काठमाडौं । भरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले न्यारोबडी जहाजबाट उडान भर्न सकारात्मक भएका छन् ।
शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेसँग मन्त्रालयमा छलफल गर्दै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सले दुई विमानस्थलमा न्यारोबडी उडानका लागि सकारात्मक भएको बताएका हुन् ।
केही दिनको लगातारको वर्षापछि सडकमार्ग अवरुद्ध हुँदा हवाई क्षेत्रमा यात्रुको चाप छ । यात्रुको चाप हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन विमानस्थलमा राति १२ बजेसम्म र विहान ४ बजेबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ । तर पनि विमानस्थलमा यात्रुको चाप उच्च छ भने काठमाडौं बाहिरिने यात्रुले विमानको टिकट पाउन सकेका छैनन् । देशको पश्चिमी भेगतिर जाने यात्रुले टिकट नपाएको गुनासो छ ।
दशैंको टीका अघिसम्म अधिकांश एयरलाइन्सहरुको टिकट बुक भइसकेको अवस्थामा सडकहरु अवरुद्ध भएपछि बाहिरिन चाहनेहरुले विमानको टिकट पाउन नसक्ने अवस्था बनेपछि मन्त्री पाण्डेले ठूला विमान उडाउन पहल गरेका हुन् । न्यारोबडीमा करिब १८० यात्रुले एकै पटक यात्रा गर्न मिल्छ ।
‘दुबै विमान कम्पनी न्यारोबडी उडानका लागि तयार छन्,’ स्रोतले भन्यो, ‘यात्रु तयार छन् भने उडानमा केही समस्या नभएको निगम र हिमालयको भनाइ छ ।’
प्राधिकरणले तोकेको भाडादरमा उडान भर्न दुई कम्पनीले मन्त्रीसँग प्रतिवद्धता जनाएका छन् ।
मन्त्री पाण्डेले पोखरा र भैरहवामा उडान भर्न प्रस्ताव गरेका थिए । दुबै कम्पनीका प्रतिनिधिले दुबै विमानस्थलमा उडान भर्न तयार रहेको बताए पनि पोखरा भन्दा उनीहरुको चासो भैरहवामा बढी भएको स्रोतको भनाइ छ ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] सन्तान उठाउँछन् भार बाआमाको नमानी हार !
वसन्त अनुभव [२] जिम्मेवारी काँधमा आएपछि साहारा बन्न पाएपछि !
सङ्गीता खरेल, काठमाडौं [३] सन्तान बाबुआमाकाे सार हुन्छ सधैं अपार !
रवि पाैडेल दक्षिण भारत, पाण्डेचरी [४] सन्तान थाम्छ भार प्यार सधैं अपार !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५४ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
~<•>~ प्रतिनिधि टुक्का- १५४ आफूले आफैँलाई वरिष्ठ कवि हुँ भन्नेहरू जुर्मुराइरहेछन् कविताको खेदो खन्नेहरू । ~<•>~
टुक्कामाथि टुक्काको १५४ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] आफूले आफैँलाई वरिष्ठ कवि हुँ भन्नेहरू जुर्मुराइरहेछन् कविताको खेदो खन्नेहरू । ✍️ वसन्त अनुभव, घोराही, दाङ [२] मै हुँ भन्ने वरिष्ठहरू फाल्दैछन् समय खेर बेकम्मा भएर बस्दैछन् अरूकाे खेदाे खनेर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [३] साहित्यको नाममा भएको छ है चलखेल कला देखाउने ठाँउमा किन हुँदैन मेल । ✍️ सङ्गीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [४] साहित्यमा पनि किन गर्दछन् रिस तिर्न पर्दैन उनीहरूलाई फिस । ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी [५] आफूले आफैँलाई ठान्दिनँ कवि तर लेख्ने गर्छु टुक्का कविताहरू अरूले जेसुकै ठानुन् मतलब छैन, मनको बह पोख्ने गर्छु अरू । ✍️ कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ [६] कवितामा जिवन्त देख्नेहरू किन बुझ्दैनन् भाव लेख्नेहरू ? ✍️ कृष्ण बजगाई, भक्तपुर [७] जुर्मुराएर कविताको खेदो खन्दा के हुन्छ फाइदा? लहलहैमा नलागी अघि बढौँ यसमै छ काइदा । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। [८] टुक्का लेखनमा सधैँ अब्बल नै बनौँ शब्दको निखारले अब साहित्य खनौँ । ✍️ विकास क्षेत्री अञ्जान कैँजले, बिजनबारी, दार्जिलिङ। [९] ठूला हुँ भन्ने वरिष्ठहरू आर्काको खेदो खन्छ्न् आफ्नो आङको भैँसी नदेख्ने अर्काको जुम्रो गन्छन् । ✍️ बेदु न्यौपाने [१०] अहंवादले मान्छेकाे हैसियत मेटिन्छ आफू मात्र जान्नेहरू साहित्यमा भेटिन्छ । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे [११] कसैले कसो पो गरे यो सुसेल्दा कला उम्किएला गुनासो उकेल्दा ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग [१२] कोही नहुने रहेछन् संसारमा सर्वज्ञ बहुमतको विचार मानौँ पवित्र यज्ञ । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [१३] चानचुन हैन ख्याल गर्नुस् म हुँ आँसु कवि देशभरि नै वाहवाही छ देखि मेरो छवि । ✍ नवशिला नवदेव मार्ग लालभित्ती,मोरङ। [१४] गुट उपगुट धेरै देखिन्छ खुट्टा तान्नेहरू मात्र भेटिन्छ । ✍️ कला ढकाल, झापा [१५] मपाईँत्व बढेपछि यस्तै गर्छन् कविहरू नाङ्गिएर जान्छन् आफैँ हराउँछन् छविहरू । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा [१६] साहित्यलाई समूह बनाई आफैँ वरिष्ठ बन्छन् सहमती नगर्ने सबैलाई कामै नलाग्ने भन्छन् । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [१७] साहित्यमा जाे राम्रो छैन वरिष्ठ कवि हुँ भनी ठान्छन् अहम्ताले प्रतिष्ठामा दाग लागि नराम्रो धाेका खान्छन् । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । [१८] लेखौँ न कविता मनमा आएकाे कसले देख्छ घरभित्र खाएकाे । ✍️ नवराज भट्ट कञ्चनपुर [१९] जहाँ पनि हुन्छन् हेर ! विपक्ष अनि पक्ष खेदो खन्ने बिलाउॅछ अगाडि बढ्छ दक्ष । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। [२०] अज्ञानको पर्दा हटेका छैनन् मपाई बन्नेहरू ज्ञानी हैनन् । ✍️ बिके मुखिया दार्जिलिङ,भारत। [२१] कविता र कवि कहाँ रहन्छन् र परिभाषा भित्र समसामयिक, सारपूर्ण हुन्छन् नि भावना चित्र। ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ [२२] जानेको मिल्ने वर्णमालाको शब्द चयन गरौँ अर्थ बुझ्नेले लेख्छन् औडाहाले भुतुक्क नमरौँ । ✍️ चुडामणी देवकोटा पुरानो नैकाप, काठमाण्डौ [२३] खै के हो यस्तो तँछाडमछाड देखेर छक्कै पर्छु आफू त जानी नजानी भए पनि खाली ठाँउ भर्छु। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । [२४] अध्ययन, गहनता के चाहियो आफैँ बुझ छवि भाव के हो अनि मर्म के हो भन्दै हिँड्छौ मै हुँ कवि । ✍️ प्रेम थापा “मन”बागलुङ [२५] अग्रजले अनुजलाई दोहोर्याए छर्लङ्ग हुन्छ साहित्यको दर्पण फलको आशा नगरी विरूवा रोपे भावी पिँढीलाई हुन्छ अर्पण । ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ। [२६] सिर्जनाको खेतीमा झार पलायो थाहा नै नदिएर विष फलायो ! ✍️ आर्त अकुलीन [२७] सकियो होला मानवता पनि अगाडि सर्दछन् आफूलाई विज्ञ ठानेर यहाँ घमण्ड गर्दछन् । ✍️ नबिन बिष्ट नवदुर्गा ४ डडेल्धुरा [२८] एक अर्कामा रिस घमण्ड बोकिछ्न् चलेको देखेनन् स्वाभिमानको पर्खाल आफैँ ढलेको । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [२९] अरूले तपाईँ नभनी मपाइँ हुने कवि सहित्यमा साह्रै लामो टिक्दैन उसको छवि । ✍️ अमित लोहोरूङ राई सोनदह, दार्जीलिंग [३०] एउटा कविता लेखेपछि वरिष्ठ कवि भन्नेले समाजलाई के सिकाउँछ ऊ आफैँ ठूलो बन्नेले । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा [३१] कति गुनिलो छ नि यहाँ रवि अलिकति लेख्दा नभन कवि । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [३२] आफैँ वरिष्ठ कवि हुँ भन्नेहरू चढ्दैनन् माथि ती झर्छन् उँधो बरु । ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि [३३] कागले कान लग्यो भनेर पछि दगुर्नु हुन्न हुनसक्छ अघि सरेका फसाउँने जाल बुन्न। ✍️ मन्दिरा सेढाई, मलेखु, धादिङ [३४] घमण्डी हुनुहुन्न कवि मुस्कान होस् मन्द लेख्दै जानू टुक्का दिन्छ मनमा नै आनन्द । ✍️ दीप गोले तामाङ, रौतहट [३५] बाढी र पहिरोले बेहाल गाउँबस्ती बनाउँदैछ कथित शीर्षस्थ ती टाउकाहरू कता हराउँदैछ । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही [३६] वरिष्ठ भन्नेले हरेक क्षेत्रमा फुट ल्याउन थाले किन यति उम्लिन्छन् कुन्नि सिउर ढलेको बुढो भाले। ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ,भारत। [३७] कला थरीथरीका देखियो देखिन्छ हतार नगर हिँड्दै जाउ सुस्तरी पाउहरू अघि सार्दै परपर । ✍️ ईश्वर साउद (भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम [३८] पहेँलो कविता सुनको थुप्रो हरियो कविको घर छ झुप्रो। ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । [३९] सकिँदैन गल्ती स्विकार्न घमण्ड भर्छन् महान् कवि बनी लाजमर्दो कुरा राजनीति घुसाउँछन् साहित्यमा पनि । ✍️ भुपेन्द्र राना मगर धादिङ [४०] नयाँ विधा जन्माएर भन्छन् नेपाली साहित्य जगेर्ना गरौँ सोचौँ बुझौँ सिकारुले सकरात्मक सोचले साहित्य भरौँ । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [४१] मेरै गोरुको बाह्रै टक्काले कविताको उन्नयन हुँदैन म भित्रको अहमताले कदापि दिग्गजतालाई छुँदैन ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला [४२] लेख्न खोज्दा कापीमा शब्द कुनै भेट्दैन देखेको नै सत्य हुन्छ लेखेको मेट्दैन । ✍️ सुनगाभा पोखरेल हाल : नेपालगन्ज [४३] मनोमानी गर्दै आफ्नै दुनो सोझ्याउन दाउ छोप्नेहरू असली किसान कहलिन्छन् गमलामा धान रोप्नेहरू । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ [४४] दुई चार विधा लेखेरै आएँ कसले के गर्छ कवि हुँ आफैँ गर्छु खुसीले जेसुकै मनपर्छ । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [४५] जसले काव्यको भाव बुझ्दैनन् उनैले गर्दछन् ठुला कुरा साहित्यमा छ उनैको बोलबाला दक्ष कवि भए बखुरा l ✍️ बाबुराम गौतम, गुल्मी [४६] कविले आफूलाई कवि भन्दा के फरक पर्छ कविताको मर्मले बरू आफैँ तलमाथि सर्छ । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [४७] वरिष्ठले नाक ठड्याउँदा बजाऊ न ताली नाम काम बढाउँदा त नगर्नुहोस् है गाली । ✍️ लक्ष्मी रिजाल कञ्चनरुप- १२ सप्तरी [४८] म वरिष्ठ कवि भन्दै साहित्यमा खोइरो खन्ने कसैले तपाईँ नभन्दा नि आफैँ मपाइँ बन्ने। ✍️ बिबा तामाङ लाटपञ्चर सिटोङ थ्री खरसाङ। [४९] राम्रो नराम्रो को वरिष्ठ छुट्टाउने हो अरूले असल कर्म गर्दै रहनू मै हुँ भन्नेहरूले । ✍️ सबिता खड्का, कैलाली [५०] भाव भावना पाेख्नेशैली आफ्नै स्वच्छन्द रुपमा कला जाेखाओैँ मन शान्ति गर्ने चित्तवृत्ति वितरणमा मधुरस पाेखाओैँ । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [५१] एकताले मात्रै जित्न सकिन्छ हरेक युद्ध सकिन्छ सहयोग गरौँ राखौँ नियत शुद्ध । ✍️ पुष्पा राई बादेल, खाेटाङ । [५२] नकारात्मक चिन्तनहरू बढिरहेछन् आजभोलि कर्म गर्ने हातहरूकै टन्न भरिँदैछन् सुर्के झाेली । ✍️ हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला, सल्यान [५३] बन्नुभन्दा पक्ष र विपक्ष छुट्टै पहिचानी बनौंँ दक्ष । ✍️ दुर्गा भट्टराई मोरङ [५४] बुझ्नेले कुरा नबुझेपछि नजानि खेदो गर्नेले गर्छन् मनमा लेख्न नआएपछि घाँस खानेहरू कुरा भर्छन् । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [५५] सिर्जना नौलो जीवन्त बनायो अथाह काव्य विनाश गरायो । ✍️ भगवती दवाडी [५६] टुक्का कविता लेख्नै पो नजानेर काव्य लेखेछन् ठूलो कवि ठानेर । ✍️ विवश पारदर्शी झापा, [५७] कसैले राम्रो नभने पनि जान्ने हुन्छन् आएर टुप्पाबाट पलाउने पछि बस्छन् पछुताएर । ✍️ अनिता भण्डारी, ताप्लेजुङ [५८] नजान्नेलाई सिकाउनुको सट्टा खिल्ली गरेर हुन्छन् सबैभन्दा आफैँ जान्ने ती ग्रुपमा झरेर । ✍️ दुर्गा आचार्य मोरङ [५९] कोही कोही आफूले आफैँलाई नै ठूलो ठान्छन् कसैको नसुन्ने झन् अरूको कुरा कहाँ मान्छन् । ✍️ शोभा आचार्य गौतम काठमाडौ [६०] सबैलाई सानो हो भन्छन् यहाँ जान्ने गल्तीमा पनि झुक्दैनन् वरिष्ठ ठान्ने । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत [६१] हिँड्नै नजान्नेले अरूलाई देख्छ लँगडाे आफूलाई जान्ने विद्वान ठान्ने गर्छ बडो । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजा [६२] असोजमा बाढी पहिरो आयो यसवर्ष आउन थाले चाडबाड छैन खुसी हर्ष । ✍️ तिला लेकाली [६३] सृजना न हो जसले जे लेखुन् जथाभावी मफतमा किन यहाँ भन्नु मुर्खको काम अरूलाई होच्याएर आफूलाई वरिष्ठ कोटीमा गन्नु । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौँ
झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————— १) डुङ्गालाई लगाउने पार आजका यी बालबालिका भोलिका हुन् कर्णधार ! २) कदापि नगरौँ दुर्व्यवहार समुचित पालनपोषण अनि सुनिश्चित गरौँ बालअधिकार ! ✍️ वसन्त अनुभव घोराही, दाङ
//२// —————<•>————— साना हाम्रा बालक सिकाउँ राम्राे कुरा भाेलि देशका चालक । ✍️ तारप्रसाद चापागाईँ
//३// —————<•>————— १) बालबालिका भविष्यको कर्णधार ज्ञानकाे कुरा सिकाऔँ गर्छन् देशको हेरविचार । २) बालबालिका देशको सम्पत्ति असल शिक्षा दिएमा देशको हुनेछ प्रगति । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
//४// —————<•>————— १) शिक्षा भन्छौ नाइँ भन्नलाई देशका चालक बालक हिँड्छन् रोइकराइ ! २) बालकलाई ज्ञान दिनू पढाएर बढाएर खुसीले पछि फाइदा लिनू ! ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
//५// —————<•>————— बालबालिका भविष्य हाम्रो हेरचाह, गोडमेल गरौँ अनि हुनेछ राम्रो ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग
//६// —————<•>————— १) हुन् पछिल्ला सिँढी आजका यी बालबच्चा बनुन् असल पिँढी । २) गरौँ असल व्यवहार तिनै बालबालिका सबैका बन्छन् भविष्यमा आधार । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ हालः-क्यानडा,क्यालगरी।
//७// —————<•>————— १) बालबालिका भविष्यको कर्णधार संस्कार सिकाउनु पर्छ लगाउँछन् देशलाई पार । २) राम्रो सोच बोकेर सिकाउनु पर्छ ज्ञान सभ्यतालाई अब तोकेर । ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
//८// —————<•>————— १) बालबालिका भविष्यका सहारा उचित मार्गदर्शन पाए लिनेछन् देशको अभिभारा । २) बनौँ असल अभिभावक राम्रो संरक्षण गरेमा बन्नेछन् देशकै साधक । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा
//९// —————<•>————— १) फूल पृथ्वीभरिका मालिका शैशवावस्था र जवानी बीचको उमेर बालबालिका । २) कदर गरौँ बच्चाको बालक एउटा नागरिक हामीसँगै पक्का हो । ३) बालअधिकार सुरक्षित गरौँ प्रत्येक बालबालिकाका दिमागमा असल संस्कार भरौँ । ✍️ गुणनिधि घिमिरे, अमेरिका
//१०// —————<•>————— १) गर्नुपर्छ बालबालिकालाई प्यार भोलिको देशका सारथि नगरौँ कसैले अत्याचार । २) हुन्छ खुसी अपार यही बालक जन्मदा घर उज्यालो परिवार ! ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ हनल चनपा६ मातातीर्थ
//११// —————<•>————— १) साना हाम्रा बालबालिका देशको उन्नति गर्नेछन् बनाऔँ सुन्दर तालिका ! २) शिक्षाको बाटो खोलेर सक्षम हामी पार्नुछ संस्कार संस्कृति घोलेर ! ✍️ कमल प्रसाद बगाले वालिङ्ग बजार स्याङ्जा
//१२// —————<•>————— १) असल ज्ञान भरौँ बन्छन् देशको सान बालबालिकालाई माया गरौँ । २) शिक्षा राम्रो दिएर चेतना भरौँ मनमा सधैंँ बालबालिकालाई लिएर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा ।
//१३// —————<•>————— १) किताबका धेरै पाना वीरता अनि साहसको गाएर सकिन्न गाना । २) गृहकार्य समयमै गर आफूले नजानेको शब्द सिक्न अघि सर । ३) बढाऔ उनको मनोबल दण्ड अनि सजाय होइन समस्याको हल ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
//१४// —————<•>————— १// बालबालिकालाई माया गरेर महान योद्धा बनाउन सघाउ लागि परेर । २) देशको मुहार फेरिन्छ बालबालिकालाई जब हामीले कर्णधारको रुपमा हेरिन्छ । ✍️ ललिता गिरी सिन्धुली
//१५// —————<•>————— भविष्यका कर्णधार बालबालिका जारी राखौँ पढाइलेखाइ बनाई सुन्दर तालिका ! ✍️ शलिक राम दाहाल चा न पा ३ झाैखेल
