• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

गाेरक्ष चिन्तन कार्यक्रमकाे साताैं शृङ्खला सम्पन्न, प्रमुख वक्तामा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका प्राे. हरि प्रसाद अधिकारी

  • २६ असार २०७८, शनिबार २३:०६ मा प्रकाशित
  • श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ, गोरखनाथ वैदिक गुरुकुलद्वारा साप्ताहिक रुपमा हरेक शुक्रबार साझ ८ बजेदेखि संचालित ‘गाेरक्ष चिन्तन कार्यक्रम’काे साताैं शृङ्खला सम्पन्न भएको छ ।

    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण र निरन्तरताकालागि भर्चुअल माध्यमबाट संचालित उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका तुलनात्मक धर्मदर्शन विभागका विभागीय अध्यक्ष प्राे. हरि प्रसाद अधिकारी रहनुभएको थियो ।

    प्रमुख वक्ता अधिकारीले नेपालकाे एक मात्र संस्कृत विश्व विद्यालय रहेकाे दाङ जिल्लाकाे १३०० बर्ष पुरानाे ऐतिहांसिक सिद्ध स्थानमा गुरुकुल खुलेकाे खवरले आफुलाई खुसिलागेकाे साथै गुरुकुलका प्राचार्य र अध्यक्ष संग आफ्नाे पुरानै चिनजान भएपनि उहांहरुकाे याे पुण्य कामकाे थालनिले सबैकालागि प्रसंसनिय कार्य भएकाे धारणा ब्यक्त गर्नुभयाे ।विश्व भुटानी हिन्दू संगठनबाट गाेरखनाथ वैदिक गुरुकुल मार्फत पश्चिम नेपालका १७ वटा गुरुकुलहरुलाई काेराेनाकाे याे असहज परिस्थितिमा सहयाेग भएकाेमा खुसि ब्यक्त गर्दै संगठनका अध्यक्ष कमल धिमाल लगायतका टिमलाई प्रशंसा गर्नु भएकाे थियाे ।

    साथै उहाँले गुरुकुलकाे प्रसंगकै क्रममा अब गुरुकुलमा याेग्य क्षमतावान गुरुलाई राखेर पठनपाठन गराउनु पर्दछ ।सहुलियतमा संस्कारित शिक्षा सबैले लिनुपर्ने कुरामा जाेड दिनु पर्ने धारणा व्यक्त गर्नु भयाे ।नेपालमा नाम चलेका गुरुकुलबाट अब सिक्नु पर्दछ ।देवघाटका केही गुरुकुलकाे प्रसंग निकाल्नु हुँदै अधिकारीले आफू समय अनुकुल भएमा दाङकाे गाेरखनाथ गुरुकुल, संस्कृत विश्व विद्यालयकाे साथै प्यूठानमा अवस्थित स्वर्गद्वारी मन्दिरकाे दर्शन गर्ने आफ्नाे ईच्छा रहेकाे बताउनु भयाे ।

    अन्तर्राष्ट्रिय वक्ता डा चिन्तामणि याेगीज्यूकाे निर्देशन सल्लाहमा संचालित उक्त कार्यक्रमकाे अन्तमा डा. चिन्तामणि याेगीले प्राे. हरि प्रसाद गुरुकाे गाेरक्ष चिन्तनमा आगमन सबैकालगि प्रेरणादायि बनेकाे र जुनसुकै क्षेत्र र स्थानकाे भएपनि हाम्राे सनातन संस्कृतिकाे जगेर्ना गर्नकालागि आ-आफ्नाे स्थानबाट सबैलाई अगाडि बढ्नकालागि आह्वान गर्नुभयाे ।

    उक्त कार्यक्रमका संचालक एवं गाेरखनाथ गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले कार्यक्रम देश विदेशमा अझै लाेकप्रिय बनाउँदै लगिने र कार्यक्रममा सहभागी सामेल सबैको भावनालाई समेटेर भविष्यमा गाेरक्ष चिन्तन नामक स्मारिका निकाल्ने सोच रहेको जनाउनुभयो ।

    निङ्गलासैनि गुरुकुल धनगढीका प्राचार्य खगेन्द्रराज अवस्थिले कार्यक्रम बारे जानकारी गराउनु हुँदै गाेरक्ष चिन्तनकाे श्रृखलामा पाल्नु भएकालाई स्वागत गर्नुभएकाे थियाे भने गुरुकुलकि प्राचार्य सन्ताेषी सुवेदीले राष्ट्र गुरु याेगी नरहरिनाथज्यूबाट रचित स्वागत गित स्ताेत्र पाठ गर्नुभएकाे थियाे । साथै गाेरखनाथ गुरुकुलका वटुकहरुले स्वस्थि वाचन, रामजानकी गुरुकुल काेहलपुका वटुकहरुले संस्कृत स्लाेक पाठ वाचन गरेका थिए ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, समाज1 Comment on गाेरक्ष चिन्तन कार्यक्रमकाे साताैं शृङ्खला सम्पन्न, प्रमुख वक्तामा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका प्राे. हरि प्रसाद अधिकारी

    उदक लेखन अभ्यास भाग ७ सम्पन्न, विश्वका ५५ जना उदक स्रष्टाको सहभागीता

  • २६ असार २०७८, शनिबार १९:११ मा प्रकाशित
  • उदक साहित्य यात्रा पेजद्वारा शनिबार संचालित  उदक अभ्यास भाग ७ सम्पन्न भएको छ । उक्त अभ्यासमा विश्वका विभिन्न स्थानका नेपाली भाषी ५५ जना उदक स्रष्टाहरुले भाग लिएका थिए ।

    उक्त अभ्यास अन्तर्गत दिइएको चित्र हेरेर गहन भाव झल्किने गरि एउटा एउटा उदक लेख्नका लागी स्रष्टाहरुलाई अनुरोध गरिएको उदक साहित्यका प्रवर्तक एवं प्रशिक्षक आर्त अकुलीनले बताउनु भयो ।

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :
    उदक अभ्यास : भाग ७
    लेख्नुपर्ने उदक सङ्ख्या : १
    प्रशिक्षक : आर्त अकुलीन
    मिति : २०७८-०३-२६ गते शनिवार
    सहभागी सङ्ख्या : ५५ जना
    आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌।

    सहभागीद्वारा सृजना गरिएका उदकहरु

    १
    दृष्टि
    सुन्दर प्रकृति
    दैवको अनुपम कृति !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

    २
    सुन्दर
    वातावरण कति
    आहा ! स्वस्थ जीवन !
    ✍️ रिता खराल , रुपन्देही

    ३
    प्रकृति
    अनाैठाे आकृति
    आँखाकाे दृष्टि संस्कृति !
    ✍️ सविता के.सी., काठमाडाैँ

    ४
    क्रान्तिकारी
    राताे वृक्ष
    प्रकृतिमा साम्यवादको प्रतीक !
    ✍️ दामाेदर ढकाल, भाेजपुर

    ५
    दृश्य
    अति सुन्दर
    धन्य उपहार प्रकृतिको !
    ✍️ कृष्ण दास जोशी, मेरिल्याण्ड, अमेरिका

    ६
    दृश्य
    असल सङ्केत
    मनोरम उघारो दिनहरू !
    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत

    ७
    प्रकृति
    सुन्दर दृश्य
    शक्ति अनेकौं अदृश्य !
    ✍️ शिव खनाल जीवम, रुपन्देही

    ८
    अवर्णनीय
    सुन्दर  कला
    प्रकृतिका अनेक रङ्ग ।
    ✍️ समुन्द्रा शर्मा, सुनसरी

    ९
    प्रकृति
    मनोरम दृश्य
    भूत वर्तमान भविष्य !
    ✍️ राम न्यौपाने ‘बिन्ती’, कैलाली

    १०
    हरियाली
    सुन्दर वातावरण
    आहा ! मनै फुरुङ्ग !
    ✍️ अन्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

    ११
    प्रकृति
    अनुपम उपहार
    प्राकृतिक सुन्दर दृश्य !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    १२
    बर्षात
    एकछिन् रोकियो
    नजरमा प्रकृति ठोकियो !
    ✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल : यूएई

    १३
    सृष्टि
    अद्भुत अनन्य
    अनन्त विम्बित यात्रा !
    ✍️ राेशन पराजुली, धरान, सुनसरी

    १४
    प्रकृति
    अनुपम उपहार
    सुन्दर स्वच्छताको छवि !
    ✍️ दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौं

    १५
    प्रकृति
    विशाल वैभव
    स्निग्ध सुन्दर आहा !
    ✍️ तिला लेकाली, मोरङ
    १६
    प्रकृति
    सौन्दर्यको भण्डार
    मन लोभ्याउँछ सधैं !
    ✍️ रमा खतिवडा ‘मैनशिखा’, पोखरा

    १७
    प्रकृति
    मोहनी तिमीसँग
    लुट्पुटिन्छ्न् नजर अजीवसँग !
    ✍️ टुकादेवी आचार्य, शुक्लागण्डकी, तनहुँ

    १८
    आकाश
    धर्तीको हरियाली
    निलोमा सेतो बादल !
    ✍️ सोमनाथ लुइटेल ‘रवि’, पाल्पा, हाल : युगाण्डा

    १९
    रूप
    सुन्दर कलास्वरूप
    मनमोहक सादृष्य अनुप !
    ✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

    २०
    प्रकृति
    अनुपम छटा
    अमूल्य प्राकृतिक सम्पदा !
    ✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका -१४, दाङ

    २१
    मनोरम
    दृश्यमा प्रकृति
    सम्माननिय कला स्वरूप !
    ✍️ सावित्रा अधिकारी, काठमाडौं

