
फिफा विश्वकप छनोट अन्र्तगतको खेलमा जापान पराजित भएको छ ।
गएराति भएको खेलमा जापान साउदी अरेवियासँग १–० गोल अन्तरले पराजित भयो ।
७१ औं मिनेटमा साउदीका फिरस अल बुराकनले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
तेस्रो चरणको तेस्रो खेलमा जापानले अहिलेसम्म एक खेल मात्रै जितेको छ ।
यो समुह बीमा अष्ट्रेलिया र साउदी अरबले शत प्रतिशत जित निकालेका छन् ।
समूह एमा इरानले युएईमाथि १–० गोल अन्तरको जित दर्ता गरेको छ ।
यसैगरी दक्षिण कोरियाले इरानमाथि २–१ गोलको जित दर्ता गर्न सफल भयो ।
इराक र लेबनानले गोलरहित बराबरी खेल्दा चीनले भेतनाममाथि ३–२ गोल अन्तरको जित दर्ता गर्न सफल भयो ।
अस्ट्रेलियाले ओमानमाथि ३–१ को जित दर्ता गर्न सफल भयो ।

