साउदी अरब – नेपाली पाककला र आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका साउदी अरबस्थित केम्पिन्स्की होटलका कार्यकारी पेस्ट्री सेफ सरोज थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित भएका छन्। भव्य रूपमा युएईको दुबईको हिल्टन होटलमा सम्पन्न यस कार्यक्रममा थापालाई विशेष सम्मान प्रदान गरिएको हो। न्युजलाइन मिडियाद्वारा प्रदान गरिएको यो प्रतिष्ठित अवार्ड थापाले आतिथ्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप दिइएको हो।
नेपाली परम्परागत खानाको प्रवर्द्धन र अनुसन्धानमा समर्पित थापाले आफ्नो अनुभव र ज्ञानलाई ‘वर्ल्ड सेफ एसोसिएसन’को निर्णायक मण्डलमार्फत अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएका छन्। थापाले नेपाली पाककलालाई विश्वमञ्चमा चिनाउन गरेको अथक प्रयासले नेपाललाई पाककला क्षेत्रमा विशेष पहिचान दिलाएको छ। यो सम्मान विजयादशमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको थियो, जसमा नेपाली चाडपर्व र परम्पराको संरक्षणमा केन्द्रित सांस्कृतिक कार्यक्रमसमेत समावेश थियो। थापाको यस सफलताले सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित बनाएको छ। उनी मात्र एउटा प्रतिभाशाली सेफ नभएर नेपाली सांस्कृतिक र पाककला परम्पराका सच्चा प्रवर्द्धकका रूपमा उदाएका छन्। सरोज थापाको यो सम्मानले नेपाली पाककला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, जसले नेपाललाई विश्वभर नयाँ पहिचान दिलाएको छ।
अल कासिम साउदी अरब । वैदेशिक रोजगारीको सिलसिलामा गत दुई वर्षअघि नेपालको सगरमाथा मेनपावर यात्रा एचआर सोलुसन ओम ओभर्सिज र प्रतिज्ञा कन्सल्टेसीबाट साउदी आएर अलपत्र पर्नुभएका ६० जनामध्ये ३० जना नेपाली श्रमिकहरुलाई गैर आवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले इक्जिट भिसा लगाएर नेपाल फिर्ता पठाउन सफल भएको छ । नेपालबाट अल हदवा अल सुल्तान र अल समाहा म्यानपावर सप्लाई कम्पनीमा आउनुभएका नेपाली दाजुभाईहरूलाई कम्पनीले साउदिका विविध क्षेत्रहरू दमाम रियाद अलकासिममा तथा अन्य विभिन्न क्षेत्रहरुमा पठाएको थियो। उक्त सप्लाई कम्पनीले उहाँहरूको एकमा नबनाइदिएपछि काम गरिरहनुभएको कम्पनीले काम गर्नबाट रोकेर निकालिदिएपछि नेपाली दाजुभाईहरु कामबिहिन भएर अलपत्र परेपछि उद्दारका लागि गैर आवश्य नेपाली सङ्घ क्षेत्रीय समन्वय समिति अकासिमलाई सहयोगको लागि अनुरोध गरेका थिए ।
पीडित भएको जानकारी पाए लगत्तै एनआरएनए आइसिसीका सदस्य तथा नेपाली राजदुतावास रियादका अलकासिम प्रतिनिधि विशाल श्रेष्ठ कुमार र एनआरएनएआरसीसी अल्कासिमका प्रवक्ता अलि उर्सिन मियाँ ले स्थलगत भ्रमण गरी पीडितहरूको वास्तविक अवस्थाको बारेमा सत्य तथ्य पत्ता लगाई राजदूतवास रियादलाई जानकारी गराएका थिए। उक्त सप्लाई कम्पनीहरूले कामदारहरु कसैको एक वर्ष कसैको डेढ वर्ष र कसैको दुई वर्षसम्म पनि एकमा रिन्यु नगरिदिएको र काम गरिरहेका कम्पनीहरूले निकाल्दिएको अवस्थामा उहाँहरु आफ्नो अलकासिमा रहेको हेड अफिसमा सबै ठाउँबाट जम्मा भएको जानकारी बिशाल श्रेष्ठले दिएका छन्।
