• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

विश्वासघात विषयक २५ जना टुक्काकारहरूका उत्कृष्ट टुक्काहरू

  • ८ श्रावण २०७८, शुक्रबार १३:०३ मा प्रकाशित
  • @१**))
    १.
    चोखो मायालाई बिश्वासघात गरेर,
    पराई भयौं सिउँदोमा सिन्दूर भरेर।
    २ .
    गर्दिन भन्थ्यौं मायामा विश्वासघात,
    आज फेरि  कहाँ गयौं  त रातारात।
    🙏जगत थापा, बझाङ्ग

    @२**))
    १.
    काटेको छु दिन मैले आँशु पिएर,
    गयौ तिमी हे निष्ठुरी धोका दिएर।
    २.
    सँगै जिउने सँगै मर्ने भन्थ्यौ हुँदा साथमा,
    आज एक्लै तड्पेको छु तिम्रो बिश्वास घातमा।
    🙏-पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @३**))
    १.
    मलाई छोडी पराई रोजेर तिमीले के पायौ?
    गाँऊको झुपडी छाडी शहरको महल धायौ।
    २.
    माँयामा बिस्वास गरेँ गयौ नि धोका दिएर,
    बित्छ  मेरो  रातहरु भट्टी  गई  पिएर ।
    🙏कल्पना थामी, सिन्धुपाल्चोक

    @४**))
    आज भोलि माया मा विश्वासघात गर्ने धेरै हुन्छ,
    पछुताउँदै पुर्पुरामा हात लगाएर याँ रुन्छ।

    लिनदीन याँ माया प्रेम विश्वासघात गर्ने भेटिन्छ,
    त्यस्ता कैयौं पाखण्डी हरु हेर हैं जरैबाट रेटिन्छ।
    🙏कमला पाण्डे पराजुली, झापा

    @५**))
    १.
    पुञ्जी प्रधान समाजमा माया खास हुँदैन,
    पैसा नभैकन मायाले कसैको मन छुँदैन।
    २
    माया गर्नैछ भने मातृत्वलाई गर,
    चोखो संसारभरि त्यहीँ पर्छन भर।
    🙏सुरेशकुमार पान्डे, दाङ

    @६**))
    १•
    जता हेर्यो त्यतै बिश्वासघात मात्र,
    को हो सच्चा को हो छदमभेषी पात्र?
    २•
    तलदेखि माथिसम्म घोकै धोका,
    डाला फटालेर के बन्थ्यो र डोका।
    🙏घनश्याम पौडेल,
    सृजना चोक, पोखरा

    @७**))
    १
    मान्दिन भन्दथ्यौ जातपात ,
    फेरि मै माथि बिश्वासघात ।
    २
    मेरो प्रेमलाई बिश्वासघात गर्यौ,
    अर्कैको सिउँदोमा पो सिन्दुर भर्यौ ।
    🙏भगवती दवाडी, झापा

    @८**))
    १.
    जसलाई मन देखि चाएको थिएँ,
    मेरो मन मुटु राजिनाम मा दिएँ।
    २.
    आखिरी किन बिश्वासघात गर्यौं,
    मलाई छोडेर तिमी अन्तै सर्यौं।
    🙏शाेभा अर्याल
    बुटवल १४ रूपन्देही

    @९*”))
    १
    व्रत पनि बसिएन मन्दिर गइएन,
    पवित्र छ,मन भक्त भइयो भइएन?
    २
    देवालयछेउ पुगे झुक्छ आफैँ शिर ,
    मानिसका दुखभित्र भेट्छु आफ्नै पिर।
    🙏धनु शर्मा, पाेखरा

    @१०**))
    १.
    अर्थहिन भई जिउनु न मर्नुको ,
    सिमा हुन्छ नि विश्वासघात गर्नुको।
    २.
    रुदै हिड्ने बनायौँ बाटोमा ,
    घृणा पाएँ मायाको साटोमा ।
    🙏ललिता अभागी
    सिन्धुली ।

    @११**))
    १.
    तिम्रै लागि मर्छु भन्ने गर्थो कुरा
    त्यहीँ मान्छेले मुटुमा हान्यो छुरा ।
    २.
    कसैलाई काखा कसैलाई पाखा गर्ने पक्षपाती
    आफ्नै देश बेचेर खाने ती दलाल हुन् राष्ट्रघाती ।
    🙏 रिजाल विनोद, माेरङ्ग

    @१२**))
    १.
    पत्थर मा खोजे  तेस्मा आत्मा भेट्छु
    तपाईं को जिज्ञासा सकेसम्म मेट्छु
    २.
    श्रीङारले सम्पती धेरै  बढाउछ
    मन सफा गरे सबैले सजाउछ
    🙏रघु न्यौपाने

    @१३**))
    १.
    भोलि  देशमा के हुन्छ केही थाहा छैन
    खराबी ठिक गर्न कसैको जन्मे भैन?
    २.
    आ भने आउने  जा भने जाने
    यै चालले खाडी मुलुक छाने।
    🙏इश्वरी अधिकारी, लमजुङ्ग

    @१४**))
    १.
    बचन बद्धता बिरूद्ध चल्छ विश्वासघाती,
    चाहिन्छ यिनलाई नै धेरै प्रंशसाका पाती।
    २)/.
    धोकेबाज र विश्वासघाती छन यत्र-तत्र,
    यिनकै कारण  इमान्दार हुन्छ अलपत्र।
    🙏अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    @१५**))
    १.
    जति जोगि आए पनि कानै चिरेको
    उता छोडी मलाइ हेर्न मन फेरेको
    २.
    पहिला बोलिले लठै पार्ने
    अर्को छोडी आफुमा सार्ने
    🙏साधना पौडेल, ओखलढुंगा

    @१६**))
    १.
    बिश्वासले मैले तिमीसँग प्रेमगरे लौ तिमी त घातक रहेछौ ,
    लुकिलुकी अर्कोतिर नपत्याउने गरि आफ्नो मनदिन गएछौ।
    २.
    तिमी सँग प्रेमगरेको बेकारभयो  मलाई,
    बिश्वासको मनको बह भनुअब कसलाई।
    🙏बेदु न्यौपाने, काठमाडाैं

    @१७**
    १.
    तिमीलाई हात दिनु अनि साथ दिनु ठुलो भूल भयो,
    सबै लुट्यौ जिन्दगीमा निरन्तर अश्रुधारा मूल बह्यो ।
    २.
    खाली एउटा बिन्तीमात्र विश्वासमाथि खेल्न छोड,
    निर्दोष सुन्दर बस्तीबाट अन्यत्रै पाइला मोड ।
    🙏 वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    @१७**))
    १.
    अर्कालाई भन पाए भनेर प्याच नबोल
    आफ्नै इजत जाला है पैलाका कुरा नखोल
    🙏प्रेम सुनार, दैलेख

    @१९**)
    १.
    पौरख नगरी त बाँच्न पाइन्न
    बसेर शक्ति पनि साँच्न  चाहिन्न ।
    🙏दुर्गा भट्टराई, झापा

    @२०**))
    १.
    सबै मिलि बिबाद मिलाउनु पर्छ,
    नत्र त यो हाम्रो टुक्का साहित्य मर्छ।
    २.
    टुक्का पुञ्जमा रस,रंग भरौँ,
    अनावश्यक होहल्ला नगरौँ।
    🙏महेश तामाङ, नुवाकाेट

    @२१**))
    १.
    दुनियॅा स्वार्थी छ र विश्वासघात गर्छ,
    थाकेपछि  आई  तिम्रै  चरणमा  पर्छ ।
    २.
    बधाई छ तिम्रो त्यो विश्वासघातलाई मायामा
    जति बुझे पनि पार्यौ मेरो प्रेमलाई छायामा ।
    🙏राजेश राज गडतौला
    रतुवामाई-१०, मोरंग ,हाल- प्रवास

    @२२**))
    १.
    बुझेर नै सिकौँ नबुझेर सोधौँ
    मनको कसिङ्गर कहाँ छ खोजौं ।
    २.
    सिकौ सिकाऔ मनै खोलेर
    पिएर हुन्न रसै घोलेर ।
    🙏माधव प्रसाद पोखरेल गोज्याङ्ग्रे उदयपुर

    @२३**))
    १.
    यही मुटुमा बजारी कडा लात ,,
    बैगुनीले  गर्दियाे  विश्वासघात ।
    २.
    दिन्छु भन्थ्याे जुनीभर मेरै साथ,,
    स्वार्थ लुटी थमायाे विश्वासघात ।
    🙏शर्मिला कार्की  “सरु”
    पैयुँ -२ , पर्वत

    @२४**))
    १.
    मान्दिन म  तिम्रा कुरा मान्य छैन सर्त ,
    साउनको साेमबार  बस्ने  गर्छु बर्त ।
    २.
    मुखले त राम राम गर्छाैं  मीठा कुरा,
    थाहा हुन्न कति वेला धस्ने गर्छाैं छुरा ।
    🙏केशव ढकाल

    @२५**))
    १.
    मेरा टुक्काहरु मिले मिलेनन् सुन्न पाए हुन्थ्याे
    सहि छन् भनिदिए मन ढुक्क मुटु छुन्थ्याे ।
    🙏लक्ष्मी घिमिरे दहाल
    *************************

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विश्वासघात विषयक २५ जना टुक्काकारहरूका उत्कृष्ट टुक्काहरू

    आखिर यो किसिमको शोषण कहिले सम्म ?

