काठमाडौँ । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई उडान अनुमति दिएको छ।
साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले निगमलाई आइतबार उडानको अनुमति दिएको हो।
जेएसिएबाट प्राप्त अनुमतिअनुसार निगमले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।
तर नेपाल वायु सेवा निगमले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ भने हाललाई अन्य क्षेत्र दमाम जेदद्दा लागायत का सहरमा सेड्युल नबानाइयको र आउँदा दिनहरुमा उडान भर्ने योजना भने रहेको जनाएको छ।
यसअघि निगमले साउदीमा चार्टर उडानबाट आंशिक सेवा दिँदै आइरहेको थियो।
उडान अनुमति लिन निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित अन्य कर्मचारी साउदी गएका थिए।
यो सँगै साउदी अरेबिया-काठमाडौंका रुटमा एकलौटी राज गर्दै आइरहेको हिमालय एयरलाईन्सको एकाधिकार भने खोसिने भएको छ।
इन्डियन प्रिमियर लिग २०२२ को खेल तालिका सार्वजनिक भएको छ । बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाको उद्घाटन खेलमा मार्च २६ तारिखमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ ।आइपीएलको लिगको अन्तिम खेल २२ मेमा मुम्बईमा हुनेछ । जसमा हैदरावाद र पन्जाब भिड्नेछन्
६ मार्च २०२२, साउदी अरब !! साउदी अरबको सरकारले अब साउदी अरबमा प्रवेश गर्दा अब पिसिआर परिक्षण तथा र्यापिड एन्टिजेन परिक्षण रिपोर्ट साथमा लेराउन नपर्ने र क्वारेन्टाइन पनि बस्न नपर्ने बताएको छ ।
सामान्य उड्डयन सहित साउदी अरेबियाको एयरपोर्टहरूमा सञ्चालित सबै एयरलाइन्सहरूलाई पत्रचार गर्दै यो सूचना जारी गरेको छ ।
सूचनामा उल्लेख गरिएको कुरा जस्ताको त्यस्तै :- “विषय: निलम्बित देशहरूबाट राज्यमा प्रत्यक्ष आगमनको निलम्बन हटाउने र कोभिड-१९ सन्दर्भको लागि सावधानीका उपायहरू रद्द गर्ने सम्बन्धमा :
नागरिक उड्डयन कानूनको धारा 23।
GACA सर्कुलर नम्बर (5/27682) मिति 08-12-2021।
GACA सर्कुलर नम्बर (5/31041) मिति 26-12-2021।
GACA सर्कुलर नम्बर (5/37061) मिति 03-02-2022।
निर्देशनहरू: निम्न देशहरू (दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, मौरिसस, जाम्बिया, माडागास्कर, अंगोला, सेशेल्स, कोमोरोस, नाइजेरिया, सेसेल्स, इथोपिया, र अफगानिस्तान बाट राज्यमा आउने र प्रस्थान गर्ने सबै उडानहरूको निलम्बन हटाउने।)
• राज्यमा आउनु अघि पीसीआर परीक्षण वा कोरोना भाइरसको लागि द्रुत एन्टिजेन परीक्षणको लागि नेगेटिभ नतिजा बुझाउनु आवश्यक छैन। राज्यमा आउने यात्रुहरूलाई संस्थागत क्वारेन्टाइन र होम क्वारेन्टाइन अब आवश्यक छैन। भिजिट भिसा धारकहरूले राज्यमा रहँदा कोरोनाभाइरस (कोविड-19) संक्रमण उपचारको लागतहरू कभर गर्न बीमा गर्नु आवश्यक छ। • एयरलाइन्सले राज्यमा आउने यात्रुहरूलाई संस्थागत क्वारेन्टाइन प्याकेज शुल्क फिर्ता गर्नुपर्छ। • यो परिपत्र यसको मिति देखि प्रभावकारी छ। • GACA द्वारा जारी सर्कुलरहरूको पालना गर्न असफल भएमा सरकारी आदेशहरूको उल्लङ्घन गर्नेहरूलाई जिम्मेवार हुनेछन् ।”
यसको साथसाथै खुल्ला क्षेत्रहरूमा मास्क अनिवार्य लगाउनु पर्ने नियम पनि हटाइएको छ भने घरभित्र बन्द क्षेत्रहरूमा मास्क लगाउनु पर्ने छ ।
साउदी अरब सरकारले ५ मार्च २०२२ देखि सार्वजनिक खुलाठाउँहरुमा मास्कको अनिवार्यता हटाएको छ। तथापि, तिनीहरू बन्द ठाउँहरूमा भने लगाउन आवश्यक हुनेछ।
साथै अब उप्रान्त साउदी अरब भित्र प्रवेश गर्ने यात्रुहरुलाई पि.सि.आर. टेस्टको रिपोर्ट देखाउन पनि आवश्यक नरहेको तर खोपभने पुर्नरुपमा लगायको हुनुपर्ने छ।