    २२
    बादल
    सुन्दर हरियाली
    हामी धर्तीमा भाग्यमानी !
    ✍️ खड्गबहादुर गुरुङ, कैलाली

    २३
    निर्मल
    स्वच्छ गगन
    तल हराभरा गरा !
    ✍️ मङ्गला उपाध्याय कलैया-१, बारा

    २४
    प्रकृति
    मनै लाेभ्याउने
    सुन्दर  दृश्यले आनन्दित !
    ✍️ राजकुमार राजभण्डारी, काठमाडौं

    २५
    हरीयाली
    अतृप्त दृष्य
    थुम्का सुन्दर पहाड !
    ✍️ बलराज गिरी, कैलाली

    २६
    प्रकृति
    आकाशमा घन
    लौकिक छटा धरामा !
    ✍️ विजया घिमिरे, जनकपुर

    २७
    आकाश
    हेर अनेकौं
    मन छुने प्रकाश !
    ✍️ खगेन्द्र बस्याल, रुपन्देही

    २८
    गगन
    अदृश्य पवन
    सुन्दर शान्त मन !
    ✍️ पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे

    २९
    धर्ती
    प्रकृति ऐनामा
    सुन्दर रुप पोख्दै !
    ✍️ हृदय लेकाली, भैरहवा

    ३०
    सुन्दर
    शान्त वातावरण
    आवश्यक मानिसमा अनुकरण !
    ✍️बादल गुरुङ वियोगी, सङ्खुवासभा

    ३१
    सुन्दरता
    दृष्टिको लागि
    प्रकृति हाम्रो वरदान !
    ✍️ अटल उपेन्द्र, कैलाली

    ३२
    आकर्षण
    रमाएर बाँचेका
    सुन्दर प्रकृतिमा हामी !
    ✍️ सुशीला पाैडेल, काठमाडौं

    ३३
    प्रकृति
    विचित्र भाव
    अनेकतामा एकता आकृति !
    ✍️ चन्द्रकला अधिकारी, पाँचथर

    ३४
    प्रकृति
    मनमोहक लागेको
    आफ्नै अनुपम सौन्दर्य !
    ✍️ पुष्पा सायरा, बिराटनगर

    ३५
    प्रकृति
    बादलमा आकृति
    मनमाेहक आकाश धर्ती !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

    ३६
    पवित्रता
    मनको आकर्षण
    अनुपम प्राकृतिक सौन्दर्य !
    ✍️ आर्त अकुलीन, कैलाली

    ३७
    प्रकृति
    सुन्दर उपहार
    दृश्य नयन वरदान !
    ✍️ बिमला आठपहरिया राई

    ३८
    अनुभूति
    बेजोडको प्रकृति
    जल थल बादल !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

    ३९
    क्षितिज
    रमणीय स्वर्ग
    प्रकृतिले बनेकाे घर !
    ✍️ रामराजा के. सी., फर्पिङ , काठमाडौं

    ४०
    परिवेश
    बादल पारि
    सुन्दर शान्त देश !
    ✍️ मनोज थापा, कैलाली

    ४१
    प्रकृति
    निलो गगन
    आहा! उडायो मन !
    ✍️ पशपती राई, खोटाङ

    ४२
    शीतल
    प्रकृति छटा
    सुरम्य मनमोहक दृश्य !
    ✍️ सरस्वती श्रेष्ठ, रूपन्देही

    ४३
    बादल
    हरियाे आँगन
    लडिबडी गर्ने मन !
    ✍️ रोशन पराजुली, धरान

    ४४
    परिवेश
    प्राकृतिक सौन्दर्य
    शान्त सुन्दर स्निग्ध !
    ✍️ गोपालप्रसाद पौड्याल, बिराटनगर

    ४५
    प्रकृति
    उमङ्गमा बादलु
    मन उडाउने क्षितिज !
    ✍️ डी पी दोभान, कैलाली
    हाल: क्वालालम्पुर, मलेसिया

    ४६
    सुन्दर
    मनमोहक प्रकृति
    मनै लोभ्याउने वातावरण !
    ✍️ खेमराज पुरी, कैलाली

    ४७
    आकाश
    सेतो बादल
    अनि चिसो बतास !
    ✍️ घनश्याम पौडेल, पोखरा

    ४८
    प्रकृति
    अनुपम दृश्य
    देखेर मोहित मन !
    ✍️ कविता आचार्य, कैलाली

    ४९
    रौनक
    सृष्टि प्रकृतिको
    वर्षातमा बादलले ढाकेको !
    ✍️ नानीमाया सुनुवार, उदयपुर

    ५०
    पृथ्वी
    चाँदी शीर
    मखमली हरित गलैँचा !
    ✍️ चन्द्रावती अधिकारी, कोहलपुर

    ५१.
    प्रकृति
    क्रान्तिको प्रतीक 
    मनोरम दृश्य खण्डग्रास !
    ✍️ कमला देवकोटा, तानसेन, पाल्पा
    हाल : काठमाडौं

    ५२
    गगन
    बर्षातको रमझम
    उघार्दै हरियाली अनुपम !
    ✍️ टीकाराम पुन, छत्रेश्वरी-२, सल्यान

    ५३
    सौन्दर्य
    प्राकृतिक छटा
    धर्ती आकाश अस्तित्व !
    ✍️ रामचन्द्र ढकाल, चितवन

    ५४
    प्रकृति
    सुन्दरताको पर्याय
    मानवलाई अनुपम शिक्षा !
    ✍️ एस बी देशभक्त, लमही, दाङ

    ५५
    प्रकृति
    धर्ती आकाश
    स्वर्गीय हुन्छ आभास ।
    ✍️ लता पौड्याल निरौला, इलाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक लेखन अभ्यास भाग ७ सम्पन्न, विश्वका ५५ जना उदक स्रष्टाको सहभागीता

    १४ टुक्काकारका उत्कृष्ट सुन्दर टुक्काहरू

  • २५ असार २०७८, शुक्रबार १४:०९ मा प्रकाशित
  • फोटो : टुक्का साहित्य समाज

    १//
    मेरो जिन्दगीको ऐना तिमी,
    बलियो मियो दरिलो जिमी ।

    २//
    खानु, लगाउनु, घुम्नु र रम्नु मात्र जीवन होइन,
    व्यस्त छु कर्ममा नसकिँदा सम्म मुख पनि धोइन।

    ३//
    आँखामा छन् प्रेम भाका बुझेनौ कसैगरि,
    फेरि पनि आशा राखेर हेरेँ घरीघरी।

    ४//
    जिन्दगीको कुनै पाना लाग्छ च्यातूँ,
    जोड्न नसकेका खुशी फेरि लाग्छ गासूँ।
    ✍️
    पौडेल विमुन्स, पाेखरा

    **********************

    १
    सबैलाई गरेको थिएँ सेवा आफ्ना ठानी, पीडाले रुँदा,
    पार्यो एक्लै अस्पतालले हरे आफू अर्धमुर्छित हुँदा ।

    २
    पैसाकै लागि यहाँ राजनीति खेल भएछ,
    जनसेवाकाे राजनीति गर्ने दिन गएछ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    ललितपुर, इमाडोल ।

    **********************

    १.
    खै के कुरा गर्नु र सधैं खाइरहने त्यो भातको,
    कहिलेकाही त चर्चा गरौं न रंगीन त्यो रातको ।

    २.
    तिमी आयौ सुस्तसुस्त रत्ती थिइनौं आत्तिएको,
    मै पो तिम्रो जवानी देखी विना मद मात्तिएको ।

    ३.
    भुलेको थिए सारा संसार अंगालोमा पाउँदा,
    कोमल ति तिम्रा हातले अधरमा सुम्सुमाउँदा ।

    ४.
    लाग्छ सधैं स्थिर रहोस् मधुर रंगीन त्यो पल,
    सौम्य बनोस् हरेक रात पुर्णिमा झै झलमल ।
    ✍️
    वसन्त अनुभव
    घोराही १४, दाङ

    **********************

    १
    कला र शीप पाेखियाे यहाँ हातले बुनेर,
    टपरा दुना बाेहाेता कहाँ पाइन्छ चुनेर ।

    २
    माैलिक कला सिर्जना सान देखाऊँ खिपेर,
    नमूना कला नगर हेलाँ जाेगाऊँ सिकेर ।

    ३
    सालको पातमा बाँसकाे सिन्काे उनेर बुनेकाे,
    यूगाैकाे यात्रा रुकेकाे छैन निरन्तर सुनेकाे ।

    ४
    नारीको शीपलाई सन्मान गर्छु याे टपरी हेरेर,
    सामाजिक रितलाई बचाऔं  आज मायाँले घेरेर।
    ✍️
    रामकृष्ण दुवाडी
          पाेखरा ।

    **********************

    १)
    नरसाउने आँखा कसको होला?
    जब पस्छ बस्तीमा बाढको खोला।

    २)
    बाढपूर्व मेलम्ची कति झलमल्ल?
    हेर आज जीवन अति अलमल्ल।

    ३)
    पुर्खाले चौपारी नचिनाएको हैन,
    सन्ततिले महत्व नै दिएको छैन।

    ४)
    एका तिर कोरोना अर्को तिर बाढी पहिरो,
    मान्छे कै कारण आज चोट छ अति गहिरो।
    ✍️
    अरुण कुमार भुजेल, गोरूबथान
    कालेबुङ्ग,पश्चिम बंगाल।

