• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

सरल भावकाे लघुकथासङ्ग्रह ‘भेटी’ (परिचयात्मक समीक्षा)

  • ३० भाद्र २०८१, आईतवार १५:३५ मा प्रकाशित
  • ✍️ डा.शंकरप्रसाद गैरे
    विष्णु पन्थी `विनु´द्वारा लेखिएको `भेटी´ लघुकथासङ्ग्रह २०८१ वैशाखमा प्रकाशित भएको हाे ।
    साहित्यका साथै शिक्षण र समाजसेवामा संलग्न विनु पेशाले प्राध्यापक हुन् ।


    नेपाली विषयमा स्नातकोत्तर गरेकी ‘विनु’ साहित्य लेखनका साथै सम्पादन कार्यमा संलग्न देखिन्छिन् ।
    काेभिड १९ का बेलादेखि विशेष सक्रियताका साथ लघुकथा लेखनमा लागेकी विनुकाे पहिलाे प्रकाशित कृतिका रूपमा `भेटी´ लघुकथासङ्ग्रह देखापरेको छ ।

    यसमा उनले विभिन्न समयमा सिर्जना गरेका चालीसवटा लघुकथाहरू समाविष्ट छन् ।
    सरल भाषाशैलीकाे प्रयोग गरी लघुकथा लेख्ने विनु आफ्ना लघुकथाहरूमा वर्तमान नेपाली जनजीवनका वास्तविक यथार्थलाई प्रस्तुत गर्न मन पराउँछिन् ।

    घर परिवारका समस्या, आमाबुबाप्रति सन्तानको दायित्व र त्यसबाट विमुख हुने प्रवृत्ति, परिवार र जीवनसाथीप्रति बेइमानी गर्ने श्रीमान् श्रीमतीको दुर्घटित जीवन, सम्बन्ध बिच्छेद, शिक्षा, अनुशासनहीन विद्यार्थी, आर्थिक अभावले पढ्न नपाएका बालबालिका तथा तिनका अभिभावकका शारीरिक र मानसिक पीडा विनुका लघुकथाका महत्त्वपूर्ण विषय हुन् ।

    -सन्तानलाई विदेश पठाउन गर्व गर्ने तर पर्वका बेला पछुताउने बाआमा,
    -आफ्ना सन्तानलाई विदेश पठाउन बल गर्ने र मञ्चमा स्वदेशप्रेम,
    स्वराेजगारका चर्का भाषण गर्ने अभियन्ता,
    साइबर लत,
    -टिकटकमाेह,
    -गलत नियतका छिमेकी,
    -नेपाली पर्वसँग जाेडिएका विभिन्न पक्ष,

    -गरिबी, देखावटीपन, विभेद,
    -तीजमा दरका नाममा विकृति,
    -वृद्धाश्रममा बस्ने बुढाबुढीका पीडा,
    -एकल नारीका जीवनका जाेखिम र समाजले लगाउने लाञ्छना,
    -आफूले अन्याय गर्ने र अरूलाई सहनुपर्छ भनी आदर्श सिकाउने प्रवृत्ति जस्ता विषय विनुका लघुकथामा कथ्य बनेकाे देखिन्छ ।

    लापरबाहीका कारण हुने दुर्घटना, महान् भाषण गर्ने तर प्रवृत्ति खराब भएका नेताप्रति व्यङ्ग्य र सामन्तवादी तानाशाही स्वभाव, गलत बाबुको गलत सन्तान, बाहिर देखाउन चन्दा दिने तर बाआमाकाे ख्याल नगर्ने सन्तान, गलत न्यायप्रणाली, प्रशंसा खाेज्ने अभियन्ता, अपाङ्गलाई गर्ने अपमान, अभाव लगायतका समाजमा देखिने विषयलाई नै विनुले प्रस्तुत गरेकाे देखिन्छ । सरल भाव वहन गर्ने यिनका लघुकथा बाैद्धिक पाठकको नभएर सामान्य पाठकको अपेक्षा गर्छन् । प्रतीकात्मक शीर्षक चयन, प्रचलित पदपदावली यिनका लघुकथाकाे वैशिष्ट्य हाे । विष्णु पन्थी ‘विनु’ सम्भावना बाेकेकी लघुकथा साधक हुन् । यसकाे परिचायक बनेर `भेटी´ लघुकथासङ्ग्रह देखापरेकाे छ ।

