन खान्छौँ,
    त्यसैले त आफूलाई अब्बल कृषक ठान्छौँ ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    खेत  सबै  टुक्रा पारी  बसाए  घर डेरा ,
    खाडीतिर लिलाम भए ती किसान मेरा ।
    ✍️
    ताराप्राद चापागाईं
    धुनिबेसी

    [२]
    हिङ्ग नभएपनि सम्झनोस्, छ हिङ्ग  बाँधेको टालो,
    को खटिराखोस् हिलो र मैलोमा मन बनाई कालो ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३]
    किसानले धानेका छन् याे मुलुककाे सान ,
    बिना मलको जानेका छन् फलाउन धान ।
    ✍️
    रामकृष्ण दुवाडी
         पाेखरा ।

    [४]
    हिस्सा बाड्दा बाड्दै टुक्रा टुक्रा बनाए खेतबारी,
    त्यहीँ टुक्रो पनि बेच्नै पर्यो  ठिक्क  घडेरी पारी ।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    खान्छौँ हामी खेत बेचेर शहरमा आज,
    भन्छौँ कृषिप्रधान देश नमानेर लाज।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी आठ, सुनसरी ।

    [६]
    कृषिप्रधान देश भन्छौँ आयात गर्छौँ धान,
    लाज सरम पचाई देखाउँछौँ फोस्रो शान ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [७]
    कृषिप्रधान देश हाम्रो बाँझिएको छ अहिले,
    युवा शक्ति विदेशीए अन्न किन्दै खान्छौ जहिले ।
    ✍️
    तारा घिमिरे
    सङ्खुवा सभा

    [८]
    हिङ्ग नभए नि हिङ्ग छ भन्दै अरूसँग माग्ने,
    हामी नेपालीनै छौँ गजबका  कृषिदेखी भाग्ने ।
    ✍️
    टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [९]
    बाँझै छन् खेतबारी तिमी चाहिँ बेसाई खान्छौ,
    अभाव  भएपछि  चाहिँ मुग्लानतिर  जान्छौ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१०]
    सिँचाइ छैन मल बीउ आउँदैन समयमै के भनौ,
    कृषिप्रधान देशमा बरै कति पर्यो अनिकाल गनौ ।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [११]
    खेती हुन्छ मेहनतले आलस्यले कहाँ,
    सुख हुन्छ परिश्रमी कृषक हुन्छ जहाँ ।
    ✍️
    दीपक ठटाल जलन,२३.०७.२२

    [१२]
    धेरै किसान थोरै जमिन, भयो हराभरा,
    एकै पटक खान बसे ,अघाउँदैनन् चरा ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१३]
    गमलामा धान राेप्छाैँ  साेफामै लगाउँछाैँ बीउ काटेर माला,
    मगाउँदा विदेशकाे टन्न कमिसन छ हिलो को छुन जाला ?
    ✍️
    निरज कोइराला
    बेलका १ उदयपुर

    [१४]
    जग्गा बाँझो राखी बस्नलाई शहर झर्छन्,
    छत एवं कौसीको गमलामा खेती गर्छन् ।
    ✍️
    रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही

    [१५]
    विकासको नाममा खेतबारी कंक्रिटले  ढलान गरे,
    बुझ्दैन यहाँ कोही अन्न बिना हाम्रो प्राण बाँच्दैन भरे ।
    ✍️
    शंकर कार्की
    थाहा ३ मकवानपुर।

    [१६]
    अब्बल कृषक म नै हुँ भन्दै तान्छ अनुदान सरकारी,
    राखेर बाँझो खेतबारी बेसाएर भर्छ ऋणको भकारी !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर   झापा

    [१७]
    कृषक हुँ भन्दै चाल चल्छन् अनुदानको लागि,
    तलदेखि माथिसम्म मिलाउँदै आउँछन् भागी ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [१८]
    कृषिप्रधान देश मेरो खेतीमा लगाउँने छैन जल,
    निकम्मा छ सरकार मेरो समयमा पाइदैन मल ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१९]
    म किसान भनी हिड्छौ माटो नलाई हातमा,
    अनुदान सधैँ लिन्छौ जादु नै छ त  बातमा ।
    ✍️
    रामजि लामिछाने

