“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय एक्काइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२१ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०७/२६ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य पञ्चाङ्ग:०१ जिन्दगी खास बनाउनु छ। सुन्दर बास बनाउनु छ। सोचे अनुसार हुन्छ जीवन, खुशीको रास बनाउनु छ। सबैको आस बनाउनु छ। सुशीला पाैडेल ॐ पञ्चाङ्ग:०२
सबैको आकर्षणमा पर्छ सत्ताकाे साँचो प्रभु जनसाधारणलाई नुनतेलकाे खाँचो प्रभु पद विचराे एउटा मात्र के गर्नु खै हजुर पालैपालो सरकार बनेर हान्ने भाँचाे प्रभु रत्तिभर चिन्ता छैन जनकाे भर्न फाँचाे प्रभु । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०३ उदेकलाग्दो वचन गरेर गइन् द्वयाभासको छलीमा परेर गइन् समयले साथ दिएन, दोष गरी अर्कै हातको सिउँदो भरेर गइन् मेरालागि सधैँ उनी मरेर गइन् ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०४
यहाँ जस्लाई आफ्नु सम्झेँ पनि टुटेको देखिन्छ , खाएर बाचा र कसम फेरि छुटेको देखिन्छ। माया पाउन पनि भाग्य चाहिदो रहेछ क्यारे, कतिको त भाग्य आफैंले गर्दा फुटेको देखिन्छ , लहैलहैमा फकिदा सर्वश्व लुटेको देखिन्छ ।
दुर्गा आचार्य मोरङ पञ्चाङ्ग:०५ टाढैबाट मन बुझाउनुछ हेरेर मात्र मनको बह कापीको पानामा केरेर मात्र कोशिश गर्नै पर्यो प्राप्त गर्न नसके पनि, मन जित्न सकिंदैन है लुगा फेरेर मात्र भाग्यमा नभए हुँदैन रेखा घेरेर मात्र ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०६ समय समयमा आउने संस्कृति मान्नु राम्रो, हरेक पर्वको महत्त्व विविधता जान्नु राम्रो जातीयता अनुसार परम्परामा रमाएर आफ्नो संस्कार संस्कृति धर्म धान्नु राम्रो धार्मिक गतिविधि अत्यन्त सुन्दर ठान्नु राम्रो । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ अर्को खाटमा सर्न खोज्दा झुलले छेक्यो काँढालाई फालौँ भनेको फूलले छेक्यो के लेखेको भावीले यो मेरो निधारमा — धेरै टाढाको देख्नलाई तुलले छेक्यो तिमीसँग ~~ बिहे गरौँ त मूलले छेक्यो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८ सधैं अर्काकै लागि मात्रै कति नाच्नु जीवन आफूले आफूलाई नि कहिले जाँच्नु जीवन दुइदिन मात्र बाँचे पनि अर्थपूर्ण बाँचौ आखिर एकदिन मर्ने हो के साँच्नु जीवन अरे दिनैपिच्छे मरेर कति बाँच्नु जीवन । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०९ गजबको याे संसार छ अनेकौँ अनेक चिताउँछ मान्छेले । बल गरी काेहीलाई हराइ काेहीलाई जिताउँछ मान्छेले । आकाश पाताल मन डुलाउँछ जवानीमा खुबै गरेँ भन्दै, के के न गरेको भन्दै थियाे मात्रै जीवन बिताउँछ मान्छेले । समयको चङ्गुलमा परी हाे आफैंलाई रित्याउँछ मान्छेले ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१० पर्वै पर्वको गर्भ भित्र पो बसेको छ मान्छे धर्म र कर्मको रसदमा फसेको छ मान्छे के हो सही के हो गल्ती सबै बुझेरै पनि त आफैँसँग पटक पटक खसेको छ मान्छे कसरी त्यो रागको हिलोमा पसेको छ मान्छे। प्रभा
साप्ताहिक झिल्का लेखन अभ्यासको ४३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, जीवनजगत् छ फराकिलो तिमीले आकारमा सोचेकोभन्दा कदापि नहोला दुखजिलो । २, देखिएका कतिपय दु:खहरू पर्दामा सुन्दरतामा सजिन्छन् सायदै होलान् अरू । ३, नहिॅंडेको डोबको यात्राले बेग्लै आनन्द दिन्छ बिसाउॅंछ चिनीको मात्राले ।
म्यामराज राई, भोजपुर … १, बालेनको गर्छु सम्मान देशको भलाईको लागि , लाउँछन् सधैँभरि दिलोज्यान । २, बालेन शासक हाम्रो हराभरा बनाए देशलाई , हेर्दा कति राम्रो । ३, बालेन जनताको सहारा स्वाभिमानी जनता बनाउन, देशको उठाए अभिभारा ।
सीमा कार्की समर्पण मेलचोक पर्सा … १, उठाउ खुकुरी अब बचाउ पहिचान देशको लुटिँदैछ अस्तित्व सब।
ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ … १, ढिला नगरी जागौँ हाम्रो अस्तित्व बचाउन , एकजुट भई लागौँ । २, सगरमाथा नेपालको सान यस्तै प्रकृतिको खानीले, सधैँ पाइन्छ सम्मान। ३, न्यायको ढोका उघारेर देश बनाउन उठौँ राजनीतिक संस्कार सुधारेर।
भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, स्वार्थ मनमा बोकेर कति मरिहत्ते गर्नु झुटो मायालाई ढोकेर। २, स्वार्थीपनको लगाव हुँदैछ झुटको लहरमा परेर आँसुको थोपाले छुँदैछ। ३, फूल जस्तै लाग्छ जवानीको मात चढेपछि पीडा सबै भाग्छ।
विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ … १, गल्ती आफैले गरियो चिन्तै चिन्ता मनभरी बाँच्नलाई दोधारमा परियो । २, तरकारी बाँसको तामाको हर्याउॅंले टोकेको भागबाट विष निकालियोस् आमाको । ३, एउटा नुनको ढिक्का तिमिबिना मेरो जिन्दगी लाग्छ आमा फिक्का ।
हिरामाया श्रेष्ठ गजुरी १ धादिङ … १, आफ्नैले खुट्टा तान्छन् कसरी हुन्छ प्रगति? पीठमा छुरा हान्छन्। २, दुःख पनि कस्तो! बारबार मसॅंगै आउँछ आफ्नै पाहुना जस्तो। ३, सुख पाउन गाह्रो नियति पनि कठोर फलामभन्दा समेत साह्रो ।
शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, सुन्दर लाग्छन् मलाई तिम्रो साथको रात , भयौ एक्कासी सलाई । २, सपनीमा सधैँ भेटिॅंदैछ। सारङ्गीले या यादले , मन मेरो रेटिॅंदैछ। ३, चक्र हो संसार यताउता गरी हिॅंड्दैछु पाएर मैले आकार ।
दीपा समभाव दुबेकोल खोटाङ्ग … १, सहेर बस हेरेर देशको अस्तित्व मेटिएला सीमा मायाले बेरेर। २, कर्ममा अघि बढ्न हात बाँधेर नबस्नु उन्नतिको शिखर चढ्न । ३, आफ्नो स्वार्थ त्यागेर देशको विकासमा जुट्नुपर्छ अब जनहितमा लागेर ।
भगवती दवाडी झापा … १, हिँड्दैछु नदीको किनारामा रामराज्यको खोजी गर्दै साथ पाइएन आमा । २, भौँतारिँदै शान्तिको चाहनामा दुनियाँ अल्मलिएको छ सम्भावना छैन आमा । ३, सम्भावनाको पक्षमा सदैव लागीरहनु हाम्रा पक्षधरहरू विजयको आशा छँदैछ।
गुणनिधि घिमिरे अमेरिका … १, आलसीले हात मल्दछ फलबिना आफ्ना कर्मको आशामै बेला ढल्दछ । २, अन्तिम समयमा हामी पुगिन्छ पक्कै घाट राजा वा ज्यामी । ३, सजग समयले छल्दछ लक्ष्य पूर्ण गर्नलाई कर्मठ आफै चल्दछ ।
कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, भ्रममा म परिनॅं खोक्रो झूटो आडम्बरको प्रशंसा कहिल्यै गरिनॅं ! २, फूलभरि विष काँडाको नम्र हाँस्यो सहनशीलता सौन्दर्य बनेर डाँडाको । ३, सास एक मुट्ठी सपना कर्तव्य कर्म कहिले हो छुट्टी ।
शारदा स्टेफी … १, वीरहरूको पहिचान खुकुरी गोरखालीसँग बल छ कसैले नदेखाऊ चुरिफुरी। २, दुष्टहरूको नाश गर्यो जब मैदानमा नेपाली खुकुरी लिएर झर्यो ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, हेर ! सोझिॅंदैनन् कहिल्यै हाम्रा कुकुरका पुच्छरहरू हामी चेत्नुपर्थ्यो पहिल्यै ।
शम्भु गजुरेल सिन्धुली … १, दिनभरि हात गोजीमा बराली बस बरालसिङ साँझ खानु खोजीमा ।
बिबा तामाङ दार्जिलिङ … १, वीरताको हाम्रो पहिचान गोर्खालीको यो खुकुरी भेंडाहरूले गर्दैछन् अपमान ।
नागेन्द्रप्रसाद यादव … १, असल गरेर काम ठुलो पसिनाको खेती राखौँ सबैले नाम !
आर्त अकुलीन … १, खिया लाग्यो खुकुरीमा हेर्दाहेर्दै हामी नेपालीको धुलिया लाग्यो बहादुरीमा।
डा. देवी पन्थी … १, चाडपर्व मेला जात्रामा खुलेर मनाउन सकिॅंदैन अड्कलेको पैसाको मात्रामा।
पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। … १, गरेर देखाउनु काम पसिना बगाएर खेती राख्नु आफ्नो नाम । २, सुन्दर लाग्छ मलाई तिम्रो मिठो मुस्कान तर भयौ सलाई । ३, जीवनमा खेपेका दुखहरू याद आउने गर्छ बिर्सन कसो गरूँ ?
राज कुमार राजभण्डारी खोटाङ्गे मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर … १, मुर्दासरि अब नबाँच के हो मान्छे ? कसीमा घोटेर जाँच । २, मात्र सास फेर्नु बाँच्नु होईन कदापि एकपटक गहिरिएर हेर्नु । ३, उज्यालो हुँदैमा रात दिन नसोच कहिले विश्वासमा हुन्छ घात ।
ध्रुव श्रेष्ठ खोटाङ । … १, पोखरीमा कमल फुल्यो पानीभित्र माछाको चाल जिन्दगी त्यसरी भुल्यो। २, बगरसँग माया लाउँछे चौतारीमा बस्ने चरी दु:खको गीत गाउँछे।
होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, भ्रष्टाचारी जति भुट्न हामी सबै जनता लागौँ अब जुट्न |
सरिता सेढाई धादिङ … १, सुनमा घुन लाग्यो हृदयमा भ्रम फैलाउँदा बाँच्ने रहर भाग्यो ! २, मरेर जाने चोला नाचौँ गाउँ रमाऔॅं अजम्बरी को होला? ३, निम्न प्रकारको कुरो हेर गर्न नपाइकन रहने भयो अधुरो?
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, सुन्दर लाग्छ मलाई आफैमा हराउँछु म मन मुटु जलाई । २, अमर रहून् चेली ताराझैँ सधैँ चम्किरहून् नाम राखून् खेली । ३, देशको नाम राख्नेलाई खेलाडी सबैलाई सम्मान घामपानी सुखदुःख चाख्नेलाई ।
धनमाया चौधरी कैलाली … १, सृष्टिले दिएको नासो नहोस् है कहिल्यै देशभक्तलाई गलाको पासो । २, सगरमाथा शिरको ताज गरेको छ यसले विश्वमा नै राज । ३, सगरमाथासित गाँसेर पिर्ती आरोहण गरेर मानिसले राख्न चाहन्छन् कीर्ति ।
सतीश पण्डित भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ ) … १, जिन्दगी फूलको माला गोजी रित्तो हुनासाथ हुन्छ फोहोरको नाला। २, भोक लागेपछि मिठो नत्र कसैले पुछ्दैन गुन्द्रुक कोदोको पिठो।
चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ … १, नेपाल आउ बाबु बचाउ मलाई चाँडै नत्र पार्छन् काबु । २, नेपाल आमा रुन्छिन् शान्ति भएन कहिल्यै अत्यन्तै दुखी हुन्छिन् ।
सविता भट्टराई जनकपुरधाम … १, झिल्का काव्य भरौँ मानव सोचाइमा सबैले आत्मा सन्तुष्टि गरौँ । २, रिसले भलो हुन्न सबैको राम्रो गर डाहाले मन छुन्न । ३, अगाडि बढ्दै लेखाऊ झिल्का कविता लेखिएको इतिहासमा छाप देखाऊ ।
बेदु न्यौपाने … १, असिमित छन् चाहाना औकात सानो हुनाले गर्नुपर्ने अनेक बहाना। २, सुखदुःख जीवनको साथी सङ्घर्षरत रहे सधैँ उत्रेला जीवन माथि !
