• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको तेस्रो भाग शनिबार सम्पन्न

  • २४ आश्विन २०७८, आईतवार २०:२७ मा प्रकाशित
  • काठमाडौ, २३ असोज । ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको तेस्रो भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४७ जना टुक्काकारहरूले सहभागिता जनाउनुभएको थियो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथक एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    उक्त व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको संयोजकमा समाजका सक्रिय टुक्काकार वसन्त अनुभव रहनुभएको छ । अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का सञ्चालकका तर्फबाट राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । उहाँका अनुसार उक्त अभ्यास शृङ्खला साप्ताहिक रूपमा सञ्चालन गरिने छ ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको तेस्रो भागको अभ्यास लागि समाजकी सचिव एवं वरिष्ठ टुक्काकार विमुन्स पौडेलले हुलाक दिवसका सन्दर्भमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियो ।

    विमुन्स पौडेल

    अभ्यासका लागि राखिएको टुक्का

    के खसाल्यो बाकसभित्र झिल्के मोरोले
    गोप्य पत्र खोल्यो झ्याप्पै मेरो छोरोले
    ।

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १
    लोग्ने विदेश काखमा छोरो झिल्केसँग लाग्दा,
    वित्यास पार्यो बुढेसकालमा जवानी जाग्दा ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ ।

    २
    उमेर भर्खर नौ,दश भयो छोरो झिल्केको,
    हातमा कागज बोकेर कता होला मिल्केको।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती,३काभ्रे

    ३
    घरमा आफ्नाे हुँदाहुँदै बाहिर खाेज्नुपर्ने,
    गतिछाडा मनुष्यलाई कस्ले अब के गर्ने ?
    ✍️ ताराप्रसाद चापागाईं, धुनिबेशी

    ४
    आमाको नाममा आएको पत्र छोरोले खोलेछ,
    परदेशी बुवाको पत्र हो आमालाई पोलेछ।
    ✍️ म्यामराज राई, भोजपुर हाल जापान

    ५
    नलेख्न भनेको झिल्केलाई पटक्कै लेख्न छाडेन प्रेमपत्र!
    बाउ छोराले उठिबास लगाए भने फेरि पर्छु अलपत्र!
    ✍️प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ६
    चिठ्ठी पत्र बोकेर आयो हुलाकी,
    बिहे गर्छु भन्नेले कत्ति झुलाकी।
    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    ७
    हुलाक आफै खबर बनेको छ,हराएर,
    उल्टै उसलाई खोज्नुपर्छ,आज कराएर।
    ✍️चिरञ्जीवी ढकाल
    ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके

    ८
    मेरो लागि प्रेमपत्र हुनसक्छ सासुआमा,
    बाकसमा नयाँ कपडा अनि चिटिक्क जामा।
    ✍️कल्पना थामी
    सिन्धुपाल्चोक

    ९
    कलियुगमा छोरीभन्दा आमा दामी हुनेरैछन् ,
    लगाएका लुगाहरुले घुँडा मात्रै छुनेरैछन् ।
    ✍️गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    १०
    कस्तो तीर चलायो नजरले मुटुको भित्ता भित्तामा पोल्दैछ,
    आवरण भित्रको पर्दा खुलेर जाँदा नौटंकी आफै खोल्दैछ।
    ✍️ शरद प्रधानाङ्ग
    विराटनगर-७

    ११
    आफ्नै दिलको मान्छेलाई गोप्य पत्र लेखेको
    पठाएको प्रेम उसकै बुढीले झ्याप्पै देखेको
    ✍️ तारा घिमिरे संखुवासभा

    १२
    श्रीराम बनेर ति आज गोप्य चिट्ठी खसाले
    पतिले परदेशदेखि नै दिलमा बसाले ।
    ✍️इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    १३
    हुलाकीको फुरफुर गर्ने त्यो जमाना गयो,
    इन्टरनेट आजको संचार माध्यम भयो।
    ✍️बिके मुखिया
    दार्जीलिङ,भारत।

    १४
    चिठ्ठी खोली हेर्दा मेरो भाग्य खुली गयो,
    मन्त्री बन्ने सपना त्यो बल्ल पूरा भयो।
    ✍️घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    १५
    उनकाे मेराे मन मिल्याे , हुन्थ्याे है भेट लुकिचाेरी ,
    एक दिन भेटे उनका बाउले बाँधिदिए डाेरी ।
    ✍️प्रद्युम्न चालिसे, भक्तपुर

    १६
    इन्टरनेटको जमानामा कहाँबाट आयो पत्र?
    सित्तैमा भेटे कलियुगीले खाने रैछ अलकत्र।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    १७
    छोडेर गयो हुलाकी दाइले दुई पत्रे कागज खामको,
    आएको रहेछ मेरै घरबाट चिट्ठी परदेशी नामको।
    ✍️बादल गुरुङ वियोगी
    संखुवासभा, हाल काठमाडौं

    १८
    ओहो ! छोरो मोरोले के हरि बिजोक बनायो
    पत्रभित्र पक्कै धक्का दिने चीज पो जनायो ।
    ✍️ इश्वरी अधिकारी, लमजुङ

    १९
    ओझेल भए चिठीपत्र आधुनिकताको छाया,
    भङ्गालिएको छ विश्वास अलपत्र भए माया।
    ✍️बी.कुलुङ, दार्जिलिङ

    २०
    अब पत्र लेख्न बानी हरायो
    मोबाइलले यो सबै गरायो ।
    ✍️ नीमा छिरिङ्ग भोटिया
    जलढक्का/ कालेबुङ

    २१
    खुसी र हर्ष चिठ्ठीमा पठाए लेखेर ,
    आम्मै ऊ त मुर्छा परेछ फोटो देखेर ।
    ✍️कान्छी बिनिता विश्वकर्मा
    बुढिगंगा नगरपालिका ९बाजुरा

    २२
    खतम भयो बर्बाद भयो लौन पेटै पोल्यो
    बाउको नामको प्रेमपत्र छोराले पो खोल्यो !
    ✍️मन्दिरा सेढाई
    मलेखु, धादिङ

    २३
    जाम छन् हुलाक ईन्टरनेटले बुझाएन तिम्रो सुर,
    दिलको पत्र सिधै हातमा थमाइपाऊँन ए हजुर !
    ✍️धनु शर्मा, पाेखरा

    २४
    घाँटी हेरेर हाड निल भन्छे, हैन! दशैमा हड्डि खानु की मासु?
    सितनसम्म खान नदिने तिम्री छोरी अब फिर्ता लैजाउ सासू।
    ✍️अबजस चन्द्र, झापा

    २५
    चिठी थियोे मायालुकाे भाषा थियाे आसकाे ,
    छाेराे आयाे खाेलिदियाे सङ्कट् पर्याे बासकाे ।
    ✍️ रामकृष्ण दवाडी, पोखरा

    २६
    लभलेटर बक्समा खसालेथेँ च्यान्टी मोरीलाई,
    झुक्किएर पर्न गएछ लौन नी तिम्रो छोरीलाई।

    ✍️लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    २७
    त्यो प्रेमपत्र बुबाको थियो,
    आम्मै छोरालाई कस्ले दियो?
    ✍️जगत थापा बझाङ्ग

