सुन्दा हजुरलाई अचम्म लाग्न सक्छ, विश्वास नलाग्न सक्छ । यस्तो अपत्यारिलो काम भारतमा एक नेपाली किशोरले असंभवलाई संभव तुल्याएका छन ।
भारतको उत्तराखण्डको देहरादुन बस्ने ६ कक्षामा अध्ययनरत नेपाली मुलका ११ वर्षीय अद्वैत क्षेत्रीले पेट्रोलको साटो हावाबाट चल्ने बाइकको निर्माण गरेका छन । उनले गाडीको टायरमा भर्ने हावाबाट चल्ने बाइकको आविष्कार गरेका हुन । पिता एड्भोकेट आदेश क्षेत्री र माता अमृता क्षेत्रीका सुपुत्र अद्वैतले उक्त बाइकलाई ‘अद्वैत O2’ नाम समेत दिएका छन ।
उनले बाईकको कार्वन फ्युल इन्जिनको सट्टा हावाबाट चल्ने इन्जिनको आविष्कार गरि साधारण बाइकमा फिट गरि चलाएर देखाएका हुन । भविस्यमा के बन्ने भन्ने प्रश्नमा उनले एस्ट्रोनट बन्ने र स्पेसमा जाने लक्ष्य रहेको बताए । कसरी हावाबाट चल्ने गाडी बनाउने आइडिया आयो भन्ने प्रश्नमा उनले सानोमा आफ्नो भाईसँग बेलुनमा हावा भरी उडाउदा बेलुन आफ्नो हातबाट छुटेर उडेको देखेर नयाँ आइडिया आएको बताए ।
उनका पिताका अनुसार उक्त बाइकमा कुनै प्रकारको कार्वन फ्ल्युड प्रयोग नभएको, कुनै प्रकारको पोल्युसन नगर्ने यस बाईकको निर्माण गर्न भा.रु. १ लाख खर्च लागेको छ । उनले सन २०२० मा हुने अटो एक्स्पोमा यसको प्रदर्शन गरिने समेत बताए । कार्वन फ्युल इन्धनका कारण विश्वमा दिन प्रतिदिन चुनौतिको रुपमा बढ्दै गएको प्रदुषण कम गर्न यो कोशेढुंगा सावित हुने बताइएको छ ।
काठमाण्डौ – नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ ।
लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईए)मा सम्झौता भएको हो ।
सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ ।
@IBNOffice
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महाप्रसाद अधिकारीले उज्यालोसँग भन्नुभयो, ‘मोट्रेक्ससँग आजसम्म हामीले छलफल मात्रै गरिरहेका थियौँ, आजदेखि भने टुंगोमा पुगेका छौँ, अब यो समझदारीलाई बोर्ड बैठकले पारित गरेको छ, उहाँहरुले अब वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्न सक्नुहुनेछ ।’
ईआइए गरेको ३६ महिनाभित्र भौतिक संरचना निर्माणको काम सक्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सीईओ अधिकारीले जानकारी दिनुभयो । सरकारले मोट्रेक्सलाई बुटवल धागो कारखानाको जग्गा दिने तयारी गरेको छ । २०७५ सालको चैत १ गते बसेको लगानी बोर्डको बोर्ड बैठकले मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो ।
काठमाडौं । हुन्डाई ग्रान्ड आई १० नेपालको लागि नयाँ नाम होइन । वार्षिक ८ सयदेखि हजार यूनिटसम्म बिक्री हुँदै आएको छ । अब भारतीय बजारमा ग्रान्ड आई १० को नयाँ मोडल सार्वजनिक भइसकेको छ ।
कम्पनीले ग्रान्ड आई १० नियोस गत अगस्टमा बजारमा ल्याएको भएपनि यसलाई नेपाली बजारमा ल्याउन यसको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ढिला गरिरहेको छ । यसो गर्नुको मुख्य कारण यसमा रहेको इन्जिन बताइएकाे छ ।