कोपिला अधिकारी गोरखा … १, यही चक्रमै घुमिरहन्छु खोज्छु जान यताउता तैपनि लेखनमा झुमिरहन्छु। २, देखिन्छन् वरिपरि दु:खहरू सबै बिर्सनु पर्दोरहेछ सम्झेर हुन्न अरू। ३, उघारौँ न्यायको ढोका भर पर्दा यिनैको पाइन्छ अझै धोका।
अर्जुन प्रसाद चौलागाई अमेरिका, बोस्टन … १, सोचेको छैन यहाँ ए! मुर्ख मनुष्य बन्छ देश कहाँ । २, भोक्दैछु म यहाँ सुखको खोजीमा आज भागेर जाऊॅं कहाँ ? ३, भ्रष्ट नेताहरूको हाल लुटेर नराख्नु सम्पत्ति आउँछ सबैलाई काल।
दीप गोले तामाङ रौतहट … १, हुन्छ सधैँ अपमान गरिब दुखी जनतालाई भ्रष्टाचारीकै गाउॅंछन् गुणगान ।
रिमा छन्त्याल … १, जीवन अनुभवको खानी जिउनु सिकाउँछ यसैले कठिनलाई सहज मानी । २, यता हिँड्दाहिँड्दै कहिले ? काँडा बिझ्न सक्छ सचेत रहनु जहिले । ३, भरोसाले जीवनलाई थकाउँछ झुटो कहिले टिक्दैन समयले यथार्थ बकाउँछ ।
पुष्पा राई बादेल, खोटाङ । … १, लहलह धान झुल्यो चाडबाडको मौसम सकियो वनभोजतिर मन डुल्यो । २, मान्छेको मन बतासिन्छ मोजमस्ती गर्न नपाए ओइलाएर त्यसै हतासिन्छ । ३, मङ्सिरको महिना आउँदैछ वनभोज, लगनको चटारो पुनः रमाइलो छाउॅंदैछ ।
मोती योन्जन सुब्बा दार्जिलिङ … १, देशको अस्तित्व हराउँदै बढ्यो विदेशीको बिगबिगी जनताहरू छन् कराउँदै ।
रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, घरी घरी दाम खोज्छौ स्वार्थका पोकोमा गरेनौ केही काम !
प्रेम थापा “मन”बागलुङ … १, हुँदैन कसैको भला बिमार निको हुनासाथ डाक्टरलाई पारेपछि थला l २, देखाएर आफ्नो औकात ज्यान बचाउने ईश्वरलाई टक्राउॅंछन् विषको सौगात l ३, जमाना आयो उल्टो अर्तीउपदेश दिन खोज्दा उपहार मिल्छ अगुल्टो l
बाबुराम गौतम गुल्मी … १, दु:ख कहाँ छैन ? मृत्युभन्दा ठुलो यहाँ जन्मेका सजिलै हैन ।
लोक बहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर, पर्वत … १, नहुने आडम्बरको सती नामको मात्र सम्बन्ध हुँदैन विश्वास अलिकति । २, हिउँदको बेला आयो धेरैको अधरमा खुसी वनभोज खान पायो । ३, धान काट्न धमाधम भन्न थाले किसानले फुर्सद छैन एकदम ।
पृथक प्रकृति झापा … १, अनेकन् वीरताको गाथा बगैँचा रङ्गीबिरङ्गी फूलहरूको शिरमा छ सगरमाथा ! २, मयुरहरू नाच्छन् छमछम मनै लोभ्याउँछ सबैको मनमोहक दृश्य अनुपम ! ३, उच्च हिमशिखरको माला दिँदैनन आँखा झिम्क्याउन कलकल सुन्दर नदीनाला !
वसन्त अनुभव घोराही, दाङ … १, चाडपर्व सकियो सब सुनसान लाग्छ हामीलाई वर्षभरिलाई सम्झना अब।
सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया … १, साथ दिन्छन् सुखमा आफन्त नै यहाँ पराई बन्दारहेछन् दु:खमा । २, हुन्छन् मान्छे विभिन्न फसाउन सक्छन् तिमीलाई बेलैमा पर्छ चिन्न। ३, तनाव लिन छोड्नुहोस् सफलता मिल्छ एकदिन गलत सङ्गत मोड्नुहोस्।
अनिता भण्डारी ताप्लेजुङ … १, रातको अँध्यारोमा बसे जीवन जान्न नपाई बिहानीमा कता खसे । २, बिर्सेर जानेलाई बिदा माया पाउँ भनेर माग्दैछु हेर सीधा । ३, डराएर कराएर हुन्न सिधा मुद्दामा आउ समस्याले कहिल्यै छुन्न ।
अम्बिका अधिकारी झापा बिर्तामोड … १, हतियार हैन तागतवर हुनुपर्छ मनोबल बलियो जितहार त्यसैमा भर । २, संहार गर्यो जुधाएर भक्षक हुन् युद्धपिपासु रम्यो नरमांस खाएर ।
कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, मनको बह कस्तो कति भनिरहने कहाँ हुरी चले जस्तो। २, माया प्रेममा जलेर सराप नलागोस् है मन गयो गलेर। ३, तिमीलाई पीडा भयो मनको कुराले कति जिन्दगीको मजा गयो।
नीमा छिरिङ भोटिया जलढका कालेबुङ … १, नसुकौँ अब धेरै जागा होऊ जनता खोजौँ हक सबेरै । २, सिमा मिचियो धेरै सबै नबोली बसेर आँगन चोइटियो मेरै ।
हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे , साँगाबजार बनेपा १४ । … १, नगर्नु कहिल्यै रिसराग मेटिएलान् सबै सम्बन्ध कोरेर कालो दाग। २, गरौँ मिलेर कर्म पार्दै धरा उज्यालो बुझ्दै सबैको मर्म। ३, मन नहोस् हरोहर विचारमा धैर्यता रहोस् देखियोस् आत्मीयता मनोहर।
तोया नाथ चापागाईं दमक, झापा … १, चाडपर्व सकियो अब कम्मर कसेर लागौं बाली उठाउन सब। २, नगरी आफ्नो काम खानै मात्र खोजे कहाँबाट पाइन्छ माम। ३, मुख हैन साथी पाखुरी चलाउनु पर्छ अनि उठिन्छ माथि।
अरुण कुमार भुजेल दार्जिलिङ्ग, भारत। … १, तरकारी हाली नुन खाएपछि आउँछ तागत नबिर्सने मिठो गुन । २, रोजेर असल बाटो हिॅंड्नु इमानदार भै बन्नेछ अनुसासनको पाटो । ३, सुन्तला पाक्यो बोटमा देखेर मुख रसायो स्वादिलो रस ओठमा ।
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । … १, अनौठो जीवनको यात्रा दु:खमा हाँस्नै पर्ने लुकाएर पीडाको जात्रा । २, खुसी कहिले हुनु पीडाले साथ नछोडेपछि पर्छ एकान्तमा रुनु । ३, पीडाको वजन हॅुदैन जोख्न कतै नमिल्ने सुखले कहिल्यै छॅुदैन ।
राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ … १, भ्रष्टलाई फाल्ने गर्नुपर्छ देशलाई माथि उठाउन हामी अघि सर्नुपर्छ।
विष्णु पंगेनी(पाण्डे) वालिङ् स्याङ्जा … १, उमेरमै लौरी नटेक्नु अल्छी बनेर कमाउने दिवा सपनाले नछेक्नु । २, सिकौँ कर्ममा रमाउन फालेर आलस्यको घुम्टो विवेक लगाउ कमाउन । ३, मिहेनतले अघि बढ्नु लक्ष्य ठुलो लिएर अग्लो चुली चढ्नु ।
भूपेन्द्र के.सी. … १, कठै ! बेइज्जत आज होस हराएका मान्छे देख्दा लजाउॅंछ लाज। २, दिउँसै रात पार्छ झुट्टो मुद्दा लगाई कति मार्छ टार्छ ? ३, सबै लाग्छ उस्तै यी साधु बिराला हेर्दा एकै दुरुस्तै !
विवश पारदर्शी झापा … १, घामझैँ पूर्वबाट उदाउनु बाँडेर न्यानो माया आफ्नो मार्ग बनाउनु । २, जीवनमा लक्ष्य होस् मिल्छ अवश्य सफलता परिश्रमी जोस जाओस् । ३, गरेर नबस्नु आस हट्छ पौरख गरे बन्छ जीवन खास ।
कृष्ण बजगाई भक्तपुर … १, दर्बिला पाखुरा चम्किसक्यो राष्ट्रका किराहरू मास्नलाई राष्ट्रवादी युवाहरू लम्किसक्यो। २, जागिसके जनता खुलेर अति भइसक्यो अब दानवहरू हिॅंड्दैछन् लुकेर। ३, कसैले छेकेर छेकिॅंदैन अन्याय, अत्याचार विरुद्ध उठेको आवाज फेँकिॅंदैन ।
घनश्याम पन्त हरिवन सर्लाही … १, हावा, पनीको मिश्रित जिन्दगी यही हो सम्झेर बित्छ अतित । २, उदाउछ झुल्के घाम रमाइलो हुने जीवनमा खोजिरहेछ फाइदामा इनाम । ३, रमिते दुनियाँ रमाइरहेछ देखेर आफन्तीको झगडा आँखाले खुसियाली मनाइरहेछ ।
ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, पछ्यौरी उनकै ओढेर भन्थ्यो जीवन बिताउँछु गएछ हिजै छाडेर । २, मुस्कानको लोभमा फसेर सोचेर भलाई उसैको गइछिन् मलाई डसेर । ३, फूलको जस्तो जवानी देउराली भाकेर भनेको नबनोस् हाम्रो कहानी ।
रामप्रसाद पुरी बादेल, खोटाङ … १, अरूलाई दुख दिएर खुसी हुन्छु नसोच बस्छौ आँसु पिएर !
