गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) नेपाल सरकारको फागुन १३ गते बसेको मन्त्रीस्तरिय बैठकबाट साउदी अरबका लागी पर्यटन प्रवर्द्धक ( पर्यटन दूत) नियुक्त भएका छन् !
साउदी अरबलाई कर्मथलो बनाएका राजेन्द्र अर्याल (जोन) एउटा सफल व्यवसायीको रूपमा पनि चिनिन्छन् ।
२०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा पनी परिचित छन्। उनले गैर आवासीय नेपाली संघ १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सह-संयोजक र २१/२४ लगाएत २४/२६ का लागी पनी संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।
मन्त्री स्तरीय बैठकबाट साउदी अरेबियाका लागि पर्यटन दूत नियुक्त भएका राजेन्द्र अर्याल साउदी अरबलाई व्यावसायिक कर्मथलो बनाउँदै आफूसँग बचेको समय सामाजिक सेवामा समर्पित गर्दै आएका छन् ।
धरान। ड्रीम एम प्रोडक्सन ले आयोजना गरेको मिस प्रोभिन्स आइडल २०२३ को मिस प्रोभिन्सको पब्लिक च्वइस उपाधी अपेक्षा राईले हात पार्न सफल भएकी छिन्। अपेक्षा राई धरान ११ स्थायी निवासी भएता पनि पुर्खौली घर खोटाङ्ग भएकोले खोटाङ्ग नै प्यारो ठान्ने गर्छिन्। उनी हाल धरान मेघा कलेजमा होटेल म्यानेजमेन्ट तर्फ कक्षा ११ का बिद्यार्थी हुन्।
आईडलको उपाधी धरानकि माङ्सेमी लिम्बुले जितेकी छिन् फस्ट रनरअपको उपाधि संखुवासभाकी आकृति चाम्लिङ राईले प्राप्त गरिन, सेकेण्ड रनरअप सुनसरीका विनिसा बिष्ट र थर्ड रनरअपको उपाधि तेह्रथुमकी नुनमा लिम्बुले प्राप्त गर्न सफल भईन ।
प्रतियोगिताको ग्राण्ड फनालेमा मस्ट ग्राजुअसको उपाधि राधिका नेपाली, मिस ट्यालेन्ट माङसेमी लिम्बु भएका थिए । अन्य टाईटलमा बेस्ट वाक एन्जिला तामाङ, मस्ट एक्टिभ अपेक्षा राई, मस्ट डिस्पीलिन बिनिसा दर्नाल, मिस फोटोजेनिक निवासा लिम्बु, मिस बव्ली सोनिया याख्खा, मिस फ्रेण्डली आयुसा श्रेष्ठ, मस्ट कन्फिडेण्ट अनिता परियार, मस्ट चार्मिन नुनम लिम्बु, मस्ट अविडेण्ट आकृति चाम्लिङ राई, मिस मल्टिमिडिया च्वाईस रोजिना जिमि र मिस पंचुअल प्रशंसा राईले उपाधि प्राप्त गरिन । ग्राण्ड फिनाले कार्यक्रम धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । ग्राण्ड फिनाले निर्णायकहरुमा युवा व्यवसायी तथा संचार उद्यमी विश्वराज तामाङ, एनि ब्राण्डका अध्यक्ष सन्तोष थोप्रा लगायत रहेका थिए।
अमेरिका निवासी पत्रकार सतीश चापागाईको शब्दमा नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ।
सतीश चापागाईंको शब्द रहेको भिडियो बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडिओमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।
प्रशान्त तामाङको स्वर रहेको गीतमा र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ।
राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।
गीतकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । ३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाई कविता तथा गीतकारका रूपमा पनी चर्चित छन्। चापागाई नेप्लिज डायस्पोराका प्राधान सम्पादक र संचालक समेत हुन् ।
