साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] प्रयास राखे जारी असम्भव पनि सम्भव !
वसन्त अनुभव [२] निरन्तरता क्रमिक साधना पहरामा फुल्ने कुसुम !
आर्त अकुलीन [३] साहस बटुले निरन्तर सफलताको चढिन्छ शिखर !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [४] सफलता कर्ममा हुन्छ जसले शिखर चुम्छ !
ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ [५] जसको साहस हुन्छ उसले शिखर चुम्छ !
बेदु न्यौपाने [६] संघर्ष निरन्तर गरे सफलता अवश्य मिल्छ !
झिल्का लेखन अभियानको १६ औँ शृङ्खला (बाबुआमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
[१] १// रहन्छ हरकुराको सामा सन्तानका खातिर सदैव भगवान् हुन् बाबुआमा ! २// काटेर आफ्नो गाँस पेट भर्छन् सन्तानको मारेर सधैँ भोकप्यास ! ३// हरठाउँ ईश्वरको सामा स्वर्गमा देवराज इन्द्र धर्तीमा छन् बाबुआमा ! ✍️ वसन्त अनुभव घोराही, दाङ ————-==———– [२] यिनै हाम्रा संसार जन्माएर हुर्काउने बढाउने जीवनमा नमानिकन हार ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ————-==———– [३] १// हुर्काउनुहुन्छ दु:ख गरी भाेकाे नराखी गर्नुहुन्छ काम मरी मरी ! २// कठिन दु:ख गरेर बाबा पढाउनुहुन्छ हामीलाई स्कुलको फी भरेर ! ३// आमाबाबु भगवान्का रूप नबनाउँ कसैले पनि जलाई नैवेद्य धूप ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि । ————-==———– [४] १// पूजनीय पिता माता धर्तीमा पाइला टेकाउने हामी सबका विधाता ! २// जतिसुकै गरोस् हङ्गामा बदला लिँदैनन् कहिल्यै सन्तति माथि बाबुआमा ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ————-==———– [५] नभुलाैँ कहिल्यै सुसंस्कार बाआमाकाे महानता भुल्दै गर्नु हुन्न तिरस्कार । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ ————-==———– [६] १// भगवान् जस्तै बाबुआमा सन्तानको पीर बोकी कहिल्यै नथाक्ने पीडामा ! २// आफू नखाई खुवाउने सन्तानप्रतिको अगाध माया सधैँ श्रमले नुहाउने ! ३// प्रेमको निशानी सन्तान हुर्किन्छ झन बढ्दै समयको गति बलवान ! ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ————-==———– [७] १// लगाउन दिई जामा जन्माई हुर्काइ बढाउने भगवान् हुन् बाबुआमा ! २// दिनुपर्छ हामीले साथ अशक्त भएको बेला राखेर पाउमा माथ ! ३// सबै मिल्नेछ खोजेमा शक्तिमा हुँदा आफू तर मिल्दैन बुवाआमा ! ✍️ दुर्गा भट्टराई मोरङ ————-==———– [८] आमा, बाबा हाम्रा तारा दुई आँखाको धेरै प्यारा राम्रा ! ✍️ कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा ————-==———– [९] आमाबाबा भन्दा ठूलो कुनै भगवान् हुन्नन् सन्तान पाउको धुलो ! ✍️ विवश पारदर्शी झापा ————-==———– [१०] १// देश नबनी हुँदैन बाआमा पाल्ने कुरा करकापमा परी हैन । २// हटाउन यो सामन्तवादलाई शोषणबाट मुक्त गराऔँ सम्पूर्ण हाम्रा बाआमालाई ! ३// लागे सहिदहरू अतितबाट व्यर्थ भए प्रयासहरू रेमिट्यान्सै चाहियो विदेशबाट ! ✍️ लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर, कल्याणठाना, पर्वत ————-==———– [११] १// आफ्नो संस्कार भुलेर हिँड्नु हुँदैन कहिल्यै नराम्रो काममा डुलेर ! २// बाआमालाई माया गर सन्तानलाई सहारा भनी परेका हुन्छन् भर ! ३// आफ्नो सन्तानको लागि आफू भोकै बसेर बरु खुवाउँछन् मागी ! ✍️ ललिता गिरी सिन्धुली, हाल काठमाडौँ 🇳🇵 ————-==———– [१२] जन्माउने हुर्काउने राम्रा जन्मदाता महान् छन् जिउँदा भगवान् हाम्रा ! ✍️ आर्त अकुलीन ————-==———– [१३] १// भविष्य सन्तानको उज्यालो आफूलाई रित्याउने विधाता वृद्धवृद्धाको पन्यालो तुवालो ! २// वृद्धाश्रमले मन चुँडिन्छ सन्तानको खुसीको डोकोले अन्धकारमय भविष्य किन्छ । ३// जीवनमा सबैको पालो आमाबुवा सन्तान सुख जीवनचक्र घाउ आलो ! ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ ————-==———– [१४] १// बाबाआमा ईश्वरको रुप छोराछोरीले स्याहार बुढेसकालमा छोराछोरी हुर्काउँछन् खुब ! २// मेहनत कर्म बाबाको भोको नाङ्गो हेरेर हरेक स्याहार आमाको ! ३// बाबाआमा ईश्वरको बरदान कसैले वृद्धाश्रम नपुर्याउँ घरमै गर्नुपर्छ सम्मान ! ✍️ बेदु न्यौपाने ————-==———– [१५] म जान्दिनँ धेरै यत्ति जान्दछु आमाबाबु भगवान् हुन् मेरै ! ✍️ लक्ष्मी रिजाल रूपनगर, सप्तरी ————-==———– [१६] १// नजाऔँ ईश्वर खोज्न हुनुहुन्छ भने बुबाआमा अरू पर्दैन रोज्न ! २// सुखको हुन्न फारो बुबाआमा नहुनेको घर सदा हुन्छ अँध्यारो ! ३// बुबाआमा हुन् ईश्वर यिनैको भरमा पर्दा बिग्रन्न कहिल्यै घर ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ————-==———– [१७] १// सम्मानका हुन् हकदार जन्माएर हुर्काउने ती बाबाआमाप्रति छ प्यार ! २// आशिर्वाद दिएर हात ठूलो मान्छे बनाइदियौ लागेर हाम्रो साथसाथ ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ————-==———– [१८] १// जन्माएर हामीलाई धरामा सबभन्दा ठूला भगवान् सादर प्रणाम बाबुआमा ! २// पाईँदैन कतै खोजेर बाबुआमा साथमा भएपछि खान लाउन रोजेर ! ३// सबै तारतम्य मिलाउने बाबुआमाले खोजमेल गरेर चाहिने कुरा दिलाउने ! ✍️ गुणनिधि घिमिरे, अमेरिका ————-==———– [१९] १// दुःख कहिल्यै गएन गरिबको आवाज सुन्ने आज कोही भएन । २// सधैँ दोषारोपण गरेका कुर्सीमोहमा छन् यिनीहरू एकअर्कामा हुन्छन् लडेका । ३// छलफल सधैँ चर्को एकता नहुने रहेछ लाग्न थाल्यो झर्को । ✍️ कला ढकाल, झापा ————-==———– [२०] आमाबुबा छन् महान सदा पुण्य कमाऔँ गरेर गरिबलाई दान ! ✍️ श्रीबहादुर केसी शैलुङ्गे ————-==———– [२१] १// अनेकन् कष्ट गरी जन्माए, हुर्काए, पढाए हुन् भगवान् सरी ! २// हाम्रालागि धाए चारधाम साथमै राख बाआमा नगर लखेट्ने काम ! ३// सधैँ पटुकी कसेर सन्तानको पेट भर्ने आफू भोकै बसेर ! ✍️ साबित्री प्याकुरेल, धादिङ्ग ————-==———– [२२] १// केही पाइन्न मन्दिरमा बाआमा खुसी रहुन् केही चाहिन्न शिरमा । २ // नखानु अन्न कुहाएर यसैबाट बन्छ मदिरा नराख्नु बाआमा रुवाएर । ३// मौका हेर्छन् पर्खिन्छन् वृद्ध बाआमासँग बेकारमा मदिरा खाएर झर्किन्छन् । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ————-==———– [२३] १// सबैभन्दा छन् राम्रा जिउँदा भगवान् हुन् बाबुआमा दुवै हाम्रा । २// मिलोस् शितल छाया बाबुआमा दुवैको सवैलाई नटुटोस् कहिल्यै माया ! ३// हेलाँ नगर्नु कहिल्यै वृद्ध भएका बाबुआमालाई सेवा पुर्याउनु जहिल्यै । ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत। ————-==———– [२४] १// जून अनि घाम बुबाआमा हुन् मेरा जिउँदो देवता चारधाम । २// मायाममताको शुद्ध खानी बुबाआमा नै हुन् मेरा सारा जिन्दगानी । ३// सोच्दैनन् कहिले नराम्रो प्राणप्यारो हुन्छन् सधैँ बुबाआमा नै हाम्रो । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ————-==———– [२५] १// आमाबुबा हुन् भगवान सबै दैवले दिएकाे गाैरवशाली हाम्रो सान ! २// दैवकाे प्रसाद बाआमा हुन् अमुल्य सम्पत्ति जिवनकाे गतिलो खामा । ३// पुजेर हिँड्छु सधैँ मेरा जिउँदा भगवान् ठानेर बाआमा अझै । ✍️ ईश्वर साउद रामारोशन गाउँपालिका ६ सुदेरपश्चिम अछाम ————-==———– [२६] १// आमाबाबु हाम्रो भगवान खपेर कष्ट लाखौँ बनाए हामीलाई जवान ! २// छाओस् सुखशान्ति दिनमा आमाबाबुलाई लागुन् निद नपारौँ कसैले ऋणमा । ३// नहोस् बरु धन रहोस् परिवार हाँसीखुसी नदुखाई आमाबाबुको मन । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ————-==———– [२७] १// बाबुआमा ईश्वरका रुप ठोस खान सक्दैनन् बनाएर देऊ सुप । २// बाबुआमालाई साथ देऊ बुढेसकालमा सेवा गर उनको आशिर्वाद लेऊ । ३// बाँचुन्जेल गर सेवा मृत्युपछि केही पर्दैन दान दिनलाई मेवा ! ✍️ देव कृष्ण काफ्ले पोखरा १कास्की ————-==———– [२८] १// पाइन्छ अटुट माया महत्त्वपूर्ण अङ्ग पनि जिउँदै बनेर पाया । २// बुबाआमा आशिर्वादको खानी सन्तानको लागि बरदान केवल स्वर्ग जिन्दगानी । ३// छोराछोरीको लागि हारेर प्रफुल्ल हुनुहुने बुबाआमा आफ्नो इच्छा मारेर । ✍️ पृथक प्रकृति, झापा ————-==———– [२९] १// झेलेर अनेकन् धामा सन्तानको भलो चाहने साक्षात् ईश्वर बाबुआमा l २// सारा इच्छा मारेर सन्तानलाई जिताउने होडमा बस्छन् आफूले हारेर l ३// शीलवती भएमा रामा घर बन्दछ अमरावती खुसी रहन्छन् बाबुआमा l ✍️ बाबुराम गौतम, गुल्मी ————-==———– [३०] १// बाआमाको सम्मान गर्न सबैले जान्नुको कुरा छोडिन्न पाउ पर्न । २// जिउँदा देवी भनेर सधैँ चिनिन्छन् बाआमा बस्छु भक्त बनेर ! ३// नदिनु दुःखमा पर्न ख्याल गरौ बाचुन्जेल अकालमा नपार्नु मर्न । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत 🇳🇵 ————-==———– [३१] १// आमाकाे न्यानाे काख बाबाकाे साथ गुनिलाे बिर्साउछ घमाइलाे बैशाख ! २// बाबाआमाकाे चोखो मायामा भविष्य सदा फक्रन्छ उहाँहरूकै शितल छायामा ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजा। ————-==———– [३२] १// सृष्टिकर्ता हुन् आमा प्रकृति चाहिँ बाउ नाता प्याराे मामा ! २// माया भयाे मुखले बुढाे हुँदा हेला बाँच्ने कति दुखले ! ✍️ जि.बि.चिन्तन ————-==———– [३३] १// जिन्दगीको संसार देखाउने आमा बाबु हुन् प्रेमिल नाम लेखाउने । ✍️ प्रेम थापा “मन”बागलुङ ————-==———– [३४] १// सधैँ दु:खकष्ट गरी पालनपोषण गर्ने आमाबाबु भगवान् हुन् सधैँभरि ! २// आमाबाबु पहिलो गुरू ज्ञान, बुद्धि सिकाउन गरे उनैले सुरू ! ३// कहाँ पाइन्छ खाेजेर आमाबाबुलाई घृणा नगर्नु कहिल्यै पाइन्न राेजेर ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ————-==———– [३५] दुःख पोल्टामा राखेर राख्दछ्न् बाबुआमाले सुखमा छोराछोरीलाई देवीदेवता भाकेर ! ✍️ प्रमिला प्याकुरेल, विराटनगर -५ ————-==———– [३६] १// आमाबाबु मेरा भगवान् साथ सहयोग दिने मेरा लागि महान् ! २// मिलिरहोस् आमाबुबाको साथ सधैँभरि सुन्न पाउँ उनका मिठामिठा बात ! ३// सबैलाई मिलाेस् छाया जिन्दगीमा मिलिरहाेस आमाबुबाको सधैँ न्यानो माया ! ✍️ श्रीकृष्ण धामी – बझाङ ————-==———– [३७] १// जन्माए, हुर्काए, बढाए सन्तानलाई बाबु आमाले सत्मार्गकाे ज्ञान सिकाए ! २// जान्दै बुझ्दै गएपछि बिर्सिन्छन् आफ्नै सन्तानले स्वार्थ पूरा भएपछि ३// बाबुआमा मिल्दैनन् खाेजेर सामान जस्तै किन्नलाई बजारमा पाईँदैन राेजेर ! ✍️ सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा ————-==———– [३८] बाबुआमा भगवान् समान सुन्दर संसार देखाउने उनै हुन् जान ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ————-==———– [३९] १// आमाबा हुन् देवता कहिले रुन नपरोस् कहदै आफ्नो व्यथा ! २// अरूको लाख चाहिँदैन आमाको काख भए कुनै विलाप गाइँदैन । ३// दुःखै सही मुस्कुराउने सन्तानको खुसीको लागि सत्मार्गमा हिड्न सिकाउने । ✍️ धनमाया चौधरी, कैलाली ————-==———– [४०] १// आमाबाबा हाम्रा भगवान् तिरस्कार नगर्नु कसैले गर्नु भगवान्झैँ सम्मान् । २// यस धर्तीमा टेकाउने आमाबाबुले नै हुन् सारा संसार देखाउने ! ३// गर्व गर्छु मातापिता धन्य भए आज साथमा पुज्छु गीता । ✍️ दुर्गा आचार्य मोरङ ————-==———– [४१] आमाबाबु पाइँदैन खोजेर आशीर्वाद हुन्छ ईश्वरको नखोज तिमी रोजेर । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ————-==———– [४२] १// यहाँ बाबाआमा जस्तो छैन अर्को भगवान् खोजी हिँड्छौ कस्तो ? २// बाबा र आमा भेट्न सक्दिनँ कहिल्यै फाट्दा धेरै जामा ! ✍️ दीपा समभाव खोटाङ्ग ————-==———– [४३] १// हाम्रो बाबुआमा भनेको हृदयको पाटो हुन् ईश्वर बनी बसेको । २// जिवन हुन्छ शुरू घरै भयो पाठशाला बाबुआमा हुन् गुरु ! ✍️ राजनारायण राई राजदल बस्ती सोनादह ————-==———– [४४] १// बाबुआमाले हुर्काए बढाए दश नङ्ग्रा खियाएर हामीलाई लेखाए पढाए ! ✍️ बि.कुलुङ ————-==———– [४५] १// आमाबाबा नै राज्य गर्छु सदैव श्रद्धा उनीहरू हाम्रो साम्राज्य । २// जीवन मेरो अधुरो आमाबाबा बितेर गएपछि सम्झेको छु अपुरो । ३// महानता देखे मातापितामा सम्झे अविभावकमा ईश्वरीय दुख्दैछ जलेको चितामा । ✍️ दिल ठकुरी, दार्जिलिङ ————-==———– [४६] १// सम्झन्छु बुट्टे जामा मायाले ल्याइदिन्थे मेरो प्यारो बुबाआमा ! २// सन्तानको खुसी खोजेर सम्झौता गर्थे कठै दुःखको बाटो रोजेर । ३// बच्चाकै सपना देख्थे रातोदिन एक गरी उनकै भविष्य लेख्थे । ✍️ पुष्पा राई, बादेल, खोटाङ। ————-==———– [४७] १// असिनाले पार्यो राँजो पीडा कसलाई सुनाउँ ? निष्प्राण छ रैपाँजो l २// विकट गाउँमा बस्छु खेतीपाती मुख्य पेसा माटोमै नङ्ग्रा धस्छु l ३// पाइदैनन् कतै निमेकी अर्मपर्म गरौँ भने बसाइँ सरे छिमेकी ! ✍️ बाबुराम गौतम गुल्मी