    २८
    आफ्नैहरू बिच दोहोरो चरित्र,
    बुढेसकालमा बाहिर न भित्र।

    ✍️ गृष्मा पौड्याल
    टोकियो जापान ।

    २९
    रगतले पत्र लेख्दा हात काटेर पनि दुखेन,
    पठाएँ मेरो प्यार हुलाकमार्फत अझैँ पुगेन।
    ✍️ लक्ष्मण समिर, भुरिगाउँ बर्दिया।
    हाल: काठमाडौं।

    ३०
    दिल भित्रको राजालाई चिट्ठी लेखि हुलाकमा पठायोको थिइ जोइले ,
    बिचैमा हुलाकको डाकबाट बक्स खोलेर पत्र हेर्यो अर्कैको पोइले ।
    ✍️ बेदु न्यौपाने, काठमाडौ

    ३१
    कस्तो पत्र रहेछ हुलाकीलाई नदिइ राख्यौ बाकसमा,
    सुटुक्क पढ्दा छाेराले डरायौं त्यतिविधि करुण रसमा ।
    ✍️रिना योल्मो, दार्जीलिङ

    ३२
    मनै नहुँदा नहुँदै पनि मलाई पठाएर पेमपत्र,
    निष्ठुरी मान्छे रहेछ बैमानी लगेर पार्याे नि अलपत्र।
    ✍️सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    ३३
    चिठ्ठी आएको देख्दा लागेको थियो उमङ्ग,
    पढ्दा छोरोले लाजले भए मत झसङ्ग ।
    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    ३४
    बुढेसकालमा प्रेम बस्यो गोप्य पत्र लेखे,
    गोप्य पत्र लुकाउदा बाउ छोराले नै देखे।
    ✍️ दुर्गा आचार्य, मोरङ

    ३५
    राम्री देखायो नजर बसायो लेपले
    वृद्धवृद्धा नै तरुनो बनायो एपले ।
    ✍️रिजाल विनोद
    मोरङ

    ३६
    प्रेमपत्र लेख्याथ्यो बुढेसकालमा,
    पक्राउ पर्यो त्यै पनि पर्यो जालमा ।
    ✍️विवश पारदर्शी
    झापा भद्रपुर -२

    ३७
    पहिलो त छोरोले पत्र पढेर निकै हसायो,
    तिम्रो याद गाढा बनेर आयो नयन रसायो ।
    ✍️ नीमा छिरिङ्ग भोटिया
    जलढक्का /कालेबुङ

    ३८
    दिलभित्रको राजालाई पत्र लेखेको
    लुकाएर पठाउँदा छोराले देखेको ।
    ✍️ दुर्गा भट्टराई, मोरङ

    ३९
    बुढेसकालमा फोन मेसेज पराइसँग सत्र,
    खुच्चिङ्ग पर्यो पाप करायो छोरोको हातमा पत्र ।
    ✍️ मिसु श्रेष्ठ
    काँडाघारी , काठमाडौं

    ४०
    जाल,झेल,छल, कपट गर्नेको कमि छैन हेर्नुस् प्रिय जन,
    गरेर खाएको पनि डाहा ईर्ष्या गर्दछन् बुझ्नुस् सम्पुर्ण मन ।।
    ✍️रिता खराल,रुपन्देही

    ४१
    पत्र लेखी बहिनीले दाजुको हात पर्यो,
    हाम्रो अनौठो पिरतीले लौन यो के गर्यो ।
    ✍️ अनिल खग्रास, पर्वत

    ४२
    पसिना बगेको छ त्यो अजनबी सहरमा,
    बाध्य उहीँ परिस्थिति उहीँ डुल्ने रहरमा ।
    ✍️ नवीन जोशी, कैलाली

    ४३
    मैले चिठी पठाएकी बाटैमा खै कता हरायाे?
    माेबाइल , कम्प्युटरले हातमै भेट गरायाे ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    दमक, झापा

    ४४
    पत्र खसाल्ने झिल्के साच्चै रहेछ हरामी
    छोरा अघि पत्र फाली गरेछ बदनामी ।
    ✍️ पुष्पासायरा, बिराटनगर ।

    ४५
    खामभित्रको चिट्ठी मेरै थियो होला भन्ने,
    मेरो नि सोच मात्रै रह्यो म उसको बन्ने ।
    ✍️अभागी सिन्धुली

    ४६
    हिजो चिठी पठाउने हुलाक थियो समाधान,
    आज इमेलले गर्यो त्यसलाई नै व्यवधान ।
    ✍️भगवती दवाडी, झापा

    ४७
    लेख्याथिएँ गोप्य कुरा हामी प्रेम गरौँ भनी
    थाहाभयो लौरो खाइयो ढाडमा गनि गनि ।
    ✍️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    :::::: जय टुक्का साहित्य :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको तेस्रो भाग शनिबार सम्पन्न

    साप्ताहिक उदक लेखन अभ्यासको शृङ्खलाको २१औं भाग सम्पन्न, ७१ जना उदक स्रष्टाहरूको सहभागिता

  • २३ आश्विन २०७८, शनिबार २०:२५ मा प्रकाशित
  • काठमाडौ, २३ असोज । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २१ औं भाग शनिबार सम्पन्न भएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    उदक स्रष्टाहरूद्वारा सृजित उदकहरू

    १
    जमिन
    गुल्झार फँटुवा
    तराई पहार हिमाल !
    ✍️ सागर कुस्मी, कैलाली
    २
    टाकुरा
    श्वेत शैल
    गर्वानुभूति शान्त हिमाल !
    ✍️ राेशन पराजुली, धरान
    ३
    हिमाल
    विश्वकाे माथ
    नेपाली माटाेकाे गौरव
    ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    ४
    हिमशृङ्खला
    प्राकृतिक उपहार
    सौन्दर्यले भरीपूर्ण दृश्य !
    ✍️ रमा पन्त, पाल्पा
    ५
    हिमाल
    सुन्दर जङ्गल
    बिच बस्ती अटल !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन-६, संखुवासभा, हाल: मलेसिया

    ६
    शरद
    खुलेको मौसम
    नेपाली जनहरूमा रमझम !
    ✍️ घनश्याम पौडेल, पोखरा
    ७
    रमणिय
    मेरो शहर
    माईती देश नेपाल !
    ✍️ गृष्मा पौड्याल, टोकियो, जापान
    ८
    हिमाल
    मातृ वात्सल्य
    स्वर्गीय भूमि नेपाल !
    ✍️ शिव खनाल जीवम, रुपन्देही
    ९
    हरियाली
    वन पाखा
    चाँदनी हिमालको छाया !
    ✍️ बादल गुरुङ वियोगी
    संखुवासभा, हाल: काठमाडौँ