  • ४ श्रावण २०७८, सोमबार २३:११ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद, साउदी अरब | ग्रेगोरियन नयाँ वर्ष २०२० सुरू हुनै लाग्दा देखा परेको कोरोना महामारीले विश्वको हरेक क्षेत्र र व्यक्ति विशेषलाई प्रभाव पारेको छ। त्यस मध्येमा वैदेशिक रोजगार पनि एक हो। देशको अर्थतन्त्रमा २८ प्रतिशत रेमिटेन्स् मार्फत टेवा पुर्याउने वैदेशिक रोजगार त्यसै माथी रेमिट्यान्सको ५० प्रतिशत रेमिट्यान्स  खाडी मुलुकको रहेको छ।तर यति ठुलो योगदान पुर्याईरहेको खाडी मुलुकमा पसिना बगाई रहेको नेपाली श्रमिक युवाहरू नै सरकारको प्राथमिकतामा नपर्नु दुखद रहेको छ। 

    कोरोना महामारीको दोस्रो लहरले नेपालमा उग्ररूप लिए संगै नेपाल सरकारले सबै अन्तर्राष्ट्रीय हवाई उडानहरूमा गत ६ मेई देखी १४ मेई २०२१ सम्म रोक लगाईयो भने पुनः त्यसैलाई निरन्तरता दिँदै ३१ मेई २०२१ सम्म लम्ब्याउने सुचना प्रकाशित गरियो र  १ जुन २०२१ बाट लागु हुने गरी भारत, कतार र टर्की हुँदै नेपाल फर्कीनको लागी मापदण्ड तोकी उडान अनुमति दियो तर खाडीको अन्य मुलुकलाई प्रतिबन्ध कायम राखियो।
    खाडी मुलुक मध्ये साउदीका लागी नेपाली कुटनितिक नियोगको पहलमा विश्वको कयौँ मुलुक लगायत दक्षिण एशियाका राष्ट्रहरूलाई आगमनमा साउदी सरकारले प्रतिबन्द लगाउँदा पनि नेपालको लागी आवागमनमा रोक लगाएन। तर पछिल्लो समयमा कोरोना महामारीको दोस्रो लहरको प्रकोपले नेपालमा  उग्ररूप लिए संगै नेपाल सरकारले  अन्तर्राष्ट्रिय हवाई यातायातमा रोक लगाउँदै गर्दा  साउदी अरबमा कार्रत नेपाली श्रमिक वर्ग प्रभावित भएको थियो/छ।

    एकातिर सरकारले उडान अनुमति दिएको थिएन भने अर्को तिर नेपाल-साउदी बिचको हवाई उडान जारी थियो/छ। यस बिचमा चार्टर्ड उडान र संस्थागत क्वारेन्टिनको हवाला दिँदै हवाई टिकटमा चरम अनियमितता भएको प्रमाणहरू बाहिरिएको छ। सामान्य अवस्थामा २०-३० हजारमा उपलब्ध रहेको एकतर्फी एयर टिकटको मुल्य अहिले १ लाख ८० हजार देखी २ लाख १५ हजार सम्ममा बिक्री भई रहेको छ। 
    पछिल्लो समयमा नेपाल सरकारले १ जुलाई २०२१ बाट लागु हुने गरी नियमित तथा व्यबसायिक उडानको अनुमति दिएको छ यद्यपी हवाई भाडा दरमा भने खासै अन्तर आएको छैन। एका तिर चर्को हवाई भाडा अर्को तिर मान्यता प्राप्त कम्पनिको कोरोना विरूद्धको खोप नलगाएका हरूलाई अनिवार्य संस्थागत क्वारेन्टिनको व्यवस्थाले गर्दा खाडी मुलुकहरू मध्ये साउदी अरब बाट छुट्टीमा नेपाल गएका नेपाली श्रमिकहरू प्रभावित भएका छन्। 

    साउदीको एक प्रतिष्ठित कम्पनीमा कार्यरत एक श्रमिक विनोद राय भर्खरै नेपाल बाट  फर्किएका छन्। आवातजावातको दुई तर्फी एयर टिकटको बावजुत रू. एक लाख ट्राभल एजेन्सीलाई बुझाएर उनी साउदी फर्किएका हुन्। उनले भने “दूतावासले सुचना जारी गरेर भन्छ संस्थागत क्वारेन्टिनको खर्च कम्पनिले व्यहोर्छ, कम्पनी भन्छ क्वरेन्टिनको व्यवस्था हामी आफैं व्यस्थित गराउछौँ अन्य क्वारेन्टिनको खर्च व्यक्ति स्वयंको हो। अब म के गरौँ ? चाहे सरकार होस या कम्पनी चपेटामा पर्ने त हामी कामदार नै हो।”

    करिब ६ वर्ष साउदीको बसासाई पश्चात छुट्टीमा नेपाल गएका कुमार थापाले पनि साउदी फर्किने टिकट हुँदाहुँदै  क्वारेन्टिन् वापतको रू. ९८  हजार ट्राभल एजेन्सीलाई बुझाई उडान पर्खी रहेका छन्। उनी भन्छन् पैसा नतिरौँ फर्किन पाईन्न, नफर्कौँ त कम्पनी संग वर्षौँको हिसाब लिन बाँकी छ। अर्को तिर नेपालमा केही गरौँ त विभिन्न समस्याहरू आँखै सामु छन्।

    विभिन्न देशहरूले वैदेशिक रोजगारीका लागी खोपहरूको व्यवस्था मिलाएका छन् भने त्यस सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण भएको देखिँदैन। यति बेला २५-३० हजारको टिकट मुल्य रहेको  विशेषत: खाडी मुलुकमा फर्किँदै गरेको नेपाली श्रमिक युवाहरूले टिकट मुल्य सहित १ लाख ८० हजार देखी २ लाख ५० हजार सम्म तिरेर कर्म भूमीमा फर्किरहेका छन्। सस्तो चरम अनियमितता हुँदा पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र सामाजिक संघ संस्थाहरू मौन रहेको देखिन्छ। आखिर यो किसिमको शोषण कहिले सम्म ?

    Posted in ताजा अपडेटLeave a Comment on आखिर यो किसिमको शोषण कहिले सम्म ?

    डा.ओमप्रकाश कुशवाहा द्वारा नागों रहेको र भोकले छटपटाई रहेको लाई उद्धार

  • २ श्रावण २०७८, शनिबार २३:५८ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज

    भँनिन्छ नि भगवानको अर्को रूप डाक्टर हुन,त्यस्तै डा.ओमप्रकाश कुशवाहाले भगवान बनेर आए।

    डा.ओमप्रकाश कुशवाहाले मानसिक संतुलन ठीक नभएको एक जना ब्यक्तिलाई उद्धार गर्नु भएको छन।

    डा. कुशवाहाले रातिको लगभग ११:३० बजे ट्यूटी स्कॉएर होस्पिटलबाट घर आउने समयमा बाराको प्रसौनी गाउपालिका भलुहि चौकमा पुरै शरीरमा लुगा(कपड़ा) नरहेको र भोकले छटपटाई रहेको मानसिक सन्तुल ठीक नभएको एक जना अशक्त ब्यक्तिलाई उद्धार गर्नु भएको छन।

    त्यों मान्छेलाई हेरेर हतार हतारमा घर गई केहि कपड़ा(लुगा) र खानेकुरा ल्याई लुगा लगाई र खाने कुरा खियाएर डा.कुशवाहाले उद्धार गरेका छन।

    डा कुशवाहाले जनताको लागि आएको खधान र अरु राहत सामग्री जनतालाई नदिएको र हेरचार नगरेको कड़ा प्रहार नगर प्रमुखलाई गरेका छन।

    डा. कुशवाहाले आफ्नो फेसबुकमा लेखनु भएको कुरा जस्ताको जस्तै!!

    कुकर्मले कती पैसा कमछौ। छातीमा लियेर जन्नौ होला। यसो यिनलाई पनी हेर । तपाईलाई नगर प्रमुख भयेर लाज लागेन। माफी पाऊं भ्रष्टचारबाट फुरसद भयेन होला। भोला सर हेर्नुस यो तपाइको चोकमा एकजाना तपाईले सरकारसंग उसाइको लगी लियेको राहत को आझै प्रतीक्षा मा छ कयौ बर्स देखी।।।भ्रष्टचारबाट टाईम पायो भने यिनलाई उद्धार गर्दिनु होला। धन्यवाद। @११:३०pm

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on डा.ओमप्रकाश कुशवाहा द्वारा नागों रहेको र भोकले छटपटाई रहेको लाई उद्धार

    ‘गुरुकुललाई राज्यले हेर्नुपर्दछ’ डा. रामचन्द्र अधिकारी, अध्यक्ष, विश्व हिन्दु महासंघ

  • २ श्रावण २०७८, शनिबार २०:५४ मा प्रकाशित
  • विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले गुरुकुललाई राज्यले हेर्नुपर्ने बताएका छन् ।

    घाेराही उप महानगर पालिकाको चौघेरामा अवस्थित प्राचीन मठ गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा संचालनमा रहेकाे गाेरखनाथ वैदिक गुरुकुलद्वारा संचालित जुम भर्चुअल कार्यक्रम ‘गोरक्ष चिन्तन’ मा उक्त कुरा बताएका हुन ।

    विशेष गरेर मठ मन्दिरकाे प्रचार प्रसार ,गुरुकुलीय गतिविधिलाई विश्वसामु परिचित गराउने र सबैको ध्यान गुरुकुल प्रति आकर्षण गराउने, उद्देश्यले संचालित कार्यक्रमको आठौं शृङ्खलाको प्रमुख वक्ताको रुपमा अध्यक्ष डा रामचन्द्र अधिकारीले गुरुकुलीय शिक्षाकाे अभावलेनै विभिन्न प्रकारका विकृति र विसंगतिकाे चपेटामा हाम्राे देश परेको बताए ।

    आज हिन्दूकाे वाहुल्यता रहेकोे नेपालमा गुरुकुल चलाउन अप्ठेराे स्थिति रहेकोे, राज्य माैन बसेर हेरेको आरोप लगाए । साथै अबकाे युग भनेकाे भाैतिक विज्ञान र आध्यात्मिक ज्ञान दुवैलाई जाेडेर लग्न सक्नु पर्ने बताए ।

    उक्त कार्यक्रममा गुरुकुलका शुभचिन्तक अभिभावक महेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक माधव गाैतमले राष्ट्र गुरु नरहरिनाथले साधना गरेकाे चाैघेरा मठमा गुरुकुल चल्नु सबैकालागि खुसि र गाैरवकाे कुरा रहेकाे
    बताए ।

    साथै विश्व हिन्दू महासंघका पदाधिकारी वरिष्ठ उपाध्यक्ष शंकर खरालले गाेरखनाथ गुरुकुलले सबैकाे मन जित्न सफल भएकाे र सबैलाई एउटा मालामा उन्ने प्रयास गरेको बताए ।

