• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

विदेशबाट जेलमुक्त र बेखर्ची भएर फर्किनेको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने

  • ११ श्रावण २०७८, सोमबार १९:०४ मा प्रकाशित
  • ११ साउन, काठमाडौं । सरकारले विदेशबाट जेलमुक्त र बेखर्ची भई फर्किएका व्यक्तिहरुको क्वारेन्टिन खर्च व्यहोर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तै विदेशबाट जेलमुक्त भएर फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भएर फर्केका नागरिकको क्वारेन्टिनमा बस्दा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।
    क्वारेन्टिनका लागि आवश्यक प्रबन्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउने र आवश्यक रकम अर्थ मन्त्रालयले निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता  तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    बैठकमा राष्ट्र ऋण पाँचौं संशोधन नियमावली २०७८ र ऋणको प्राथमिक तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गरी विश्वव्यायिक समूहको अन्तर्राष्ट्रिय विकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप प्राप्त हुने अमेरिकी डलर ६० मिलियन बराबरको ऋण सहायता स्वीकार गरेको छ ।
    यस्तै बैठकले कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका खरिद सम्झौताको म्याद आवश्यकताको आधारमा ६ महिना थप गर्न स्वीकृत प्रदान गरेको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on विदेशबाट जेलमुक्त र बेखर्ची भएर फर्किनेको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने

    आफ्नो जन्मदिनको अवसरमा भण्डारी दम्पतीले गोरखनाथ वैदिक गुरुकुलका बटुक, कन्या लगायत गुरुकुल परिवारलाई गराए खिर सेवन

  • १० श्रावण २०७८, आईतवार २१:०० मा प्रकाशित
  • आफ्नो जन्मदिनको अवसर पारेर घेाराही उपमहानगरपालिका वडा नं. १७, चाैघेरा निवासी पं. फणिधर भण्डारी दम्पतीले गोरखनाथ वैदिक गुरुकुलका बटुक, कन्या लगायत गुरुकुल परिवारलाई खिर सेवन गराएका छन् ।

    परिवारको जन्मदिन, रुद्राभिषेक लगायत विभिन्न अवसर पारेर गुरुकुलमा भोजन गराउदै आएका भण्डारीले यसपटक पनि साउन १० गते परेको आफ्नो र धर्मपत्नीको जन्मदिनको अवसरमा नेपालकै पुरानाे ऐतिहासिक मठ श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा संचालित यस गाेरखनाथ वैदिक गुरुकुलमा सपरिवार आई गुरुकुलमा दक्षिणा , फलफुल र अन्न भण्डार सहित खिर खुवाएको र निकट भविष्यमा गुरुकुलमा अक्षयकाेषकाेलागि सहयाेग गर्ने प्रतिबद्धता गरेको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले जनाए ।

    अध्यक्ष भट्टराईका अनुसार दाङ जिल्लाको एक मात्र गुरुकुलमा दाङ,तुल्सिपुर,गढवा देउखुरी र प्यूठान क्षेत्रबाट संस्कृत पढ्नका आउने गरेको र हाल १६ जना वटुकहरु आवासीय रुपमा रहेर गुरुकुलीय शिक्षा अध्ययन गरिरहेका छन् । गुरुकुलले हालै कक्षा ६ र ७ संचालन गर्ने अनुमति पाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on आफ्नो जन्मदिनको अवसरमा भण्डारी दम्पतीले गोरखनाथ वैदिक गुरुकुलका बटुक, कन्या लगायत गुरुकुल परिवारलाई गराए खिर सेवन

    निर्मला हत्याका दोषी चाँडाे पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

  • १० श्रावण २०७८, आईतवार १८:४३ मा प्रकाशित

  • साउन, महेन्द्रनगर । तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । निर्मलाका बुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्तले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    उनीहरुले तीन वर्षसम्म छोरीको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेकाले चाँडै दोषी पत्ता लगाएर कानूनको कठघरामा उभ्याउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले न्याय पाउने आशा मरिसकेको भए पनि हालै नयाँ सरकार आएकाले झिनो आशा अझै बाँकी रहेको उल्लेख गरे ।

    ज्ञापनपत्र बुझाउनु अघि आइतबार निर्मलाको तेस्रो पुण्यतिथिमा महेन्द्रनगर बजारमा मौन र्‍याली निकालेर श्रद्धाञ्जली दिइएको थियो । ज्ञापनपत्र बुझाउने र श्रद्धाञ्जली र्‍यालीमा निर्मलाकी आमा दुर्गादेवी भने देखिइनन् ।


    १० साउन २०७५ मा भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित १३ वर्षीया निर्मला साथीको घर गृहकार्य गर्छु भन्दै गएका बेला बेपत्ता भएकी थिइन् । उनी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय उखुबारीमा फेला परेकी थिइन् । तर निर्मलाको बलात्कार र हत्या कसले गरेको हो ? भन्ने अहिलेसम्म खुलेको छैन ।

    पहिलो प्राथमिकतामा राखेर यो प्रकरणको निरन्तर अनुसन्धान भइरहेकाले चाँडै दोषी पत्ता लाग्ने प्रहरीले आश्वासन दिँदै आएको छ ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on निर्मला हत्याका दोषी चाँडाे पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

    स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  • १० श्रावण २०७८, आईतवार १८:१२ मा प्रकाशित
  • काठमाडौं ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

    श्रेष्ठको सपथ कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तय गरिएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण सम्बन्धि विवाद सिन्धुपाल्चोकमा

  • १० श्रावण २०७८, आईतवार १४:२९ मा प्रकाशित
  • सिन्धुपाल्चोक संवाददाता

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण विवाद सिन्धुपाल्चोकमा पनि देखिन थालेको छ । नेपाली कांग्रेसमै रहेर लामो समयदेखि संघर्ष गर्दै आएको हरुलाई समेत सदस्यता वितरण गर्दा ओझेलमा पारेको कांग्रेसका जिल्लातहका सक्रिय नेताहरुले बताउन थालेका छन् ।

    कांग्रेसले टिकट दिएर जितेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई पार्टिले क्रियाशिल सदस्यता नदिएको भन्दै गुनासो गर्नुभएको छ । “लामो समयदेखि कांग्रेसमै रहेर काम गरे, कांग्रेसकै प्रचार गरे ,पार्टिले नै टिकट दिएर चुनाव लडे अहिले सम्म कांग्रेसकै नेता बनेर काम गरिरहेको छु , अहिले पार्टिले कांग्रेस नेता नभएको जस्तो ब्यबहार गर्र्यो ” हेलम्बु गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेसका नेता शेर्पाको भनाइ छ । २ चोटि महासमिति सदस्य समेत भइसकेको, क्रियाशिल सदस्यता दर्ता समेत भैसकेको र कांग्रेस बाटै २०६४ सालमा संविधान सभा सदस्य उमेद्वार समेत रहेका शेर्पा, मैले के कारणले सदस्यता नपाउने पार्टि नेतृत्वले प्रष्ट पार्नुपर्ने बताउनुहुन्छ । कांग्रेस बाटै चुनाव लडेर गाउँपालिका अध्यक्ष भएको ब्यक्तिको समेत क्रियाशिल सदस्यता नविकरण हुँदैन भने कस्को हुन्छ ? शेर्पाले नेतृत्वलाई प्रश्न गर्नुभयो ।