    [२०]
    गाउँको खेत बाँझो राख्ने छतमा खेती गर्ने,
    आउँदैछन् दिन  ख्याल गर  भोकै मर्नु पर्ने।
    ✍
    नवशिला
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [२१]
    किसान बन्नु अभिशाप भयो, छैन मल बीउ
    यहि तरिकाले अब कसरी पाल्नु आफ्नो जिउ ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२२]
    अब किताबमा मात्रै रह्यो , कृषिप्रधान देश हाम्रो ,
    किसानलाई मल बीउ दिन , सरकार हुन्छ चाम्रो ।
    ✍️
    बुद्धिमान  दनुवार
    सुरुङ्गा ४ झापा

    [२३]
    कृषिप्रधान हाम्रो देशमा हराउदै छ हलो कोदालो,
    युवाहरू खाँडी मुलुकमा पुगेर बन्दैछन  गोठालो।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    [२४)
    खेतीपाती गर्नुभन्दा प्लटिङ्गमै आम्दानी धेर,
    पर  निर्भर  भइ  बाँच, बसेर रमिता हेर ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२ रुपन्देही

    [२५]
    किसान हुँ भन्छन् विदेशीकै खेतबारी गोड्छन्,
    सेरोफेरो मेरो भन्दै खेतबारी बाँझै छोड्छन् ।
    ✍️
    योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाण्डौं ।

    [२७]
    हामी रोप्छौँ खेतबारी, विदेशको खान्छौँ धान,
    कृषिप्रधान देश हो,  बाँझो  राखी गर्छौँ शान ।
    ✍️
    एवाइ प्रभात
    धनकुटा  हाल मोरङ

    [२८]
    खेत बाँझै छाडी विदेशीने, शहर पस्ने चल्यो लहर,
    कुटाे बाउसाे त्यागी लर्खराउने मलाई जाग्यो रहर ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [२९]
    सबैले भन्छन् नि कृषिप्रधान देश हाम्रो,
    सुलभ  तरिकाले  मल  बीउ  पाए राम्रो ।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [३०]
    धान फल्ने खेत सबै प्लटिङले खान लाग्यो
    सबैको भान्छामा विदेशी चामलै पाक्न थाल्यो ।
    ✍️
    देबकी के.सी.
    दक्षिणकाली ,काठमाडौ

    [३१]
    शहरमा बसी मीठो खाइ हिड्छौँ लगाइ राम्रो,
    खेत बाझोँ राखी कृषिप्रधान देश भन्छौ हाम्रो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [३२]
    आफू चैँ फाटेको लाउनु, दुनियाँभर सबैको  पेट पालिदिनु,
    कृषकको भाग्य पाउनु ,  भनेकै जीवन घरापमा हालिदिनु ।
    ✍️
    बि.कुलुङ
    भारत, दार्जिलिङ

    [३३]
    राम्रो खेत र बारी घडेरी बिक्री गर्न भागबण्डा गर्छौ,
    व्यञ्जन राम्रो चाहिने रे आयातित चिजले पेट भर्छौ ।
    ✍️
    प्रेम थापा

    [३४]
    कृषिप्रधान  देश  हो  तर  सिँचाइ  छैन्  राम्रो,
    नदी बेच्यौ छिमेकीलाई सुख्खा भो खेत हाम्रो ।
    ✍️
    उसा खपाङ्गी
    छिन्ताङ् धनकुटा

    [३५]
    कृषिप्रधान  देशका  कृषक  गमलामा  रोप्छन् धान,
    गलामा लाउँछन् बीउको माला यही हो उसको शान।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३६]
    मौसमको भरमा खेतीपाती गर्छौं,
    वर्ष दिन खानलाई समुन्द्र तर्छौं ।
    ✍️
    भगवती दवाडी
    ,झापा