    डेढ घण्टा लामो चलेको उक्त कार्यक्रमका अन्य वक्ताहरुमा महासंघका उपाध्यक्ष प्रविण घिमिरे, गणेश न्याैपाने, पूर्व डिआईजी श्याम नेपाल, खगेन्द्र अवस्थि लगायतले गुरुकुलकाे याे कार्यले सबैमा राम्राे सन्देश पुगेकाे बताए ।

    अन्तर्राष्ट्रिय वक्ता गुरुकुलका प्रमुख सल्लाहकार डा चिन्तामणि याेगीज्यूले गुरुकुलले सबैलाई जाेड्ने काम गरेकाे बताए ।

    गुरुकुलका अध्यक्ष एवम् गाेरक्ष चिन्तनका संचालक प्रकाश भट्टराईले याे एउटा मठकाे मात्रै चिन्तन नभई राष्ट्र कै चिन्तन भएकाले अब पूर्व र मध्यका गुरुकुल र मठलाई जाेडेर लैजाने साेच रहेकाे बताए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, विचार, समाजLeave a Comment on ‘गुरुकुललाई राज्यले हेर्नुपर्दछ’ डा. रामचन्द्र अधिकारी, अध्यक्ष, विश्व हिन्दु महासंघ

    १४ जना टुक्काकारका श्रावण विशेष उत्कृष्ट टुक्काहरू

  • २ श्रावण २०७८, शनिबार १४:३८ मा प्रकाशित
  • १**
    १.//
    पार्वतीको  लागि ब्रत बस्छु,
    शिवजी तिम्रो चन्दन घस्छु।
    २.//
    हरियो चुरा मेहेदी लाएँ मन रङ्गियो,
    प्रकृति नजिक रहेछ र आयु लम्बियो ।
    ३.//
    साउनमा खोला बढेर आउँछन्,
    शिबजी यही हेर्न पृथ्वी धाउँछन् ।
    ४.//
    राम्रा दिनहरू अब चैँ आउन,
    धोएर लानु रोग सब साउन ।

    ✍️
    ☘️☘️पुष्पासायरा, बिराटनगर ।☘️☘️

    २**
    १.//
    लगाएँ आज तिम्रै नाममा यो हरियो चुरा,
    धेरै दिनको मेरो चाहना आज भयो पुरा।
    २.//
    तिम्रै नाम  लेखेर  हातमा  मेहदी भरेँ,
    टुक्का अनि कविता लेखेर म बेसी झरेँ ।
    ३.//
    दिनमा रोपाइँ गरी लुतो साँझमा फाल्नु,
    खानुपर्छ सुप  सबैले  गेडागुडी गाल्नु।
    ४.//
    सबैजना कराई आज लुतो भागेछ,
    अस्ति हिलो खेली चिसो मलाई लागेछ ।

    ✍️
    ☘️☘️कल्पना थामी, सिन्धुपाल्चोक☘️☘️

    ३**
    १.//
    साउन एकमा बर्सियाे पानी ,
    धान राेप्ने  हतारमा किसानी ।
    २.//
    कँडेल देवता पुजेर अाजै,
    लुताे पिलाे फाल्नु छ काम काजै ।
    ३.//
    छाअाेस् मनमा सुख र शान्ति,
    सुखद रहाेस्  साउने सङ्क्रान्ति ।
    ४.//
    उत्तरायण हुदैछन् रवि ,
    कैलै काेही नहुनु मत्लवी ।।

    ✍️
    ☘️☘️शर्मिला कार्की  “सरु”☘️☘️
    ☘️पैयुँ – २, पर्वत☘️

    ४**
    १.//
    कर्कट रेखा  जाँदैछन् सूर्य ,
    सुखशान्ति फैलियाेस् माधुर्य ।
    २.//
    हटाेस्  राेगकाे  लुताे र पिलाे,
    कसैकाे मन नहोस् अमिलाे ।
    ३.//
    अनाज राेपी किसानी  गरेर,
    खान पाइयाेस् भकारी भरेर ।
    ४.//
    उच्च बनाेस् सबैकाे भावना ,
    सङ्क्रान्तिकाे छ शुभकामना ।

    ✍️
    ☘️☘️थापा रुद्र , भानु – ११, तनहुँ☘️☘️

    ५**☘️☘️☘️☘️
    १.//
    साउन को महिनामा खुसियाली छाऊ,
    हरियो चुरा पोतेले जिन्दगी सजाऊ ।
    २.//
    जताततै छ त हरियाली छाएको,
    बर्सको एक महिना चुरा आएको ।
    ३.//
    हरिया चुरा लगाएर रमाउनुस्,
    शिवजी  नया गित लिएर आउनुस्।
    ४.//
    साउनमा जताततै हरियाली छाएको,
    मन भित्र पिडा नै पिडाले दर्द खाएको ।

    ✍️
    ☘️☘️नवीन जोशी, प्रदेस ७ कैलाली☘️☘️

    ६**☘️☘️☘️☘️
    १.//
    दक्षिणायनमा सूर्य बस्ने आजैबाट बुझौ साथी,
    कर्कट रासी भोग गर्ने पालो आएछ अब माथि ।
    २.//
    आयो साउन घुमिफिरी कर्कट रासी साथमा,
    आजै फालौ लुतो सबै स्वच्छता होस् हाम्रो गाथमा ।
    ३.//
    कण्डारक राक्षसलाई हिर्काउनु अस्त्र शस्त्रले,
    लखेट्नुछ सबै मिली नाङ्लो ठटाई  तन्त्र मन्त्रले ।
    ४.//
    हिलो मैलो भयो शरीरमा खेती-पाती लगाउँदा,
    स्नानादी गरी  बस्नु राम्रो फोहर सबै  भगाउँदा ।

    ✍️
    ☘️☘️माधव पोखरेल गोज्याङ्ग्रे ☘️☘️
    ☘️☘️उदयपुर गाईघाट हाल ताप्लेजुङ☘️
    ☘️

    ७**
    १.//
    मनको पीडा लुताे र पीलाे फालेर अशान्ति ,
    हर्ष र खुसी  साटेर मानाै साउने  सङ्क्रान्ति ।
    २.//
    साेमबारे व्रत  बसी  नारी शिवलाई पुज्दछन् ,
    साैभाग्य दिने महिना  साउन भनेर बुझ्दछन् ।
    ३.//
    हिन्दु  पर्वकाे फलामे  ढाेका साउने संक्रान्ति बुझिन्छ ,
    छालाजन्य राेग  हटाउन भनी कण्डारक पूजिन्छ ।
    ४.//
    चर्मराेग फाल्न  कुरिलाे  पाेलियाे ,
    लुताे पिलाे लैजा भनेर बाेलियाे ।

    ✍️
    ☘️☘️केशव ढकाल, गाेरखा ☘️☘️

    ८**
    १//
    मायालु यता हेर न सुन मेरो कुरा,
    ल्याइ देऊ न मेरो लागि हरियो चुरा ।
    २//
    बिहानै पशुपति दर्शन गर्न जाऊँ,
    तिमीलाई जन्म जन्म मेरै भन्न पाऊँ।
    ३//
    राख्नुहुन्न है ठूलो भुँडी कुरा पचाएर,
    छट्पटाएँ भोलेबाबा दर्शन नपाएर।
    ४//
    आज श्रावण सङ्क्रान्ति याद आयो मायाँ,
    बस्छौ टाढा बुझन देख्नै पाइन छाँया ।

    ✍️
    ☘️☘️पौडेल विमुन्स ☘️☘️
    ☘️☘️ पोखरा☘️☘️

    ९**
    1.//
    साउने संक्रान्तिले नयाँ जोश उमङ्ग ल्याओस्,
    जतिसक्दो यो महामारी हामीबाट  भगाओस् ।
    2.//
    लुतो फाल्थ्यौं है पहिले साउने संक्रान्ति मनाई ,
    अचेलका नानीहरुलाई चिलाई न कनाई ।
    ३.//
    साउन लाग्यो जल चढ़ाउँ शिव- शम्भूलाई ,
    नबिर्सौं स्वेत पुष्प दूधको परिकार खाई  ।
    ४.//
    डङ्डङ् राती संक्रान्ति भन्दै कति रमाईलो गर्थ्यौँ ,
    थाल, टिन ठटाई हुलबाँधी गाउँ गाउँ जान्थ्यौँ  ।

    ✍️
    ☘️☘️राजेन्द्र प्रधान पाशा, दार्जिलिङ्ग ☘️☘️

    १०**
    १.//
    नयाँ  हरिया कपडा ,पोते ,चुरा ,
    सबैको सपना कहाँ हुन्छ पूरा ।
    २.//
    बिहे गरेकी सप्तरङ्गी लाउँछे नारी,
    बसेर अाँसु झार्छे सङ्गी छितिज पारी।
    ३.//
    अामा रुन्छिन् होलिन् छोरी अाज अाइन ,
    यो वर्ष पनि  हातको खान पाइन ।
    ४.//

    ✍️
    ☘️☘️कान्छी बिनिता विश्वकर्मा ☘️☘️
    ☘️बाजुरा☘️

    ११**
    १.//
    आहा ! कति सुहाएको हातमा हरिया चुरा,
    बिछट्टै पो सुन्दर भाकी रुपको झन् के कुरा ।
    २.//
    हरियो रङ्गको लुगाफाटो  हरियो रङ्गकै पोते,
    नलागोस् है खराब नजर लौन भगवान ओते ।
    ३.//
    सोमबारे व्रत लिन्छिन् गर्दै चोखोनिती,
    मान्नुपर्छ धर्मकर्म भन्छिन्  रितिथिती ।
    ४.//
    भन्छन् प्यारी आज होरे लुतो फाल्ने दिन,
    संस्कार हो मान्नुपर्छ नसोधे है किन ?