उहाँहरूको एक्जिट भिसाको लागि नेपाली राजदूतावास रियादसँग समन्वय गर्दै उनैजा लेबरकोटमा एक्जिट भिसाको लागि सामूहिक निवेदन दिएको थियो। ६० जनाको निवेदन दिएकोमा ३० जनाको एक्जिभिजा लागिसकेको र बाँकी अरु ३० जनाका साथै दिनहु अन्य क्षेत्रबाट आउनुहुने नेपालीहरूको पनि एक्जिटको लागि फर्म बुझाइएको समाजसेवी तथा एनआरएन आइसिसीका सदस्य विशाल श्रेष्ठले जानकारी दिएका छन् । उहाँहरूको एक्जिट भिसाको लागि निरन्तर रुपमा फलोअप गरिएको यसैगरी जुन मेनपावरबाट आएका थिए त्यो मेनपावरलाइ कारबाही गर्न र यहाँका सप्लाइ कम्पनीहरुलाई भिसा रोक्का गर्न तथा श्रम स्वीकृत रोक्का गर्नलाइ सम्बन्धि पक्षमा निवेदन दिसकिएको पनि बिशाल श्रेष्ठले जानकारी गराए । बाकीँ रहेका नेपालीहरुको पनि छिटै इक्जिट लाग्ने कुरा अबगत गराउदै इक्जिट लागेका क३० जना नेपालीहरु गत २७,२८ र २९ सेप्टेम्बरमा नेपाल फर्किसकेका पनि जानकारी गराए । त्यसै गरि गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति आफ्नो पेजबाट एक सूचना जारी गर्दै उक्त मेनपावरहरुबाट यी सप्लाइ कम्पनीहरूमा नआउनको लागि पनि अनुरोध गरेको छ।
दम्माम साउदी अरब ! नेपाली साझा मञ्च साउदी अरबले नेपालका विभिन्न भागमा अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो, र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको लागि अपिल गरेको छ । मञ्चले यस विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित यो प्राकृतिक विपत्तिमा परेका सबैलाई आवश्यक सहयोग पुर्याउन एक बिग्यप्ती सहित सबैजनमानसमा अपिल गरेको छ।
नेपाली साझा मञ्चले अविरल वर्षाले जनजीवनमा पुर्याएको क्षति प्रति चिन्ता व्यक्त गर्दै देशभरका प्रमुख सडकहरू, पुलहरू, र राजमार्गहरू बन्द हुँदा यातायातमा परेको अवरोध तथा किसानहरूको नष्ट भएको तयारी बालीको पीडालाई केही मल्हम लगाउन पनि सहयोगको लागि अनुरोध गरेको छ। यस विपत्तिले हजारौं नागरिकको घर, निजी सम्पत्ति, र खेतीपातीमा ठूलो क्षति पुर्याएकोमा मञ्च दुखित भएको बताएको छ।
साझा मञ्चले नेपाल सरकारलाई तत्काल राहत र उद्धारमा प्रभावकारी पहल गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न आग्रह गरेको छ। साथै, मञ्चले बाढी, पहिरो, र डुबानबाट प्रभावित सबै नागरिकलाई आवश्यक सहयोग पुर्याउन देश र विदेशमा रहेका नेपालीहरूलाई अपिल गरेको छ।
यस आपतकालीन परिस्थितिमा साउदी अरबमा रहेका नेपालीहरू पनि आफ्ना देशका नागरिकहरूको उद्धार र पुनःस्थापनामा सहभागी हुन तयार रहेको मञ्चले जानकारी दिएको छ। नेपाली साझा मञ्च साउदीले देश र विदेशका सबैलाई राहतका लागि सहकार्य गर्न आह्वान गर्दै संकटमा परेका नागरिकलाई आवश्यक सहयोगका लागि सहयोगी हातहरू बढाउन विनम्र आग्रह गरेको छ।
म्यामराज राईकाे लघुकथासङ्ग्रह ‘बुन्छत’ २०८१ साल वैशाखमा प्रकाशित कृति हाे । हतुवागढी- ६ हाेम्ताङ भाेजपुरमा जन्मिएका राई जाेगबहादुर र आशबुङका छाेरा हुन् । स्नातक तहसम्मको अध्ययन गरेका राई पछिल्लो समय जापानमा बस्दै आएका छन् । साहित्यमा विशेष रूचि र लगाव भएका म्यामराज राई जापानमा बसेर पनि निरन्तर साहित्य साधनामा सम्लग्न छन् । नमस्ते आधुनिक लघुकथा मञ्चसँग प्रत्यक्ष रूपमा जाेडिएर काम गर्दै आएका राई समितिकाे सक्रिय सदस्य छन् । उनले लेखन तथा सम्पादन कार्य गरेकाे पाइन्छ । मूलतः कविता तथा लघुकथा सिर्जनामा सक्रिय राईका ‘हाम्रो बाटो'लघुकथासङ्ग्रह (२०७९), ‘बुन्छत’ लघुकथासङ्ग्रह (२०८१) का साथै ‘महक'टुक्का कवितासङ्ग्रह (२०८०) प्रकाशित छन् । यिनले खिम्दुङ् काेसेली साहित्यिक द्वैमासिक हवाई पत्रिकाका साथै लघुकथाकाे सुगन्ध अङ्क ४ र ५ काे सम्पादक भई काम गरेको देखिन्छ ।
