• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: बिज्ञान/प्रविधि

टाटा अल्ट्रोज मार्च पहिलो साता नेपाल आउने, यस्तो हुनेछ मूल्य

  • ४ फाल्गुन २०७६, आईतवार २०:३५ मा प्रकाशित

    काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले कम्पनीको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज मार्चको पहिलो साता सार्वजनिक गर्ने भएको छ । जनवरी अन्तिममा नै ल्याउने भनिएपनि कम्पनीले एक महिना ढिलोगरि अल्ट्रोज नेपाल ल्याउन लागेको हो ।
    विभिन्न तीन भेरियन्टमा नेपाल आउने टाटा अल्ट्रोजको सुरुवाति मूल्य ३३ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । तर, यसको कम्पनीले भने आधिकारीक जानकारी गराएको छैन ।
    ‘हामीले अल्ट्रोजलाई आगामी मार्च ६ तारिखमा नेपालमा सार्वजनिक गर्ने तयारी गरेका छौँ, तर अहिल्यै मूल्य लगायतका विषय भने टुङ्गो लागेको छैन’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो ।
    सुरुमा पेट्रोल इन्जिनयुक्त एक्सएम, एक्सटी र एक्सजेड भेरियन्ट नेपाली बजारमा आउने छ । यी मोडलको मूल्य ३३ लाखदेखि टप भेरियन्टको मूल्य ३८ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
    कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
    निकै आरामदायी, ठुलो स्पेश, बिशिष्ट फिचर तथा ठूला कारको जस्तै पर्फर्मेन्स रहने दाबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो ।

    अल्ट्रोजको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । कारमा अल ब्ल्याक ड्याशबोर्ड र ३४१ लिटरको बुटस्पेश रहेको छ ।
    १७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।
    अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on टाटा अल्ट्रोज मार्च पहिलो साता नेपाल आउने, यस्तो हुनेछ मूल्य

    कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा !

  • ३ फाल्गुन २०७६, शनिबार २१:२१ मा प्रकाशित
  • एजेन्सी- मानिसहरुका अनेक सोच तथा चाहना हुन्छन् । सुन्दा पत्याउन मुस्किल पर्छ । बेलाबखत यस्तै अनौठा घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् ।

    एउटा विचित्रको घटना सार्वजनिक भएको छ जहाँ एक धनाढ्यले आफ्नी कुमारी छोरीसँग विहे गर्नेलाई साँढे ३ करोडको इनाम दिने घोषणा गरेका छन् । छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका हुन् । कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

    तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त- केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो- केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो- केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने ।

    अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् ।

    उनकी छोरी कर्निता २६ वर्ष नाघेको उनले बताएका छन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको उनको दाबी छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा ५८ वर्षका ती व्यापारी अर्नोनले यस्तो घोषणा गरेका हुन् । उनले आफू एक कृषि फार्मकाे मालिक रहेको बताएका छन् ।इन्युज24नेपाल .कमबाट

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिज्ञान/प्रविधि2 Comments on कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा !

    सीटीईभीटीद्वारा जनसचेतना अभियान शुरू

  • २४ माघ २०७६, शुक्रबार ०३:१४ मा प्रकाशित
  • प्राविधिक शिक्षा, तालीम, स्वरोजगार र रोजगारीका अवसरको प्रवर्द्धन गरिने

    काठमाडौं । प्राविधिक शिक्षा तथा  व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले बुधवारदेखि जनसचेतना अभियान शुरू गरेको छ । देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीम र स्वरोजगार एवम् रोजगारीका अवसरको प्रवर्द्धन गर्न अभियान शुरू गरिएको हो । ‘शीप हुन्छ हातमा रोजगारी साथमा’ नाराका साथ शुरू गरिएको अभियानअन्तर्गत विद्यार्थी, प्रशिक्षार्थी, समुदाय, उद्योग तथा वाणिज्यको क्षेत्रलाई केन्द्रित गरी प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीमको महत्त्वबारे प्रचारप्रसार गरिनेछ । 