    १०
    पर्वतराज
    डाँडामाथि हाँसेका
    हामी हेर्दै नाचेका !
    ✍️ दुर्गा अधिकारी, काठमाडौँ
    ११
    आहा
    सुन्दर हिमाल
    अनुपम स्वर्ग नेपाल !
    ✍️ वसन्त अनुभव, घोराही-१४, दाङ
    १२
    हिमाल
    हरिया पहाड
    नेपालकोे भौगोलिक परिवेश !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    १३
    शरद
    खुल्ला आकाश
    जनमानसमा सुनौलो आभास !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी
    १४
    प्रकृति
    स्वर्गीय दृश्य
    पहाडी सुन्दर वस्ती !
    ✍️ पशपती राई, खोटाङ
    १५
    पावन
    धवल हिमगिरी
    सुन्दर टलक्क टल्केको !
    ✍️ विजया घिमिरे, जनकपुर
    १६
    माछापुच्छ्रे
    सुन्दर हिमाल
    गाैरव हाम्रो नेपाल !
    ✍️ खड्गबहादुर गुरुङ, टीकापुर
    १७
    मनोरम
    प्राकृतिक छटा
    सर्वाङ्गीण बैँसमा हिमाल !
    ✍️ गोपालप्रसाद पौड्याल, विराट चोक, मोरङ
    १८
    कञ्चन
    शारदीय आकाश
    कुमारी हिमाल माछापुच्छ्रे !
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा
    १९
    स्वर्गीय
    सौन्दर्यले भरिएको
    प्रकृतिको काखमा गाउँबस्ती !
    ✍️ सरस्वती वली, बर्दिया, नेपाल
    २०
    हिमाल
    अमूल्य निधि
    हाम्रो राष्ट्रकाे गाैरव ।
    ✍️ सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नगरपालिका-९, गुल्मी

    २१
    हिमाल
    प्रकृति मोती
    जीवन जगत धर्ती !
    ✍️ घनश्याम पौडेल, कैलाली
    २२
    माछापुच्छ्रे
    स्वर्णिम परिदृश्य
    स्वर्गमा सुन्दर नेपाल !
    ✍️ कमला देवकोटा, पाल्पा
    २३
    हिमाल
    अनुपम दृष्य
    स्वर्गभूमि प्याराे नेपाल !
    ✍️ चन्द्रावती अधिकारी, कोहलपुर
    २४
    देश
    नेपाल राम्रो
    अग्लो हिमाल हाम्रो !
    ✍️ बासुदेव दनुवार, सिन्धुली
    २५
    उदक
    हिमाल
    पाखा पखेरा
    मनै लोभ्याउने प्रकृति !
    ✍️ सुशील घिमिरे, रुपन्देही
    २६
    फेवाताल
    शिरमा हिमाल
    माछापुच्छ्रे देखिन्छ कमाल !
    ✍️ नवराज भट्ट, महेन्द्रनगर
    २७
    हिमाल
    माछापुच्छ्रे सुहाउँदो
    गाैरव हाम्रो देशकाे !
    ✍️ ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौँ
    २८
    नेपाल
    सुन्दर देश
    असुर नेताले डुबान !
    ✍️ पद्युम्न चालिसे, भक्तपुर
    २९
    गाउँ
    हिमालको काखमा
    सुन्दर प्रकृतिको माझमा !
    ✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली
    ३०
    हिमाल
    गौरव नेपालको
    सुन्दर प्राकृतिक उपहार !
    ✍️ सावित्री अधिकारी, काठमाडौँ
    ३१
    नेपाल
    हिमाली देश
    पर्यटकलाई सुन्दर क्रीडाकानन !
    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
    ३२
    प्रकृति
    सेता हरिया
    मानव निर्मित घर !
    ✍️ सविता के.सी., काठमाडौँ
    ३३
    नेपाल
    विदेशी पर्यटक
    देखेर लोभिने हिमाल !
    ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
    ३४
    हिमाल
    प्राकृतिक सुन्दरता
    मनमोहक मनुष्य क्रीडास्थल !
    ✍️ रामसुन्दर थारु, कैलाली
    ३५
    हिमाल
    हाम्रो शान
    कहिल्यै नझुकेको नेपाल !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ३६
    हिमाल
    चाँदीको पर्खाल
    देशको सीमा रक्षक !
    ✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही
    ३७
    हिमाल
    सुन्दरताले भरिपूर्ण
    नेपालको गौरव शान !
    ✍️ धर्मी शाक्य, बुटवल, लुम्बिनी प्रदेश
    ३८
    आहा
    हिमाल पहाड
    सुन्दर सङ्गम स्थल !
    ✍️ नारायण कोइराला, पाल्पा
    ३९
    गाउँ
    मनाेरम प्रकृति
    काखमा हिमालय शृङ्खला !
    ✍️ श्रद्धा आचार्य, पोखरा-१६, कुरेचाैर
    ४०
    माछापुच्छ्रे
    सुन्दर हिमाल
    प्राकृतिक बरदान कमाल !
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा
    ४१
    हिमाल
    झुक्दैन कहिल्यै
    विश्वमा नेपालकाे गाैरव !
    ✍️ ईश्वर लामिछाने, धरान
    ४२
    गजुर
    नेपालको मन्दिर
    संसारकै अग्लो हजुर !
    ✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी
    ४३
    उच्च
    हिमाल प्रकृतिकाे
    देन कति कमाल !
    ✍️ तोयानाथ सुबेदी, काठमाडौँ
    ४४
    हिमशैल
    स्थिरता सहनशीलता
    निश्चल ग्रामिण तादाम्यता !
    ✍️ नीलकण्ठ अछामी, अछाम
    ४५
    कमाल
    सुन्दर बस्तिको
    नजिकै टलक्क हिमाल !
    ✍️ भाजुराम के.सी., धादिङ
    ४६
    हिमाल
    अरुणोदय नेपाल
    सुन्दर शितल विशाल !
    ✍️ चक्र आले मगर, कैलाली
    ४७
    हिमाल
    प्रकृति हराभरा
    आहा! मनमोहक दृश्य !
    ✍️ रिता खराल, रुपन्देही
    ४८
    माछापुच्छ्रे
    टल्कियो टलल
    पोखराको सौन्दर्य हेरन !
    ✍️ पुष्पा सायरा, विराटनगर
    ४९
    अलाैकिक
    पर्यटकीय भूगाेल
    शिरमा माछापुच्छ्रे हिमाल !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    ५०
    नेपाल
    उच्च हिमाल
    सुन्दर हरियाली बस्ती !
    ✍️ साहित्य सहयात्री, रुपन्देही
    ५१
    हिमाल
    शिर हाम्रो
    विश्वमा साह्रै राम्रो !
    ✍️ लक्ष्मी बस्याल, बर्दिया
    ५२
    हिमाल
    सुन्दर माछापुच्छ्रे
    रमणीय गाउँ बस्ती !
    ✍️ कविता आचार्य, कैलाली
    ५३
    माछापुच्छ्रे
    देशको शान
    सुन्दर दृश्यले भरिपूर्ण !
    ✍️ खेमराज पुरी, कैलाली
    ५४
    हिमशिखर
    नियाल्दैछ निरन्तर
    कन्दरा पाखा बस्तीहरू !
    ✍️ हृदय लेकाली, भैरहवा
    ५५
    हरियाली
    बेसीमा घरहरू
    शिरमा सुन्दर माछापुच्छ्रे !
    ✍️ आर्त अकुलीन, कैलाली
    ५६
    माछापुच्छ्रे
    मनमाेहक दृश्य
    अनुपम प्राकृतिक छटा !
    ✍️ ओमप्रकाश मदुवा, कैलाली
    ५७
    चमकदार
    हिमालको हिउँ
    सधैँभरि आँखामा सजाउ !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ
    ५८
    प्रकृति
    माछापुच्छ्रेको सौन्दर्य
    प्रिय मनमोहक नेपाल !
    ✍️ वासुदेव ज्ञवाली, पाल्पा
    ५९
    माछापुच्छ्रे
    आहा! टल्किदैँ
    ग्रामीण परिवेश झल्किँदै !
    ✍️ किशोर अनुपम, तानसेन-१, पाल्पा