    **********************

    १
    गरिबीको पेट भयो भोको,
    अघाउने छ तिनको धोको ।

    २
    आखामा आसुको भेल छ बगेको,
    मन भरी पिडा सधैँ झैँ लुकेको ।

    ३
    सानो र ठुलो हुदैन काम,
    मिहेनत गरे मिल्छ दाम।

    ४
    प्रदेशिएका लाई पिडा विदेशको सोध
    त्यो ठाउँमा पुगे पछि हुन्छन् हजारौं  बोझ।
    ✍️
    साधना पौडेल।

    **********************

    १•
    रचनातिर मन जान थाल्यो,
    भाबीले पनि खोई के के हाल्यो।

    २•
    उहिलेका कुरा खुईलिए भन्छन्,
    कहिले फेरि अन्धविश्वासी बन्छन्।

    ३•
    देखेको होईन लेखेको पाईयो,
    त्यति भएपछि अरु के चाहियो।

    ४•
    आँखामा राख्दा पनि नबिझ्ने खाले,
    हिस्सी परेको अचम्मको छ काले।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    **********************

    १.
    बल्ल तल्ल आज हेर मजाले वर्षा लायो,
    गाउॅशहर  सबैतिर  खुशियाली  छायो ।

    २.
    रहर लाग्न थाल्यो आजकल टुक्का लेख्न,
    गुरुहरूको नाम सॅगै आफ्नो नाम देख्न ।

    ३.
    हजारॅौमा  रोजें  मैले  तिमीलाई  आज,
    मौका मिले  भेटॅौ सुटुक्क लौ भरे सॅाझ ।

    ४.
    आमाजस्तो संसारमा मरे हुन्न कोही,
    जति झारुन् आँसु तिनी बनेर नै गोही ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई-१०, मोरंग
    हाल- अबुधाबी, युएई

    **********************

    १//
    भानुभक्त मर्नु भएको गरिएछ गन्ती
    मनाइदैछ दुई सय आठ औं जयन्ती ।

    २//
    कवि चरित्र मिठो घाँसीमा देखेको
    चर्चित छन् काव्य हजुरले लेखेको ।

    ३//
    भानु जन्मे तनहुँ को रम्घा गाउँ
    हेर्नुपर्छ सबैले त्यो प्यारो ठाउँ ।

    ४//
    जनमानसमा राखेर  छवि
    पाए छन् उपनाम आदिकवि ।
    ✍️
    रिजाल विनोद, माेरङ्ग

    **********************

    १
    घोर कलि आयो जात भात भनेनन्,
    को आफ्नो र को पराई  गन्दै गनेनन्।

    २
    भारतबाट नेपाल सियो भएर आयो,
    उसैले मान्यता सलाम नेपाली के पायो।

    ३
    नाम सम्मान कमाउँन कति गाह्रो हुन्छ,
    कठिन सङ्घर्ष गर यहाँ शिखर छुन्छ।

    ४
    गर्छौं समाज सेवा देशको लागि गरेर देखाऊँ,
    मरेर गएपनी याँ ईतिहास मा नाम लेखाऊँ ।
    ✍️
    कमला पाण्डे पराजुली, चारआली झापा।

    **********************
    .१
    तिम्रो यादमा म छँदैछु,
    पर्खाइमा बसिरहे छु ।

                  २.
    सानुछ मान्छे अनगिन्ती छ काम ,
    केही नगरी खान सक्दैन माम ।

                     ३.
    न झ्याल न ढोका यहिं बसेकोछु,
    देख्नु कतैछैन थुनी रहेकोछु ।

                      ४.
    तिमी त मेरो नजिकैको हौ साथी,
    रहेछौ धेरैनै म भन्दानी माथि।
    ✍️
    वेदु न्यौपाने, काठमाडाैं

    **********************

    (१)
    म सधैं लेख्छु आफ्नै दिमागको अनुसार,
    दिलमा  लागेको  चोटको  हुन्न  उपचार ।

    (२)
    आफ्नै नसिबले हारे पनि मैले,
    अभ्यास गर्दिन भन्दिन है कैले।

    (३)
    म त धर्ती को धुलो,
    हजुर नै हो ठुलो ।

    (४)
    सबैलाई छ मेरो नमस्कार?
    टुक्कामा के दिउँ उपहार।
    ✍️
    प्रेम सुनार,  दैलेख

    **********************

    //१//
    बर्खा लाग्यो  दिनरात  नै परिरह्यो पानी,
    सबै मान्छे विचलित भएको छ कहानी।

    //२//
    डुबानमा परेको छ आज सहर,
    पहिरोले पीडित  भयो गाउँघर।

    //३//
    बगायो सबै भएका जति लाग्यो भोकमरी,
    घरखर्च हामीले तार्ने अब होला कसरी।

    //४//
    भएको सानो झुपडी पनि मेरो भत्किएर गयो,
    दु;खीलाई झन् दु:खी बनाउने दैव कस्तो भयो।
    ✍️
    लालीमाया थापा मगर, प्यूठान

    **********************

    १.
    हातमा बीउ हिलोमा खेत रोपेर फर्कने,
    त्यै बेला घर फर्कदा बुढा किन हो झर्कने ।

    २.
    दिनमा धान रोपेर आए घरमा बेलुकी ,
    छोरा र छोरी यो मन भरी मायाले जेलुकी ।

    ३.
    दर्कने पानी बाटोमा होलो जानुछ खेतमा ,
    राख्दिन मैले कसैका कुरा मन र पेटमा ।

    ४.
    छुपु र छुपु धान है रोप्ने असारे हिलोमा ,
    घरमा पुग्दा भागेछ गाई रैनछ किलोमा ।
    ✍️
    ललिता अभागी
    सुनकोशी ५ सिन्धुली

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्य3 Comments on १४ टुक्काकारका उत्कृष्ट सुन्दर टुक्काहरू

    अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु खुला गर्ने सरकारको निर्णय

  • २३ असार २०७८, बुधबार ००:३५ मा प्रकाशित
  • 6 जुलाई २०२१ ! मन्त्रिपरिषद् बैठकले सबै किसिमका उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
    अब देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान निषेधाज्ञाअघिकै दिनमा झै सबै खुला हुने भएका छन् । गत बिहिवार आधा संख्यामा उडान संचालनमा ल्याउने निर्णय गरेको सरकारले नेपाललाई रोक नलगाइएका मुलुकमा अब नियमित उडान सुचारु गर्ने छ । मन्त्रिपरिषद वैठकको पत्र प्राप्त हुनेवित्तिकै नागरिक उड्डयन प्राधिकरणले उडानलाई नियमित गर्न थप कदम चाल्नेछ ।
    सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि हवाई उडान बन्द गरेको थियो । सबै आन्तरिक उडान ठप्प पारेको ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।
    वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको थियो । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेकोे थियो ।
    हवाई उडानबाट सङ्क्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले सङ्क्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको संघको दाबी छ । स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको सङ्क्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको सङ्घले जनाएको छ ।

    साभार :- जन सवाल .कम बाट

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर1 Comment on अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु खुला गर्ने सरकारको निर्णय

    दाङका टुक्का साहित्यकार वसन्त अनुभवलाई टुक्का हिरो उपाधी

  • २२ असार २०७८, मंगलवार ०१:५९ मा प्रकाशित

    टुक्का साहित्य समाज, काठमाडौले टुक्का साहित्यकार वसन्त अनुभवलाई सन २०२१ को जुन महिनाको टुक्का हिरो उपाधी प्रदान गरेको छ ।

    अङ्ग्रेजी महिना अनुसार सन २०२१ जुन महिनाको टुक्का कविता फेसबुक पब्लिक ग्रुपमा टुक्का सम्प्रेषण र यसलाई रुचाइएको विशेष सर्भेक्षण अनुसार टुक्काकार अनुभवले उक्त महिनाको टुक्का हिरो उपाधी हाँसिल गर्नुभएको हो ।
    साथै निज टुक्काकारको उक्त सफलताको लागि टुक्का साहित्य समाज परिवारले हार्दिक शुभकामना व्यक्त गरेको छ ।

    टुक्काकार वसन्त अनुभव सहित उत्कृष्ट १० मा पर्ने सफल टुक्काकारहरु Sharad Pradhanang, Rita Kharal, Rishiram Khanal, Nawaraj Pokharel Nawashila, Homprasad Neupane, Rajendra Pradhan Pasha, Suresh Kumar Pandey, Pramod Bhattarai र Bedu Neupane रहनुभएको छ । समाज परिवारले निजहरु सबै प्रति हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on दाङका टुक्का साहित्यकार वसन्त अनुभवलाई टुक्का हिरो उपाधी

    विपक्षी विद्यार्थी संगठनको प्रदर्शन : राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ

  • २१ असार २०७८, सोमबार १५:५५ मा प्रकाशित
  • २१ असार, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले प्रदर्शन गरेका हुन् ।
    उनीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी विद्यार्थी संगठनले विरोध गर्दै आइरहेका छन् ।

    Posted in ताजा अपडेटLeave a Comment on विपक्षी विद्यार्थी संगठनको प्रदर्शन : राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ

    टरिगाउँ एयरपोर्टमा हवाई उडान सुचारु

  • २० असार २०७८, आईतवार १७:५४ मा प्रकाशित
  • फाइल तस्बिर

    दाङ, २० असार
    दाङ जिल्लाको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा आइतबारदेखि पुन हवाई उडान सुचारु गरिएको छ ।
    सरकारले असार १७ गतेदेखि नै आन्तरिक हवाई उडान सुरु गरिसकेता पनि टरिगाउँ एयरपोर्टमा उडान सूचारु हुन सकेको थिएन ।

    काठमाडौं देखि दाङ र दाङ देखि काठमाडौं उडान राखिएको उडानमा आइतबार काठमाडौदेखि दाङ ८ जना र दाङदेखि काठमाडौं १५ जना यात्रुले यात्रा गरेको विमानस्थल प्रमुख कैलाश शर्माले जनाए ।

    साथै विमानस्थल प्रमुख शर्माका अनुसार दाङ- काठमाडौको भाडा ९ हजार १० रुपैयाँ र काठमाडौ-दाङको भाडा ९ हजार २ सय रहेको छ ।

    दोस्रो चरणको कोरोना महामारीका कारण जारी लकडाउनको समयमा आन्तरिक हवाई सेवा अबरुद्ध रहेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on टरिगाउँ एयरपोर्टमा हवाई उडान सुचारु

    छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले गोली हानी ‘एजेन्ट’को हत्या गरे

  • १९ असार २०७८, शनिबार १७:१५ मा प्रकाशित

  • छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गोली हानी हत्या गरेका छन्।

    कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

    २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो। हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए।
    पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए।

    कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।

    बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले।

    भण्डारीका अनुसार पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए।
    यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएका थिए।

    त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए।

    तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेको भण्डारीले बताए।

    गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए।

    घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए।
    सेतो पाटी वाट साभार गरिएको !