मन्दिरा सेढाई मलेखु, धादिङ … १, मक्कियोस् पुरानाहरू बरु नयाँ विचार जन्मॅंदा सकिएछन् अब पर्वहरू ।
लक्ष्मी रिजाल रुपनगर, सप्तरी । … १, स्वार्थ सबै बिर्सेर सधैँभरि कर्म गरौँ सेवाभाव मनमा राखेर ।
समुन्द्रा शर्मा … १, जङ्गलमा डाँफे मुनाल प्वाँख फिँजाएर नाच्दा मुसुक्क हाँस्छ हिमाल । २, हिमाल पहाड़ तराई एउटै आमाका सन्तान कोही छैनौँ पराई । ३, सेतो हिमाल टलक्क पाइला राख्दा परदेशमा नेपाल सम्झिन्छु झलक्क ।
शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, नेताको बोली सुनेर छक्क पर्छु आफै पठायौ कस्तो चुनेर । २, जनता भए भेडा नेताको पछि लाग्ने बोली सधैँ टेडा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, लेखेको भावीले सानोमा सुखको अनुभूति भएन बस्दैछु चुहिने छानोमा। २, नबुझिने कर्मको खेल दुखमा पाइँदैन साथ आफन्तले गर्दछन् जालझेल। ३, पर्दैछ मनमा पीडा आफन्तको कर्के नजर खेल्दछन् स्वार्थको क्रीडा।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, भन्छन् सतीको सराप लोभी पापी मिलेर पारे देश धराप । २, अरूलाई गाली गर्ने चिल आयो भन्दै आफ्नै भुँडी भर्ने । ३, रहेछन् कस्ता चण्डाल झुटको खेती गर्दै पारे देशलाई कङ्गाल ।
जयनारायण नेपाल इलाम, (हाल – सूर्य विनायक – २, बालकोट ,भक्तपुर ) … १, सबै चाडपर्वहरू सकिगए धेरैको घरमा बुझ्नु पर्वले ऋणी भए। २, महङ्गिले काट्दा सिमा उपचारमा लापरवाही भयो लगाएर सकारले बिमा ।
दुर्गा आचार्य मोरङ … १, परिश्रमी हातहरू झुकेनन् असहज परिस्थितिमा पनि पाइला कहिल्यै रुकेनन् । २, एउटा छुट्टै सान नेपाली र राष्ट्रियताको बेग्लै छ पहिचान । ३, भ्रष्टाचार जताततै मौलायो जताततै मिसावट मात्रै व्यावसायि किन बौलायो।
कला ढकाल झापा … १, खै के साथमा हुँदा मात्रै आफ्ना नहुदा टेक्ने माथमा। २, स्वार्थी सधैँ व्यर्थमा कति आफू मात्र मरिहत्ते गर्नु अनर्थमा । ३, झिल्काले संसार भरौँ गरे जे हुन्छ परिश्रम गर्ने गरौँ ।
दुर्गा भट्टराई मोरङ … १, मौसमी जाडो आयो चिसो बतास चलेर जताततै चिसो छायो । २, ध्यान दिन्छौ दुनामा दयामाया जगाइदेउ न हृदयको एक कुनामा । ३, जाग्न लागे जन भ्रष्टाचारमुक्त देश हाम्रो कहिले हुन्छ भन ।
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । … १, जिउँदो लास जस्तो केही छैन मसॅंग भयो जीवन सस्तो। २, जिउनु सकिन रहरले धेरै सतायो यहाँ यो स्वार्थी शहरले।
अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, मायाको हुन्न आकार बाँडेर अझै बढ्छ , ईश्वरीय रूप निराकार। २, ज्ञानको अमूल्य शक्ति पाएर सदैव गुरुको गर्छौं मनैदेखि भक्ति। ३, मरुभूमिले पाएमा पानी उम्रनेछन् बोट विरुवा , प्रकृतिको चक्र जानी।
सुस्मिता अधिकारी काठमाडौँ … १, तिम्रो अभाव थियो खालि मलाई सधै रुनु नै भैदियो। २, नपार रुन बारम्बार सहन कठिन होला मलाई पनि लगातार । ३, बोलिमा मिठास भर्नेको कहिल्यै भर नपर्नु पछि घात गर्नेको।
खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, तारा झल्किन्छ, रातो गुलाब मुस्कुराउँदै, मन भित्र टल्किन्छ । २, पानी पर्छ पक्का, पातमा बूँद टल्किन्छ, हिलोले अड्काउँछ चक्का । ३, निलो आकाश राम्रो चराहरू उड्दै गएका, स्वतन्त्रताको गीत हाम्रो ।
नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा) … १, हावा चल्यो बेसरी बोकी ल्यायो अतीतलाई सम्हाल्नु पो कसरी ? २, महॅंगो खोज्यौ साथ किन्न सकिन मैले पैसाको रहेछ माथ ।
नन्दा धामी नौगाड, दार्चुला … १, भविष्यले पढाउॅंछ लेखाउॅंछ राम्रोसँग मेहनत गरे सफलताको समय आउॅंछ । २, आमाको हात शिरमा छोराको कुनै पनि, छैन चिन्ता पिरमा । ३, सम्झनाको पर्यो साथी कोसिस गर्ने बेला , कष्ट जति ममाथि ।
श्रीकृष्ण धामी बझाङ … १, पैसामा जीवन चल्छ यो मानवजाति हाम्रो सबैकोमा आगो बल्छ । २, फुल जस्तै राम्री घुम्दै छिन् शहर प्यारी छोरी हाम्री ।
प्रेम शर्मा ” एकान्त प्रेमी “ कालेबुङ … १, जीवनका हरेक रङ्ग आजभन्दा भोलि सबै हुँदै गए भङ्ग । २, जीवन बन्दैछ नरक सोचे जस्तो नभई हुँदैछ फरक फरक । ३, नगरेको गल्ती सहन गाह्रो भएको छ मलाई धर्तीमा रहन ।
ललिता गिरी सिन्धुली … १, हुँदैन कुकर्म गरेर सच्चा बन्न सिक केही लगिन्न मरेर । २, पीडाको भारी बोकेर बाँच्नु परेको छ मुट्ठी सास रोकेर । ३, विष घोलेर पिउन पाए घोली पिउँथे गाह्रो भयो जिउन ।
लक्ष्मण देउवा डोटी … १, जोगाऔॅं सस्कृति चलन बेथिति विकृति देख्दा मनै हुन्छ जलन । २, स्वार्थमा रमाउँ तर सत्यको अन्त्य हुँदैन फर्किनु पर्छ घर ।
मन थापा पोखरा २१ बक्रेक … १, हिजो आयो खायो गम्केर नहिॅंड्नु आज नराम्रो भाकाले गायो। २, लाज शरम नफाल्नु हामी नेपालीको समाजमा बेइज्जतको पाइला नचाल्नु। ३, कोपिला जतन गर फक्रन नपाइ झर्ला पुरानोको भर नपर।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६१ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
१.
तिमी हानेजस्तो गर्नू म गरुँला रोएजस्तो भ्रम छर्न दुनियाँ सामु आँसु झार्नेछु सस्तो । ✍️ वसन्त अनुभव घोराही, दाङ
२. बुझी नसक्नु रहेछ नाटक पनि यो कस्तो नबुझ्नेलाई विश्वास गर्ने मै पागल जस्तो । -दीपा समभाव दुबेकोल खोटाङ्ग
३. भ्रमको दुनियाँमा कस्तो यो चाल देखिँदैन किन बिच्छाएको जाल । -सङ्गीता खरेल, काठमाडौँ
४. भ्रमित पार्न सिपालु तिमी म पनि साथ दिउँला हातमा हात मिलाएर सधैँ सँगसँगै जिउँला । -रचना शर्मा प्रतीक्षा, महालक्ष्मी नगरपालिका, ललितपुर, नेपाल ।
५. देखावटी र बनावटी दुनियाँ भर पाे ! गर्नु खै कस्काे फेरि अनेकाैँ जालहरू रचेका छन् यहाँ मौका अनि फाइदा हेरी । -सुशीला शिखा कगेश्वरी काठमाडौँ
७. भ्रम छर्दै दुनियाँलाई झुक्याउने कला राम्राे नाटक गर्दै सधैँभरि रमाउने पालाे हाम्राे । -ताराप्रसाद चापागाईँ
८. अन्धविश्वासमा नपर्नु है भर्म कलीयुगमा छैन कसैको धर्म । -बिबा तामाङ लाटपञ्चर सिटोङ खरसाङ
९. सुन लुकाएर पित्तललाई कसी लाउँदैमा सुन भनिँदैन हुँडारहरूलाई बाघको छाला ओढाउँदैमा बाघ गनिँदैन । -बेदु न्यौपाने
१०. देशको शासन के हो र फुटबलको खेल जस्तै कहिले उसको कहिले मेरो हात लाग्छ प्रशस्तै । -पुष्पा राई, बादेल, खोटाङ ।
११. लुटेर खायौ भुटेर खायौ यो देश तिमीहरूले मिलेर जनताको सामु पक्ष विपक्ष एकापसमा बस्छौ भिडेर । -ध्रुव श्रेष्ठ, खोटाङ
१२. भ्रम छर्दै आँखामा छाराे किन पाे ! हाल्ने विकृति र कुसंस्कार कतिञ्जेल पाल्ने ? -त्रिलाेचन भण्डारी मेचीनगर, झापा
१३. हामीलाई पुनः खोज्छौ बेवकुफ बनाउन कर्तुत जनले बुझेपछि अनि पर्ला रुन । -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन
१४. फट्याइँ मात्र जान्दछ, सक्दैन ऊ केही गर्न तर पनि खप्पिस छ, समाजमा भ्रम छर्न । -ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची
१५. पात्र तिनै प्रवृत्ति त्यही खाली फरक व्यवस्था आस गर्ने ठाउँ छैन जन्ताको नाजुक अवस्था । -सतीश पण्डित भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ
१६. आलापालाे राज्य सत्ता चलाई देश कङ्गाल बनाउने भ्रष्टाचारको कालाेदाग मेटाउन जनता कनाउने । -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
१७. भ्रम छर्ने बानी नराम्रो कसैले गर्नुहुन्न अरू कुवामा हाम फाल्दैमा आफू मर्नुहुन्न । -प्रमोद नेपाल वीरगञ्ज । हाल काठमाडौ – ५
१८. यो दुनियाँ सब देखावटी भयो सत्य बोल्नेहरूको जमाना गयो । -बाबुराम पाण्डे, अर्घाखाँची
१९. बाहिर गरेर मीठा बात तिनैले गर्दैछन् ठूला घात ! -आर्त अकुलीन
२०. खराब कुरा मिल्काएर बनाउनु राम्रो सुन्दर चरीत्र राखेर इज्जत कुरा गर्नु बरु हुन्छ बेस हृदय भित्र । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा
२१. बाहिर बाहिर लोकाचार गर भित्र पसेपछि आफ्नै पेट भर । -भगवती दवाडी ,झापा
२२. म रोएझैँ गरिदिउँला तिमीले कुटेजस्तो गर्नु भित्रभित्रै मिलीभगत गर्न यतै बसाई सर्नु । -नवशिला नवदेव मार्ग, लालभित्ती, मोरङ
२३. देश रोयो आँसु झर्यो र पोखियो बगरमा पात्र त्यही व्यवस्था उही गिर्दैछन् नजरमा । -सन्तु खत्री
२४. छुट्टै महत्व हुन्छ दुध दही मोहीको पानीमा आँसु झर्छ रे त्यो दुष्ट गोहीको । -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
२५. नेताले माइकको अघि म्या म्या गर्दै छरिरहे भ्रम जनताले पनि भ्या भ्या गरिरहने केही छैन श्रम ! -प्रेम थापा “मन”बागलुङ
२६. बाहिर झुत्रेझाम्रे भित्र व्यवस्थापन राम्रो यसरी नै बिग्रिएको छ नेपाल देश हाम्रो । -अम्बिका अधिकारी झापा बिर्तामोड
२७. कसलाई देखाउन खोजेको, गोहीको आँसु झारेर पत्याउने कसले, जब आएका छौ जनता मारेर । -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
२८. जो छ यहाँ भ्रष्टाचारको मालिक कठै उसकै बन्छ ठूलो सालिक । -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व
२९. तिमी ताली लगाउँदै गर्नु म भ्रमित गीत गाउँदै गर्छु नखोज मलाई माथितिर म पोका बोकेर तल्तिरै झर्छु । -रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ भारत
झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका एकादशी र तुलसी विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) १. जडिबुटी यत्रतत्र पाइने हुन्छ अत्यन्त उपयोगी जिउँदा, मर्दा चाहिने । २. टाउको दुखाइ खरोमा चिया बनाई खानसकिन्छ रुघाखोकी र जरोमा ! -वसन्त अनुभव, दाङ —————<•>————— २) रोपौँं तुलसी घरमा जानेर यसको महत्त्व नपर्नु अरूको भरमा । -नागेन्द्रप्रसाद यादव —————<•>————— ३) १. एकादशी तिथि पवित्र तुलसीकाे पूजा गरेर अध्यात्मिक काम मित्र । २. रुघाखाेकी ज्वराे आएमा पकाएर खाऊ बिहान आराममा बस्ने खाएमा । -जि.बि.चिन्तन घाेराही, दाङ —————<•>————— ४) १. तुलसीको मठ घरमा रोपी राख सबैले नपर कतै भरमा । २. दिन भयो घमाइलो गर काम समयमा अनि गर रमाइलो । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— ५) दल राखी छोपेर महत्व कार्तिक महिनाको तुलसी मठमा रोपेर । -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— ६) १. तुलसी आँगनीको छेउ दबाईकाे काम गर्छ हुर्काउन पानी देऊ । २. एकादशी भाेकै बसाैँ पेट खाली राख्न पटुकी राम्ररी कसाैँ । -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी —————<•>————— ७) १. असारमा तुलसी रोपेर माला लगाई पूजौँ मठलाई चट्ट पोतेर । २. हेर्दा राम्रो झट्टै सधैँ प्रयोग गरे रोग हुन्छ चट्टै । -अनिता भण्डारी ताप्लेजुङ —————<•>————— ८) अन्धविश्वासी भएर हैन गुणकारी मानिन्छ तुलसी जानिकन नोक्सान छैन । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— ९) आज ठुली एकदशी चिन्तन गरौँ तुलसीको मोठको छेउमा बसी । -तोयानाथ चापागाईं दमक,झापा —————<•>————— १०) १. तुलसीको पत्ता खानु रुघाखाेकी लागेमा हेर पर्दैन अस्पताल जानु । २. ओैषधीकाे गर्छ काम थाहा पाइरहनु सदा तुलसी हाे नाम । -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर —————<•>————— ११) तुलसी अति राम्रो जानी राखौँ सबैले बचाउँछ जिवन हाम्रो । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा —————<•>————— १२) १. स्वास्थ्यमा सुधार आउँछ तुलसी पानी खानाले लागेको रुघाखोकी हराउँछ । २. रोग शरिरको जन्जिर गुणकारी तुलसी खाँदा स्वस्थ बन्छ शरीर । -सीमा कार्की समर्पण मेलचोक पर्सा —————<•>————— १३) गरौँ तुलसीको पूजा नित्य बिहान सधैँ खालीपेट नखाई भुजा ! -जनक बिसी, दक्षिण भारत कोचिनबाट —————<•>————— १४) १. विष्णुले श्राप पाए झार हुनु भनेर त्यसैले मठमा आए ! २. तुलसी औषधी हुनाले मान्छेले मास्छन् भनेर पौराणिक कथा हाले । -गुणनिधि घिमिरे अमेरिका —————<•>————— १५) १. विभिन्न ठाउँका मेला एकादशीमा गरौँ रमाइलो एकसाथ भएर भेला ! २. पाईन्छ वरपर हाम्रो चिसोले स्वास्थ्य बिगारे तुलसी खानु राम्रो । -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व —————<•>————— १६) एकादशीमा तुलसीको विवाह धूप दिप नैवेद्यले जीवनको पुग्दछ चाह । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १७) १. हरिबोधिनी एकादशी जानौँ तुलसी पुजा गर्दै आयुर्वेदिक औषधी मानौँ । २. रुघाखोकी निको पार्छ उमालेर तुलसी खाएमा सानातिना समस्या टार्छ । -बेदु न्यौपाने —————<•>————— १८) सुन साथी सवाई तुलसी रोप्नु घरमा हुन्छ ठुलो दबाई । -दीपा समभाव दुबेकोल खोटाङ्ग —————<•>————— १९) असारमा तुलसी रोपिन्छ हिन्दु परम्परा अनुसार पूजा गरी पोतिन्छ । -कला ढकाल, झापा —————<•>————— २०) मठमा रोप्न काइदा रुघाखोकी र ज्वरोमा तुलसीले गर्छ फाइदा । -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— २१) व्रत हरिबाेधनी एकादशीकाे समस्त हिन्दुहरूले गर्छन् दामाेदरसँग विवाह तुलसीकाे । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— २२) तुलसी रोपौँ राम्रो सबैको घरहरूमा हेर जीवन बचाउछ हाम्रो । -प्रेम शर्मा ” एकान्त प्रेमी” —————<•>————— २३) आज हरिबोधनी एकादशी तुलसी साँची राखेर घोटौँ कर्मको कसी । -चिरञ्जीवी श्रेष्ठ धनकुटा । —————<•>————— २४) १. तुलसी सर्वोत्तम बुटी हरेक घरमा रोपौँ महल अथवा कुटी । २. तुलसीको मठमा सर्दा मोक्ष भइन्छ भन्छन् अन्तिम यात्रा गर्दा l -बाबुराम गौतम, गुल्मी —————<•>————— २५) १. रोपौँ तुलसी घरमा अमर कोही छैन रहौँ ईश्वरकै भरमा । २. परापूर्वदेखि चलन चलेको ईश्वरमा आस्था राख्नु तर किन छलेको ? -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— २६) १. मेटिन्छ हाम्रो दशा सबैको घर घरमा रोप्नुहोस है तुलसा । २. उपयुक्त जडिबुटी मानेर खुवाउँछौ मात्रा मिलाई निको हुने ठानेर । -हिरामाया श्रेष्ठ गजुरी १ धादिङ —————<•>————— २७) १. तुलसीकाे पुजा गरेँ राेग विनाश हुन्छ माताकाे शरणमा परेँ । २. मनमा मिल्दछ शान्ति तुलसीकाे पूजा गरेँ घरमा हुँदैन क्रान्ति । -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट । —————<•>————— २८) हरिबोधनी एकादशीको महत्व विष्णुको अवतार तुलसी मानिन्छ बहुगुणी तत्व ! -चुडामणी देवकोटा पुरानोनैकाप काठमाडौँ —————<•>————— २९) तुलसीको पूजा गरेर वातावरण स्वच्छ बनाउँला धार्मिक आस्था भरेर ! -पुष्पा राई, बादेल, खोटाङ । —————<•>————— ३०) समाऔँ साहित्यको रसी स्रष्टाज्यूहरूलाई शुभकामना छ मनाउँदै हरिबोधनी एकादशी ! -प्रेम थापा “मन”बागलुङ —————<•>————— ३१) एकादशीको महिमा बुझेर सुखशान्तिको कामना गराैँ पवित्र तुलसी पुजेर ! -जयनारायण नेपाल बालकोट ,भक्तपुर —————<•>————— ३२) १. आज पर्व एकादशी तुलसीको पूजा आराधना हृदयमा शुद्धता कसी । २. भन्छन् विष्णु सहचरी आँगन मठ लिपपोत तुलसीको पूजा गरी ! -मोती योन्जन सुब्बा, दार्जिलिङ —————<•>————— ३३) १. रोपौँ तुलसी आँगनमा शुभ लक्षण देखिन्छ सकारात्मक सोचे मनमा । २. बनाई सफा मन रोप्दा घरमा तुलसी पाइन्छ सदा अक्सिजन ! -खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट —————<•>————— ३४) तुलसा औषधी हुँदा सम्हालेर राख्छौँ यो सबैको मन छुँदा । -सुरेशकुमार पाण्डे —————<•>————— ३५) हरिबोधनी एकादशी आज साक्षी राखेर तुलसी हुनेछन् राम्रो काज ! -कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ —————<•>————— ३६) धर्म, संस्कृति जोगाऊँ शान्ति मिल्छ सबैलाई अध्यात्ममा मन लगाऊ ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा —————<•>————— ३७) १. तुलसीको पूजा गरेर मन शान्ति बनाए भजन स्तोत्र जपेर ! २. तुलसीको गुण बुझेर जताततै रोपे वातावरण शुद्धिकरण हुन्छ खुलेर ! -भगवती दवाडी ,झापा —————<•>————— ३८) वनस्पति भगवान्का रूप आज ठुली एकादशी पुजेर बालौँ धूप ! -अम्बिका गिरी —————<•>————— ३९) १. कहिलेकाही व्रत बसेर हुन्छ स्वास्थ्यलाई फाइदा धर्मको गहिराइमा पसेर ! २. तुलसी औषधीमा जाती झनै विशेष हरिबोधनी फूल तार्नेको ताँती ! -सुस्मिता अधिकारी ,काठमाडौँ —————<•>————— ४०) १. एकादशीको महिमा बुझेर सुख समृद्धिले भरौँ तुलसीको पूजा गरेर । २. तुलसीको जपन गरौँ अज्ञानतालाई हटाएर अब श्रद्धाको भक्तिमा परौँ ! ✍️ विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ —————<•>————— ४१) तुलसीकाे पूजा गर आज एकादशी हाे मरेपछि स्वर्गमा सर ! -नवराज भट्ट कञ्चनपुर —————<•>————— ४२) भोकै व्रत बसी पूजा गरेर मोठमा मनाइयो तुलसी एकादशी ! -अमृत कोइराला पोखरा —————<•>————— ४३) हरिबोधिनी एकादशी आज तुलसी विवाहको दिन प्रचुर अक्सिजनको राज ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला —————<•>————— ४४) १. गर्दछ राम्रो काम खाइन्छ रुघाखोकी लाग्दा तुलसी यसको नाम । २. देवीको रूपमा पुजेर सम्मान दिने परम्परा औसधिको महत्त्व बुझेर ! -पृथक प्रकृति ,झापा —————<•>————— ४५) १. औषधीय गुणले युक्त दैनिक सेवन गरेमा रुघाखोकीबाट भइन्छ मुक्त ! २. उज्यालो देखिन्छ आँगन भगाउँन रोग टाढा गरौँ तुलसी रोपन ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— ४६) तुलसी धेरै उपयोगी एक उत्तम औषधी तन्दुरुस्त पार्छ रोगी ! -बिबा तामाङ दार्जिलिङ —————<•>————— ४७) एकादशीको महिमा अपरम्पार मनै आनन्द हुन्छ बुझ्दा तुलसीको सार ! -शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —————<•>————— ४८) १. तुलसीको विवाह गरियो दुलाहा शालिग्राम प्रभुलाई कन्यादान दिनेमा परियो । २. आज उपवास बसियो हरिबोधिनी एकादशीको दिन काममा कम्मर कसियो । -अरुण कुमार भुजेल , दार्जीलिङ भारत। —————<•>————— ४९) बुझाैँ आयुर्वेदिक महत्व हुन्छ तुलसीकाे विरुवामा एन्टी ब्याक्टेरियल तत्व ! -काेपिला अधिकारी सिरानचाेक,गाेरखा —————<•>————— ५०) बहुगुण औषधीय तत्त्व भरिपूर्ण हुन्छ तुलसी आयुर्वेदिक वैज्ञानिक महत्त्व ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— ५१) १ एकादशी तुलसीको महिमा पौराणिक महत्त्व रहेकोले संस्कृतिको बढाउँछ गरिमा ! २. तुलसीको सुवास हरर फैलिन्छ चल्दा हावा मीठो सुगन्ध सरर ! -कृष्ण बजगाई, भक्तपुर —————<•>————— ५२) १. तुलसी देन प्रकृतिको उपयोग गरौँ अधिक पहिचान हिन्दु संस्कृतिको ! २. पूजेर दिपक जलाउनु घरमा तुलसी लगाएर दुषित जिवाणु भगाउनु ! -मनोहरी पौडेल गैडाकोट १ —————<•>————— ५३) १. एकादशी महिमा अपार निराहार बसेर एकदिन आफ्नो जीवन सपार ! २. आयुर्वेदिक औषधी तुलसी स्वस्थ रहला वायुमण्डल रमाउनेछन् रातमा शशी ! -होमप्रसाद नेउपाने धरान, सुनसरी —————<•>————— ५४) एकादशी व्रत बस्दै आमा दिदीबहिनी आज तुलसीमा माला कस्दै ! -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— ५५) कात्तिक शुक्ल एकादशी गरियो पूजा तुलसीको भक्तिभावले व्रत बसी ! -सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————— ५६) १. बस्नु व्रत एकदशी पूजा गरि तुलसीको भक्ति घरैमा बसी ! २. गुणयुक्त तुलसीलाई पूजेर राेपौँ घरघरमा सबैले वातावरण शुद्ध बुझेर ! -दुर्गा भट्टराई मोरङ —————<•>————— ५७) १. तुलसी बहुगुणी तत्त्व सबैले घरघरमै रोपौँ बुझेर यसको महत्त्व ! २. तुलसी विष्णुको अवतार अत्यावश्यक विरुवा भएकोले रोप्न गरौँ हतार ! -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन —————<•>————— ५८) पर्व एकादशी ठूलो तुलसी रोप्दाखेरि हेर हुन्छ उत्तम ओखतीमूलो ! -सरिता सेढाई, धादिङ —————<•>————— ५९) व्रत एकादशी बसेर घुम्न गए साधुसन्त मुखमा खरानी घसेर ! -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>—————
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] सन्तान असल चेहरा बन्दै बाबुको सहारा !