    ✍️
    ☘️☘️वसन्त अनुभव ☘️☘️
    ☘️घोराही उपमहानगरपालिका १४, दाङ☘️

    १२**
    १.//
    साउन महिना न गर्मी न जाडो छ रमाइलो,
    वर्षामा पानीले शीतल, घाम लाग्दा घमाइलो ।
    २.//
    प्रियतमको नाम लेखेकी थिएँ सावनमा, मेहदीले हत्केलामा,
    छमछमी नाचेकीथेँ रमाई, लगाई हरिया चुरा र रातो जामा ।
    ३.//
    मेहदी लगाई हत्केलामा, सजाएर नाडीभरि चुरा रातो, पहेँलो, हरियो,
    सँगिनीहरूसँग गफिँदै, रमाउँदै साउनमा आहा ! खुशीले मन भरियो ।

    ✍️
    ☘️☘️रचना शर्मा प्रतीक्षा ☘️☘️
    ☘️ललितपुर, इमाडोल
    ।☘️

    १३**
    १.//
    साउँन नलाग्दै लाग्यो देशभरी झरि,
    बाढी पहिरोले गर्दै आयो मन परी।
    २.//
    अब त साउन, पर्ला झनै ठुलो झरी,
    गरिब लाई चिन्ताले खायो सधैँभरी।
    ३.//
    भल आयो बगायो कयौँ घरहरू,
    पिडित रुन्छन् मन रुन्छ कसो गरूँ।
    ४.//
    यो टुक्काकार भयो रमाइलो घर,
    कसैलाई कसैको छैन कत्ति कर।

    ✍️
    ☘️☘️सुरेशकुमार पान्डे, दाङ ☘️☘️

    १४**
    १
    शिवजिको ब्रत बस्न साउन महिना राम्रो,
    हरियाली जताततै सुन्दर संसार हाम्रो।
    २
    नारीको सज्जा हरियो रातो पहेँलो चुरा,
    हत्केलामा नाम लेख्दै गर्छौँ रहर पूरा।
    ३
    बाबाको भनाइ ताजै छ बाँचियो भनेर खुशी  मनाउने
    नाङ्लो ठटाएर लुतो पिलो लैजाओ भन्दै राको जलाउने।

    ✍️
    ☘️☘️इश्वरी अधिकारी, लमजुङ्ग ☘️☘️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on १४ जना टुक्काकारका श्रावण विशेष उत्कृष्ट टुक्काहरू

    टुक्काकार वसन्त अनुभवका ‘विश्व युवा दक्षता दिवस’ विषयक दमदार टुक्काहरू

  • १ श्रावण २०७८, शुक्रबार २१:३६ मा प्रकाशित
  • टुक्काकार वसन्त अनुभव

    पढिलेखी के काम भन्छन् तल्नाघरे बाले,
    राम्रो काम पाएका खोइ पढेलेखेकाले ।
    १

    पाइन्न यहाँ काम भन्दै विदेश भिसा हाले,
    बेरोजगार युवा जति विदेश जान थाले ।
    २

    सरकारी नोकरी पाउन भयो साह्रै नै गाह्रो,
    प्राइभेटको काममा तलब कम अति साह्रो ।
    ३

    सैद्धान्तिक मात्र भयो औपचारिक शिक्षा,
    समयानुकूल बनेन् खै भयो खाली भिक्षा ।
    ४

    गरेपनि डिग्री आखिर काम बालुवा चाल्ने,
    खाडीमा दु:ख गर्दै रहेछ परिवार पाल्ने ।
    ५

    व्यावहारिक शिक्षा बनाऔं युवा दक्ष बनाउने,
    रोजगार सृजना गरि युवा स्वेदेश बसाउने ।
    ६

    युवा नै कर्णधार हुन् देशका मजबुत खम्बा,
    दक्ष सबल पार्न सके पाउछ देशले अम्बा ।
    ७

    दक्ष भै विदेश गए मिल्छ राम्रो काम,
    ईज्जत् सँगै आकर्षक मिल्ने गर्छ दाम ।
    ८

    आफू दक्ष बनौं पहिले पाइन्छ रोजगार,
    अनि मात्र आफूसँगै स्वेदेश लाग्नेछ पार ।
    ९

    जागरुक भइ युवा अब चाडै उठ्नुपर्छ,
    उचित मार्ग पहिल्याउन् एकठाम् जुट्नुपर्छ ।
    १०

    दक्ष बनुन् रोजगार मिलोस् सफल होस् युवा चाहना,
    विश्व युवा दक्षता दिवसको हार्दिक शुभकामना !
    ११

    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका – १४, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार वसन्त अनुभवका ‘विश्व युवा दक्षता दिवस’ विषयक दमदार टुक्काहरू

    विश्व युवा दक्षता दिवस विषयक १० टुक्काकारहरूका उत्कृष्ट टुक्काहरू

  • १ श्रावण २०७८, शुक्रबार २१:०३ मा प्रकाशित
  • टुक्काकारहरु

    १//
    १
    देश आक्रान्त छ दु:खले युवा अगाडी बढ,
    गर्नु छ विकास यहॅा सबै राम्रोसॅग पढ ।

    २
    कमजोर नठान युवा आफूलाई कहिल्यै,
    तिमीले चाहे जे पनि त सम्भव छ अहिल्यै ।

    ३
    पाखुरा चलाऊ युवा त्यसमा छ असाध्यै दम,
    तिमी नै खम्बा देशका नठान आफूलाई कम ।

    ४
    कलम चलाऊ अनि देशको कथा लेख,
    युवा तिमी सच्चा सपूत सही कुरा देख ।

    ✍️
    – राजेशराज गड्तौला
    रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    २//
    १
    उठ्नुपर्छ,जुट्नुपर्छ देश बनाउन युवा,
    सबै मिले के बन्दैनर बन्छ अमृत कुवा।

    २
    कुलतको पथ छाडेर अगाडी बढ्यौं भने,
    होष्टेमा हैंसे गर्न आउँछन् रामे श्यामे धने।

    ३
    गरे काम असम्भव छैन है कतै यहाँ,
    बुद्धि बिवेक निस्पक्ष प्रयोग हुन्छ जहाँ।

    ४
    लाग्नुपर्छ स्वरोजगारी पाउनको लागी,
    आफ्नै देशमा गरौँ केहि नजाउँ बिदेश भागी।

    ✍️
    – पुर्ण बहादुर श्रेष्ठ” हृदयङकृत”
    पनौती-३,काभ्रे

    ३//         
    १
    क्षमताकाे पहिचान गर्न भनी उठ,
    उर्जावान यूवा तिमी अाउ अब जुट ।

    २
    समयकाे सदुपयोग गर्न तिर लाग,
    गन्तव्यमा पुग्नै पर्नेछ समयकाे माग ।

    ३
    बिकासकाे निम्ति दक्ष हुनैपर्छ जान,
    मुलुककाे हित अाफ्नै निजी कर्म मान।

    ४
    यूवाले काँध थापेमा मूलुक उठ्नेछ जुरुक्क,
    तम्सेर यूवा अगाडि सर अाउ चाडै खुरुक्क।

    ✍️
    – रामकृष्ण दुवाडी, पाेखरा ।

    ४//
    १
    .युवा तिमी अाकाशका सूर्य जस्तै चम्क,
    देशकाे विकास गर्नलाई अघि लम्क ।

    २
    युवाले नै याे देशकाे मुहार सधैं फेर्नुपर्छ,
    जाेश,जाँगर ,उत्साहले सबैलाई हेर्नुपर्छ ।

    ३
    युवाले नै बाल वृद्धा सबैलाई हँसाउनुपर्छ,
    तिमीले याे देशका सम्पुर्णलाई बँचाउनुपर्छ ।

    ४
    .देशकाे मुहार फेर्नलाई बन्नु तिमी देउतै,
    हिमाल पहाड सम्याऊ देश बनाउ एउटै ।

    ✍️
    – लक्ष्मी घिमिरे दहाल, दमक – ७ झापा

    ५//
    १
    युवाहरु कति  धेरै बेरोजगार  भए ,
    धन कमाउन भनेर खाडीतिर गए l

    २
    घरपरिवार हेर्नुपर्ने जिम्मेवारी काधँमा बोकेर ,
    प्रदेशीए युवाहरु दु :ख सम्झि जन्म घर  नै छोडेर l

    ३
    रहर त कसैको हुँदैन खाडीमा जाने ,
    देश सुरक्षा गर्नका लागि युवा नै छाने l

    ४
    घरको अवस्था बुझेर जान्छन्  विदेश तिर युवा कति ,
    पीडाहरु सहेर हिम्मतका साथ संघर्ष गर्छन् अति l

    ✍️
    – रिता खराल , रुपन्देही

    ६//
    १
    युवा जति  भयौं परदेशी,
    सुनसान लाग्छ गाउँबेसी।

    २
    फेर्न पाएनौ देशको मुहार,
    नेताहरू भए देशमा भार।

    ३
    छैन अब स्वदेश फर्किने आस,
    परदेशमै  हुँने  भो  हाम्रो वास।

    ४
    कसले देला युवालाई रोजगार,
    नेताहरूले गर्छन यहाँ अत्चार।

    ✍️
    – जगत थापा, बझाङ्ग

    ७//
    १
    युवा पुस्ता जति सधैंका ति परदेशी,
    सुनसान लाग्छ दिनहुँ याे गाउँबेसी।

    २
    भन्छन् पाउँछौं राेजगार,
    यहाँ भएको छ भष्टचार।

    ३
    छैन अब हाम्रो देशको कुनै अास,
    सधैं हुने भयाे विदेशमै हाे बास।

    ४
    हाम्रो युवा भएर दक्ष,
    लिनु हुदैन अर्को पक्ष।

    ✍️
    – शाेभा अर्याल,
    बुटवल १४ रुपन्देही

    ८//
    १
    नपत्याउने खोलाले बगाउछ,
    घुसघुसेले जीवनै सिध्याउछ।

    २
    हास्ने मान्छे व्यर्थै हाँस्नु सम्म हाँस्यो,
    बटुवाले पसिनाको धारा गाँस्यो।