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले गोली हानी ‘एजेन्ट’को हत्या गरे

    लिटिल मिस दाङ २०२१ प्रतियोगिता शुरु

  • १८ असार २०७८, शुक्रबार ११:५१ मा प्रकाशित
  • दाङ, १९ असार
    पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालको संयुक्त आयोजनामा लिटिल मिस दाङ २०२१ प्रतियोगिता शुरु भएको छ ।

    बालिकाहरुमा अन्तर्निहित सिर्जनात्मक क्षमताको प्रस्फुटन गराउने उद्देश्यले यस प्रतियोगिताको सन्चालन गरिएको आयोजकले जनाएको छ ।

    उक्त प्रतियोगिता कार्यक्रमका संयोजक केएल पीडितका अनुसार प्रतियोगितामा ६ देखि १३ वर्ष सम्मका बालिकाहरुले मात्र भाग लिन पाउनेछ्न् ।

    साथै प्रतियोगितामा दुई उमेर समूहमा प्रतिष्पर्धा हुनेछ । अनलाइन अडिसन मार्फत गरिने उक्त प्रतियोगितामा सहभागी हुनका लागि प्रतियोगीले आफ्नो नाम, उमेर, ठेगाना, रुचि, उद्देश्य र संपर्क नम्बर खुलाएर मिति २०७८ असार ३१ गतेसम्ममा लिटिल मिस दाङ (Little Miss Dang) पेजको ईन्बक्समा पठाउनु पर्नेछ ।

    प्रतियोगितामा बिजेता बालिकाहरुलाई लघुचलचित्र, म्युजिक भिडियोमा अभिनय गर्न अवसर दिने आयोजकले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on लिटिल मिस दाङ २०२१ प्रतियोगिता शुरु

    टुक्का साहित्य समाज काठमाडौद्वारा ‘१२ औं टुक्का अभ्यास शृङ्खला’ सम्पन्न

  • १७ असार २०७८, बिहीबार १४:०८ मा प्रकाशित
  • राष्ट्रिय धान दिवस तथा असार पन्ध्रको दिन पारेर टुक्का साहित्य समाज काठमाडौले ‘१२ औं टुक्का अभ्यास शृङ्खला’ सम्पन्न गरेको छ।

    उक्त शृङ्खलामा नेपाल लगायत विश्वका नेपाली भाषी ६२ जना टुक्का साहित्यकारहरुले सहभागिता जनाएको शृङ्खलाकि संयोजक बिमुन्स पौडेलले बताउनुभयो । साथै सहभागी टुक्काकारहरुलाई राष्ट्रिय धान दिवस तथा असार पन्ध्रमा केन्द्रित रहेर टुक्का लेख्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    शृङ्खलामा सहभागी टुक्काकारहरुलाई संयोजक पौडेल र टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले राष्ट्रिय धान दिवस तथा असार पन्ध्रको शुभकामना दिनुका साथै सक्रिय सहभागिताका लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

