• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

इजरायल जान छनोट भएका युवाले पाएनन् उडान अनुमति

  • १९ फाल्गुन २०७८, बिहीबार ०९:२५ मा प्रकाशित
  • काठमाडौं, फागुन १९ । नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान अनुमतिमा ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

    उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध्ये हालसम्म एक हजार आठ युवाको दोहोरो श्रम सम्झौता सम्पन्न भएको छ । दोहोरो श्रम सम्मझौता भएका मध्ये छ सयभन्दा बढी युवा इजरायल जाने प्रतीक्षामा रहेका छन् भने करिब चार सय युवा इजरायल पुगिसकेका छन् ।

    विभागका महानिर्देशक पौडेलले इजरायलमा रोजगारका लागि छनोट भएका श्रमिकको भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसङ्ख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा प्रक्रियाको काम भइरहेको बताए । उनका अनुसार हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको छ । इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम निरन्तर भइरहेको महानिर्देशक पौडेलको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on इजरायल जान छनोट भएका युवाले पाएनन् उडान अनुमति

    रूस–युक्रेन युद्ध – रूसको विश्वकप यात्रा अनिश्चित

  • १७ फाल्गुन २०७८, मंगलवार १९:२९ मा प्रकाशित
  • रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । 
    विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो । रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

    रूसको राष्ट्रिय टिमसँगै व्यवसायिक फुटबल क्लबहरुसमेत अर्को सूचना नआएसम्मको लागि निलम्बनमा परेका छन् । फिफाको निलम्बन परेपछि परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ । यसैबीच पोल्याण्डले रूसको यूक्रेनमाथिको आक्रमणविरूद्ध यूक्रेनी पक्षसँग सदासयता देखाउँदै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ । 



    फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । 

    Copied ratopati

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on रूस–युक्रेन युद्ध – रूसको विश्वकप यात्रा अनिश्चित

    युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण

  • १६ फाल्गुन २०७८, सोमबार १२:२३ मा प्रकाशित

  • काठमाडौं, फागुन १६ । युक्रेनका विभिन्न भागमा रुससँग युद्ध चलिरहेको अवस्थामा यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ताका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलेअबको २४ घण्टा महत्त्वपूर्ण हुने आफ्नो विश्वास रहेको बताएका छन्।यूके सरकारका प्रवक्ताका अनुसार जोन्सनले रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीलेको नेतृत्वको प्रशंसा गरे।

    युक्रेनको प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता यूके र साझेदार राष्ट्रहरूबाट उसले प्राप्त गर्ने विषयमा यूकेले हरसम्भव प्रयास गर्ने जोन्सनले थपेका छन्। दुवै नेताले निरन्तर सम्पर्कमा रहने सहमति जनाएका छन्।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण

    खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग नेपालको आह्वान

  • १४ फाल्गुन २०७८, शनिबार १५:१७ मा प्रकाशित
  • परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्‍याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन्।

    संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेको उच्चस्तरीय बहसलाई शनिबार काठमाडौंबाट सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताए। निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवर्द्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्रीले जोड दिए।

    कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत गर्दै मन्त्री खड्काले ती देशहरूलाई उनीहरूको अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो र जनकेन्द्रित पुनरुत्थान योजना र स्रोतको परिचालन अत्यावश्यक भएको बताए।

    नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उनले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको बताए। खड्काले नेपाललाई खोप उपलब्ध गराउने उदार सहयोगका लागि छिमेकी र अन्य मित्रराष्ट्र, विकास साझेदार र गाभी कोभ्याक्सप्रति आभार व्यक्त गरे।

    संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गरेका थिए। कार्यक्रममा १२० भन्दा बढी देशका नेताले भाग लिएका थिए। रासस

    Copied:setopati

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग नेपालको आह्वान

    रियादमा पीडित १५ जना नेपालीलाई एनआरएनए साउदीद्वारा खाद्यान्न सामग्री प्रदान ।

  • ११ फाल्गुन २०७८, बुधबार ०१:१० मा प्रकाशित
  • २२ फेब्रुअरी २०२२, साउदी अरब! साउदी अरेबियाको रियाद क्षेत्रमा पीडित परेर खानाका लागि समेत समस्या परेका १५ जना नेपाली श्रमिकहरुलाई गैर आवासीय नेपाली संघ साउदी अरबले २ हप्तालाई पुग्ने खाद्यान्न सामाग्री उपलब्ध गराएको छ।

    बिगत पाँच महिना अगाडि विस्डम ह्युमन रिसोर्स प्रालिबाट क्यारिफोर हाइपर मार्केटका लागि भनेर झुक्याएर सप्लाइ कम्पनी अल रशिन कम्पनीमा लेराएको र नेपालमा सम्झौता गरे अनुसारको काम र तलब नपाएपछि अलपत्र परेको बताएका छन् ।