    ६०
    माछापुच्छ्रे
    कास्कीको शान
    फेवाताल छ आँगन !
    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
    ६१
    भूगाेल
    मनाेरम हाम्राे
    दिव्य प्रकृति छटा !
    ✍️ खलविर नाराज, पाल्पा
    ६२
    सेताम्य
    अग्ला हिमाल
    मुस्कुराउँदै वन पाखा !
    ✍️ बलराज गिरी, कैलाली
    ६३
    भव्य
    दिव्य विशाल
    उत्तुङ्ग माछापुच्छ्रे हिमाल !
    ✍️ टीकाराम जाेशी, टीकापुर
    ६४
    माछापुच्छ्रे
    मनोरम छटा
    प्रकृतिको काखमा बस्ती !
    ✍️ रामचन्द्र ढकाल, चितवन
    ६५
    हिमाल
    मनमोहक दृश्य
    सुन्दर शान्त बस्ती !
    ✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी
    ६६
    हिमाल
    हरियाली पखेरा
    सुन्दर शान्त विशाल !
    ✍️ चक्र शाही, कैलाली
    ६७
    मुस्कुराएको
    सुन्दर हिमाल
    आहा मनोरम वनपाखा !
    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
    ६८
    माछापुच्छ्रे
    गाउँबाटै देख्दा
    रमाउन्न कसको मन ?
    ✍️ रमेश प्रभात, चितवन
    ६९
    शिखर
    हिमालको फेद
    हरियाली गाउँको दृश्य !
    ✍️ धनमाया चौधरी, कैलाली
    ७०
    माछापुच्छ्रे
    टल्क्याे टलल
    उत्तरमा झल्क्याे झलल !
    ✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ
    ७१
    हिमाल
    सुन्दर खानी
    सम्पति हाम्रो हाे !
    ✍️ रामराजा के.सी., काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन अभ्यासको शृङ्खलाको २१औं भाग सम्पन्न, ७१ जना उदक स्रष्टाहरूको सहभागिता

    साउने भेल उर्लेर आउँदा..

  • २३ आश्विन २०७८, शनिबार १९:२१ मा प्रकाशित

    साउने भेल उर्लेर आउँदा , धमिलो देखिन्छ !
    नरिसाउ सानी रिसाउँदा मुहार अमिलो देखिन्छ !!
    खुशीलाई सघैं रोकेर होइन, पोखेर देखाउनु !
    आकाशको जून तारालाई हातले, छोएर देखाउनु !!

    मुहार तिम्रो तेजिलो रहोस, चम्किलो सून झै !
    रातमा पनि चम्किलो मुहार, पूर्णको जून झैं !!
    कथामा आउनु गीतमा छाउनु, जीवनमा रमाउनु !
    सृष्टिको सुन्दर रचना लाई, आखैंमा सजाउनु !!

    खहरे जस्तो उर्लेर होइन, मूल झैं रसाउनु !
    संसारकै प्यारो बनेर तिमी, मगमग बसाउनु !!
    गर्नु त पर्छ अंध्यारो संग, जीवन भर सामना !
    सोचेको कुरा भै जाउन पुरा, यहि शुभ कामना !!

    सुशील पराजुली

    Posted in साहित्यLeave a Comment on साउने भेल उर्लेर आउँदा..

    उदक स्रष्टा कमला देवकोटाका उत्कृष्ट पाँच उदकहरू

  • २३ आश्विन २०७८, शनिबार ०१:०२ मा प्रकाशित
  • १
    बिहानी
    किरण पुञ्ज
    टल्क्यो देशको सिरानी !

    २
    दशैं
    आपसी सद्भाव
    एकत्व सदाचार मिलाप !

    ३
    आदर्श
    जिउने कला
    प्रेरणा दया करुणा !

    ४
    गाई
    गोरसकी खानी
    राष्ट्रिय जनावर लक्ष्मी !

    ५
    डाँफे
    उच्च शीर
    नगिरोस् हाम्रो नुर !

    • कमला देवकोटा
      पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक स्रष्टा कमला देवकोटाका उत्कृष्ट पाँच उदकहरू

    नइ रजत महोत्सव, विशेष टुक्का वाचन कार्यक्रम सम्पन्न

  • २२ आश्विन २०७८, शुक्रबार ०९:०० मा प्रकाशित
  • नइ साहित्य मञ्च युएईको आयोजनामा नइ रजत महोत्सव विशेष टुक्का वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नइ प्रकाशनको रजत जयन्तीको अवसर पारेर पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रम नइ साहित्य मञ्च युएईका संस्थापक ताराप्रसाद चापागाईको संयाेजकत्वमा भएको थियोे । नइ प्रकाशनले कोरोना महामारीका कारण यस वर्ष असोज २३ गते आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
    भर्चुअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा विशेष टुक्काहरू वाचन गरिनुका साथै शुभकामना आदानप्रदान गरिएको थियोे ।

    नइ प्रकाशनको स्थापना नेपाली वाङ्मयको श्रीवृद्धि गर्ने उद्देश्यले आजभन्दा २५ वर्ष पहिले २०५२ साल माघ १५ गते गरिएको थियो । संस्थापकद्वय नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको थियोे ।  देशदेशान्तरका प्रतिभाहरूको सम्मान गर्ने, पुस्तक प्रकाशन गर्ने जस्ता प्रमुख उद्देश्य बोकेको यस संस्थाले नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी रूपमा काम गर्दै आएको छ ।

    कार्यक्रममा नइ साहित्य मञ्च युएईका संस्थापक/ संयाेजक ताराप्रसाद चापागाईले वसुधैव कुटुम्बकमको सिद्धान्त बोकेको यस गरिमामय संस्थाको रजत महोत्सव मनाउन पाउँदा आफू निकै हर्षित भएको जनाउनुभएको थियो । साथै उहाँले नइ रजत महोत्सव विशेष टुक्का वाचन कार्यक्रममा प्रत्यक्ष र परोक्ष रूपमा सहभागीता जनाउनु हुने सम्पूर्ण शुभेच्छुकहरू प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
    नइ प्रकाशनका अध्यक्षमा इन्दिरा प्रसाईं र सदस्य-सचिवमा नरेन्द्रराज प्रसाई रहनुभएको छ ।

    उक्त कार्यक्रमको सञ्चालन साहित्यकार एवं कुशल कार्यक्रम प्रस्तोता विमुन्स पौडेलले गर्नुभएको थियो ।

    उक्त अवसरमा वाचित टुक्काहरू

    १.
    प्रकाशन र संस्कृतिकाे सेवा एकै ठाउँमा,
    नइ भनी जन्म भयाे दुई जनाकाे नाउँमा।
    २.
    रजत महाेत्सव अायाे हार्षित भयाैं दङ्ग,
    प्रतिभाकाे खाेजि अनि सम्मानमा छ उमङ्ग।
    ३.
    वसुधैव कुटुम्बकम्काे चाेखाे भावना,
    नइ प्रति सफलताकाे शुभकामना ।
    ४.
    उषाकाे लाली जस्तै धर्तीलाई उजेल्याउनु,
    चाेटिला कथा बाेकी सबकाे मनमा छाउनु ।
    ५.
    कति मेहनत परिश्रमले धर्तिमा आयाै,
    छाेटाे मिठाे टुक्का बनी सबकाे मनमा छायाै ।
    ६.
    साउनकाे भेलसरि उर्लिँदैछ तन मन,
    हाँसाे सधैं ओझेल पारेँ याे दुखिया जीवन ।
    ✍️ ताराप्रसाद चापागाईं