    शेर्पाले क्रियाशील सदस्यबाटै आफ्नो नाम हटाएको जानकारी दिदै ‘एउटा देशभरीकै नमुना गाउँपालिका बनाउन हिडेको मान्छेलाई नेपाली काँग्रेसले क्रियाशील सदस्यता प्रदान गर्न सक्दैन भने देशभरीका काँग्रेसहरुले पार्टी प्रति कसरी विश्वास गर्ने ?, मलाई क्रियाशील सदस्य नै नदिनु भनेको त काँग्रेस हैन भन्न खोजेको हो पार्टीले । मैले काँग्रेसबाटै चुनाव जितेर नमुना गाउँपालिका बनाउने अभियान चलाए, पार्टीले मलाई अहिले चिन्दैन यो काँग्रेसप्रति आस्थावानहरुको लागि समेत दुखद कुरा हो ।’ शेर्पाले भन्नुभयो । ‘यदि म नेपाली काँग्रेस हैन भने २०७४ सालको स्थानीय चुनावमा मलाई किन पार्टीले टिकट दिएको ? अहिले आएर जनताको पक्षमा काम गर्दा पार्टीलाई टाउँको दुखाई भएर मेरो क्रियाशील सदस्यता नै हटाइदिने ?’ अध्यक्ष शेर्पाको आक्रोश थियो ।

    यता जिल्ला सभापति विकास लामाले भने जिल्लाको क्षेत्र नम्बर १का केहि विवाद भएपनि क्षेत्र नम्बर २मा कुनै विवाद नभएको दावि गर्नुभयो । कुनैबेला पार्टि छोडेको हुनाले स्वत क्रियाशिल सदस्यता खारेज हुने कांग्रेसको विधान भएकाले निमा ग्याल्जेन शेर्पाको हकमा समस्या भएको स्वुकार्नुभयो । अर्को पार्टि छोडेर कांग्रसमा आएको कोहि ब्यक्ति क्रियाशिल सदस्य नभएपनि टिकट दिन सकिने भएकाले पार्टिले योग्य ठहरेर टिकट वितरण गरेको सभापति लामाले बताउनुभयो । पार्टिले कांग्रेसनै हैन जस्तो ब्यबहार गरेको भन्दै अब आफु कुन पार्टिको भन्ने चिन्ता थपिएको शेर्पाको भनाइ छ । असार १ गतेको बाढीले लगभग ८० प्रतिशत क्षति पुर्र्याएको यस्तो परिस्थितिमा पार्टिले आफुलाई सदस्यको लागि योग्य नठानेको भन्दै उहाँले काम गर्ने जाँगर समेत नभएको गुनासो गर्नुभयो । आफु कुन पार्टिको भनेर जनतालाई विश्वास दिलाउने र जनता माझ जाने भन्ने अन्योलता भएको शेर्पाको भनाइ छ । कांग्रेको विवाद अन्य जिल्लामा पनि बढ्दै गएको अवस्थामा सिन्धुपाल्चोकमा पनि यस्ता गुनासोहरु बाहिर आउन थालेका हुन् ।

    कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशन आउन लगभग महिना दिन बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण सम्बन्धि विवाद सिन्धुपाल्चोकमा

    नेपाली जनसंपर्क समिती साउदीको पुर्वी क्षेत्रीय अधिबेशन सम्पन्न सभापतिमा बिष्णु प्रसाद अधिकारी,

  • १० श्रावण २०७८, आईतवार १०:४९ मा प्रकाशित
  • २५ जुलाई २०२१ ! साउदी अरब, नेपाली जनसंपर्क समिती साउदीअरबले पुर्व क्षेत्रमा रहेका राष्ट्रियता, लोकतन्त्र र समाजबादमा आस्था र विश्वाश राख्ने कांग्रेसी साथीहरुलाई एकत्रित गर्दै नेपाली जनसंपर्क समिती साउदीअरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशन अनलाइन भर्चुअल माध्यमद्वारा मिती २४ जुलाई २०२१, शनिबारका दिन सम्पन्न गरेको छ ।

    नेपाली जनसंपर्क समिती साउदी अरबका का.बा. सभापति, ने.का. १४ औं महाधिवेसनका महासमिती सदस्य द्वारिका राज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त अधिवेशनमा नेपाली जनसम्पर्क समिती साउदी अरबका प्रमुख सल्लाहकार, ने.का. १४ औं महाधिवेसनका महासमिती सदस्य दिपक रेग्मी प्रमुख अतिथीमा, नेपाली जनसंपर्क समिती साउदी अरबका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु अतिथीमा रहेका थिए ।

    नेपाली जनसंपर्क समिती साउदी अरबका महामन्त्री, ने. का. चौधौँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि सुरेश राज त्रिपाठीद्वारा संचालित उक्त कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली जनसंपर्क समिती साउदी अरबका कोषाधक्ष्य अरुण बेल्बासेले स्वागत मन्तब्य दिइएका थिए ।

    कार्यक्रममा उपस्थित केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले आफ्नो मन्तब्य राख्ने क्रममा नेपाली काँग्रेसको ईतिहास, नेपाली जनसंपर्क समिती साउदी अरबको स्थापना कालदेखी हालसम्म गरेका र आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी दिँदै नेजसस साउदी अरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशनबाट निर्बिरोध सर्बसम्मतिबाट चुनिनुभएका सम्पूर्ण कार्यसमितिका साथीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

    नेपाली जनसंपर्क समिती साउदीअरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशनबाट निर्बिरोध सर्बसम्मतिबाट कार्यसमितिमा सभापतिमा बिष्णु प्रसाद अधिकारी, उप-सभापतिमा तिलक मल्ल र भिम कार्की, महामन्त्रीमा सोम प्रसाद भुर्तेल, सह-महामन्त्रीमा तारापती काफ्ले, कोषाधक्ष्य बुद्दी गुरुङ, सह-कोषाधक्ष्यमा प्रेम बहादुर परीयार, सदस्यहरुमा दशरथ हुमाँगाईँ, सुरज रेग्मी, सविन तामाङ, फर्जुल राजा, श्श्रीकान्त भुर्तेल, टंक बहादुर मगर, बिरेन्द्र बुढाथोकी, नारायण प्रसाद काफ्ले, चुनिनुभएको नेपाली जनसंपर्क समिती साउदी अरबका महामन्त्री, ने. का. चौधौँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि सुरेश राज त्रिपाठीले जानकारी दिइएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली जनसंपर्क समिती साउदीको पुर्वी क्षेत्रीय अधिबेशन सम्पन्न सभापतिमा बिष्णु प्रसाद अधिकारी,

    ज्वाला संग्रौलाको कडा चेतावनी MCC हाम्लाई चाहिँदैन, मुलुक बेच्न पाइँदैन

  • १० श्रावण २०७८, आईतवार ०८:४७ मा प्रकाशित
  • १० श्रावण २०७८, नेपाल सरकारले अमेरिका सित गरिरहेको सम्झौता एमसिसि MCC बारेमा सकृय सामाजिक अभियन्ता ज्वाला संग्रौलाले कडा चेतावनी सहित आफ्नो फेसबुक स्टाटस राखेकी छिन् ।

    उनले आफ्नो स्टाटसमा लेखेकिछिन् “जसले यो देशको भौगोलिक अखण्डताको इतिहासलाइ, स्वाधिन नेपाललाई आफ्नो छाती र मुटुमा बोकेर हिँडीरहनु भाको छ, एक पटक सिंहदरबार र बालुवाटारभित्र लुकेर नब सामान्तहरूलाई, शासकहरूलाई, आफुलाई आजको संसारको सबैभन्दा प्रगतिशिल लोकतन्त्रको हिमायति ठान्ने, र यो संसारको सबैभन्दा शक्तिशाली शासक आफुलाई ठान्ने अमेरिकाका कुख्यात नश्लवादी तानशाह डोनाल्ड ट्रम्पको बंकरभित्र लुकेको ताजा खबर सुनाईदिनुहोला।साथै यो पनि भन्दिनु कि, “यदि तिमीले जनताको आवाजलाई बेवास्ता गर्यो भने, जनताका भावना, सपना, भाग्य र भविश्यलाई यदि तिमीले च्यात्न खोज्यौभने, जनताका चाहनालाई यदी तिमीले बलात्कार गर्न खोज्यौ भने बालुवाटारमा बंकर छैन, तिमी लुक्ने ठाउॅसम्म पनि भेट्ने छैनौ महाराजा !”