हुन्डाईले आफ्नो नयाँ मोडल नियोसमा बीएस ६ इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनमा लाग्ने मापदण्ड अनुसारको इन्धन नेपालमा आउन सुरु नभएकाले यसलाई तत्काल नेपाल नल्याएको जनाएको छ ।
नेपाल आयल निगमले आगामी चैत १९ गतेबाट बीएस ६ मापदण्डको इन्धन ल्याउने जनाएसँगै नयाँ वर्ष २०७७ मा ग्रान्ड आई १० नियोस नेपाल आउने छ । यस्तोमा उक्त मोडलमा रहेका केही महत्वपूर्ण फिचरहरु यस प्रकार रहेका छन् ।
एक्सटेरियर
ग्रान्ड आई १० को एक्सटेरियरलाई
स्पोर्टी र फन्की लुक्स दिएर नियोस तयार गरिएको छ । नयाँ कारमा १५ इन्चको अलोय ह्वील लगाइएको छ भने पछाडि नयाँ बम्पर दिइएको छ ।
रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प, स्लिकर डिजाइन, नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिल जस्ता परिवर्तन नयाँ नियोसमा पाउन सकिन्छ । यसमा दिइएको मेसिन कट अलोय ह्वील, सार्पर हेडलाइट र न्यू टेलाइटले कारलाई निकै आकर्षक बनाएको छ ।
इन्टेरियर
प्रिमियम फिचर समेटिएको कारमा इन्स्ट्रुमेन्ट
कन्सोल, इन्फोटेनमेन्ट
सिस्टम, स्टेयरिंग ह्वीललाई नयाँ स्वरुप दिइएको छ । ड्याश बोर्डको बीच भागमा राखिएको इन्फोटेनमेन्ट
सिस्टमले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।
कम्पनीले हुन्डाई भेन्यूमा दिइएको कनेक्टेड कार टेक्नोलोजी यसमा पनि प्रयोग गरेको छ । कारमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट रहेको छ । साथै, अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसबी चार्जर, रियर एसी भेन्ट, कुल्ड ग्लोबबक्स, रियर पार्किङ क्यामरा लगायतका फिचर उपलब्ध रहेका छन् यसको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम रहेको छ । २४५० एमएम ह्वीलवेश भएको यो कार पुरानो मोडल भन्दा ४० एमएम लामो, २० एमएम फराकिलो रहेको छ । यसको ह्वीलवेश समेत रेगुलर मोडलको २५ एमएम लामो रहेको छ ।
इन्जिन
ग्रान्ड आई १० नियोसमा १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएच पावर उत्पादन गर्छ भने इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यस्तै, यसमा उपलब्ध यु टु १.२ लिटर सिआरडिआई डिजेल इन्जिनले ७२ पीएस पावर प्रदान गर्छ ।
प्रतिस्पर्धीमोडल
यसले फिचर तथा मूल्यका आधारमा मारुती सुजुकी स्विफ्टसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
भेरियन्टरकलर
नयाँ इरा र आस्टा भेरियन्ट बाहेक नियोस यसको रेगुलर मोडलकै भेरियन्टमा उपलब्ध हुदै आएको छ । नियोस बिभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ ।
माइलेज
पेट्रोल भेरियन्ट अन्तर्गत पाँच स्पीड म्यानुअल ट्रान्समिसन युक्त मोडलले प्रतिलिटर २०.७ किलोटिर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । साथै, पाँच स्पीड एएमटी भेरियन्टले प्रतिलिटर २०.५ किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ ।