यहाँको आन्तरिक मन्त्रालयको आधिकारिक स्रोतले जनाएअनुसार सरकारद्वारा गरिएका कोरोना भाइरस सम्बन्धि रोकथाम सम्बन्धित सबै प्रयास लगायत खोप प्रतिरोधात्मक क्षमताको उच्च दरका कारण यो निर्णय गरिएको जनाएको छ।
५ मार्च २०२२, साउदी अरब! पछिल्लो समयमा साउदी अरबमा कम्पनी छोडेर भागेर काम गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको र विभिन्न समस्यामा परि पीडितहरुको संख्या वृद्धि भएपछि एनआरएनए साउदीले कम्पनी छोडेर काम नगर्न साउदीमा रहेका सम्पुर्ण नेपालीहरुलाइ अनुरोध गरेको छ । आफ्नो पेजबाट एक बिग्यप्ती जारी गर्दै साउदीमा आएपछि कम्पनीबाट या ब्यक्तिगत कुनै पनि समस्या परेमा आफ्नो संस्थालाई जानकारी गराउन अनुरोध गर्दै कुनै पनि अबस्थामा कम्पनी छोडेर भागेर काम नगर्न अनुरोध गर्दै कुनै पनि समस्या समाधानमा आफ्नो संस्थाले सकेको सहयोग गर्ने कुरा पनि एनआरएनए साउदीले जनाएको छ ।
सूचना जस्ताको त्यस्तै :- कम्पनी छोडेर काम नगर्न साउदीमा रहेका सम्पुर्ण नेपालीहरुलाइ हार्दिक अपिल ।
“कम्पनी छोडेर भागेर काम नगर्न साउदीमा रहेका सम्पुर्ण नेपालीहरुलाइ हार्दिक अपिल ।
पछिल्लो अबस्थामा वैदेशिक रोजगारीको सिलसिलामा मेनपावर र एजेन्टको झुठो आश्वासनमा परि नेपालीहरु साउदी अरबमा आउने, तर यहाँ आएपछि मेनपावर तथा एजेन्टद्वारा भनिए अनुसारका काम,तलब र अन्य सुबिधाहरु नपाउने, बिदेश आउँदा चर्को ब्याजमा रिन लिएर आएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, यदि कोइपनि नेपाल फर्किन चाहे पनि सहजै नेपाल फर्किन नसक्ने, कम्पनी मेनपावर एजेन्ट, वैदेशिक रोजगार, जतासुकै आफ्नो कुरा राखे पनि “खाए खा न खाए घिच” भने जस्तै नेपाल फर्कन नसक्ने अबस्थामा अधिकांश नेपाली हरु भागेर काम गरिरहेका सबैमाझ सर्बबिद्दितै छ । तर भाग्ने काम साउदीमा गैर कानुनी रहेको र यहाँ रहदाँ कुनैपनि ब्यक्तिगत समस्याहरु आउँदा कहिँ कतै ( चाहे कम्पनीबाट होस् यात नेपाल सरकारबाट होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कृपया कम्पनी छोडेर भागेर काम नगर्नुहुन सबैमा अनुरोध गर्दछौं । भागेर काम गर्नु बाध्यता भए पनि बिदेशको ठाउँमा त्यो गैर कानुनी बाटोलाई अबलम्बन नगरौ, जुन समस्या तपाईंमा परेको छ त्यसलाई सामाना गर्दै धैर्र गर्ने र सम्बन्धित निकायहरुमा बारम्बार पहल, अनुरोध समन्वय गर्ने गर्नु नै उचित हुनेछ । तपाईंको समस्या पक्कै पनि समाधान हुनेछ । यदि कहिँ कतै बाट समाधान हुन नसके हामिलाइ खबर गर्नु होला हामि तपाईहरुको समस्या समाधान गर्ने कोशिस गर्नेछौं ।।”
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले रुसी सेना युक्रेनको अर्को आणविक संयन्त्रको नजिक पुगेको बताएकी छन् । युक्रेनको सबैभन्दा ठूलो आणविक संयन्त्र जेपोराजियामाथि रुसले बिहीबार गरेको आक्रमणपछि लिन्डा थोमस ग्रिनफिल्डले विश्व एक विपत्तिबाट बचेको र रुसी सेना अब युक्रेनको अर्को ठूलो आणविक संयन्त्रतर्फ उन्मुख भएको चेतावनी दिएकी हुन् ।
उनले कीभबाट लगभग २०० किलोमिटर दक्षिणमा पर्ने युजोज्रिन्स्क विद्युत् केन्द्रबारे कुरा गरिरहेकी थिइन्। ग्रिनफिल्डले भनिन्, ‘खतरा कायम छ । रुसको सेनाले गरेको खतरनाक आक्रमणको अन्त्यको माग गर्न अन्तर्राष्ट्रिय समुदाय एक ठाउँमा उभिनै पर्छ।’
युक्रेनमा भएको आक्रमणपछि रूसी सेनाले चेर्नोबिल आणविक केन्द्र कब्जा गरेको छ । बिहीबार रुसी सेनाले जेपोरजियाको प्लान्टमा पनि गोलाबारी गरेको थियो ।