साधना साहित्य मञ्चद्वारा आयोजना गरिएको सोही संस्थाका संस्थापक तथा अध्यक्ष एवम् कुशल स्रष्टा गणेश खड्का (असन्तुष्ट जलन) द्वारा लिखित पहिलो एकल कृति `जलन´को लोकार्पण साउन २७ गते शनिबारका दिन सर्वनाम थिएटर हलमा सभ्य,शालीन कार्यक्रमका बिच सम्पन्न भएको छ।
कपुरकोट टिभी,नेपाली साझा मञ्च साउदी अरब र हिमालयन दृष्टि अनलाइन पत्रिकाद्वारा प्रायोजन गरिएको उक्त समारोहको सभापतित्वमा संस्थाकी उपाध्यक्ष अजिता दाहाल `क्रान्ति´ रहनुभएको थियो। वरिष्ठ कवि,मदन पुरस्कार विजेता,सम्माननीय व्यक्तित्व डा. नवराज लम्सालज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको उद्घाटनमा दीप प्रज्वलनगरि राष्ट्रिय गानबाट देश सम्झिँदै मञ्चासीन व्यक्तित्वज्यूहरूले साथ दिनुभएको थियो । विशिष्ट अतिथिहरूको आसनमा वृहत्तर महाकाव्य चन्द्रयुगका महाकाव्यकार तथा दर्जनौं सफल कृतिकार सम्माननीय व्यक्तित्व चन्द्र प्रसाद न्यौपानेज्यू, वरिष्ठ कवि अर्जुनकुमार न्यौपाने `गोगने´ज्यू,अग्रज मुक्तककार रुद्र अधिकारीज्यू, कवि वीरेन्द्र नेपालज्यू रहनुभएको थियो ।कृतिकार असन्तुष्ट जलनज्यू समेतबाट सुशोभायमान मञ्चलाई संचालन गजलकार आँचल कुमार शर्माज्यूले गर्नुभएको थियोे ।
कृति प्रकाशनमा अहम् भूमिका खेलेर कृति प्रकाशन गर्नुहुने समीर प्रकाशन एण्ड मिडिया प्रा.लि. का तर्फबाट प्रकाश समीरज्यू, नेपाल गजल प्रतिष्ठानका सचिव अनजान यात्रीज्यू ,नोबेल साहित्य संस्थाका संस्थापक राजनप्रसाद न्यौपानेज्यू, मधुवन गोधूलिको साथीका संस्थापक अध्यक्ष गणेश बाबु अधिकारीज्यू, वरिष्ठ कवि तोयानाथ सुवेदीज्यू,वरिष्ठ कवि गायत्री चापागाईंज्यू, कवि नारायण प्रसाद निरौलाज्यू ,अतिथिको आसनमा रहनुभएको थियो । गजल अभियन्ता सङ्गीता थापाज्यू ,गजलका नक्षत्र वसन्त ओली वसन्तीज्यू, स्रष्टा पवन कार्की, स्रष्टा सुशीला शर्मा ,लगायत विभिन्न साहित्यिक व्यक्तित्वज्यूहरू , मिडियाका साथीहरू पत्रकार मित्रहरूको आतिथ्यले उक्त प्रेक्षालय खचाखच थियो।
समारोहमा प्रमुख अतिथि , विशिष्ट अतिथिज्यूहरूबाट कृतिकार असन्तुष्ट जलनज्यूले तैयार पार्नुभएको `जलन´ नामक कृतिको घुम्टो उघारिएको थियो अर्थात् कृति विमोचन गरिएको थियो ।अनावरण भएको कृतिमाथि सयपत्री केलाझैँ केलाएर विशिष्ट अतिथि रुद्र अधिकारीज्यूले समीक्षा गर्नुभएको थियो।
समीर प्रकाशन एण्ड मिडिया प्रा.लि. का तर्फबाट प्रकाश समीरज्यूले सर्जकको हौसला वृद्धि गर्ने उद्देश्यले प्रकाशकको तर्फबाट कृतिकार असन्तुष्ट जलनज्यूलाई सम्मानपत्र द्वारा सम्मान गर्नुभएको थियो भने कृतिकारले विगतदेखि वर्तमानसम्मको साहित्यिक यात्राका स्मरण गर्दै आफ्नो मन्तव्य सहित सङ्ग्रहबाट केही मुक्तक वाचन समेत गर्नुभएको थियो।