    *********
    कृति : भेटी
    विधा : लघुकथा
    लेखक : विष्णु पन्थी `विनु´
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    प्रकाशन वर्ष : २०८१, वैशाख
    मूल्य : २९०/-
    ***********

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा1 Comment on सरल भावकाे लघुकथासङ्ग्रह ‘भेटी’ (परिचयात्मक समीक्षा)

    ‘सुन्दरी‘ लघुकथाको सौन्दर्य चेतना (परिचयात्मक समीक्षा)

  • २९ भाद्र २०८१, शनिबार १९:२८ मा प्रकाशित
  • शंकरप्रसाद गैरे, समीक्षक
    ‘सुन्दरी‘ लघुकथासङ्ग्रह मीठू कुमारी (पाठक) डल्लाकोटीको नवीनतम कृति हो। पेसाले शिक्षक र शैक्षिक प्रशासकको परिचय बनाएकी डल्लाकोटीले २०७५ सालबाट लघुकथा लेख्न थालेको पाइन्छ। विभिन्न समयमा लेखिएका २५ लघुकथा समाविष्ट ‘सुन्दरी‘ लघुकथासङ्ग्रह आकारका दृष्टिले सानो भए पनि अत्यन्त कलात्मक र सुन्दर रचनाहरू समाविष्ट छन्। पाठकको मनमा गहिरो प्रभाव पार्न सक्ने क्षमता राख्ने सुन्दरी लघुकथासङ्ग्रहका लघुकथाहरू विषयका दृष्टिले विविध विषयमा आधारित छन्।

    आकारका दृष्टिले अत्यन्त सन्तुलित सुन्दरीका लघुकथाहरू ज्यादै लामाछोटा नभएर समान आकारका छन्। अनमेल विवाहले निम्त्याउने समस्या, वृद्धवृद्धाका जीवनशैली, नयाँ पुस्ताको ग्रामीण जीवनप्रतिको विकर्षण, उचित शिक्षाले बिग्रिएका बालबालिकालाई पनि परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश, डल्लाकोटीका लघुकथामा पाइन्छ।

    त्यसैगरी अपाङ्ग भनिएका नै क्षमताका कारण विशेष हुन सक्छन् भन्ने सन्देश यिनका लघुकथाले दिएको छ। बालबालिकाको दुष्टता, नकारात्मक दृष्टि हुनेहरू, नबुझेरै अरूलाई आरोप गर्ने बानी, पारिवारिक सामाजिक समस्या, कोरोनाले निम्त्याएका अनेक अवस्था, नेताहरूको स्वार्थी प्रवृत्ति, जातीय विभेद, गरिबीले थिचिएका बालबालिकाको मनोविज्ञान, पृत्तिक अंशले निम्त्याएको समस्या, अपाङ्गप्रति आफ्नैले गर्ने विभेद, स्वार्थी र जिम्मेवारविहीन सन्तान डल्लाकोटीका कथाको महत्त्वपूर्ण पक्ष र विषय हुन्।

    विषयको बिस्तारै उठान गरेर उत्कर्षमा पुर्‍याउने शैली र अन्त्यमा ‘सम्झना नै कुलको अस्तित्व हो’ जस्ता उत्कर्ष वाक्यमा पुर्‍याएर कथाको अन्त गर्ने कथाकौशल महत्त्वपूर्ण देखिन्छ। संवाद, र वर्णनात्मक शैली अवलम्बन गर्ने डल्लाकोटी सरल भाव र संरचनाका लघुकथा लेख्न मन पराउँछिन्। थोरै तर शक्तिशाली लघुकथा लेख्ने डल्लाकोटी विशिष्ट सम्भावना भएकी लघुकथाकार हुन्।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षाLeave a Comment on ‘सुन्दरी‘ लघुकथाको सौन्दर्य चेतना (परिचयात्मक समीक्षा)

    साउदी अरबमा हजारौं नेपाली दर्शकबिच प्रिति आलेको दमदार प्रस्तुति।

  • २२ भाद्र २०८१, शनिबार ०२:२७ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ साउदी अरबको आयोजनामा साउदीअरबको पूर्वी क्षेत्र दमाम स्थित शादी रिसोर्ट सफुवामा तीज फेस्टिवल अर्थात् तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