४ मार्च २०२२, साउदी अरब ! कपिलवस्तु घर भइ बिगत केही बर्षदेखि साउदीको दम्माम स्थित एक कम्पनीबाट भागेर अन्यत्र काम गरिरहेका र मुखको क्यान्सर हुँदा समेत नेपाल् फर्किन नसकेका गोबिन्द यादव एनआरएनए साउदीको सहयोगमा नेपाल फर्कन सफल भएका छन् ।
आफ्नो कम्पनीमा राम्रो तलब नभएपछि डेढ बर्षदेखि कम्पनीबाट भागेर काम गर्दै गर्दा दुर्भाग्यवश उहाँलाई मुखको क्यान्सर हुन पुगेको र उहाँ चाहेर पनि नेपाल जान नसक्दा एनआरएनए साउदीको सहयोगमा नेपाल फर्किन सफल भएको एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले जानकारी गराएका छन् ।
कम्पनी छोडेर भागे पनी कम्पनीले उहाँलाई हुरुप (भगौडा) नलगाइकन इकमा रिनु गर्दिरहेको तर इक्जिट नलगाइदिदाँ बिचलित भएका यादवले सहयोगको लागि एनआरएनए साउदी सित अनुरोध गरेका थिए । पीडितको अनुरोध पछि एनआरएनए साउदीले आफ्नो सेल्टरमा राख्दै पीडित को उपचार तथा इक्जिट भिसाको लागि कम्पनीलाई अनुरोध गरिएता पनि यादवले कम्पनी छोडेर भागेको रिसमा कम्पनीले सहजै रुपमा इक्जिट नलगाई दिएको र एनआरएनए को पहलमा इक्जिट लागेको पनि अध्यक्ष डम्बर जि ले जानकारी गराएका छन् ।
पिडितको उपचारको लागी विभिन्न हस्पिटलमा चेक जाँचका लागि लगिएको तर उपचार सम्भव नहुनेभएपछि पीडितलाइ डाक्टरहरुले पनि यथाशीघ्र नेपाल पठाउन पर्ने नत्र अनर्थ हुन पनि सक्ने जानकारी दिएकापछि एनआरएनए साउदीको अनुरोधमा नेपाली दूतावास पुर्वी क्षेत्रका प्रतिनिधि नारायण पास्वानले कम्पनी सित बारम्बार समन्वय गरि अधिक अनुरोध गरेपछी मात्रै कम्पनीले पीडितको इक्जिट भिसा लगाइदिएको र एकतर्फी टिकट पनि दिएपछि २० दिन एनआरएनए सेल्टरको बसाइँ पछी यादव गोबिन्द २ मार्च नेपाल् फर्केका छन् ।
मेनपावर तथा एजेन्टद्वारा भनिए अनुसारका काम,तलब र अन्य सुबिधाहरु नपाउने, धेरै तलबको प्रलोभनमा पर्ने कारण नेपालीहरु भाग्ने काम गरेता पनि यो काम साउदीमा गैर कानुनी रहेको र यहाँ रहदाँ कुनैपनि ब्यक्तिगत समस्याहरु आउँदा कहिँ कतै ( चाहे कम्पनी होस् यात नेपाल सरकार होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कम्पनी छोडेर भाग्नी काम नगर्नुहुन र आफ्नो समस्या संबंधित निकाय तथा आफ्नो संस्थालाई जानकारी गराउन पनि एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले सबैमा अनुरोध गरेका छन् ।
४ मार्च २०२२, साउदी अरब ! तनहुँ जिल्ला म्याग्दि गाउँपालिका घर भएर बिगत केहि बर्षदेखि अल कासिम स्थित अल वतानिया कम्पनीमा कार्यरत रहेका र गत २३ डिसेम्बर २०२१ बिहीबारका दिन अकस्मात मृत्यु भएका रबिन्द्र थापाको शव एनआरएनए आरसिसि कासिमको समन्वय र नेपाली राजदूतावास रियादको अमुल्य सहयोगमा करिब दुई महिनामा नेपाल पुगेको छ ।
एनआरएनए आरसिसि अल कासिमका सचीव ध्रुब कटुवालका अनुसार मृतक थापा केही समय देखि टन्सीलबाट पीडित रहदैं आएका र पछिल्लो समय अलि धेरै बिरामी भएपछी यथासिघ्र एक्जीट गएर नेपालमै उपचार गराउने भनेर इक्जिट जाने सम्पुर्ण प्रक्रिया पुरा भइसकेको तर बिडम्बना नेपाल जानू पुर्वनै उहाँको अचानक मृत्यु भएको थियो ।
करिब दिनको ११:३० बजे साथीले खाना खानको लागि रूममा बोलाउन जाँदा बेहोस जस्तो देखिएपछी कम्पनीकै मेडिकल डक्टरको टिमले चेक गर्दा थापाको मृत्यु भइसकेको जानकारी पाएलगत्तै एनआरएनए अल कासिमका सचीव ध्रुब कटुवालले नेपाली राजदुतावास रियादमा जानकारी गराएका थिए । मृतक शरिरलाई छिटो भन्दा छिटो नेपाल पठाउन आफ्नो टिम एनआरएनए अल कासिम तथा दूतावास नेपाली रियादको अमुल्य सहयोगमा मृतक रबिन्द्र थापाको शव हिजो बिहिबार ३ मार्च २०२२ का दिन नेपाल पुगि अन्तिम संस्कार गर्न सफल भएको कुरा सचीव कटुवाल जानकारी गराए ।