    जबर्जस्ती देश र जनताको हित बिपरित MCC पारित गर्न खोज्छौ भने अब आन्दोलनको यस्तो ॲाधी र तुफान सिर्जना गर्नेछौं कि तिम्रा बालुवाटारभित्र छिरेर जनताको करमा रजाईँ गर्ने हरेक नाकाहरूलाई हामी बन्द गरीदिने छौ।जनताले तिम्रा दानापानी आउॅने सम्पूर्ण नाकाहरू ठप्प पारिदिने छन् र तिमीले अमेरिकी साम्राज्यवादको अगाडि घॅुडा टेकेर अमेरिकाले चुसेर फालेको जुठो हड्डी खायौ भने तिम्रा श्रीमतीका दिनैपिच्छे फेरिने पेटीकोट र साडीहरूको पनि हिसाब खोज्छौ।NGO र INGO मा आउॅने पैसाको नाममा यदि कसैले देशलाई बेच्न खोज्छ भने हामी यिनीहरूलाई घोक्रेठ्याक लगाएर यिनीहरूकै ससुराली अमेरिकातिर पटाईदिने छौं।सिंहदरबार र बालुवाटारका नबशासकले यो कुरा जान्न आवश्यक छ, कुनैबेला महम्मद गद्घाफी, कुनैबेला ओशामाबिन लादेन, कुनैबेला सद्घाम हुसेन, तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका ह्रीस्की पार्टनर थिए।तत्कालीन अमेरिकी राष्ट्रपतिका नजिकका पार्टनर थिए।कालान्तरमा अमेरिकी सेनाले तिनीहरूकै कन्चटमा बन्दुक तेस्याएर मारेका थिए।अहिले तिनीहरूलाई दुईचार करोड दिएर, दुईचार ठाउॅ राती राती बोलाएर, जॅाडपार्टी गरायर तिम्रा दुइचार जना कार्यकर्ताहरूलाई Settle गर्ने नाममा इतिहासदेखि भर्जिनल्याण्ड रहेको, हाम्रा बीर पुर्खाहरूले भोकभोकै लडेर बचायको देशलाई कसैले अमेरिकी साम्राज्यवादको MCC नामको बुट कुल्चाउॅन चाहान्छ भने याद गर्नु, तिम्रा बुटहरू र तिम्रा टाउकाहरू सिंहदरबार र माइतीघर मण्डलाबाट कसरी काटिने छन् र फुडबल खेलिने छन्।MCC सहि छ भनेर फेसबुकमा स्टाटस लेख्ने नेताका झोलेदेखि लिएर संसदको रोस्टम घेर्ने रास्ट्रघाती जनप्रतिनिधिहरू, पॅाच मिनेट, मात्र पॅाच मिनेट मसॅग पब्लिकमा बहस गर्न आउ।देशलाई दुख्ने कुरा, देशको स्वाभिमान माथी ॲाच आउने कुरा, देशको रास्ट्रियात धरापमा पार्ने कुरा कुनैपनि स्वतन्त्र नागरिकलाई सैह्य हुने छैन।सिंहदरबार र बालुवाटारमा बसेर देश बेच्ने अधिकार कस्ले दियो तिमीहरूलाई ? केहि अर्ब रूपैयासॅग देश सॅाटन पाईदैन महासय ! बरू बिकास नहोस्, भोकै मरियोस, नेपाल संसारकै गरिब राष्ट्र भनेर चिनियोस् तर स्वाधीन रहिरहोस ! गरिब हुनु अपराध हैन।नेपाललाई सुनको पिंजडामा कैद गरिएको सुगा जस्तो बनाउने तिमी मौसमी रास्ट्रबादका ठेकेदारहरूहो, यदि जबर्जस्ती MCC पास गर्नतिर लाग्यौ भने अब हामी जनताले सडकबाट ठेगान लगाएरै छाड्छौ ! पर्ख र हेर !

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on ज्वाला संग्रौलाको कडा चेतावनी MCC हाम्लाई चाहिँदैन, मुलुक बेच्न पाइँदैन

    गुरुपूर्णिमाको अवसरमा आयोजित ‘टुक्का लेखन अभ्यास शृङ्खला- १४’ सप्पन्न, ४९ जना टुक्काकारहरूको सहभागीता

  • ९ श्रावण २०७८, शनिबार २२:५९ मा प्रकाशित
  • अभ्यासमा सहभागी टुक्काकारहरू

    टुक्का लेखन अभ्यास शृङ्खला -१४ मा सहभागी टुक्काकारहरूद्वारा रचित उत्कृष्ट टुक्काहरू

    @ १
    १
    सर्वप्रथम मेरी  ममतामयी आमा नै गुरु,
    मेरा बाबाले अक्षरारम्भ गराइ दिए सुरु।
    २
    गुरुका  चरणमा  पुष्प अर्पण गर्दै आदर,
    दुई कर जोडी टक्र्याउँछु नमस्कार सादर।
    ३
    ज्ञानगम्य  सारा  मनन गर्न  सकुँ खुरुखुरु,
    पथप्रदर्शक जताका  भए नि सव हुन् गुरु।
    ४
    गुरु विना असम्भव संसारका ज्ञानोपार्जन,
    सदा आभारी छुँ गुरु प्रति जे जति छन् आर्जन।
    – शर्मिला श्रेष्ठ,ललितपुर
    हाल अमेरिका ।

    @ २
    १.
    माता र पिता ती पहिला गुरु संसार देखाउने,
    जीवन भाेग्न सिकाउने उनै भविश्य लेखाउने।
    २.
    हरेक माेडमा अनेकाैं गुरु सबैलाई नमन
    सुमार्ग देखाई अज्ञान ती सबै पारेथ्याै शमन।
    ३.
    सदैव मिलाेस् अाशिर्वाद गुरुकाे चरण
    सुकर्म र नैतिक शिक्षा बुद्धिकाे भरण ।
    ४.
    गुरुकाे ज्ञान पाएर हाम्राे धन्य छ जीवन,
    गुण गान गाअाैं चढाई सधैं श्रद्धा सुमन।
    – ताराप्रसाद चापागाईं

    @ ३
    १.
    गुरुबिना जिन्दगानी थियो कालो
    गुरुवाणीले हटायो कालो जालो।
    २.
    अक्षर के हुन् कनिकुथी हेर्थेँ
    गुरु भेट्दा कान्छी औंलामा बेर्थेँ।
    ३.
    आजको पदवी गुरुकै देन
    गुरुबिना कसैले केही गरेन।
    ४.
    गुरुको नाममा चेली लुटेका कथा
    सुन्दा सुन्दै मुटु यो फुट्छ बढ्छ व्यथा।
    – पौडेल विमुन्स,पाेखरा

    @ ४
    १.
    हजुर  हो   गुरुदेव  मलाई   अक्षर   चिनाउने,
    यो दुनियाँमा सक्षमता अनि योग्यता  दिलाउने।
    २.
    माया  गरौँ आदर गरौँ गुरु आमा गुरु बा लाई
    बाबा आमा छरछिमेकि दिदि बहिनी दाजु भाई।
    ३.
    हामीले जति सिकेका छौँ गुरु नै हुन्  सिकाउने,
    पद  प्रतिष्ठा  सम्मानले  बिश्वभरी   बिकाउने।
    ४.
    ताते हिड्न थाले देखि अहिले सम्म जति जाने,
    सिकाउने गुरु को  नै आशिर्वाद र माया ठाने।
    ✍नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    (हाल: गोदावारी,ललितपुर)