    उक्त कार्यक्रममा नेपाली चर्चित गायिका प्रीति आलेको दमदार प्रस्तुति रहेको थियो ।

    उक्त कार्यक्रममा साउदी अरब स्थित राजदूतावास रियादबाट श्रम सहचारी देवेन्द्र राज कार्की, गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक राजेन्द्र अर्याल लगायत साउदी अरबमा क्रियाशील विभिन्न संघसंस्थाका अतिथिको रोहोबरमा गैरआवासीय नेपाली संघ साउदी अरबकी अध्यक्ष रविना अर्यालद्वारा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो।

    उक्त कार्यक्रममा हजारौंको सङ्ख्यामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो भने रिसोर्टको हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको हुँदा त्यहाँ न-अटेका दर्शकहरु बाहिर बेग्लै नाँचगानमा व्यस्त देखिन्थे।

    कार्यक्रममा प्रीति आलेको प्रस्तुति हुँदै गर्दा त्यहाँ उपस्थित हजारौँ दर्शकहरूको उत्साह हेर्न लायक थियो।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबर2 Comments on साउदी अरबमा हजारौं नेपाली दर्शकबिच प्रिति आलेको दमदार प्रस्तुति।

    नारिको विशेष महत्वको पर्व तिज !

  • २१ भाद्र २०८१, शुक्रबार ११:०६ मा प्रकाशित
  • हिन्दू परम्परा अनुसार नारी हाम्रा आमा दिदिबहिनी हुन । नारीलाई हाम्रो धर्म अनुसार देवि, भगवती ,सरस्वती मानिन्छ।हरेक ठाउँमा नारिको सम्मान छ। नारी बिनाको संसार परिकल्पना गर्न सकिदैन । हरेक पर्वमा नारिको विशेष महत्व छ।त्यसमाथि तिज नारिको विशेष पर्व मानिन्छ।

    हिन्दू नारिहरुको तिजपर्व यतिखेर सुरुहुन लागेको छ। हाम्रो हिन्दू सस्कार परम्परा अनुसार हरेक चाँडपर्व उत्तिकै महत्वपूर्ण मानिन्छन् त्यस अन्तर्गत तिजपनी एउटा विशेष पर्वमा पर्दछ। खासमा महिला हरु बिबाह भएपछि माइतीघर छाडी आफ्नो घरमा जाने गर्दछ्न । यो तिजपर्वमा दाजुभाइ आफ्ना; दिदिबहिनी लिन चेलीबेटीकोमा जाने गर्दछ्न। जसले गर्दा विभिन्न माद्यम बाट चेलीबेटी ल्याउने गर्दछ्न

    आफ्ना दिदिबहिनी घरमा ल्याइ रमाइलो गर्ने गर्दछ्न साथमा दिदिबहिनी हरुले आफ्ना दु:ख बेदना हरु लाई समेटी आफ्ना शुख दु:खहरु गित बाट पस्केका हुन्छ्न ।सधैंभरी आफ्नोघरको ब्यस्तताले गर्दा केही दिन भएपनि माइतीमा बुवाआमा सँग भेटगर्दा आनन्दको अनुभुती हुने गर्दछ। यो तिज पर्व हाम्रो हिन्दु सस्कार परम्परा हो। हाम्रो रितिरिवाज हो । साच्चिकै भन्दा तिज महिलाहरुको विशेष पर्व हो।

    यसको महत्व धर्म संस्कृतिसँग जोडिएको छ।जसमा बिबाहित महिलातथा चेलीहरुआफ्नो जन्मठाँउ संम्झिआफ्नो आमाले पकाएको मीठो दरखान आउने गर्दछ्न ।आमाले पकाएको खानात कस्लाइपो मीठो लाग्दैन र तर समय परिस्थितिले त कसैलाई टाढा बनाएको हुन्छ। जसले गर्दा मन खिन्न बनाएको हुन्छ ।