विशिष्ट अतिथि चन्द्रप्रसाद न्यौपानेज्यू र विशिष्ट अतिथि अर्जुनकुमार न्यौपानेज्यूले कृतिमा केन्द्रित रहेर कृतिकारलाई सुझाव,हौसला र मार्गनिर्देश गर्दै आ आफ्ना महत्त्वपूर्ण मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कृतिकारको सम्मानस्वरूप कृतिभित्रबाट दीक्षा भण्डारी ,गणेश बाबु अधिकारी ,पवन कार्की, रीता दाहाल, वसन्त ओली वसन्तीज्यूहरू वाचक रहेर मुक्तक वाचन गर्नुभएको थियो।
प्रमुख अतिथिज्यूलाई दोसल्ला ओढाएर कदरपत्रसहित सभापतिज्यूले सम्मान गर्नुभएको थियो।प्रमुख अतिथिज्यूबाट विशिष्ट अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गरिएको थियो साथै वाचकहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।मायाको चिनो प्रदान गर्ने क्रममा कार्यक्रमलाई सहजीकरणमा भूमिका निर्वाह गर्नुहुने रीता दाहाल र साइमना श्रेष्ठ ,रचिता दाहाल,उमा दाहाल,सिद्ध समर्पणज्यूलाई मायाको चिनो प्रदान गरिएको र कार्यक्रम प्रस्तोता आँचल कुमार शर्माले मायाको चिनो ग्रहण गर्नुभएको थियो।
साहित्य समाजको दर्पण हो ।साहित्य लेख्दा हृदय फुटाएर लेख्नुपर्छ।चित्रमाथि साहित्य होइन साहित्यले संसारलाई चित्रित गर्ने सामर्थ्य बोक्नुपर्दछ।एक सर्जक साहित्यप्रति इमानदार भएर प्रस्तुत हुनु आवश्यक छ ।दृश्यमा निश्चित वस्तुमात्र समावेश हुन्छ तर अदृश्यमा संसार लुकेको हुन्छ ।सगरमाथाको शिखरमा पुग्ने दौडमा कञ्चजङ्घाको सौन्दर्यलाई ओझेल पार्न नहुने जस्ता अत्यन्त मननयोग्य सुझाव प्रवाह गर्दै कृतिकारलाई बधाई ज्ञापनका साथ प्रमुख अतिथिज्यूले आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो भने सभापतिद्वारा सभा विसर्जन गरिएको थियो।
यहि साउन २७ गते `जलन´ नामक कृति सार्वजनिकहुने भएको छ। यो कृतिका लेखक दाङका गणेश खड्का हुन् । ऊनी करिब १ दशकदेखि साउदी अरबमा कार्यरत छन् । साहित्यिक नाम असन्तुष्ट जलनबाट परिचीत उनी साउदी अरबमा श्रम गर्दैगर्दा विभिन्न संघ संस्थामा आवद्ध भएर तथा व्यक्तिगत रुपमा समेत सामाजिक कार्यमा सक्रिय भएका व्यक्ति हुन् । अर्काको देशमा श्रमगर्न जाने हामी नेपालीलाई विभिन्न खाले समस्याहरू आइपर्छन् । ती मध्ये पहिलो समस्या त भाषाको हुन्छ । भाषा नजान्दा भनेको काम नपाउने, कामगर्दा भाषा नबुझ्दा गाली तथा अपशब्द सहनुपर्ने,काम गर्न गाह्रो हुने जस्ता समस्या हुन्छन् त्यही कुरालाई मध्यनजरगर्दै जलनले टिकटकको माध्यमबाट भाषा सिकाउने प्रयास पनि गरे जो धेरैले मन पराए । विशेषगरी एकदमै नयाँ नेपाली कामदारलाई सहजता पुगेको प्रतिक्रिया सुन्न र देख्न पाइयो। त्यतिमात्र नभई विभिन्न जानकारीमूलक भिडियो बनाउनु पनि उनको असल काम मध्यको एक हो।
भनिन्छ नि "इच्छाको अगाडि बहानाले कुनै अर्थ राख्दैन" हो यसको उदाहरण पनि हुन् असन्तुष्ट जलन। उनी साउदी अरबमा श्रमजीवी जीवन बिताइरहे पनि नेपाली भाषा साहित्यको क्षेत्रमा सधैं अग्रसर भइरहे। त्यसो त उनी साधना साहित्य मञ्च नामक साहित्यिक संस्थाका संस्थापक तथा अध्यक्ष पनि हुन् । अहिले उनको यो कृतिको लोकार्पण पनि यसै संस्थाद्वारा काठमाडौंको डिल्लीबजार स्थित सर्वनाम थिएटरमा हुने भएको छ। स्रष्टा गणेशलाई `जलन´ कृति सफलताको हार्दिक शुभकामना !