    @ ५

    १•
    दर्शन म गर्छु सदा शिर यो झुकाई
    पुजनीय मातापिता अनि गुरुलाई।
    २•
    हृदय नै खोलिकन दिनुहुन्छ ज्ञान,
    उब्जिएका समस्याको गरी समाधान।
    ३•
    मेरा गुरु मेरा निम्ति ज्ञानको भंडार,
    भुल्न कसै सक्दिनॅ म छोडे नि संसार।
    ४•
    एकलब्य जस्तो चेला नबनेता पनि,
    शब्द गुच्छा चढाउॅला गुरुभेटी भनी?
    – घनश्याम पौडेल,
    सृजना चोक, पोखरा।

    @ ६

    १.
    जन्माएर यहाँ धर्तिमा पाईला टेकाउँने,
    पहिलो गुरु बाआमा संसारमा देखाउँने।
    २.
    शिक्षा दिन्छन्  हामी लाई बिद्यालयमा अनमोल,
    दोश्रो गुरु मान्छौँ हामी सुनचाँदीमा हुन्न तोल।
    ३.
    जहाँ बसेनी भोजन गर्छौं तेश्रो गुरु किसान जानी,
    बाली अन्न उब्जाएर मेहनती यहाँ धेरै छन् ज्ञानी।
    ४.
    आत्मा ज्ञान दिन्छन् हामी लाई गाईत्री मन्त्र  जप्नू भन्छन्।
    यीनै हुँन् हाम्रा पाँचौं गुरु  महापुरूष हरुले गन्छन्।
    – कमला हरिमाया पाण्डे पराजुली, झापा

    @ ७
    १
    मातापिता अनि गुरुवर्ग हुन, मेरा निम्ति भगवान,
    नतमस्तक रहन्छु सदा गर्दै शिर झुकाइ सम्मान ।
    २
    शिक्षा मिल्यो गुरुवर्गबाट खुल्यो ज्ञानको ज्योति,
    शिक्षा नै रहेछ जीवनमा अमूल्य हिरामोती ।
    ३
    आज जे छु जहाँ छु गुरुवर्ग हुनुहुन्छ कारक,
    अशिक्षा र अन्धकार म भित्रको कुशल मारक ।
    ४
    सक्दिन म एकलब्य झै भेटी औंला काटि दिन्,
    चाहान्छु म पावन दिनमा गुरुवर्ग संझिन् ।
    – वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    @ ८
    १.
    शिक्षक अाफैं हुरुरु बलेर ,,
    प्रकाश छर्छन् मैनझैं जलेर ।
    २.
    कहिल्यै   गुरुलाई   नगर्नु  है हेंला ,,
    डुङ्गा बनी नदी तार्या हुन् काेही बेला ।
    ३.
    पुज्य हुन्छन् जहिले  नि गुरु ,,
    छर्छन्   ज्याेति   बलेर  हुरुरु ।
    ४.
    नङ र मासुजस्तै हुन् गुरु अनि शिष्य ,,
    बनाइदिन्छन् गुरुले उज्यालाे भविष्य ।
    – थापा रुद्र
    भानु – ११ , तनहुँ

    @ ९

    १.
    सुन्नुहवस् कुराे भन्छु एउटा
    गुरु जस्तो काेही छैन देउता ।
    २.
    गुरुले नै बनाइदिन्छन् मान्छे सबै  ठूला
    उनैले टालिदिन्छन् सबै अज्ञानका  दुला ।
    ३.
    शिक्षा दिन्छन् अरुलाई अाफु सधैं नै  जली
    मान्छे अाफैँ खराब बन्छ गुरुलाई छली ।
    ४.
    गुरुले नै शिष्यकाे उद्धार गर्छन्
    खाली दिमाग सुविचारले भर्छन् ।
    – लक्ष्मी घिमिरे दहाल, दमक ७ झापा

    @ १०

    १.
    हात समाई अक्षरै लेखाउने,
    गुरुले नै हाे भविष्य देखाउने ।
    २.
    नदी बगरका माझी हुन् गुरु,
    चेला तारी  उडाउँछन् भुरुरु ।
    ३.
    गुरु पनि बाअामा समान,
    तिनीलाई   पराई   नठान ।
    ४.
    गुरुज्यूले देखाएकाे बाटाेमा,
    हिंडौं हामी मान गरौं साटाेमा।
    – शर्मिला कार्की “शरु”
    पैंयुँ – २ , पर्वत

    @ ११

    १.
    ज्ञान गुनका कुराहरू सिक्नलाई गरें शुरु,
    कान समाएर सिकाउने कहाँ छन् मेरा गुरु॥
    २.
    दुई चार अक्षर चिने पछि साक्षर म भएँ,
    उफ्री उफ्री सिकाउनलाई त गुरु हुन गएँ।
    ३.
    त्यति छिटो सजिलै कहाँ पाईन्छ गुरु हुन,
    सबै बिषय थाह नभए पर्छ आफैं रुन।
    ४.
    बा,आमा र गुरु हुन भगवान,
    गर्नु पर्छ सँधै हामीले सन्मान।
    –पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @ १२
    १.
    गुरु भन्दा चेला जान्ने
    बिना गल्ति झाप्पु हान्ने।
    २.
    गुरु बिना शिष्यको पाईला चल्दैन ,
    असल ब्यक्तिले कहिले नि छल्दैन।
    ३.
    जसलाई जति बाडे पनि ज्ञान रितिदैन ,
    बिना बुद्धिबिबेकले कतै केहि जितिदैन।
    ४.
    सबैले जिन्दगीमा भलो काम गर्नुपर्छ ,
    आफु भित्रको ज्ञान सबैलाई छर्नुपर्छ
    – उषा के.सी., ललितपुर

    @१३
    १.
    महान हुन् गुरुहरू जसले शिक्षा दिने गर्दछन्  ,
    नजान्नेलाई पनि सिकाएर नयाँ बाटो भर्दछन् ।
    २.
    शिक्षकले आफ्नो कर्तव्यहरू  पुरा गरेर ,
    ज्ञान छर्दछन् सबैलाई मिठो माया भरेर ।
    ३.
    कहिल्यै कसैको गलत सोच्ने नहोस् बानी ,
    गुरुलाई सम्मान गर्नुपर्छ आफ्नै  ठानी ।
    ४.
    असल गुरुलाई सबैले  भगवान समान ठान्नु ,
    बाटो देखाउने जीवनको अमुल्य योगदान मान्नु ।
    – रिता खराल, रुपन्देही

    @ १४

    १.
    हात भरि धुलो थियो शरीर सबै मैलो,
    गुरुजनले पखाले खुल्यो ज्ञानको दैलो।
    २.
    ज्ञान नभएमा शिखर छुँदैन,
    बिना गुरु ज्ञान कहिले हुँदैन।
    ३.
    गुरु नै हुन जीवनको पाठ लेखाउने,
    सही मार्गमा भविष्यको बाटो देखाउने।
    ४.
    गुरुजनको ज्ञानले झोला भर्नुपर्छ,
    साटोमा उनलाई सम्मान गर्नुपर्छ।
    – प्रकाश बुढाथोकी
    असम भारत।