    प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीमको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न, सम्बन्धित उद्यमी र प्राविधिक तथा व्यावसायिक शिक्षा तालीमबीचको सम्बन्ध बलियो बनाउन सीटीईभीटीको संस्थागत रणनीतिअनुसार यो अभियान सञ्चालन गरिएको बताइएको छ । बीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, धनुषा (निर्माण व्यवसाय), पोखरा टेक्निकल स्कूल (पर्यटन) र टीकापुर पोलिटेक्निकल इन्स्टिच्युट, कैलाली (कृषि)मा यो अभियान सञ्चालन हुँदैछ । 

    अभियानबाट प्राप्त सिकाइलाई अन्य शिक्षालयमा लागू गरिने सीटीईभीटीले बताएको छ । आजको आवश्यकता उत्पादनमुखी प्राविधिक शिक्षा भएकोले अभियानका रूपमा सञ्चालन गरिएको सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले बताए । 

    जनसचेतना अभियानमार्फत विद्यालयहरूमा विद्यार्थीलाई भविष्यका बारेमा मार्गनिर्देशन, विभिन्न उद्योगमा विद्यार्थीहरूको अध्ययन भ्रमण, स्थानीय उद्योग वाणिज्य महासंघको सहकार्यमा रोजगार मेला, सामुदायिक अभियान र लक्षित समूहका युवा, उनीहरूका परिवारका सदस्य तथा अभिभावकलाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीमका लाभबारे सूचना प्रवाह गरिनेछ । 

    यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीम र रोजगारका बीचमा सेतुका रूपमा उक्त अभियानले सरकारी तथा निजीक्षेत्रका रोजगारदाता, नीति निर्मातालगायत सरोकारवालाको साझा मञ्च सृजना गर्ने आयोजकको लक्ष्य छ । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीम प्रवर्द्धक रोजागारदाताले सहकार्य गर्ने साझा मञ्च उक्त अभियान भएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं रोजगारदाता काउन्सिलका उपाध्यक्ष भरत आचार्यले बताए । 

    काठमाडौंमा शुरुआत गरिएको यो अभियान माघ २६ गते जनकपुर, माघ २९ गते पोखरा र फागुन ४ गते टिकापुरमा शुरू गरिने सीटीईभीटीले जानकारी दिएको छ । अभियानडेली बाट

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on सीटीईभीटीद्वारा जनसचेतना अभियान शुरू