त्यस्तै, दुबै ट्रान्समिसनमा उपलब्ध डिजेल भेरियन्टले प्रतिलिटर २६.२ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।
काठमाडौं । इलेक्ट्रीक स्कुटरको मोडल ‘एसडी १’ नेपाली बजारमा एसेम्बल गरिएको क्लासिक स्कुटर हो । उक्त स्कुटरलाई कम्पनीले १ लाख ४९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गरिरहेको छ ।
इलेक्ट्रीक स्कुटर मियामाका लागि नेपालको आधिकारीक वितरक तथा एसेम्बल गर्ने कम्पनी मियामा मोटर्स प्रालिले नेपाली बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न ६ मोडलका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा एसेम्बल गरेर बिक्री वितरण गरिरहेको हो ।
कम्पनीले अहिले बिक्री गरिरहेको मोडलमा जेवाइ १, एलवाइ १, वाइवाइजेड, सिजेवाई १, टिएन सिक्स र एसडी १ रहेका छन् । यी मोडल मध्ये एसडी १ कम्पनीको क्लासिक डिजाइनमा तयार भएको इलेक्ट्रीक स्कुटर हो ।
लिथियम आयोन र लिड एसिड दुबै ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरमा ७२ भोल्ट क्षमताको व्याट्री दिइएको छ । यसमा रहेको लिड एसीड व्याट्री फुलचार्ज गर्न ६ घण्टासम्म लाग्छ भने लिथिएम आयोन व्याट्री चारघन्टामा फुलचार्ज हुने छ । अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो स्कुटर निकै सुरक्षीत रहेको कम्पनीले जनाएको छ ।
यसमा दिइएको हाइड्रोलिक एयर सस्पेन्सनले
स्कुटरलाई निकै आरामदायी बनाएको कम्पनीले दाबी गरेको छ भने, एक पटकको फुलचार्जमा यसले १०० किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
पूर्ण डिजिटल स्पीडोमिटर रहेको यो स्कुटर चोरी हुने सम्भावना अत्यन्त न्यून रहेको छ । यसमा दिइएको रिमोट युक्त साँचोको प्रयोग गरेर यसको पछाडिको चक्का लक गर्न सकिने छ ।
बजारमा लिड एसिड व्याट्रीयुक्त स्कुटरको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ भने लिथिएम आयोन व्याट्री लगाइएको स्कुटरको मूल्य १ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
यो मोटरसाइकलको
उच्च गति ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । करिब ७० किलोग्राम कुल तौल रहेको यो स्कुटर कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा एसेम्बल गरिरहेको छ ।
काठमाडौं । भारतमा जीपले हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजाजस्तै सब-फोर मिटर एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो बजार हिस्सा बढाउन र भारतीय बजारमा छोटा एसयूभीको मागमा भइरहेको बढोत्तरीलाई आफ्नो पक्षमा पार्न सब-फोर मिटर एसयूभी ल्याउन लागेको हो ।
जीपले भारतीय बजारमा सुरुवाति दिनमा जसरी कम्पासको बिक्री गर्न सकेको थियो अबभने क्रमिकरुपमा बिक्रीमा गिरावट आइरहेको छ । सुरुवाति महिनामा ३ हजार यूनिट हाराहारीमा बिक्री हुने गरेको जीप कम्पासको बिक्री घटेर अहिले मासिक ६/७ सयमा आईपुगेको छ ।