    राष्ट्रिय धान दिवस तथा असार पन्ध्र सम्वन्धि टुक्का अभ्यासमा सहभागी टुक्काकारका टुक्काहरू जुन
    झ्याउरे छन्द/असारे लय वा स्वच्छन्द थिए ।
    (झ्याउरे छन्द सूत्र – ३+२,३+२,३+३ = १६ अक्षर ( पाँच, दश र सोह्र अक्षरमा विश्राम।)
    …………………………………………
    (१**)
    १)
    नरुनु आमा ढाडस दिन्छु रोपाईंको बेला,
    छोरो छ टाढा बाउसे छैन नगर्नु झमेला।
    २)
    चाहेको कुरा पुग्दैन आमा अभागी छोरोको,
    कसरी आउँ खल्तिमा छैन टिकट मोरोको ।
    ३)
    चिउरा दही मुछेर खानु सम्झना राखेर,
    राखनु आमा एउटा भाग देवता भाकेर ।
    ४)
    कोरोना छ रे गाउँमा सबै बिरामी सुनिन्छ,
    नजानु  कतै  एकापसमा सरेको बुझिन्छ।
    ५)
    रोपौंला धान आउँने साल कोरोना नभए,
    जेठकै मैना टिकट काट्ने गरेको छु तय।
    ६)
    तिरौँला ऋण गर्दैछु दु:ख यै परबासमा,
    विश्वास गर मनग्य लिइ आउँछु खासमा ।
    ७)
    दिनेछु  बरु  नखाइकन  हजार  डलर,
    ज्यानको आश खेतबारी त्यो हुन्देऊ बगर ।
    ८)
    हुदैन रुन एकलो हुँदा बुझाउँनु मन,
    के गर्नु आमा दुनियाँ भरि ठुलो रैछ तन।
    ✍️शर्मिला श्रेष्ठ, ललितपुर
        हाल अमेरिका
    …………………………………………
    (२**)
    असार पन्ध्रमा दहि र चिउरा खाउँला
    खेतमा धान राेप्दै असारे गीत गाँउला।
    ✍️ अरुण नदी खत्री, काठमाडाैं 
    …………………………………………
    (३**)
    १.
    राष्ट्रिय धान दिवस हाम्राे सफल मनाऊँ,
    उन्नत कृषि प्रविधि साथ समृद्ध बनाऊँ।
    २.
    छुपुमा छुपु राेपेर धान गीतकाे भाकामा,
    दही र च्युरा अचार खाँदै खुसी छ अाँखामा ।
    ३.
    खेताला खुसी खेलेर हिलाे थकाई छलेर,
    भगाई दिए जग्गाकाे धनी हिलो नै दलेर।
    ४.
    असार पन्ध्र बर्षात धेरै रुझेर झरीमा,
    धानकाे बीउ राेपेझैं माया जिन्दगी भरीमा।
    ५.
    राेपेर मानाे फलाई मुरी जीवन धानेर,
    किसान दाजै हर्षित सधैं सुकर्म जानेर।
    ✍️ताराप्रसाद चापागाईं
    …………………………………………
    (४**)
    १)
    असारको पन्ध्रमा दहि च्युरा खाउँला,
    मानो रोपी मुरी फलाउन बेसी जाउँला
    २) 
    गैरिखेतको रोपाईमा म साथी आउँला,
    मलको भारी बोकेर सँगैसँगै जाउँला।
      ३)
    देख्छु आज सबैलाई भएकोछ हतार,
    किसानलाई छैन फुर्सद लाग्यो असार।
    ४)
    भन्न त  हाम्रो नेपाल भूमिलाई कृषि प्रधान देश भन्छन् ,
    नयाँ बस्ति बसाऔँ भन्दै उर्बर जमीन डोजरले  खन्छ्न्।
    ✍️उषा केसी, ललितपुर
    …………………………………………
    (५**)
    १.
    असारे पन्ध्र घुमेर आयो चेलीको आँगन
    पटुको भरी मकै र भट्ट फुकाई मागन।
    २.
    धानका बाला झुल्नेछ भोलि पहेँला  सुनौला
    असारे पन्ध्र जाँगर शीप खेतमा बुनौँला।
    ३.
    काकाले आली लगाए हेर रङ्गिलापुरमा
    काकीले मकै भुटेर ल्याइन् भोकको सुरमा ।
    ४.
    निवारो पाक्यो बारीको छेउँ टिपन खाउँला
    गर्मीले गल्न दिँदैन खाए खै कहाँ पाउँला?
    ५.
    आकाश भरि बादल कालो घेरियो हेरन
    खेतको बीउ बगेर जाला डोरीले बेरन।
    ६.
    आगन ठूलो बाबाको घर नाचौँला निर्भय
    असारे पन्ध्र मादल ठोकी काटौँला समय।
    ✍️पौडेल विमुन्स
    …………………………………………
    (६**)
    १.
    बिहानदेखि काम गर्दा लाग्छ खेतमै चन्द्रमा
    रमाउनुपर्छ सबैले आज असारे पन्ध्रमा ।
    २.
    असारे पन्ध्र दही र च्युरा साउनमा खाने खीर
    घरमा छैन पातली नानी यो मनमा छैन स्थिर ।
    ३.
    नार हल गोरु त्यो सिमखेत पानीले भिजायो
    हिलो र माटो छ सारीभरिमै हलीले गिजायो ।
    ४.
    खेलौँला भलो जोतौँला हलो त्यो गैरी खेतमा
    धानको बीउ हातमा लेऊ माया अचेतमा ।
    ५.
    असार माया मङ्सिर फुल्छ भरिन्छ यो मन
    हाँसी र खुसी भएमा अरू खोज्दैन जीवन ।
    ✍️श्रीकृष्ण शर्मा,पोखरा
    …………………………………………
    (७**)
    १.
    असारको महिना हरियाली,
    गाउँ बस्न पाएन यसपाली।
    २.
    धान रोप्दा धेरै रमाईलो हुन्छ,
    गाउँको यादले मेरो मन छुन्छ।
    ✍️जगत थापा, बझाङ
    …………………………………………
    (८**)
    १
    असारे बिउ हातमा लिइ झरिमा रोप्नुछ
    हली,बाउसे र खेताला संगै मेलो छोप्नुछ
    २
    रमाउदै रोप खेताला,खेतमा पसेर,
    बाअामा हेर्नु रमाइलो,अालिमा बसेर।
    ३
    मिली खाने दही चिउरा खेतैमा बसेर,
    असारे गाउदै राेपौला हिलाेमा पसेर।
    ४
    जाेग्गिएन नयाँ चाेली हिलाेले रंगियाे,
    मिलेर खेलियो हिलो नरिसाउ संघीहो
    ५
    रोपेर मुठी फलाउला मुरी भकारी भरौला ,
    बसेर खाउला वर्षाै भरि रमाइलो गरौला।
        ✍️नानीबाबा अधिकारी,  कलंकी
    …………………………………………
    (९*)
    (१)
    धरतीमा धानको गहना फलाऔं,
    माटोलाई सुनले उर्वरा बनाऔं!
    (२)
    उजाड बन्नु हुन्न धरती मुसुक्क हाँसोस्,
    प्रत्येक घरमा सबैको खुसियाली साँचोस्!
    ✍️- शरद प्रधानाङ्ग, विराटनगर-७
    …………………………………………
    (१०**)
    १//
    हल गोरु नार्दै अोराली झर चन्द्र,
    मनाउनु पर्छ आज असार पन्ध्र।
    २//
    मुठि रोपेर मैले फलाउनु छ मुरि,
    किसान बनेर म देखाउँ चुरिफुरी।
    ३//
    खनि खोस्री गरेर धर्ति गलाउँछु,
    धान रोपेर मैले सुन फलाउँछु।
    ४//
    हल गोरु नारेर बाउसे गरि,
    रोप्नेछु यसरी धान बर्षेैभरि।
    ५//
    मिहेनतले अब लेखाउँछु तक्दीर
    सुन फलाई मैले भित्र्याउँछु मङ्सिर।
    ✍️पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे
    …………………………………………
    (११**)
    ।।१।।
    आज त हाम्रो नेपालमा भन्छन् पन्ध्र असार,
    खेतीपाती  भन्दा  धेरै  हुन्छ  अचेल प्रचार।
    ।।२।।
    गैरी खेत  जोत्ने  हलो  बुवा  बनाउन  लागे,
    छोरो दाँदे बिग्र्यो भन्दै बाजेसित हात मागे।
    ।।३।।
    हलगोरू  दानापानी  आमाले  गरिन् व्यवस्था,
    छोरीको जिम्मामा रोपाहारको बुझ्ने अवस्था।
    ।।४।। 
    रोपाइँ पालो तोकिएको बाउसे जानुपर्ने,
    मैझारो मेरो भयो अब सकेको उता गर्ने।
    ।।५।।
    पानी परेर कुलो आयो रोपाइँ गरिन्छ,
    मुठी खाई मुरी उब्जाई भकारी भरिन्छ।
    ।।६।।
    यो पालीको भव्य रोपाइँ बेठी बजाएर,
    दही-चिउरा जति खाने सारा खुवाएर।
    ।।७।।
    रिमझिम  वर्षा, रामरसमा  हिलो छ्यापेर,
    टोलमा खुशी बाँडे आज सबै काम सकेर।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर
        हाल:-जापान
    …………………………………………
    (१२**)
    //१//
    फुपू र आमा धान है रोपछन्, दिनभरी लाएर
    दहीचिउरा खाजा बोकेर दीदी, आउछिन् धाएर
    //२//
    चुहिदो झरी दिनै र भरी, असारे पन्ध्रमा
    ढल्कियो घाम बित्यो है दिन, उदाए चंद्रमा
    //३//
    थकथके हिलो आँचल भरी, हेरन लागेको
    इ हात र गोडा हेरन बरै, हिलो ले खाएको
    ✍️पदमा शर्मा आँचल
    …………………………………………
    (१३**)
    १//
    असार पन्ध्र दहि चिउरा खाउ
    मानो लाई रोपि मुरि फलाउ
    २//
    देश का असल सन्तान बन्नु
    खुसी भै खेत अनि बारी खन्नु
    ✍️साधना पौडेल
    …………………………………………
    (१४**)
    १//
    जाउ अब खेतमा सबै रोप्न लाई धान
    मानाको मुरी फलाउ बनेर किसान
    ✍️लालीमाया थापा मगर,
    …………………………………………
    (१५**)
    १.
    असार लाग्याे पानीकाे वर्षा ,,
    जतासुकै  बाढीकै  छ चर्चा ।।
    २.
    भए  पनि , काम  गर्न  गाराे,,
    पन्ध्र असार् , राेपैंकाे चटाराे ।।
    ३.
    पानी  पराेस् , नपराेस्  असिना ,,
    माेती बनाेस् किसान् काे पसिना ।।
    ४.
    मानाे खाएर मुरी  छ फलाउन ,,
    त्यसैबाट   घरखर्च    चलाउन ।।
    ५.