    ३
    बाआमाको दुखाइ बुझेकी,
    मेलापात गर्दै म हुर्केकि।

    ४
    सुत भन्छ यो पानीको तरररले,
    बिहान सबेर उठ भन्छ घरले।

    ✍️
    – साधना पौडेल,अाेखलढुंगा

    ९//
    १
    देशमा नेता भ्रष्टाचार गर्ने  कार्यमा सुधार,
    कार्यालयमा खुलेआम नै माग्ने गर्छन् हजार।

    २
    तिमी बिहान योगले भएछौ नि बलवान्,
    अनि कर्तव्यमा लाग्नु है भएर गुणवान् ।

    ३
    पहल हुन्न खै गरिबी निम्टिने,
    रगत तात्दछ भुलुक्क उम्लिने ।

    ४
    असल काममा सबको होस् विकास,
    कलुष भावले  हुने गर्छ   विनाश  ।

    ✍️
    – भगवती दवाडी, झापा

    १०//
    १
    युवा नै हो देश बिकासको मूल धार,
    उठौँ,जुटौँ अनि लडौँ खान हुन्न हार।

    २
    सबै युवाहरु सशक्त भएर दक्ष,
    खोजौँ यो देशलाई सबल हुने पक्ष ।

    ३
    नहोला झुटो यो वास्तविक हुन्छ साँचो,
    अब नेतृत्वमा छ युवा पुस्ताको खाँचो।

    ४
    दक्ष युवा यो देशको धरोहर,
    बेरोजगारी भको छ उजागर।

    ✍️
    – महेश तामाङ
    -बेल्कोटगढी-६,नुवाकोट

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on विश्व युवा दक्षता दिवस विषयक १० टुक्काकारहरूका उत्कृष्ट टुक्काहरू

    टुक्काकार शर्मिला श्रेष्ठका समसामयिक विषयका उत्कृष्ट टुक्काहरु

  • ३१ असार २०७८, बिहीबार २३:२७ मा प्रकाशित
  • १/
    पाइला साह्रै अप्ठेरो विषय थियो गहन,
    संघर्ष गर्दै गए पछि  बल्ल भयो सक्षम।

    २/
    लगाएको  त्यो रहस्यमय  खालको पगरी,
    के को नक्खरा भन्दै अचम्भित थिए नगरी।

    ३/
    जसरी नि  पुग्नुपर्छ  साँझ  सम्म  देउराली,
    थकाइ थाती राखी साहसको कदम चाली ।

    ४/
    पालै पाउँन मुश्किल छ जानु थियो पधेरो,
    कठै ! घर फर्कदा जहिल्यै भएको अँधेरो ।

    ५/
    चुस्त दुरुस्त भेटेको थिएँ त्यो साथी विहान,
    आश्चर्य छिमेकीले भने छिट्टै आऊ चिहान ।

    ६/
    उन्मुलन हुनै लाग्दा कुण्ठित भो सदाचार,
    अनुसन्धानले पाइनेछ स्फूर्तिको आकार।

    ७/
    भुत्ते  खुकुरी  भन्दा डर  मान्नुपर्छ  कर्दको ,
    फुच्चे किन नहोस् अचानो अभ्यस्त छ दर्दको।

    ८/
    देशले मलाइ के दियो र? भन्दिन म कैले,
    भन्नु अघि सोचौँ देशलाई के के दिएँ मैले।

    ९/
    समुहको एकै बोली त्यसैमा थियो तागत,
    घरकी मुर्गी दाल होकि सोच्ने उस्को आदत।

    १०/
    अन्यायले हदै नाघ्यो भन्दै हिड्छ बदचलन्,
    गहिराइ  नतौलिइ  गलत  थियो आकलन्।

    ✍️
    शर्मिला श्रेष्ठ
    ललितपुर
    हाल अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on टुक्काकार शर्मिला श्रेष्ठका समसामयिक विषयका उत्कृष्ट टुक्काहरु

    टुक्का साहित्य समाज काठमाडौँद्वारा भानु जयन्तीको अवसर पारेर टुक्का वाचन कार्यक्रम सम्पन्न

  • २९ असार २०७८, मंगलवार २१:५८ मा प्रकाशित
  • टुक्का साहित्य समाज काठमाडौँको आयोजनामा मिति २०७८ असार २९ गते २०८ औँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारी १३ औ अभ्यास शृङ्खला अन्तर्गतको टुक्का वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।

    टुक्का साहित्य समाजको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष लाइभ मार्फत संचालित उक्त कार्यक्रममा शृङ्खला संयोजक विमुन्स पौडेल लगायत दीपा मग्राती, जगत थापा, साधना पौडेल र ललिता गिरीले सहभागी टुक्काकारहरुको टुक्काहरु वाचन गर्नुभएको थियो । अपरान्ह ६ बजेबाट शुरु भएको उक्त कार्यक्रम दुई घण्टा बढी समयसम्म संचालन भएको थियो ।

    आदिकवि आचार्यसँग सम्बन्धित टुक्का वाचन कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ८१ जना नेपालीभाषी सर्जकहरूद्वारा रचित एवं प्रेषित टुक्काहरु वाचन गरिएको थियो ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाई तथा शृङ्खला संयोजक विमुन्स पौडेल लगायत प्रस्तोताहरू दीपा मग्राती, जगत थापा, साधना पौडेल र ललिता गिरीले भानु जयन्तीको शुभकामना व्यक्त गर्नुका साथै टुक्का पठाएर र टुक्का लाइभ वाचन कार्यक्रममा सहभागिता जनाएर साथ दिनुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    टुक्का वाचन कार्यक्रममा वाचित उत्कृष्ट टुक्काहरू

    # १
    जन्म जन्मान्तर अमर रहनेछन् अाचार्य भानुभक्त,
    उनकै प्रेरणाले साहित्य कहिल्यै हुने छैन अशक्त।
    २
    नेपाली भाषामा प्रश्नाेत्तर माला, रामगीता बधुशिक्षा,
    भक्ति भाव फुटकर कविता सबैले दिनेछन है दिक्षा।
    – शर्मिला श्रेष्ठ, ललितपुर
    हाल अमेरिका ।

    #२
    १
    नेपाली भाषाका प्रथम कवि भानुभक्त थिए,
    रामायण र धेरै ग्रन्थ सरल बनाई दिए ।
    २
    घाँसीकाे प्रेरणा लिएर भानु बनी चम्के,
    साहित्यकाे शिखर चुम्दै  प्रगतिमा लम्के ।
    – ताराप्रसाद चापागाईं
    धुनिबेशी न.पा.९ धादिङ
    हाल काठमाडाैं ।

    #३

    १.//
    घाँसीले जरुवा खनाउन भनी गर्मीमा घाँस काटे,
    समाजकै उत्कृष्ट मान्छे बन्न आफ्नो अनुभव साटे।
    २.//
    त्यो चुँदी रम्घा भानुको जन्म तनहुँ जिल्लामा,
    ती आदिकवि चम्किला तारा भाषाको किल्लामा।
    – पौडेल विमुन्स, पाेखरा

    #४

    १
    एक दिन सत्य लोक पुगि गया भनि,
    राख्छु कृति मैले आदिकवि भानु बनि।
    २
    गाउँछु श्लोक मैले रामायण गुन्गुनाएर
    घाँसीको प्रेरणादायी कथा सबै सुनाएर।
    -पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    # ५

    १.
    भानु तिमी अति प्रिय श्रद्धान्जली अर्पण,
    नेपाली भाषा साहित्यको तिमी नै दर्पण ।
    २.
    फेरि आऊ भानु तिमी सबलाई नेपाली सिकाउन
    जरुरत पर्यो यहॅा तिम्रो साहित्यलाई बिकाउन ।
    -राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
    हाल- आबुधाबी, युएई

    #६

    १
    बिहान  उज्यालो   हुन   सदा   उदाउँछ   रवि,
    नेपाली साहित्यका भानुभक्त हुन् आदिकवि।
    २
    उनी भानुभक्त बन्नुमा  हात छ मोतीराम भट्टको,
    पाण्डुलिपि सबै पुस्तकाकार बनाए हेर्दा चट्टको।
    – म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर
    हाल:-जापान

    #७

    १
    उपनाम पाए “आदिकवि ”  भानुभक्त कविले,
    मेहेनत गरेर भएको हो उनको छविले l
    २
    संघर्षका पाईलाहरू चालेर कति ,
    उनले प्रगति गरे संसारमै अति l
    – रिता खराल , रुपन्देही

    #८

    १.
    रामायण रची तिम्ले कर्तव्य काे पाठ सिकायाै
    नेपाली नारीलाई सतित्वकाे सन्देश झिकायाै ।
    २.
    विश्वभरि नै तिम्राे कृति फैलियाे
    रावण जस्ताकाे प्रवृत्ति वैलियाे ।
    – लक्ष्मी घिमिरे दाहाल – दमक ७, झापा ।

    # ९

    १
    तनहुँ को रम्घा गाउमा जन्मे भानुभक्त ,
    साहित्य लाई दुनियामा बनाए शसक्त ।
    २
    साहित्यको फाटमा एक हस्ती भानु हुन ,
    लाएका छन  उनले  तिरी  नसक्ने  गुन।
    ✍नवशिला
    बेलबारी -२,लालभित्ती, मोरङ।

    #१०

    १
    न भानुले झैं कुवा खनाउन सकियो,
    न त किर्ति फिजाउॅने कोशिश गरीयो।
    २
    न गजाधरको घरमा गईयो,
    न कुनै पाहुना पीडन सहियो।
    – गृष्मा पौड्याल, टोकियो जापान

    #११

    १
    राष्ट्र कवि भानुभक्तले ज्ञान शब्द चाखेछन्
    इँतिहासमा घाँसीको बडो कृति नै राखेछन्।
    २
    नेपालीमा रामायण कविता र श्लोक कैयौँ लेखे,
    मीठो उपदेश दिने घाँसी पहिलो मानिस देखे।
    – कमला हरिमाया पाण्डे पराजुली
    झापा, चारआली

    # १२

    १
    रम्घामा नै उदाएका हुन् भानु,
    सम्पूर्ण नेपाली भाषीका छानु।
    २
    नाम सरि भानुले सर्वत्र उज्यालो छरे
    रामायण दिई नेपालीको कल्याण गरे।
    – अरुण कुमार भुजेल
    गोरूबथान , कालेबुङ्ग,पश्चिम बंगाल।