अमेरिकी चर्चित कम्पनी जीपले भारतीय बजारमा आफ्नो व्यवसाय बिस्तार गर्न कम्पास बाहेक अर्को मोडल नभएर हो भन्ने धेरैको बुझाई रहेको थियो । त्यसैले कम्पनीले अब भारतीय बजारमा जीप कम्पासको फेसलिफ्ट, कम्पास ७ सिटर र सब फोर मिटर नयाँ एसयूभी समेत ल्याउने भएको हो ।
कम्पनीको कम्प्याक्ट एसयूभीमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन रहने छ भने मूल्यका हिसावले यी एसयूभीको मूल्य हुन्डाई क्रेटा, किया सेल्टोस, निशान किक्स र महिन्द्रा स्कर्पियोको जस्तै रहने छ ।
अहिले विभिन्न एजेन्सीले गरेको अनुमान अनुसार भारतमा यसको सुरुवाति भेरियन्टको मूल्य १० लाखदेखि टप भेरियन्टको मूल्य १५ लाख भारुसम्म रहने छ ।
अटोमेटिक र म्यानुयल दुबै गियरबक्समा आउने यो मोडलमा टर्बो चार्ज्ड पेट्रोल र डिजेल इन्जिन दिइने अनुमान गरिएको छ । कम्पनीले यो मोडललाई सन् २०२० को तेस्रो क्वाटरसम्ममा बजारमा उतार्ने तयारी गरिरहेको छ ।
बिगत १८ महिनादेखि नेपाली बजारमा बिक्री वितरण भइरहेको जीप कम्पासले निकै राम्रो बजार पाउन सफल भएको एमएडब्ल्यू लाइफले जनाएको छ ।
काठमाडौं । भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालीले १५ करोड लगानीमा २५० जना क्षमताको मिनी पानी जहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो । कम्पनीका सञ्चालक डा. शंकर खतिवडाका अनुसार आगामी हप्ता नारायणी नदिमा पानी जहाजको परिक्षण सञ्चालन गरिनेछ । आगामी जनवरी १ तारिखका दिन राष्ट्रपति र प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी छ । ‘जनवरी पहिलो तारिखका दिन औपचारिक सेवा आरम्भ गर्ने तयारी गरेका छौं, एक हप्तापछि परिक्षण सञ्चालन गरिनेछ’, सञ्चालक खतिवडाले भने । ३८ किलोमिटर पानी जहाजमा सरर…. पानी जहाज कार्यालयबाट कम्पनीले ३८ किलोमिटर दुरीमा जहाज सञ्चालनको अनुमति पाएको छ । कम्पनीले गोलाघाटदेखि देवघाटसम्मको दुरीमा जहाज सञ्चालन गर्नेछ । नर्वेको प्रविधि, भारतीय निर्माता पानी जहाज निर्माणका लागि नर्वेजियन प्रबिधिको प्रयोग गरिएको खतिवडाले बताए । तर दक्षिण भारतीय राज्य केरलाका प्राविधिकहरु निर्माण कार्यमा संलग्न छन् । उनीहरुले नै आगामी ६ महिनासम्म नेपाली प्राविधिकहरुलाई तामिल दिएर सञ्चालनको पूर्ण जिम्मा सुम्पिनेछन् । ‘६ महिनासम्म उनीहरुले नै सञ्चालन गरिदिन्छन्, त्यसको त्यस अवधीमा हाम्रा जनशक्तिले सिकेर आफैं सञ्चालन गर्नेछन् । हामी तालिम केन्द्र खोलेर जनशक्ति तयार पार्छाै’, खतिवडाले भने । डिजेल इञ्जिनको पानी जहाजमा २ वटा इञ्जिन रहनेछन् । ३ सिफ्ट चल्ने, ब्रेक फास्ट देखि डिनरसम्म कम्पनीले ३ वटा सिफ्टमा जहाज सञ्चालनको योजना बनाएको छ । पहिले सिफ्टमा ब्रेक फास्टसहितको प्याकेज हुनेछ । दोश्रो सिफ्टमा लञ्च र साँझ डिनरसहितको प्याकेज तयार भैरहेका छन् । ‘हामीले ब्रेक फस्ट देखि डिनरसम्मको प्याकेज तयार