//१६// —————<•>————— १) हात समाई लेखाउँ साना यी बालबालिकालाई असल बाटो देखाउँ । २) प्रेम भाव छरौँ चोखो मनले बालबालिकालाई सबले माया गरौँ ! ✍️ दीप गोले तामाङ – रौतहट
//१७// —————<•>————— १) कुमालेको काचो माटाे कर्णधार हुन् भविष्यका देखाउँ सही बाटाे । २) नपारौँ मगजमा असर बालक हुन् खम्बा बनाउन नराखौँ कसर ! ३) नमनाऔँ खाली दिवस बालशोषण अन्त्य गरौँ शोषकलाई पारी विवश । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि -५,जुम्ला
//१८// —————<•>————— बालबालिका हाम्रो सान राम्रो शिक्षा दिलाए बढ्छ हाम्रो पहिचान । ✍️ धनुष न्यौपाने जुम्ला
//१९// —————<•>————— बालबालिका देशका शान लिएर उच्च शिक्षा राख्दछन् राष्ट्रको मान । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
//२०// —————<•>————— १) बालबालिकालाई पढाऔँ राम्रो ज्ञानी बुद्धिजीवी बनाऔँ कर्णधार हुन हाम्रो । २) बालबालिका काचो माटाे दिनुपर्छ शिक्षा राम्रो हिँडाऔँ राम्रो बाटाे । ✍️ कल्पना भण्डारी काठमाडौँ
//२१// —————<•>————— १) पढ्नमा मन लगाऊ विद्या चाहिन्छ जीवनमा निद्रा सबै भगाऊ । २) स्कुलमा ध्यान दिनुपर्छ विद्वान हुनकाे लागि त्यसैले भलाे गर्छ। ✍️ नवराज भट्ट कञ्चनपुर
//२२// —————<•>————— १) बालबालिकालाई पढ्न सिकाउँ भविष्य हुन्छ उज्ज्वल उचित मार्गमा लगाउँ । २) बालबालिका बगैंंचाका फूल अहिले जतन गरे बुढेसकालमा बन्छन् झुल । ✍️ देवकृष्ण काफ्ले
//२३// —————<•>————— १) बालबालिकालाई माया गरौँ दिनलाई गुणस्तरीय शिक्षा सदैव लागि परौँ । २) बालबालिका हाम्रा काेपिला दिएर ज्ञान सबैले बनाऔँ अझ जोशिला । ३) असल संस्कार दिलाऔँ भविष्य सुनिश्चित पार्नलाई ज्ञानका रस पिलाऔँ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा
//२४// —————<•>————— बालबालिका हुन् कर्णधार असल मार्ग पहिल्याउनलाई सिकाऔँ असल व्यवहार । ✍️ प्रेम थापा “मन”बागलुङ
//२५// —————<•>————— १) कस्तो बनाउने कालिगढ समग्र देशलाइ उचाल्ने नगरौँ बालबालिकामाथि खेलवाड २) नपसोस् प्रभाव अशान्तिको पुस्तौँका कोपिला मास्न अन्धविश्वास र भ्रान्तिको । ✍️ लोक क्षेत्री
//२६// —————<•>————— बालबालिका ज्ञानका ज्योति राम्रोसँग शिक्षा दिउँ भविष्यका कर्णधार माेती । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट ।।
//२७// —————<•>————— आजका कर्णधार भएर भोलि कहाँ पुग्नेछौ दुःख कष्ट सहेर । २) सम्हाल्छौ बुबाको काँध सङ्घर्षको मैदान धेरै समस्या समाधान बाँध । ३) बालबालिका बाँच्न पाउन आफूखुशी रम्दै खेल्दै अधिकारमा धेरै रमाउन । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
//२८// —————<•>————— १) आजका साना कोपिला भोलि राष्ट्रलाई हाक्ने कर्मठ योद्धा जोशिला । २) हाँसन सकुन् खुलेर शिक्षाको ज्योति अङ्गाली नजाउन् देश भुलेर । ३) भोलिका तारा चम्किला फक्रन देऊ फुलेर कलिला साना कोपिला । ✍️ विवश पारदर्शी झापा
//२९// —————<•>————— १) बालबालिका हुन् जीवन जिन्दगीका माया ममता आँखाका नानी कञ्चन । २) गरौँ सबैले सम्बर्धन भविष्य सुन्दर बनाउन बच्चाको गर्दै समर्थन । ✍️ कविराज घिमिरे
//३०// —————<•>————— बालबालिका भोलिका तारा पढ्न दिनुहोस् अहिले बोक्नेछन् देशको अभिभारा । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ
//३१// —————<•>————— १) अपार मायाका खानी बुढेसकालका सहारा हाम्रा दुई आँखाका नानी । २) असल अभिभावक जनाऔँ देश बनाउने चालकको भविष्य राम्रो बनाऔँ । ३) गरेमा उनीहरुमाथि अत्याचार कर्तव्यबाट विमुख हुँदै बन्छन् दुर्व्यसनीको शिकार । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
//३२// —————<•>————— बालबालिका लेख पढ अनुपम कर्म गरेपछि भविष्यमा अगाडि बढ ! ✍️ आर्त अकुलीन
//३३// —————<•>————— १) बालबालिका घरको सुकुन घरबार हुन्छ उज्यालो सिकाउँदा सदाचार गुण । २) बाबुआमा गुरुजनको जिम्मेवारी असल शिक्षा दिएर बालबालिका बन्छन् शिष्टचारी । ३) दिन उघ्रिदैँछ घमाइलो आउँदैछ चाडपर्वको मौसम बालबालिका गर्लान् रमाइलो । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ ।
//३४// —————<•>————— बालबालिका भविष्य हाम्रो दिएर नैतिक शिक्षा बनाऔँ राष्ट्र राम्रो । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
//३५// —————<•>————— सबैका प्यारा बालबालिका ममता दिएर हुर्काऔँ सुन्दर फल डालीका । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार।
//३६// —————<•>————— बालबालिकालाई माया गर्नु कर्णधार हुन् देशका हेरचाहमा अघि सर्नु । ✍️ कृष्ण बजगाई, भक्तपुर
//३७// —————<•>————— १) मिलाएर शुभ समयतालिका समुचित शिक्षादीक्षा दिलाऊँ सबल बन्नेछन् बालबालिका l २) गाउँ अनि नगरपालिका बालअधिकारको प्रत्याभूती देऊ पथभ्रष्ट हुँदैछन् बालबालिका l ✍️ बाबुराम गौतम, गुल्मी
//३८// —————<•>————— १) आजका हाम्रा बालबालिका देशका हुन् भविष्य नपरुन् फन्दामा जालीका । २) कमलो हृदयका कर्णधार जस्तो शिक्षा दिन्छौँ उस्तै बनाउँछन् व्यवहार । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
//३९// —————<•>————— १) बालबालिका सुन्दर सानाेमा ममता अनि प्रेमले लुकाऔँ अङ्गालोकाे छानाेमा । २) बालश्रमकाे बिराेध गराैँ शाेषणमुक्त सभ्य समाज बनाउन चेतना भराैँ । ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
//४०// —————<•>————— १) सानासाना बालक मानी रक्षा गरेकामा हामीलाई बन्नुपर्छ भोलि दानी । २) हातमा किताब दिएर बालबालिकालाई गरे संरक्षण पढनेछन् मनमा लिएर । ३) जगाउनु मनमा भावना आजको बिशेष दिनको सबैलाई छ शुभकामना । ✍️ दुर्गा आचार्य मोरङ
//४१// —————<•>————— १) नारामा सिमित भयो बालबालिका संरक्षण गर्ने सरकार कता गयो ? २) अनेक चाहना हाम्रो साना बालबालिका यी भोलिका सारथि राम्रो । ✍️ कला ढकाल झापा
//४३// —————<•>————— १) सबै अघि सरौँ बालबालिकालाई आफ्नो अधिकारबाट कहिले बन्चित नगरौँ । २) बालबालिकाको सुरक्षा गर्नुपर्छ बालशोषण अन्त्य गर्न सबै अघि सर्नुपर्छ । ✍️ अनिता भण्डारी ताप्लेजुङ
//४४// —————<•>————— १) नहोस् अभाव अवसरको कोपिला हुन् बालबालिका फक्रेर आउन् चराचरको ! २) संस्कार दिएर हुर्काउनु बालबालिकाले भूल गर्ला औधी गरेर नफुर्काउनु ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
//४५// —————<•>————— १) बालिका घरको शान राख्छिन् यिनले सधैँ बाबु, आमाकाे मान । २) बालक देशको कर्णधार जिम्मेवारी छ काँधमा नबस्नु भई मझधार । ✍️ विनोद खाती मिरिक
//४६// —————<•>————— शिशुहरूलाई माया गर दुनियाँलाई कसरी बुझाउने सबैमा ममता भर । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
//४९// —————<•>————— १) बालबालिका भोलिका सार जसले जेसुकै भनुन् यिनमै रहन्छ आधार । २) बालबालिकाको स्याहार उज्वल भविष्य बनोस् गरौँ सबैले पुकार । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी
//५०// —————<•>————— घरबाट सुरू गरौँ बालबालिकालाई संस्कार सिकाउन परिवार अघि सरौँ । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत
//५१// —————<•>————— देश विकासका आधार तिनै कलिला मुना भविष्यका हुन् कर्णधार । ✍️ तोया नाथ चापागाईं दमक ३, झापा
//५२// —————<•>————— १) बालक देशको कर्णधार उनिहरूलाई पढाई लेखाई बनाउँ सबले होनहार ! २) सक्षम विवेकशील बनाउँ राम्रो संस्कार दिई आफ्नो सक्षमता जनाउँ । ✍️ मल्ल लक्ष्मी श्रेष्ट मेची किनार, बिर्तामोड झापा
//५३// —————<•>————— १) नखोसियोस् बाँच्ने अधिकार कसैले कहिल्यै नबनाऔँ बालबालिकालाई भेदभावको सिकार । २) आत्मसम्मान कायम रहोस् बालबालिकाको बुझ्नुपर्छ भावना पराईको भर नपरोस् । ३) स्वास्थ्य उपचारको खाँचो ध्यानाकर्षणको विषय बनोस् हुन्छन् नाजुक काँचो । ✍️ पृथक प्रकृति, झापा
//५४// —————<•>————— १) नाम राख्ने थिएँ समाजमा आफ्नो आमाबुबाको बालबालिकालाइ उच्चशिक्षा दिए । २) ज्ञानगुण सधैँ भरौँ टुहुरा बालबालिकालाई हामीले सक्दो सहयोग गरौँ । ✍️ वेल थोकर तामाङ बकैया_८ // बस्तिपुर,, कर्माया // मकवानपुर