    # १३

    १
    त्यो जिन्दगीको रथ गुडाइदिए पासामा
    आध्यात्मिक रामायण लेखि दिए भाषामा ।
    २
    अठार सय एकहत्तरमा छोरो जन्मियो मनै शान्त
    भानुभक्तको उन्नाइस सय पच्चीसमा भयो  देहान्त ।
    – रिजाल विनोद
    बेलबारी २ लालभित्ती मोरङ

    #१४

    १
    नेपाली भएर जन्मेसि  गर्नुपर्छ अनुसरण,
    भानुभक्त बन्न साहित्यमा गर्ने हो मृत्यु वरण।
    २
    आजबाट भोलिबाट केही सिक्नु नै पर्छ,
    सम्झियौ भने भानुभक्त हाम्रो वाधा टर्छ।
    – सरिता श्रेष्ठ सरु
    ओखलढुंगा खिजिदेम्बा

    #१५

    १
    भानुभक्त आचार्य एक महान कवि थिए,
    उनैले देशमा रामायणको संदेश दिए।
    २
    कहलाउँछन् सधैँ आदि कवि भानुभक्त,
    चलाए रचनामा कलम पनि सशक्त।
    – सुरेशकुमार पान्डे।
    दाङ घोराही उपमाहानगर पालिका १८

    #१६

    १
    तनहुँको चुँदीमा जन्मी जगत नै झलमल्ल पारिदियौ ,
    अँध्यारोमा बाँचेका जनलाई तिमीले संसार तारिदियौ
    २
    भानु झैँ चम्की संसारमा तिमी लौ सबैको मनमा छायौ ,
    महाकाव्य लेखी नेपालीहरूलाई नभुल्ने गुण लायौ ।
    – राजेन्द्र प्रधान पासा, दार्जिलिङ ।

    #१७

    १
    भानु तिम्रो सम्मानमा नेपालीको शिर उठेकोछ ,
    तिम्रो त्यागले एक आपसमा नेपाली जुटेकोछ!
    २
    उदायौ भानु नेपाली आकाशमा तारा बनेर,
    एउटी घाँसीबाट ज्ञान लिई साहित्य छरेर!
    – शरद प्रधानाङ्ग,विराटनगर-७

    #१८

    १,
    खै कसरी भनौ हार्दिक श्रद्धाञ्जली,साथमै देखिन्छौ,
    हरेक दिन  कविता बनी, तिमी  पाना भरी  लेखिन्छौ।
    २.
    ए!भानु  घाँसीले  खनाएको,कुवा देखेर,
    ग्लानी बोध गरी पोखियौ,कविता लेखेर।
    – चिरञ्जीवी ढकाल
    ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके

    #१९

    १
    यो नेपाली मन यो नेपाली बोली छ मिठो
    सबैसित मिलेर बस्नु जानेको छ छिटो ।
    २
    भानु आए हाम्रो नेपाली  जगतमा
    नाम राखेको छ सबैको मगजमा ।
    –  नीमा छिरिङ्ग भोटिया
    जलढक्का /कालेबुङ

    #२०

    १
    नेपाली भाषाका रवि
    भानुभक्त आदिकवि ।
    २
    नेपालकाे एकीकरण गर्ने पृथ्वी
    भाषा एकीकरण गर्ने आदिकवि।
    – प्रद्युम्न चालिसे
    कटुञ्जे सु न पा ५, भक्तपुर

    #२१

    १
    घाँसीले भानुलाई प्रेरणा दिलाए,
    ज्ञानछर्न कविताका भोटो सिलाए ।
    २
    नेपाली भाषा शब्दमान चित्र दिए,
    पदभार आदि कवि यिनैले लिए ।
    – ऋषिराम खनाल ।
    मध्यबिन्दु ६ नवलपुर ।

    #२२

    १
    साहित्यकाे साधनामा लागि परे कवि
    जब लेखे रामायण उचालियाे छवि ।
    २
    प्रेरणाले घाँसीजनकाे थुप्रै कृति लेखे
    साहित्यकाे अाकाशमा नयाँ किरण देखे ।
    – रामकृष्ण दुवाडी, पाेखरा

    #२३

    १
    भानु ज्योति हुन् समाजमा अनेक चेतनाको
    ओखती बनेर बाँचेका जातित्व वेदनाको
    २
    साहित्यको क्षितिजमा उनी एक परिभाषा
    भाषाका संरक्षक औ उज्जवलताको आशा
    – निरूविन्दु परियार
    जल्ढक्का कालेबुङ्ग, भारत !

    #२४
         
    १.
    हाम्रा भानु नेपाली भाषाका अमूल्य मोती।
    नेपाली साहित्य जगतका उज्याला ज्योति।
    २
    संस्कार जोगाए काव्य रचेर नेपाली संस्कृतिलाई,
    कालो नराम्रो साहित्य निकालेर  फाल्दै बिकृतिलाई।
    – तारा कुमार थापा
    ईलाम

    #२५

    १
    भानु भक्तले दरिद्र त्यो घाँसीबाट पाए ज्ञान,
    सेवा गर्नु पर्दोरैछ भन्ने कुरा सबैले जान।
    २
    भानु भक्त आचार्य बने आदि कवि,
    साहित्यकारहरूका सुन्दर रवि ।
    – सरस्वती श्रेष्ठ  इटहरी सुनसरी

    #२६

    १
    भानुभक्त भए  देश कै अादिकवि,
    विश्व भरि चिनिएकाे उनकाे छवि।
    २
    विश्वमा चिनिएका अादिकवि भानुभक्त,
    बिभिन्न बिधामा कलम चलाए  ससक्त।
    – शाेभा अर्याल, बुटवल

    #२७

    १.
    भानुकाे जन्म, त्याे चुँदी रम्घा , तनहुँ वन्दना
    ती अादिकवि, छाेडेर गए , मनैमा सम्झना।
    २.
    नेपाली भाषा, एकता खासा, गरेका कविले,
    झल र मल्ल ,  बनाए देशै , भाषाकै रविले।
    – शर्मिला कार्की “शरू”
    पैयुँ गाउँपालिका-२,पर्वत

    #२८

    १
    नभए भानु नेपाली भाषा कसरी रम्दथ्यो।
    साहित्य कला संगित सबै ओझेल पर्दथ्यो।
    २
    नेपाली स्रष्टा विश्वका द्रष्टा दिलमा साँचेर।
    युगौं है युग बाच्नेछौं हामी प्रेमले हाँसेर।
    – त्रिलोचन भण्डारी
    मेचीनगर १० झापा

    #२९

    १
    भानु नै नेपाली भाषाको प्रथम कवि थिए,
    नेपाली भाषाको विकास अघि बढाइ दिए।
    २
    घाँसीले कुवा खनि समाज सेवा गर्छु भने,
    त्यहीँ ज्ञानबाट भानु प्रेरणाको स्रोत बने।
    – विशाल सुवेदी, मकवानपुर मनहरी- ९

    #३०

    १
    रचेर रामायण नाम कमायौ,
    सम्पूर्ण जनको मनमै रमायौ ।
    २
    बधुशिक्षा , भक्तमाला रचेर प्रश्नोत्तरी पनि,
    तनहुँका मोती तिमी धनञ्जयका छोरा  भनि ।
    – इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा. ३, कपिलवस्तु

    #३१

    १
    नेपाली भाषा बनाउँन सशक्त,
    जन्माउछु यौटा फेरि भानुभक्त।
    २
    नेपाली श्लोक मा रामायण लेखेर,
    आदि कवि बन्यौ प्रतिभा देखेर
    – पदमा शर्मा आँचल,
    कालचिनी, प. बंगाल

    #३२
    १.
    मानिएकै छ उनलाई आदिकवि
    भानुभक्त उनी नै हुन् बनाए छवि ।
    २.
    गरे उल्था भानुभक्तले रामायण नेपाली भाषामा
    सहज भयो जनलाई गाउन थाले लोक भाकामा ।
    – रचना शर्मा प्रतीक्षा, ललितपुर

    #३३

    १
    गरिब घाँसीको उत्साह,इच्छा भानुभक्तले सुनेर,
    गरे संकल्प म पनि कुनै कृति राख्छु भन्ने गुनेर।
    २
    तनहुँ चुदी रम्घा घर, भानुभक्त नाम,
    विश्व भरि नै चिनाउने गरि छाड्यौ  काम।
    – नानीबाबा अधिकारी, कलंकी काठमाडाैं।

    #३४

    १
    आदिकवि भानुभक्त,
    देशकै  थिए  सशक्त।
    २
    देशकै महान व्यक्ति थिए,
    हामी सबैलाई  ज्ञान दिए।
    – जगत थापा, बझाङ्ग

    #३५

    १.
    साहित्य  भाषा  विकास  गर्न  गरेर प्रयत्न,
    नभका भानु नेपाली तारा अमूल्य ती रत्न ।
    २.
    धेरै नै  अघि  हिँडेर  गए उज्यालो बाटोमा,
    अमूल्य कीर्ति छाडेर गए नेपाली माटोमा ।
    – डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा ।

    #३६

    १.
    आदिकवि भानुभक्त विलक्षण प्रतिभाका खानी,
    देशकै महान व्यक्तित्व  सरल स्वभावका ज्ञानी ।
    २.
    सरल भाषा साहित्यका प्रखर व्यक्ति थिए,
    साना ठुला सबैलाई सहज रुपमा  ज्ञान दिए।
    – दुर्गा भट्टराई, बिराटनगर

    #३७

    १
    अादिकवि बनेर संसार भरी छायाै,
    भाषा र साहित्यमा ठुलाे गुन लायाै।
    २
    हाँस्दै खेलेको त्याे रम्घा गाउँ,
    सधै अमर छ भानुकाे नाउँ।
    – निर्मला शाही ठकुरी,
    ठाँटिकाध – ६ छडाथान, दैलेख