    धानै राेपौं , फाँट् अनि टारीमा ,,
    काेदाे   मकै, राेपौंला  बारीमा ।।
    ६.
    किसानकाे जस्तै हाेस् भावना,,
    धान् दिवस् काे छ शुभकामना ।।
    ७.
    धानकाे खेती, गर्ने याे मैना, हिलाेमा पसेर ,,
    वर्ष दिन् भरि , पाइने खान, घरैमा   बसेर ।।
    ८.
    दही  र  च्यूरा,  मुछेर  खाने,   चलनै  चलेकाे,,
    मंसिर मैना, पाइयाेस् देख्न, धान् धेरै फलेकाे ।।
    ९.
    असारे पन्ध्र , खेलेर हिलाे,  हिलैमा दापेर,,
    त्याे खले गराे , गरिन्छ पूजा, भकारी थापेर ।।
    १०.
    अन्नकाे भण्डार् , बनाई राख्न , राेपौं है अनाज,,
    खाद्यान्न  सँगै,  सद्भाव राम्रो ,  बनाअौं  समाज ।।
    ११.
    हजुर पनि नटेक्नी हिलाे ,,
    सधैंभरि सुकिलाे मुकीलाे
    -✍️ थापा रुद्र , भानु – ११, तनहुँ
    …………………………………………
    (१६**)
    १//
    रोपेर धान आजको दिन मनाऔं असार,
    खाएर मानो उब्जदा मुरी खुशी छ संसार।
    २//
    दही र च्युरा खाजामा मिठो मुलाको अचार,
    बाउसे हली गाउद्यौ गीत के छ है बिचार।
    ✍️घनश्याम पौडेल, पोखरा
    …………………………………………
    (१७**)
    [१]
    सानोछ खेत हेरन मेरो कसरी बताउँ,
    तातोछ हावा चर्कियो घाँम सुक्योनी तलाउँ,
    [२]
    असार पन्ध्र मनाउँ साथी खेतमा रोपेर,
    भाचियो हलो फुस्कियो म्वाला बनाउँ  खोपेर।
    [३]
    चर्किलो घाँम बडेर आयो बसौन छायामा,
    छुपुमा छुपु रोपेर धान आनन्द मायामा।
    [४]
    बाडुल्की लाग्यो सम्झियौ क्यारे विदेशी मायालु,
    घरमा आमा केगर्दै यहाँ भन्दछौ दयालु।
    [५]
    मंसिर लाग्यो उठाउँ वाली भरौन भकारी,
    किसान हामी खुसीछौं यहाँ भएनौ लाचारी
        ✍️शाेभा अर्याल
         बुटवल १४ रूपन्देही
    …………………………………………
    (१८**)
    १//
    किसान जस्ताे महान काेहि छैन याे धरामा
    राेपेर मानाे उब्जाउछन् मुरी एउटै गरामा ।
    २//
    श्रम गर्छन् किसान हरपल बाेकेर काेदाली
    साथी हाे अाज धान राेप्नुपर्छ झर है अाेराली ।
    ३//
    छुपुमा छुपु राेपेर धान बाेकेर हातमा बीउ
    किसान तिमी संसारमा महान् बनेर सधैँ जिउ ।
    ✍️लक्ष्मी घिमिरे
    …………………………………………
    (१९**)
    १.
    रोपाइँ गरि खेतमा भोलि अन्नको  भकारी
    अहिले छिटो सकेर  काम हिड्नको तयारी ।
    २.
    असार मास हिलोमा धान रोपेर जाउँला
    गएर घर बसेर हामी चिउरा खाउँला ।
    ३.
    जनता प्रति कुनै जिम्मेवार छैनन् नेता
    मिलेर लागेका ढुकुटी रित्याउन उता ।
    ४.
    खै यो देशमा सधैं देखिन्छ अत्याचार
    निमुखा गरिब माथि हुन्छ हारैहार।
    ५.
    ठुलठुला जघन्य अपराध पनि
    छोड्छन् नातागोता भनेर  जानि।
    ६.
    कहिल्यै  नआउने भए  गरिबीका  दिन
    सधैं  तनावमा नै अडेको  छ जीवन।
    ७.
    भन्छन् कला हुँदा  त जेपनि  काम पाइन्छ
    तर यहाँ जति राम्रो त्यति  गोता खाइन्छ।
    ✍️दुर्गा भट्टराई,  मोरङ
    …………………………………………
    (२०**)
    १//
    आफैले अब सुधार गरौँ गाउँ हामी सबै मिलेर,
    मनको पिडा सबै पोखाऊँ एकजुट भई हिँडेर।
    २//
    शुभ बिहानी असारे मेलो हतार छ आज,
    गैरीमा रोपाइँ छ्याप्ने हो हिलो नमाने  लाज ।
    ३//
    समान भनी नबोल्ने र नलेख्ने त छैन कोही,
    समाजमा समान व्यवहार देखाएको खोइ ?
    ✍️धनु शर्मा
    …………………………………………
    (२१**)
    १)
    कैलाशका अधिपति शिव बाबा रमाएर
    पुम्दिकाेटमा अाइबसे अाशन जमाएर ।
    २)
    पर्यटनको प्रबर्द्धनमा पाेखराकाे   शान्छ ।
    भक्तजनको  अास्थाविश्र्वास पूरा ध्यान तान्छ ।
    ३)
    ताल नदि भरिपुर्ण  हेरिरहुँ जस्ता
    माछापुच्छ्रे अन्नपूर्ण अाहा हिउँ कस्ता ।
    ४)
    अाउनुहाेला पाेखरामा स्वागत गर्छुअाज ।
    फुलकाे माला पहिरिएर नाच्नु पर्छ साँझ ।।
    ✍️रामकृष्ण दवाडी
    …………………………………………
    (२२**)
    १.
    चारैतिर वनमा त्यो हरियाली सजाएको
    बाढीले धनजन, बासको क्षति बनाएको ।
    २.
    सुधारौ बानी पिउने गरौ सुरछित पानी
    असारे मास छुपु र  छुप पात रोप्ने बानी
    ✍️नवीन जोशी
    …………………………………………
    (२३**)
    १.
    असारे मेलो चलाऊँ हामी साथीको साथमा
    रमाई आज किसान राख्छ कोदाली हातमा
    २.
    हिलोमा खेल्ने दब्दबे छ्याप्ने सानीको जीउमा,
    मिलाई रोपौं आजको दिन धानको वीउमा।
    ३.
    असार पन्घ्र खेतमा गई रोपाइँ गरेर
    चिउरा दही केरा नि तासी खाउँला बाँडेर।।
    ✍️भगवती दवाडी ,
    …………………………………………
    (२४**)
    १
    असारको यो महिना हाम्रो लागि अति नै खास,
    धान रोपाईले सबै व्यस्त छैन घरमा  वास ।
    २
    संस्कृति हाम्रो हो नि  असारको पन्द्रह आज ,
    कोही चैँ यहाँ दही चिउरा खान मान्छन् लाज ।
    ३
    असारको महिना सबैको लागि अति भयो खास ,
    धान रोपाईमा व्यस्त सबै नै छैन घरमा वास ।
    ४
    असारे झरी उस्तै नै छ हिलो लाग्दैछ फालीमा ,
    बारम्बार मेरो आँखा त उतै जाँदैछ सालीमा ।
    ✍️राजेन्द्र प्रधान पाशा
    …………………………………………
    (२५**)
    १.
    असार पन्ध्र मिलेर हामी लौ गीत गाऔन
    खेतमा गई रोपेर धान मिलेर नाचौंन ।
    २.
    आउॅछ याद त्यो बाला पन हिलोमा खेलेको
    रोपाईॅ गरी जोतेर गोरु खेताला पेलेको ।
    ३.
    नगर हल्ला नरोपी धान आजको दिनमा
    अस्ताए घाम समय बित्छ मिलिक्कै छिनमा ।
    ४.
    चिउरा दहि खाउॅ है आज सबैनै मिलेर
    केराको कोसो त्यसैमा राखी कप्लक्क निलेर ।
    ५.
    भकारी भर्ने रोप्नुछ धान आजकै दिनमा
    नहुनु अल्छी जॅागरी बन नपर्न ऋणमा ।
    ✍️-राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
    हाल- आबुधाबी, युएई
    …………………………………………
    (२६**)
    १।
    असार पन्ध्र राष्टिय हाम्रो जाँगर चलाऊँ,
    चिउँरा दहिँ  कटर आँप सस्कृती जगाऊँ।
    २।
    उठन साथी उज्यालो भयो जानुछ मेलामा,
    उखाल बीउ बसेर तिमी रोपौन बेलैमा।
    ३।
    छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,
    बनाई कुलो लगाई पानी आएर गोडौला।
    ४।
    असारे गित घन्किन थाल्यो त्यो पारी पाखामा,
    दोहोरी गाए सुशेली हानी सुरिलो भाकामा।
    ५।
    मैजारो आयो सानिमा हाम्रो आएर सघाऊँ,
    लगाई बेठी वाउँसे हली हिलोमा रमाऊँ।
    ६।
    लहमा लह धानको वाला भुईमा छुएको,
    पसायो धाँन फलेको वाला हेरन नुहेको।
    ७।
    छरेर मानो उव्जाई मुरी भकारी भरौला,
    सकेर काम खेतमा हाम्रो गाउँमा सरौला।
    ८।
    आउँछ तिज भेलामा हामी खुसिमा नाचेर
    तिजको गित बजाई ताली कम्बर भाँचेर
    ✍️कमला पाण्डे पराजुली, झापा
    …………………………………………
    (२७**)
    १//
    पानी भरी गोरु नारी, खेतमा जोताइ ।
    हिलो पार्दै बेर्ना रोप्दै, गर्दै छन् रोपाइँ ।।
    २//
    गाउँछन् गीत छ्याप्छन् हिलो, पसिना चुहाई।
    बाउसे रोपार  डट्छन् यहाँ, वर्षाले नुहाई ।।
    ✍️नरबहादुर साउद
    …………………………………………
    (२८**)
    १.
    कहिल्यै हिलो नदेख्या परीले ,
    लडि होलिन् नि असारे झरीले ।
    २.
    आज रुद्रले त क्या राम्रो लेखेका ,
    छन् कि उनले परिलाइ देखेका।
    ३.
    धेरै मख्ख नपर नानी ,
    भर् हुन्न परिको जवानी ।
    ४.
    धेरै भयो त असारे झरी,
    किन होला रोकिन्न क्यै गरी ।
    ✍️ललिता कालु विन्दास
    …………………………………………
    (२९**)
    खान मीठो आफैलेनै रोपेको
    भात मीठो कसौंडीमा छोपेको
    ✍️रघु न्यौपाने
    …………………………………………
    (३०*”)
    रोपेर धान  उब्जाइ खेती पाल्नुछ जहान
    खनेर वारि रात र दिन काम गर्ने किशान
    ✍️हरिशचन्द ठकुरी
    ,…………………………………………
