१ पानी पुसको मास बढेको मनग्य आस ! २ चिसो मुटुको कम्पन अकस्मात् रेटिएको जीवन ! ३ सर्प भ्यागुता दुलामा अनौठो प्रविधि कुनामा ! ४ ऋतु समयको दास नहुने आफ्नो पास ! ५ काव्य अथाहा सागर धारा बगेर प्रवाह ! ६ जिन्दगी मगन्तेको भेष मिलेर डुबाउने स्वदेश ! ७ कर्म पसिनाको धारा भाग्यको दुर्लभ उदय ! ८ सेवा पीडामा मल्हम आखिर सुखमा सन्तुष्टि ! ९ जनता आशावादी मन नकारात्मक सोच त्यागेर ! १० सन्तान सृष्टिको चक्र जिन्दगीको यात्रा बक्र ! ११ भाइरस चौतर्फी बिनास जिउँदै स्वर्गको आश्रम ! १२ चिसो रुघाखोकी साझा सम्पूर्णमा देखिने बाधा ! १३ भुलेको भाङ्ग्रो ओढेर काया तताउ मिलेर! १४ आवास लगाएमा झ्याल निश्चित अक्सिजन अभाव ! १५ नवरस अमृत समान गुणको गरेमा सम्मान ! १६ राम मर्यादा पुरुष धोबीले लगाएको अङ्कुश ! १७ सीता पतिव्रता नारी शङ्काले देह त्याग ! १८ हनुमान रामका भक्त कठिन शक्ति अनुमान ! १९ रावण शिवका भक्त नव टाउकाको भोग ! २० सत्यता जोगाउन गाह्रो झुठ पहिल्याउन गाह्रो ! २१ सतही ज्ञान अभिमान सारा छद्मभेषी मूल्याङ्कन ! २२ बिहान उषाको किरण तर ओझेलमा जीवन ! २३ मानव पवित्र हृदय विकृत भावले दानव ! २४ दृष्टि मनको भाव मिलेर शान्ती सुरक्षा ! २५ उदक धन्य बनेको जीवन सञ्चार गरेको ! २६ पिएर बाँच्न सिकेर अनि बाली सिञ्चेर !
२९ डिसेम्बर २०२१! साउदी अरब ! तीन वर्षदेखि साउदीअरब अल कासिमको बन्दर अल जैदी कम्पनीमा कार्यरत ३ जना नेपाली एनआरएनए आरसिसि अल कासिमको सहयोगमा नेपाल फर्केका छन् ।
रुपन्देही घर भएका कैलास पासी, रौतहट घर भएका हरिन्द्र महरा र सर्लाही घर भएका लखिन्द्र साह तेलिको कम्पनीले नेपाल बाट आएको एक बर्षपछी २ बर्ष सम्म इकमा नविकरण नगरि दिएको र घर जान नसकेको कारण एनआरएनए साउदीका निवर्तमान उपाध्यक्ष तथा एनआरएनए आरसिसि अल कासिमका संरक्षक बिशालकेका कुमार श्रेष्ठलाई सहयोगको लागि अनुरोध गरेका थिए ! ४ महिना काम गरेको तलब पनि नपाएका ३ जना पीडितहरु काम छोडेर बारम्बार साउदी अरबको लेबर कोर्ट जाँदा पनि कुनै उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमलाई सहयोगको लागि अनुरोध गरे सँगै संरक्षक बिशाल कुमार श्रेष्ठ १५ डिसेम्बर आफैं लेबर कोर्ट गएर सहयोग गरे लगत्तै समस्या समाधान भएको थियो ।
श्रेष्ठको निरन्तर पहलमा पीडितहरुको २२ डिसेम्बरका दिन इक्स्जिट लागेको र २९ डिसेम्बर २०२१ का दिन ३ जनै पीडित आफैंले टिकट काटेर नेपाल फर्कन सफल भएका छन् ।
उक्त कम्पनीमा धेरै जना नेपाली आएका सोहि कम्पनीमा रहेका नेपालीहरुलाई कहिले करार पत्रमा भए अनुसारको तलब नदिने समस्या त कहिले दुई चार महिनाको तलब रोकिदिने समस्या हुँदा सहयोगको लागि अनुरोध आइरहने बताउंदै बिगतका समयमा पनि दूतावास रियादका कर्मचारी समेत आएर कम्पनी भिजिट गरिएको श्रेष्ठले बताए ।
कम्पनी राम्रो नहुँदा कतिपय नेपाली उक्त कम्पनीबाट भागेर काम गरेका र कतिपय यस्तै इकमा इक्स्पायर भएर नेपाल फर्किनका लागि पर्खिरहेका, जसको सहयोगका लागि पनि पहल भैरहेको श्रेष्ठले बताए ।। उक्त कम्पनीमा तीन बर्षदेखि धेरै नेपालीहरु पीडित हुँदाहुँदै पनि अझैँ नयाँ नेपालीहरु आउने क्रम नरोकिएको र आएपछि उस्तै समस्या भोग्नु परेकोले दूतावास रियादले नीग्रानी गरि नयाँ भिसामा रोक लगाउनु पर्ने अथवा कम्पनीका गतिविधि जाँचेर मात्रै भिसा स्वीकृत गर्नुपर्ने समेत श्रेष्ठ विशालले जनाए ।।
१ निशा दीपक विलिन चौतर्फी कृष्णको साम्राज्य ! २ लालुपाते जमिनतिर नुगेको शिशिरमा चौतर्फी ढकमक ! ३ हिमाल सेताम्मे हिउँ थरथर काँप्ने जिउ ! ४ बिरालो पृथक मौनता आन्तरिक विकृत चलखेल ! ५ कैलाश शङ्करको बास छुट्टै स्वर्गको आभाष ! ६ जिन्दगी उकाली ओराली पीडा मिश्रित जिम्मेवारी ! ७ बगैंचा फूलको मुस्कान आत्मिक प्रेमको जवाफ ! ८ अन्धकार सचेतनाको कमी सुन्दर फूलको विभत्सता ! ९ जिन्दगी मनभरिको चाहाना फूलसँग रमाउने बाहाना ! १० कृषि गरेपछि सम्भार जीवन जिउने आधार !
काठमाडौं १४ पुस– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
राति पनि देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ । आज मंगलबार सिरहामा आमहड्ताल आह्वान गरेको जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो ।
मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ ।
यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’
उक्त पाेस्टमा थप भनिएकाे छ, ‘२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’
जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा झडपको सम्भावना समेत बढेको छ ।