काठमाडौं । करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।
यस्तै, सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।
नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्ला हावापानीकाे हिषाबले एकदमै राम्राे मानिन्छ ।पहाडि जिल्ला भएपनि प्रसस्त समथर खेतियाेग्य मैदानले जस्ताे काम गर्दछु भन्दा पनि कुनै कमि छैन ।राष्ट्र गुरु याेगी नरहरिनाथले चिम्टा गाडेर दाङ जिल्लामा संस्कृत विश्वविद्यालय स्थापना गराएरै जानू भयाे ।त्यस्तै गुरुले काेटिहाेम पनि दाङ जिल्लामा ३ ठांउमा लगाउनु भयाे ।ती स्थान हुन् चाैघेरा सिद्ध रत्ननाथ मठ,त्रि सिद्धेश्वर शिवालय तुल्सिपुर र अर्काे रिहार धाममा ।काेटिहाेम लगाउनुकाे मूख्य उद्धेश्य एउटै थियाे गुरुकुल र गाैशाला हरेक मठ मन्दिरमा स्थापना गरेर संचालन गर्ने ।उद्धेश्य राम्रा हुन्छन् महान पुरुषका तर ती उद्धेश्य पूरा गर्नकालागि लाग्ने अनुयायी हरुकाे खाँचाे समाजमा रहेका छन् ।अहिले आएर याे महसुस सबैलाई भएकाे छ ।यसै शिलसिलामा दाङमा खुलेकाे गाेरखनाथ वैदिक गुरुकुलम् ले सबैलाई सानाे आशा जगाएकाे सुगन्ध धेरै स्थानबाट पाईएकाे छ ।मठ,मन्दिर समाज तथा राज्यबाट सहयाेग भएमा सुविधा सम्पन्न व्यवस्थापनका साथ एक अब्बल गुरुकुल दाङमा चलाउन सकिन्छ भन्ने दृढ विचार लिएर अगाडि लागेका छन् घाेराही १७ निवासी प्रकाश भट्टराई ।उहाँकाे परिवारनै गुरुकुलमा लागेकाे छ ।छाेराले पनि गुरुकुलमानै पढ्दछन् ।नयाँ नयाँ याेजनामा काम गर्ने तथा समाजसंग गुरुकुललाई जाेड्नकालागि घर घर पुगेर अन्न दान लिने साेचाई लिएकाे भट्टराई बताउनु हुन्छ । यहि मंसिर १३ १४ गते वटुकहरुलाई शैक्षिक ,धार्मिक तथा पर्यटकीय भ्रमण गराउने उद्धेश्य लिएर देवघाट धामकाे अध्ययन अबलाेकन भ्रमण यस गुरुकुलले गराएकाे छ ।गुरु गाेरखनाथकाे आशीर्वाद ग्रहण गरि शैक्षिक भ्रमण यात्रा शुभारम्भ गर्ने क्रममा बांणगंगा नगर पालिकाकाे नन्दनगरमा अवस्थित मनकामना संस्कृत गुरुकुल ,चितवन गैडाकाेटमा रहेकाे याेगी नरहरिनाथ गुरुकुल ,नवलपरासीमा रहेकाे धार्मिक पर्यटकीय सिजि मन्दिर ,लुम्बिनी,देवघाट स्थित महेश सन्यास आश्रम,हरिहर सन्यास आश्रम ,गलेश्वर आश्रम लगायतका स्थानकाे अध्ययन अवलाेकन गरेकाे छ ।शैक्षिक भ्रमणकाे क्रममा यस पटक आफ्नाे कार्मिक सम्बन्ध भएकाे देवघाट स्थित महेश संस्कृत गुरुकुलम् मा विशेष रुपमा रहेकाे छ ।१४ गते विहान ७ बजे महेश आश्रमका वर्तमान स्वामी महाराजकाे दर्शन आशीर्वाद ग्रहण गरी सत्संग छलफल गर्ने माैका प्राप्त गरेकाे छ । महाराजजीबाट सबैलाई भाेजन खाना ,बसाईका बारेमा केही साेधेपश्चात दाङमा गुरुकुल संचालन गर्नकालागि साेचाई गुरु महाराजकाे थियाे ।आज त्यस कार्यकाे सुरुवात भएकाे छ खुसि लाग्याे ।अब हामी संम्पर्कमा रहेर काम गराैं ।म दाङ आउंदछु ठूलाे कार्यक्रम राखेर एउटा याेजना बनाउनु पर्दछ ।गुुरुकुल चलाउनका लागि उपयुक्त वातावरण चाहिन्छ । सुरुवात भएकाे छ अब थप्दै जाने हाे भन्नु भयाे साथै केही विद्यार्थीलाई जानेका शैक्षिक गतिविधि साेध्नु भयाे ।तत्पश्चात हामी विदा भयाै । महेश सन्यास आश्रमका संस्थापक महाराज स्वामी रामानन्द हुनुहुन्छ ।त्यस आश्रमबाट संचालित महेश संस्कृत गुरुकुलम् हाे ।आज भन्दा करिब ३० बर्ष अगाडि स्वामीज्यूले कठिन साधना र प्रयत्नबाट आज याे अबस्थामा आईपुगेकाे छ ।