पारेका छौं, आफु अनुकुल उपयोग गर्न सकिन्छ’, खतिवडाले भने । २ जेट बोट थपिँदै कम्पनीले तत्कालै २ वटा जेट बोट थप्ने योजना बनाएको छ । ५० जना यात्रु अट्ने एउटा र अर्काे एक सय जना यात्रु बोक्ने गरि जेट बोट थप्ने तयारी गरिएको पनि उनले जानकारी दिए । काभ्रे घाटमा पोर्ट र रिसोर्ट चितवनकै काभ्रे घाटमा पानी जहाजका लागि पोर्ट निर्माण गरिएको छ । पोर्टसँगै १० करोड लगानीमा रिसोर्ट पनि बन्दैछ । पानी जहाजको सफरपछि रिसोर्टमा बसेर आनन्द लिन सकिने सुविधासहितको कम्प्लिट प्याकेज तयार हुने उनले बताए ।
सुन्दा अचम्म लाग्न सक्छ- नाचेर, गाएर, चित्र कोरेर वा नाटकीय अभिनय गरेर पनि चिकित्सा हुन्छ। तर अचम्म मान्नु पर्दैन। यस खालको चिकित्सा विधिलाई कला चिकित्सा भनिन्छ।
अहिले विविध उपकरणको प्रयोगबाट मात्र चिकित्सा हुन्छ भन्ने सोचाइलाई नै मूलधार बनाएर हामी अगाडि बढिरहेका छौं। तर कसैले पनि आफूभित्र रहेका विविध तरिका प्रयोग गरी उपचार गर्ने विधिहरुलाई महत्व दिएका छैनन्। यस्तै एक चिकित्सा विधि कला चिकित्साको बारेमा यहाँ चर्चा गरिन्छ।
नृत्य, गीत, संगीत, नाटक, लेखन, कलाकारिता आदि सम्पूर्ण कलालाई प्रयोग गरी बिरामीलाई आफ्नो समस्या व्यक्त गर्ने, भावना प्रस्तुत गर्ने चिकित्सा विधि नै कला चिकित्सा हो।
विश्वमा निकै चर्चित बन्दै गएको यस चिकित्सा विधिलाई अंग्रेजी भाषामा एक्सप्रेसिव आर्ट थेरापी भनिन्छ। यसको बारेमा नेपालमा कमै चर्चा र कार्य भएको पाइन्छ। आर्ट अथवा कलालाई कसरी रोगको उपचारमा प्रयोग गर्ने? के यो प्रभावकारी होला त? भन्ने प्रश्न छँदैछ।
यस थेरापीको बारेमा धेरै खोज नभए पनि प्रयोग चाहिँ पहिलेदेखि नै हुँदै¬ आएको तथ्य नकार्न मिल्दैन।
संगीतकार, कवि, रचनाकार, चित्रकारहरुले आफ्नो पीडा गीत, संगीत, चित्र, कविता, नाटक आदिमार्फत व्यक्त गर्दै आएका पनि छन्। महाकविको पागल कविता, लियोनाद्रो दा भिन्चीको मोनालिसा को चित्र, नारायाण गोपालका कर्णप्रिय गीतहरु पनि एक्स्प्रेस्सिव आर्ट थेरापीसँग सम्बन्धित छन्।
यस बाहेक आत्मकथा, जीवनी आदि पनि थेरापीकै भिन्न स्वरुप हुन्। जगदीश घिमिरेको आत्मवृत्तान्त पढेर म भावुक भएको छु। उनले आफू रोगको सिकार भएपछि अस्पतालको बेडमा बसेर लेखेको त्यो आत्मवृत्तान्त मदन पुरस्कार विजेता समेत भयो। उनी लेख्छन्, ‘मनको बह सबैलाई नकह होइन, यसको उल्टो मनको बह सबैलाई कह’ चरितार्थ हुन्छ।
यसको सुरुवात २०औं सताब्दीमा फ्रायड र जंगले केही बिरामीमा यसको प्रयोग गरेका थिए। जसमा बिरामीलाई चित्र बनाउन लगाएर आफ्नो भावना व्यक्त गर्न लगाइयो। तर यसको चिकित्सकीय प्रयोग भने जो वाल्देन आर्ट टिचरले आफ्ना विद्यार्थीमा गरिन्। १९६९ मा अमेरिकन आर्ट थेरापी एसोसिएसनको सुरुवात भयो। आर्ट टिचर एदिथ क्रमेरले १९७१ मा भने- चित्रकला आफैंमा एक उपचार हो।