म्यामराज राईकाे पछिल्लो प्रकाशित कृति `बुन्छत´ लघुकथासङ्ग्रहमा ५४ वटा फघुकथाहरू समाविष्ट छन् । विविध समसामयिक विषयकाे प्रधानता रहेकाे यस सङ्ग्रहका कतिपय लघुकथाले अत्यन्त पृथक विषयलाई समेत प्रस्तुत गरेको देखिन्छ । यसको एउटा महत्त्वपूर्ण नमुना ४४ औं क्रममा रहेकाे ‘बुन्छत’ हाे । किराँत मिथकमा आधारित यस लघुकथाले किराँत जातिको बुन्छतप्रतिकाे आस्था विश्वासलाई प्रस्तुत गरेको छ । बुन्छतका तीन आकृतिमा ज्ञान, शक्ति र सुरक्षाको प्रतीक रहेको आस्थापूर्ण भाव लघुकथामा प्रस्तुत गरिएको छ ।
बुन्छत लघुकथासङ्ग्रहमा समाविष्ट रचनाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका लघुकथाहरू समाविष्ट छन् । विषयगत विविधता रहेका यस सङ्ग्रहका लघुकथामा नैतिक अनैतिक सन्दर्भ, राजनीतिका सकारात्मक नकारात्मक क्रियाकलापहरू, मित्रताका सकारात्मक तथा नकारात्मक पक्षजस्ता विषयहरू समावेश गरेका छन् । अरूका देशको अनुशासित वातावरण देखेर प्रशंसा गर्ने तर आफूमा त्यसप्रकारकाे परिवर्तन नल्याउने नेपालीको प्रवृत्ति, जड्याहालाई स्वास्थ्य भन्दा नसाकाे माया हुने, आर्थिक अभावले दिने भय र पीडा, अरूलाई गुर्जाेकाे गफ लगाउने तर काेराेना लागेपछि हस्पिटल पुग्ने व्यापारी, डिग्री गरेर पनि शुद्ध नेपाली बाेल्न नसक्ने अवस्थाप्रतिकाे व्यङ्ग्य राईका लघुकथामा पाइन्छ । गीत सङ्गीतका क्षेत्रमा विवादित भए पनि नाफा हुने गरेको वास्तविकता, वनका पशु समस्या, नेपालीले प्रकृतिको दाेहन गर्ने गरेकाे यथार्थका माध्यमबाट व्यङ्ग्य प्रहार गरेको पाइन्छ । टिकटकका कारण हुने गरेका दुर्घटना, नारीहरूकाे गहना कपडाको आशक्ति, नयाँ पुस्ताको शहर माेह, गाउँ फर्कनु पर्दा आत्महत्या गर्ने प्रवृत्तिजस्ता मार्मिक सन्दर्भलाई राईले आफ्ना लघुकथामा उठाएको पाइन्छ ।
सरल भाषाशैलीकाे प्रयोग गरि सहज र बाेधगम्य लघुकथा सिर्जना गर्ने राईले आफ्ना लघुकथाका माध्यमबाट कतै विकृति विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेको पाइन्छ भने कतै नैतिक उपदेश तथा सकारात्मक सन्देश सम्प्रेषण गरेकाे पाइन्छ । लघुकथा लेखनमा समर्पित भएर लागेका राईका लघुकथाहरू उत्तराेत्तर परिष्कृत हुँदै गएका छन् ।
समीक्षक : डा.शंकरप्रसाद गैरे लेखक : म्यामराज राई कृति : बुन्छत विधा : लघुकथा प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च प्रकाशन वर्ष : २०८१, वैशाख मूल्य : ३३३/-
रियाद साउदी अरब ! साउदी अरबका समाजसेवी तथा लालिगुराँस होटलका संचालक सफल ब्यबसायी यम तमुले बिरामी रामपाल सदाको लागि (११२४९ रियल) करिब ४ लाख नेपाली रुपैयाँ संकलन गर्नुभएको छ ।
नेपाल सप्तरी घर भई विगत केही वर्षदेखि साउदी अरबको रियादमा कार्यरत रामपाल सदा कुनै कारणवश कम्पनी छोडेर अन्त बाहिर काम गर्न पुगे। भागेर काम गर्ने क्रममा दुर्घटनामा परी एउटा खुट्टा भाँचिन पुग्यो। जसका फलस्वरूप शरीरको दायाँ भागमा गहिरो चोट लागेर रियादको किङ खालीद हस्पिटलमा भर्ना भएर उपचार गराउनपुगे। १५ दिनपछि १७ अगस्ट २०२४ का दिनमा हस्पिटल बाट डिस्चार्ज भएपछि काम गर्दै गरेको कम्पनीको रुममा गए तर भागेर काम गरेको कम्पनीले रुमभित्र छिर्न नदिएपछि रियादको रोडमा बिहान ९ बजेदेखि ८ बजे बेलुकी सम्म सुत्न बाध्य भए !