    संम्भव भएसम्म सबै माइतीआउने गर्दछ्न ।तिजमा विशेष त अनदिको चामलको खिर र खाजा काक्रोको अचार तामा, बोडिको तरकारी ,विशेष मानिन्छ।प्राय दुधजन्य बस्तुबाट बनेका चिजहरु खिर खाने परम्पराले गर्दापनि यसलाई दर भन्ने गरिन्छ। जसमा मिहिनेतका साथ बनाइ सबैले एकठाँउमा सँगैबसि रमाइलोसाथ खाने गरिन्छ।
    बुबाआमा दाजुभाइ दिदिबहिनी सँगैबसी दर खाइन्छ जसले गर्दा रमाइलोको अनुभूति हुनेगर्छ।त्यसको साथै दिदिबहिनी हरुलाइ नयाँ ,नयाँ लुगा कोसेली हरु चुराटिकि दिने चलन हाम्रो परम्परा अन्तर्गत छ। यो पर्व प्राय भाद्रशुक्ल दिप्तियदेखि पञ्चमीसम्म चारदिन मनाउनेगरिन्छ यसमा खासत यो तिजमा भगवान् शिवको पूजा आरधना गरिन्छ।यो पर्वमा अभिबाहित महिलाले राम्रो पति पाँउभनी र बिबाहितले आफ्नो पतितथा परिवारको सु-स्वास्थ र पारिबारिक गतिविधि राम्रो र शुखशान्ती होस भनी व्रत एवं पूजागर्ने चलन छ।

    हिन्दू परम्परा अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको बिबाह भगवान् बिष्णु सँग गरिदिन भनी भनेकोमा आफ्नोबुबाको कुरा चित्त नबुझी, जङ्गलमा गइ, १०७सातौं जन्मसम्म घोर तपस्यागरी, पूरा नभइ, १०८औं जन्ममा पुराभएको पाइन्छ ।साथै सयौं बर्ष बस्दापनी पुरा नहुँदा शिवलिङ्को स्थापना गरि पानीपनी नखाइ पार्वती निराधार व्रत बस्दा शिवजी प्रकट्भइ चिताएको पुग्छभनी आशीर्वाद दिएको र शिवपार्वतिको यसरीनै बिबाहभएको पाइन्छ ।त्यसैलाई मध्यनजर राखी यो पर्व मनाउने गरिन्छ।

    यो पर्व भाद्रशुक्ल त्रितियाकादिन मनाउने यसमा अघिल्लो रात दिप्तियका दिन दरखाने र तिजको दिन बर्तबसिन्छ र चौथिको दिन स्नानगरि तिजको तेस्रो दिनमा ऋषिपंञ्चमीको तयारी गरिन्छ चौथोदिन बर्तालु महिलाले ३६५ दत्तिवोलले दात माझि माटोले लेपन गरि, सत्तऋषिको पूजागरी टिका लगाइ, दान दक्षिणा गरि , नाँचगान गरि, यो पर्वमनाउने गरिन्छ।

    तिजमा टिपिकल नेपाली धर्म संस्कृती अन्तर्गतका आफ्ना डाँडाकाँडा हरुमा गुन्जिने ,सुवाउदो र परम्परा अनुसारको सब्दनै राम्रो हुन्छ ।भरसक आफ्नो रितिरिवाज अनुसार गाएको राम्रो हुन्छ ।
    आफुले देखेका भोगेका सत्य तथ्य घटना हरुलाइ गित संगीतको माध्यम बाट बाहिर ल्याउनु र अन्याय ,अत्याचार र बिसङ्ती सत्य तथ्य घटना लाई टिपि आफ्ना आवाज बुलन्द गर्नुपर्छ ,पहिले नारिहरुले आफुले बर्ष भरी पाएका मेला पात हरुका दु:ख बेदना हरु लाई आधार बनाइ आफू नाँच्ने समयगित गाँउदै नाँच्दै गित झिक्दै नाँच्दै गरेको बेदना पोखेको पाइन्थ्यो तर आजकाल त्यो कमि देखिन्छ।समय परिस्थिति अनुसार धर्म संस्कृतीलाई छुने खालका मिठा शब्द र भाकाहरु कम छ्न ।आफैले गित झिकेर तालि पिटेर नाँच्ने चलन कम छ ।

