तपाईंको मास्क खोइ ?

  • १७ आश्विन २०७८, आईतवार २३:३७ मा प्रकाशित
  • काठमाडौ, महानगरीय प्रहरी वृत गौशाला काठमाडौले तपाईंको मास्क खोइ कार्यक्रम काठमाडौमा सञ्चालन गरेको छ । ६६औँ प्रहरी दिवस २०७८ को अवसर पारेर उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

    उक्त तपाईंको मास्क खोइ कार्यक्रममा टुक्का साहित्य समाज काठमाडौले पनि सक्रिय सहभागिता जनाएको थियोे । उक्त कार्यक्रममा टुक्का साहित्य समाजका तर्फबाट कोषाध्यक्ष रचना शर्मा प्रतीक्षा, सचिव विमुन्स पौडेल, वरिष्ठ टुक्काकार एवं टुक्का अभियन्ता पुर्ण श्रेष्ठ हृदयङ्कृत लगायतको उपस्थिति रहेकोे थियो ।

    उक्त कार्यक्रममा प्रहरी अधिकृत, जवानका लगायत त्यस क्षेत्रका जनप्रतिनिधि तथा संघसंस्थाको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा सर्वसाधारण जनतालाई मास्क वितरण गरिएको थियो ।

    One thought on “तपाईंको मास्क खोइ ?

    1. हार्दिक आभार आदरणीय वसन्त अनुभव सर प्रति तथा हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति कृतज्ञता प्रकट गर्दछु। प्रहरी दिवसको अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको थियो।

    Leave a Reply