मिस प्रोभिन्सको पब्लिक च्वइस को उपाधी अपेक्षा राईले जितिन्।

  • २९ आश्विन २०८०, सोमबार ००:३२ मा प्रकाशित
  • धरान। ड्रीम एम प्रोडक्सन ले आयोजना गरेको मिस प्रोभिन्स आइडल २०२३ को मिस प्रोभिन्सको पब्लिक च्वइस उपाधी अपेक्षा राईले हात पार्न सफल भएकी छिन्।
    अपेक्षा राई धरान ११ स्थायी निवासी भएता पनि पुर्खौली घर खोटाङ्ग भएकोले खोटाङ्ग नै प्यारो ठान्ने गर्छिन्। उनी हाल धरान मेघा कलेजमा होटेल म्यानेजमेन्ट तर्फ कक्षा ११ का बिद्यार्थी हुन्।

    आईडलको उपाधी धरानकि माङ्सेमी लिम्बुले जितेकी छिन् फस्ट रनरअपको उपाधि संखुवासभाकी आकृति चाम्लिङ राईले प्राप्त गरिन, सेकेण्ड रनरअप सुनसरीका विनिसा बिष्ट र थर्ड रनरअपको उपाधि तेह्रथुमकी नुनमा लिम्बुले प्राप्त गर्न सफल भईन ।

    प्रतियोगिताको ग्राण्ड फनालेमा मस्ट ग्राजुअसको उपाधि राधिका नेपाली, मिस ट्यालेन्ट माङसेमी लिम्बु भएका थिए । अन्य टाईटलमा बेस्ट वाक एन्जिला तामाङ, मस्ट एक्टिभ अपेक्षा राई, मस्ट डिस्पीलिन बिनिसा दर्नाल, मिस फोटोजेनिक निवासा लिम्बु, मिस बव्ली सोनिया याख्खा, मिस फ्रेण्डली आयुसा श्रेष्ठ, मस्ट कन्फिडेण्ट अनिता परियार, मस्ट चार्मिन नुनम लिम्बु, मस्ट अविडेण्ट आकृति चाम्लिङ राई, मिस मल्टिमिडिया च्वाईस रोजिना जिमि र मिस पंचुअल प्रशंसा राईले उपाधि प्राप्त गरिन ।
    ग्राण्ड फिनाले कार्यक्रम धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । ग्राण्ड फिनाले निर्णायकहरुमा युवा व्यवसायी तथा संचार उद्यमी विश्वराज तामाङ, एनि ब्राण्डका अध्यक्ष सन्तोष थोप्रा लगायत रहेका थिए।

    One thought on “मिस प्रोभिन्सको पब्लिक च्वइस को उपाधी अपेक्षा राईले जितिन्।

    Leave a Reply