उक्त घटनाक्रमलाई थाहा पाएपछि समाजसेवी यम तमुले पीडित रामपाल सदालाई आफ्नै रूममा ल्याएर राख्नुभयो। त्यसपछि समाजसेवी तमुले पीडित सदालाई नेपाल पठाउनका लागि नेपाली राजदूतावास रियाद साउदी अरबमा समन्वय गरेर जानकारी गराउनुको साथै इक्जिट लगाउन सहयोगको लागि अनुरोध गर्नुभयो, फलस्वरूप अहिले करिब डेढ महिनाको अन्तरालमा उहाँको एक्जिट भिसा लागेको छ । सदाको पुरा उपचार नभएको र स्वास्थ स्थिति नाजुक रहेकोले उहाँलाई अझै उपचारको आवश्यकता परेको र आर्थिक अवस्था कमजोर भएकोले समाजसेवी तमुले उहाँको लागि आर्थिक सहयोग रकम संकलनका लागि एक अभियान नै चलाउनुभएको थियो। सदाको सहयोगको लागि ५-१० रियल सहयोग गर्न आफ्नो लालिगुँरास होटलमा आएका ग्राहकहरु तथा सामाजिक सञ्जाल फेसबुकबाट पनि रामपालको सहयोगको लागि अनुरोध गरेका थिए! तमुको अनुरोधपछि उक्त रकम करिब ४ लाख नेपाली संकलन गर्नुभएको छ ।
सदाको एक्जिट लागिसकेको र अब केही दिनमा नेपाल पठाउने जानकारी पनि समाजसेवी यम तमुले दिनुभएको छ। साथै आजबाट उहाँको लागि सहयोग रकम पनि रोकिएको जानकारी गराउनुभएको छ। यस अभियानमा जोडिएर जजसले आर्थिक तथा सामाजिक सहयोग गर्नुभयो उहाँहरूको लागि यम तहार्दिक धन्यवाद तथा आभार पनि व्यक्त गर्नुभएको छ।
लघुकथाकार अवधेश सिंहको जन्म २०१४ सालमा सिराहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका ४, ब्रह्मपुरीमा भएको हो । गणपति सिंह र अञ्जनदेवी दनुवारका कनिष्ठ पुत्ररत्न हुन् उनी । हाल उनको बसोबास काठमाडौँको नागार्जुन गाउँपालिका २, शान्तिटोलमा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा र यु.एस.ए.बाट Teaching English to the Speakers of Other Languages विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा आर्जन गरेका सिंहको मुख्य पेसा प्राध्यापन भए पनि हाल उनी अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका छन् । वि.सं. २०३६ सालतिर ‘दुपहरिया मे डुबैत सूर्य’ शीर्षकको कथा प्रकाशित गराएर साहित्ययात्रामा लागेका सिंहको ‘अवोध अभिलाषा’ शीर्षकको लघुकथा नै पहिलो लघुकथा हो जुन ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ नामक लघुकथाप्रधान फेसबुक पत्रिकामा २०७६ सालमा प्रकाशित भएको देखिन्छ ।
‘मरजाद’ लघुकथाकार सिंहको पहिलो प्रकाशित लघुकथासङ्ग्रह हो । प्रकाशन संस्था नमस्ते आधुनिक लघुकथा मञ्च र प्रकाशन वर्ष २०८१ वैशाख रहेको यो कृति एक मात्र प्रकाशित साहित्यिक पुस्तकका रूपमा दखिएको छ । हुनत सिंहका ‘मरजाद’का अतिरिक्त अन्य ४ वटा कृतिहरू पनि प्रकाशनमा आएका छन् । उनका साहित्येतर ४ कृतिमध्ये ३ वटा अङ्गेजी भाषामा र एउटा नेपाली भाषामा लेखिएको छ । अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू अङ्ग्रेजी भाषा सम्बद्ध नै छन् भने नेपाली भाषामा लेखिएको कृति दनुवार संस्कृतिको चिनारीसँग सम्बन्धित छ । आफ्नो भाषा र संस्कृति मासिए पहिचान पनि बिलाउँदै जान्छ । पढेलेखेका मानिसहरूले आफ्नो भाषा अनि संस्कृतिलाई बिर्सिंदै गएको आजको सन्दर्भमा दनुवार संस्कृतिसँग सम्बन्धित यो पुस्तक निकै उदाहरणीय पनि रहेको छ ।
‘मरजाद’मा ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । यी मध्ये एकपदीय र द्विपदीय संरचनाका शीर्षकहरू २६/२६ वटा छन् भने चतुष्पदीय संरचनाका शीर्षक २ वटा छन् । मर्यादा अर्थ बोकेर आएको कृतिको मूल शीर्षक आकर्षक छ तर यो शब्द प्रयोगमा अचाक्ली आइरहने शब्द भने होइन । यो शब्द लेखकको गाउँठाउँतिर बढी प्रयोग गरिने पनि हुनसक्छ । आयामका दृष्टिले ५३ वटा लघुकथाहरू २/२ पेजका र एउटा १ पेजको छ । भूमिका, विषयसूची (लघुकथा क्रम भनिएको) र अन्यका लागि १२ पेज र लघुकथाको पाठ्य रूपका लागि १०७ पेज खर्चिएको छ । लघुकथाका विषयहरू हाम्रै समाज वरपरका नै छन् । लेखकले कोरा कल्पनालाई यथार्थिक कल्पनालाई नै बढी महत्व दिएका छन् ।