हेर्दा सामान्य लाग्ने यस किसिमका कलात्मक कार्यहरु आजकाल पश्चिमा देशहरुमा विभिन्न रोगको चिकित्सा गर्नको लागि समेत प्रयोगमा छन्। जुन अवस्थामा हामी बोलेर व्यक्त गर्न असमर्थ हुन्छौं, त्यस्तो अवस्थामा पनि यो प्रभावकारी छ। यो चिकित्साले आफ्नो क्षमता वृद्धि गराउनुको साथसाथै रोगको पीडाबाट मुक्ति हुने बाटो देखाउँछ।
यो चिकित्सामा आफ्नो रोगलाई आफैंले जित्नको लागि आफूभित्रको कला प्रयोग गरिन्छ। भनिन्छ, जीवनमा केही पाउन केही गुमाउनुपर्छ। तर यसमा केही गुमाउनु पर्छ भने त्यो केवल आफ्नो रोग र रोगले उत्पन्न भएको मानसिक शोक।
बिरामी आफैंले आफ्नो रोगको बारेमा कथा, कविता, गीतवा चित्रको मध्यमबाट व्यक्त गर्ने हुनाले यसले प्रत्यक्ष रुपमा कार्य गर्छ। यसमा एउटा मात्र नभएर एकभन्दा बढी कलाको प्रयोग गर्न सकिन्छ। जस्तै: एउटा बिरामीलाई नृत्य र चित्र कोर्न पनि लगाउन सकिन्छ। त्यसकारण यो अहिले संसारभरि निक्कै रुचाइएको छ।
अमेरिकामा गरिएको एक खोज अनुसार रिस, तनाव, पश्चाताप, पिर इत्यादि जब चित्रको मध्यमबाट व्यक्त गरिन्छ। यति धेरै विशेषता हुँदाहुँदै पनि यससम्बन्धी खोज र कार्यहरु निक्कै कम भएका छन्, जसले गर्दा यो अझै ओझेलमै छ।
चित्रकलालाई लिएर गरिएका अरु खोजमा समेत यसले मानिसको व्यक्तित्वको बारेमा बुझ्न सकिने देखाएका छन्। उदाहरणको लागि कसैले रुखको चित्र कस्तो बनाउँछ। हरियो, पातले भरिपूर्ण मोटो रुखले सकारात्मक तथा जीवनप्रति आशावान र सक्रिया ऊर्जावान् व्यक्तित्व जनाउँछ भने त्यसको विपरीत कसैले नाङ्गो रुख, पातला हाँगाहरु बनाउँछ भने त्यसको अर्थ उदासिन, निस्क्रिय, निराशावादी व्यक्तित्व देखाउँछ।
१९७१ मा क्यान्सर रोगीमा यसको प्रयोग गरिएको थियो र प्रभाव आश्चर्यजनक पाइयो। जसमा रोगीको जीवनको गुनस्तर वृद्धि हुनुका साथै शारिरक तथा मानसिक तन्दुरुस्ती प्रदान गरेको पाइयो।
यसको प्रयोग सिपाहीहरुमा समेत गरिएको थियो। जसले उनीहरुमा युद्धको पीडा र डर बिर्साउनुका साथै सकारात्मकताको समेत विकास गरेको थियो।
नेपालमा समेत यसलाई महिला र बालबालिकामा मानव तस्करी, गरिबी, हत्या, हिंसा र रोगले निम्त्याएको मनोसामाजिक असर हटाउनको लागि प्रयोग गरिएको थियो। यसमा कलाका विभिन्न आयामको प्रयोग भएको थियो। जस्तै: नृत्य, चित्रकला, कथाबाचन, सडक नाटक, ध्यान, संगीत इत्यादि।
कला चिकित्साको मुख्य कार्य भनेको मष्तिस्कमा सन्तुलन ल्याउनु हो। कुनै पनि मानिसको भावनात्मक सम्बन्धमा आउने उतारढाव, गहिरो चोटपटक, मानसिक आघात आदिले मष्तिस्कको भावनात्मक केन्द्रलाई प्रभाव पार्छ। यो केन्द्रमा अत्यधिक असर पर्नाले शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढी हुँदा क्रोनिक इन्फ्लामेसनको स्थिति आउँछ। यसबाट नसर्ने रोग उत्पन्न हुनुको साथै भइसकेको अवस्थामा व्यवस्थापन गर्न गाह्रो पर्छ। कला चिकित्साले मष्तिस्कका भावनाहरुलाई व्यवस्थित गरी खुसी हुन सिकाउँछ। जसबाट मानसिक शान्ति उत्पन्न भई मनोदैहिक रोगको रोकथाम गर्न सकिन्छ।