    १.
    भाषा र  साहित्यको मोहको कारण अघि सरेका,
    नेपाली वाङ्मयको श्रीवृद्धिमा सधैँ लागि परेका ।
    २.
    वसुधैव कुटुम्बकमको सिद्धान्तमा अघि  बढेर,
    यात्रा निरन्तर छ लक्ष्य ताकी आँधीबेह्रीमा परेर ।
    ३.
    फलोस -फुलोस चिरञ्जीवी बनोस् सधैँ भरी,
    जोश -जाँगरको साथमा सदैव अघि सरी ।
    ४.
    प्रतिष्ठानको सुगन्ध छर्न लिएका छन् अभिभारा, 
    जयजयकार छन्  नइ दम्पत्तिका जगत सारा । 
    ५.
    नइको रजत महोत्सव हामी सबैले मनाउँदैछौँ ,
    संस्थाको उत्तरोत्तर प्रगतिमा शुभेच्छा  जनाउँदैछौँ ।
    ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ्ग

    १.
    साहित्यको नौलो साझा चौतारी,
    नइ प्रकाशन हाम्रो दौंतारी।
    २.
    मानव मन हो उर्वर भूमी,
    साहित्य सृजन आउँछ घुमी।
    ३.
    आनन्दको स्वर्ग यही छ मानौं,
    अनुभूति मिठा छानेर  तानौं।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    १.
    रजत महोत्सवको अशेष शुभकामना,
    सधैँ बाँचि रहोस् ‘नइ संस्था’ यही छ भावना।
    २.
    वसुधैव कुटुम्बकमको सिद्धान्त नै राम्रो,
    सनातन,संस्कार र संस्कृति यही हो हाम्रो।
    ३.
    संस्थाको उद्देश्य सबै परिपूर्ति हुँदै जाऊन्,
    यसको संरक्षण गर्न भावी सन्तति आऊन्।
    ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।

    १.
    नइ साहित्य सस्थालाई  धेरै धेरै शुभकामना,
    युगान्तकारी भावनामा सधैं चलाेस् भन्ने चाहना ।
    २.
    फलाेस् फूलाेस् सधैं दुवाे सरि ,
    शालिन र शान्ति जस्तै गरि ।
    ३.
    श्रीवृद्धि हाेस् यहि कामना छ मेराे
    रङ्गाई रहनु साहित्यकाे घेराे ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    दमक, झापा

    १.
    रजत महोत्सवको सम्पुर्णमा शुभकामना चढाएँ,
    को कहाँ को कहाँ उत्सवमा सबै सित मित्रता बढाएँ!
    २.
    सफल रहोस् महोत्सव यहि मिठो कामना गर्दछु,
    मनमा मन मिलाई सबै संग आत्मियता भर्दछु!
    ३.
    यो अन्योलको भिडमा आफैलाई कुन शहरमा खोजौं,
    अँधेरी रातमा फूल हो कि काँडा कुन प्रहरमा रोजौं।
    ४.
    सम्बन्ध रगतको नातामा होईन ममतामा हुन्छ,
    आपतमा जस्ले सहयोग गर्छ उसैले मन छुन्छ!
    ५.
    लक्ष्य कठिन हुन्छ पाइला पाइलामा आफैलाई जोखिन्छ,
    जिन्दगीको यात्रामा कहिले पसिना कहिले आँसु पोखिन्छ।
    ✍️शरद प्रधानाङ्ग, विराटनगर-७

    १.
    नेपाली बाङ्गमयको छत्रछायामा बास बस्न  पाउँदा
    सगरमाथा टेकेको झै भयो रजत जयन्ती  आउँदा ।
    २.
    उच्चस्तरीय उदेश्य बोक्ने शक्तिको रुपमा नइ प्रकाशनलाई चिन्छौं,
    पच्चीसौ बर्षको सफलता हात लागेकोमा असीम  शुभकामना दिन्छौं।
    ३.
    आउँदा दिनमा अझै सबैको मनमुटु छुदै उचाइमा बस्नु,
    प्रगाढ माया बोकि नेपाली  साहित्य जगतको डोरी दह्राे कस्नु ।
    ✍️ इश्वरी अधिकारी, लमजुङ्ग

    १.
    यस महाेत्सवकाे अशिम शुभकामना,
    “नड संस्था”प्रगतिकाे छ मनमा भावना।
    २.
    नइ सस्थाकाे उत्तर उत्तर प्रगति सधै नै हुँदै जाऊन्,
    यसलाई रक्षा गर्ने संरक्षण गर्ने युवा सन्तति आऊन्।
    ३.
    याे संस्थाकाे उदेश्य उन्नती प्रगति राम्रो,
    संस्कृति,साहित्य संस्कार परिचय हाम्रो।
    ✍️ साहित्य सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    १.
    दुई नामकाे नइ प्रकाशन स्थापना भएकाे ,
    पच्चिस बर्षमा धेरै काम अनि नाम रहेकाे ।
    २.
    शुभ रहाेस् नइ रजत महोत्सव निमन्त्रणा गर्दछौं ,
    सेवामुखी नइ प्रकाशन संस्थालाई मनमा भर्दछौं ।
    ३.
    नइ रजत महोत्सव याे उन्नती प्रगती बढोस् भन्ने भावना ,
    नइ प्रकाशन र साहित्य मञ्चलाई धेरै धेरै शुभ कामना ।
    ✍️ बेदु न्यौपाने काठमाडौ  ।

    १.
    अाऊ दिदी बहिनी हाे तिज मनाअाैं,
    व्रत बसि नाचाैं गाअाैं भव्य बनाअाैं।
    २.
    जाेगाऊँ हाम्राे संस्कृती तडक भडक छाेडेर
    साैहार्द भई घर र माईतीकाे नाता जाेडेर ।
    ✍️ रश्मि रिमाल, झापा

    १.
    काँडा होकी जीवन, लाग्छ घोचेजस्तो,
    कहिल्यै भैन राम्रो, मैले सोचेजस्तो ।
    २.
    दु:खसँगै जिउँछ, सधैं दिनरात,
    सुख जति लखेटी, गर्छ सधै घात ।
    ३.
    पानी भर्छ नयन, चिन्ता पीर पर्दा,
    छैनन् करकमल, पुछ्ने आँसु झर्दा ।
    ४.
    जिन्दगीमा उनको, धोकामात्र मिल्यो,
    बाँरुलो र मौरीले, चिल्नुसम्म चिल्यो ।
    ५.
    बास बस्छ समस्या, घर आई राती,
    मुटुभित्र ऐठन, पार्दै पोल्छ छाती ।

    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    १//
    संदेश बोक्दछन् ती संसारका कुनामा,
    यो शान्तिको दियालो बाल्छन् त्यहाँ थुनामा।

    ✍️ पौडेल विमुन्स

    १.
    शान्ति र हरियाली जीवन बाँच्ने आधार
    हट्नु पर्छ अब जब्बर अशान्तिको बार ।

    ✍️रचना शर्मा प्रतीक्षा , ललितपुर ।

    १
    शान्तिको प्रतीक समचारको बाहक,
    घरको शोभा हो म उसैको ग्राहक।
    ✍️-पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
             पनौती-३,काभ्रे

    :::::::::: जय टुक्का ! जय साहित्य !! ::::::::::

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नइ रजत महोत्सव, विशेष टुक्का वाचन कार्यक्रम सम्पन्न

    ‘धरातल’ – कविता

  • १९ आश्विन २०७८, मंगलवार १९:४३ मा प्रकाशित
  • ऊ सामाजिक प्राणी हो
    त्यसैले पनि त उसले
    समाजमा श्रेष्ठता कायम गर्छ
    चेतनशीलता विवेक हो
    र ऊ आज पनि
    गाउँ, समाज र विश्वमै
    सुपरिचित छ
    ऊ आफूलाई चिनाउन
    अनेक प्रयासमा जुट्छ
    र गौरवका साथ ऊ
    आफ्नै धरातलमा रमाउँछ !