‘मरजाद’भित्रका लघुकथाहरूलाई सर्सर्ती हेर्दा कुनैमा शीर्षक प्रभावी छ भने कुनैमा विषयवस्तु प्रभावी छ । कुनैमा सामाजिक यथार्थ बलियो बनी आएको छ भने कुनैमा आदर्शतिर ढल्किएको स्थिति छ । कुनैमा परिवेशको सजीव वर्णन छ भने कुनैमा स्थानीय भाषासंस्कृतिको रङ्गीन तस्बिर छ । कुनैमा कर्मवादी चिन्तन हावी छ भने कुनैमा शैक्षिक जागरणको स्वरलाई बुलन्द बनाइएको छ ।
अन्त्यव्यवस्थापनका दृष्टिले अधिकांश लघुकथाहरू सशक्त नै छन् । लघुकथाहरूमा व्यङ्ग्य सघन छ । सम्वाद प्रभावकारी छन् । भाषा सरल र कताकति स्थानीय रङ घोलिएका छन् । लघुकथामा नेपालीमा कमै प्रयोग गरिने तत्सम शब्द पनि यदाकदा टुप्लुकिन्छन् । यस्ता शब्द प्रयोग गर्दा लेखकले निकै ध्यानपूर्वक प्रयोग गरेकाले पढ्दा ती बिझाउने खालका भने छैनन् । लेखकले सङ्ग्रहका लघुकथालाई त्यत्तिकै लहडमा नलेखी सोची–बुझी–संझी लेखेका हुन् भन्न सकिने ठाउँ छ । लेखनमा परिपक्वता झल्किएको छ । लेखकमा अन्तर्निहित बौद्धिक व्यक्तित्वले लघुकथा लेखनमा उनलाई राम्रै सघाएको छ । तर यति हुँदाहुँदै पनि ठाउँ ठाउँमा मुद्राराक्षसले भने बिछट्टै सताएको भने छ ।
अल कासिम साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरावासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमको संयुक्त सहकार्यमा गत २७ सेप्टेम्बर २०२४ शुक्रबारका दिन अलकासिम क्षेत्रमा राहदानी नवीकरण घुम्ती सेवा भब्यताका साथ सञ्चालन भएको छ ! उक्त पासपोर्ट नवीकरण घुम्ती सेवाका लागि नेपाली राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरी प्रथम सचिव टिकाराम उपाध्याय, सहचारी कमल कुवंर का साथमा अन्य दूतावासका कर्मचारीहरु बिहीवार बेलुकी नै अल कासिम पुगेर शुक्रबार बिहानै ७ बजेदेखि बेलुकी ६:३० बजेसम्म घुम्ती शिविरमा रहेर सेवा प्रदान गर्नुभएको थियो।
उक्त घुम्ती सिविरमा अल कासिम क्षेत्र वरिपरि रहेका अन्य स्थानहरू हाइल, जुल्फी, उनैजा लगायताका ठाउँहरुबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पासपोर्ट नवीकरण गर्नका लागि आएका थिए।
नेपाली दूतावास रियाद साउदी अरबले जारी गरेको पुर्व सूचना अनुसार ६०० जनाकालागी आवेदन फारम खुलाएको थियो। जसमध्येबाट ५४० जनाले राहदानी नवीकरण सेवा लिएका छन्। भने एकजनाको ट्रावल डकुमेन्ट बनाइएको एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइरालाले जानकारी गराएका छन्।
उक्त पासपोर्ट नवीकरण घुम्ती शिविरमा एनआरएनए आइसिसीका सदस्य विशाल कुमार श्रेष्ठ एनआरएनए एनसीसी साउदी अरबका उपाध्यक्ष, मनिष कोइराला, सचिव ध्रुव कटुवाल तथा एनसीसी साउदी अरबका अन्य सदस्यहरू र एनआरएनए आरसीसी अल कासिमका सचीव कार्यबाहक अध्यक्ष सिद्धिलाल श्रेष्ठ प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ लगायतका अन्य आरसीसी अलकासिमका पदाधिकारीहरू अन्य संघसंस्थाका पदाधिकारीहरू, होटेल व्यवसायीहरू तथा समाजसेवीहरू र इस्लामिक सेन्टरका अलि उर्सिन मियाहरुले पासपोर्ट नवीकरण घुम्ती टोलीलाई धेरै सहयोग गरेका थिए।