वसन्त अनुभव [२] सन्तान वंश परम्परा अशक्त हुँदाको सहारा !
पशपती राई, खोटाङ [३] सन्तान माया ममता जिन्दगी एकअर्काको भरोसा !
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६५औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘स्वर्गको बाटो’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘निर्देशन’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अपाहिज’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
लघुकथा: स्वर्गको बाटो
✍️ खगेन्द्र बस्याल -“तपाईँको घरमा आएर दिक्क पारिरहने नन्दकृष्ण आज आएको देखिनँ, कता गएछन् ?” दैलातुङ्ग फाँटबाट आएका थिरलालले आफ्ना साथी दयारामलाई सोधे ।
दयारामले जिज्ञासा राखे, -“के गरेर हामीलाई सताएको देख्नुभएको थियो र ?” थिरलालले जानकारी दिए, -“रक्सीले झल्लिँदै आउने, बोल्न नमिल्ने शव्दहरू प्रयोग गर्ने, फेरि धोक्नका लागि पैसा मागेर मरिहत्ते गर्ने गरेको कहाँ बिर्सेको छु र !”
-“उनी त स्वर्गको बाटो लागे नि !” दयाराम बताए । थिरलाल भावुक हुँदै बोले, -“उनको आत्माले शान्ति पावस् । उनी गएपछि परिवारले पनि शान्तिको स्वास फेरे होलान् ।” दयारामको भनाइ रह्यो, -“उनी स्वर्गको बाटो लिएपछि परिवारको मात्र होइन सारा गाउँको मनमा बेग्लै शान्ति र कान्ति उदाएको छ।” थिरलालले सोधे, -“कहिले गए उनी स्वर्गतिर ? परिवारले आफ्नो हैसियत अनुसार दानपुण्य त गरे ?”
-“उनी स्वर्गमा पुगिसकेका छैनन् । परिवारले कुनै दानपुण्य पनि गर्नु परेन ।” दयारामले झस्काए । थिरलालले भने, -“पढेलेखेका छोराछोरी भएर पनि सडेका रहेछन् । पितृको आशिर्वादले नै सबैको मनोकामना पूर्ण हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा रहेनछ।”
दयारामले स्पष्ट पारे, -“कुलतलाई तिलाञ्जली दिँदै आफैँबाट नमूनायोग्य काम गरी सबैको आँखाको नानी बन्न लाग्नु नै यथार्थमा स्वर्गको बाटो हो । सबैले राम्रो काम गरे स्वर्ग यहीँ छैन त !”
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ कात्तिक २९ **************
लघुकथाः निर्देशन
✍️ मित्र ‘उराठी’ गौतम कुनै आश्चर्यको कुरा भएन । हाम्रो देशमा वर्ष, डेढवर्षमा भइरहन्छ। सरकार फेरियो । प्रधानमन्त्री, मन्त्री नयाँ बने । नयाँ पनि के भन्नु ? ‘रक्सी पुरानै, बोतल नयाँ’ भने जस्तै । सपथ ग्रहण भयो । पदवहाली गरेकै भोलिपल्ट प्रधानमन्त्रीले सचिवहरूको बैठक बोलाए । -“अब पुरानो ढर्राले हुन्न । केही नयाँ गर्नुपर्छ । यो भएन, त्यो भएन, म जान्दिनँ । हो, ऐन नियमावली नयाँ बन्नसकेका छैनन्, पुरानै छन्, त्यो जगजाहेर छ । त्यो संसदको काम हो, बन्दै गर्छन् । तर तपाईँहरूको कुनै बहानाबाजी मलाई सुन्नु नपरोस् । मलाई परिणाम चाहिन्छ।” कडा निर्देशनका साथ उनी कड्किए ।
अर्कोदिन सचिवहरूले मातहतका विभागिय प्रमुखहरू, निर्देशकहरूको बैठक बोलाए । प्रधानमन्त्रीको निर्देशन सुनाउँदै अझ कडारूपमा प्रस्तुत भए । विभागिय प्रमुखहरू, निर्देशकहरूले पनि त्यसैगरि आफू मातहतकालाई झन् झन् कडा निर्देशन दिए । परिणाम दिन नसके कार्यसम्पादन मूल्याङ्कन बिगारिदिने, बढुवा रोकिदिने समेत चेतावनी दिए ।
बैठक सकेर बाहिरिने क्रममा भूपध्वजले जीवनारायणसँग साउति मार्दै भने, -“अहिलेसम्म त निर्देशन नपाएर पो ! विकासले गति लिन नसकेको । अब त छलाङ्ग मार्ने भो नि साथी !” अमरपुर–गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही **************
लघुकथा: अपाहिज
✍️ सुरेशकुमार पाण्डे -“थोरै पैदल हिँड्ने बानी पनि बसाल्नुपर्छ । जहाँ पैदलको बाटो हो, त्यहाँ पैदल हिँड्नुपर्छ । अलि टाढा भएपछि मात्र बाइक, रिक्सा वा अटोको प्रयोग गर्नुपर्छ ।” रवीले आफ्नो छोरा सग्रामलाई सम्झाउँदै थिए । छोरा सग्राम कत्ति पनि पैदल हिँड्न मान्दैनथ्यो । परिणाम उसको शरीर अस्वाभाविक रूपमा मोटाउँदै गएको थियो । रवी, उसको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित् थिए । -“बाबा म पैदल हिँड्नै सक्दैनँ, म के गरूँ ?” सग्रामले असमर्थता जतायो । -“ट्याङ् .. ट्याङ् “ डोरबेलको आवाजले बाबुछोरा नै झस्किए । -“छोरा, सग्राम ! बाहिर हेर त ! सायद सामान आयो कि ?” रवीले सग्रामलाई हेर्न लगाए ।
नभन्दै दैलो खोल्दा बाहिर रिक्सावाला समान लिएर खडा थियो। -“बाबु ! यो तोरी मगाउनुभा’को साहुजीले । सात बोरा छ, कहाँ राखौँ ?” रिक्सावालाले सोध्यो । -“बोरी, यहाँ होइन माथिल्लो तलामा रख्नुहोस् !” सग्रामले उसलाई दोस्रो तलामा राख्न लगायो । उमेरले बाउ बराबरको रिक्सावाला चुपचाप बिस्तारै सातवटै बोरी माथिल्लो तलामा पुरायो । -“हजुरको खुट्टामा केही भएको छ ?” सग्रामले उसलाई खोच्याएको देखेर सोध्यो । उसले सटिकमा उत्तर दियो, -“हजुर !” -“के भएको हो ?” -“एक्सिडेन्ट भएको थियो, केही वर्ष पहिले ।” उसले आफ्नो दायाँ खुट्टा झिकेर देखाउँदै भन्यो । त्यो देखेर सग्राम झसङ्ग भयो र मनमनै भन्यो, -“उफ् ! वास्तवमा अपाहिज त म पो ! रहेछु ।”
दाङ घोराही १८ १३-११-२०२४(२८-०७-२०८१) ——————-<•>——————-
झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका ठन्डी मौसम विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) समय नआकौँ कम पर्नसक्छ स्वास्थ्य समस्या ठन्डीको छ मौसम ! -वसन्त अनुभव, दाङ —————<•>————— २) बढ्यो ठन्डीको मौसम काप्दैछ थरथर शरीर आगोले भएन कम ! -हरिनारायण चौधरी —————<•>————— ३) १) लगाइदिनु तेल तताएर बालक अनि वृद्धलाई नमरुन् ठन्डीले सताएर ! २) गाँस अनि बासमा उचित ध्यान पुर्याउनु अबको चार मासमा ! -हिरामाया श्रेष्ठ गजुरी १ धादिङ —————<•>————— ४) बढ्दैछ ठन्डीकाे याम स्वास्थमा पर्छ असर ताप्नु बिहानको घाम ! -भाेलामान बर्देवा (बैरागि माईलाे) धरान ८ सुनसरी —————<•>————— ५) १) ठन्डी बढेकाे याम ख्याल गरेर बस्नु ताप्दै रापिलो घाम ! -जी.वि. चिन्तन घाेराही,दाङ —————<•>————— ६) ठन्डी मौसमको बेला झोलिलो तातो खानु नगर्नु स्वास्थ्यसँग रेला । -अरुण कुमार भुजेल दार्जीलिङ्ग,भारत —————<•>————— ७) १) तात्तातो सुप खाऊँ न्यानो कपडा लगाएर आफूलाई चिसोबाट जोगाऊँ ! २) व्यथाले हामीलाई सताउँछ बेलैमा बुद्धि नपुराए चिसोले शरीर गलाउँछ । -सीमा कार्की समर्पण मेलचोक पर्सा —————<•>————— ८) १) तराईमा चल्छ शीतलहर हिमालमा पर्छ हिउँ जीवन जिउन कहर । २) गाउँ वा सहर आयो ठन्डी मौसम गरीबलाई तातोको रहर ! -सतीश पण्डित भानु६ चुँदी तनहुँ हाल चनपा ६ मातातीर्थ —————<•>————— ९) चिसो चिसो रातमा तातो तातो हुन चाहिन्छ कोही साथमा । -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— १०) चिसो ठन्डीको याम अब हुन्छ प्यारो न्यानो तातो घाम । -सरिता सेढाई धादिङ —————<•>————— ११) १) मौसम बदलिएर आयो सबै बनौँ होसियार चिसोले साह्रै सतायो । २) अब ठन्डी जाग्छ न्यानो लुगा लगाऔँ आफैँ चिसो भाग्छ । -बेदु न्यौपाने —————<•>————— १२) १) चिसोमा न्यानो लगाऊँ यसबाट बँच्नका लागि तातो झोझिलो खाऊँ । २) ठण्डी मौसमको बेला न्यानो कपडा लगाउनुपर्छ नगरौँ स्वास्थ्यमा खेला ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व —————<•>————— १३) १) तात्ताताे खाना खाऔँ चिसाे माैसमबाट हामीले आफ्नो शरीर बचाऔँ । २) बचौँ ठन्डीकाे बेला हाेइन भने हामीलाई राेगकाे हुन्छ झमेला ! -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट —————<•>————— १४) १) बुढापाकालाई बढ्छ दम ख्याल गरौँ सबैले आयो चिसो मौसम । २) तात्तातो खानेकुरा खाऊँ न्यानो लुगा लगाउँदै स्वस्थ भएर रमाऊँ ! -अनिता भण्डारी ताप्लेजुङ —————<•>————— १५) ठन्डी मौसम आयो स्वयम् ख्याल गरौँ कुहिरो चारैतिर छायो । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १६) १) जाडो मौसम आयो जोगिएर बस्नु सबैले चिसोले ज्यान खायो । २) तातोपानी खाना खाऊँ घाम तापौँ आँगनीमा न्यानो लुगाफाटो लगाऊँ ! -दुर्गा आचार्य मोरङ —————<•>————— १७) पटुकीले कम्मर कस्नु मौसम छ ठन्डी तातो खाई बस्नु । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा —————<•>————— १८) जाडो बिस्तारै बढ्दैछ ख्याल गर्नु सबैले कपडाको मोल चढ्दैछ ! -धनमाया चौधरी, कैलाली —————<•>————— १९) १) ठन्डी यो मौसमभरि न्यानो लुगा लगाऔँ शरीरको सुरक्षा गरी ! -लक्ष्मण देउवा डोटी —————<•>————— २०) १) शीतल छ सहर चिसोले गलेको हुँदा तातोको छ रहर ! २) जाडोको फैलियो लहर काँप्दै गरीबको जीवनले घामको गर्यो रहर ! -लक्ष्मी रिजाल कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी —————<•>————— २१) बिस्तारै बढ्दैछ ठन्डी खोज्दैछ शरीरले पनि तातो न्यानो मन्डी ! -शंकर कार्की, मकवानपुर —————<•>————— २२) ठन्डी बढेछ धेरै कसो गर्ने होला फाट्यो चोली मेरै ! -सञ्जना शर्मा लुम्बिनी प्रदेश नेपाल लमही दाङ —————<•>————— २३) चिसो मौसमबाट बचौँ सबैमा सौहार्दता बाँडेर झिल्का कविता रचौँ ! -प्रेम थापा “मन”बागलुङ —————<•>————— २४) पुसको महिना फुस्स बालक बुढाबुढीलाई चिसो जाडोले बनायो झुस्स ! -चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ —————<•>————— २५) १) चिसो मौसम आयो धेरैजसो बाआमा केटाकेटीलाई साह्रै नै सतायो ! २) न्यानो कपडा लगाऊँ चिसोबाट बँच्न हेर झोलिलो तातो खाऊँ । -कला ढकाल, झापा —————<•>————— २६) १) टल्किन्छ शीतको थोपा प्रतिविम्ब ठन्डी मौसमको आहा ! न्यानो कनछोपा । २) न्यानो राख्नु जीउलाई ठन्डी मौसमले सताउला बरफिलो सिरेटो आई ! -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— २७) १) ठन्डी मौसम आयो गाउँ, सहर जताततै आफ्नो आधिपत्य जमायो । २) आफ्नो ख्याल गर्नुहोला आवालवृद्ध ती सबैजनालाई चिसोले पार्ला कोलाकोला ! -बाबुराम गौतम, गुल्मी —————<•>————— २८) १) जाडोमा चिया लिनु कुरा भन्नेहरूको पनि सोचेर तिमी भनिदिनु । २) तातो कुरो खाऊँ यो जाडोको मौसममा छिट्टै घर जाऊँ । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत —————<•>————— २९) १) आकाश खुलेको रात बिहानीपख हुँदा सधैँ धर्तीभरि हुन्छ तुषारापात ! २) जाडोले शरीर कमाउने न्यानो लुगा छैन ज्यान कसरी बचाउने ? -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । —————<•>————— ३०) १) तातो कपडा लगायो चिसो मौसममा चट्ट तात्तातो कुरा खायो । २) तातो खाना खाऊँ चिसो शुरू भयो दिनमा घुम्न जाऊँ । -प्रेम शर्मा ” एकान्त प्रेमी “ कालेबुङ —————<•>————— ३१) १) आउँदैछ ठन्डी मौसम मिलाउनु छ चाँजोपाँजो बढ्दछ खोकी, दम । २) हुनेले लुगाफाटा लगाउँला नहुनेले घाम आगो तापेर जाडो भगाउँला ! -मोती योन्जन सुब्बा दार्जिलिङ। —————<•>————— ३२) १) ठन्डी माैसम आयो परिवर्तन भयो समय शीतलहरको कहर छायो । २) न्यानो घाम ताप्नु ठन्डी मौसमको बेला शरीरको तापक्रम नाप्नु ! -कृष्ण बजगाई, भक्तपुर —————<•>————— ३३) १) चिसो हुँदैछ भयानक दीर्घ रोगीले विशेष ध्यान राखौँ एकपटक ! २) बाक्लो कपडा लगाऔँ ताजा खानेकुरा खाई सजिलै जाडो भगाऔँ । -खडक आर सि मिलन छेडागाड नगरपा२ साल्मा जाजरकोट —————<•>————— ३४) १) ठन्डी मौसमको आगमन जोगिऔँ हामी सबै स्वस्थ राखौँ तन ! २) पानी पर्याप्त पिउनु व्यायाम गर्नु दिनहुँ न्यानो लुगा सिउनु । -सुस्मिता अधिकारी ,काठमाडौँ —————<•>————— ३५) ठन्डी मौसमको जाडो फर्केर आई हेर पातलो लुगा घाँडो ! -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— ३६) जीवनले दुःख पायो सबै सतर्क बनौँ जाडोको मौसम आयो । -दीप गोले तामाङ 🏠️चन्द्रपुर -१, पौराई, रौतहट —————<•>————— ३७) १) ठन्डी बढ्न थाल्यो राखौँ स्वास्थ्यमा ख्याल रोगले कदम चाल्यो । २) मौसम अँध्यारो कालो धान काटेर खेतैभरि झ्यार् पानीको पालो । -भगवती दवाडी ,झापा —————<•>————— ३८) १) ताताे खानेकुरा खाऊँ चिसाे बढ्दै गयाे न्यानाे लुगा लगाऊँ । २) बाक्ला लुगा लगाऊँ शरीर न्यानाे राखी चिसाे सबै भगाऊँ । -सानु जाेशी सुदुर पश्चिम दार्चुला —————<•>————— ३९) हिँड्नु पर्छ खोजी ठन्डीले जीउ कठ्याङ्ग्रिदा बस्नुपर्छ घाम रोजी ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला —————<•>————— ४०) १) रुघामार्कीले नाक छोयो तुषारापात परेको मन उनलाई सम्झेर रोयो । २) डाँडापारी घाम झर्ला मायालु बिर्सियौ भने चिसोले कठ्याङ्ग्रिनु पर्ला ! -होमप्रसाद नेउपाने धरान, सुनसरी । —————<•>————— ४१) १) मौसम आयो चिसो होसियार रुघाखोकी लाग्छ फेरि हुनसक्छ लिसो । २) सर्दीमा जोगिएर जिउनु जिरा, अदुवा उमालेर चिया जस्तो पिउनु । -पृथक प्रकृति ,झापा —————<•>————— ४२) गर्मीलाई विदा गरी चिसो ल्यायो मौसमले सेताम्मे हिउँ परी ! -नन्दा धामी नौगाड, दार्चुला —————<•>————— ४३) मौसम आयो ठन्डीको पीडा सधैँ गरीबलाई अभाव खड्किन्छ मन्डीको ! -बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु —————<•>————— ४४) माैसम छ ठन्डा नेता छन् मस्त जनतालाई देखाउँदै डन्डा । -जयनारायण नेपाल बालकोट ,भक्तपुर । —————<•>————— ४५) १) चिसो बढेको बेला रुघाखोकीले सताउन सक्छ नठानौँ कसैले रेला । २) चिसोले धेरै सताउँछ शीतलहर चल्दा तराईमा सब कोहीलाई अत्याउँछ । -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— ४६) १) ठन्डी मौसमको बेला तातो घाम प्यारो गर्मीमा त्यही हेला ! २) चिसोमा हिउँ पर्छ तात्तातो कपडा किन्नु ज्यानमा गर्मी भर्छ । -राजेश्वरी राजोपाध्याय ललितपुर —————<•>————— ४७) १) न्यानो लुगा लगाऔँ चिसो लाग्न सक्छ खोकी, ज्वरो भगाऔँ । २) न्यानो लुगाको बजार जसरी पनि किन्नुपर्ने लाइनमा मान्छे हजार ! -शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं —————<•>————— ४८) १) मौसम फेरिने मौका रुघाखोकीले सताउँछ निकै हान्छ यसले चौका । २) उठ्नै नसकिने कस्तो ? ज्वरो निरन्तर आएर यसैले लैजान्छ जस्तो । -मनोहरी पौडेल गैडाकोट १ —————<•>————— ४९) १) आयाे माैसम ठन्डी सुरक्षित रहनुपर्छ सबैले ओढ्नु हजुर मन्डी । २) बेलाकाे हाेसियारी राम्राे माैसमअनुकूल पहिरनले धर्नु ज्यान सुरक्षित हाम्राे । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— ५०) चिसो मौसमको बेला न्यानो कपडा लगाउनु नगर्नु स्वास्थ्यमा खेला । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— ५१) १) ताताे चियाकाे प्याला फाइदा गर्छ त्यसले फुटाउँदै ठन्डीको ताला ! २) ऊनी लुगा लगाऊँ ठन्डी मौसम बुझेर चिसाे तह लगाऊँ । -हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ —————<•>————— ५२) घुमेर आयाे फेरि ठन्डीको माैसम हेर आकाश जमिन घेरी ! -काेपिला अधिकारी गाेरखा —————<•>————— ५३) १) गर्मीको समय गयो चिसो बल्झेर अझै जाडो जवान भयो । २) बाँचौँ बचाउँ नेपालीपन प्रकृतिको नियम गतिलो सबै हामी सज्जन । -घनश्याम पन्त, हरिवन सर्लाही —————<•>————— ५४) १) चिसो माैसम आयो चाहियो तातो लुगा कपडाले भाउ पायो । २) धनाढ्य अकुत पैसावाला जस्तो होइन गरीब लाउन नपाउँदै जाला ! -रामप्रसाद पुरी, बादेल, खाेटाङ। —————<•>————— ५५) १) कतै छ हिउँ कतै पर्छ शीतलहर न्यानो कपडा दिउँ । २) छ चिसाे लहर देशैभरि अहिले पनि सबैलाई छ कहर । -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————— ५६) १) जाडोको जवानी चढ्यो गाउँघरदेखि सहरसम्म नै धुमधामले अघि बढ्यो । २) मनतातो पानी खाऔँ बाक्लो लुगा लगाएर मात्र बाहिर जाऔँ । -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन —————<•>————— ५७) ठन्डी मौसम आयो दिन भए घमाइला रात्रिमा चिसो छायो । -पुष्पा सुवेदी नेपालगन्ज,बॅाके —————<•>————— ५८) १) लाग्यो मौसम ठन्डीको बजारमा न्यानो लुगाहरू बिक्न थाले मन्डीको । २) भन्छन् जाँडो माघमा गरीबलाई ठन्डीले सताउँछ छैन लुगा ताकमा । -दिल ठकुरी, दार्जिलिङ —————<•>————— ५९) १) जाडोमा चिसो पिउनु गर्मीमा तातो चाहिन्छ स्वस्थ भएर जिउनु । २) चिसोबाट तात्ने हुन्छ सेलाएर जान्छ तातो अनि जाडोले छुन्छ । -गुणनिधि घिमिरे, अमेरिका —————<•>————— ६०) १) मौसम जाडोको आयो थेग्न नसक्ने शरीर पीडाले झन् छ्ट्पटायो । २) नसक्ने जाडो थाम्न आएछ समय अचेल शरीर थाल्यो काम्न ! -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— ६१) १) ठन्डी मौसम आयो शरीरले न्यानोपन खोज्न तातो कपडा पायो । २) चारैतिर शीतको लहर सबेरै उठ्न सकिँदैन पर्खिनु घामको प्रहर ! -विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ —————<•>————— ६२) ठन्डी गोजीमा हात पकाउ आमा तातो खाइहाल्छु म भात ! -बिबा तामाङ दार्जिलिङ —————<•>————— ६३) तात्तातो जहाँ पाइन्छ ठन्डी मौसमको बेला पौष्टिक आहार खाइन्छ । -मोती सुब्बा —————<•>————— ६४) गुणकाे मूल तुलसी अक्सिजनकाे राम्राे स्राेत प्रयोग गरौँ रोपी ! -हरिगाेपाल न्हुच्छेँपणरधान काभ्रे, साँगाबजार बनेपा १४ । —————<•>————— ६५) न्यानो लुगा लगाऊँ लौ यसपालिको जाडो सबै मिली भगाऊँ ! -दीप गोले तामाङ, रौतहट —————<•>————— ६६) न्यानो भएर बस्नुपर्छ बड्दैछ ठन्डी मौसम हातखुट्टामा तेल घस्नुपर्छ । -सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया —————<•>————— ६७) स्विटर लगाएर जिउनु चिसो माैसम आएपछि तातोपानी सधैँ पिउनु । -श्रीकृष्ण धामी, बझाङ —————<•>—————