रोग लागिसकेपछि उपचार गर्नेभन्दा रोग लाग्ने नदिने उपायका रुपमा यसलाई लिनुपर्छ।
मुख्यतया आर्ट थेरापीको प्रयोग सम्बेगात्मक रोगहरुमा, मनोरोग, क्यान्सर, एन्जाइटी, डिप्रेसन, बच्चाहरुमा हुने ढिलो विकास, आवश्यकताभन्दा बढी चञ्चलता, खाना नखाने, रिसाउने, एक्लोपना, दीर्घरोग, तनाव, मानसिक असुन्तलन इत्यादिमा भएको पाइन्छ। यो गर्न कलाकार नै हुनुपर्छ भन्ने हुँदैन, सामान्य मानिसलाई पनि गराउन सकिन्छ।
बिरामीलाई उसको रोगको बारेमा लेख्न वा चित्र कोर्न दिनुपर्छ। त्यसपछि त्यसको व्याखा गर्न लगाउनु पर्छ। उसले कस्तो रङको प्रयोग गर्छ त्यसको विश्लेषण गरी अवस्था थाहा पाइन्छ। उदारणको लागि कुनै बिरामीले कालो अथवा गाडा खैरो रङको प्रयोग गर्छ भने ऊ निराश छ भन्ने जनाउँछ।
यसरी भावनात्मक कारण पत्ता लगाई सोही अनुसार नै उपचारमा आवश्यक कलाका विधिहरुको प्रयोग गर्नुपर्छ।
यो चिकित्सालाई अरु अवस्थाहरुमा समेत प्रयोग गर्नुपर्छ। यसरी निकै कम श्रोत र साधन लाग्ने कला चिकित्सालाई चिकित्साका अरु विधाहरुसँग समन्वय गरी रोगको रोकथाम तथा उपचारमा प्रयोग गर्नु आजको आवश्यकता हो। यसका लागि सबैको सहकार्य आवश्यक छ।
दुनियाको सबैभन्दा लोकप्रिय सोसल मिडिया साइट फेसबुक तथा फोटो शेयरिङ एप इन्स्टाग्राम विहिबार विश्वका धेरै भागमा अवरुद्ध भए । अमेरिका तथा क्यानडाका अधिकांस भाग तथा युरोप र एसियाका विभिन्न देशहरुमा यी सोसल साइट डाउन भएको डाउन डिटेक्टर नामक वेबसाइटले जनाएको छ । फेसबुक तथा इन्स्टाग्रामका कैयन् प्रयोगकर्ताहरुले यी प्लाटफर्मका विभिन्न फिचरहरुले काम नगरेको गुनासो गरेका थिए ।
इन्स्टाग्राम अवरुद्ध भएको रिपोर्ट गर्नेमध्ये ७४ प्रतिशतले न्यूजफिडमा समस्या आएको बताए भने १४ प्रतिशतले स्टोरिज फिचरमा तथा १० प्रतिशतले वेबसाइटमा समस्याको सामना गर्नुपरेको गुनासो गरे । त्यस्तै कतिपयले कमेन्ट गर्न तथा स्टोरी पब्लिस गर्नमा समस्या भएको बताए । त्यस्तै फेसबुक डाउन भएको रिपोर्ट गर्नेमध्ये ६५ प्रतिशतले लगइनमा समस्या भएको बताएका थिए भने २२ प्रतिशतले फोटो नदेखिएको बताए । त्यस्तै ११ प्रतिशतले चाहीँ फेसबुक कत्तिपनि नचलेको गुनासो गरे । भएको के हो ? लाखौँ प्रयोगकर्ताले समस्या बेहोर्नुपरेको गुनासो गरिरहेपछि फेसबुक र इन्स्टाग्रामले स्पष्टिकरण दिएका थिए । फेसबुक लगइन गर्दा एउटा मेसेज देखिन्थ्यो । जसमा लेखिएको थियो, ‘फेसबुक आवश्यक मर्मतका लागि अहिले बन्द छ । केही मिनेटपछि नै तपाइँले फेसबुक पुनः चलाउन सक्नुहुनेछ ।’ त्यस्तै इन्स्टाग्रामले पनि एक ट्वीट गर्दै फेसबुक तथा इन्स्टाग्राम लगायतका फेसबुक परिवारका सोसल मिडिया एपहरुमा समस्या उत्पन्न भएको विषयमा आफू जानकार रहेको भन्दै समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको थियो । केही समय पश्चात् फेसबुक तथा इन्स्टाग्राम पूर्ववत् रुपमा सुचारु भएका थिए । फेसबुकले एक विज्ञप्ती मार्फत केही बेरका लागि प्रयोगकर्ताहरुले फेसबुक परिवारका एपहरु प्रयोगमा समस्या बेहोर्नुपरेको भएपनि अहिले समस्या समाधान भैसकेको र शत प्रतिशत पुनरागमन गरेको जनाएको छ । साथै फेसबुकले असुविधाका लागि माफी समेत मागेको छ । एजेन्सी