    हात्तिपाईले रोग विश्वको उच्च जोखिममा कपिलवस्तु ॥

  • २० माघ २०७६, सोमबार २१:१२ मा प्रकाशित
  • राघबेंद्र चौबे
    कपिलवस्तु – केही नागरीकले हात्तीपाईले (फाईलेरीया) रोग विरुद्धको औषधी सेवन नगर्दा कपिलवस्तु जिल्ला संसारको उच्च जोखिममा परेको छ । हात्तीपाईले रोग विरुद्धको औषधी केही मानिसले नखादा जोखिममा परेको हो । नेपालमा ६३ जिल्ला जोखिममा परेका छन । ६३ जिल्ला मध्ये १३ जिल्ला धेरै जोखिममा परेको वताईएको छ । जिल्लाको १०० मध्ये ७० जनाले हात्तीपाईले रोगको औषधी सेवन गरेका छन । सरकारी निकायले गरेको चेक जाचमा अनुसार कपिलवस्तुको १०० जना मध्ये १३ जनामा हात्तिपाईले रोगको किटाणु शरिरमा रहेको पाईएको छ । देश भरीमा १००० जना मध्ये १५ जनामा हात्तीपाईले रोगको किटाणु फेला परेको छ । यता कपिलवस्तुको वाणगंगा नगरपालिकामा सवै भन्दा वढी जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । वाणगंगा नगरपालिकामा १०० मध्ये १२ जनामा हात्तीपाईले रोगको किटाणु फेला परेको छ । वाणगंगा नगरपालिकाका पिपरा, वुङची, वनगाई लगायतका क्षेत्रमा परिक्षण भएको थियो । कपिलवस्तुको वाणगंगा , वहादुरजंज, महाराजगंज क्षेत्रमा परिक्षण गरीएको थियो । लगातार ६ वर्ष सम्म सवैले औषधी सेवन गरेमा हात्तीपाईले रोग निर्मुल हुन्छ । एउटा टोलमा एक जनाले पनि औषधी खाएन भने टोलको सवै जना जोखिममा पर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यदी ६ वर्ष सम्म सवै जनाले औषधी सेवन गरेमा कपिलवस्तु जिल्लाबाट हात्तीपाईले निर्मुल हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले वताउनु भयो । नेपालमा ११ वर्ष अगाडीवाट हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु भएको हो । सन २०२० सम्म नेपालबाट हात्तीपाईले रोग निर्मुल पार्ने अभियान रहेको छ । हात्तीपाईले रोगको औषधी खान मानिस र मिडियाले फैलाएको भ्रमको समस्यामा परेको छ । हात्तीपाईले रोगको औषधी खादा समस्या नहुने तर हात्तीपाईले रोगको किटाणु शरिरमा भएमा ज्वरो आउने वा टाउको दुख्ने हुन सक्छ । त्यही भ्रम फैलीएको कारणले धेरै मानिसले औषधी नखाएको वताईएको छ । हात्तीपाईले रोगको औषधी संगै जुकाको औषधी समेत खुवाईन्छ । यि औषधी केही खाए पछी खायो भने अरु समस्या नहुने डा गंगाराम यादवले वताउनु भयो । रातीको समयमा टोक्ने क्युलेक्स नाम गरेको लामखुट्टेले टोक्दा हात्तीपाईलेको किटाणु सर्ने गर्दछ ।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबर, समाजLeave a Comment on हात्तिपाईले रोग विश्वको उच्च जोखिममा कपिलवस्तु ॥

    मिसन इम्पोसिबल’ : यस्तो छ १० दिनमा तयार भएको चीनको अस्पताल, सोमबारबाट प्रयोगमा आउँदै

  • २० माघ २०७६, सोमबार ०९:०९ मा प्रकाशित
  • कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ ।

    हुओसेन्सान (अग्नि देवताको पहाड) अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो । यस अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका १४ सय मेडिकल स्टाफले उपचार सुरु गर्ने चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् ।

    गत जनवरी २३ मा १ हजार शैय्या क्षमता भएको हुओसेन्सान अस्पतालको निर्माण शुरु गरिएको थियो ।

    यसअघि सन् २००३ मा सार्सको महामारीका दौरान पनि बेइजिङमा सियाओताङसान अस्पताल एक हप्ताभित्रै तयार गरिएको थियो ।

    जब फाङ सियाङ र उनको टोलीले हुओसेन्सान अस्पताल बनाउने जिम्मा पाए, उनीहरुलाई यो ‘मिसन इम्पोसिबल’ (पूरा गर्न नसकिने मिसन) लागेको थियो । ‘यस आकारको परियोजनाका लागि कम्तिमा दुई वर्ष लाग्छ,’ चाइना कन्सट्रक्सनको थर्ड कन्सट्रक्सन कम्पनी लिमिटेडका प्रोजेक्ट म्यानेजर फाङले भने, ‘एउटा अस्थायी भवन निर्माणका लागि पनि कम्तिमा एक महिना लाग्छ, यहाँ त एउटा अस्पताल नै बनाउनुपर्ने थियो ।’

    जनवरी २३ देखि फेब्रुअरी १ सम्म वुहानमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४ सय ९५ देखि ४ हजार १ सय ९ पुगेको थियो ।
    वुहानको दक्षिण पश्चिममा रहेको झियान ताल नजिकै यो अस्पताल निर्माण गरिएको छ । मानिसहरु बसोबास गर्ने स्थानबाट यसलाई टाढा बनाइएको छ । जसमा यातायात, पाइपलाइनका साथै खानेबस्ने सुविधा रहेको छ ।