    (३१**)
    १.
    कसैलाई यही असार महिना लाग्दछ बेकार
    किसानलाई भने खुशीकाे मीठाे लाग्दछ बहार।
    २.
    बाँझो नै राखे उर्वर भूमी माटाेले धिकार्ला ।
    किसानी पेट भाेकाे नै रहे कसले स्वीकार्ला ?
    ३.
    असार पन्ध्र नेपाली माझ धानकाे दिवस ।
    सार्थक रहाेस् सबैकाे लागि नबनाेस् विवश ।
    ४.
    पसिना पाेख्ने पाखुरा निम्ति कलम चलाअैां
    दिएर साथ पीडामा सदा मलम लगाअाैं।
    ५.
    काेला र दही चिउरासँग मुछेर खाऊँला ।
    असार पन्ध्र बिउका मुठा राेपेर अाऊँला ।
       ✍️त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    …………………………………………
    (३२**)
    १//
    आज धान दिवसको  असार
    मीठो मिठो खानुपर्छ  कसार ।
    २//
    धान रोपेँ भनी  हिलो घस्छौ
    तस्बिर खिच्न खेतमा पस्छौ ।
    ३//
    काम गर्दा शरीरको  रगत  चुहिन्छ
    बेच्ने बजार  नहुँदा अनाज कुहिन्छ ।
    ४//
    मल बिउको महङ्गी कहिलेसम्म बोल
    उब्जायो अनाज पाइदैन उचित  मोल ।
    ५//
    देशको उन्नति नहुनु यहीँ कारण भने
    फसल फल्ने ठाउँमा सहर बजार बने ।
    ६//
    भोको पेट भरिदिने देउता हुन् बुझ्नु
    गर्नु  आदर  उनै किसानलाई  पुज्नु ।
    ७//
    नेपाल देशको निशान
    मै हुँ सच्चा चिन्नु किसान ।
    ✍️ रिजाल विनोद
    बेलबारी २ मोरङ
    …………………………………………
    (३३**)
    १.
    श्रमिक अनि किसानमा खुशीयाली छायो
    आज  असार  पन्ध्रमा धान दिवस आयो ।
    २.
    यतिबेला किसानहरु हुन्छन् खेतमा भेला,
    मानो खाई मुरी मुरी उब्जाउने यही बेला ।
    ३.
    भेला  भई   बजाउँछन   खेतमा   बेठी  बाजा,
    किसानहरु खान्छन् आज दही चिउरा खाजा ।
    ४.
    हली बाउसे गह्रा सम्याउँछन चमत्कारले,
    छुपुछुपु रोप्छन धान खेतमा रोपाहारले ।
    ५.
    यही  हिलोमा परिश्रमको फूलहरु फूल्छन्
    मंसिरमा खेतभरी नै धानको बाला झुल्छन् ।
    ✍️डम्बर थामी ‘अनुपम’, कालिन्चोक गाउँपालिका-६, दोलखा ।
    …………………………………………
    (३४**)
    १.
    धान दिवस  नेपालीको  हो  राष्ट्रिय पर्व,
    आफ्नै मौलिक संस्कृतिमा गर्नुपर्छ गर्व ।
    २.
    हाँसखेल  ठट्टा  गर्दै  हाँस्छन  मुर्छा परी,
    रमाइलो गर्छन हिलो छ्यापाछ्याप गरी ।
    ३.
    रोपाहारले  मीठो  स्वरमा  असारे  गीत गाउँछन्
    धानको बीउको जमरा र हिलोको टीका लाउँछन्
    ४.
    खेतको बीचमा हुन्छ ठूलो खले गरो,
    रोपाहारले बाँध्छन भकारी नि दर्‍हो ।
    ५.
    बालीनाली सप्रिन्छ नि निरन्तर पानी परी,
    कृषिप्रधान देश हाम्रो स्वर्गको टुक्रा सरि ।
    ✍️ रचना मोक्तान “यात्री”
      नमोबुद्द नगरपालिका वडा न ५ काभ्रे
    …………………………………………
    (३५**)
    वर्षाको यो बोलामा
    जानू पर्छ मेलामा
    ✍️विशाल सुवेदी
    …………………………………………
    (३६**)
    १.
    छुपुछुपु रोपौँ धान,
    राष्ट्रियता हाम्रो मान।
    २.
    घामका झुल्का आलीमा,
    पूर्व सुनौलो लालीमा।
    ३.
    धानका ब्याड काढौँला,
    सुख र दु:ख बाँडौला।
    ✍️महेन्द्र मान बलामी
    दक्षिणकाली-९,फर्पिङ ,काठमाडौ
    …………………………………………
    (३७**)
    १.
    असार पन्ध्र धान रोपेर मनाउला,
    रमाएर हामी दही चिउरा खाउँला।
    २.
    छुपु म छु पु  हिलोमा धान रोपौला,
    असारे गीत गाएर हामी नाचौँला।
    ३.
    धान रोप्न बेसी झरौ,
    हामी परिश्रम गरौ।
    ✍️सुशीला पौडेल
    …………………………………………
    (३८**)
    १.
    हिलो खेल्दै रमाउदै खेतको आलीमा
    नजर तिमीमा दही चिउरा थालीमा।
    २.
    टपरीमा चिउरा ठेकीमा दही छ खेतको आलीमा
    हाम्रो पिरती लहलह झुलानुपर्छ यसै पालीमा।
    ✍️निम्बा, सल्यान
    …………………………………………
    (३९**)
    छुपु र छुपु धान रोपौँ साथी असार मास
    हिलो नि छ्यापौँ कोरोना काल छ नआइ पास
    ✍️मिसु श्रेष्ठ, काठमाडौं
    …………………………………………
    (४०**)
    १.
    असार पन्ध्र दही र चिउरा बसेर खाउला,
    खेताला हली मिलेर सँगै बाउसे गाउला ।
    २.
    छुपुमा छुपु धानका बीउ रोपेर गरामा,
    अमृत फल्छ श्रमले सिँचे उर्वर धरामा ।
    ३.
    कालो र निलो चम्कन्छ त्यसै वर्खाको बादल,
    हिलोमा डुब्यो कठै नि बरै कान्छीको आँचल ।
    ४.
    बीउको डोको बोकेर जेठा टुप्लुक्क आलिमा,
    झुल्कियो हाँस्दै मुसुक्क गरि मनको थालिमा ।
    ५.
    खेतको हिलो सम्याईकन फरुवा हेँगाले,
    आलिमा बस्यो टुसुक्क काले सुस्ताई मजाले ।
    ६.
    बीउका मुठा यता र उता नफाल बेसरी,
    गराको हिलो उछिट्टी बन्यो मुखमा केसरी ।
    ७.
    दोहोरी टुक्का हानौला मुक्का गीतको तालमा,
    भिडौला लहै केटा र केटी अहिले सालमा ।
    ८.
    बोकेर खाजा चिप्लदै बाटो आईन साहुँनी,
    अलिक खाजा नमान्ने थप्न कन्जुस बाहुँनी
    ९.
    खाएर खाजा गुन्जियो गीत असारे भाकामा,
    कोइली जस्तो मधुर स्वर गुन्जियो पाखामा ।
    १०.
    रोपेर धान लगाई कुलो साँझमा फर्कौला,
    अँध्यारो भए समाई हात साथैमा तर्कौला ।
    ११.
    खाएर मानो उब्जाऔं  मुरी यही हो समय,
    कसरी हुन्छ सम्पन्न राष्ट्र कृषिमा नगए ।
    १२.
    जसरी हुन्छ भित्राउ अब प्रविधि उन्नत,
    सुरक्षा गर्दै पुरानो कुरा बढे के हुन्नत ?
    १३.
    प्रविधिमैत्री भएमा कृषि छिटो र छरितो,
    नचाख्दासम्म लाग्ने हो बस्तु न मिठो न तितो ।
    १४.
    सत्कर्म गरौ वचन मन लगाई पहिले,
    पछुतो गर्न भुलेर पनि पर्दैन कहिले ।
    १५
    असार पन्ध्र राष्ट्रिय धान दिवस मनाऔं
    कृषिमा आत्मनिर्भर राष्ट्र नेपाल बनाऔं ।
    ✍️वसन्त अनुभव
    घोराही – १४, दाङ
    …………………………………………
    (४१**)
    १.
    असार पन्ध्र  खर्कमा  मेलाे गाइन्छ नाचिन्छ,
    साथी र सँगी खेलेर हिलो मजैले हासिन्छ ।
    २.
    छुपुमा छुपु तिमीले धान राेपेकाे रमाई,
    त्यो दिन अझै  सम्झना गाढा  छदैछ मलाई  ।
    ३.
    खाउँला खाजा चिउरा दही थालमा मुछेर,
    चुठेर मुख बसाैला कान्छा मत्राेले पुछेर ।
    ४.
    थुपारी माटाे चिटिक्क अाली हातले मसार,
    धानको पर्व मनकाे गर्व  हाेे पन्ध्र  असार ।
    ✍️केशव ढकाल
    …………………………………………
    (४२**)
    १.
    तिमीलाई माया कसरी छोडौँला
    तिमीसँग मैले पिरती जोडौँला
    २.
    गरे गर नगरे के विश्वास
    बाईजाने हू नहुनू निश्वास
    ✍️मुस्कान कुमार मुस्कान
    …………………………………………
    (४३**)
    १.
    असारे झरी ती घुम ओडी रोपारले गितगाउँछन् ,
    हलो र जुवा गोरुमा नारी हली खेत जोत्न धाउँछन् ।
    २.
    बाजागाजा सोरठी नाच्दै किसान गर्दैछन् रोपाइँ कत्रा ,
    असार पन्द्रमा दही चिउरा खाँदै धान रोप्दैछन् खत्रा ।
    ३.
    लागिरहेछ आज असार पन्द्र खेत टारी हरियाली सजाउन ,
    गरा हरुमा धानबीउ रोपेर मंङ्शिरमा ती बाला झुलाउन ।
    ४.
    सबैको यही छ आज चाहना ,
    असार पन्द्रको शुभकामना  ।
    ✍️वेदु न्यौपाने, काठमाडौं,
    …………………………………………
    (४४**)
    १.
    आकाशमा सुर्य उदाउँछ बिहानी रातमा चन्द्र
    बर्षमा आउने दहि चिउरा खाने असार पन्ध्र
    २.
    फाटेको लुगा लगाउने हो सिएर
    असारे पन्ध्र मनाउने है मिलेर
    ✍️अनुग्रह राना मगर (पुस्प)
    संखुवासभा हाल मलेसिया
    …………………………………………
    (४५**)
    जनता पाल्ने जनताको श्रम असारमै रोपिन्छ,
    वर्षामा परिश्रम गरे पो भोकको ज्वाला छोपिन्छ !
    ✍️भूषण जंग, अष्ट्रेलिया
    …………………………………………
    (४६**)
    १.
    असार महिना कृषिको कर्म
    आलि र कोदालो अर्म र पर्म।
    २.
    घरमा हेर लाले माले हल छन्