    @ १५
                                  
    १.
    दर्सन गर्छु प्यारो नेपाल कै गुरुलाई ,    
    राम्रो शिक्षा मैले हजुर जिन्दगीमा पाई ।  
    २.
    साथी संगीनी हेला गर्ने च्यात्तिएको लुगा ,    
    गुरुले भन्ने गर्थे नानीको सोचेको पुगा ।    
    ३.
    कति प्यारो लाग्थ्यो मलाई गुरुको नाता ,
    मुस्कान छोडि पल्टाएको किताबको गाता ।                                                    
    ४.
    कुनै दिन त गुरुबाट पिटाइ खाइयो,      
    यस्तो लाग्छ जीवनको सबै ज्ञान पाइयो ।    
    – कान्छी बिनिता विश्वकर्मा, बाजुरा

    @ १६

    १,
    आफ्नो ज्ञान संधैं हामीलाई दिन्छन्
    शिष्यको निम्ति समय पनि लिन्छन्।
    २,
    निस्वार्थ सेवा गुरूले गर्छन्
    बिद्यार्थीलाई ज्ञानले भर्छन् ।
    ३
    आफू हारेर अरूलाई जिताउने शिक्षक हुन्
    शिक्षाको दियोले उज्यालो बनाउने उनै जून।
    ४
    सहन तयार छ्न्  निम्ति जे पनि उनी
    आफ्नोमा भएको सबै ज्ञान दिन्छन् गुनी।
    – प्रशान्ति राई
    सामसिङ्ग खासमहल, कालेबुङ

    @ १७
    १.
    पहिलो अक्षर क,ख ग हात समाई लेखाउने
    अामा बाबा पछिकाे गुरु नै हाे  भविस्य देखाउने।
    २.
    अामाबाबा र गुरुहरु मेरो लागि भगवान,
    सधैं गर्छु उहाँहरु लाई नै धेरै म सम्मान।
    ३.
    अामाबाबा जस्तै हुन् गुरुहरु नै समान,
    उहाँहरु लाई कहिलै पराई नठान।
    – शाेभा अर्याल
    बुटवल -१४ रूपन्देही

    @ १८
    १.
    गुरुलाई ब्रम्हा बिष्णु महेश्वर भन्छन्
    स्कुल छोडेपछि आफैलाई ठूला गन्छन् ।
    २.
    अक्षर चिनाउने गुरु पुज्य हुन्छन्
    उनैले जीवनको दु:ख पनि सुन्छन् ।
    ३.
    जीवनमा सही बाटो देखाउने हुन् गुरु
    उनीबाट नै जीवनको बाटो हुन्छ शुरु ।
    ४.
    सिकाउने गुरु हुन् जोड घटाउ गुन्न,
    तिनलाई हामीले ॲह बिर्सनु हुन्न ।
    – राजेशराज गडतौला
    रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    @ १९

    १.
    नमन गदर्छु म  सदैव शिर झुकाई
    पहिला गुरु पूजनिय बाआमालाई ।
    २.
    पहिलो गुरु आमा हात समाई अक्षर लेखाउने
    बाबाआमा पछिका गुरु हुन् जुन  भविस्य देखाउने ।
    ३.
    बाआमा र गुरुलाई गर्नेपर्छ  सम्मान
    उहाँहरूलाई कहिल्यै पराई नमान ।
    ४.
    एकपटक हैन सधै गर्नु पर्छ सबै प्रति सम्मान
    पढाईमा भन्दा व्यवहारिक हुन बढ।औ ज्ञान।
    – दुर्गा भट्टराई, मोरङ

    @ २०
    १.
    ज्ञान देउ बुद्धि देउ देउ न विवेक धर्म,
    गुरु बनी यो जगतमा सिकाइदेउ कर्म।
    २.
    पाप हैन तिमिले धर्म गर्दैजाउ,
    गुरुको ज्ञानले मस्तिष्क भर्दैआउ।
    ३.
    अक्षर होइन मैले तिम्रो अवस्था हो पढेको,
    भन्थ्यौ तिमी गुरुको ज्ञानले हो अगाडि बढेको।
    ४.
    तयार छु म सिक्न सधैं तिमिले पढाएको,
    खोइ त मलाइ असल बाटोमा बढाएको।
    – मुक्तिनाथ अधिकारी
    भरतपुर,चितवन

    @ २१
    १.
    जन्मदिने मेरी माता पहिलाे शिक्षा दाता ,
    पिता मेरा सर्वज्ञाता मेरा खाता पाता ।
    २.
    बिद्यालय जान थालें फेलापारें गुरु
    कखगघ भनी हालें पढें खुरुखुरु।
    ३.
    अङ्क गन्दा अाैला देखाई सिकाउथे हेर
    ए बी सी डी अङ्ग्रेजीको सिकियाे त्यति खेर।
    ४.
    लाेभ लाभ गरी ठग्नु हुन्न भन्थे गुरु ,
    नगरेर लाेभ अाज ध्यान गरेँ शुरु।
    – रामकृष्ण दुवाडी, पाेखरा ।

    @ २२
    १.
    हाम्रो गुरु त प्राकृतिक पनि हुन,
    उन्लेपनि दिएकाछन धेरै गुन।
    २.
    बेला बखतका उल्झनहरू पनि त गुरु,
    जसले हामीलाई शिक्षा दिन गर्छन शुरु।
    ३.
    हामीलाई जनम दिएर त माता पिताहरू
    बनेका हुन्छन् उनीहरु गुरु सुरु शिक्षा अरू।
    ४.
    जस जस बाट शिक्षा लियौँ ति सबै हुन गुरु,
    बेला बेलामा दिए योगदान गन्न गरौँ सुरु।
    – सुरेशकुमार पान्डे,
    दाङ घोराही १८

    @ २३

    १.
    साथीकोझैँ सम्बन्ध हुन्छ गुरु चेला,
    स्कूलबाट नै आउँदा भयो अबेला ।
    २.
    असल शिक्षा दिने मेरी गुरुआमा ,
    पढ्न जाँदा लगाउने यहीँ  हो जामा।
    ३.
    बाबा ,आमा र गुरु हुन् मेरा भगवान्,
    शिक्षा दिई मलाई बनाऊ गुणवान् ।
    – भगवती दवाडी ,झापा, दमक

    @ २४
    १.
    शिक्षक अनि चेलाको अजम्बरी नाता
    सुरक्षा गर्छ जसरी किताबको गाता।
    २.
    अज्ञानता हटाएर ज्ञानकाे सागर छर्न
    मन लाग्छ गुरुबर्गमा सधै सम्मान गर्न।
    ३.
    उच्चारण गर्न पाउदा पनि खुशी हुन्छ मन
    बाबा आमा पहिलो  गुरु सम्मानजनक धन।
    ४.
    पाइन्छ भने हर क्षेत्रमा आदरणीय गुरुको साथ
    देबि देवता पनि धर्तीमा ओर्लेर चुमिदिन्छन माथ।
    – ईश्वरी अधिकारी, लमजुङ

    @ २५
    १.
    तिमीले शिक्षा बेच्छौ म किनेर पढ्छु
    व्यापारी हु नि मनपर्ने गाडी चढ्छु
    २.
    मलाई चाहिदैन डाक्टर पाइलट हुन
    अहिले कोही त  आउदैन गुरु पाउ छुन
    ३.
    मलाइ बैँसमा पैसा चाहियो बेचेँ शिक्षा
    थुक्क म गुरु आज आफू माग्दैछु भिक्षा
    – रघु न्यौपाने