उक्त घुम्ती सेवाबाट एकजना नेपालीले ट्राभल डक्युमेन्टको सेवा पनि लिएको कुरा कोईरालाले जानकारी दिए ! एनआरएनए आरसीसी अल कासिमले हल व्यवस्थापनदेखि लिएर आकस्मिक प्रि इनरोलमेन्ट फारम भरिदिने, फोटोकपी तथा प्रिन्टिङको सुविधा प्रदान गर्नुको साथसाथै इस्लामिक सेन्टर बुराइदाको तर्फबाट सेवाग्राहीहरुलाई निःशुल्क पानी पनि वितरण गरिएको थियो । रियाददेखि अल कासिम करिब ४०० किलोमिटरको दुरीमा रहेको र अलकासिमबाट श्रमिकहरू रियाद जान आउन असहज तथा खर्चिलो रहने हुँदा, श्रमिकहरूको हक हितको मध्यनजर गर्दै नेपाली दूतावास रियादले अल कासिम क्षेत्रमा उक्त घुम्ती शिविर राखेको थियो । यसरी घुम्ती शिविर राखेर अल कासिम क्षेत्र वरिपरि रहेका श्रमिकहरुलाई सेवा दिएकोमा नेपाली राजदूतावास रियादलाई एनआरएनए आरसीसी अल्कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ। यसैगरी उक्त घुम्ती शिविरमा सेवा गर्नुहुने समाजसेवी बुद्धिजीवी, संघसंस्थाका पदाधिकारीहरु, होटल व्यवसायीहरु, इस्लामिक सेन्टर सबै सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।
दाेपानी´ कर्ण दयालसाेराडी´ काे पहिलो एकल लघुकथासङ्ग्रह हाे । यसअघि लघुकथाकाे सुगन्ध´ संयुक्त लघुकथासङ्ग्रह प्रकाशित गरेका दयालले गजल, कविता, मुक्तक विधामा सशक्त रूपमा कलम चलाउँदै आएका छन् । बैतडीमा जन्मिए हुर्केका दयाल उच्च शिक्षा हासिल गरेर केही समय शिक्षण पेसामा लागे भने पछिल्लो समय मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ताकाे परिचय बनाएका छन् ।
हालसम्म आधादर्जनभन्दा धेरै कृति प्रकाशित गरिसकेका दयालले २०७३ सालतिरबाट लघुकथा लेख्न थालेका हुन् । विदुर चालिसे, शंकरप्रसाद गैरे, कपिल लामिछाने लगायतका अग्रज स्रष्टाका लघुकथाबाट प्रभावित दयाल मूलतः मानवीय मूल्य मान्यता स्थापित गर्ने पक्षमा आफ्ना लघुकथाहरूलाई केन्द्रित गर्न मन पराउँछन् । पानी बार्ने नेपाली समाजकाे परम्परागत मान्यतामा आधारित रहेर दाेपानी शीर्षक राखिएको दयालकाे लघुकथासङ्ग्रहमा चउन्नवटा लघुकथा समावेश गरिएका छन् । सरल भाव सुन्दर शिल्पशैलीका यिनका लघुकथाहरूले नेपाली समाजमा देखिने विविध विषय र समस्यालाई उठान गरेका छन् भने कतै व्यङ्ग्य गरेका छन् त कतै सुधारका लागि सन्देश सम्प्रेषण गरेका छन् ।
जातीय विभेद, आर्थिक विभेद, लगायतका विभेद दयालका लघुकथाकाे मुख्य कथ्य हाे भने मान्छेका साथै मानवेतर प्राणीप्रति पनि दया माया देखाउनुपर्छ भन्ने सन्देश यिनका लघुकथामा सम्प्रेषण गरिएको छ । मानवेतर प्राणीका साथै विभिन्न समय र प्रहरलाई मानवीकरण गरी पात्र चयन गरेकाे पाइन्छ ।
बालबालिकाप्रति अभिभावककाे दायित्व, पशुअधिकार र मान्छेकाे क्षुद्र र स्वार्थी प्रवृत्ति, पशुमा दया देखिने तर मान्छे क्रूर हुने गरेकाे यथार्थ, पशुमाथि मान्छेले गर्ने छल, काम गर्नेलाई अधिकार नदिने विभेदकारी नीति, मजदुर अधिकार, लैङ्गिक विभेदजस्ता विषय दयालका लघुकथामा प्रस्तुत भएका छन् । छाेरीलाई शिक्षा दिनुपर्ने र उमेर नपुग्दै बिहे गरिदिन नहुने सन्देश, कर्मचारीकाे भ्रष्ट आचरण, प्रकृतिको दाेहन, विभेदयुक्त समाज, अरूलाई आराेप लगाउने तर आफै लापरबाही गर्ने प्रवृत्ति, राजनीतिमा नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने मान्यता, कर्मचारीले गर्ने भ्रष्टाचार र जनप्रतिनिधिले राज्यकोषकाे दाेहन गर्ने प्रवृत्ति, मर्दै गएको मानवीय संवेदना, विदेशिनुपर्ने विवशता, काेराेनाका विविध सन्दर्भ, माेबाइलकाे लत, अन्धविश्वास, चाकरी खाेज्ने प्रवृत्ति, यिनका लघुकथामा प्रस्तुत भएका विषय हुन् । सामाजिक विकृति, विसङ्गति, गतिहीनता, बेमेल, भ्रष्ट राजनीति लगायतका विषय प्रस्तुत गरेर दयालले सामाजिक विषयका लघुकथा लेख्ने लघुकथाकारकाे परिचय बनाएका छन् । नेपाली समाजमा देखिने, सुनिने र भाेगिने गरेका आम विषयलाई नै चयन गरेर सुन्दर ढङ्गले आख्यानीकरण गर्ने दयाल कुशल लघुकथा स्रष्टा हुन् । यिनका लघुकथा क्रमशः परिष्कृत हुँदै गैरहेका छन् । दयाल बलियो सम्भावना बाेकेका लघुकथाकार हुन् भन्ने कुराकाे पुष्टि उनकोदाेपानी´ लघुकथासङ्ग्रहले गरेको छ ।