    अधिकारीहरुले ५ घण्टा बसेर यस अस्पतालको डिजाइनको छलफल गरेका थिए भने २४ घण्टाभित्र यसको डिजाइनको ड्राफ्ट तयार गरेका थिए ।
    चिनियाँ स्वास्थ्य अधिकारीहरुले शनिबार २५ सय बढी कोरोनाभाइरस संक्रमित नयाँ बिरामी देखिएको र ४५ जनाको संक्रमणबाट मृत्यु भएको जनाएको थियो । मृत्यु हुने सबै हुबेइ प्रान्तका रहेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on मिसन इम्पोसिबल’ : यस्तो छ १० दिनमा तयार भएको चीनको अस्पताल, सोमबारबाट प्रयोगमा आउँदै

    नेपाली बजारमा आयो होन्डाको नयाँ युनिकर्न १५०

  • १६ माघ २०७६, बिहीबार १९:३२ मा प्रकाशित

  • काठमाडौं – नेपाली बजारमा होन्डा युनिकर्न १५० पुनः भित्रिएको छ । केही समय बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले फेरि नेपाली बजारमा भित्र्याएको हो ।

    कम्पनीले सीबी युनिकर्नको ग्राफिक्समा परिर्वतन गरेर बजारमा उतारेको छ भने मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।

    नयाँ यूनिकर्नमा १४९ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १२.७ बीएचपी पावर तथा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पिडको गियरबक्स जडान गरिएको छ ।

    कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजीमा निर्माण गर्ने गरेको छ ।

    सो मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिंगल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्रीडी होन्डा लोगो, अलोय ह्विल जस्ता विशेषता समेटिएको छ ।

    यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।

    होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । यसका साथै कम्पनीले स्क्याच अफरसमेत ल्याएको छ । यो अफरमा ४ हजारदेखि १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on नेपाली बजारमा आयो होन्डाको नयाँ युनिकर्न १५०

    यस्तो छ एक पटकको चार्जमा २१३ किलोमिटर चल्ने टाटा टिगोर ईभी

  • १४ माघ २०७६, मंगलवार २०:४३ मा प्रकाशित

  • टाटा मोटर्सले साधारण ग्राहकको लागि अधिक दुरीसम्म चल्ने क्षमता भएको इलेक्ट्रिक कार टिगोर हालै भारतीय बजारमा लन्च गरेको छ ।

    सो कार एक पटकको फुल चार्जमा २१३ किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ । सो कार भारतको ३० शहरमा उपलब्ध रहेको छ ।

    सो कारको मूल्य ९ लाख ५४ हजार भारु देखि शुरु हुनेछ । सो इलेक्ट्रिक कारमा २१.५ केडब्ल्युएच ब्याट्री प्याक समावेश गरिएको छ । सो व्याट्री कुलिङ सिस्टमको साथमा उपलब्ध हुनेछ । यसको साथै सो कारको तौलको कारण पनि कारको तापमान सन्तुलनमा रहन्छ ।

    इलेक्ट्रिक टिगोर टाटा टिगोर सेडानमा आधारित रहेको छ । सो कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, हाइट एडजेस्टेबल ड्राइभर सिट जस्ता सुविधा रहेको छ । यसको साथै कारमा ड्युअल एयरब्याग र एन्टि लक ब्रेकिङ सिस्टम पनि रहेको छ ।

    सो इलेक्ट्रिक कारको लागि १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । टिगोर ईभीमा दुई चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । फास्ट चार्जिङ पोर्टले कम समयमा ब्याट्री छिटो चार्ज गर्ने क्षमता रहेको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on यस्तो छ एक पटकको चार्जमा २१३ किलोमिटर चल्ने टाटा टिगोर ईभी

    सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर१ भारतमा आउने

  • २१ पुष २०७६, सोमबार २१:५८ मा प्रकाशित
  • संसारकै सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर१ भारतमा आउने भएको छ ।

    चाइनिज कम्पनी ग्रेटवाल मोटर्सले आगामी फेब्रुअरीमा हुने अटो एक्सपोमा सो कारका साथै केही एसयूभी समेत प्रदर्शन गर्ने भएको छ । यससँगै ग्रेटवाल मोटर्स भारतीय बजारमा प्रवेश गर्ने योजना बनाएको छ ।