    पार्टी प्यालेसमा गई डेक बजाइ नाँच्ने चलन छ ।नयाँ व्यावसायिक गित हरु बजारमा आउने गरेका छ्न त्यो भन्दा आफ्नो धर्म सँस्कृती हरुलाइ छुने र मौलिकता झल्किने ,सब्दराखेर गाउँदा राम्रो हुन्छ।तिजलाइ भडकिलो सैलिमा देखासिकी रुपमा मनाउनुभन्दा आफुले सक्दो र सरल तह बाट मनाउनु पर्छ। यसलाई धर्म सँस्कृती परम्परा अन्तर्गत रहेर र रितिरिवाज अनुसार मनाउनु पर्छ।
    जुन घरमा नारिको सम्मान हुन्छ त्यो घर शुखी, खुशी हुन्छ।घरमा लक्षिन हुन्छ।घर उज्यालो हुनेगर्छ। २१औं सताब्दिका नारिहरु आज हरेक कुरामा अगाडि छ्न पढन ,लेख्न, साथै बौद्धिक क्षेत्रमा, निकै नारी अगाडि छ्न! यो खुशिको कुराहो खाली चुलो चौकोमा नारि सिमित छैनन! राज्यका गरेक क्षेत्रमा नारीहरु देख्न सकिन्छ।

    Posted in कला /जीवनशैली, मुख्य खबर2 Comments on नारिको विशेष महत्वको पर्व तिज !

    साउदी अरबमा हुने तिज विशेष कार्यक्रममा चर्चित गायिका प्रीती आले आउदै।

  • १३ भाद्र २०८१, बिहीबार १८:१६ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले साउदी अरबको पूर्वी क्षेत्रमा हरितालिका तिज कार्यक्रम मनाउने भएको छ।

    संघले चर्चित गायिका प्रीती आलेको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रम गर्ने भएको हो भने उक्त कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने बताईएको छ।
    कार्यक्रम ०६ सेप्टेम्बर २०२४ (भाद्र २१ गते) का दिन बिहान ११:०० बजे देखी साँझ ५:०० बजे सम्म सादी रिसोर्ट सफ्वा, जुबेल हाईवे, दम्माम साउदी अरबमा हुने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबर4 Comments on साउदी अरबमा हुने तिज विशेष कार्यक्रममा चर्चित गायिका प्रीती आले आउदै।

    प्रजातान्त्रिक प्रध्यापक संघद्वारा गुरुकुलमा खाद्यान्न सहयाेग

  • ३ भाद्र २०८१, सोमबार ०५:२८ मा प्रकाशित

  • भाद्र २ दाङ/ ज्ञान केन्द्र तथा ध्यान केन्द्रकाे रुपमा विस्तार हुँदै गएकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धामधमा संचालित संस्कृत गुरुकुल तथा आश्रममा प्रजातान्त्रिक प्राध्यापक संग नेपालकाे १९ अेाें स्थापना दिवसकाे सुखद उपलक्ष्यमा दाङकै जेठाे क्याम्पस महेन्द्र बहुमुखि दाङका प्राध्यापकहरुद्वारा आज खाद्यान्न सहयाेग प्रदान भएकाे छ ।महेन्द्र बहुमुखि क्याम्पस इकाई समिति दाङका अध्यक्ष शंकर प्रसाद धितालकाे अध्यक्षतामा उक्त सामग्री गुरुकुललाई हस्तान्तरण गरिएकाे हाे ।


    संघका प्राध्यापकहरु दिनेश भट्टराई ,यम प्रसाद डाँगी,निश्चल हमाल,केदार पाठक ,षडानन्द खनाल सुदिप गाैतम,राजेन्द्रकुमार रेग्मी तथा अनिल रजाैरेज्यूबाट यहाँ अबस्थित उत्तरवाहिनी सरयू गंगा ,गंगेश्वर शिवालय ,ऐतिहासिक यज्ञशाला , आश्रम परिसरभित्र रहेकाे गुरुकुल , गाैशालाका साथै स्वतस्फूर्त बगिरहेकाे जल धाराकाे दर्शन एवम् अबलाेकन भयाे ।


    यस अबसरमा आश्रम तथा गुरुकुलकाे तर्फबाट आश्रम व्यवस्थापक प्रकाश भट्टराईले ले संघ दाता भक्त परिवार प्रति धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्नु भएकाे छ ।सबैकाे सु स्वास्थ ,दीर्घायु एवम् सुख शान्ति समृद्धिकाे हार्दिक मंगलमय शुभकामना प्रदान गरेकाे थियाे ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज2 Comments on प्रजातान्त्रिक प्रध्यापक संघद्वारा गुरुकुलमा खाद्यान्न सहयाेग

    नेपालका ख्यातिप्राप्त कलाकारहरु सहित जेद्दा सिजन आयोजना हुने, १६ अगष्टमा नेपालीहरुको प्रस्तुती