    नेपालबाट ड्राइभर भनेर लेराएको तर अहिलेसम्म कम्पनीले भनेबमोजिमको काम र तलब नदिएको पनि पीडितहरुले बताएका छन् । उनीहरु खानका लागि समेत समस्यामा भएको कुरा एनआरएनए आइसिसी २०२१-२३ कार्यकालकि महिला उपाध्यक्षकि उमेदवार यास्मिन बेगम सैयद ले थाहा पाए लगत्तै एनआरएनए साउदिका अध्यक्ष डम्बर यादवलाई जानकारी गराएपछि उहाँको पहल र अध्यक्ष यादवको सहयोगमा एनआरएनए साउदी रियादका राम बहादुर क्षेत्रीले २२ फेब्रुअरी २०२२ मंगलबारका दिन पीडितहरूको कोठामा पुगेर खाद्यान्न लगायत अति आबश्यक सामाग्री प्रदान गरेका छन् ।

    अध्यक्ष डमर यादबको जानकारी अनुसार पीडितहरूलाई २ हप्ता सम्म पुग्ने गरी चामल, दाल, तेल, मसला, फलफूल लगायतका अन्य खाद्यान्न सामग्री प्रदान गरिएको र पीडितहरुको सत्य तथ्य समस्या बुजेर समस्या समाधानमा आवश्यक सहयोग गर्ने पनि अध्यक्ष यादव तथा उपाध्यक्ष क्षेत्रीले जनाएका छन् । 


    आफ्नो समस्या बारे साउदी स्थित नेपाली राजदूतावास रियाद,श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभाग लगायतक अन्य मिडियामा आफ्नो समस्याहरु राख्दै उद्दारका लागी अनुरोध गरिएतापनी अहिलेसम्म कुनै सुनवाइ नभएको पीडितहरुले जानकारी गरेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on रियादमा पीडित १५ जना नेपालीलाई एनआरएनए साउदीद्वारा खाद्यान्न सामग्री प्रदान ।

    एनआरएनए साउदीले साउदी भरी रहेका नेपालीहरुको निशुल्क स्वास्थ्य उपचार गरिदिने

  • १० फाल्गुन २०७८, मंगलवार ०३:०२ मा प्रकाशित
  • समर्पण रम्जान

    २२ फेब्रुअरी २०२२, साउदी अरब ! विभिन्न कारणले समयमै स्वास्थ्य उपचार गर्न नसकेका साउदी अरबका सम्पुर्ण भुभागमा बस्ने नेपालीहरुको एनआरएनए साउदीले निशुल्क उपचार गराइदिने भएको छ ।

    आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै उपचार गर्न नसकेका वास्तविक पीडित पहिचान गरि सबै नेपालीहरुलाइ स्वास्थ्य उपचार गराइदिने अवगत गराएको हो ।

    एनआरएनए साउदी अरबका अध्यक्ष डम्बर यादव सित भएको कुराकानीमा उहाँले भन्नू भयो ” साउदिको केहि ठाउँमा निशुल्क स्वास्थ्य उपचार शिबिर कार्यक्रम गरिएता पनि साउदी अरब ठूलो देश भएको कारण सम्पुर्ण भागमा स्वास्थ शिबिर गरि उपचार सेवा दिन असम्भव भएपछि सबैलाई समेट्ने गरि, उपचार गर्न नसक्ने पीडितहरुलाइ मध्यनजर गर्दै यो अभियान सुरु गर्न लागेको जनाएका छन् । साथै वास्तविक पीडितहरुले कमेन्टद्वारा या म्यासेज गरेर आफ्नो समस्या राख्न सक्ने र उक्त समस्यालाई पहिचान गरि उपचार गराइदिने अध्यक्ष यादवले हिमालयन दृस्टीलाइ जानकारी दिएका छन् ।