    यसको मूल्य पनि धेरै छैन । यसको मूल्य ८ हजार ६८० देखि ११ हजार २९३ अमेरिकी डलर सम्म पर्छ । नेपाली रुपैयाँमा हिसाब गर्दा यसको मूल्य ९ लाख ७५ हजार देखि १२ लाख ७० हजार रुपैयाँ जति पर्छ ।

    यसको मूल्यमा कमी ल्याउनका लागि कम्पनीले सिधै ग्राहकलाई यो कार बिक्री गर्ने योजना बनाएको छ अर्थात यसका लागि कुनै डिलर नियुक्ति गरिने छैन । यो सानो इलेक्ट्रिक कारलाई ३ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी समेत दिइने छ ।

    शानदार ४ ढोका भएको सो कारको नाम २०१९ ओरा आर १ (2019 Ora R1) राखिएको छ । यसमा ४७ एचपीको मोटर र ३५ किलोवाट आवरको ब्याट्री राखिएको छ । यसको टप स्पिड एक सय किलोमिटर प्रतिघण्टा छ ।

    ओरामा भएका तीन अक्षर ओ, आर र एको अर्थ ओपन, रिलायबल र अल्टरनेटिभ हुन्छ । युवापुस्ता र सहरी वासिन्दालाई लक्ष्यित गरी यो कार ल्याइएको कम्पनीको भनाइ छ ।

    विभिन्न ५ कलर अप्सनमा उपलब्ध सो कारमा हाई स्ट्रेन्थ स्टिल फ्रेमको प्रयोग गरिएको छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गरिएको छ, जसका कारण ‘हेलो ओरा’ भनेर यसलाई खोल्न समेत सकिन्छ ।

    विभिन्न ४ भेरिएन्टमा यो कार उपलब्ध छ । टाढैबाट गाडीको स्ट्याटस चेक गर्न सकिन्छ । त्यसैगरी एक्टिभ एयर कन्डिसनर प्रयोग गर्न, ढोका खोल्न र बन्द गर्न तथा इलेक्ट्रिक चार्जिङका लागि समेत आवश्यक व्यवस्था मिलाउन सकिन्छ ।

    अन्य स्ट्यान्डर्ड फिचरको रुपमा ब्लुटुथ की, भेइकल मोबाइल फोन कनेक्सन सिष्टम र हिल स्टार्ट असिष्ट सिष्टम उपलब्ध छ ।

    टप भेरिएन्टमा डेटाइम रनिङ लाइट, इलेक्ट्रिकल पार्किङ ब्रेक, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ६ एयरब्याग र स्मार्ट फ्रन्ट भ्यु सिष्टम उपलब्ध छ ।

    ग्रेटवाल मोटरका उत्पादन नेपालमा भने पहिले देखि नै उपलब्ध छन् । यद्यपि राम्रो बिक्री नभएका कारण यसको बजार नेपालमा राम्रो भएन । इलेक्ट्रिक कार पनि नेपालमा आउछ नै भन्न सकिन्न ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर१ भारतमा आउने

    नर्सिङ पीडाको नालीबेली : नाइटिंगेल कि विदेश ?

  • ९ पुष २०७६, बुधबार ०१:१२ मा प्रकाशित
  • नर्सिङ संघको चुनावी माहोल देशभरका नर्सहरुलाई लागिसकेको छ । नर्सहरुले भोगेका पीडालाई कम गर्नको लागि भनेर कैयौं बुँदाहरु घोषणापत्रमा समेटिइसकेका छन् । राजनीतिक रुपमा नेकपा र काँग्रेसको झण्डाभित्र बसेर उम्मेदवारी दिएका मनकुमारी राई र मुना राणाको दुई पक्षले चुनावमा उम्मेदवारी दिएको छ । यस अघि पनि कैयौं यस्ता घोषणापत्रहरु आए । तर, तिनीहरुले पनि नर्सको पीडालाई कम गर्न सकेको छैन ।