झिल्का लेखन अभियानको ३४ औँ शृङ्खला (बाढी पहिरो विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————– १) वर्षा भइदिदा अति बहुलायो बाढी पहिरो गर्दै जनधनको क्षति ! २) बसौँ सुरक्षीत ठाउँमा जताततै छ प्रकोप सहर अनि गाउँमा ! -वसन्त अनुभव घोराही, दाङ //२// —————<•>————– बनायौँ प्रकृतिप्रकोपको बाटो रमायौँ सुविधा भनेर क्षणभरमा बन्यो माटो । -म्यामराज राई, भोजपुर //३// —————<•>————– समाज बनाऔँ राम्रो अखण्ड बनाउ देश कर्तव्य बुझेर हाम्रो ! -सुरेशकुमार पाण्डे दाङ घोराही १८ //४// —————<•>————– १) प्रकृतिले पुर्यायो हानी बाढीले बगाएर अचेल सकियो धेरैको जिन्दगानी ! २) जनताको भयो नोक्सानी भिषण वर्षाको कारण दुखेको छ राजधानी ! -पृथक प्रकृति ,झापा //५// —————<•>————– बर्सात सारै भयो भेल बाढीले जनजीवन सरकार कहाँ गयो ? -जनक बिसी दक्षिण भारत कोचिन //६// —————<•>————– १) गरीबको सपना बग्यो डुबानमा पर्यो तराई पहाड पहिरोले लग्यो । २) शरदमा बाढी पहिरो कसरी मनाउने दसैँ मनमा चोट गहिरो ! -मन्दिरा सेढाई मलेखु, धादिङ //७// —————<•>————– १) बाढीले गर्यो क्षति उद्धारमा सक्षम भएनन् देखाए नेताले गति । २) सबै सतर्कता बनौँ बाढीले वितण्डा मच्चायो खतरापूर्ण सूचना भनौँ । -बेदु न्यौपाने //८// —————<•>————– धर्मको विनास भैरह्यो प्रकृतीको दोहनले होला बाढी पहिरो गैरह्यो ! -रिता खराल, रुपन्देही //९// —————<•>————– १) छोडिदिऔँ नदीको बाटो मन लगाऔँ वृक्षारोपणमा जोगाऔँ आफ्नो माटो ! २) नहोस् कतै क्षति पुर्याऔँ होस् बेलैमा रोकौँ सम्भावित खति । -सुस्मिता अधिकारी ,काठमाडौं //१०// —————<•>————– १) पहिरो गयो अति जनधनको विनाश भयो डुब्यो राजधानी जति । २) झरी वर्षाले गर्दा देशको हालत यस्तो प्राकृति प्रकोप पर्दा । -एवाइ प्रभात सहिदभुमि धनकुटा //११// —————<•>————– १) देशभरि बाढी पहिरो सडक, घरहरू डुबानमा पिडितमा चिन्ता गहिरो । २) सुनकोशीको पुल झर्यो रामेछाप, सिन्धुली जोडिने जनतालाई आपत पर्यो । -चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ //१२// —————<•>————– १) खतरा उकालो लाग्यो अझै रोकिएन पानी पीडितले न्याय माग्यो । २) ज्यानको जोखिम भयो संसारमा आधी हुरी दिनप्रतिदिन बढ्दै गयो । -अम्बिका अधिकारी झापा बिर्तामोड //१३// —————<•>————– १) बाढी पहिरो आयो प्रकृति निष्ठुरी हुँदा धेरैको ज्यान खायो । २) पहाडमा मूल फुट्यो बाढी पहिरो जाँदा धेरैको बास लुट्यो । -मन थापा पोखरा २१ बक्रेक //१४// —————<•>————– १) सामर्थ्यभन्दा बाहिरको कुरा बाढीले पुर्यायो क्षति प्रकृतिले हान्यो छुरा । २) देश डुब्यो शोकमा घरखेत बगायो सबै बस्नुपर्ने भयो भोकमा । -सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ //१५// —————<•>————– १) समय समयको खेला हुनेगर्छ प्रकृति प्रकोप आउनसक्छ जुनसुकै बेला । २) बर्सातमा भेलबाढी आउँछ बन्द हुन्छ बाटोघाटो मान्छेले दु:ख पाउँछ । -होमप्रसाद नेउपाने धरान,सुनसरी । //१६// —————<•>————– १) देश दुखेको बेला चिन्ता छैन नेतालाई गर्दैछन् भ्रमण मेला l २) बाढी अनि पहिरो हुन् प्राकृतिक विपत्ति चोट दिन्छन् गहिरो l -बाबुराम गौतम, गुल्मी //१७// —————<•>————– १) पानी आइरह्यो किन पीडितले मागे गुहार कोही आएनन् दिन ! २) डुबायो किन जनतालाई टुलुटुलु हेरी बसेर नेपालीले धोका पाई । -रक्षा कालि रे //१८// —————<•>————– १) वितन्डाले दुर्दशा निम्त्यायो रुवाबासी कोलाहल चारैतिर धनसम्पत्ति सबैको खायो ! २) बादलुको कारण जलमग्न हाहाकार भयो पृथ्वीमा लाभा थाल्यो बग्न । -घनश्याम पन्त, हरिवन सर्लाही //१९// —————<•>————– १) नचिताएको ठाउँमा पहिरो चिनारुको क्षती भएछ मुटुमा चोट गहिरो । २) ढुङ्गालाई माटोको भर विश्वास अनि नाताको मान्नुपर्दैन कुनै डर ! -मोती योन्जन सुब्बा, दार्जिलिङ। //२०// —————<•>————– १) अहाेरात्र बर्सियाे झरी धनजनकाे क्षति भयाे बचाउ लाैन हरि ! २) दु:ख निम्छरोले पाउने गाँसबासकाे भयाे समस्या अब कता धाउने ? -प्रद्युम्न चालिसे //२१// —————<•>————– १) शहर भयो बेहाल रोकिदेऊ अब तिमी मर्ने भो हाल ! -नीमा छिरिङ भोटिया जलढका कालेबुङ //२२// —————<•>————– साँघुरो पार्यौ निकास दुश्मन आफैँ बन्यौ आफ्नै गर्यौ विनाश । -कपिल किशोर घिमिरे //२३// —————<•>————– बाढी पहिरो आयो नसोचेको आज देशमा गाउँ सहर डुबायो । -बाबुराम पाण्डे अर्घाखाँची //२४// —————<•>————– १) बाढी आइरहन्छ दिनदिन सतर्कता अपनाउनुपर्छ हामीले अप्ठ्यारोमा पार्नसक्छ छिनछिन ! २) लियो धेरैजनाको सास बाँचुन्जेल कस्लाई लाग्दैन धेरै बाँच्ने आस ! -सुनगाभा पोखरेल हाल: नेपालगन्ज //२५// —————<•>————– १) जायजात, जनधन, कृष्यमा क्षति ल्यायो प्रकोपको भावुक बनाई दृश्यमा ! २) दुःखदायी समय आयो निर्दयी प्रकोपले गर्दा जनजातिले दुःख पायो ! -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 //२६// —————<•>————– १) सुरुङ मार्ग बनाऊँ बाढी पहिरोले रुवायो वैकल्पिक बाटो खनाऊँ । २) अब भयो अति मुकदर्शक छ सरकार सहने हामीले कति ? -पुष्पा सुवेदी नेपालगन्ज,बॅाके //२७// —————<•>————– १) प्रकृतिलाई खेल्न देऊ सत्य छ प्रकृति हामीले बुझ्नुछ भेऊ ! २) दैवी विपत्तिले आहात मानवताको परीक्षा हुँदैछ मिलेर दिलाउनुछ राहात ! -ऋजु दिल्पाली ईटहरी १ सुनसरी //२८// —————<•>————– १) पानीको प्रकोपले सताउँदा पहिरोको डर भयो यसरी झरी पलाउँदा ! २) पहाडमा पहिरो जाँदा मन रुन्छ मधेशमा बाढीले घर लाँदा ! -अन्मोल मुस्कान तकदाह, छाउनी, दार्जिलिङ //२९// —————<•>————– फरक पर्दैन गहिरोले देशभर ठूलो क्षति आज बाढी पहिरोले ! -दीप गोले तामाङ //३०// —————<•>————– १) चोट लाग्यो गहिरो देशभर विपत्ति आज बाढी र पहिरो ! २) कतिको भयो उठिबास पहिरो र डुबानमा हराएको भेटिएन लास । -सङ्गीता खरेल काठमाडौँ //३१// —————<•>————– १) निर्दय दैव भएर दुःख पाए जनताले बाढी पहिरो गएर ! २) मर्दै गयो आस बाढी पहिरो प्रकोपमा भयो सबै नास ! -सृष्टि एरी, तनहुँ //३२// —————<•>————– आयो बाढी पहिरो छाक कसरी टार्नु नेता सबै बहिरो । -गंगाराम यादव औरावनी २ सुनसरी //३३// —————<•>————– बेमौसमी झरी परेको बाढी पहिरो गएर प्रकृतिले अन्याय गरेको ! -कला ढकाल //३४// —————<•>————– कस्तो विडम्बनाको वर्ष सर्वत्र बाढी पहिरो लुट्यो जनको हर्ष ! -तोया नाथ चापागाईं दमक,झापा,नेपाल //३५// —————<•>————– १) समयले दिएको चोट निको पार्नेछ समयले समयकै हो अठोट ! २) कारण बनियो बाढी गन्तव्य उहि सबैको जानैपर्छ सन्सार छाडी ! -कमला पौडेल //३६// —————<•>————– १) वर्षाको गति अति बाढी पहिराले गर्दा देशमा जनधनको क्षति ! २. वर्षाले बगायाे घर बाँच्ने जिउने पनि छैन अब भर । -श्रीकृष्ण धामी – बझाङ //३७// —————<•>————– १) बाढी पहिरो गएछ यी लत्ताकपडा जोगाउँदा ज्यानमा खतरा भएछ । २) बाढीपीडीत रुँदै आए सरकार छ मुकदर्शक जनताले हार खाए ! -साहित्य प्रेमी सुशील धनगढी //३८// —————<•>————– १) बाढी बगायो घरबारी धनजनको क्षति न्यूनीकरणमा कमजोर भयो पूर्वतयारी ! २) सजगतामा खेलाँची नगरौँ राजधानीकै अवस्था देखियो शासकको आसमा नपरौँ ! -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे //३९// —————<•>————– १) पहाडमा पहिरो गयो भारी वर्षा नेपालभरि तराई जलमग्न भयो ! २) घरभित्र बाढी पस्यो कति भयावह प्रकोप आँखाबाट आँसु खस्यो ! -रमेश धामी, बझाङ //४०// —————<•>————– थामिएन अहिलेको झरी धेरैले ज्यान गुमाए बाढी पहिरोमा परी ! -अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत //४१// —————<•>————– १) बाढी पहिराे आयाे भयाे जनजीवन अस्तब्यस्त धेरैकाे ज्यान खायाे ! २) सडकमा आयो पहिराे सवार अबरुद्ध छन् पिर पर्याे गहिराे । -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी //४२// —————<•>————– विपत्तिलाई सम्पत्ति बनाए केही बुझक्कडहरूले हामीलाई ऋणको थुप्रै लगाए ! -नन्दलाल आचार्य बेलका-२, उदयपुर //४३// —————<•>————— १) आए बाढी पहिराे विपद छायाे अति पर्याे चाेट गहिराे । २) गाँसबास जम्मै बगायाे सहारा कता खाेज्ने जिन्दगी आँसुमा डुबायाे ? -हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार //४४// —————<•>————– आयो बाढी पहिरो भयो क्षति धेरै मनमा दुःख गहिरो । -कार्की डिबी माकुम सुनवल -४, नवलपरासी //४५// —————<•>————– १) मापदण्ड मिचेका घर उर्लिएर आएको खोलाले बनायो सबै बगर ! २) मानवता बाँकी रहेन छानोबाट गुहार माग्दा कसैको सहयोग भएन । -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ //४६// —————<•>————– १) बगेकाे जिन्दगी पहिराेमा बाधी पहिराेकाे जाेखिम सरकार निद्रा गहिराेमा । २) छतमा गरीब कराउँछ गर्ल्याम्म ढल्छ वासस्थान बालबच्चा सदा हराउँछ । -हिरालाल न्याैपाने बानपा ८ काेटमाैला, सल्यान //४७// —————<•>————– १) विपत्तिमा मलम लगाऔँ कसैलाई काखापाखा नगरी सबैका समस्या भगाऔँ ! २) प्रकृतिको हो खेल देखेको हुँदैन प्रकोप उर्लिदै आउँछ भेल ! -धनमाया चौधरी कैलाली //४८// —————<•>————– मातियो बाढी पहिरो धनजनको क्षति उस्तै पीडा झन् गहिरो ! -प्रेम थापा “मन”बागलुङ //४९// —————<•>————– १) पहिराेले बेहाल बनायो दुःख पीडा दिएर दैव पनि रमायो । २) देशमै विपद् गयाे कस्ताे रहेछ जिन्दगी भगवान् नसाेचेकाे भयाे । -सानु जाेशी सुदुर पश्चिम दार्चुला //५०// —————<•>————– १) उर्लिएर आयो छाल हेर्दाहेर्दै डुबायो घर बनायो हेर बेहाल ! २) पहिल्यै पुर्याई विचार सुरक्षीत ठाउँमा बसौँ नरोजी नदीको किनार ! -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न.