    #३८

      १.
    भानुभक्त आचार्य एक असल कवि थिए
    बाचुन्जेल सबैलाई मीठामीठा ज्ञान दिए ।
    २.
    कवि साहित्यका असल पात्र हुन् उनी
    उनका रचनाले सबैको मन छुनि।
    – सि.पि.आचार्य
    दैलेख भैरवी ७ पानिपोखरा
      हाल काठमाडौं

    #३९

    १
    भानुको भक्तिरसको रामायणले मोहित नतुल्याएको भए!
    जनताछोडी राजारानी कै हुने थियो अधिकार सयमा सय!
    २
    भानुभक्त आचार्य तनहूँमा जन्मनु नेपालीको अहोभाग्य!
    सोंच्नुहोस उनी नभएको भए भोग्नुपर्थ्यो अझ दूरभाग्य।
    -रतन पाण्डे’पारतन’, दार्जीलिङ।

    #४०

    १
    लेख्ने गर्थे संस्कृत रामायण, नेपाली भानु ,
    अब हामी पनि नेपाली कविता लेख्न जानु।
    २
    शुद्ध सरल भाषा नेपाली एकीकरण गरे ,
    यो संसारमा नरहे  पनि  सम्झना छोडी मरे ।
    – कान्छी बिनिता विश्वकर्मा, बाजुरा

    #४१
    १.
    चुँदीका भानु , मावली जाँदा, ती घाँसी देखेका,
    प्रेरणा पाई ती  घाँसीबाटै, साहित्य लेखेका।
    २.
    ती अादिकवि, उज्याला रवि, घामझैं चम्केका,
    नेपाली भाषा, एकता खासा, गरेरै लम्केका।
    – अार. बि. थापा
    हाल: बन्दीपुर, तनहुँ

    #४२

    १
    आएछ फेरि असार महिना भानुलाई सम्झन
    घाँस काटदै होला बिचरा घाँसी घुमेर रन्वन।
    २
    बिचरा घाँसी भानुको प्यारो शिक्षाको मुहान
    बिचार ठूलो सेवाको भाव कुवाको बखान ।
    – माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर गाईघाट हाल ताप्लेजुङ

    #४३

    १.
    एकताबद्ध भएर फुल्ने भाषाको फूलबारी
    भानुकाे नासाे, उमार्नु हुन्न  विभेदी काँसघारी ।
    २.
    सिर्जनामय सुकर्म गर्दै उदाए ती भानु
    शीतलताकाे छहारी दिने विशाल त्यो छानु ।
    – दुर्गा वनवासी, बुद्धशान्ति, झापा

    #४४

    १
    स्रष्टाहरूका  मनमा तिमी अमर भई बस्यौ भानु,
    नेपाली साहित्यलाई ओत दिने बन्यौ सुन्दर छानु।
    २
    पुण्य आर्जन गर्नलाई मान्छे धाउँछ गया र काशी,
    भानुभक्तलाई पुण्य कर्मको ज्ञान दिने थिए घाँसी।
    -प्रमोद भट्टराई ‘प्रतीक’
      कौशलटार, भक्तपुर

    #४५

    १
    भानु तिम्रो जन्म रम्घा चुँदी सुरम्य छहरा,
    तिम्रा काव्य सिर्जना खुल्ला हृदयका पहरा।
    २
    तिम्रो रामायण काव्य  बने सरस रसिलो,
    नेपाली जन जिब्रोले मीठो गाउने कसिलो।
    – भगवती दवाडी ,झापा

    #४६

    १
    प्रसिद्ध नरमा छ नाउँ उनको भानुभक्त भनि,
    नेपाली साहित्य जगतमा उदाए थे ज्योति बनी ।
    २
    जन्म भयो असार उनन्तिस जिल्ला तनहूँ थियो,
    आउँछ याद कविता पढ्दा भानुले बालेकाे दियाे ।
    – बसन्ता घिमिरे पोख्रेल, गुल्मी
    हाल बुटवल ,रुपन्देही

    #४७
    १
    भानु जन्मे याे देशकाे ठाउँमा,
    तनहूँ जिल्ला त्याे रम्घा गाउँमा ।
    २
    भानुकाे ग्रन्थहरूमा अमरपन भरिएकाे,
    भानु तिम्राे रामायणले ठुलाे काम गरिएकाे ।
    -अरूण नदी खत्री, सामाखुसी काठमाडाैं ।

    #४८
    १.
    साहित्य यात्रामा गर्नु सजिलै समस्याको सामना,
    आदिकवि भानुभक्त झै बन्नु यही शुभकामना।
    २.
    बित्नु भएको नै गरियो दुई सय आठौँ गन्ती,
    मनाइँदै छ आज खुसी भएर भानु जयन्ती।
    – रविन भण्डारी, मोरङ

    #४९

    १
    बर्षा याम सुरु भई पानी पर्याथ्यो रम्घामा,
    जन्म्यौ भानु परिवारमा  हर्षित भइन् आमा |
    २
    देखिकन घाँसी त व्यस्त जब कुवा  बनाउनमा,
    मिल्यो प्रेरणा उहीँ बाट व्यस्त कृति रचाउनमा |
    – दिपक राज  थपलिया
    भानु न. पा.-९ तनहूँ ।

    #५०

    १/
    भाषा र जाति अनि साहित्यको सुगन्ध छर्दछु,
    सबैमा भानुजयन्तीको शुभकामना गर्दछु।
    २/
    नेपाली भाषा  साहित्यको कालिगर मानियौ,
    सधैँ अजर अनि अमर बनी पृथ्वीमा जानियौ।
    – प्रकाश बुढाथोकी।
    असम भारत।

    #५१

    १
    भानुभक्त कवि मन मुटुका साझा ,
    साहित्यिक संसारको पहिलो राजा ।
    २
    भानुले साहित्यमा खाता खोले ,
    असङ्ख्य कविका कविता बोले ।
    – बिके माकजू , भक्तपुर

    #५२

                    १.
    ब्राह्मण कुल तनहुँमा जन्मिएका धनी अगम्य साहसी थिए ती भानुभक्त,
    घाँसीको ज्ञानबाट विश्व कृति   राख्ने भई रामायण काव्य लेख्न लागे सशक्त।
                  २.
    भानुतिमी धर्तीका गहना बनिकन बस्यौ बाल्यौ अँधेराे गयो,
    तिम्रा ती काव्यहरु अमर हुनगई ज्ञानबुद्धि सबैमा भयो।
    – वेदु न्याैपाने, काठमाडाैं

    #५३

    १
    तनहुँ  जिल्ला रम्घाको चुँदीमा जन्म लिएथे
    धनन्जय र कृष्ण मायाको पुत्र भै जन्मेथे।
    २
    घासीको कुरा सुनेर भानु झसङ्ग भएथे
    तुरुन्तै  त्यहाँ  ढुङ्गामा बसि कविता लेखेथे।
    – कमला देवकोटा, तानसेन पाल्पा

    #५४

    १
    टुक्का ताज हो,तनमन हो निरन्तर रहोस् मेरो चाहना,
    आदिकवि भानुभक्त जयन्तीको सबैलाई शुभकामना।
    २
    नेपाली साहित्यका एक निष्ठावान सशक्त,
    हुनुहुन्थ्यो रामभक्त आदिकवि भानुभक्त।
    – हिउँकला हाँसी खतिवडा, कैलाली

    #५५

    १
    राम भक्ति गाथा राम्रै फिजायौ,
    सबैमा भाष्य एकता बढायौ।
    २
    ठूलो छ भानुकाे गुन देशलाई,
    बिर्सन्नौ कहिल्यै हामी यसलाई।
    – मन्दिरा सेढाई
    बेनिघाट रोराङ-३, मलेखु,धादिङ

    #५६

    (१)
    तनहुँ को त्यो पावन धरती धन्य भै गयो
    जन जीवनको मन मनमा वाणी झैं भयो‌।।
    (२)
    सिमानाले कहाँ छेक्न सक्छर प्रतिभालाई
    भानु शशि रहेसम्म रहन्छ ज्योति फिँजाई।
    – अर्जुन उप्रेती (अप्रतिम)
    उपरखुट्टी भोलाझार, बाक्सा,असम, भारत।

    #५७
    १
    साहित्यको जगतमा भानुभक्तको छ ठुलो योगदान ,
    गरिब घासीले गरेको कृतिले नै पाए उनले ज्ञान।
    २
    सुगन्धित फूल झै साहित्यमा फूले भानुभक्त ,
    मरेर गए पनि कृतिबाट बने देशभक्त।
    – उषा के.सी., ललितपुर

    #५८
    १
    घाँसीको अर्ति पाएर भानु अगाडि बढेका ,
    सबैका सामु चर्चामा रही शिखर चढेका ।
    २
    साहित्यलाई नै बढाउन भानु अघि सरे,
    रामायणलाई नेपालीमा अनुवाद गरे ।
    – ललिता अभागी
    सुनकोशी ५ -सिन्धुली

    #५९

    १
    भाषा साहित्यलाई जगेर्ना गर्न ठुलो छ योगदान,
    घासीबाट प्रेरणा पाइ छरे जीवन दर्शन ज्ञान ।
    २
    चुदी रम्घा तनहूँ जिल्ला जन्मिएछन् हाम्रा भानुभक्त,
    भाषा अनि साहित्यलाई जगेर्ना गर्न भए सशक्त।
    – इश्वरी अधिकारी, लमजुङ्ग

    #६०

    १.
    जीवन्त घाँस काटेर नै चिनाे कुवा खने,
    उसैबाट प्रेरित भई अादि कवि बने।
    २.
    राष्ट्रिय विभूति हुन् छ लाखौं लाख सम्मान,
    वाङ्मयका ज्याेति प्रति सदा श्रद्धा प्रदान ।
    – काजी तामाङ ग्याबा
    चैनपुर -४,संखुवासभा

    #६१

    १
    परिचित भएथे ती भानुभक्त आचार्य नेपालका आदिकवि भनी तब,
    प्रकाशित गरिदिएथे खोजीकन सब कृति मोतिराम भट्टले नै जब।
    २
    एक सामान्य घाँसीबाट भानुले प्रेरणा ठूलो पाए,
    नेपाली भाषाको विकासमा उनले निकै गुन लाए।
    – शम्भु लाल श्रेष्ठ
    नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