  • १८ असार २०८१, सोमबार २१:३९ मा प्रकाशित

  • जेद्दा साउदी अरब । नेपाली महावाणिज्य दुतावास जेद्दा साउदी अरबले एक सुचना जारी गर्दै साउदी अरबको जेद्दा शहरमा जेद्दा सिजन २०२४ आयोजना हुने जनाएको छ । उक्त आयोजना बिभिन्न मितिमा गरि ४ दिन हुने र नेपालीहरुको प्रस्तुती १६ अगष्टमा रहने जनाउँदै उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो सहभागिताका लागि अनुरोध गरेको छ ।
    महावाणिज्य दुतावासले आफ्नो सुचनामा जनाएको छ , जुलाई तथा अगष्ट २०२४ मा Equestrian Club (Al Frosyah District Jeddah) मा जेद्दा (Jeddah Season) आयोजना हुने र यस जेद्दा सिजनमा नेपालको प्रथम पटक सहभागिता रहने तय भएको सबैमा जानकारी सहर्ष गराउँदछौं । जुलाई २६ तथा अगष्ट २,९ र १६ गरी जम्मा चार दिन आयोजना हुने जेद्दा सिजनमा नेपालको प्रस्तुती १६ अगष्ट २०२४ शुक्रवार रहनेछ । १६ अगष्ट २०२४ मा आयोजना हुने कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल नायिका केकी अधिकारी तथा वहाँको नृत्य समूह र प्रस्तोता रिमा विश्वकर्मा आउनुहुने जानकारी रहेकोछ ।


    साथै महावाणिज्य दुतावासले यस सम्बन्धी जानकारी साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरु माझ पुर्याउन तथा कार्यक्रममा सहभागी नेपाली कलाकारहरु समेतको प्रस्तुती रहने कार्यक्रमलाई सफल बनाउन साउदी अरबमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गरेको छ । यस सम्बन्धमा अन्य प्रासंगिक सूचना तथा जानकारीहरु प्राप्त भएमा आगामी दिनहरुमा सबै नेपाली माझ सुचित गराउऩे पनि जनाएको छ ।
    जेद्दा सिजनमा नेपालको सहभागिता सम्बन्धी अन्य जानकारीका लागि 0582495715, 0541596759, 0506879434 नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपालका ख्यातिप्राप्त कलाकारहरु सहित जेद्दा सिजन आयोजना हुने, १६ अगष्टमा नेपालीहरुको प्रस्तुती

    नेपाली युवा क्लब जेद्दाले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गर्‍यो ।

  • १ बैशाख २०८१, शनिबार ०७:१८ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा / साउदी अरब !! ईस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र तथा नेपाली बिक्रम संम्बत २०८१ को पावन अवसर पारेर  नेपाली युवा क्लब जेद्दाले १२ अप्रेल २०२४ शुक्रबारका दिन जेद्दामा शुभकामना आदानप्रदान तथा नेपाली  सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

    क्लबका अध्यक्ष राम थापाको सभापतित्वमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्ले को प्रमुख आतिथ्यमा क्लबका महासचिव नर कुमार मगर द्वारा संचालित उक्त कार्यक्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, बरिस्ठ  समाजसेवी भिम गुरुङ, एनआरएनए एनसिसि उपाध्यक्ष राज गिरि, आरसिसि  अध्यक्ष डिपि अर्याल,समाजसेवी  रामराधा घिमिरे, ईस्लामिक दावा सेन्टर सनैयाका प्रतिनिधि मन्जुर अलि मियाँ, आरसिसि अल कासिम पुर्व अध्यक्ष रम्जान दिन मियाँ, हातेमालो युवा क्लब जेद्दाका अध्यक्ष खेमराज कार्की, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि, सिन्ध मेलम्ची होटलका संचालक  रामसिङ तमाङ ले अतिथिको आशन ग्रहण गरेका थिए  ।

    नेपाली राष्ट्रिय धुनको गुन्जयमान सँगै सुरु गरिएको उक्त कार्यक्रममा क्लब स्थापना देखि अहिले सम्म क्लबले गरेका श्रमिक हक हितका सामाजिक कार्यप्रगती विवरण क्लबका महासचिव नर कुमार मगरले स्लाइडमा देखाएका थिए !  बिदेश तथा स्वदेशमा  समेत  अनगिन्ती समाजसेवा गरिएका स्लाइड हरु प्रस्तुत हुँदा युवा क्लबलाई सम्पुर्ण अतिथिद्वारा सम्मान गरेका थिए ।