//५५// —————<•>————— उज्यालो प्रभात नानीहरू देशका भविष्य जोगाउन जेल हुलौँ बलत्कारीहरू । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
//५७// —————<•>————— १) नजाऊ छोडेर तिमी इन्द्रेणी जुनकिरी सबै उज्यालो छ रिमिझिमी ! २) चौतारी बिसौनी रुन्छन् प्रीतिका गीत गजल हाम्रै साझा हुन्छन् । ✍️ घनश्याम कोइराला
//५८// —————<•>————— माटोलाई आकार दिन ममता चाहिन्छ साँचोको सकिन्छ शीतलता लिन । ✍️ नागेन्द्रप्रसाद यादव
//५९// —————<•>————— आज छौँ सानासाना हुनेछौँ भोलि ठूलो कोर्छौँ विकासका पाना । ✍️ साहित्य प्रेमी सुशील धनगढी
//६०// —————<•>————— बालबालिका अघि बढ्छ्न् दिनुपर्छ माया हौसला सफलताको शिखर चढ्छन् । ✍️ विष्णु पंगेनी (पाण्डे ) वालिङ स्याङ्जा
//६१// —————<•>————— १) राखौँ है शुभभावना बालदिवस पर्व आज सफलताको गरौँ कामना । २) बालबालिका कच्चा माटो मायाले सिँचित गरौँ देशका हुन् पाटो । ३) स्वच्छ भावनाका हुन्छन् राम्रो पालनपोषणले तिनी सुन्दर भविष्य बुन्छन् । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
//६२// —————<•>————— १) बालबालिकाको कुरा गरेर वर्ष बितेर जान्छ सधैँ निरासा भरेर । २) उनीहरू निश्चिन्त छैनन् मात्र बालअधिकारका कुराले भविष्य कोर्ने हैनन् । ३) हरेक बालबालिका कर्णधार देश यीनैले बनाउँछन् सरकारको लगानी आधार । ✍️ पुष्पा राई, बादेल, खाेटाङ ।
//६८// —————<•>————— फूलहरू जस्तै मालिका देशका कर्णधार हुन् आजका यी बालबालिका । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके।
//६९// —————<•>————— १) बालबालिका भोलिका कर्णधार खाना, स्वास्थ्य, शिक्षा पाउनु उनको अधिकार । २) हामीबाट सिक्छन् बानी काँचो माटो हुन्छन् हाम्रो बाबु नानी । ✍️ रुना कर्माचार्य दाहाल चितवन
//७०// —————<•>————— १) रत्न बालबालिका कर्णधार राष्ट्र अनि परिवारका बनाउनु प्रेमले अपार । २) घर पहिलो पाठशाला शिक्षा दिँदा औपचारिक बच्चामा ज्ञानको माला । ३) बन्दछ संस्कारी सिपालु घर देश सजाउने असहाय दुःखीप्रति कृपालु । ✍️ मनोहरी पौडेल गैडाकोट १
//७१// —————<•>————— बालशोषण हो अपराध नगर्नू कसैले पनि तोडेर कानुनको साँध । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
//७२// —————<•>————— १) बालबालिका देवता झोलिका गरौँ अगाध स्नेह कर्णधार हुन् भोलिका । २) बालदिवस रहेछ भोलि हकअधिकार पाउन् सबैले रमाउन् मन खोली । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ
//७३// —————<•>————— १) भोलिका सुन्दर सपना शिक्षाले दिनुपर्छ दर्शन रहिरहन्छ मनमा जपना । २) आशाका सुन्दर फूलहरू फुलाउन सके फूलबारीमा हटाउँछन् राष्ट्रका शूलहरू । ३) जगाउँ हौसला दिएर आशाका हाम्रा दीपहरू सुमार्ग असल लिएर । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
//७४// —————<•>————— १) बालबालिका हुन् कोपिला नफक्रिँदै चुड्नु हुँदैन भोलिका हुन् जोसिला । २) अधिकारबाट बन्चित नगरौँ गिलो माटो हुन् समयमै रङ्ग भरौँ । ✍️ धनमाया चौधरी
//७५// —————<•>————— १) बालबालिकामा गरौँ लगानी शिक्षा दिएपछि हेर हुनेछैन कदापि हानी । २) बालबालिकालाई बराबर अधिकार पढ्ने लेख्ने बेला भविष्यकाे सुनिश्चित आधार । ३) बालदिवस सफल पाराैँ हातमा हात राखेर हामी अगाडि साराैँ । ✍️ श्रीकृष्ण धामी – बझाङ
//७६// —————<•>————— बालअधिकारको यो खेल सरकार बन्द गरिँदे आउला बाढी भेल । ✍️ मोहन आचार्य पाँचथर
//७७// —————<•>————— १) भाेलिकाे सपना बालबालिका विदेश पठाउन राेकिएन बनाई वैदेशिक तालिका । २) बालबालिका सन्तान हाम्रो उनीहरू भविष्यको कर्णधार व्यवहार सिकाओैँ राम्रो । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ
//७८// —————<•>————— बालबालिका कर्णधार भोलिका उचित शिक्षा सँगसँगै संस्कार सिकुन् बोलिका । ✍️ समुन्द्रा शर्मा सुनसरी
//७९// —————<•>————— १) बालबालिकाको गराैँ आशा शिक्षामा लगानी गरे हुनुपर्दैन भोलि निराशा । २) ज्ञानको श्रोत शिक्षा उज्ज्वल भविष्यको लागि दिनुपर्छ बालबालिकालाई दीक्षा । ✍️ जयनारायण नेपाल इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर
//८०// —————<•>————— १) बालबालिका गहना घरका मायाले उठ्छ शिर कहिल्यै नसम्झाै परका । २) बालबालिकाकाे बुझाैँ कुरा यातनाले टाढिन्छन सधैँ हुँदैन जीवन पूरा । ✍️ हिरालाल न्याैपाने बानपा ८काेटमाैला, सल्यान
//८१// —————<•>————— बालबालिका बनुन् आधार देश अनि आमाबाबुको गरुन् सधैँ हेरविचार ! ✍️ सन्तु खत्री
//८२// —————<•>————— १) देशमा छाउँदैन अन्धकार दिएमा राम्रो शिक्षा बन्छन् भविष्यका कर्णाधार । २) चेतनाको सुगन्ध छरी फैलाउँछन् शिक्षाको बास्ना आफैँले परिश्रम गरी । ३) उज्यालो बन्छ घर बाँच्दछन् स्वाभिमानी बनी बर्सन्न दुःखका कहर । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा
//८३// —————<•>————— १) बालबालिका काँचो माटो हामी अविभावक भएर लगाउनुपर्छ सही बाटो । २) चुकाउँदैनन् हाम्रो बोली बालबालिकाले देशका लागि केही गर्छन् भोलि । ✍️ लक्ष्मण देउवा, डोटी
//८७// —————<•>————— हनन् नहाेस् अधिकार असल संस्कार दिउँ बन्छन् भाेलिका कर्णधार । ✍️ काेपिला अधिकारी गाेरखा
//८८// —————<•>————— १) विद्यालय जान वञ्चित बालबालिकाको अधिकार नारामै भाषण भयो अतिरञ्जित । २) बालक श्रमिक घरमा भाषण गर्दै नेता कसरी बस्ने भरमा । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
//८९// —————<•>————— १) दमन थिचोमिचो नगरौँ बालअधिकार जानौँ हामी अबोधमा शिक्षा भरौँ ! २) मनको मैलो भगाऊँ बालबालिकाको कोमल मस्तिष्कमा असल भावना जगाऊँ ! ३) कणकणमा देवको बास बालबालिकाको पीडा बुझी जगाऊँ उनीहरूमा आस । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं —————<•>—————
साप्ताहिक झिल्का लेखन अभ्यासको ३७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, आहा ! चाँदनी रात बन्दछ सपना सबको, सुनिरहूँ प्रेमिल बात । २, विदेशी भाषामा अहङ्कार जबाफ हराउॅंछ उसको आफूलाई सोच्छ हिम्मतदार । ३, नछोपी आफ्नो गल्ती बेकार चिच्याउनु साथीभाइमा देखाऊ, सबै खल्ती ।
म्यामराज राई, भोजपुर … १, हेरेर जून, तारा मिलाएर झिल्का लेखौँ हातेमालो गरौँ सारा । २, राजनितिक अत्याचार हुन्छ व्याप्त भष्टाचार किन ? बेथितिले मुटु छुन्छ । ३, पानी परेर फेरि बाहिर निस्कन गाह्रो चित्त बुझाऔॅं हेरी ।
रवि पौडेल, दक्षिण भारत पाण्डेचरी … १, आसुरी प्रवृत्ति हेर कुमान्छे बन्दैछन् ती अर्काको खुट्टा तानेर ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ … १, रिमझिम वर्षा छायो प्रकृतिले गर्यो तमासा प्राणीले दु:ख पायो । २, दसैँ आयो रमाउँदै दुखीको छाक छैन कमाई गयो हराउँदै । ३, गरिब रुन्छन् मनमा दसैँ आयो नजिकै कपडा छैन तनमा ।
वेदु न्यौपाने … १, ठुलो पानी आयो। प्राकृतिले के गर्यो। गरिबिको बासै उडायो। २, बाढी, पहिरो आयो दसैँको मुखैमा लौ ! हजारौको ज्यान खायो।
वेल थोकर … १, आनन्द जीवन मेलाले मिल्छ सधैँ क्षणिक कसैलाई पर्खिँदैन बेलाले । २, अङ्गदान संसारमा महादान सार्थक हुन्छ जुनी गरौँ प्रभु गुणगान । ३ धिक्कार जीवन हेलाले गुरुको सधैँ मान गर्नु पर्दछ चेलाले ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, उठ्छु बिहान सबेर योग,प्राणायम,ध्यान गर्दै रहन्छु हेर। २, बिहानको समय महत्वपूर्ण यस्तो विचार गर्दा शरीर हुन्न अपूर्ण। ३, ध्यान पुर्याऊँ सबैले शरीरलाई प्राथमिकतामा राखौँ भन्छु सदा मैले।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, दिएको देख्दा हात, मन भयो चङ्गा लाग्दैछ नपरोस् रात । २, किन जातका कुरा ? भाव मिल्यो भने, हुन्छन् ती बेसुरा। ३, नगरी हुन्न गल्ती, तिललाई पहाड बनाउने कस्तो बढ्यो चलनचल्ती !
