
समर्पण रम्जान
४ मार्च २०२२, साउदी अरब ! कपिलवस्तु घर भइ बिगत केही बर्षदेखि साउदीको दम्माम स्थित एक कम्पनीबाट भागेर अन्यत्र काम गरिरहेका र मुखको क्यान्सर हुँदा समेत नेपाल् फर्किन नसकेका गोबिन्द यादव एनआरएनए साउदीको सहयोगमा नेपाल फर्कन सफल भएका छन् ।
आफ्नो कम्पनीमा राम्रो तलब नभएपछि डेढ बर्षदेखि कम्पनीबाट भागेर काम गर्दै गर्दा दुर्भाग्यवश उहाँलाई मुखको क्यान्सर हुन पुगेको र उहाँ चाहेर पनि नेपाल जान नसक्दा एनआरएनए साउदीको सहयोगमा नेपाल फर्किन सफल भएको एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले जानकारी गराएका छन् ।
कम्पनी छोडेर भागे पनी कम्पनीले उहाँलाई हुरुप (भगौडा) नलगाइकन इकमा रिनु गर्दिरहेको तर इक्जिट नलगाइदिदाँ बिचलित भएका यादवले सहयोगको लागि एनआरएनए साउदी सित अनुरोध गरेका थिए ।
पीडितको अनुरोध पछि एनआरएनए साउदीले आफ्नो सेल्टरमा राख्दै पीडित को उपचार तथा इक्जिट भिसाको लागि कम्पनीलाई अनुरोध गरिएता पनि यादवले कम्पनी छोडेर भागेको रिसमा कम्पनीले सहजै रुपमा इक्जिट नलगाई दिएको र एनआरएनए को पहलमा इक्जिट लागेको पनि अध्यक्ष डम्बर जि ले जानकारी गराएका छन् ।
पिडितको उपचारको लागी विभिन्न हस्पिटलमा चेक जाँचका लागि लगिएको तर उपचार सम्भव नहुनेभएपछि पीडितलाइ डाक्टरहरुले पनि यथाशीघ्र नेपाल पठाउन पर्ने नत्र अनर्थ हुन पनि सक्ने जानकारी दिएकापछि एनआरएनए साउदीको अनुरोधमा नेपाली दूतावास पुर्वी क्षेत्रका प्रतिनिधि नारायण पास्वानले कम्पनी सित बारम्बार समन्वय गरि अधिक अनुरोध गरेपछी मात्रै कम्पनीले पीडितको इक्जिट भिसा लगाइदिएको र एकतर्फी टिकट पनि दिएपछि २० दिन एनआरएनए सेल्टरको बसाइँ पछी यादव गोबिन्द २ मार्च नेपाल् फर्केका छन् ।
मेनपावर तथा एजेन्टद्वारा भनिए अनुसारका काम,तलब र अन्य सुबिधाहरु नपाउने, धेरै तलबको प्रलोभनमा पर्ने कारण नेपालीहरु भाग्ने काम गरेता पनि यो काम साउदीमा गैर कानुनी रहेको र यहाँ रहदाँ कुनैपनि ब्यक्तिगत समस्याहरु आउँदा कहिँ कतै ( चाहे कम्पनी होस् यात नेपाल सरकार होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कम्पनी छोडेर भाग्नी काम नगर्नुहुन र आफ्नो समस्या संबंधित निकाय तथा आफ्नो संस्थालाई जानकारी गराउन पनि एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले सबैमा अनुरोध गरेका छन् ।