    @ २६

    १.
    गुरुहरुको सम्मान र ईज्जत गर्न जान्नुपर्छ ,
    नजानेको कुरा सिकाउँदा ज्ञानि भई मान्नुपर्छ ।
    २.
    सत्य युगमा गुरुलाई मान्थे ब्राह्मण थरका,
    पहिलो गुरु बाबा र आमा सुन आफ्नै घरका ।
    ३.
    सानो ठूलो केही हुन्न शिक्षा दिने गुरु,
    जान्नै पर्ने कुरा मानी सिकौं खुरु खुरु।
    ४.
    गुरु र शिष्य दुवैमा हुन्छ ज्ञान बराबर,
    सानो मन नगरेर सिक्दै जाऊ सरासर ।
    – ललिता अभागी, सिन्धुली

    @ २७
    १.
    आ-आमा पहिलो गुरु संसारलाई नै देखाउने ,
    उनैप्यारा गुरुहुन् मेरा धर्तीलाई टेकाउने ।
    २.
    बुद्धि ज्ञान अर्ती दिई साक्षरता बनाउने,
    शिक्षक गुरु हुन् मेरा बिद्या बाटो देखाउने।
    ३.
    गुरु बाट नै त्यो ज्ञान पाइन्छ,
    बिद्या सिक्न गुरु ज्ञान चाइन्छ।
    ४.
    जसले बिश्वमा पहिलो बिद्या देखाए,
    उनैले नै अगाडि गुरु नाम लेखाए।
    – वेदु न्यौपाने, काठमाडाैं

    @ २८
    १.
    जहाँ मिल्छन गुरू अनि शिष्य,
    उज्ज्वल हुन्छ शिष्यको भविष्य ।
    २.
    बा-आमाले संसारमा टेकाउँछन्,
    जिउने मार्ग शिक्षक देखाउँछन्।
    ३.
    गुरूले अन्धता फाँडेर हिंडाउँछन् बाटो
    विद्यार्थीलाई चिनाउँछन जन्मेको माटो।
    ४.
    ज्ञानको पुन्ज गूरूको सम्मान त गरौं
    गुरू सामु कहिल्यै अभिमानी नपरौं।
    – भूषण जंग, अस्ट्रेलिया।

    @ २९
    १.
    गुरु हुन् उज्यालो ज्योति दिने
    हामी ज्ञान लिने  कि  नलिने ?
    २.
    बाआमा र गुरु पुज्ने
    हुनुपर्छ  ज्ञान बुझ्ने ।
    ३.
    के बनाउने काँचो माटोको?
    यात्री हो नि शिष्य दोबाटोको !
    ४.
    गुरु नदीको माझी
    शिष्य बन्दछ  काजी ।
    – रिजाल विनोद
    बेलबारी२ मोरङ

    @ ३०

    १.
    नगरौ  हेला शिक्षकलाई
    बुझौँ न ठूला दिक्षकलाई।
    २.
    बाटो नै देखाउने गुरु
    लेखाइ सुधराइ सुरु।
    ३.
    हृदय देखि नै सम्मान छ गुरु
    बाटो बिर्सने छैन हिडाइ सुरु।
    ४.
    खुल्ला आकाश त्यो बादलले छेक्छ
    भविष्यको बाटो शिक्षक ले लेख्छ।
    – नबिन जोशी
    प्रदेश ७ कैलाली

    @ ३१

    १.
    गुरू नै ब्रह्म, गुरू नै बिष्णु , गुरू नै त महेश हुन् ,
    गुरूले लाएको हामी सबैले बिर्सनु हुन्न  गुण ।
    २.
    गुरूनै हुन्  सबैलाई ज्ञान दिने,
    निस्वार्थ सेवा दिई केही नलिने ।
    ३.
    शिष्य नभई गुरूको हुँदैन काम,
    गुरू नभए शिष्यको हुँदैन नाम ।
    ४.
    गुरूनै हुन् जन – जनमा ज्ञान भर्ने,
    अन्धकार हटाएर प्रकाश छर्ने ।
    – राजेन्द्र  प्रधान पासा, दार्जिलिङ्ग

    @ ३२
    १.                                        
    ज्ञान हाम्रो प्रकाश हो अज्ञान अन्धकार ,
    गरौं ध्यान गुरुको हात जोडी नमस्कार।
    २.                                           
    गुरु नभए ज्ञान काहा पाइन्छ ?
    अज्ञान हटाउन गुरु चाहिन्छ।
    ३.                                
    गुरु नै हुनुहुन्छ सबको महान,
    जस्ले दिनुहुन्छ सकारात्मक ज्ञान।      
    – अम्बिका गिरी

    @ ३३
    १.
    गुरु त्यो हो जसले, चिर्दछ घोर अन्धकार,
    जीवनको हर परीक्षा, लगाइदिन्छ पार ।
    २.
    सत्य के हो ? कर्म के हो ? के हो धर्मको आधार?
    गर्दैन उनले कुरा जो, हुन्छ है निराधार ।
    ३.
    गुरु बिना सफल कहाँ ? हुन्छ ज्ञान अपुरो,
    अल्प ज्ञानले जीवन पनि, हुन्छ है अधुरो ।
    ४.
    गुरुबाट पाएँ शिक्षा, बढाएँ जीवनपथ
    खुशी औ वैभव जोडेँ, चलाई जीवनरथ ।
    – गोपाल कृष्ण डंगोल
    महाराजगञ्ज, काठमाण्डू
    हाल: इटहरी

    @ ३४
    १.
    आध्यात्मको शिक्षा ज्योति सदा छर्ने गुरु
    ज्ञानको पानापल्टे गरे अध्याय सुरु।
    २.               
    दियो झेँ रुपलिई ऊर्जा  छर्ने देशमा
    संसारभरि छरछन् चरीको भेषमा।
    – धनुष न्याैपाने, सुर्खेत ।

    @ ३५
    १
    मलाई जन्म  पनि दिएँ,
    बाआमा मेरा गुरु थिएँ।
    ४
    जति  गरे पनि पुग्दैन वयान,
    अब्बल छ मलाई दिएको ज्ञान।
    ३
    जस्तै परिस्थिति अाअाेस भुल्ने छैन मैले कुनै दिन,
    सम्झिन्छु ती मेरा पहिला गुरु बा-आमा हरेक छिन।
    – जगत थापा, बझाङ्ग

    @३६
    १.
    ज्ञानको ज्योति फैलाई दिने ती मेरो गुरुको
    जन्माई दिने उजेली आमा गुरु हुन् शुरुको ।
    २.
    जलेर आफू उज्यालो दिने गुरुको शिक्षाले,
    दक्षिणा दिई नमन गर्छु श्रद्धाको भिक्षाले ।
    –रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा.  ५ , काभ्रे ।

    @३७
    १
    पाइला अल्मलिएर पुगिदैन गन्तब्य नभए गुरु
    गुरुको निर्देशनले नै प्रसस्त हुन्छ मार्ग खुरु खुरु ।
    २
    सबैले मनै देखि गर्नु पर्दछ मनन
    गुरुलाई गर्नु पर्दछ स -भक्ति नमन ।
    ३
    दोहर्याउने भ्राता , कर्म दिने पिता , जन्म दिने माता
    गुरु साक्षात देवता , बुद्धि , विवेक , बिद्या , सीप दाता ।
    – बिके माकजू, भक्तपुर

    @३८
    १
    बाँडेर ज्ञान सिगार्ने माथ जादु छ गुरुमा,
    जानेर काेही आउन्न यहाँ जन्मदै शुरुमा ।
    २
    मनकाे मैलाे पखाली धनकाे दैलाे उघाराैं,
    गुरुमा श्रद्धा चढाइ भावना शुद्ध उतारौं।
    ३
    झुकाइ शिर फुकाइ दिल परे है शरण,
    खुल्दछन् ढाेका ज्ञानका सबै गुरुकै चरण ।
    ४
    घमण्ड, घृणा क्रोध र मोह निकाली फालेर,
    विवेक,बुद्धि  भर्दिन्छ्न् गुरु सद्भाव पालेर।
    – त्रिलोचन भण्डारी
    मेचीनगर १०, झापा

    @ ३९
    १.
    जिन्दगीका ती बाटा लामा यात्रा पनि लामा,
    आमा  मेरो  जिन्दगीको  पहिलो गुरुआमा ।
    २.
    जिन्दगीको कठिन यात्रा जब भयो शुरु,
    पथप्रदर्शक  भै  निस्के  उनै  मेरो  गुरु ।
    ३.
    गुरुको अर्ती तीतो नै हुन्छ नमीठो नमान,
    उज्यालो तिर डोर्‍याउने ती देवता समान ।
    – डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    @ ४०
    १.
    हात समाइ कखरा सिकाई ज्ञान दिनुभयो,
    गुरु हजुर महान  मान , सम्मान लिनुभयो।
    २.
    मातापिता भन्दा अग्लो कद छ संसारमा
    संसारै अडेको  छ गुरुकै  स्वच्छ प्यारमा ।
    – लक्ष्मण समिर, बर्दिया
    हाल काठमाडाैं

    @ ४१
    १.
    शब्द उच्चारण सिकाउने अामा हाे सुरु
    जिन्दगीकाे पहिलाे पाठ अामा नै हाे गुरु ।
    २.
    रहर लाग्याे मनै देखि पढ्न लेख्न इच्छाले
    ज्ञान ज्याेती देखाउनु भयाे गुरुकाे शिक्षाले ।
    ३.
    राम्रो बाटाे डाेर्याउने सबै मेरा लागि गुरु
    नयाँ, सहि कदम देखाउनु गर्छु म सुरु ।
    – कविराज तामाङ, काभ्रे ।

    @ ४२

    जन्मेदेखि नमरुन्जेल सबै गुरु हुन् सिकाउने,
    श्रद्धा गर्छु सहज जिउन बाटो सधैँ देखाउने।
    – म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर
    हाल:-जापान

    @ ४३
    १.
    गुरुबिनाको ज्ञान पूर्ण हुँदैन
    गुरुको महिमा पहिचान छैन ।
    २
    गुरु प्रेरक प्रभात सरी
    गुरु नमन ज्योति छरी
    ३
    गुरु चरणको नै भक्ति गरी
    पाउनु ज्ञान अमूल्य जसरी
    ४
    आमा बा घर परिवार प्रथम् गुरु
    यहीबाट हुन्छ अभ्यासहरु सुरु ।
    – पुष्पासायरा, बिराटनगर ।

    @ ४४
    १.
    गुरुका चरणमा शिर निहुर्याई,
    सुखी बन गुरुका सदिच्छा पुर्‍याई ।
    २.
    कुखुरोबाट पाएथे गौतम बुद्धले ज्ञान,
    सम्मान गर्नुपर्दछ गुरुको सदैव जान ।
    ३.
    अस्थिर मन हुँदा गुरूसामु गइन्छ,
    बुबाआमा ती गुरु पुजाैं धन्य भइन्छ ।
    – रचना शर्मा प्रतीक्षा
    ल. पु., इमाडोल ।

    @ ४५

    १
    उनैबाट भएको. थियो जिन्दगानी सुरु
    आमा नै हुन् मेरो जीवन दिने पैलो गुरु ।
    २
    हरेक पल आसिक दिई हौसला बढाउने
    बाबा मेरा दोस्रो गुरु साउँ अक्षर पढाउने ।
    ३
    राखेर ठूला ठूला ती तस्बिर फेसबुकको भित्तामा
    हुँदैन गुरु सम्मान बरु राख न मनको कित्तामा ।
    ४
    काँचो माटोसरि थिएँ तिमीले नै दियौ निश्चित आकार
    झोलाभरि बोकेका मीठा सपना बनाइदियौं साकार ।                                                                            
    – श्रीकृष्ण शर्मा, पोखरा

    @ ४६
    १
    अज्ञानता हटाई ज्ञान सिकाउने,
    भगवान गुरु संसारमै टिकाउने।
    २
    गुरुकाे गुणलाई सकिन्न तिर्न
    अाज्ञा हाेस सदा सुमार्ग छिर्न।
    – काजी तामाङ ग्याबा
    चैनपुर – ४, संखुवासभा

    @ ४७
    १
    शिक्षक र विद्यार्थी हामी बिचमा छ बलियो नाता,
    च्यातिन्छ जतन गर भन्नू हुन्छ किताबको गाता।
    २
    अज्ञानता लाई हटाइ ज्ञान दिने गुरु,
    राम्रो काम सिक्न आमाको काखमा नै सुरु।
    ३
    शिष्यहरूलाई लक्ष्यको उचाई देखाउने,
    गुरुनै हुनु सुमार्गमा अगाडि बढाउने।
    – साधना पाैडेल, अाेखलढुंगा

    @ ४८
    १.
    गुरुमा हुन्छन् अनेकौं ज्ञानको भण्डार,
    पढाएर  उज्यालो  बनाउँछन् संसार।
    २.
    गर्छन् काम बालबालिकालाई पढाउने,
    महान् व्यक्ति पाे हुन् गुरु बाटो देखाउने।
    ३.
    जहिले राम्रो कुराको गर्नेछु गुणगान,
    गुरुलाई सधैं नै मन देखि छ सम्मान।
    – लालीमाया थापा मगर
    प्युठान

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गुरुपूर्णिमाको अवसरमा आयोजित ‘टुक्का लेखन अभ्यास शृङ्खला- १४’ सप्पन्न, ४९ जना टुक्काकारहरूको सहभागीता

    उदक अभ्यास शृङ्खला, भाग – ९ सम्पन्न

  • ९ श्रावण २०७८, शनिबार १९:४६ मा प्रकाशित
  • उदक अभ्यास : भाग ९
    लेख्नुपर्ने उदक सङ्ख्या : १
    प्रशिक्षक : आर्त अकुलीन
    मिति : २०७८-०४-०९ गते शनिवार
    सहभागी सङ्ख्या :  ४९ जना

    आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌। – आर्त अकुलिन, प्रशिक्षक

    उदक अभ्यास भाग ९ मा राखिएको तस्बिर

    तस्बिर अभ्यासमा सहभागी स्रष्टाका उदकहरू :

    १
    पुतली
    फूलवारीको रानी
    फुरफुर गर्ने बानी !
    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    २
    प्रकृति
    फुरफुर पुतली
    झुसिलकिरा तुक्ष्छ जवानी !
    ✍️ सविता के.सी., काठमाडौँ

    ३
    पुतली
    गोधूलि साँझ
    कति रमणीय प्रकृति !
    ✍️ पशपती राई ,खोटाङ

    ४
    गोधूलि
    प्रेमालाप पुतली
    प्रकृतिको विचित्र छटा !
    ✍️ हिमाल अम्मै, घो.न.पा.-१०, पहलमानपुर, कैलाली

    ५
    डालिमा
    प्रेमी पुतली
    प्राकृतिक सौर्न्दर्य लालीमा !
    ✍️ मन्जु बस्नेत, खोटाङ, हाल : भक्तपुर

    ६
    उषा
    मिरमिरेको घाम
    आनन्दित जीवन जगत !
    ✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली

    ७
    लालीमा
    फुरफुर गर्दै
    पुतली बस्छिन् डालीमा !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    ८
    फूलवारी
    प्रेममय पुतली
    सुन्दर मनमाेहक दृश्य !
    ✍️ रामसुन्दर थारु, कैलाली

    ९
    बिम्ब
    सजीव जीवन
    एक जाेडा पुतली !
    ✍️ राेशन पराजुली,धरान

    १०
    प्रभात
    सूर्य उदय
    आहा प्राकृतिक आनन्दमय !
    ✍️ बादल गुरुङ वियोगी, चिचिला-१, बर्खे, संखुवासभा