दीपा समभाव, दुबेकोल खोटाङ … १, लाग्यो वर्षे झरी काम छैन मानिसको मोबाइल हेर्छौँ दिनभरि । २, छैन अब खेतबारी बजारको घर हाम्रो जानुपर्छ सिमा पारि । २ दसैँ आयो धुमधाम घर रित्तो खल्ती भयो कता जाम ?
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, कृषि क्रान्तिका नारा गमलामा धान रोपेर बेईज्जत गरे सारा । २, आर्थिक क्रान्तिको नारा अत्याचार भ्रष्टाचार ठगी भाषणका भरमा सारा । ३, फुके कोरा ढ्वाङ पत्याउने हामी जनता सरकार जहिलेसुकै स्वाङ ।
गुणनिधि घिमिरे, अमेरिका … १, सहयोगी आफ्ना हातहरू पछाडि फर्केर हेर्दा छैनन् कोही साथहरू , २, सबै अर्थका साथी जिन्दगी एक्लो रहेछ हेर्छन पुगेर माथि । ३, आशा रहेन केही व्यर्थै दु:खी रहेछ मुटु रहेछ यही।
कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा … १, प्रकृतिको भर छैन आपद्विपद् कोही पर्दा हराउँछ मनको चैन l २, अविरल पानी पर्यो मजदुर किसान व्यापारी सबैको हानी गर्यो । ३, धेरै पर्यो पानी शान्ति भएन मनमा नरमाइलो बन्यो जिन्दगानी ।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, फालेर हलो, कोदालो साहुको ऋण काढेर विदेशमा नबन्नू, गोठालो। २, पौरख सबैले गरौँ अपनाई वैज्ञानिक पद्धति अन्नको भण्डार भरौँ । ३, सधैँ जाग्नु सबेर आलस्य गरेर बसे हुनेछ भाइ अबेर।
बिके मुखिया, दार्जिलिङ, भारत … १, लाग्यो अब झरी पहिरोले बग्दैछ गाँउ यसरी हल्ला नगरी। २, रुझ्दैछ जमिन पानीले क्षति नगरी छोड्दैन झरीको यो बानीले।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १, पानीले जलमग्न बनायो झरीको विवरण बुझ्दा दैवले रिसले खनायो। २, बोतलले नालाहरू थुन्यो सर्वत्र सड़क अवरोध मान्छेले तानाबाना बुन्यो।
चुडामणी देवकोटा, पुरानोनैकाप काठमाण्डौं … १, हुन्न त्यसै खोजी गर मिहिनेत कडा तब पाइन्छ रोजी । २, सुखदुःखमा साथ दिनु कुरा बुझी जनको आनन्दको महसुस लिनु। ३, गर देशको विकास खुशी हुन्छन् जनता तब मिल्छ निकास ।
अनुग्रह राना मगर ‘पुष्प”, पाँचखपन न.पा. ६ संखुवासभा … १, यो असोजे झरी इन्द्र निदाए क्यारे पानी बन्द नगरी । २, बढे फेरि खोला उहि बाटोको समस्या रक्षा गर भोला।
पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके … १, पहिले थाप्यौ हात आफूलाई भनेको पुगेपछि दियौ फेरि बज्रपात ।
प्रेम थापा “मन”बागलुङ … १, मौकाको फायदा जानेर कुरा काट्न सिपालु हिॅंड्छन् खुट्टा तानेर ! २, झरीले गर्यो मनपरी बेला नकुबेला झरेर क्षती नोक्सानी गरी ! ३, चाडबाड नजिक आयो उमङ्गको पोको बोकेर मनमा खुसी पलायो !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, शहरमा वर्षा चाहिन्न कागजको काम हुन्छ खेतीपाती प्राय लाइन्न।
देवी पन्थी … १, परेको भदौरे पानी खेतमा बाली बिनास के होला जिन्दगानी !
आर्त अकुलीन … १, किन देखिॅंदैन चित्र ? छर्लङ्ग मनका भावको पर्यो दुस्मन मित्र ।
लोक वहादुर छेत्री लामिछाने, मोदी २ देउपुर पर्वत … १, शरदे झरी चम्कियो गरिखान दिएन किसानलाई भन्दै सबैजना बम्कियो । २, चाडपर्वको मुखमा झरी निरन्तर बर्सेको कति ? आफन्त टार्नु कसरी ? ३, लगातार पानी परेको श्रद्धाभाव चढाउँदै श्राद्धमा पितृको आँशु झरेको ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, बुताभन्दा बाहिरको कुरा प्रकृतिदेवी पनि रिसाएर रोप्न थालिन् छुरा। २, गर्नुपर्छ भेटेर बात प्रस्ताव राखेँ मैले समाउन देऊ हात। ३, आँखा किन फरफरायो नजाती हुन्छ भन्छन् त्यसैले थुरथुर गरायो।
सतीश पण्डित, भानु -६, चुँदी, तनहुँ, (हाल चनपा ६ मातातीर्थ ) … १, राम्रो गर्नेहरू नसहने मनोमानी चलेमा खुसी आफूलाई अजीव रहने। २, देश रोइरहेछ पीडाले विधिको शासन कुल्चेका देशलाई सके अखडाले। ३, युवालाई पागल बनाउँदै बुढाहरू बम्केका सत्तामातले अडेका कसलाई समाउँदै।
घनश्याम पन्त, हरिवन सर्लाही … १, प्रकृतिको छैन भर छिनभरमै देखाउॅंछ ताण्डव समयमै सुरक्षा गर ।
विष्णु पङ्गेनी पाण्डे , स्याङ्जा वालिङ … १, तारन्तार पानी आयो केही नहुनेको पनि झुपडी, खेतबारी बगायो । २, खेतीयोग्य जमिन भासिन्छ उब्जनीको नाम शून्य अनि मान्छे मासिन्छ । ३, खेतबारी सबै बगायो भयो भयानक परिस्थिति भोक निन्द्रा हरायो ।
हिरामाया श्रेष्ठ … १, स्वच्छ दिलमा बसेर आनन्द छ तिमीलाई मनसॅंग मन साटेर। २, भाषा विदेशको भन्छ बुझिॅंदैन कस्तो शब्द ? युवा के बन्छ ? ३, गल्ती छोपेर छोपिॅंदैन भित्ताको कान हुन्छ नबोलेको भए खोलिॅंदैन ।
एवाइ प्रभात, सहिदभूमि, धनकुटा … १, देऊ सधैँभरि साथहरू तब हुन्छ ज्ञानी नपठाऊ खाली हातहरू। २, कस्तो पानी परेको ? संसार भिजाउने गरी जूनको आँसु झरेको। ३, कहाँ छ चित्र ? कालो कानुनको अघि प्रहरी हुँदैन मित्र।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, झरीले दिनरात जोड्यो पहाड पहिरोले सखाप तराई डुबाएरै छोड्यो!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, विश्वास बाटोको गाडी स्वार्थ पूरा नभएसम्म हिॅंड्छ अगाडि पछाडि । २, खहरेखोला उर्लेर आयो, बालुवाले थुनेको किनारा मनको बाँध बगायो।
होमप्रसाद नेउपाने, धरान, सुनसरी … १, पुर्वमा डुबान भएको वर्षे झरी लागेर काममा पनि नगएको । २, साहित्यमा राजनीति पसेको अर्काको खुट्टा तान्दै हेर कसरी बसेको।
कला ढकाल, झापा … १, असत्यमाथि सत्यको विजय भगवती माताको कृपाले असुरहरूको विनास तय।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, काम गरेर सिद्ध देखाऊ प्रमाण हामीले सम्बन्ध तब मिल्छ । २, दिएर हुकुम राजाको भित्री आत्मा खुकुलो झिंगा हुनहुनाउने बाजाको । ३, फेरेर छिनछिनमा बोली के गर्न खोजिरहेछौ ? टाटे पाटे रङ्गोली ।
ईश्वर साउद (भिक्षु), रामारोशन – ६, सुदुरपश्चिम अछाम … १, गरेको थिइन् कसुर सम्पति बगाई दियो ईश्वर बनेर असुर l २, खोस्यो मनको चैन ओभाना छैनन् हिजोदेखि परिवार जनका नैन l ३, परिरहेछ अविरल झरी बाँधिदियो ईश्वरले कठै! शिरमा त्रासको पगरी l
बाबुराम गौतम, गुल्मी … १, चाडपर्वको बिचमा झरी लाएको बालीमा नोक्सान मनमा चिन्ता सधैँभरि । २, असोजमा भदौरे पानी बाढीले विचलित बनायो कस्तो होला जिन्दगानी ! ३, अविरल झरी पर्यो चाडबाडको मुखमा यसले किसानलाई गर्नसम्म गर्यो ।
दुर्गा भट्टराई, मोरङ … १, बेमौसमी वर्षा आयो सबै देशबासीको मन पानीले गर्दा डरायो। २, सयपत्री मखमली रमायो फूलको हरेक डालिले मेरो मन समायो । ३, एकान्त मनमा मेरो कसैले ढुङ्गा हान्यो त्यसैले लाएँ घेरो ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, विछोडमा मिलनको आस जीवन यस्तै हो मिलनमा विछोडको त्रास ।
लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी … १, तिम्रो माया मुटुभित्र छैनन् कोही बसेको राखेको छु पवित्र।
सुनगाभा पोखरेल, हाल: नेपालगन्ज … १, शरदमा आकाश रूँदा बाढी पहिरोको डर एकनास झरी हुँदा। २, झारेर धानका फूल किसानी पसिना व्यर्थ आकाश अब खुल।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, ओझेलमा परेको ज्यान बेखबर भएपछि साथी हुँदैन कहिले ध्यान । २, तनावग्रस्त अवस्था साथी जिन्दगीमा परेपछि चट्याङ गरियो शङ्का नियतिमाथि । ३, नेताको छैन विश्वास हामी जनता अँध्यारोमा कहिले होला निकास ?