यस कार्यमा अमुल्य सहयोग गर्नु हुने नेपाली राजदुतावास रियादका प्रथम सचिब, श्री ऋषिराज आचार्य, एनआरएनए अल-कासिमका अध्यक्ष रम्जान दिन मियाँ, एनआरएनए, एनसिसी साउदीका निबर्तमान उपाध्यक्ष तथा आर सि सी अल कासिमका संरक्षक विशाल कुमार श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष कृष्ण अधिकारी, सह-कोशाअध्यक्ष वीर बाहादुर तामाङ पन्जिकृत सदस्य दुर्गा कुवर, पन्जिकृत सदस्य रेशाम लिम्बु, पन्जिकृत सदस्य बिष्णु श्रेष्ठ, आरसिसी अल कासिम टिम, तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई एनआरएनए आरसिसी अल कासिमले हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ ।
एएफपी, १९ फागु्न । फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ ।“रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,“ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ । मन्त्रालयले फ्रान्सेली नागरिकहरुलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।
त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रसियामा रहन बिल्कुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भन्नु भएको छ । फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको थियो । तर रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।
आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । रासस
रूसले छिमेकी युक्रेनमा आक्रमण गरेको बिहीबार आठौं दिन हो।
आठौं दिनमा आइपुग्दा रूसी सैनिकहरूले पूर्वी युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा लिएका छन्। युक्रेनको राजधानी किएभ कब्जा गर्ने उनीहरूको प्रयास जारी छ। नागरिकस्तरबाट रूसी आक्रमणको प्रतिरोध भइरहेकाले किएभको बाहिर पुगेको तीन दिन भइसक्दा पनि रूसी सैनिकले सहर कब्जा गर्न सकेका छैनन्।
रूसले अहिलेसम्म नागरिकलाई लक्षित गरी आक्रमण नगरेको बताएको छ तर रूसी आक्रमणमा आमयुक्रेनीले पनि ज्यान गुमाएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार बुधबारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु भएको छ भने ५२५ जना घाइते भएका छन्। यसमा केही बालबालिका पनि परेका छन्। यो अनुमानित आँकडा हो।
यसअघि युक्रेनी सरकारले २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको हुन सक्ने बताएको छ। युद्धका बेला ज्यान गुमाउनेको संख्या एकीन गर्न निकै गाह्रो हुन्छ। युद्धरत पक्षले आफूलाई फाइदा पुग्नेगरी क्षतिको विवरण भन्ने भएकाले स्वतन्त्र पुष्टी गर्न कठिन हुने हो।
सैनिकतर्फको क्षतिमा पनि युक्रेन र रूसले फरक-फरक आँकडा सार्वजनिक गरेका छन्। युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको दाबी गरेको छ। बुधबार पहिलो पटक युक्रेन युद्धमा ज्यान गुमाउनेको संख्या सार्वजनिक गर्दै रूसले आफ्ना ४९८ सैनिक मारिएको र १५९७ भन्दा बढी घाइते भएको जनाएको छ।
युक्रेनतर्फ २८७० सैनिक मारिएको, ३७०० घाइते भएको र ५७२ लाई रूसी सेनाले नियन्त्रणमा लिएको मस्कोको दाबी छ।
रूसी सैनिकको मृत्युबारे मस्कोकै दाबीलाई सत्य मान्ने हो भने पनि दुई दशकमा यो रूसी सेनाले भोगेको ठूलो क्षति हो।
द न्युयोर्क टाइम्सका अनुसार सन् १९९९ को चेचन्या युद्धपछि एकै सैनिक अप्रेशनमा यति धेरै रूसी सैनिक मारिएका थिएनन्।