कृति : दाेपानी विधा : लघुकथा लेखक : कर्ण दयाल `साेराडी´ प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च प्रकाशन वर्ष : २०८१ वैशाख मूल्य : ३३३/-
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६४औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथा ‘मर्निङ्ग वाक’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘गहना’ र लघुकथाकार ध्रुवराज थापा ‘पुरूष’को लघुकथा ‘उच्च सम्मान’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
[१] लघुकथा: मर्निङ्ग वाक
✍️ रञ्जुश्री पराजुली दिनमा कम्तीमा पनि पाँच हजार पाइला हिँड्नुपर्छ । हिँडाइ पनि एकप्रकारको उपचार नै हो भन्ने भनाई आजभोलि यत्रतत्र सुनिन्छ । हिँडाइले अनेकौँ रोग निको पार्छ भनेको सुनिन्छ । त्यसैले अझ कोही त सातदेखि दस हजार पाइलासम्म हिँड्नुपर्छ भनेर नाडीमा बाँधेको वाकिङ्ग सेस्टेप देखाउने घडी हेर्दै हिँड्छन् । एकदिन लौ त भनेर म पनि बिहान छ बजेतिर हिँड्न निस्किएँ । पिच सडकमा बिहानको स्कुलको बसहरू हुइकिरहेका देखिन्थे ।
पेटीमा वृद्ध, युवा आदि हिँड्नेको लर्को नै थियो । ठूलाठालुहरू सडकको पेटीमा आफ्ना पाल्तु कुकुरलाई हगाउन ल्याउने पनि निकै देखिन्थे । उनीहरू मध्ये एउटाले अर्को कुकुर मालिकसँग उसको कुकुर सुम्सुम्याउँदै ‘राम्रो रहेछ । कुन ब्रीडको हो ? कति पर्यो ?’ भनेर सोध्यो । “यो ल्याब्रे सेपर्ड हो । पचास हजार पर्यो ।” तपाईँको के ब्रीडको सानो लामो कान भएको कालो सेतो रङ्गको राम्रो रहेछ ।” “यो बर्नी डुडल मिनी हो । यस्को साठी हजार पर्यो । मेरी छोरीले यही चाहियो भन्न थाली ।” यसरी ती दुई सम्भ्रान्त नवधनाड्यहरूले आफ्ना मूल्यवान पाल्तु कुकुरहरूको प्रशंसा गर्दै कुकुरलाई सडकमा हगाएर ‘बाई बाई’ भन्दै आ-आफ्ना आलिसान बङ्गलोतिर लागे । अरूको कुरा सुन्नु त राम्रो होइन तर उनीहरूभन्दा पछि परेकोले नसुनुभन्दा पनि मैले उनीहरूको सबै सम्वाद प्रत्यक्ष सुनेँ ।
हिँडदा हिँडदै एउटाले सडकको बिचमा थुप्रिएको एक रास ठूलै कुकुरको आची टेक्यो । छि: छि: र दुर्दुर गर्दै “छोराले आमेरिकाबाट भर्खर पठाइदिएको लेटेस्ट ब्रान्डेडे मेरो नयाँ महङ्गो दुई सय डलर पर्ने स्पोर्ट्स सु …” भन्ने चीत्कार उस्को मुखबाट निस्कियो । ——————-<•>——————
२) लघुकथा: गहना
✍️ खगेन्द्र बस्याल -“गहनाले झकिझकाउ हुँदा कति राम्री तिमी त !” शारदाले विमलालाई भनिन् । विमलाको भनाइ रह्यो, -“मेराभन्दा राम्रा गहना तिमीसँग छन् ।”
शारदाले प्रतिक्रिया जनाइन्, -“के भनेकी, तिमीसँग जति गहना छन्, त्यसको एक चौथाइ पनि छैन मसँग ।” विमलाले हाँस्दै भनिन्, -“सासूआमाले मेरी बुहारीसँग एक नम्बरी सुन, चाँदीको अतिरिक्त हिरामोतीका गहना समेत प्रयाप्त छन् भनेर फाइँफुट्टी लगाउनु भएको थियो र !”
शारदाको कथन रह्यो, -“मैले भनेको होइन, देखेको मात्रै कुरा पत्याउँछु । कहिलेकाहीँ कसैको केहीबेरलाई लगाएको गहना देखेर झुक्किनु भयो कि ?” शारदाले हँसाइन्, -“आफ्नो वा अरूको लगाएको हो, अनुहारले नै बताउँछ नि !” विमलाले जिज्ञासा राखिन्, -“उसो भए ल भन त मेरा गहना के के देखेकी छ्यौ ?”
शारदाले स्पष्ट पारिन्, -“बोल्ने कला, कसैलाई दुःख परेको बेला सम्झाउन सक्ने क्षमता, नाच्न गाउनमा विलक्षण प्रतिभा, सामाजिक कार्यमा अग्रसरताको कारण तिमी समाजकै गहना बन्न सफल भएकी छ्यौ। वास्तवमा त्यो सक्कली गहना मसँग छ त !”
तिलोत्तमा ९ सरस्वती पथ, रुपन्देही ——————-<•>—————– ३) लघुकथा: उच्च सम्मान
✍️ ध्रुवराज थापा ‘पुरूष’ -“भाइ साहब ! हम आपके साथ एक फोटो ले सकते हैँ ?” शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे । -“अरे भाइ, क्योँ नहीँ ! आइए न लिजिए ।” भारतको राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।
उनले मसँग टाँसिएरै फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसँग उत्साहकासाथ फोटो खिचाए । ग्रुप फोटो पनि प्रसस्तै खिचे । उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरूङ्ग परेँ ।
बिहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाइमिलाइ फोटो खिचाए । देख्नेहरूलाई लाग्थ्यो होला ‘म ठूलै सेलिब्रेटी हुँ ।’ भिडले उत्साहपूर्वक यो दृष्य नियालिरहेको थियो । म भने गर्वले दङ्ग थिएँ । मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मसँग जिज्ञासा राख्नुभयो, -“आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे, खै हामीसँग त त्यस्तो गरेनन् !” मैले उत्तर दिएँ, -“उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे, न मैले उनीहरूलाई चिनेको नै छु ।”
-“त्यसो भए त्यत्रो सम्मान केको लागि थियो त ?” साथिले सोधे । मैले प्रतिउत्तर दिएँ, -“मेरो शिरमा उच्च सगरमाथा समान ढाका टोपी सजिएको छ नि त !”
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय चौध अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११४ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०६/०७ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ राम्रो कामहरू गरेर देखाउनु छ। धेरै खुशीहरू छरेर देखाउनु छ। हुन्छ धेरै उतार चढाव जीवनमा सबै दुखहरू हरेर देखाउनु छ। पछि हैन अघि सरेर देखाउनु छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ ॐ रिसरागले ठूलाे व्यक्तित्व झनक्क झन्किनु भयाे देश चलाउने अस्तित्व त सनक्क सन्किनु भयाे नीति नियममा नचल्ने अडानमा रहन गाह्राे अधिकार प्राप्त शक्ति हरे फनक्क फन्किनु भयाे अति भयाे सेवाग्राही व्यक्ति तनक्क तन्किनु भयाे । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे।
पञ्चाङ्ग:०३ यो जिउँदो लास मिल्छ भने पोलेर जाऊ मिल्दैन भने केही न केही बोलेर जाऊ सम्बन्ध लाएपछि निभाउन पनि पर्छ कि त मन्मथ एकैठाउँमा घोलेर जाऊ नत्र त्यो मौनताको रहस्य खोलेर जाऊ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग०४ कति हुन्छ पिडा जिन्दगीमा भुल्न सक्नुपर्छ संसारमा दु:ख छ दु:खमै फुल्न सक्नुपर्छ दु:खसुख आउँछ जान्छ हिउँद बर्खा जस्तै जिन्दगी भने दुवै याममा डुल्न सक्नुपर्छ आँशोमा थोरै हाँसो मिसाइ घुल्न सक्नुपर्छ । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ धर्ती बल्यो असोजको चर्को घामले यहाँ। चाड पर्व बले छ महँगो दामले यहाँ। संस्कार संस्कृति धान्न नै गाह्रो हुने भयो , नेताले धोक्रो भर्छन् संस्थाका नामले यहाँ। निमुखा त मर्यो रातदिन कामले यहाँ। ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०६ जस्को सरकार आउँछ उहीँ बनेर बस्छ ढाल यहाँ , फरक फरक नीति मात्रै त ल्याउछन् हर साल यहाँ । न त बिकास भयो न त निकास आउँछ देशमा गति, यस्तो पाराले कसरी हुन्छ देशमा निश्चित ताल यहाँ , धेरैजसोको घरमा मुन्टो ओतलाई छैन पाल यहाँ ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०७ सत्ता एक नशा रहेछ र सधैँ मातेर बस्दै छु म गाेली बन्दुकले हरेक जनता हाँकेर डस्दै छु म भित्री दम्भ घमण्डकाे कहरले सत्ता समाइ बसेँ भ्रष्टाचार गरी अकूत धनले झाँटेर फस्दै छु म जाे उच्चासनथ्याे चढेर रहदा हल्लेर खस्दै छु म। -ताेयानाथ सुवेदी काँडाघारी,
पञ्चाङ्ग:०८ धर्ती बलेको छ चर्को घामले । ज्यान गलेकाे छ चर्को घामले । अस्तव्यस्त छ प्राणी जगत, गर्मी फलेको छ चर्काे घामले । जन थलेकाे छ चर्को घामले । भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०९ दुःखमा किन प्रभु नाम घोकिन्छ होला ? प्रभु नामले भव बाधा रोकिन्छ होला सराहनीय कार्यले रहोस् नाम हाम्रो कुकर्मले पापको भारी बोकिन्छ होला अर्काकै उन्नतिमा जिब्रो टोकिन्छ होला । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:१० प्रेमील संसार जगाएर जाऊ। दुःख पीडा सबै भगाएर जाऊ। मानव जिन्दगी अजीव रहेछ, सुख खुसी यतै मगाएर जाउँ। प्रेम रूपी फूल लगाएर जाऊ। ह्यारिस
पञ्चाङ्ग११ अन्तिम पल्ट मात्र भेटेर जाऊ सम्बन्ध सबै सबै मेटेर जाऊ समस्या सँग लड्नै पो नसक्नेले छिद्र भएको मुटु रेटेर जाऊ जिउँदो लाशलाई खेदेर जाऊ। -कला ढकाल झापा