    “एनआरएनएको सूचना जस्ताको त्यस्तै “
    “नेपालीका लागि नेपाली” भन्ने मुल नारालाइ अवलम्बन गर्दै एनआरएनए साउदीले यहाँ रहेका सम्पुर्ण नेपाली श्रमिकहरुको सहयोगको लागि निरन्तर खटिएर विभिन्न प्रकारका अनगिन्ती समस्याहरु समाधान गर्दै ठुलो योगदान दिंदै आइरहेको सर्वबिद्दितै छ ।
    यसै क्रममा साउदीमा पनिकोभिडले ग्रसित हुँदै गर्दा कम्पनीहरुले कैयौं नेपाली दाजुभाइहरुको इकमा नबनाइदिने, नविकरण नगरिदिने, मेडिकल कार्ड नबनाइदिने, तथा भागेर काम गर्दा हुरुप लगाइदिने हुँदा पछिल्लो समयमा धेरै नेपालीहरुले बिदेशी भुमिमा चाहेर पनि आफ्नो स्वास्थ्यको उपचार गर्न नसकिरहेको अबस्थामा एनआरएनए साउदीले, साउदीको विभिन्न क्षेत्रहरूमा निशुल्क स्वास्थ्य उपचार दिदैं आइरहेको छ ।
    तर साउदी अरबका सबै भु-भागमा कार्यक्रम गरेर सेवा दिनलाइ असम्भव रहेको र साउदिको दुर-दराज अनि कुना काप्चामा रहेर वास्तविक बिरामी परि उपचार गराउन असमर्थ भएका पीडित श्रमिक नेपालीहरुलाइ मध्यनजर गर्दै उहाँहरुको निशुल्क उपचार गराउनमा सहयोग गर्ने कुरा एनआरएनए साउदी अरब सबैमा अवगत गराउन चाहन्छौं ।
    यदि तपाईंको स्वास्थ स्थिति खराब हुँदा इकमा नभएर, मेडिकल कार्ड नभएर,हुरुप लागेर या आफ्नै कम्पनीले पनि उपचार नगराइदिएर पीडित त हुनु भएको छैन ? यदि तपाईं सान्चैनै वास्तविक पीडित हुनुहुन्छ भने हामिलाइ इन्बक्समा म्यासेज गर्नुहोस् । कमेन्ट गर्नुहोस् । हामी तपाईंको उपचारका लागि सक्दो सहयोग गर्ने छौं ।”

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदीले साउदी भरी रहेका नेपालीहरुको निशुल्क स्वास्थ्य उपचार गरिदिने

    साउदी अरबमा एक वर्षमा २२४ नेपाली श्रमिकले ज्यान गुमाए

  • ९ फाल्गुन २०७८, सोमबार ०१:०४ मा प्रकाशित
  • साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन्। सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ। ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ।

    दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ। विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा ‘फलोअप’ भइरहेको छ। अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ। २४ वटा मुद्दाको फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृतक श्रमिक हकवालाको नाममा पठाइएको छ।
    ३४ महिलाको उद्धार
    यसैबीच पछिल्लो एक वर्षमा ३४ जना नेपाली महिलाको उद्धार गरिएको छ। साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार पछिल्लो एक वर्षमा दूतावासले ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाइएको हो। समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार ती महिलालाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरिएको हो ।

    यस्तै दूतावासले साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बस्दै आएका ह्विलचियर प्रयोगकर्ता वेदबहादुर भुजेलले अस्पताललाई तिर्नुपर्ने आठ लाख २३ हजार साउदी रियाल अर्थात् करिब अढाई करोड रुपियाँ अस्पतालबाट मिनाहा गराएको जनाएको छ। उनलाई अस्पतालमा तिर्नुपर्ने रकम मिनाहा गराई नेपाल पठाइएको छ। भुजेलले अस्पतालमा रकम तिर्न नसक्दा स्वदेश फर्कन पाएका थिएनन्।गाेरखापत्रबाट

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरबमा एक वर्षमा २२४ नेपाली श्रमिकले ज्यान गुमाए

    साउदी अरबमा ह्वाट्स एप प्रयोगकर्ताले लभ इमोजी प्रयोग गरे जेल सजायसम्म हुन हुन्छ।

  • ७ फाल्गुन २०७८, शनिबार १८:३७ मा प्रकाशित
  • सामाजिक सञ्जालका विभिन्न एपमा विभिन्न इमोजी छन्। तीमध्ये ‘लभ साइन’ पनि एक हो। साउदी अरबमा भने ह्वाट्स एप प्रयोगकर्ताले लभ इमोजी प्रयोग गरे जेल समयसम्म हुन हुन्छ।

    साउदी अरबका साइबर अपराधका एक विज्ञले ह्वाट्स एपमा लभ इमोजी पठाउने जो कोहीलाई जेल सजाय हुन सक्ने बताएका छन्। लभ साइन वाला इमोजी पठाउँदा साइबर अपराध हुन सक्ने भन्दै यदि पठाउने व्यक्ति दोषी पाइएमा उसलाई दुईदेखि पाँच वर्षसम्मको जेल सजाय र १ लाख रियाल जरिवाना पनि हुनसक्ने​ओकाज अखबारलाई उद्धृत गर्दै गल्फ न्यूजले जनाएको छ।