    समयको परिवर्तनसँगै
    गाउँ अनि समाज
    सडक देखि सहरसम्म
    हरेक क्षेत्रमा यहाँ
    क्रमश: स्वार्थका शिखरहरू
    पल-पल चुलिन्छन्
    र एकाएक बन्छन्
    सगरमाथा शिखर जस्तै
    उही पारा देखाउँछ
    अहमता र दम्भहरूको
    र आफूलाई उभ्याउँछ
    हिमचुलीको उच्चतामा
    बिर्सेर आफ्नो सारा धरातल
    अनि धरातलीय स्वरूप !

    ऊ माटोलाई बिर्सिन्छ
    बगरहरूमा रमाउँछ
    आफनो संस्कार बिर्सिन्छ
    पाश्चात्य संस्कृतिमा
    दैनिक उन्मुख हुन्छ
    त्यसैमा समाहित हुन्छ
    लेक बेसीका भाषाहरू
    जानेर पनि भुल्छ
    अनि वकालत गर्छ
    आधुनिकता र कृत्रिमताको
    भाषा र साहित्यको
    कला, धर्म र संस्कृतिको
    आखिर किन गर्छ
    र देखाउँछ
    उसले यस्तो प्रवृत्ति
    बिर्सेर आफ्नो सारा धरातल
    अनि धरातलीय स्वरूप !

    सबैको आ-आफ्नै
    धरातल स्वरूप हुन्छ
    तर पनि भूगोल बमोजिम
    धरातलीय स्वरूप भने
    व्यक्ति-व्यक्तिअनुसार
    पृथक हुन सक्छ
    उसको भू-गर्भको अवस्था
    माटोको बनौटले
    धरातल स्थापित गर्दछ
    हिमाल, पहाड र तराईको
    समथर भू-बनापट
    उसका शिर, छाती र आँगन हुन्
    तर अचानक ऊ
    आफ्नै धरातलमा उभिएर
    ठूला पदको लोलुपतामा
    मान र प्रतिष्ठाको खोजी गर्दै
    एकाएक बिर्सिन्छ उसले
    जन्मदेखिको आफ्नै
    धरातलीय स्वरूपलाई
    र हराउँछ कृत्रिमता
    रङ्गिन आधुकताबिच !

    • आर्त अकुलीन
      देवाश्रम, कैलाली
      ९८४८४४८८४८
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘धरातल’ – कविता

    तपाईंको मास्क खोइ ?

  • १७ आश्विन २०७८, आईतवार २३:३७ मा प्रकाशित
  • काठमाडौ, महानगरीय प्रहरी वृत गौशाला काठमाडौले तपाईंको मास्क खोइ कार्यक्रम काठमाडौमा सञ्चालन गरेको छ । ६६औँ प्रहरी दिवस २०७८ को अवसर पारेर उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

    उक्त तपाईंको मास्क खोइ कार्यक्रममा टुक्का साहित्य समाज काठमाडौले पनि सक्रिय सहभागिता जनाएको थियोे । उक्त कार्यक्रममा टुक्का साहित्य समाजका तर्फबाट कोषाध्यक्ष रचना शर्मा प्रतीक्षा, सचिव विमुन्स पौडेल, वरिष्ठ टुक्काकार एवं टुक्का अभियन्ता पुर्ण श्रेष्ठ हृदयङ्कृत लगायतको उपस्थिति रहेकोे थियो ।

    उक्त कार्यक्रममा प्रहरी अधिकृत, जवानका लगायत त्यस क्षेत्रका जनप्रतिनिधि तथा संघसंस्थाको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा सर्वसाधारण जनतालाई मास्क वितरण गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्य1 Comment on तपाईंको मास्क खोइ ?

    ‘टुक्का माथि टुक्का’ को दोस्रो शृङ्खला शनिबार सम्पन्न

  • १७ आश्विन २०७८, आईतवार २१:०७ मा प्रकाशित
  • काठमाडौ, १६ असोज । ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको दोस्रो भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा २७ जना टुक्काकारहरूले सहभागिता जनाउनुभएको थियो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथक एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    उक्त व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको संयोजकमा समाजका सक्रिय टुक्काकार वसन्त अनुभव रहनुभएको छ । अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का सञ्चालकका तर्फबाट राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । उहाँका अनुसार उक्त अभ्यास शृङ्खला साप्ताहिक रूपमा सञ्चालन गरिने छ ।

    अहिंसा प्रिय मान्छे हजुर हिंसामा विश्वास राख्दिन,
    रोज रगतको टीका नलगाई केही कुरा चाख्दिन ।

    ✍️वसन्त अनुभव

    अभ्यासका लागि दिइएको व्यङ्ग्यात्मक टुक्का

    टुक्का माथि टुक्का व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको दोस्रो भागमा सहभागी टुक्काकारहरूका टुक्काहरू

    @१
    वहाँ आफैं भगवान सुनको गजुर ,
    नाङ्ग्लो ठटाई हात्ती तर्साएको हजुर।
    ✍️ पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @२
    अब त अति भैसक्यो साले अन्याय अत्याचार सहन्न,
    आइज भिडौँ सिङ्गल सिङ्गल आज कि तँ कि म रहन्न।
    ✍️ ईश्वरी अधिकारी

    @३
    परेवा बन्यो प्रतीक शान्तिको प्रेम छाएको ढुकुरको,
    मान्छे हेर्दा भने भलाद्मी तरहको बेहोरा कुकुरको।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    @४
    अब त सहनै गाह्रो नि भयो नठोकी नहुने
    जनताका कुराले नेतालाई पटक्कै नछुने ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    @५
    निमुखा र निर्धा नै पिटिन्छन् यत्र-तत्र जहिले,
    बिरोध बोल्ने बल र आवज आउने कहिले?
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    @६
    मनमाेजी मानिस हजुर छद्मवेशी चाला,
    अरू रुँदा हाँस्न आउँछ याे मन मधुशाला।
    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेशी

    @७
    बुद्धभूमिमा जन्मिएपछि हजुर अहिँसा गाउनै पर्यो !
    बर्षमा एकदिन रगतको टीका लगाई गल्ति के गर्यो ?
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर

    @८
    सपना छ प्लेन र रेल गुडाउने,
    बुख्याँचा देखाएर चरा उडाउने ।
    ✍️ रिजाल विनोद

    @९
    देखाएर हतियार तर्साउछ कि धेर,
    लेखाएर मतियार फसाँउछ कि हेर ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    @१०
    जाइकटक नगर्नु झिकीकटक गर्नु,
    राष्ट्रनिर्माताको यो भनाइमा भर पर्नु।
    ✍️ म्यामराज राई

    @११
    धुस खान नपाएपछि पर्न थाल्छन् ठुस्स,
    हामीलाई त हात्ती आयो हात्ती आयो फुस्स ।
    ✍️ अभागी सिन्धुली