काठमाडौं । यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना अधिकांस मोटरसाइकल तथा स्कुटरहको मूल्य बढाएको छ ।
विभिन्न मोडलका १९ भेरियन्ट बिक्री गर्दै आएको कम्पनीले सबै बाइक तथा स्कुटरको मूल्य करिब पाँच हजारका दरले बढाएको हो ।
कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ लागेपछि एफजेडएस एफआई भी थ्री, एफजेड २५ डबल च्यानल एबीएस, मोटोजिपी डबल एबीएस, एमटी १५ र आर १५ भी थ्री मोटोजिपी गरि पाँच नयाँ बाइक नेपाल भित्र्याएको थियो ।
यी बाइकको नयाँ मूल्यसूची आएको हो भने अन्य बाइक तथा स्कुटरको मूल्य बढेको हो ।
हाल, सबैभन्दा सस्तो बाइकको रुपमा चिनिएको यामाहा सलुटो ड्रमको मूल्य बढेर २ लाख ३ हजार ९ सय पुगेको छ । कम्पनीले बिक्री गर्दै आएको रे–जेड, फेसिनो युबीएस, जेड आर स्ट्रिट, जेड आर डिस्क र स्ट्रिट र्याली स्कुटरको मूल्य पनि एकै पटक पाँच हजारले बढेको छ ।
कम्पनी स्रोतका अनुसार यामाहाले थप गरेका सुरक्षा फिचर सिबीएस वा यूबीएसका कारण १२५ सीसीसम्मका मोटरसाइकलमा ५ हजारसम्मले महंगो भएको जनाएको छ । साथै केही माेडलकाे भने मूल्य बढेकाे छैन ।
२०७६ मंसिर ५ प्रदेश नं. ५ कै दुर्गम जिल्लाको रुपमा परिचीत रुकुम (पूर्व)मा एक कार्यक्रम बिच १५ शैयाको जिल्ला अस्पतालको समुद्घाटन भएको छ । रुकुम जिल्लामा रहेको साविक जिल्ला अस्पताल जिल्ला टुक्रिए संगै रुकुम (पश्चिम ) मा पर्न जादा रुकुम (पूर्व) अस्पताल बिहिन हुन पुगेको थियो ।
प्रदेश नं.५ का माननीय मुख्यमन्त्री श्री शंकर पोख्रेलले पानसमा बत्ति बालेर र ब्यानर खोलेर जिल्ला अस्पताल रुकुम (पूर्व) को समुद्घाटन गर्नु भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जि.सी.को स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रममा माननीय मुख्यमन्त्री श्री शंकर पोख्रेल, पूर्वमन्त्री एबं संघिय सांसद श्री कमला रोका, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद कुमार गिरी र सिस्ने गाउँपालिकाका अध्यक्ष श्री कुमारी बरालले शुभकामना मन्तब्य दिनु भएको थियो ।
जिल्ला समन्वय समिति रुकुम(पूर्व) का अध्यक्ष श्री गजेन्द्र बहादुर वलीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद श्री सुजिता शाक्य, पूर्वमन्त्री एबं संघिय सांसद श्री कमला रोका, पूर्वमन्त्री श्री गणेशमान पुन, पूर्वमन्त्री श्री दलजित शेर्पाइली, प्रदेश सभा सदस्य श्री तेज बहादुर वली, पूर्व सांसद श्री जुन कुमारी रोका लगायत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अस्पतालका जनस्वास्थ्य निरीक्षक श्री डिल्ली के.सी. ले गर्नु भएको थियो ।