————-==———– [४८] १// ज्यानदिन्छन् सन्ततिका लागि आफू भोकभोकै बसेर खुवाउछन् बरु मागी । २// जान पर्दैन मन्दिर बाआमा खुसी हुँदा ह्ट्दछ सारा पीर ! ३// नेपालीपन यो नभुलौँ समय खेर फाल्दै अरूको लहैलहैमा नडुलौँ ! ४// सबैभन्दा छन् राम्रा जिउँदा भगवान् हुन् आमाबाबा नै हाम्रा ! ५// पुज्ने गरौँ अब मन्दिर नगई घरमा बाआमा छन् जब । ✍️ दुर्गा भट्टराई मोरङ ————-==———– [४९] १// जन्माउन हुर्काउन धामा सँधै खुसी चाहने भगवान् हुन् बाबुआमा । २// सहेर अनेकाैँ कष्ट हेर्न चाहन्छन् बाबुआमा सन्तान नहाेस् पथभ्रष्ट। ✍️ काेपिला अधिकारी सिरानचाेक – ७, गाेरखा ————-==———– [५०] १// बाबुआमा भगवान तुल्य आफ्नो कर्तव्य सम्झी तिर्नपर्छ सबले मूल्य ! २// बाबुआमा घरको बलो बुढेसकालमा हेला गरे हुन्न त्यसको भलो ! ३// गर्नुपर्छ बाबुआमाको सेवा गरेमा असल काम बल्ल मिल्दछ मेवा । ✍️ जयनारायण नेपाल इलाम ,हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर ————-==———– [५१] १// आमाबाको छ छत्रछाया सुरक्षीत त्यो कवच कतै नपाएको माया ! २// कालो टीकाले जोगाए कुदृष्टि पर्नै दिएनन् सन्तानको जिन्दगी सजाए । ३// गाली नै ज्ञान आमाबाको प्रसाद सम्झनू त्यसैले गर्नु सम्मान ! ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर ————-==———– [५२] बाबाआमा हुन् भगवान् आदर सत्कार गरौँ बन्न सदैव महान् । ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु ————-==———– [५३] १// लागेन निद्रा रातमा रेखदेख गर्दा उनैको छैनन् सन्तान साथमा ! २// ढुङ्गाका देउता नखोजौँ बाबुआमाको मन दुखाई नर्कको बाटो नरोजौँ । ३// कोखाकाे घाउ छोराछोरी अपार माया दिएर हुर्काउँछन् कसर नछोडी ! ✍️ पद्मा काश्यप पाण्डे मोरङ ————-==———– [५४] १// बस्छु बाबुआमाको साथमा सोध्ने गर्छु बारम्बार कस्तो छ गाथमा ? २// बाबुआमा साक्षात् भगवान दिनुहुन्छ सल्लाह अप्ठेरो कहिल्यै गर्नुहुन्न अपमान । ३// नबनून सन्तान कपुत चाहनुहुन्छ मेरा बाबुआमा बनून् राष्ट्रकै सपुत ! ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ। ————-==———– [५५] बाबाआमा हाम्रा भगवान ख्याल राख उनको नगरौँ कसैले अपमान ! ✍️ सरिता सेढाई, धादिङ ————-==———– [५६] १// दुःख कहिले नदेखाउने सन्तानको हुन् भगवान् हाँसेर खुसी बनाउने ! २// आमाबाबु हाम्रा छहारी प्रेरणा दिन्छन् सधैँ जीवन जिउँछौँ नहारी ! ✍️ सविता भट्टराई, जनकपुर ————-==———– [५७] १// अरूभन्दा नि राम्रा जिउँदा भगवान हुन् बाबाआमा त हाम्रा । २// सेवा सधैँ गर बुढेसकालको सहारा भनी परेका छन् भर । ✍️ कला ढकाल, झापा ————-==———– [५८] आमाबाबा सन्सार उनै उनीहरू विनाको जीवन देख्दिनँ खास कुनै ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ————-==———– [५९] १// आमाबाबु आउँदैनन् फेरि जतिसक्दो गरौँ सेवा अहिले यहीँ हुँदाखेरि । २// वरिपरि दुखले घेर्दा मुसुक्क हाँस्थिन् आमा सन्तानको मुख हेर्दा । ३// मातापिता भगवानको रुप सक्छौ घिउभात खुवाऊ कोइलालाई किन धुप ? ✍️ पशपती राई, खोटाङ ————-==———– [६०] १// आमाबुबा साथी मानेको देवतासमान हुन् छोराछोरीका संसारमै महान ठानेको । २// पीरमा केही नदिने छोराछोरीलाई नख्वाई आफूले खाना नभए नलिने । ✍️ भगवती दवाडी ————-==———– [६१] बाबुआमाको न्यानो काख भए पुग्छ मलाई चाहिँदैन सम्पत्ति लाख । ✍️ बिके मुखिया दार्जीलिङ,भारत। ————-==———– [६२] १// स्नेह प्रेममा आमाबाबाका डुब्न नजानेर मान्छे हिसाब ब्याज साँवाका । २// जिउँदा देवता छोडी मन्दिर जान्छन् किन ? यथार्थसँग मुख मोडी । ३// ममता, सुरक्षा काख पागल ! बिर्सेर चटक्कै पितृलाई बत्ती लाख । ✍️ मनोहरी पौडेल गैडाकोट १ ————-==———– [६३] १// आमाबुबाको छहारी पाई हामी रमेका हुन्छौँ नाना चाचा लगाई । २// आफ्नो पेट कटाई हामीलाई दिन्छन् सुख पसिनाको धारो बगाई ! ३// हामी नयनको नानी अगाडि बढाउँछन् बाबाआमाले पुर्याउन खोज्दैनन् हानी ! ✍️ सीमा कार्की समर्पण मेलचोक, पर्सा, नेपाल
समर्पण रम्जान ! गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो १० औं बार्षिकोत्सब तथा इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल अधाको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ मनाउने कार्यक्रम आयोजना गरेको छ ।
संघले आफ्नो स्थापना कालको दशौँ बर्ष पूरा गरेको उपलक्ष्यमा यो कार्यक्रम गर्न लागेको संघका सचीव सिद्दिलाल श्रेष्ठले जानकारी गराएका छन् । उक्त कार्यक्रममा संघको आर्थिक तथा १ बर्ष सम्म संघले गरेको कार्यप्रगती विवरणहरु प्रस्तुत गरिनुको साथै स्थानीय कलाकारहरु द्वारा केही सांस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिने जनाएको छ ।
संघले एक सूचना जारी गरि कार्यक्रम बारेमा जानकारी गराउँदै नेपाली राजदूतावास रियाद तथा नेपाली महाबाणिज्य दूतावास जेद्दा, साउदि अरबमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनएका प्रतिनिधि तथा सदस्यहरु, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, ब्यबसायीहरु, बिभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु,मिडियाकर्मीहरु, सामाजिक अभियन्ता तथा समाजसेवी सबैलाई गरिमामय उपस्थिति लागी पनि हार्दिक निमन्त्रणा गरेको छ ।
उक्त कार्यक्रम ७ जुन २०२४ , शुक्रबार, दिउँसो १ बजेदेखि अल कासिमको बुरैदा (अल कासिम कन्नभेसन सेन्टर नजिकैको ईस्तरहा) मा हुने पनि संघले जनाएको छ ।
थप बृस्तित जानकारीको लागी अध्यक्ष कृष्ण अधिकारीः-0556036023, उपाध्यक्ष बिनोद खड्गाः- 056 971 8205 सचीव सिद्धी लाल श्रेष्ठः-0542797023 सह सचिब बिर बहादुर तामाङः- 055 651 3107समिर के.सी, 059 478 5027राज पौडेल 050 574 1316, प्रबक्ता अली हुसैन मियाः 057 339 7731 हरुलाइ सम्पर्क गर्न पनि अनुरोध गरेको छ । कर्यक्रम हुने लोकेसन https://maps.app.goo.gl H6R3Uq1cPjUSosC18?g_st=com.google.maps.preview.copy
नेपाली महाबाणिज्य दूतावास जेद्दाले गत बिहिवार ३० मे २०२४ का दिन नेपाली हाजिहरुलाइ आफ्नै कार्यलयमा आमन्त्रण गरि सम्मान स्वरुप भब्य स्वागत गरेको छ ।
हज समितिका अध्यक्ष इस्रामुल्लाह मियाँको साथमा हज समितिका अन्य पदाधिकारीहरु तथा चिकित्सकको टोलिहरुलाइ निमन्त्रणा दिएर भेटघाट तथा दिवा खानको ब्यबस्था गरि नेपाली हाजिहरुको सम्मानस्वरुप स्वागत गरेको थियो ।
नेपाली हाजिहरुको साउदी आगमनको क्रममा एयर्पोटदेखीनै नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य प्रतिनिधिहरु, नेपाली दूतावास रियादका राजदुत महामहिम नवराज सुबेदी, समाजसेवी तथा ब्यबसायी राजु सैयद र अन्य समाजसेवीहरुले स्वागत गर्नुको साथै हाजिहरुको सहयोग र सहजताका लागि आवास्यक कुराहरु उपलब्ध गाराउन, हज गर्दा मक्का मदिनामा आइपर्ने कुनैपनी समस्यामा सहयोग गर्न सदैब नेपाली महाबाणिज्य दूतावास जेद्दा तयार रहेको कुरा महाबाणिज्य दूतावास जेद्दाका कार्यवाहक दुत सत्रुध्वन पोखरेलले बताउनु भयो !