अहिले यस गुरुकुलमा करिव २५० बिद्यार्थीहरु कक्षा ६ देखि आचार्य सम्मकाे अध्ययन आवासीय रुपमा रहेर अध्ययन गरिरहेका छन् ।स्वामीज्यूकाे एउट भनाई थियाे —* पढ्ने र पढाउने कुरामा कहिल्यै अल्छी गर्न हुँदैन ।* आज त्याे प्रतिफल दिएकाे छ यस गुरुकुलले ।व्यवस्थापन तर्फ भन्नु पर्दा एकै पटक सबै विद्यार्थीहरुलाई भाेजन,सत्संग गराउन सक्ने ब्यवस्थित भाेजन काेठा र सत्संग कक्ष रहेका छन् ।त्यस्तै अतिथि पाहुना ,विद्यार्थीहरुका अभिभावकहरुकालागि सुविधा सम्पन्न आवास गृह रहेकाे छ ।विद्यालयमा पठन पाठन कक्ष , प्रशासन कक्ष ,शिवालय परिसर लगायत पठन पाठन गर्नकालागि चाहिने सबै क्षेत्रलाई समेटेर लगेकाे पाईन्छ यस गुरुकुलमा । अहिले स्वामी रमणान्दज्यूकाे प्रमुख संरक्षकत्वमा रहेकाे यस गुरुकुलमा उच्च शिक्षा देखि आचार्य तर्फकाे जिम्मेवारी गुरु कमल सुवेदी र कक्षा ६ देखि माथि उच्च शिक्षा सम्मकालागि गुरु फणीन्द्र पाैडेलले लिएर खटिनु भएकाे छ भने अन्य साधु,सन्त गुरुहरुकाे मेहनत र जिम्मेवारी भुमिका उत्तिकै राम्राे रहेकाे छ ।यस्तै गुरुकुलम् संचालनकालागि गुरु गुरु प्रसाद सुवेदी ,गुरु कपिल सुवेदी ,गुरु राम प्रसाद सुवेदी हेटाैंडा लगायत साधु सन्त , विद्वान ,धर्मात्मा समाजसेवी दाता अभिभावकज्यूहरुकाे अत्यन्तै सकृयता रहेकाे छ ।जयतु संस्कृतम् ।
काठमाडौं। भारतीय फिल्मका एक जना कलाकारको घरमा लुटपाट गरेको आरोपमा एकजना नेपाली युवाको खोजीमा भारतीय प्रहरी लागेको छ। ती कलाकारको श्रीमतीलाई घरमा बाँधेर सुन र नगद लुटेको आरोप भारतको चेन्नई प्रहरीले लगाएको छ।
समाचारअनुसार, भारतको चेन्नई नजिकको नन्दम्बकम डिफेस्स कोलनीमा बस्ने राधाकृष्णनको घरको घटना हो यो। नोभेम्बर १० अर्थात् गत गत विहिबार दिउँसो नै यो घटना भएको थियो। ५४ बर्षिय राधाकृष्णन भारतीय फिल्मका सहायक कलाकार हुन्।
रमेश नाम गरेका नेपाली नागरिक यी कलाकारको घरमा घरेलु कामदारका रुपमा कार्यरत रहेको र उनले नै वाहिरबाट अरु २ जना साथीहरु बोलाई घरमा लुटपाट गरेको आरोप लगाइएको छ।
चेन्नई प्रहरीले रमेशको पूरा नाम र नेपालको ठेगाना सार्वजानिक गरेको छैन। घटनाविवरण अनुसार, राधाकृष्णन घर वाहिर गएको मौका पारेर आफ्ना अरु दुई साथीहरु बोलाई रमेशले राधाकृष्णनकी श्रीमती ४८ बर्षीया राजीलाई बाँधेका थिए।
राजीलाई बाँधी सकेपछि राजीले नै डरले सुन र नगद सबै देखाइदिएको र रमेश र उनको टीमले लुटेर फरार थिए। यो विषयलाई भारतीय संचारमाध्यम इण्डिया टुडेले समेत शुक्रबार समाचार प्रकाशित गरेको छ।
समाचारमा नेपाली नागरिक रमेश र उनको समूहले कलाकारको घरबाट २५० तोला सुनका गहनाहरु ३ लाख नगद लुटेर भागेको उल्लेख छ । समाचारमा चेन्नई प्रहरीमा रमेशविरुद्ध उजुरी दर्ता भएको र उनको खोजी भइरहेको पनि उल्लेख गरिएको छ।
जापान : र्यापर भिटेन यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले। कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।
आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए।
दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए। भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।
अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।
तुलसीपुर । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।
बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।