    एण्टी फ्रण्ड एसोसियशनका सदस्य अल मोटाज कुल्बीले कुनै कुनै साइनले ह्यारेसमेन्टलाई बढुवा दिन सक्ने भएकाले ह्वाट्स एप चलाउँदा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। उनले सहमतिबिना कुनै पनि प्रयोगकर्तासँग यस्ता खालको इमोजी प्रयोग गर्दा असहज हुन सक्नेप्रति पनि सचेत गराएका छन्।

    ‘उक्त इमोजी उत्पीडनको संकेत हो‚’ उनले भनेका छन्‚ ‘अनलाइन कुराकानीको क्रममा यदि उक्त इमोजीले कसैले असर पर्छ र मुद्दा दायर भएको खण्डमा उत्पीडनको अपराधमा परिणत हुन सक्छ।’

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा ह्वाट्स एप प्रयोगकर्ताले लभ इमोजी प्रयोग गरे जेल सजायसम्म हुन हुन्छ।

    साउदीका कुनैपनी घर जग्गाहरुमा टाँसिएका साउदी जनगणना स्टिकरहरू नहटाउन आग्रह ।

  • ७ फाल्गुन २०७८, शनिबार ०३:३६ मा प्रकाशित
  • फेब्रुअरी १८, २०२२, साउदी अरब ! – तथ्याङ्कका लागि सामान्य प्राधिकरण (GASTAT) ले बिहीबार देशमा घर जग्गा एकाइहरूमा जनगणना स्टिकरहरू राख्नुको महत्त्वलाई व्याख्या गर्दै कुनैपनी घर जग्गामा टासिएका स्टिकर नहटाउन अनुरोध गरेको छ।

    GASTAT ले एक विज्ञप्ति जारी गरी घर जग्गा इकाईको प्रवेशद्वारमा लगाइएको जनगणना स्टिकर नहटाउन सबैलाई आह्वान गरेको छ। स्टिकरमा रहेको QR कोडले साउदी जनगणना २०२२ को समयमा परिवारको प्रमुखको पहिचानसँग आवास एकाइ डेटा लिङ्क गर्नेछ।

    अख्तियारले जनगणना स्टिकरको महत्त्वलाई जोड दिदैं जुन ठेगानाको चरण अद्यावधिक गर्न आवश्यक छ, त्यसैले स्व-गणना मार्फत जनगणनामा भाग लिनु महत्त्वपूर्ण आवश्यकता रहेको उक्त बिग्यप्तिमा जनाएको छ ।

    बिग्यप्तिमा जनाए अनुसार , GASTAT ले जनगणना स्टिकरमा सबैभन्दा महत्त्वपूर्ण विवरणहरु भवन नम्बर, घरको मुख्य र सहायक प्रवेशद्वारहरूको विवरण, घर जग्गा एकाइहरूको संख्या, द्रुत प्रतिक्रिया कोड (QR कोड) को बृस्तित रुपमा स्पष्ट गरेको छ।

    GASTAT ले पहिले नै घोषणा गर्दै “साउदी जनगणना २०२२” को कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ, जुन साउदी अरेबियाको भिजन २०३० को एक आवश्यक स्तम्भ हो।
    साउदी जनगणना २०२२ राज्यको इतिहासमा पाँचौं जनगणना रहेको जनाएको छ । साउदिमा पछिल्लो सामान्य जनगणना २०१० मा आयोजित गरिएको थियो, जब यहाँको मानिसहरुको जनसंख्या २,७१,३६,९७७ थियो।
    प्राधिकरणले यो पाइलट प्रोजेक्टको क्रममा कागजी फारमहरूको प्रयोगलाई ट्याब्लेटले प्रतिस्थापन गरेको हुनाले त्यसको प्रयोग बन्द गरिएको छ । जसलाई सही नतिजा प्राप्त गर्न डाटा सङ्कलन गर्न ट्याब्लेटको प्रयोग गरेको छ।
    यस डाटालाई त्यसपछि सिकेका पाठहरू निकाल्न र तान्न, प्राविधिक प्रणालीहरूको मूल्याङ्कन गर्न र विकास परियोजनाहरूको योजना बनाउन प्रयोग गरिनेछ।

    समाचार श्रोत :- साउदी ग्याजेट रिपोर्ट

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on साउदीका कुनैपनी घर जग्गाहरुमा टाँसिएका साउदी जनगणना स्टिकरहरू नहटाउन आग्रह ।

    दुबईमा नेपाली नर्सको दुर्घटनामा मृत्यु

  • ४ फाल्गुन २०७८, बुधबार ००:३७ मा प्रकाशित
  • यूएई : यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो।

    बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको जनाईएको छ। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ।

    दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on दुबईमा नेपाली नर्सको दुर्घटनामा मृत्यु

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P