हाजिहरुको सहयोगका लागि केही मुस्लिम स्वयंसेवकहरुलाइ पनि खटाइएको जानकारी गराउदैँ सम्पुर्ण हाजिहरुको मनोकामना तथ हज यात्राको सफलताको शुभकामना पनि दिनु भएको थियो । यसरी नेपाली हाजिहरुलाइ प्रहिलो पटक स्वागत गर्न पाउँदा महाबाणिज्य दुत पोखरेल ले खुशी ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी तथ ईस्लामिक सेन्टरका मन्जुर अलि मियाँको पनि उपस्थिति रहेको थियो ।
समर्पण रम्जान ! जेद्दा! साउदी अरब! मिति ३१ मे २०२४ शुक्रबारका दिन ईस्लामिक दावा सेन्टर नेपाली बिभाग सनैया १ जेद्दाद्वारा ईस्लामिक परिचायत्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भेटघाट गराइ ईस्लामिक परिचय दिने उद्देश्यका साथ सेन्टरका नेपाली बिभागकाका प्रतिनिधि मन्जुर अलि मियाँको सभापतित्वमा र नेपाली महाबाणिज्य दूतावास जेद्दाका कार्यबाहक महाबाणिज्यदुत सत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा नेपाल बाट हजको लागि आउनु भएका अलाउदिन फलाही, बिशिस्ट अतिथी तथा प्रमुख बक्ताको रुपमा रहेका थिए ।
मदिना युनुभर्सिटिमा पढ्दै गरेका प्राध्यापक महम्मद युसुफ द्वारा संचालन गरिएको कार्यक्रममा बिशेष अतिथिमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, र अतिथिहरुमा दावा सेन्टरका सेखरु, एनआरएनए आरसिसि का का.वा. अध्यक्ष चिरञ्जीवी बस्नेत, बरिस्ठ समाजसेवी भिम गुरुङ, हाजी मुमिन मियाँ, समाजसेवी सम्पुर्ण के.सि, युवा क्लबका सचिब पवन पराजुली हरुले आशन ग्रहण गरेका थिए !
कन्सुलर जेद्दाका प्रतिनिधि शेख अताउल्लाह जि बाट इस्लामीक पवित्र धार्मिक ग्रन्थ कुरानको बाचन गरेपछि नेपाली राष्ट्रिय गान सँगै सुरु गरिएको उक्त कार्यक्रममा नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख बक्ता अलाउदिन फलाही तथा अब्दुल्लाह बिष्टले इस्लामको परिचयका साथै जीवन जिउने पद्धति,आसय र ईश्वर प्रतिको आस्था बारे बृस्तित जानकारी गराइ सबैमाझ इस्लामको परिचय दिनु भएको थियो ।
यसै गरि कार्यक्रममा रम्जानदिन मियाँले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरु भिम गुरुङ राज कुमार गुरुङ ले इस्लामका बारेमा बुझ्ने मौका मिलेकोमा दवा सेन्टर लाई धन्यवाद दिएका थिए । अन्तमा प्रमुख अतिथि सत्रुध्वन पोखरेल ज्यु ले पनि यो कार्यक्रम बाट धेरै कुरा बुझ्न पाइएकोमा खुशी व्यक्त गर्दै संक्षेपमा सबैले सत्कर्म गर्न पर्ने र एक आपसी सद्भाव सहयोग तथा आदार सत्कार गर्नुनै जीवन यापन र मरण पछिको सफलता हुने बताउदै आयोजकलाइ धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा आयोजक टिमले नेपाली सेल रोटि तथा खानाको ब्यबस्थापन पनि गरेको थियो ।
कार्यक्रममा सफल र भब्य बनाउन उपस्थित रहनु भएका अतिथी तथा सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ कार्यक्रम आयोजक सभापति मन्जुर अलि मियाँद्वारा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङले गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ मा अवस्थित सर्वोदय उच्च माध्यमिक विद्यालय, सिसहनिया देउखुरीमा यही जेठ १५ गते उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।
उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिने चिकित्सालयका सूचना अधिकारी बसन्त बहादुर के.सी.ले बताउनुभयो । शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण सेवाका साथै नि:शुल्क औषधी वितरण, भिडियो एक्सरे, प्रयोगशाला(सुगर जाँच) तथा परामर्श सेवा प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।
शिविरमा नाक, कान र घाँटीको चेकजाँच, शल्यचिकित्सा( पाइल्स, फिसर, फिस्टुला लगायत गुदागत र अन्य रोगको चेकजाँच), वात तथा नशा रोग परिक्षण सेवा, बालरोग, छालारोग, काय चिकित्सा (जनरल आयुर्वेद) सेवा, स्त्री तथा प्रसूति रोग परिक्षण सेवा, लगायतका सेवाहरू उपलब्ध रहेको सूचना अधिकारी के.सी.ले बताउनुभयो ।
साथै सूचना अधिकारी के.सी.ले शिविरमा आएर आफ्नो स्वास्थ्य समस्याको परिक्षण विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा गराई स्वास्थ्यलाभ लिनुहुन स्वास्थ्य समस्याबाट पीडित समस्त आमाबुबा, दाजुभाइ तथा दिदीहरूमा हार्दिक अपिल पनि गर्नुभयो ।
झिल्का लेखन अभियानको १२औँ शृङ्खला (परिवार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
[१] १// हुँदैन कदापि हार एकजुट हुन्छन् जहाँ समस्या पर्दा परिवार ! २// सुन्दर सामाजिक चित्र स्वर्गकै आनन्द अनुभूति मिल्छ सफल परिवारभित्र ! ३// खुसी समृद्धिको राज असल परिवार मिली बन्छ आदर्श समाज ! ✍️ वसन्त अनुभव —————<•>————— [२] १// हाम्रो पनि बाटो कहिलेकाहीँ हो मिल्ने परिवार छैन लाटो ! २// दुःखमा साथ दिने एकदिन त आयो नबन है लिने ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— [३] १// जसले सिकाउछ संस्कार मजबुत हुन्छ साच्चै उसैको सुन्दर परिवार ! २// स्वर्गजस्तो सुन्दर चित्र खोज्नुपर्दैन अन्त कतै बनाए परिवारलाई मित्र ! ३. पर्दैन धनले भर्न असल बाटो बनाऊँ सन्तानको विकास गर्न ! ✍️ शंकर कार्की,मकवानपुर। —————<•>————— [४] १// सधैँ नै जुट्नुपर्छ घर परिवार सिँगार्नलाई फुटले हानी गर्छ । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी —————<•>————— [५] १// थामिरहेछु पीडा भारको दुःखले कहिल्यै छोडेन खोज्दा खुसी परिवारको ! २// घुम्दैछु म सेरोफेरो थकित हुन्छ शरीर हर्षित परिवार मेरो ! ३// बाध्यता परदेश जान पसिना रोपेर बालुवामा पाल्नुछ सारा जहान ! ✍️ भुपेन्द्र राना मगर धादिङ —————<•>————— [६] १// असल पारिवारिक घर बन्छ सुन्दर फूलबारी हुँदैन कसैलाई डर ! २// एकतामा हुन्छ तागत मजबुत हुन्छ मान्छे यस्तो परिवारलाई स्वागत ! ३// सबैको मुहार चमकदार आपसी हर्ष सद्भावको सबै हुनुपर्छ लचकदार ! ४// स्वर्ग भनेको सम्बन्ध जहाँ हुन्छ मिलेमतो बन्छ जीवनको प्रबन्ध ! ✍️ घनश्याम पन्त हरिवन सर्लाही —————<•>————— [७] १// परिवार हाँसे घमाइलो हाँसुन् परिवार सबै जिन्दगीभर हुन्छ रमाइलो ! २// परिवारमा तिमीले जानीजानी स्वार्थ लुट्न खोज्यौ परिवारको पेटमा हानी ! ३// परिवारलाई आँसुको तालमा खाना खाँदै तिमीले थुक्दियौ त्यहीँ थालमा ! ✍️ चुडामणी देबकोटा चनपा१३काठमाण्डौ —————<•>————— [८] १// खुसी आनन्दको खानी परिवार हुनाले साथमा नितान्त सौम्य जिन्दगानी ! २// जीवनको मेरुदण्ड परिवार उतारचढाव हुँदा पनि हुँदैन कहिल्यै निस्सार ! ३// जिजीविषा हुन्छ सगरमाथा सुखशान्तिको मिठो आभास कालजयी परिवारको गाथा ! ✍️ पृथक प्रकृति ,झापा —————<•>————— [९] १// थलो मानव सृष्टिको समाजको पहिलो रूप परिवार सद्भाव वृष्टिको ! २// परिवार पहिलो पाठशाला सत्मार्ग देखाउने थलो प्रेमको अटुट माला ! ३// भलो कुभलो भेद यहीँ जानेर गए पर्दैन दुर्जनको छेद ! ✍️ मनोहरी पौडेल गैडाकोट १ —————<•>————— [१०] १// सनातनी सभ्यता संस्कार वैरभाव हामी जान्दैनौँ विश्व हाम्रो परिवार ! २// परिवार पवित्र बन्धन अभिभावक शिरको टोपी ललाटमाथि सेतो चन्दन ! ✍️ बिके मुखिया दार्जीलिङ,भारत। —————<•>————— [११] १// जिन्दगी काट्न परिवार एकजुट बन्नुपर्छ सधैँभरि बढ्दै जानेछ अधिकार ! २// एकताले काम गरेर सम्पत्ति जोड्न सकिने अन्नको भकारी भरेर ! ३// परिवारमा बल हुन्छ खेतबारीमा मिलेर गर्दा उन्नतिले शिखर छुन्छ ! ✍️ भगवती दवाडी , दमक,झापा —————<•>————— [१२] १// सानो परिवार वेश सुखशान्ति भरिभराउ आहा ! जिन्दगीमा लाग्दैन ठेस ! २// घरका मूल खाँबा हुरी बतास थाम्ने ईश्वर हुन् बाबा ! ✍️ राजनारायण राई राजदल बस्ती सोनादह —————<•>————— [१३] १// हुँदैन हार मानेर हुन्छन् आपतमा सहभागी परिवार आफैँ जानेर ! २// परिवारको खुसीका लागि पुकार गरेको हुँ ढुङ्गा ढोगेर मागी ! ३// परिवारको खुसी लिन तयार हुनुहोस् सधैँ परे ज्यान दिन ! ✍️ ललिता गिरी, सिन्धुली —————<•>————— [१४] १// ममताको अनेक हतियार मेलमिलापको एक उत्प्रेरणाले बलियो बनाउँछ परिवार ! ✍️ प्रेम थापा “मन”बागलुङ —————<•>————— [१५] १// हाम्रो साहित्यिक सफर हरेक परिवार पनि हुन्छ आत्मियताको रहर ! २// देशलाई मातृत्व सम्झिएँ नागरिक परिवार एउटै सधैँ पसिना पिएँ ! ३// जता बसुन् सन्तान देशलाई जोगाउँ मिली दिेएर सबैले योगदान ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— [१६] १// सधैँ परदेशी भएर कहिले साथ रहुँला परिवारसँग भेट भएर ! २// जीवनमा परेमा भार सधैँ खुसी राख्नेछु अब मेरो परिवार ! ३// कहिले होला पाइने हामी परदेशीलाई आस परिवारको माया चाहिने ! ✍️ लक्ष्मण देउवा डोटी —————<•>————— [१७] १// एकआपसमा मेलमिलाप हाम्रो सद्भाव प्रेममा रहेर परिवार मिलेको राम्रो ! २// दुःखसुख एकअर्कोमा बाँडेर जानुपर्छ मिलेर अगाडि परिवार भावना साटेर ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— [१८] १// सम्पुर्णमा धेरै माया साथ सहयोग दिएर हुनु सधैँ दायाँबायाँ ! २// लालीगुराँस छ फुलेको पहाडको भिरालो पाखामा मेरो मन भुलेको ! ३// रहर हैन बाध्यता प्रमाणपत्र बिक्ने ठाउँ भन्नुस् छ कता ? ✍️ अनिता कार्की कुम्मायक गाउँपालिका ५ पाँचथर —————<•>————— [१९] १// समाजमा रित बस्यो परिवारकै निम्ति आखिर युवा परदेश पस्यो ! ✍️ बि.कुलुङ दार्जिलिङ —————<•>————— [२०] १// परिवारको त्यो छत्रछाया शितल छहारी बनाेस् माैलाओस् एकाअर्काको माया ! २// बनाेस् सपरिवार असल बाेध हाेस् जिम्मेवारी सप्रियाेस् माैसमी फसल ! ३// कर्तव्यकाे हेक्का राखाैंँ तिताेपिराे कतै नपारी पारिवारिक स्वाद चाखाैँ ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— [२१] १// घर पहिलो पाठशाला परिवारको लागि स्वर्ग नहोस् है बधशाला ! २// आपसी हाम्रो जुटमा समस्या सहजै टर्छ नपरे कहिल्यै फुटमा ! ✍️ सरस्वती श्रेष्ठ इटहरी —————<•>————— [२२] १// हुँदैछ परिवार खण्डित विदेश पलायन भई हुँदैन कोही दण्डित ! ✍️ नागेन्द्रप्रसाद यादव —————<•>————— [२३] १// मिलेर बसे परिवार आउँदैन समस्या कहिल्यै मिलेको हुन्छ घरबार ! २// पर्दा साथ दिनु परिवार सबैकाे कर्तव्य पक्ष राम्रो लिनु ! ३// शान्ति छाउँछ त्यहाँ झगडारहित परिवार हेर बसेकाे हुन्छ जहाँ ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि —————<•>————— [२४] १// स्वर्गझैँ हुन्छ घर हुन्छ जुन परिवारमा एकअर्काको पूर्ण भर ! ✍️ अरुण कुमार भुजेल गोरू बथान,कालिम्पोङ,भारत। —————<•>————— [२५] १// दु:खसुखको यही सार गर्नु काम बाँडीचुँडी अगाडि बढ्छ परिवार ! २// परिवार सजिलै चल्छ सीप अनुसारको कामले भाग्यमा अमृत फल्छ ! ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । —————<•>————— [२६] १// जुटेर भिडियो मेलको भित्रिन्छ शान्ति भएर सहयोग हुँदैछ खेलको ! २// परिवार देवको भवन मन्दिर बन्छ आपसमा सुखको चौतारो सज्जन ३// आपसी मेलको खेलाडी परिवार जन भएर नगर कहिल्यै खेलाँची ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— [२७] १// घर अनि परिवार राख्नसक्नुपर्छ हेर मिलाई बनी हामी इमानदार ! ✍️ बाबुराम पाण्डे अर्घाखाँची —————<•>————— [२८] १// हुँदा सुखी परिवार झुपडीमा रहे तापनि सदा मिल्छ बहार ! २// सुख, शान्ति, समृद्धि परिवार मिलेर बस्दा हुन्छ झन् अभिवृद्धि ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— [२९] १// आत्मीय सुरक्षा धार सुन्दर बन्छ जीवन भएमा खुसी परिवार ! २// भेटिन्छ समस्याको हल एकअर्काको दुःखमा मिले मिल्छ परिवारबाट बल ! ३// असल परिवारको खाँचो सुन्दर समाज बन्न संस्कार जगत साँचो ! ✍️ सुस्मिता अधिकारी काठमाडौँ —————<•>————— [३०] १// सफल जीवनको सार शान्ति प्राप्तिको लागि मिलेको घर परिवार ! २// एक सुन्दर हार जस्तै त हो एक विवेकशील परिवार ! ३// परिवार हो पहिचान देशले दिन्छ व्यक्तिलाई इज्जत मान सम्मान ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग —————<•>————— [३१] १// जीवन सुखी बनाउन आफ्नै घर परिवारलाई सक्नुपर्छ सहजै मनाउन ! २// परिवार नै सर्वशक्ति जीवनोत्सर्गमा पुर्याउन हेर अरूको नगर्नू भक्ति ! ३// चाहिँदैन अरूको सार परिवार मिलेर बसे हुँदैन कहिल्यै हार ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । —————<•>————— [३२] १// एकाघरमा भएका परिवार सबै मिलेर बस्दा सुन्दर बन्छ घरबार ! २// हुन्छ त्यहाँ हार एकार्कामा झैँझगडा गरी मिलेर नबसे परिवार ! ३// गर्नुपर्छ एकार्कामा सल्लाह छरछिमेकले भनुन् त्यसलाई