    यही सन्दर्भमा यो चुनावमा पनि दुई प्यानलले मिलेर ४० वटा बुँदाहरु नर्सहरुको हकहितको लागि भनेर उठाइएका छन् । यी बुँदाहरुबाट पनि नर्सहरुले आफ्नो पेशागत सम्मान र सुरक्षाको अनुभूति गर्न सक्ने देखिँदैन ।

    नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले आफ्नो कार्यकालमा धेरै कामहरु भएको भएपनि विविधकारणहरुले आफ्नो कार्यकालमा आँटेका जति काम गर्न नसकेको स्वीकार गरिन् । नर्सिङ तथा सामाजिक सुरक्षा ईकाईको अवधारणा, ‘विद्यालयमा नर्स’ भन्ने परियोजना मार्फत् विभिन्न ७ वटै प्रदेशहरुमा त्यसको कार्यान्वयन गराउने जस्तो काम आफूहरुकै कार्यकालमा भएको भन्दै केही भएन भन्ने आधार नरहेको बताइन्।

    उनले आफूहरुको कार्यकालमा नै श्रम शोषणको अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरु गरेको, भोलेन्टेयर प्रथाको अन्त्य गर्न नसकेपनि न्यूनीकरण गरिरहेको उनले जानकारी दिइन् । सन् २०१५ मा भूकम्प जाँदा  पीडित भएकाहरुलाई सेवा गरेबापत अन्तराष्ट्रिय अवार्ड समेत पाएको उनले बताइन् ।

    केही समयअघिको माथेमा आयोगले आफ्नो प्रतिवेदनमा निःशुल्क नर्सिङ सेवा दिनुपर्ने विषय उल्लेख गर्यो । यो विषयलाई कसैले पनि आफ्नो घोषणापत्रमा उठाएका छैनन् । कोरा राजनीतिक झण्डा लिएर चुनाव लड्नेहरुले नर्सहरुको हकहितको बारेमा कहिलै पनि गम्भीर भएर नसोचेको नर्सहरुको आरोप छ । सबैभन्दा पहिलो कुरा त लाखौं रुपैयाँ खर्च गरेर नर्स पढेकाहरुलाई उचित पारिश्रमिक छैन भने संघको चुनावमा राखिने अरु एजेण्डाहरुको कुनै औचित्य नरहेको नर्सहरु बताउँछन् ।

    नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

    महंगो शुल्कमा अध्ययन गरेर सकेसम्म निःशुल्क र नभएपनि अति न्यून शुल्कमा रात दिन नभनी काम गर्नुपर्ने पेशा हो नर्स । अझ कार्यक्षेत्रमा हुने जोखिम र त्यसको समस्यालाई त गौण मान्ने हो भने त्यो भन्दा ठूला पीडाहरु नर्सहरुले भोग्ने गरेका हुन्छन् । बिरामीको पीडा भुलाउने नर्सहरु अहिले आफैं पीडै पीडाको भारी बोकेर कार्य क्षेत्रमा पुग्ने गर्छन् ।

    स्कूले जीवनमा नै अस्पतालमा पाइला टेकेकाहरुले सेतो पहिरनमा बिरामीको हेरचाह गर्न आउने नर्सहरु देखेपछि आफ्नो पनि त्यही ठाउँमा पुग्ने लक्ष्य लिन्छन् । अधिकांश त्यसमा महिलाहरु नै हुन्छन् । जब लाखौं पैसा खर्च गरेर निःशुल्क वा अति कम शुल्कमा अस्पतालमा काम गर्नुपर्ने हुन्छ । त्यसपछि एकाएक नर्सहरुको अनुहारमा बनावटी हाँसोको श्रृंखला सुरु हुन्छ ।

    नर्सिङ पढ्नेहरुको वास्तविक पीडा पिसिएल सकेर अस्पतालमा भोलेन्टियरको रुपमा काम गर्ने ६ महिनामा नै देखिन्छ । आफ्ना छोराछोरीहरुको सपना पूरा गर्नको लागि ऋण काढेर नर्सिङ पढाएका आमाबुबाहरुले पिसिएल सकेलगत्तै छोराछोरीहरुले ऋण तिर्न सुरु गरुन् भन्ने सोचाई राख्छन् । तर, पिसिएल तहको अध्ययन गर्दासम्म एक व्यक्तिले कम्तीमा पनि ५ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्च गरिसकेका हुन्छन् ।