पृथक प्रकृति ,झापा … १, लगातार पानी परेर देश विपदमा भासियो बाँच्नु पर्यो मरेर । २, व्यवस्थित छैन शहर जताततै डुबान भयो पीडामा थपियो जहर । ३. चाड भित्रिएको बेला दोहोरो मारमा जनता महॅंगीको परे फेला ।
पुष्पा राई, बादेल, खोटाङ … १, दशैं भयो हिले गर्नु हुन्न देखासिकी सम्बन्ध बन्छ मिले । २, घरको भकारी रित्तियो मुखमा माड छैन विदेशी खाद्य भित्रियो । ३, झरीले किसानलाई मार्यो दैवले अन्याय गरेछन् धान खेतमै झार्यो ।
धनमाया चौधरी कैलाली … १, नाता पनि जोडियो पानी परेको बेला सॅंगसगैँ छाता ओढियो । २, अनवरत यो झरी परेको छ हजुर दिन अनि रातैभरि । ३, परेर अनवरत पानी नबिगारोस् कसैको घरबार नहोस् कसैलाई हानी ।
अमृत कोइराला, पोखरा … १, मुगलानको सहेर दुख गन्तव्य खोज्छ प्रदेशी देख्दैन जीवनमा सुख । २, ठगिन्छ सिमा वारीपारी कसले देख्छ यहाँ ? प्रदेशीको ऋणको भारी। ३, बेरोजगारी हाम्रो अभिशाप निर्धोले पाउछ सजाय पहुँचवाला पाउॅंछ माफ ।
हिरालाल न्यौपाने, बागचौर नगरपालिका ८, कोटमौला सल्यान … १, अहोरात्र बर्सियो झरी धनजनको क्षति भयो बचाऊ लौ ! हरि । २, दु:ख निम्छरोले पाउने गाँसबासको भयो समस्या अब कता धाउने । ३, दैव पार लगाऊ हाम्रो छैन आधार जनतालाई देशबाट नभगाऊ ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, बर्सादले विपत्ति आइलाग्यो धनजनको भयो हानिनोक्सानी महाविनाशले भुसुक दाग्यो । २, दिनरात झरझरी वर्षाकाल भइगयो बन्दाबन्दी कामधन्दा भोकप्यासले बनाए बेहाल ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, वर्षाले सत्यानास पार्यो अतिले क्षति गरेर जीवनलाई अन्यत्रै सार्यो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा ) … १, नेपालमा चाडपर्व आयो भेल बाढी त्रासमा जनताले दु:ख आयो । २, घर फर्किए परदेशी दसैँ तिहार मनाउन, उमङ्ग छायो गाउँबेसी ।
भुपेन्द्र राना मगर, धादिङ … १, रिमझिम परेको झरी बागमती कोशी उर्लेर बाढी आयो गाउँभरि ।
बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी … १, देशभर पानी पर्यो प्रभावित बन्यो गाउँ बाटाघाटा पैरो झर्यो । २, पानी आयो गाउँभरि खोला नालामा बाढी उर्लेर परेको झरी। ३, गरिबको बगायो बास बेमौसमी पानीले गर्दा मुखमा छैन गाँस ।
दुर्गा आचार्य, मोरङ … १, अविरल पानी बर्सियो घरखेत सारा बगाएपछि जनताको मन तर्सियो । २, जिन्दगीमा साँचेर आशा मजबुत भएर बढ्नुपर्छ हुनुहुन्न कहिल्यै निराशा । ३, खहरेखोला बढेको आयो बाढीले खेतबारी बगाएर जनतामा सन्नाटा छायो ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, निरन्तर पानी परिरहेछ सुरक्षित भइ बसौँ सबैतिर क्षति गरिरहेछ ! २, बाढी आउँछ होला अशुभ सुन्न नपरोस् शिव शङ्कर भोला ।
उर्मिला के.शी., धनकुटा … १, परे झरी अविरल डुब्यो बस्ती सबै भयो अति जल । २, यहाँबाट भाग्ने कसरी ? सङ्कट पार गरेर भयो धरती तलाउसरि ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार … १, असोजमा ठूलो झरी रक्षा गर इन्द्र पानी बन्द गरी ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, सुनेका कुराको पछि आएका कोही छैनन् किन लागेका अघि ? २, सुन्दर महिमा हेर जलाजल पानीको वर्षा जाँदैन समय खेर । ३, जताततै बाढी पैरो कतै डुबान भरिभण्ड खन्नेछन् नेताको खैरो ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, प्राकृतिक प्रकोप वृष्टिपातले दसैँको आगमनको रमझममा आशङ्कित बनाउॅंदैछ प्रतिघातले। २, रमाइलो मनाउने चाडबाडमा बाढले खोसियो उत्साहहरू संस्कृति रमाउने पहाडमा । ३, बोनस मिल्दैन प्रतिशतमा मालिकसित नेताको मिलीभगत श्रमिकहरू पर्दैछन् आघातमा।
दिल ठकुरी, दार्जिलिङ … १, बाढी, पहिरो आएछ सरकार मुकदर्शक बन्यो कयौँ जनता खाएछ । २, राहत कसले दिने ? विपतमा परे जनता सरकारलाई बल्ल चिने । ३, वर्षातले धेरै रुवायो मौका छोप्यो सरकारले राहत नेतालाई खुवायो ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, हेर हेर हरी बल्ल पर्यो अब पानी बर्षे झरी। २, उर्लॅंदो छ खोला हिॅंड्न पर्यो गाह्रो कसो गर्नु होला ! ३, दशैँ तिहार आयो यो चाडबाडको बेला मेघ बादल छायो।
विवश पारदर्शी, झापा … १, प्रकृतिले निम्ताएर त्रास मानिसको चाहना विपरित यत्रतत्र भयो सर्वनाश । २, खोलाले लिन्छ बाटो बसाऔॅं सुरक्षित बस्ती नदी किनारको साटो । ३ जोगाऔॅं हरियो बन यही हो हाम्रो भविष्यको सुरक्षित धन ।
जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २, बालकोट भक्तपुर … १, अविरल वर्षियो पानी गरिब दु:खी बेसहाराको स्वाहा भयो जिन्दगानी । २, बगाउँदा मान्छेका झोला उद्दारको पहल नगर्ने कस्तो सरकार होला ? ३, कसैलाई छैन दरकार आँगनबाट मान्छे बग्दा मौन बस्छ सरकार ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, उद्देश्यमा अघि बढ्न मन चाहिन्छ बलियो लक्ष्यको सिँढी चढ्न। २, विवाद झगडा मिलाउन मेलमिलाप गर्नु सधैँ फाटेको मन सिलाउन । ३, बेरोजगारी बढी भए सरकारले दिएन काम युवा परदेश गए ।
कृष्ण बजगाई भक्तपुर … १, वर्षा पानीको निरन्तर बढ्दैछ रूप बाढीको रोक्ने छैन मन्तर । २, कतै बाटो अवरुद्ध जताततै बाढीको तमासा नदी झनै क्रुद्ध ।
देव मगर, तिनाउ-१, कचल,पाल्पा … १, नदीमा बग्छ ढल खोलामा बसायो बस्ती बस्तीमै पस्यो भल। २, बेमौसमी पर्यो झरी रिसाइन् प्रकृति माता देखेर मान्छेको मनपरी । ३, मनले विवेक खोजौँ योजना दीर्घकालीन चुनेर दिगो विकास रोजौँ ।
पशपती राई, खोटाङ … १, एक बाट दुई हे ! मेरी कान्छी नलगाऊ तिमी फुइँ । २, नजाउ तिमी टाढा एक्लै म हुन्छु माया छ गाढा ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, मन कहाँ घुम्छ ? स्थिर यो तनलाई जब बतासले छुन्छ।
नन्दा धामी, नौगाड दार्चुला … १, तनक्क जीउ तन्काएको किन होला मायाले गाजलु आँखा सन्काएको ? २, ओइ ! ह्यान्डसम हिरो भन्दै उनले बोलाउँदा भएँ लाजले रातोपिरो । ३, बिस्तारै बिस्तारै सरी जब पुगेँ सामु दाइ भनेर मरी !
