
नइ साहित्य मञ्च युएईको आयोजनामा नइ रजत महोत्सव विशेष टुक्का वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नइ प्रकाशनको रजत जयन्तीको अवसर पारेर पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रम नइ साहित्य मञ्च युएईका संस्थापक ताराप्रसाद चापागाईको संयाेजकत्वमा भएको थियोे । नइ प्रकाशनले कोरोना महामारीका कारण यस वर्ष असोज २३ गते आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
भर्चुअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा विशेष टुक्काहरू वाचन गरिनुका साथै शुभकामना आदानप्रदान गरिएको थियोे ।
नइ प्रकाशनको स्थापना नेपाली वाङ्मयको श्रीवृद्धि गर्ने उद्देश्यले आजभन्दा २५ वर्ष पहिले २०५२ साल माघ १५ गते गरिएको थियो । संस्थापकद्वय नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको थियोे । देशदेशान्तरका प्रतिभाहरूको सम्मान गर्ने, पुस्तक प्रकाशन गर्ने जस्ता प्रमुख उद्देश्य बोकेको यस संस्थाले नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी रूपमा काम गर्दै आएको छ ।
कार्यक्रममा नइ साहित्य मञ्च युएईका संस्थापक/ संयाेजक ताराप्रसाद चापागाईले वसुधैव कुटुम्बकमको सिद्धान्त बोकेको यस गरिमामय संस्थाको रजत महोत्सव मनाउन पाउँदा आफू निकै हर्षित भएको जनाउनुभएको थियो । साथै उहाँले नइ रजत महोत्सव विशेष टुक्का वाचन कार्यक्रममा प्रत्यक्ष र परोक्ष रूपमा सहभागीता जनाउनु हुने सम्पूर्ण शुभेच्छुकहरू प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
नइ प्रकाशनका अध्यक्षमा इन्दिरा प्रसाईं र सदस्य-सचिवमा नरेन्द्रराज प्रसाई रहनुभएको छ ।
उक्त कार्यक्रमको सञ्चालन साहित्यकार एवं कुशल कार्यक्रम प्रस्तोता विमुन्स पौडेलले गर्नुभएको थियो ।
उक्त अवसरमा वाचित टुक्काहरू
१.
प्रकाशन र संस्कृतिकाे सेवा एकै ठाउँमा,
नइ भनी जन्म भयाे दुई जनाकाे नाउँमा।
२.
रजत महाेत्सव अायाे हार्षित भयाैं दङ्ग,
प्रतिभाकाे खाेजि अनि सम्मानमा छ उमङ्ग।
३.
वसुधैव कुटुम्बकम्काे चाेखाे भावना,
नइ प्रति सफलताकाे शुभकामना ।
४.
उषाकाे लाली जस्तै धर्तीलाई उजेल्याउनु,
चाेटिला कथा बाेकी सबकाे मनमा छाउनु ।
५.
कति मेहनत परिश्रमले धर्तिमा आयाै,
छाेटाे मिठाे टुक्का बनी सबकाे मनमा छायाै ।
६.
साउनकाे भेलसरि उर्लिँदैछ तन मन,
हाँसाे सधैं ओझेल पारेँ याे दुखिया जीवन ।
✍️ ताराप्रसाद चापागाईं
१.
भाषा र साहित्यको मोहको कारण अघि सरेका,
नेपाली वाङ्मयको श्रीवृद्धिमा सधैँ लागि परेका ।
२.
वसुधैव कुटुम्बकमको सिद्धान्तमा अघि बढेर,
यात्रा निरन्तर छ लक्ष्य ताकी आँधीबेह्रीमा परेर ।
३.
फलोस -फुलोस चिरञ्जीवी बनोस् सधैँ भरी,
जोश -जाँगरको साथमा सदैव अघि सरी ।
४.
प्रतिष्ठानको सुगन्ध छर्न लिएका छन् अभिभारा,
जयजयकार छन् नइ दम्पत्तिका जगत सारा ।
५.
नइको रजत महोत्सव हामी सबैले मनाउँदैछौँ ,
संस्थाको उत्तरोत्तर प्रगतिमा शुभेच्छा जनाउँदैछौँ ।
✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ्ग
१.
साहित्यको नौलो साझा चौतारी,
नइ प्रकाशन हाम्रो दौंतारी।
२.
मानव मन हो उर्वर भूमी,
साहित्य सृजन आउँछ घुमी।
३.
आनन्दको स्वर्ग यही छ मानौं,
अनुभूति मिठा छानेर तानौं।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी
१.
रजत महोत्सवको अशेष शुभकामना,
सधैँ बाँचि रहोस् ‘नइ संस्था’ यही छ भावना।
२.
वसुधैव कुटुम्बकमको सिद्धान्त नै राम्रो,
सनातन,संस्कार र संस्कृति यही हो हाम्रो।
३.
संस्थाको उद्देश्य सबै परिपूर्ति हुँदै जाऊन्,
यसको संरक्षण गर्न भावी सन्तति आऊन्।
✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
१.