    @१२
    कस्तो देशमा जन्म भयो हत्या र हिंसा सहनुपर्छ,
    पराइको के कुरा आफ्नैको कुदृष्टिमा रहनुपर्छ ।
    ✍️ रीना सापकोटा खनाल

    @१३
    खरायोको ज्यान हजुर चितुवाको चाला,
    यस्तो गरि झम्टिनेले भेटे कसो नखाला।
    ✍️ प्रदीप के रिमाल
    इटहरी प्रदेश नं १

    @१४
    बिहान देखि उनको लागि भोकै नपर्खे हिंसा होला,
    अहिंसावादी छन् उनी बाहिरै बित्दैछ उनको चोला।
    ✍️ पौडेल विमुन्स, पोखरा

    @१५
    देखियो तिम्रो अहिंसाबाद खाली नाराका कुरा,
    देखावटी बाहिर केवल भित्र धस्दछौं छुरा ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    @१६
    आफू त इमान्दार हजुर सधै भलो गर्दछु
    बनाई कुरा केवल घरमा संग्राम भर्दछु ।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    @१७
    किन कुट्छन् गरिबलाई दयामाया नदिई?
    बस्छन् निमुखाहरु सधैं आँखाको आँसु पिई ।
    ✍️ कल्पना थामी
    सिन्धुपाल्चोक

    @१८
    जस्तो दियो उस्तै पाईने हो नपाईने संसारमा पो केछ
    रक्सि पिएपछि उस्ले मागेको नपाएपछि पिट्दो रहेछ ।
    ✍️ पुष्पासायरा, बिराटनगर

    @१९
    जो चोर उसैको ठूलो स्वर हुन्छ,
    राम्रा नेताको नोटले मुख थुन्छ।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    @२०
    काम कुरो छ एकातिर कुम्लो बोकी ठिमी तिर ,
    च्याखे दाउ हो राजनिती पार्टी फेर्न के को पिर।
    ✍नवशिला
    बेलबारी -२, लालभित्ती,मोरङ
    हाल: गोदावारी,लालितपुर ।

    @२१
    निमुखानै त मारमा परेकाछन् यहाँ,
    नेता भनौदाले के गरेकाछन् खै कहाँ ?
    ✍️ गोमा

    @२२
    छोरीचेली माथि आँखा लगाउने त्याे कस्तो दुश्मन हाेला,
    जहाँ गएपनि ठक्करै ठक्कर खाने कठै हाम्रो चाेला।
    ✍️ शोभा अर्याल, रुपन्देही

    @२३
    हजारौं सपना लिएर आएँ याे सानो सहरमा,
    न आफ्ना छन् काेही नत बाँचेकाे छु कसैकाे भरमा।
    ✍️ नवीन जाेशी, कैलाली

    @२४
    हात उठाइ सकेर मन खिन्न भयो!
    भन्नुहोस् तब हिंसामा यस्तो के नै रह्यो?
    ✍️ बी.कुलुङ (दार्जिलिङ )

    @२५
    भन्छन् रात रहेदेखि अग्राख पलाउँछ,
    मौका मिल्नुपर्छ कमिलो हात्ती ढलाउँछ ।
    ✍️ श्रीकृष्ण शर्मा पोखरा

    @२६
    व्यर्थमा देश विकासको कुरा गर्दै नगर ऐले
    बिना शर्त भोट मागेर खाउँला यसपाली मैले ।
    ✍️ भगवती दवाडी

    @२७
    दशैंमा देवीलाई वलि चढाउने काम नगरौं,
    हत्याहिंसा बलात्कार पापकर्म देखि पर सरौं।
    ✍️ कमला झापा

    :::::: जय टुक्का साहित्य :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘टुक्का माथि टुक्का’ को दोस्रो शृङ्खला शनिबार सम्पन्न

    उदक लेखन अभ्यास शृङ्खलाको २० औं भाग सम्पन्न, ५५ जना उदक स्रष्टाहरूको सहभागिता

  • १६ आश्विन २०७८, शनिबार १७:५२ मा प्रकाशित
  • काठमाडौ, १६ भाद्र । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २० औं भाग शनिबार सम्पन्न भएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।

    अभ्यासका लागि दिइएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू

    १
    फूल
    सुन्दर रचना
    नगराैं असुन्दर भुल !
    ✍️ खड्गबहादुर गुरुङ, टीकापुर
    २
    डसिया
    डौना बेबरी
    ओजरार घर अङ्गना !
    ✍️ सागर कुस्मी, कैलाली
    ३
    गुच्छा
    एकात्मक भाव
    फूल डाँठ पात !
    ✍️ रोशन पराजुली, धरान
    ४
    प्रकृति
    अनुपम फूल
    मानव जीवनको पर्याय !
    ✍️ कमला देवकोटा, पाल्पा
    ५
    रङ्गीचङ्गी
    बगैंचाका फूल
    प्रकृतिको सुन्दर रचना !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    ६
    मन्त्रमुग्ध
    सुन्दर सृष्टि
    अनुपम विचित्र पुष्प !
    ✍️ राम बहादुर चौधरी, कैलाली
    ७
    अद्भूत
    अनौठो फूल
    विचित्र सृष्टिको मूल !
    वसन्त अनुभव
    ✍️ घोराही उपमहानगरपालिका-१४, दाङ
    ८
    पुष्प
    जीवनको प्राप्ति
    पर्दामा अनेकौं सङ्घर्ष !
    ✍️ शिव खनाल जीवम, रुपन्देही
    ९
    जीवन
    सङ्घर्षमय चोला
    फुलेर ओइलाउने प्रवृति !
    ✍️ धर्मी शाक्य, बुटवल, लुम्बिनी प्रदेश
    १०
    फूल
    सौन्दर्य छर्छ
    खपेर प्राकृतिक विपद् !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    ११
    आहा
    सुन्दर फूलहरू
    मनै आनन्दित बनाउने !
    ✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही
    १२
    फूल
    अनुपम उपहार
    चुँडेर नगरौं भुल !
    ✍️ रमा पन्त, पाल्पा
    १३
    आमाको
    रूप थरीथरी
    धरामा देखिन्छ मनमरी !
    ✍️ बालकृष्ण खनाल, टीकापुर
    १४
    सुन्दरता
    हेर्ने आँखा
    प्रकृतिको रङ्गिन फूलबारी !
    ✍️ सविता के.सी., काठमाडौँ
    १५
    पुष्प
    प्रकृतिको गहना
    स्वच्छ पवनको बासना !
    ✍️ बिपी खनाल, लम्की, कैलाली
    १६
    आफैमा
    अमूर्त कला
    कुन कल्पनाकारको होला ?
    ✍️ खगेन्द्र बस्याल, रुपन्देही
    १७
    रङ्गीचङ्गी
    विभिन्न थरिका
    प्रकृतिका अनेक फूहहरू !
    ✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही
    १८
    पुष्प
    ढकमक्क सुगन्ध
    हराभरा रमाइलो पल!
    ✍️ सपना भट्टराई, रुपन्देही
    १९
    पुष्प
    सप्तरङ्गी फूल
    बगैंचामा लोभ्याउँदैे जनलाई !
    ✍️ चक्र शाही, कैलाली
    २०
    रहर
    बैँसको सुसेली
    फूलहरुमा जीवनको कहानी !
    ✍️ प्रेम थापा , जानकी- ८, कैलाली
    २१
    अँध्यारो
    आकाशमा जून
    धर्तिमा सुन्दर फूल !
    ✍️ बासुदेव दनुवार, सिन्धुली
    २२
    सपना
    विभिन्न प्रकारका
    एकैबाेटमा रङ्गविरङ्गी फूल !
    ✍️ नवराज भट्ट, महेन्द्रनगर
    २३
    अनुभूति
    गर्दैन मान्छे
    फूल जस्तै जिन्दगी !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    २४
    फूलको
    शोभा डालीमा
    रमणीय घर आँगन !
    ✍️ मङ्गला उपाध्याय, कलैया
    २५
    फूल
    कलात्मक सिर्जना
    अनुपम शक्ति धर्तिकाे !
    ✍️ चन्द्रावती अधिकारी, कोहलपुर
    २६
    पुष्प
    शोभनीय हुन्छ
    अनुपम उदाहरण चुन्छ !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ
    २७
    सुन्दर
    माैषमकाे बहार
    फुलिरहेछन् चारै प्रहर !
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा
    २८
    सुन्दर
    आकृति फूलको
    सुगन्ध छर्ने अभिलाषा !
    ✍️ विजया घिमिरे, जनकपुर
    २९
    उपहार
    प्रकृतिको सुन्दरता
    मन भुलाउने बाटाे !
    ✍️ रामराजा के. सी., फर्पिङ, काठमाडौँ
    ३०
    रङ्गीचङ्गी
    प्लास्टिकका फूल
    कृत्रिम बन्दैछ मान्छे !
    ✍️ गोपालप्रसाद पौड्याल, विराटनगर
    ३१
    फूलसँग
    शूलले पनि
    सधैँ हार खाने !
    ✍️ हृदय लेकाली, भैरहवा
    ३२
    फूल
    फुलेर रङ्गीचङ्गी
    आनन्दित मन सप्तरङ्गी !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन-६, संखुवासभा हाल: मलेसिया