वसन्त अनुभव … १, मनभित्र रहेको हाँसो छैन ममाथि खास पिरतीको कुनै पासो । २, सताएको छ झरी बाढी पहिरो आउँछ देशमा घरी घरी ।
श्रीकृष्ण धामी, बझाङ … १, पानी धेरै परेर गर्यो धेरै क्षति नदीको सतह बढेर। २, प्रकृतिको संरक्षण गरौँ सुरक्षित स्थान रोजेर जीवनलाई खुसीले भरौँ । ३, सक्दो सहयोगमा लागौँ स्वार्थी भावना मनबाट सधैंका लागि त्यागौँ ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, जरैबाट देखियो भ्रष्टाचार , हेर्दै माथि मुलुकको, कसैले सिकेन सदाचार। २, पाइला गनेर चन्दा, विकासको ढोंग रच्दै, देखियो लुटको धन्दा।। ३: लुटेरै दरबार ठड्यायो, के रमाउला बसेर? दुनियाँ रुवायो चिढ्यायो।
मनोहरी पौडेल, गैडाकोट १ … १, अधेरी औँसीको रात जवानी यस्तै होला चढेपछि बैँसको मात । २, सभ्य समाज बनाऔॅं कसैलाई भेदभाव नगरी सबैले आफ्नोपन जनाऔॅं। ३, गल्तीबाट खुलेको होस बढ्दै जाओस् सबैमा जाँगर अनि जोस ।
लक्ष्मण देउवा, डोटी … १, पूर्णिमाको रात जस्तो मुहार झल्काएर पनि आभास नपाउने कस्तो ? २, आफ्नै संस्कृति भुलेर विदेशी संस्कारको कुरा यहाँ बोल्छन् खुलेर । ३, आफ्नो गल्ती लुकाएर समाजमा हिॅंड्नु नपरोस् मानिसले शिर झुकाएर ।
ललिता गिरी, सिन्धुली … १, बाढीले सबै बगायो हेर्यौँ टुलुटुलु बसेर मनमा भय जगायो |
सरिता सेढाई, धादिङ … १, जीवन अस्त बनायो वर्षाले नै देशभरि त्यसैले मन डरायो । २, सपनाहरू बाढीले बगायो उद्धार गर्न भनेर बल्ल हेलिकप्टर मगायो । ३, दुःख, पीडा देखेर जन्म लिएँ कि ! कर्महारा जीवनमा लेखेर ।
सानु जोशी, सुदुर पश्चिम दार्चुला … १, अकर्मण्यताले भरिएछ सिंहदरबार भाषण चाँहिदैन नेताजीको ब्रह्मलुटमा बनाउॅंछन् घरबार ।
तिर्थराज जोशी … १, रिसराग सारा मासेर निभाउँछ आफ्नै ठानी फूल जसरी हाँसेर । २, हृदयको माया देखाई प्रेमको साङ्लोमा बाँधिन्छ , मितव्ययिताको डोर समाई । ३, ज्यानलाई धारमा राखेर चोरलाई गर्छ खबरदारी रातभर आफैँ जागेर ।
१९ आश्विन उत्तरवाहिनी दाङ , घाेराही उपमहानगर पालिका वडा नं ७ उत्तरवाहिनी क्षेत्र ,शुक्रवार स्थित संस्कृत गुरुकुलमा Rotary Club of Dang club Id 83999 ले आज एक समाराेहका बीचमा संस्कृत गुरुकुललाई बेसिन सहितकाे ३ काेठे शाैचालय भवन हस्तान्तरण गरेकाे छ ।क्लबका अध्यक्ष दीपक सुवेदीकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंगका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे प्रमुख उपस्थितिमा उक्त शाैचालय हस्तान्तण गरेकाे हाे ।
प्रमुख अतिथि पाेख्रेलले उद्धाटन मन्तब्यमा भन्नु भयाे – दाङ जिल्लामा संचालन भएकाे संस्कृत गुरुकुल संग प्रारम्भिक अबस्था देखिकै गुरुकुलीय गतिबिधिले आफुलाई धेरै प्रभावित गरेकाे छ ।हाम्राे भाषा र संस्कृतिकाे जगेर्नाकालागि जिल्लामा यस्ता गुरुकुलकाे ठूलाे भूमिका रहेकाले सबै मिलेर सहयाेग गर्न आबस्यक रहेकाे अबस्थामा राेटरी क्लबले यहाँ देखिएकाे टट्काराे समस्यालाई आत्मसात गरि शाैचालय निर्माणकाे प्रमुख भुमिका निर्वाह गरि समाजिक कार्यमा अग्रसरता प्रदान गरेकाेमा अध्यक्ष लगायत सम्पूर्ण परिवारलाई बधाई सहित धन्यवाद ज्ञापन गर्नु भएकाे छ ।आफु पनि यस गुरुकुल संग प्रारम्भिक अबस्था देखिनै जाेडिने माैका पाईरहेकाे सन्दर्भ राख्नु हुँदै पुन :भन्नुभयाे – आफ्नाे तर्फबाट पनि यहाँका वटुकहरुलाई आबस्यक परेका शैक्षिक सामग्री लगायतका बस्तुहरु उपलब्ध गराउनकालागि सक्दाे प्रयास रहने प्रतिकृया जनाउनु भयाे ।
विद्यालय तथा आश्रमका तर्फबाट प्रकाश भट्टराईले सुरुवाति समयमा शाैचालयकाे टट्काराे समस्यालाई महसुस गर्नुभई आबस्यक खर्च संकलन गरि ब्यवस्था गरिदिनु भएकाले अब यहाँ आवासीय रुपमा रहेर अध्ययनरत ३० जना सहितकाे अन्य आगन्तुकशरुकालागि सहज भएकाे कुरा राख्दै क्लब परिवार प्रति कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नु भएकाे छ । क्लबका तर्फबाट शाैचालय निर्माणकाे जिम्मेवारी लिउनु भएका राेषन दहालबाट यहाँकाे मुख्य समस्याले राेटरी क्लबलाई केही कार्य गर्ने ईच्छा भित्रै देखि लागेकाले बिदेशी नागरिक लिण्डा सहितकाे दाता समुहलाई अभिप्रेरित गरी झण्डै ३ लाख सम्मकाे लागत लागेकाे बिवरण बताउनु भई सहयाेगी Rotary club of Anchorge East , Helping Hands For Nepal ( Linda Jay Jackson तथा राेटरि क्लब अफ दाङका राेटरियन साथिहरु सहितकाे परिवार प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्नु भएकाे छ ।अन्य मन्तब्य राख्नु हुनेमा समाजसेवी प्रकाश श्रेष्ठबाट गुरुकुललाई शाैचालय हस्तान्तरणका लागि सबैलाई बधाई दिदै शाैचालयकाे सुरक्षा र सरसफाईमा ध्यान पुर्याउनकालागि सम्बन्धित पक्षलाई सुझाव प्रदान गर्नु भएकाे छ । अन्तमा अध्यक्ष दीपक सुवेदीद्वारा सेवा गर्ने माैकाकालागि गुरुकुल परिवारलाई धन्यवाद सहित आगामि दिनमा पनि सहकार्य गरेर जाने प्रतिवद्धता सहित सबै प्रति आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भयाे । क्लबका सचिब बुद्धि प्रकाश शर्माद्वारा संचालित कार्यक्रममा उद्घाटनकाे अबसरमा वटुकहरुबाट स्वस्ति वाचन गरेका थिए ।
साताका उत्कृष्ट झिल्का कविताको २९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २९ का लागि झिल्काकारत्रय अर्जुन प्रसाद चौलागाईँ, रबि पौडेल र लक्ष्मी रिजालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू _____________________ [१] १. उठ्छु बिहान सबेर योग, प्राणायाम, ध्यानमै जान्छ समय हेर । २. बिहानको समय महत्वपूर्ण यस्तो विचार गर्दा शरीर हुन्न अपूर्ण । ३. ध्यान पुर्याऊँ सबैले शरीरलाई स्वस्थ राख्न थालौँ अब आफैँले । ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी <<<<<<•>>>>>>
[२] १. बाढी पहिराे आयाे भयाे जनजीवन अस्तव्यस्त धेरैकाे ज्यान खायाे । २. निरन्तर जान्छ पहिराे सडक अवरुद्ध छन् पिर पर्यो गहिराे । ३. गरिबका सपना बग्याे बाढी अनि पहिराेले भएका सामान लग्याे । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी <<<<<<•>>>>>>
[३] १. मुखले बरबराए भाइ विपरीत नगर्न भन्दा रहे मनमौजीमा दाइ । २. हिसाब त मिलाएको कताबाट चित्त बुझेन चुहिने गोजी सिलाएको । ३. कचकचमा व्यस्त छोरा भनेको मनमा नराखे बोक्नुपर्ला भविष्यमा बोरा । ✍️ लक्ष्मी रिजाल कञ्चनरूप-१२, रूपनगर, सप्तरी _____________________
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय पन्ध्रौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११५ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०६/१४ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य पञ्चाङ्ग:०१ मानिसको उठिबास लगायो प्रकृतिले। खाने अन्न वस्तु सबै बगायो प्रकृतिले। दैवको लिला अपरम्पार देखियो सबै, बस्तीबाट धेरै टाढा भगायो प्रकृतिले। दैवको विरोधीलाई जगायो प्रकृतिले। सुशीला पौडेल
पञ्चाङ्ग:०२ क्षितिज परिधि घुम्दै थिएँ म सुस्तरी त्यो हावा चुम्दै थिएँ म मुटु दुखेर निकानन्द खोज्दा अम्मल लागे झैं झुम्दै थिएँ म सुनसान एक्लै गुम्दै थिएँ म ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३ प्रकृतिले क्षति गर्नुसम्म गरेको छ जताततै। विश्वभरिनै मानिसहरु मरेको छ जताततै। असाध्य नै विध्वंस मच्चाएर छाड्यो दुनियाँ भरि। सयौँ घर बाढी पहिरोमा परेको छ जतततै। बाँच्नेको भोकमरिले ज्यान हरेको छ जताततै।