    उपस्थित अतिथि तथा प्रमुख अतिथिहरुले इद तथा नेपाली नयाँबर्ष २०८१ को शुभकामना मन्तव्य दिदैँ क्लबको कार्य प्रती खुशी व्यक्त गर्नु भएको र  स-सम्मान रुपमा अझै  अगाडि बढ्न हौसला र क्लबको सफलताको लागि  शुभकामना दिनु  भएको थियो । अतिथिको मन्तव्य सँगै सभापति थापाले कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका दाजुभाइ दिदिबहिनीहरु तथा  शुभकामना दिनुहुने अतिथिहरुलाइ धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको कार्यक्रम समापन भएको थियो !


    कलाकारहरुको बेजोड प्रस्तुति सहित सुरु भएको दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपाली कल्चर डान्स ग्रुप जेद्दाका कोरियोग्राफर धिरज मगर को संयोजकत्वमा अनगिन्ती स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरि दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएका थिए । यसै गरि गायकहरु बिनोद न्यौपाने,  रोसन दियाली, धन तमु,आकाश राई हरुले गित गाएर दर्शकहरुलाइ मनोरञ्जन दिएका थिए ।

    काठमाडौ होटेल बलाद जेद्दा, ग्लोबल आइएमइ बैंक तथा सिन्ध मेलम्ची नेपाली होटेल को प्रमुख प्रायोजनमा संचालित उक्त कार्यक्रम संचालन मा अन्य समाजसेवीहरुले पनि आर्थिक सहयोग गरेका थिए ।


    कार्यक्रममा कलाकार तथा समाजसेवी साथै सहयोगीहरुलाई क्लबले  मायाँको चिनो सहित प्रमाणपत्रले सम्मान गरेको थियो भने उत्कृष्ट समाजसेवी भिम गुरुङ र राज गिरि तथा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेलाइ दोसल्ला ओडाएर स-सम्मान कदर पत्र प्रदान  गरेका थिए ।

    उपस्थित दर्शकहरु तथा अतिथिहरुलाइ क्लबले विविध मनोरञ्जनका साथमा नेपाली खाना खुवाएर स-सम्मान बिदाइ गरेको थियो  ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाली युवा क्लब जेद्दाले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गर्‍यो ।

    प्रमोद खरेल साउदी आउदै !

  • १६ चैत्र २०८०, शुक्रबार ००:०१ मा प्रकाशित
  • झापाली समाज साउदी अरब द्दारा यही आउँदो १२ अप्रिल २०२४ का दिन समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा गायक प्रमोद खरेल आउने भएका छन्!

    “गरिब मेधावी र प्रतिभावान विद्यार्थीको अध्यनमा अविछिन्न सहयोग, झापाली समाजको प्रस्तुती शिक्षामा वार्षिक छात्रवृत्तिको लागि अक्षयकोष”
    भन्ने उद्देश्यका साथ कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको झापाली समाज द्वारा जानकारी गराइएको छ।
    कार्यक्रम रियादस्थित एक्जिट नाइन सोना सुपरमार्केटको पछाडि
    आउँदो १२ अप्रिल शुक्रबारका दिन हुने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली1 Comment on प्रमोद खरेल साउदी आउदै !

    होली पर्वको ऐतिहासिक महत्व

  • १२ चैत्र २०८०, सोमबार १०:१७ मा प्रकाशित
  • ✍️ तेजप्रसाद खनाल
    लमही दाङ

    नेपालमा धेरै पहिले देखि नै विभिन्न चाडपर्वहरु मनाउँदै आइएको छ। दशैँ, तिहार, तीज, छठ, माघी, ल्होसार, होली , क्रिशमस, उधौँली, उभौँली, लगायतका दर्जनौँ चाडपर्व विभिन्न समयमा विभिन्न जातजाति र समुदायले मनाउने गर्दछन्। दशैँ, तिहार, तीज भने नेपालका महान् पर्व हुन। होली पर्वलाई पनि एक रमाइलो पर्वको रुपमा लिने गरिन्छ।

    होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ। त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ।यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ ।

    होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

    होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचार, समाजLeave a Comment on होली पर्वको ऐतिहासिक महत्व

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P