नइ साहित्य सस्थालाई धेरै धेरै शुभकामना,
युगान्तकारी भावनामा सधैं चलाेस् भन्ने चाहना ।
२.
फलाेस् फूलाेस् सधैं दुवाे सरि ,
शालिन र शान्ति जस्तै गरि ।
३.
श्रीवृद्धि हाेस् यहि कामना छ मेराे
रङ्गाई रहनु साहित्यकाे घेराे ।
✍️ लक्ष्मी घिमिरे दहाल
दमक, झापा
१.
रजत महोत्सवको सम्पुर्णमा शुभकामना चढाएँ,
को कहाँ को कहाँ उत्सवमा सबै सित मित्रता बढाएँ!
२.
सफल रहोस् महोत्सव यहि मिठो कामना गर्दछु,
मनमा मन मिलाई सबै संग आत्मियता भर्दछु!
३.
यो अन्योलको भिडमा आफैलाई कुन शहरमा खोजौं,
अँधेरी रातमा फूल हो कि काँडा कुन प्रहरमा रोजौं।
४.
सम्बन्ध रगतको नातामा होईन ममतामा हुन्छ,
आपतमा जस्ले सहयोग गर्छ उसैले मन छुन्छ!
५.
लक्ष्य कठिन हुन्छ पाइला पाइलामा आफैलाई जोखिन्छ,
जिन्दगीको यात्रामा कहिले पसिना कहिले आँसु पोखिन्छ।
✍️शरद प्रधानाङ्ग, विराटनगर-७
१.
नेपाली बाङ्गमयको छत्रछायामा बास बस्न पाउँदा
सगरमाथा टेकेको झै भयो रजत जयन्ती आउँदा ।
२.
उच्चस्तरीय उदेश्य बोक्ने शक्तिको रुपमा नइ प्रकाशनलाई चिन्छौं,
पच्चीसौ बर्षको सफलता हात लागेकोमा असीम शुभकामना दिन्छौं।
३.
आउँदा दिनमा अझै सबैको मनमुटु छुदै उचाइमा बस्नु,
प्रगाढ माया बोकि नेपाली साहित्य जगतको डोरी दह्राे कस्नु ।
✍️ इश्वरी अधिकारी, लमजुङ्ग
१.
यस महाेत्सवकाे अशिम शुभकामना,
“नड संस्था”प्रगतिकाे छ मनमा भावना।
२.
नइ सस्थाकाे उत्तर उत्तर प्रगति सधै नै हुँदै जाऊन्,
यसलाई रक्षा गर्ने संरक्षण गर्ने युवा सन्तति आऊन्।
३.
याे संस्थाकाे उदेश्य उन्नती प्रगति राम्रो,
संस्कृति,साहित्य संस्कार परिचय हाम्रो।
✍️ साहित्य सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
१.
दुई नामकाे नइ प्रकाशन स्थापना भएकाे ,
पच्चिस बर्षमा धेरै काम अनि नाम रहेकाे ।
२.
शुभ रहाेस् नइ रजत महोत्सव निमन्त्रणा गर्दछौं ,
सेवामुखी नइ प्रकाशन संस्थालाई मनमा भर्दछौं ।
३.
नइ रजत महोत्सव याे उन्नती प्रगती बढोस् भन्ने भावना ,
नइ प्रकाशन र साहित्य मञ्चलाई धेरै धेरै शुभ कामना ।
✍️ बेदु न्यौपाने काठमाडौ ।
१.
अाऊ दिदी बहिनी हाे तिज मनाअाैं,
व्रत बसि नाचाैं गाअाैं भव्य बनाअाैं।
२.
जाेगाऊँ हाम्राे संस्कृती तडक भडक छाेडेर
साैहार्द भई घर र माईतीकाे नाता जाेडेर ।
✍️ रश्मि रिमाल, झापा
१.
काँडा होकी जीवन, लाग्छ घोचेजस्तो,
कहिल्यै भैन राम्रो, मैले सोचेजस्तो ।
२.
दु:खसँगै जिउँछ, सधैं दिनरात,
सुख जति लखेटी, गर्छ सधै घात ।
३.
पानी भर्छ नयन, चिन्ता पीर पर्दा,
छैनन् करकमल, पुछ्ने आँसु झर्दा ।
४.
जिन्दगीमा उनको, धोकामात्र मिल्यो,
बाँरुलो र मौरीले, चिल्नुसम्म चिल्यो ।
५.
बास बस्छ समस्या, घर आई राती,
मुटुभित्र ऐठन, पार्दै पोल्छ छाती ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
१//
संदेश बोक्दछन् ती संसारका कुनामा,
यो शान्तिको दियालो बाल्छन् त्यहाँ थुनामा।
✍️ पौडेल विमुन्स
१.
शान्ति र हरियाली जीवन बाँच्ने आधार
हट्नु पर्छ अब जब्बर अशान्तिको बार ।
✍️रचना शर्मा प्रतीक्षा , ललितपुर ।
१
शान्तिको प्रतीक समचारको बाहक,
घरको शोभा हो म उसैको ग्राहक।
✍️-पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
:::::::::: जय टुक्का ! जय साहित्य !! ::::::::::