पा. ६ सङ्खुवासभा। //५१// —————<•>————– १) प्रकृतिको चेतावनी हामीलाई जानिएन सचेत हुुन सुझाव सबै अग्रगामीलाई ! २) सजिलोसँग जीवन पाइँदैन जानेहरू अब बितिसके उनीहरूलाई केही चाहिँदैन । -रामप्रसाद पुरी, बादेल, खाेटाङ //५२// —————<•>————– १) बर्सियो एकनास झरी गरायो धनजनको नास शोकाकुल छ कठैबरी ! २) अटेरी गर्ने बानीले खोली किनार अतिक्रमण विध्वंस गर्यो पानीले ! -बिमल पोखरेल धरान -१७,पटनाली //५३// —————<•>————– १) जताततै बाढी पहिरो जनधनको हानी देखेर लाग्यो चोट गहिरो ! २) मिचेर बनायौँ प्रकृतिलाई सुविधा भनेर रमायौँ अहिले लग्यो बगाई ! -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी //५४// —————<•>————– बाढी पहिरो जान्छ भिरपाखा र खोलामा घरखेत सबै लान्छ । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा //५५// —————<•>————– १) बाढी पहिरो आएर धनको भयो क्षति जीवन गयो बगाएर ! २) बाढी पहिरोको डर धेरैको मृत्यु भयो जीवनको छैन भर ! -कृष्ण बजगाई भक्तपुर //५६// —————<•>————– प्रकृति रुष्ट भयो अविरल वर्षा मुलुकमा धेरैको ज्यान गयो । -मनोहरी पौडेल गैडाकोट १ //५७// —————<•>————– कतै बाढी गयो पहिरोले कैयौँ ठाउँमा पीडितको उठिबास भयो । -सरिता सेढाई, धादिङ //५८// —————<•>————– १) नसोचेको क्षति भयो थाहा छैन आजसम्म कतिको ज्यान गयो । २) सरकारको नजाँदा ध्यान अकालमै गुमाउनु पर्यो गरीबले आफ्नो ज्यान । ✍️ लक्ष्मण देउवा डोटी //५९// —————<•>————– पानीको काल जाग्यो सारा धानबाली नासेर वर्षा टाढा भाग्यो । -भगवती दवाडी //६०// —————<•>————– १) गरीबकै हुने क्षति ध्यान जाओस् सरकार दुःख सहनु कति ! २) गरीब रहरले हुँदैन जति हामी रुन्छौँ सरकार त्यति रुँदैन । ✍️ ललिता गिरी सिन्धुली //६१// —————<•>————– १) अविरल झरीले सतायो बाढी पहिराेकाे डर प्राकृतिक प्रकोपले अत्यायो । २) जताततै बाढी पहिरो धनजनको धेरै क्षतिले मनमा चिन्ता गहिरो । -दुर्गा भट्टराई माेरङ //६२// —————<•>————– १) आएर बाढी पहिरो मानव क्षति अति चोट लाग्यो गहिरो । २) हरेक सालको कथा सरकारमा छैन चिन्ता बढ्दैछ सबको व्यथा । -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल //६३// —————<•>————– १) विध्वंसकारी बाढी पहिरो बित्यास पार्यो जनधन सरकार कस्तो बहिरो ! २) प्रकोप बनेर आयो बाढी पहिरो देशभर क्षतिले मन खायो । -राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला //६४// —————<•>————– १) आएर बाढी पहिरो गरायो धनजनको क्षति मुटुमा चोट गहिरो । २) धनको गरायो नास प्रकृति रिसाएर होला गरायो हाम्रो उठिबास ! -सीमा कार्की समर्पण मेलचोक पर्सा //६५// —————<•>———– १) कस्तो बाढी पहिरो चाडबाडको मुखैमा यसले ल्यायो समस्या गहिरो ! २) निर्दयी दैव पनि गरीबकै कुटी रुचाउने किन हो अनि ? -दीपा समभाव दुबेकोल खोटाङ्ग //६६// —————<•>————– १) तारन्तार पानी आयो उब्जाउ हुने जमिन सबै बाढीले बगायो ! २) वर्षा भइरह्यो चुरिएर कति टुहुरा भए बाआमा पहिरोमा पुरिएर ! -हिरामाया श्रेष्ठ गजुरी १ धादिङ //६७// —————<•>————– १) बाढी पहिरो भेल प्रकृतिको लिला कस्तो ? अचम्म लाग्यो खेल । २) प्रकृतिको लिला कस्तो ? कसलाई दोष दिने सहनु पर्ने यस्तो । -देव मगर तिनाउ-१,कचल,पाल्पा //६८// —————<•>————– १) नदी किनारामा घर नियमका कुरा हावा बाढीको छैन भर ! २) नदीको बाटो थुनेर अटेर भई आफैँ बस्यौ सपना बुनेर ! -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ //६९// —————<•>————– १) छल्की आयो छाल बेहाल छन् मान्छेहरू बनेर आयो काल ! -कुसुम कुवँर ( बझाङ) //७०// —————<•>————– १) बाढी पहिरोले उठिबास क्षतिको सिमा छैन पीडितले पाएनन् गाँस ! २) घरबाहिर निस्कन डर हिँडदा होस पुर्याउनु प्रकृतिको छैन भर । -दुर्गा आचार्य मोरङ //७१// —————<•>————– बेमौसमी पानी आयो बाढी र पहिरोले जनधनको क्षति गरायो । -शोभा आचार्य गौतम काठमाडौँ //७२// —————<•>————– १) नसाेचेकाे मात्र हुन्छ हेर्दाहेर्दै क्षति भयो कस्ले चीत्कार सुन्छ ? २) जताततै आयो पहिरो भयो धनजनको क्षति मनमा पीडा गहिरो ! -दुर्गा भट्टराई मोरङ //७३// —————<•>————– १) गाउँमा गयाे पहिराे जाउँ बाटाे छैन पीर छ गहिरो । २) मान्छे डुबे भेलमा भाग्यले दुई बाँचे नेता राजनीति खेलमा ! -टङ्कबहादुर आलेमगर लिम्चुङबुङ- २, ताम्लिछा डाँडा गाउँ अहिले: त्रियुगा नगरपालिका, उदयपुर, काेशी प्रदेश //७४// —————<•>————– १) क्षति भयो ठूलो पसेर खोला बाढी बस्ती बनायो धुलो । २) सधैँ आपतविपत पर्दा सहयोगी हात बढाऔँ दैवको लाठी झर्दा ! -पद्मा काश्यप पाण्डे, मोरङ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय बीसौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२० —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०७/१९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग::०१ जल्नेहरुको मन जलिरहोस् यहाँ। मेरो पाइला सधैं चलिरहोस् यहाँ। दुष्ट अरूको प्रगतिमा जल्दै गरून्, प्रगतिको दीपक बलिरहोस् यहाँ। डाह गर्नेको मन गलिरहोस् यहाँ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ दीप बालेर भएपनि जगाउने मन छ खराब आचरण सबै भगाउने मन छ तिमी आफै भनिदेउ अब म के गरौँ प्रिय, दुख पर सारेर सुख मगाउने मन छ गलामा गहनाको प्रेम लगाउने मन छ।
होमप्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०३ सुख खोजेको दुख मिल्यो हात चाहेको मुख मिल्यो कसरी चित्त बुझाउनु, फल बिनाको रुख मिल्यो धर्ती छोडेसी सुख मिल्यो।। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०४ खरानीलाई आगाेकाे के डर साहेब बाेलीकाे ठेगान छैन के भर साहेब शब्द प्रयाेगमा लगाम छैन , मुरारि ? फेरि नेता बन्ने कस्ताे रहर साहेब उमेर कट्या छ सत्तरी पर साहेब । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०५ आशा त गरेको थिएँ फूल हजुर पेटमा पसी निस्कियो शुल हजुर आशा र भरोसा भन्ने मात्र रहेछ , खान त खोजेको पानी मुल हजुर नसोची खाएछु भयो भुल हजुर ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०६ दुःख सुखका भइ दिने अनेकौ रङ्ग छन् सन्तोषी बन्ने प्रार्थना गरौँ प्रभु सङ्ग छन् परमात्मा शिवजीको मनले गरौं भक्ति पश्चिमा सभ्यता चलनले सबै दङ्ग छन् दिव्य ज्ञानी बन्न संसारमा पर्ने ढङ्ग छन् । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०७ घरीघरी सोधिरहन्छ काँडाले जीउँदै छ कि मर्यो भनेर यदि जिउँदै भए भन्दैछ गाउँ बेसी धाउनु पर्यो भनेर दु:खलाई कतिको सहन गर्दो रैछ भनेर त घोचिदिन्छ मरेको चुपचाप बस्छ जिउँदोलाई सोध्छ के गर्यो भनेर गरेको कर्म असल भए जान्नु भवसागर तर्यो भनेर। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८ पीडा दिनेले सधैं दिएकै छन्। बदला लिनेले नि लिएकै छन्। देखावटी नाटक गर्छौं किन, जिउनेले एक्लै नि जिएकै छन्। पीडा भुल्न सराव पिएकै छन्। ह्यारिस
पञ्चाङ्ग:०९ प्रवासमा तिहार कस्तो हुँदै होला दाजु र बहिनीको मन रुँदै होला यस्तो हालतमा पुर्याउने मान्छेले पक्कै पनि रक्सीले मुख धुँदै होला आन्द्रा र भुँडीमा रोगले छुँदै होला /
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय तीनऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०७/२२ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०३[एकसयतीनऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ हरियाली वन देखिएको छ। फूल राम्रो झन देखिएको छ फूल कसलाई मन् पर्दैन र? सुन्दरमा मन देखिएको छ। श्रमिकमा धन देखिएको। सुशीला पौडेल
पञ्चाङ्ग:०२ देखिएको हरियाली वन छ । त्यसै भित्र फूलहरु झन छ । सम्झी के गर्नु फूलैको संसार , गुलाबको फूलमै यो मन छ । इलम गरे यसैमा धन छ । धनमाया चौधरी कैलाली पञ्चाङ्ग:०३ गुलाब फूल जस्तै फूल्न मन छ। म यसैको साथमा खुल्न मन छ। आहा सुन्दर रमणिय ठाउँमा, सधैंभरि मलाई झुल्न मन छ। यही फूलमा सधैं भुल्न मन छ। ह्यारिस पञ्चाङ्ग:०४ सबैको मन यहाँ रमाउँछ फूल फुलेको देखेपछि भमरा पनि त डुल्न आउँछ फूल फुलेको देखेपछि आखिर फूल फूलमै आँखा डुल्दो रहेछ यहाँ सबैको वनचरी पनि बल्ल गाउँछ फूल फुलेको देखेपछि सारा प्रकृतिले माया लाउँछ फूल फुलेको देखेपछि। -पशपती राई खोटाङ
पञ्चाङ्ग:०५ थुँगा थुँगा मिलेर माला बने जस्तै धान रोपी धानको बाला फले जस्तै सजिन्छन् फूल नयाँ सुन्दर ढाँचामा , हातमा लिइ शिव नाम जपे जस्तै उज्यालोले अँध्यारो डाला भरे जस्तै सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०६ हरियाली परेको बीच फुल देखिएछ । दुई फाँटको त्यो माझमा झुल देखिएछ। सुन्दर रुपको फुललाई हेरेर बसौँ , ढकमक्क फुलेको राम्रो कुल देखिएछ। हेर्दाहेर्दै आँखा भित्र त राहुल देखिएछ । ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०७ कति सुन्दर फुलेको फूल त्यहाँ थुँगा मिलेर बनेको झुल त्यहाँ, कति राम्रो संगठन त्यो फूलको, बिगार्न नलागोस् कुनै धुल त्यहाँ, भमरा नि डुल्दैँ होलान् हुल त्यहाँ । शोभा आचार्य गौतम काठमाडौँ