    [३७]
    कृषिप्रधान देश हाम्रो घुस खेती गर्ने,
    भारतबाट धान ल्याइ भकारीमा भर्ने।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [३८]
    कृषिप्रधान  देश नेपाल हाे हाम्रो
    खानलाई त कहिले पुग्दैन राम्रो ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी भक्तपुर ।

    [३९]
    किसान बनेर काम गर्न साह्रै लाग्ने  लाज,
    बाँझो बन्न पुगेको हो हाम्रो खेतबारी आज ।
    ✍️
    लालीमाया थापा मगर
    प्युठान

    [४०]
    आफैँले आफैँलाई नै  अब्बल ठानेर  केही हुन्न,
    धर्ती बाँझो  नराख्ने कुरा पर्छ  अब सबैले गुन्न ।
    ✍️
    बूढानीलकण्ठ काठमाडौँ

    [४१]
    कृषिप्रधान देश हाम्रो  जताततै छ  खेती,
    पेटभरि खान   छैन साहुलाई फले जति ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [४२]
    कृषिप्रधान देश भनी चिनाए राम्रो,
    जहाँतहि बाझै छन् खेतबारी हाम्रो ।
    🇳🇵
    आर्मित्मा थापा मगर
    स्याङ्जा

    [४३]
    कृषिप्रधान  देश  मेरो  गमलामा  धान,
    चामल सकिएमा किन्नलाई छ  दोकान ।
    ✍️
    सागर संगम
    कटारी, उदयपुर

    [४४]
    हुँतिहारा भै, शहर झरियो, पेशा के भन्दा अलमल,
    ढाट्दै मनलाई  थिलो पारेर नै खस्कदै छौं पलपल ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपरासी  सुस्ता पुर्व

    [४५]
    धानको  बीउ  गलामै  रोपेर  आएँ,
    जोत्न भो  लाज बेसाएर मैले खाएँ  ।
    ✍️
    इन्दिरा

    [४६]
    कृषिप्रधान देश हो भनेर के गर्नु जल मलको जहिल्यै खाँचो,
    तेल र  ग्यासको भाउ बढेर जनताको घरमा सधैं खाने काँचो ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४७]
    बाँझो खेतबारी सबै सामन्तीको घडेरी,
    बेसाएर   खानुपर्छ   लागेपछि  खडेरी ।
    ✍️
    -रामशरण न्यौपाने
    भक्तपुर

    [४८]
    खेतीयोग्य जमिन  प्राय घडेरीमा गयो ,
    कृषिप्रधान  देश हाम्रो  भन्नुमात्र भयो  ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४९]
    नाम मात्रै भयाे कृषिप्रधान देश भनेर हाम्रो,
    जति दु:ख गरेपनि उब्जनी हुँदैन यहाँ राम्रो ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही  १४ बुटवल

    [५०]
    कृषि क्रान्ति त आयो भन्छौ कहाँ आयो खोइ ?
    खेतबारी    सबै    बाँझै   बाँझो    हेर्दैछ   रोइ ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५१]
    ठूला मान्छे हुन् उनी दुईचार पैसा कमाउने,
    फुर्सद  छैन  रत्तिभर  हलाे  कुटाे  समाउने ।
    ✍️
    रामकृष्ण रिजाल
    बागलुङ

    [५२]
    कृषिप्रधान देश हाम्रो काम गर्न लाज मान्ने,
    बिना परिश्रम खै  कसरी हो व्यवहार धान्ने ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [५३]
    राेजगारीकाे खाेजी गर्दै युवा शक्ति पुगे खाडी,
    कृषिप्रधान  देश  हाम्राे  खेतभरि  भयाे  झाडी ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ  ।

    [५४]
    कृषिप्रधान देश हाम्रो जग्गाभरि चिरफार,
    धान चामल आयात गर्दै पेट पूजा साकार ।
    ✍️
    बेदु न्यौपाने
    काठमाण्डौँ

    [५५]
    मलजलको छैन  व्यवस्था किसान सधैँ मर्कामा,
    आकाशको नै मुख ताक्नुपर्ने खेती गर्दा बर्खामा ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P