कस्तो चलेको वाह ! ४// घरका कुरा नगरौँ अगुल्टो नठोसी बल्दैन भन्ने दिमागमा भरौँ ! ५// परिवार बनाऔँ सुन्दर सिकुन् अरूले पनि राम्रो बनोस् घर ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। —————<•>————— [३३] १// परिवारसँगै भई साथमा बसौँ सबै मिलेर सुख फुल्छ हातमा ! २// धेरै कुरा बुझौँला एकै घरमा बसेर बाबा, आमा पुजौँला ! ३// कसैको पिर हुँदैन भात एकै भाँडाको खाए कोही रुँदैन ! ✍️ सञ्जना शर्मा —————<•>————— [३४] १// मानौँ सबैलाई परिवार जोडेर प्रीतिको नाता हुनेछ सुनौलो संसार ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— [३५] १// बेरोजगारीको झोला बोकेर परदेश हिडेको थिएँ आँखाको आँसु रोकेर ! २// बालापन फर्किँदैन रोएर सम्झेर मात्र नहुने आँसुले सिरानी धोएर ! ३// स्वार्थले भरिएको संसारमा असाध्यै सोझोपन हुनाले भएछु आज अन्धकारमा ! ४// अर्काको मायाको आशा अत्यधिक गर्नुको परिणाम हुँदैछ आजकल निराशा ! ✍️ पुरुषोत्तम फुयाल साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ —————<•>————— [३६] १// सुन्दर परिवारको भित्र शिखर चुम्छ सफलताले कोरिन्छ एकताको चित्र ! २// हातमा हात समाई परिवारमा रहौँ सधैँ एकअर्का खुसीमा रमाई ! ३// एकताको पुञ्ज तारा मिलेर बसेको देखी नमूना लिनु सारा ! ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा —————<•>————— [३७] १// देशकाे माया गराैँ शाश्वत रूपले अब मानापाथी नै भराैँ ! २// मनकाे दियाे बालेर उच्च हिमाली शिरमा सफल पाइला चालेर ! ३// राखेर शिरमा बुकी हाँसेर दन्त लहरले सधैँ बनाैँ सुखी ! ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर —————<•>————— [३८] १// सुखदुःखको मूल सार सबै एकजुट हुनुपर्छ सधैँ आफ्नो घरपरिवार ! २// मिलेर काम गर्नुछ परिवार जुटौँ एकतामा एकदिन अवश्य मर्नुछ ! ३// ईश्वर जप्नु मनमा बोलीमा नहोस् असत्य लोभ नगर धनमा ! ✍️ बेदु न्यौपाने —————<•>————— [३९] १// मन मिलेको घरमा आनन्दले बस्छन् जहान एकअर्काको स्निग्ध भरमा ! २// बल्दैन खुसीको दियो अन्योलमा पर्छ परिवार धरमरिए घरको मियो ! ३// सम्हालौँ थुतुने हतियार चिरस्थायी राख्ने भए शान्त सौम्य परिवार ! ✍️ बाबुराम गौतम, गुल्मी —————<•>————— [४०] १// एउटै संस्कृति संस्कार बसाइँ एउटै घरमा त्यसलाई भन्छन् परिवार ! २// झिल्का लेखौँ बारम्बार समूहका हामी सबै एउटै घरका परिवार ! ३// छरछिमेकमा गर्नुपर्छ हारगुहार बाआमा छोराछोरी नातिनातीनी हुन्छन् घरमा परिवार ! ४// हवल्दार सिपाही चौकिदार ढुक्कले मिलेर बसौँला रमाइलो हुन्छ परिवार ! ५// चासो गर्दैन सरकार विकसित पारौँ गाउँलाई मिलेर सबै परिवार ! ६// ज्ञानको सन्देश छरौँला झिल्का समूह परिवार मिलेर प्रगति गरौँला ! ७// लगिदेऊ सन्देश समाचार सम्पूर्ण नागरिक विश्वका एउटा ठूलो परिवार ! ८// सुखदुःखको बेलामा जो सहयोग गर्छ आपत्तिमा बुझ्नु संस्कार परिवारको ! ९// अधिकृत मुखिया खरिदार शासक शासित जनता देशका एउटै परिवार ! ✍️ गुणनिधि घिमिरे अमेरिका झिल्का कविता परिवार —————<•>————— [४१] १// संयुक्त छ परिवार छैन विश्वास आपसमा झगडा परिरहन्छ तारन्तार ! २// बुझ्दैनन् कसैले कुरा सबै हुन्छन् जान्ने चलाउछन् हरदम छुरा ! ३// खुसी परिवारको आधार सबै जुटुन् कर्ममा नहोउन् कोही बेरोजगार ! ✍️ सतीश पण्डित चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————— [४२] १// मन मिले घरमा खुसी हाँसो बढ्छ परस्परको साथ भरमा २// मिलेर बसे परिवार छाउँछ माहोल खुसीको बन्दछ मिलेको घरवार ! ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। —————<•>————— [४३] १// एक्लोलाई छैन आधार आफन्त पराइ भएपछि लाग्दैछ महत्वपूर्ण परिवार ! २// उजाडिएपछि आफ्नो संसार खिन्नतासँगै मनको बगरमा खुशीको खोज्दैछुु परिवार ! ३// समालेको सुखी परिवार बाँचुन्जेल रहेछ दुनियाँमा जिवनभरको जिउने आधार ! ✍️ दिल ठकुरी टिस्टाभेल्ली दार्जिलिङ —————<•>————— [४४] १// सुखी परिवार बनाउन दुई छोराछोरी जन्माएँ दुबै उडे कमाउन ! ✍️ नन्दलाल आचार्य, उदयपुर । —————<•>————— [४५] १// सुन्दर हुन्छ परिवार मिलेको छ जहाँ एकतामा राम्रो व्यवहार ! २// त्यसै आफैँ टर्दैन परिवारले भनेको मान्नु कहिल्यै झुक्नु पर्दैन । ३/ जीवनमा मिल्छ सार असल काम गरे परिवारमा हुँदैन भार ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । —————<•>————— [४६] १// मानव सृष्टिको थलो परिवार बचाउनुछ यहाँ सबैको हुन्छ भलो ! २// आमाको माया देखेर परिवार कति मिलाएको उसको कहानी लेखेर ! ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा —————<•>————— [४७] १// परिवार धान्न गाह्रो बेरोजगारीले सहर ढाक्यो भयो जीवन साह्रो ! २// छहारी दिने रुख बाँच्न सकिन्छ बाँच्न शान्तिले परिवारमा भए सुख ! ३// दश औँला जोडेर परिवारसँगै बसौँ मिली नजाऊ विदेश छोडेर ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौ —————<•>————— [४८] १// हिमाल पाैडिन्छ तालमा यस्ताे सुन्दर दृश्य देख्न पाइन्छ नेपालमा ! २// प्राकृतिक सुन्दरता कमाल यसलाई संरक्षण गर्दै आफ्नाे व्यवसाय सम्हाल ! ✍️ देव कृष्ण काफ्ले पाेखरा १.कास्की —————<•>————— [४९] १// जीवनकाे मुल आधार सृजना गराैँ सबैले बसाउँदै सम्मुन्नत परिवार ! २// सभ्य समाजकाे आधार आरम्भ गर्नुपर्छ परिवारबाटै फिजाई भवमा सुसंस्कार ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । —————<•>————— [५०] १// जसले सबैको सुन्छ आत्तिनुपर्दैन ऊ दुखमा परिवार साथमा हुन्छ । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। —————<•>————— [५१] १// निरन्तर एकअर्काको सारमा सहकार्य गर्दै गए शान्ति हुन्छ परिवारमा ! २// नअल्झिऔँ कुरामा मसिना सधैँ अप्ठ्यारो जिन्दगी हुन्छ परिवारको साथबिना ! ✍️ साबित्री प्याकुरेल,धादिङ्ग। —————<•>————— [५२] १// सधैँ खुसियाली छाउँछ मिलन भए परिवारमा सुखशान्ति समृद्धि आउँछ ! ✍️ अनिता भण्डारी ताप्लेजुङ —————<•>————— [५३] १// हुन्छ पारिवारिक सुख सुसंस्कारले दीक्षित भए हट्छ सबै दुख ! २// चाहिन्न सम्पत्ति अति पारिवार मजबुत पार्न मियो बन्नुपर्छ दम्पती ! ३// देखासिकी हुन्छ कारण हुन्न हाैँसिनु हतासिनु गर्नुपर्छ सधैँ धैर्यधारण ! ✍️ (इलाम हाल सूर्यविनायक २ बालकोट , भक्तपुर । —————<•>————— [५४] १// हाम्रो शक्ति परिवार सबै मिलीजुली बस्दा कहिल्यै हुँदैन हार ! २// एकतामा हुन्छ बल साह्रो, गाह्रो पर्दा समस्याको भेटिन्छ हल ! ३// परिवारमा हुनुपर्छ एकजुट सहज हर परिस्थिति बन्छ नपरेसम्म फुट ! ✍️ रुना कर्माचार्य दाहाल चितवन —————<•>————— [५५] १// परिवार जिवनको सार बन्छ हामी मिलेमा सधैँ सुखी परिवार ! २// परिवारमा सबै जुटने राम्रो कामकाे लागि गर्नुपर्छ चाडै उठने ! ✍️ श्रीकृष्ण धामी – बझाङ —————<•>————— [५६] १// एक भए परिवार हेप्न सक्दैन कसैले दर्बिलाे हुन्छ घरबार ! ✍️ उर्मिला के.शी धनकुटा —————<•>————— [५७] १// व्यक्ति पूर्ण बन्न परिवार पहिलो खम्बा लायक मान्छे भन्न ! २// घर एकतामा फुल्छ शान्ति समृद्धि छाएर टोल समाजै खुल्छ । ३// मायाममता नै छाएको स्वर्गझैँ अदभूत लाग्ने आहा ! वरदान पाएको । ✍️ पुष्पा राई, बादेल, खाेटाङ । —————<•>————— [५८] १// आउँछन् अनेकौँ अड्चन परिवार एकजुट भएमा तोड्न सक्दैन बन्धन ! २// दुःखमा परिवार सहारा सजिलै समस्या टर्छ निभाउन सकिन्छ अभिभारा ! ३// परिवारको कुरा मानी हामीले कदम चाले भन्छन् हुँदैन हानी ! ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा काठमाडौँ —————<•>————— [५९] १// स्वर्गझैँ आहा राम्रो सुखी र खुसी हुन्छ परिवार हाम्रो ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— [६०] १// एकतामा बाँधिएको घर मन्दिर जस्तै बनाउने सबैको मनमा रहर ! २// सद्भावको हुनुपर्छ मेल परिवार एक हुनलाई विश्वासमा नगरेर झेल ! ३// दाजुभाइ यदि फुटेर फाइदा उठाउँछन् बाहिरीहरू जरो खन्न जुटेर ! ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ —————<•>————— [६१] १// एक भएपछि परिवार स्वर्ग खोज्नुपर्दैन कतै झुपडी सुखको सार ! २// मिल्दा आपसमा विचार हुँदैन झगडा कहिले पूर्ण बन्छ परिवार ! ✍️ पद्मा काश्यप पाण्डे, मोरङ —————<•>————— [६२] १// परिवार हाम्रो पाठशाला संस्कार पहिलो पढाइ सिकौँ असल चाला ! २// मातापिता हुनुपर्छ असल छोराछोरीले शिखर चुम्छन् जताततै सफलताको फसल ! ३// सबैलाई माया चाहिन्छ बाँडेर सकिँदैन माया जतिको तति पाइन्छ । ✍️ पशपती राई खोटाङ। —————<•>————— [६३] १// परिवार भए सानो साह्रै सुन्दर हुन्छ पुर्याउन सकिन्छ मानो ! २// शान्त सुखी परिवार सफल उज्ज्वल भविष्यको सुन्दर सुन्दर भावोद्गार ! ३// परिवार बस्नुपर्छ मिलेर बनाइदिन्छ बर्बाद नमिले बारुलो अरिङ्गालले चिलेर ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— [६४] १// माया प्रेमको घर सुरक्षाको हो पुण्यस्थल जीवनको गतिलो भर ! २// स्नेहको शितल थलो साथ सहयोगको स्वर्ग सबैको हुन्छ भलो ! ✍️ तोया नाथ चापागाईं दमक,झापा —————<•>————— [६५] १// सुखदुःख अनि माया साटासाट गर्ने थलो जीवन तापको छाया ! २// खनजोत सम्बन्ध नाता साउनु दाउनु हाम्रो आमाबुबा ईश्वर जन्मदाता ! ✍️ ममता पौडेल बुढीगंगा – २ मोरङ —————<•>————— [६६] १// परिवार खुसी राख आपसमा सद्भाव रहेको जिन्दगीको मजा चाख ! २// स्नेह अनि मायाममताले ढिका पारेर परिवार राखौँ आफ्नै क्षमताले ! ✍️ सरिता सेढाई धादिङ —————<•>————— [६७] १// निभाउनु पर्छ कर्तव्य चिनेर आफ्नो ठाँउ सजिलै पुगिन्छ गन्तव्य ! २// पर्खन गाह्रो रहेछ अँध्यारो यो रातपछि बिहानी हुने रहेछ । ३// गजबको हुन्छ शक्ति तरबारभन्दा त कलमको नगरौँ कसैको भक्ति ! ✍️ समुन्द्रा शर्मा सुनसरी —————<•>————— [६८] १// जीवनको आधार परिवार अमृत साधारण भएपनि भाेजनमा विभिन्न परिकार ! २// आउँछन् गरिकन परिसार हुन्छन् परिवार आफ्नो पाउँछन् सेवामा परिचार ! ३// मिलेर बन्छन् परिष्कार परिवार स्वर्ग बनेका भूलमा माग्छन् परिहार ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ । —————<•>————— [६९] १// परिवार नै साहारा बालक बुढाे तङ्ग्रन्छ पाई मीठाे आहारा ! २// संयुक्त परिवार टुक्रिदा लाग्छ अधाेगति अर्थ व्यक्तिकाे मन विग्रिदा ! ३// परिवारमा कलह बढ्दा हेप्छन सबै छिमेकी परिवारकाे आशङ्का चढ्दा ! ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला,सल्यान —————<•>————— [७०] १// जान्छन् युवा परदेशमा परिवार आफ्नो पाल्नलाई छैन रोजगार स्वदेशमा ! २// सुखशान्ति पक्कै छाउँछ परिवार मिलेर बसे हर्षका दिन आउँछ । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— [७१] १// बनाउनु पर्छ घरबार सबै जुट्यौँ भने सफल हुन्छ परिवार ! ✍️ गंगाराम यादव औरावनी,२ सुनसरी —————<•>————— [७२] १// समाज हाम्रो मिलेर बढ्नुपर्छ अघि सदा समस्या सबै चिनेर ! २// मित्रताभन्दा त ठुलाे केही हुँदैन अरू घनिष्ठ प्रेमको कुलो ! ३// विकास हुन्छ तब मिलिजुली बढे हामी जुटेर हिडौँ अब ! ✍️ ईश्वर साउद रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम —————<•>————— [७३] १// मान्छेमा मानवता हरायो सबैका खुसी लुटेर ठुल्ठुलाे स्वरमा करायाे । २// सद्भावमा हाँसो खुल्दछ सन्सार मायाकाे फूलबारी समाजमा शान्ति झुल्दछ । ३// अशान्ति अज्ञानकाे मूल संस्कार संस्कृति प्याराे ज्ञान शान्तिकाे पुल ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे। —————<•>————— [७४] १// परिवार बन्दछ सुखी आपसमा सुमधुर सम्बन्धले टाढिएमा पार्दिन्छ दुखी ! २// एकबाट दुई हुँदै बन्छ बृहत् परिवार सहृदयलाई स्नेहले छुँदै ! ३// नमुना बन्छ परिवार विनम्रता र मर्यादाले बन्दछ ममताको दरबार ! ✍️ पारसमणि खतिवडा इलाम सूर्योदय ३ हाल सूर्यविनायक भक्तपुर । —————<•>————— [७५] १// रित्तो गाग्री अशुभ भन्दै हिँड्छन् खुरुखुरु कहिले भेटाउने कौस्तुभ ! २// शान्तिप्रति बाधाको शमन भनेर हुन्छ कहिले मनले गरिरहन्छ दमन ! ३// मुहारमा मुस्कान देखेर यो मोहनीय जीवनमा आउँदैछु जोबन लेखेर ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान 🇧🇹 —————<•>————— [७६] १// नमानी कहिल्यै हार कसेर सम्बन्धको गाँठो बनाऔँ सुखी परिवार ! ✍️ बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु —————<•>————— [७७] १// छाडौँ शङ्काकाे दृष्टि रचौँ सुन्दर परिवार हुन्छ सर्वत्र पुष्षवृष्टि ! ✍️ काेपिला अधिकारी सिरानचाेक- ७ ,गाेरखा —————<•>————— [७८] १// नगराैँ निर्णय हतारमा मानव हामी सबैलाई मिल्छ खुसी परिवारमा ! २// गर्नेछन् अरूले प्रहार यथार्थ बुझाैँ साथी नबस्दा मिलेर परिवार ! ३// हामीले राखाैँ ज्ञान साँच्चै यी मानवजातिको गहना हुन्छ परिवार ! ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। —————<•>————— [७९] स्वर्ग हाे घर याे जुनीमा प्रिया गाँसेर आत्मियतामा भर ! ✍️ प्रद्युम्न चालिसे —————<•>————— [८०] १// नाममात्रको परिवार भए आजभोलिका रगतको सम्बन्ध सबैजना टाढिँदै गए । २// हराउँदै गए जोडी जाँदा, आउँदा मान्छे हिँड्छन् नजर मोडी ! ३// तमासा हेर्ने परिवार गुण बिर्सने खोज्ने छुट्याउन खोज्दै अंसियार । ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर —————<•>————— [८१] १// समयको यो तालमा सोचेर नगरे काम भइन्छ सधैँ बेहालमा ! ✍️ दुर्गा भट्टराई
नुवाकोट ! नुवाकोटको विदुर -१३ स्थित एक मात्र माध्यमिक बिद्यालय श्री अजिङ्गरे माध्यमिक बिद्यालायका भूपू विद्यार्थी तथा नेपाली साझा मञ्च साउदी अरबको संयोजकत्वमा साउदी र कतारमा रहनुभएका भूपू बिद्यार्थी साथीहरु, नेपाली साझा मञ्च साउदी अरबका शुभेच्छुक साथीहरु तथा समाजसेवीहरु मिलेर आफुले पढेलेखेको बिद्यालायका लागि आवश्यक भौतिक सामग्रीहरु सहयोग गरेका छन्
श्री अजिङ्गरे मा.बि. को साउदी अरब र कतारमा कार्यरत भुर्ब विद्यार्थी मित्रहरू तथा नेपाली साझा मन्च साउदीको सदस्य तथा शुभेच्छुकहरुबाट संकलन गरिएको नेरु ४९९११/- रकमबाट विद्यालयलाई आबस्यक टेलिभिजन 42″- १ थान , पानीको जारसेट मग र जार टेबल आईतवार एक अनौपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा स्थानीय सरकारका विदुर-१३वडा अध्यक्ष भरत तामाङ, बिब्यसका अध्यक्ष राजकुमार अधिकारी ,नेपाली साझा मन्च साउदीको पुर्ब केन्द्रिय सदस्य नरोत्तम अधिकारी , प्रअ रामचन्द्र भन्डारी लगायत शिक्षक शिक्षिका तथा विद्यार्थी भाईबहिनीको उपस्थिति रहेको थियो।
यस परोपकारी अभियानमा साथ र सहयोग दिनु हुने उक्त विद्यालयक साउदी र कतारमा कार्यरत पुर्व विद्यार्थी मित्रहरू ,हाम्रो संस्थाको सदस्य तथा शुभेच्छुकहरु तथा अभियानलाई समन्वय गर्नु हुने संस्थाका अध्यक्ष अन्जान गुभाजुज्यु ,नेपालमा समन्वय गर्नुहुने पुर्व केन्द्रिय सदस्य नरोतम अधिकारी , बिब्यसका अध्यक्ष राज अधिकारी ,प्रअ रामचन्द्र भन्डारी , वडा अध्यक्ष भरत ब तामाङलगायत सम्पुर्णमा साझामन्च साउदीले हार्दिक आभारका ब्यक्त गरेको छ ।
सहयोगको विवरण ( नेरुमा)
१) बिजय नेपाली पुर्व बिद्यार्थी ११११/- 2) राजु केसी , नुवाकोट – १७५०/- ३ ) अन्जान गुभाजु ,पुर्व विद्यार्थी – ७०००/- ४) काजी गुरुङ ,काठमाडौं – १७५०/- ५) डिबि बलामी -55/- सारी – १९२५/- ६)सुरेश गुभाजु धादिङ – ३५००/- ७) कृष्ण (शमशेर)तामाङले पुर्ब विद्यार्थी ,समाजसेवी – ७०००/- ८) युद्ध ठकुरी ,पुर्ब विद्यार्थी ,समाजसेवी – नेरु ६१२५/- ९) शन्त ब तामाङ ,पुर्ब बिद्यार्थी – १७५०/- ११) राज जैरु,पुर्ब विद्यार्थी -१७५० १२) चन्द ब तामाङ, पुर्ब विद्यार्थी -२०००/- नेरु 1३) सुब्बा तामाङ पुर्ब विद्यार्थी – १७५०/-
कतारबाट १४) हरि गुभाजु ,पुर्ब विद्यार्थी – ४०००/- १५) गणेश श्रेष्ठ, पुर्ब विद्यार्थी – ५०००/- १६)राजिब गुभाजु ,पुर्ब विद्यार्थी – २०००/-
जम्मा रु. ४२,५०० बराबरको सामान वडाअध्यक्ष श्री भरत बाहादुर तमाङज्युको रोहबरमा हस्तान्तरण गरिएकी छ भने बाँकी रु. ६,३००/- विद्यालय्को सुरक्षाको लागि र्सिसिटिभी क्यामेरा खरिद गरिने भएको छ।
मातातीर्थ औँसी पर्व २०८१ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ८० वर्ष नाघेका ११ जना वृद्ध आमाहरूलाई सम्मान गरिएको छ ।
नमस्ते स्वास्थ्य अभियानको आयोजनामा घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीमा आयोजित कार्यक्रममा पार्वता स्मृति साहित्य प्रतिष्ठानका संस्थापकद्वय श्री सुरेशकुमार पाण्डे र श्रीमती देवा पाण्डेले संयुक्त रूपमा वृद्ध आमाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियोे ।
केशर बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य अतिथि सुरेशकुमार पाण्डेले आमाहरूको सम्मान उनीहरू जीवित छँदै गर्नुपर्ने, मरेर गरिने दानपुन्यभन्दा जीवित छँदै औषधी उपचार गर्ने र सबै छोरा बुहारीहरूले मिठो बोल्ने र सम्मान दिनुपर्ने कुरा बताउनुभयो ।
उक्त अवसरमा नमस्ते अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेले अभियानका तर्फबाट आमाहरूलाई मिठाई तथा फलफूल वितरण गर्नुभएको थियोे ।
कार्यक्रममा श्रीमती डेमा पाण्डेद्वारा गीत र श्रीमती अम्बिका भट्टराईद्वारा आमा सम्बन्धी मुक्तक वाचन गरिएको थियोे ।
नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वसन्तराज शर्माले गर्नुभएको थियोे ।
रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नं. ७ मा पर्ने श्री ज्योती प्राथमिक विद्यालय पालिकाको अन्य बस्ती भन्दा बिकट गाउँले चिनिन्छ । जहाँ मोटरबाटो , खानेपानी , अस्पताल विद्युत एवं अन्य सेवाबाट टाढै छन् ।सोही गाउँका बिद्यार्थीहरु आधारभूत तह तथा अन्य तहका शिक्षा हासिल गर्न गुम्चाल जानुपर्छ ।जुन विद्यालय सुरुवात देखि हाल सम्म स्थानीय सरकार र अन्य निकायको नजरमा नपरि सेवाबाट बन्चित भइ संरचना जस्ताको त्यस्तै पुरानै छ। उक्त बिद्यालय बिदाको समयमा अत्यन्तै जथाभावी फोहोर हुने एवं व्यवस्थापनमा कमजोर हुने गर्दछ ।
त्यस ठाउँका एक युवक खिम घर्ती मगर जब बिदेशबाट फर्किए।उनी फर्किए लगत्तै त्यस बिद्यालयमा ध्यान पुग्यो।उनले बालबालिकाको गुणस्तरीय शिक्षा अध्ययन गर्नुपर्छ भन्ने उद्देश्य एवं उचित व्यवस्थापनको लागि स्थानीय सरकार तथा वडालाई आवश्यक बजेट मागका साथै ध्यानाकर्षण गराएपछि वडाले बिद्यालयको अवस्थालाई बुझी तारबारको लागि केही बजेट दियो।उनै घर्तीको पहल अनि प्रयासमा स्थानीयकोसमन्वय गरि आफैले उपभोक्ता समिती गठन गरे। स्थानीयको सहमति अनुसार उनी समितिको अध्यक्षमा चयन भए। चयन भएसङ्गै गाउँका जनता , शिक्षक , वि. व्य. समिति सबैको प्रयासमा तारबार (घेराबन्दी) सम्पन्न भएको छ।