    दिनभरि जोतेर हली गल्छन् ।
    ३.
    दिनभरि आफू यता र उता खेतको मेलाले,
    भात खान गाह्रो हुन्छ है राति हातको ठेलाले।
    ४.
    नरोपी धान कसरी खाने हो कुन्नि आफ्नै चेलाले
    नगरी हतार पर्खिन्न फेरी असारको बेलाले।
    ५.
    सहजै बन्छन् हाम्रो कार्य सबैको भेलाले,
    बिर्सिन्छौं फेरि राति र रिवाज आफ्नै हेलाले।
    ✍️प्रकाश बुढाथोकी, असम भारत।
    …………………………………………
    (४७**)
    १.
    दॉया लायौ पिपलु त बॉया लायौ वर
    पर्ख  न पर्ख हलि दाजै संगै जाउला घर ।
    २.
    असार मासको हिलोमा रमाई आऊ खेलौ पियारी
    जाऊँ हिंड मेला रोपौली धान फरिया सियारी ।
    ३.
    असारको पन्द्र जॉदा हिला माथि खोक आहै हिला माथि खोक,
    न छन् बाबा न छन् आमा किन लाग्छ भोक आहै  किन लाग्छ भोक ।
    ५.
    असार मासको दब दबे हिलो छुन्न म नभन
      प्रदेश जान दिन्न म अब दिन मात्र नगन ।
    ✍️इन्दिरा देवकोटा
    …………………………………………
    (४८**)
    १.
    असारे पन्ध्र उत्सव एक मिलेर मनाअौँ ,
    दही र चिउरा खाएर भोक पनि मेटाअौँ
    २.
    छिपछिपे हिलोमा नै  धान रोपेर
    असार पन्ध्र मनाअौँ सबै मिलेर
    ३.
    मिठो मसिनो जे छ त्यही  खाउला ,
    असार पन्ध्र राम्ररी मनाउला l
    ✍️रिता खराल ,रुपन्देही
    …………………………………………
    (४९**)
    १.
    छुपु छुपु धान रोप्नुपर्छ है असारे गीत गाउदै
    परम्परा नभुलौ नि मेलो पुरा गरौ पर्म लाउदै।
    २.
    मानु रोप्ने अनि मुरी फलाउने आश  किसानलाई  हुन्छ
    समयमै  मल ,जल र बल प्रयोग गर्नाले खुशी छुन्छ।
    ३.
    नौलो प्रबिधि प्रयोगमा ल्याई धेरै उब्जनी गर्नुपर्छ
    समयमा  माटो जाँच गरेर बीउ बिजन छर्नुपर्छ।
    ✍️इश्वरी अधिकारी, लमजुङ
    …………………………………………
    (५०**)
    (१)
    बिपत्ता पटुकी कसेर,
    खेतका आलिमा बसेर ।
    (२)
    दही चिउरा मेली खाउँ,
    असारे गीत पनि गाउँ ।
    (३)
    मुठी धान रोपेर मुरी,
    जोगाउनु पर्दछ हुरी ।
    (४)
    असारे हिलो टेक्नुपर्छ,
    रोप्ने गराको मेलो सर्छ  ।
    (५)
    भाग्यमानी हौं हामी कति,
    अरु सबै कछुवा गति ।
    ✍️-ऋषिराम खनाल, मध्यविन्दु ६ नवलपुर ।
    …………………………………………
    (५१**)
    १.
    असारको पन्ध्र दही र चिउरा खेताला हरुलाई,
    रोपाहार पाइयो बाउसे गर्न जाउ है दाजुभाइ।
    २.
    असारे गीत गाउला है सानु गैरी खेत झरेर
    जाउलानी घुम्न सङ्ग्राती बजार मैजारो गरेर।                  
    ✍️नवशिला, बेलबारी -२,लालभित्ती,मोरङ
    हाल: गोदावारी लालितपुर।
    …………………………………………
    (५२**)
    १.
    हे अन्न तिमिबिना रहन्न
    तिम्रो अपमान अहँ सहन्न।
    २.
    असारको बेला हलो र कोदालो किसानको काँधमा
    नबुझी किन गर्दछ्न् लडाइँ उभिएर साँधमा।
    ३.
    सिँगार्छु तिमीलाई रोपाइँ गरी हिलो र पानीले
    उघार्छु घुम्टो काटेर त्यो बाली नियमित बानीले।
    ४.
    रुख रहेछ जिन्दगी यो पीडा दुख पिर पलाउने
    अपेक्षाको बीउ रोप्दा नि उपेक्षाको फल फलाउने।
    ✍️मुक्तिनाथ अधिकारी , भरतपुर चितवन
    …………………………………………
    (५३**)
    मेहनतगरि छुपु छुपु रोप्छौं असारमा धान
    उब्जनीपछि खान्छौं अनि उब्रिए दिन्छौं पनि दान।
    -✍️रतन पाण्डे’पारतन’, दार्जीलिङ।
    …………………………………………
    (५४**)
    (१.)
    बाउसेले सम्याए खेत ताछेर आली,
    उम्रिएका उखेलेर घाँसपात फाली ।
    (२)
    गोरु कुदे सरर हेर माटो सम्याए
    चरा सारुङ चिरबिर गर्दै रमाए ।
    (३)
    आज असारको पन्ध्र धान रोप्ने दिन
    रोपाहालाई फुर्सद छैन एक छिन ।
    (४)
    गाउँदै असारे भाका धान बिउ रोप्दै
    के-के टुक्का बुनिरहेछन भाका छोप्दै ।
    (५)
    मेलैसँग रोपे है धानको बिउलाई
    हिलैले होली खेले रंगाए जिउलाई ।
    (६)
    नाच्दै गाई बाउसेले कोदाली समाए
    हाँसे खित्का छोडी रोपाहाहरु रमाए ।
    (७)
    आकाशमा कालो बादल भोलि खुल्नेछ
    धानको बाला मसीरमा लहै झुल्नेछ ।
    ✍️• गोपाल कृष्ण डंगोल, महाराजगञ्ज, काठमाण्डू
    हाल: इटहरी ।
    …………………………………………
    (५५**)
    /१/
    असार पन्ध्र समाजिक संजालमा मात्रै हुने भयो,
    हाम्रो धर्म संस्कृति खै आज भोलि तँ हराउँदै गयो।
    /२/
    यसो भन्दा कति जनालाई नपच्ला,
    निर्यात हुने धान चामल तँ बच्ला।
    /३/
    भए जति युवाहरु गए विदेश तिर,
    घरमा बाबा आमालाई असारमा पीर।
    /४/
    धान दिवस मनाउँदा तँ साह्रै खुसी हुन्छ,
    एक छाक खान नपाउँदा भित्री मन रुन्छ।
             … ✍️राम सागर रावल
                    अत्तरिया कैलाली
    …………………………………………
    (५६**)
    १.
    धान दिवस मनाउँदा त साह्रै खुसी हुन्छु
    एक छाक खान नपाउँदा दिनरात रुन्छु
    २.
    घर छोडेर किन सुत्नु हुन्छ खोला
    अब मेरो जीवनमा के कस्तो होला।
    ३.
    मेरो भाग्या ले सधैं छल्छ
    यता दुखै दु:खमा चल्छ।।
    ४.
    रहर होइन मेरो बाध्यता थियोे
    बाढी पहिरोले नै त्यही पनि लियो
    ५.
    सधैं काम गर्न खेत तिर झर्छु
    झर्दा झर्दै नै कुन दिन म मर्छु
    ६.
    मेरो जस्तै हजुरको नि व्यथा
    मनका पीडा अरुलाई केथा।।
    ७.
    मेरो मुटुमा गहिरो घाउछ ताजै
    युवा नै परदेश खेतबारी बाँझै।
    ✍️प्रेम सुनार दैलेख
    …………………………………………
    (५७**)
    असार मास यो दर्के झरी रुझायाे जिउज्यान
    दही केरा खाई आऊ न साथी राेपाैँ है लाै धान ।
    -✍️दुर्गा बनबासी
    …………………………………………
    (५८**)
    /०१/
    रोपेर मानो  उमार्ने मुरी  सपना सोचेर,
    गर्दैछ काम  पटुकी भरि  चिउरा बोकेर।
    /०२/
    असारे गीत  लाएर मित  दोहोरी जमायो,
    बाहुसे दाजै  रोपारे बैनी  मेलैमा रमायो।
    /०३/
    खेताला सबै हेर लौ आज मातेछ छ्याङले,
    बाहिर जाँदा रोकेछ क्यार भाटुको झ्याङले।
    /०४/
    कृषि प्रधान  देश हो हाम्रो  रोपाइँ चल्दै छ,
    सोरेको हिलो दाँदेले आज नौनाडी गल्दै छ।
    ✍️अरुण कुमार भुजेल, गाेरुवथान भारत
    …………………………………………
    (५९**)
    १.
    आधा खेत त चिरिसके आधा खेतमा पहिराे,
    हेरन हाै सञ्जालमा, दहि चिउराकाे ओहिराे ।
    २.
    भत्काईहाले विकासेले मूलखाेलाकाे शिर,
    खहरेले बाटाे भूल्याे, कठै! पस्याे बस्ति तिर ।
    ३.
    न त जन बाँकी रह्याे न रह्यो पसिनाकाे धन,
    केही बाँकी नहुने भाे नगरे चिन्तन गहन ।
    ✍️- शान्ति याक्साे वन
    …………………………………………
    (६०**)
    अब त उठौँ जुटौ सबै मज्दुर हरु,
    ब्यबस्था मिल्काउँ सङ्घर्ष गरौँ बरु।
    ✍️सुरेशकुमार पान्डे, दाङ
    …………………………………………
    (६१**)
    भर्खरै उठेको नास्ता खाँदैछु,
    बाख्रा लगेर गोठाला जाँदैछु।
    ✍️पारस भट्ट
    …………………………………………
    (६२**)
    १//
    आमाले गाई पालेका छन् आफ्नै गाउँमा,
    चिउरा हालि दहिमा अनि मुसिन्  भाँडामा।
    २//
    आजको दिन मेलामा गई भिजेछ कपडा,
    मिलेर गाँऊ असारे सबै  नगरौँ  लफडा ।
    ३//
    रोपेर धान खेतमा भोलि झपक्क फलाऊ ,
    फाटेको मन टुक्कमा आई अब त सिलाऊ।
    ४//
    नराखौँ बाजोँ कसैले पनि आफ्नो जमिन,
    पाउछ भोलि मिठोमा खाना राखे है ध्यान।
    ५//
    असारे पन्ध्र परेको दिन  सबैलाई  कामना,
    मिलेर सबै  चिउरा र दहि खाने हाम्रो चाहना ।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
    …………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on टुक्का साहित्य समाज काठमाडौद्वारा ‘१२ औं टुक्का अभ्यास शृङ्खला’ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P