    तर, त्यो तह पूरा गरेपछि उनीहरुको ६ महिनाकोलागि भोलेन्टियर बनेर काममा जानु पर्ने हुन्छ । कोटा थोरै र जनशक्ति धेरै भएका कारण काम पाउन मुस्किल छ । काम नपाउँदासम्म भोलेन्टियर बनेर काम गर्नेदेखि कामै पाए पनि ६ हजारदेखि २० हजार रुपैयाँ मासिक तलब बुझेर काम गर्नुपर्ने बाध्यतामा धेरै नर्सहरु रहेको नर्सिङ संघले जनाएको छ । अहिलेसम्म कतिले यो समस्या समाधान गर्छु भनेर आए । तर, उनीहरुले यसको समाधान रोक्न सकेनन् ।

    नर्सिङ संघले अझैसम्म पनि न्यूनतम पारिश्रमिक १८ हजार तोक्नको लागि संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा त्यति महंगो शुल्क तिरेर गरेको अध्ययनको औचित्य के ? भन्ने प्रश्नले नै नर्सहरुमा बेचैन हुने गरेको अनुभव सुनाउँछन् ।

    वर्षौं भइसक्यो सरकारी अस्पतालहरुमा नर्सको कोटा खुलाईएको छैन । झण्डै ७५ हजारको हाराहारीमा नर्सहरु कार्यरत रहेकोमा नर्सिङ संघको तथ्यांक अनुसार ८ हजारको हाराहारी नर्स मात्रै सरकारी अस्पतालहरुमा कार्यरत छन् । बाँकी ६७ हजारले भोग्नु पर्ने पीडाहरु भिन्दा भिन्दै छन् ।

    सपना विदेशको, आधा भन्दा धेरै असन्तुष्ट

    नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

    नर्सिङ पेशा यति असुरक्षित हुँदा हुँदै पनि किन मरिहत्ते गरेर यही पेशा तिर आाकर्षण बढ्ने गरेको त ? हरेक वर्ष देशभरबाट ५ हजार नर्सहरुले आफ्नो अध्ययन पूरा गर्ने गरेका छन् । तर, केही समय अघि गरिएको एक अध्ययनका अनुसार ५५.२२ प्रतिशत नर्सहरु आफ्नो पेशाप्रति सन्तुष्ट नरहेको देखिएको थियो । यति हुँदा हुँदै पनि नर्सिङ क्षेत्रप्रतिको यो आकर्षण केवल विदेश जानको लागि मात्रै देखिएको हुनसक्ने नर्सिङ संघका अधिकारीहरु बताउँछन् ।

    नर्सहरुका पीडाहरु

    सबैभन्दा ठूलो त नर्स बनिसकेपछि जागिर पाउन र न्यून पारिश्रमिकको पीडा नै सबैभन्दा ठूलो हो । महंगो अध्ययन शुल्क र सबैभन्दा सस्तो जागिरमा समेत हुने श्रम शोषण अर्काे समस्याको पाटो हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन ।

    त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । त्यस्तै, कार्यक्षेत्रमा रहँदा पुरुष कामदार र बिरामी कुरुवाहरुको गिद्दे दृष्टिको जोखिम पनि उनीहरुको अर्काे पीडा रहेको नर्सहरु बताउने गर्छन् ।

    Posted in कला /जीवनशैली, बिज्ञान/प्रविधि, विचार, समाजLeave a Comment on नर्सिङ पीडाको नालीबेली : नाइटिंगेल कि विदेश ?

    आज वर्षकै छोटो दिन र लामो रात

  • ६ पुष २०७६, आईतवार १७:३४ मा प्रकाशित
  • आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ। आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ।

    पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ। हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ।

    जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ। हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन्। तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ।

    prashasan.com

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on आज वर्षकै छोटो दिन र लामो रात

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P