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग:०४ मायाको सम्बन्धमा डर हुदैन जात भात र कुनै थर हुदैन। समाजले कहिल्यै कुरा बुझेन त्यसैले दोष दिने भर हुदैन , समर्पण नहुदा घर हुदैन।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५ यहाँ रामलाई छाेडेन । धन दामलाई छाेडेन । हान्याे प्रकृतिले जाेडले, भिड जामलाई छाेडेन । कुनै ठामलाई छाेडेन ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६ यहाँ अचाहिँदो धेरै भयो दुनियाँ सम्झेनौ मेरै भयो दुःखी गरिबको जिउधन खाइदिइस् सबै तेरै भयो भ्रष्टाचारीहरूको जेरै भयो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०७ विकाशको नारा लगाउँछन् यहाँ। अधोगति धारा बगाउँछन् यहाँ। कुरा मात्र ठूला गर्ने केही हैन, आफूले नै सारा जगाउँछन् यहाँ। आफ्नो लागि तारा मगाउँछन् यहाँ। ह्यारिस
पञ्चाङ्ग;०८ देशैभरि बाढीपैह्रो चलेको यो बेला थलथली धराधाम गलेको यो बेला के लेखौॅ र माया प्रीति उनिएका कुरा, यो देशको शीर तल ढलेको यो बेला दैवले नि हामीलाई छलेको यो बेला। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०९ लग्यो सारा पानीले खेत बारी ओहो , बग्यो भेल सँगै वारि न पारि ओहो । बेमौसमी पानीले गरायो लथालिङ्ग हिलोमा डुबायो तरकारी घारीओहो बगायो ल्याउन सकिएन वारि ओहो । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:१० हेर्दाहेर्दै मानव बस्ती लग्यो पानीले प्रकृतिले गर्दा नै सबै ठग्यो पानीले राज्यसत्ताको अझै हेल्चेक्र्याइँ हुँदैछ आफ्नो केही भन्न पाएन बग्यो पानीले सबै प्राणी जनहरू नै तग्यो पानीले ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:११ हरियो वन नेपालको धन हरायो किन ? त्यसैले बाढी पहिरो अहिले करायो किन ? प्रभु कहर झैँ प्रलय जस्तै हुनेछ हानी प्रकृतिसँग खेला मानवले गरायो किन ? प्रकृतिले जलमग्न भर्पाई भरायो किन ? कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग-१२ प्रकृतिकै एक अंश त हो मानवको चोला पनि शिर निहुर्याउथ्यो प्रकृतिको पाउमा भोला पनि अचेल त मान्छे आफैं नै जान्ने भयो प्रकृति भन्दा शहर बनाउनको लागि मासिदिन्छ खोला पनि अझ उल्टै बोकाउन खोज्छ सिद्धान्तको झोला पनि। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सन्तानब्बेऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०६/१०गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९७[सन्तानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~
पञ्चाङ्ग:०१ सगरमाथाको शिखर चुम्न मन छ। त्यहाँ पुगेर वरिपरि घुम्न मन छ। यो हाम्रो विश्रको एउटा पहिचान हो, विदेशीहरू ल्याई सँगै झुम्न मन छ। नवीन साथीहरूसँगै गुम्न मन छ । सुशीला पौडेल
पञ्चाङ्ग:०२ मलाई सुन्दर लाग्छ हिमाली धरामा मेरा मन अति जाग्छ हिमाली धरामा यस्ता ठाउँहरू सबै देशमा पाइन्न हिउँ हेर्दा दु:ख भाग्छ हिमाली धरामा हिउँले आँखामा दाग्छ हिमाली धरामा
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:०३ प्रकृतिमा अति रम्न मन छ मलाई। यसमै लीन भै जम्न मन छ मलाई। कति निस्वार्थ प्रेम छ यसको सबैमा, फूलसँग निकै गम्न मन छ मलाई। समय पर्खन थम्न मन छ मलाई। ह्यारिस ॐ पञ्चाङ्ग०४ “विश्वमा अग्लाे सगरमाथा पहिचान छ साथी बुद्धकाे जन्मभूमि हुँदा देशकाे मान छ साथी नेपालकाे नागरिक हुनुमा लाग्छ गर्व अति संसारका वीर हुन् नेपालीकाे आहान छ साथी सुरम्य प्रकृतिले दिएकाे वरदान छ साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०५ मेरो गाउँबाट हिमाल प्रष्ट रुपमा देखिन्छ हेर हाम्रो देश नेपाल सुन्दर प्रकृतिमा लेखिन्छ हेर जहाँ जहाँ जान्छौ आफ्नो देशको माया सुन्दरताको चित्रण गर्न अनि फुल भेटिन्छ हेर सुन्दरता आफैंमा चम्किएको पुरा मेटिन्छ हेर अम्बिका अधिकारी झापा बिर्तामोड पञ्चाङ्ग:०६ कति सुन्दर हिमाल पारीको देश हाम्रो ढाकाटोपीअनि चौबन्दी चोलो भेष हाम्रो सान अनि मान सगै प्रकृति हाँसेको छ त्यसैले छिटको सारीमा चुल्ठी केस हाम्रो डन्डी बियो र कबडी राष्ट्रिय रेस हाम्रो ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग,:०७
हिमाल पहाड तराई फाँटमा छ बर्षातले बिनाश गर्ने छाँटमा छ प्रकृतिले त सबै बिगार्यो बिगार्यो युवाहरु चैँ बिदेशिने आँटमा छ मर्नेहरु जति मसान घाटमा छ
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग:०८ त्याे तराईको माथि खुलेको हिमाल हाँसेकाे छ सुन्दर, शान्त प्रकृति र हाम्रो मायाँ गाँसेकाे छ त्याे गाउँ अनि ति पाखा पखेरा कति रमाइलो डाँफे,मुनाल पनि यिनैकाे काखमा नाँचेकाे छ पाहुना बनि त्याे ठाउँमा घुम्न जान साँचेकाे छ
उर्मिला के.शी. धनकुटा !
पञ्चाङ्ग-:०९ हिमालको काखमा मेरो सानो गाउँ छ यै सानो गाउँको विश्वमा ठुलो नाउँ छ ऋषि – महर्षिले तप गरेको भुमि यो आउनु है हेर्न कति सुन्दर ठाउँ छ एकैचोटी हेरे कस्तो मोहनी लाउँछ। -पशपती राई खोटाङ ।
असोज ,१७ दाङ साहित्यकार एकराज शर्मा अधिकारीको सुभाषितसङ्ग्रहको दाङ घोराहीको पत्रकार महासङ्घको हलमा भव्य रूपमा लोकार्पण गरिएको छ। रापति साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डा.गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
साहित्यकार पुष्प प्रकाश ज्ञवालीले विमोचित कृतिको समीक्षा गर्नुभएको थियो। समीक्षक ज्ञवालीले भन्नुभयो, “शुभाषित कृति मातापिताको संस्मरण र सम्मानसहित समाज, जीवन जगतको अथार्थता बोलेको पठनीय सङ्ग्रह रहेको चर्चा गर्नुभयो । ग्रन्थले मानवता, समाज, शिक्षा र दर्शनलाई रचनात्मक रूपमा उतारेको हुँदा उक्त कृति स्तुत्य, सम्माननीय रहेको बताउनुभयो ।” राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने,प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली ,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा समीर,नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य बिसी लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष गजेन्द्र बहकर्मी, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छविपुरी गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक लिलाधर ओली, पत्रकार वीरेन्द्र ओली लगायतको गरिमामय उपस्थिति रहेको थियो।
सो कार्यक्रममा साहित्यकार नारायण नेपाल,यज्ञबहादुर डाँगी, हरिप्रसाद पौडेल स्वर्णशिखा,दामोदर पौडेल,गोपाल भुसाल अभिलाषी, मधुसुदन गौतम, उमाकान्त पोखरेल, नगेन्द्र गुरु, हरिप्रसाद पाण्डे, अशोक खड्का, धनसिंह गिरी,निमानन्द रिजाल, महेश कुमार न्यौपाने, भोला अधिकारी, खेमराज गाउँले, हुकुम पुनमगर, वीरबहादुर राम्जा पुन ,माधव देवकोटा, विप्लव अधिकारी, सुवाष न्यौपाने,तिलक न्यौपाने, देवेन्द्र रिजाल,कमला रिजाल,शिवा शर्मा, नमराज देवकोटा, रोशन पौडेल, वीणा रोका, सुशीला आचार्य, रिमा गौतम ,शरदकुमार अधिकारी, गोकर्ण शर्मा, मिना आचार्य, नमराज अधिकारी,विष्णु अधिकारी, श्रीसन अधिकारी, सुसन अधिकारी लगायत साहित्यकार तथा साहित्यानुरागीको गरिमामय उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। परिवारको तर्फबाट साहित्यकार अधिकारीका सुपुत्र श्रीधर अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने संस्थाको तर्फबाट पुस्तकका लेखक एकराज शर्मा अधिकारीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो