
२५ जुलाई २०२१ ! साउदी अरब, नेपाली जनसंपर्क समिती साउदीअरबले पुर्व क्षेत्रमा रहेका राष्ट्रियता, लोकतन्त्र र समाजबादमा आस्था र विश्वाश राख्ने कांग्रेसी साथीहरुलाई एकत्रित गर्दै नेपाली जनसंपर्क समिती साउदीअरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशन अनलाइन भर्चुअल माध्यमद्वारा मिती २४ जुलाई २०२१, शनिबारका दिन सम्पन्न गरेको छ ।
नेपाली जनसंपर्क समिती साउदी अरबका का.बा. सभापति, ने.का. १४ औं महाधिवेसनका महासमिती सदस्य द्वारिका राज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त अधिवेशनमा नेपाली जनसम्पर्क समिती साउदी अरबका प्रमुख सल्लाहकार, ने.का. १४ औं महाधिवेसनका महासमिती सदस्य दिपक रेग्मी प्रमुख अतिथीमा, नेपाली जनसंपर्क समिती साउदी अरबका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु अतिथीमा रहेका थिए ।
नेपाली जनसंपर्क समिती साउदी अरबका महामन्त्री, ने. का. चौधौँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि सुरेश राज त्रिपाठीद्वारा संचालित उक्त कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली जनसंपर्क समिती साउदी अरबका कोषाधक्ष्य अरुण बेल्बासेले स्वागत मन्तब्य दिइएका थिए ।
कार्यक्रममा उपस्थित केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले आफ्नो मन्तब्य राख्ने क्रममा नेपाली काँग्रेसको ईतिहास, नेपाली जनसंपर्क समिती साउदी अरबको स्थापना कालदेखी हालसम्म गरेका र आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी दिँदै नेजसस साउदी अरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशनबाट निर्बिरोध सर्बसम्मतिबाट चुनिनुभएका सम्पूर्ण कार्यसमितिका साथीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
नेपाली जनसंपर्क समिती साउदीअरबको प्रथम क्षेत्रिय (पुर्वी क्षेत्र) अधिवेशनबाट निर्बिरोध सर्बसम्मतिबाट कार्यसमितिमा सभापतिमा बिष्णु प्रसाद अधिकारी, उप-सभापतिमा तिलक मल्ल र भिम कार्की, महामन्त्रीमा सोम प्रसाद भुर्तेल, सह-महामन्त्रीमा तारापती काफ्ले, कोषाधक्ष्य बुद्दी गुरुङ, सह-कोषाधक्ष्यमा प्रेम बहादुर परीयार, सदस्यहरुमा दशरथ हुमाँगाईँ, सुरज रेग्मी, सविन तामाङ, फर्जुल राजा, श्श्रीकान्त भुर्तेल, टंक बहादुर मगर, बिरेन्द्र बुढाथोकी, नारायण प्रसाद काफ्ले, चुनिनुभएको नेपाली जनसंपर्क समिती साउदी अरबका महामन्त्री, ने. का. चौधौँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि सुरेश राज त्रिपाठीले जानकारी दिइएका छन् ।