    ३३
    चित्र
    हातले कोरेका
    रङ्गिन फूलहरू अनेक !
    ✍️ विरेन्द्र चौधरी, कैलाली
    ३४
    अनौठा
    फूलका प्रजाती
    गर्नै नसकिने बयान !
    ✍️ खेमराज पुरी, कैलाली
    ३५
    बागवान
    सौर्न्दर्यका फूलहरु
    सजाउने माली महान !
    ✍️ सरस्वती वली, बर्दिया, नेपाल
    ३६
    स्वागतमा
    रङ्गीचङ्गी पुष्पगुच्छा
    सफलताको सप्रेम शुभकामना !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    ३७
    अनन्त
    प्राकृतिक छटा
    अनुपम सृष्टि सौर्न्दर्य !
    ✍️ छायादत्त न्यौपाने, काठमाडौँ
    ३८
    फूल
    आहा राम्रो
    मन प्रसन्न हाम्रो !
    ✍️ नारायण कोइराला, पाल्पा, हाल: यूएई
    ३९
    फूल
    सुन्दरताको प्रतीक
    धर्तीको सुन्दर उपहार !
    ✍️ सीता पाण्डेय मरासिनी, गुल्मी
    ४०
    सुन्दर
    पर्दामा उतारिएको
    रङ्गीबिरङ्गी फूल चित्रण !
    ✍️ रिता खराल, रुपन्देही
    ४१
    ढकमक्क
    भमरा अकमक्क
    फूलहरुको देखेर रौनक !
    ✍️ होम प्रसाद न्यौपाने, धरान, सुनसरी
    ४२
    पुष्प
    झरे भुईँमा
    चढे मन्दिरमा गलामा !
    ✍️ अबोध निर्मल, लम्कीचुहा-०३, कैलाली
    ४३
    रङ्गीचङ्गी
    फूलको गुच्छा
    मनै लोभ्याउने दृश्य !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी
    ४४
    फूल
    बन्याे त्रिशूल
    फूलहरुले फुके बिगुल !
    ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
    ४५
    रङ्गीचङ्गी
    आकर्षक कुसुम
    भमरा बागका हुकुम !
    ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    ४६
    धरामा
    वसन्त ऋतु
    प्रकृति फुल्दछ गरामा !
    ✍️ पशपती राई, खोटाङ
    ४७
    सुनगाभा
    अनेकतामा एकता
    जीवन रङ्गको प्रतिबिम्ब !
    ✍️ आर्त अकुलीन, कैलाली
    ४८
    आकृति
    मनै लाेभ्याउने
    रङ्गीचङ्गी फूलकाे क्यानभास !
    ✍️ श्रद्धा आचार्य, पोखरा-१६, कुरेचाैर
    ४९
    फूलहरू
    अनेकतामा एकता
    पूर्ण सर्वोत्कृष्ट सुन्दरता !
    ✍️ टेकप्रसाद कटेल, काठमाडौँ
    ५०
    सुनगाभा
    अप्ठ्यारो दृश्य
    अनुपम प्रकृति सौन्दर्य !
    ✍️ घनश्याम पौडेल, कैलाली
    ५१
    आहा
    ढकमक्क फुल
    सुन्दरताको मनोरम प्रतिक !
    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
    ५५
    फूलहरू
    अनेक रङ्ग
    ल्याउँछ जीवनमा उमङ्ग !
    ✍️ सरस्वती श्रेष्ठ, रूपन्देही
    ५२
    रङ्गीचङ्गी
    सुनगाभा बगैंचा
    हाम्रो देश नेपाल !
    ✍️ केशवप्रसाद ढकाल, गाेरखा
    ५३
    सुनगाभा
    समयको फूल
    मृत्युको सुन्दर प्रतिबिम्ब !
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा
    ५४
    ढकमक
    सुन्दर सुनगाभा
    जीवनको नमुना पाठ !
    ✍️ कविता आचार्य, कैलाली
    ५५
    फूल
    बोट एक
    विभिन्न रङ्ग तरङ्ग !
    ✍️ धनमाया चौधरी, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक लेखन अभ्यास शृङ्खलाको २० औं भाग सम्पन्न, ५५ जना उदक स्रष्टाहरूको सहभागिता

    ” चोखो मन्‌ले तिमी संग …..”

  • १६ आश्विन २०७८, शनिबार १२:२० मा प्रकाशित
  • चोखो मनले तिमी संग, बोल्न पाए पुर्‍यो मलाई !
    एक अर्काको सारथी भई, नजाउ कतै मुटु जलाई !!

    यहि धर्ति नै हो टेवने, यही आंखाले हो देख्ने !
    मायाँ प्रेम विश्वाशले, दुःख पिडा सबै छेक्ने !!
    त्यस्तो साथी जस्लाई दुख्दा, अर्को मुटु चस्कने छ !
    जति दुखोस मेरो दुखोस, तिमीलाई केहि नहोस !!

    एकैनासको हुन्न जीवन, कहिले घाम कहिले पानी !
    दुख्न पनि सक्छ छाती, हिड्दा डुल्दा जिन्दगानी !!
    ता सदा यो जुनिमा, चाहन्छु म तिम्रो भलाई !
    एक अर्काको सारथी भई, नजाउ कतै मुटु जलाई !!

    चोखो मनले तिमी संग …
    एक अर्काको सारथी भई …

    सुशील पराजुली, मकवानपुर

    Posted in साहित्यLeave a Comment on ” चोखो मन्‌ले तिमी संग …..”

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P