    #६२

    १
    आदिकवी नै मान्छौ हामी हाम्रा भानुभक्त।
    नसा भरी दौडिएको छ साहित्यको रक्त।
    २
    संस्कृतको रामायणलाई नेपालीमा लेखे।
    भगवान् प्रतिको भक्तिभाव यसैमा नै देखे।
    – राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही हाल सुर्खेत

    #६३

    १:
    गुञ्जिएका शिलोक मधुर कण्ठै थिए तहाँ,
    घाँसी तिम्रै पाएर प्रेरणा जागे भानु जहाँ ।
    २:
    भाषा रसिलाे बनाइ नेपाली सिङ्गै रामायणकन
    प्रश्नोत्तर,भक्तमाला,बधूशिक्षा रचिए आफ्नै पन।
    – धनु शर्मा, पाेखरा

    #६४

    १
    हिन्दू धर्म  सनातन राम अनुरक्त,
    झुल्के घाम तनहुँमा बनी रामभक्त।
    २
    बने ठुला भाषाभाषी एकीकरणकर्ता
    आदिकवि पदवीले न्वारन गरी दर्ता।
    – महेन्द्र मान बलामी
    दक्षिणकाली नगर पालिका-९
    फर्पिङ,काठमाडौ ।

    #६५

    १
    रातमा भए जून सरि दिनमा बने रवि,
    गरे उत्थान साहित्यकाे बनेर आदिकवि।
    २
    धर्म गरी यश कमाए गाउँमा कुवा खनी,
    राखे कृति जगतमा पहिलो प्रकाश बनी।
    – अम्बिका गिरी, दमक, बिराटनगर ।

    #६६

    १
    रामायण अनुवाद, प्रश्नोत्तर, भक्तमाला र वधुशिक्षाका मालिक,
    नेपाली भाषाका संरक्षकको आजकाल मात्र देख्न पाइन्छ सालिक।
    २
    पश्चिम नेपाल तनहूँको चुँदी-रम्घा भन्ने ठाउँ,
    प्रख्यात भयो  भानुभक्तले  त्यहाँ उचालेर नाउँ।
    – अबजस चन्द्र, झापा

    #६७

    १
    ‘भानु’ हौ, हे भानु आदि कविवर भाषा र साहित्यका,
    थियौ र बन्नेछौ अझै जुगजुग प्रेरणा  सुकृत्यका ।
    २
    भाषा दिव्य बन्यो, जन रम्य बने मिठा कृतिले गरी,
    रामायणका श्लोक पुगे जनमा मधुका थोपा सरि।
    – सोम नाथ सुवेदी ( एस. एन. इलामेली)
    देउमाई नगरपालिका २, इलाम ।

    #६८

    १•
    घाॅसीले बाटो देखाए पछि तिमी क्या लम्कियौ,
    नेपाली आदि कवि हौ भनी विश्वमा चम्कियौ।
    २
    लिएथ्यौ ज्ञान घरैमा बसी अनेकौँ थरिका,
    महान कवि भयौ नि पछि जगतै भरिका ।
    – घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    #६९
    १
    माता रधना देविका नाै घारा दूध पिएका,
    पितासंग तनहुँमा रमाउदै हुर्किएका।
    २
    अमर बन्ने सबैका मनमा काव्य रचना गरी,
    उनकाे लागि इज्जत र सम्मान  छ याे मुटु भरी।
    – द्राेण, अछाम

    #७०

    १
    नेपाली काब्यका चम्किला नक्षत्र भानु
    उनका सिर्जनामा ज्ञान पाईन्छ नानु।
    २
    मौलिक काव्य सिर्जनामा पो लागे
    भानु भक्त रामायणबाट जागे ।
    – पुष्पा सायरा, बिराटनगर ।

    #७१

    १
    भानु तिम्रो सम्झनामा नाचिरहेको डाँफे अनि हाँसिरहेको नेपाल,
    प्रेरणार्थक जीवनशैली घत लाग्दा कृति आज गर्छन अंकमाल l
    २
    थोपा खाई सागर उक्लने प्रेरणा पाई लक्ष लिने  कति ठूलो छवि,
    लेख्दै केर्दै दृढ अठोट लिई प्रतिकूल समयमा बन्यौं आदिकवि l
    – धनुष न्यौपाने
    गुठीचौर  गाउँपालिका  ०४ बिगारे जुम्ला

    #७२

    १
    नेपाली भाषाको अनुवाद  बन्दै गयौ सर्जक,
    मनमा बस्न सक्यौं कवि भानुभक्त दिग्दर्शक।
    २
    दियौ मिठो भानुभक्त लोककल्याणकारी बानी,
    गरौँ काम कृति राख्ने त्यो  दीव्य उपदेश मानी।
    – तारा घिमिरे, संखुवासभा

    #७३
    १
    राखेका हुन् नाम ठूलो जगत्मा कृति रचेर सारा,
    भानुभक्त नेपाली साहित्यका चम्किला एक तारा।
    २
    त्यहाँ पुग्छन् राम्रा कवि जहाँ पुग्दैनन् रवि,
    नेपाली साहित्यका भानुभक्त आदिकवि।
    – रुपा पाैडेल, कुपण्डाेल, ललितपुर

    #७४

    १
    रव़ि भनेपनि भानु भनेपनि वाह! कवि ,
    लोक बोली मिठो सबले चिनेका राम्रो छवि ।
    २
    धनका धनी भन्दा, धनी मनका,
    कसरी भूल्लान् र मनले जनका।
    – हाेम प्रसाद न्याैपाने
    धरान,सुनसरी

    #७५
    १
    जताततै बढेको छ रहर
    भानु भक्त कविताको लहर।
    २
    कविता लयमा मिलाएर गाउने बानी
    आफू रोइ अरूलाई हसाउँने कहानी।
    – नवीन जाेशी
    ७ नम्बर प्रदेश, कैलाली

    #७६

    १
    नेपाली साहित्यका पहिला कवि,
    हर ठाउँमा पुगे बनेर रवि।
    २
    घाँसीको सोच थियो कुवा खनाउने,
    मूलको पानी सबैलाई खुवाउने।
    – अनिल खग्रास

    #७७

    भानुभक्तकि आमा प्रति श्रध्दा !
    १
    आमा सदा हुनु भो धन्य ,
    बयान के गरूँ म अन्य।
    २
    गदगद भइन् नेपाल आमा ,
    भानुभक्तको उज्यालो धरामा।
    – राजेश्वरी राजोपाध्याय
    पाटन ,  ललितपुर ।

    # ७८
    १
    शाहसी अनि चलाख र चतुर भएको छवि,
    रङ्गायौ इतिहासको पाना बनेर आदिकवि।
    २
    मेटायौ प्यास बटुवाको, पानीको कुवा खनी,
    छायौ सबैको माझ साहित्यको प्रकाश बनी।
    – भुवन लिम्बु
    कमल गा.पा.६,  झापा

    # ७९
    १
    त्यो चुँदी रम्घा उज्यालो भा’ छ भानुको तापले,
    संसारै  भरि  सुगन्ध  छा’ छ साहित्य छापले ।
    २
    लौ गरौं सेवा बन्नुपर्छ दानी,
    उनैले लेखे घाँसीको कहानी ।
    – रचना मोक्तान “यात्री” काभ्रे

    #८०
    १
    चुँदी रम्घा जन्मस्थल नाम तिम्रो भानुभक्त,
    आर्यवंशी ब्राह्मण धनन्जयका थियौ रक्त ।

    २
    संस्कृतको रामायण नेपालीमा अनुवाद,
    कर्णप्रिय सुन्दै आहा! नमेटिने मधुस्वाद ।

    – बसन्त अनुभव, घोराही १४, दाङ

    # ८१
    १
    भानुले एकीकरण गरेर नेपाली भाषा बचाए,
    रामायण महाकाव्य लेख्दा उन्ले धेरै पीडा पचाए!
    २
    हाम्रो भाषा र साहित्यका भानु तिमी नेपालीका तारा,
    तिम्रो गहन योगदानमा झुक्छन् नेपाली शीर सारा!
    – भूषण जंग, अस्ट्रेलिया

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on टुक्का साहित्य समाज काठमाडौँद्वारा भानु जयन्तीको अवसर पारेर टुक्का वाचन कार्यक्रम सम्पन्न

    तुलसीपुर मेट्रो अस्पताल लाई सिसा नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

  • २८ असार २०७८, सोमबार १९:३१ मा प्रकाशित
  • दाङको तुलसीपुर स्थित तुलसीपुर मेट्रो अस्पताल/ कोरोना आइसोलेशन अस्पताललाई स्वास्थय सुरक्षा सामग्रीहरु सहयोग प्रदान गरिएको छ ।

    एक कार्यक्रम काे आयोजना गरी उक्त स्वास्थ्य सामग्रीहरु नगर उपप्रमुख माया शर्मालाई शिसा नेपालको केन्द्रीय अध्यक्ष साजिदा सिद्दिकीले सोमबार हस्तान्तरण गर्नु भएको थियो ।

    उक्त सामग्री कारितास जर्मनीको आर्थिक सहयोग तथा सिसा नेपाल दाङको समन्वयमा अस्पताललाई प्राप्त भएको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन बिमल केसीले जनाउनुभयो ।

    उहाँका अनुसार सहयोग प्रदान गरिएका सामग्रीहरुमा कोरोनाको तेस्रो लहरको लागि आवश्यक पर्ने सामग्रीहरू १० थान सेमी folding bed ,२ ओटा अस्थाइ टेन्ट , १०थान PPE, ३थान नेबुलाजिर मेसिन , ५थान oxymeter, N 95 mask, surgical gloves 200 जोडा, ब्ल्यांकेट १०थान आदि रहेको छ ।

    साथै उक्त अवसरमा सिसा नेपालकै सहयोगमा अस्पतालमा मनोपरामर्शको कार्य पनि भइरहेको र आगामी दिनमा पनि सहयोग रहदै जाने प्रतिबद्धता सिसा नेपालकि अध्यक्ष सिद्धिकीले व्यक्त गर्नुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on तुलसीपुर मेट्रो अस्पताल लाई सिसा नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P