    ११
    पुतली
    पराग सेचन
    प्राकृतिक जीवन चक्र !
    ✍️ हेमराज चौधरी, कैलाली

    १२
    हाँगामा
    जोडी पुतली
    क्षितिज सौन्दर्यको लालिमा !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी

    १३
    प्रकृतिसँग
    डालीमा रमेका
    सुन्दर दुई पुतलीहरू !
    ✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

    १४
    भानुदय
    पुतलीकाे शीर्षमा
    हरियो हरियो डालीमा !
    ✍️ खड्गबहादुर गुरुङ, कैलाली

    १५
    प्रकृति
    सबै जीवको
    एक सुन्दर भकारी !
    ✍️ हृदय लेकाली, भैरहवा

    १६
    किटपतङ्ग
    शुभारम्भ बिहानी
    सदा प्रकृतिसँग रमाउने !
    ✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

    १७
    रवि
    गाेधूलि साँझ
    चुम्बन प्रकृति माझ ।
    ✍️ इन्दिरा ज्ञवाली पौडेल, पाल्पा

    १८
    प्राकृतिक
    मनोरम दृश्य
    सूर्यास्त डालीमा पुतली !
    ✍️ रिता खराल, रुपन्देही

    १९
    प्रभात
    हटाई रात
    नौलो दिनको सुरुआत !
    ✍️ रोहिणी तिमसिना, भारत

    २०
    पुतली
    बिहानीको उज्यालो
    रम्दै फूलको डालीमा !
    ✍️ खेमराज पुरी, कैलाली

    २१
    निशानी
    संरक्षणको खोजीमा
    ईश्वरीय मायाजालको उदाहरण !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ

    २२
    डाली
    माया गाँस्दै
    पुतली रमणीय  वातावरण !
    ✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल : यूएई

    २३
    सन्ध्या
    पुतली जोडी
    सुस्ताउँदै आकाश ओढी !
    ✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ

    २४
    प्रकृति
    सुर्यको लालीमा
    जाेडा पुतली डालीमा !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

    २५
    अनुपम
    साैर्य आभा
    पुतलीकाे सुन्दर संसार !
    ✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौं

    २६
    पुतली
    गुलाफकाे फूल
    प्रशन्न मुद्रा अचम्म !
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    २७
    घाम
    शुभ साम
    नित्य कर्म धाम !
    पुष्कर अथक रेग्मी , श्रीनगर तानसेन पाल्पा

    २८
    सुन्दर
    पातमा पुतली
    दृश्य  शान्त मनोहर !
    ✍️ बिके माकजू, भक्तपुर

    २९.
    पुतली
    सुन्दर फुलबारीमा
    सुगन्ध चुमेर रमाउँदै।
    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

    ३०
    भानु
    मुस्कुराउँदै आयो
    पुतली खेल्दै रमाउदै !
    ✍️ कृष्ण दास जोशी, मेरिल्याण्ड, अमेरिका

    ३१
    बिहानी
    सूर्यको प्रकाश
    शुभ दिन सबैकाे !
    ✍️ ओमप्रकाश मदुवा, कैलाली

    ३२
    सूर्याेदय
    पुतलीकाे राज
    बिहानी काम काज !
    ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ

    ३३
    सूर्य
    लिन जादैछ
    सुनौलो किरण भोलिलाई !
    ✍️ रेशम अर्याल, स्याङ्जा

    ३४
    जाग
    प्रिय सखी
    उदायाे क्षितिजमा रवि !
    ✍️ टीकाराम जाेशी, कैलाली

    ३५
    गोधूलि
    साँझको बेला
    जोडी पुतली पातमा !
    ✍️ घनश्याम पौडेल, पोखरा

    ३६
    साैन्दर्य
    सूर्यकाे किरण
    पुतली डुल्ने संसार
    ✍️ रामराजा के. सी., फर्पिङ, काठमाडौँ

    ३७
    भाष्कर
    जब निस्कियो
    पुतली डालिमा पुग्यो !
    ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा

    ३८
    साँझ
    सुस्ताउँदै पुतली
    खुल्ला आकाशमा जोडी !
    ✍️ टीकाराम पुन, छत्रेश्वरी-२, सल्यान

    ३९
    गोधूलि
    सुनौलो साँझ
    पातमा पुतली बिराज !
    ✍️ सरस्वती श्रेष्ठ, बुटवल, रुपन्देही

    ४०
    पुतली
    हरियो पातमा
    फरर पङ्ख फिजाउँदै !
    ✍️ चक्र शाही,  कैलाली

    ४१
    गोधूलि
    पुतली क्रीडा
    प्रकृति जीव सम्बन्ध !
    ✍️ रामचन्द्र ढकाल, चितवन

    ४२
    सूर्य
    पूर्वको लाली
    पुतली रमेको डाली !
    ✍️ कविता आचार्य, कैलाली

    ४३
    पुतली
    बसेको डालीमा
    उषा किरण लालीमा !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

    ४४
    पातमा
    सूर्यको किरण
    सुन्दर पुतलीको साथमा !
    ✍️ विजया घिमिरे, जनकपुर

    ४५
    प्रकृति
    बिहानी समय
    अनुपम सौन्दर्यको आकृति !
    ✍️ आर्त अकुलीन, कैलाली

    ४६
    पुतली
    चाहारी डाली
    किरणमा वातावरण रखवाली !
    ✍️ कमला देवकोटा, पाल्पा

    ४७
    पिरति
    साटेर पातमा
    रमाउँदै जाेडी पुतली
    ✍️ सावित्रा अधिकारी, काठमाडौँ

    ४८
    घाम
    बिहानीमा उदायाे
    रक्तिम किरण छर्दै !
    ✍️ राजकुमार राजभण्डारी, मध्यपुर ठिमी-५, भक्तपुर

    ४९
    उदाउँछ
    घाम क्षितिजमा
    पुतली बस्छन् फूलमा !
    ✍️ पुष्पा सायरा, बिराटनगर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक अभ्यास शृङ्खला, भाग – ९ सम्पन्न

    कविता

  • ९ श्रावण २०७८, शनिबार १०:५८ मा प्रकाशित
  • कवयित्री पौडेल विमुन्स

    गुरुप्रति श्रद्धा! नमन (ललिता छन्द)
    ~~~~~~~~~~~~~
    संसारमा गुरुहरू थिए हरि
    जो नित्य पूज्य बनिए प्रभा छरी
    संसर्गले मनुज ती उतारिए
    विद्या रसास्वदनले निखारिए।।

    नौला कुरा अवनिका निकालिए
    जो गर्भमा धरणीका खुलाइए
    यो जिन्दगी सफल होस् विचारमा
    यो वन्दना छ गुरवे हियारमा।।

    छन् जो सुसुप्त प्रतिभा उजागर
    गर्ने उनै सुखद हुन् प्रभाकर
    आशिर्वाद मिल्यो र जगमा उँचाइ छ
    मिल्दै गयो सफलता भनाइ छ।।

    यस्ता सुधा मिलिरहून् सदा सदा
    उत्कर्षमा पग बढून् जताजता
    भन्छन् र ब्रह्म रसले उचाल्दछन्
    जो हुन् शिला पनि मथी पगाल्दछन्।।

    पृथ्वी उज्यालिन पुग्यो तिमी हुँदा
    हे ईश दुख्छ मुटु यो तिमी रुँदा
    यस्ता प्रदर्शक तिमी बनी गुरु
    विद्या भयो  किरण ज्योतिको सुरु।।

    ✍️
    पौडेल विमुन्स

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on कविता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P