दाङ – दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको छ । परामर्शदाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकारवालासँगको प्रारम्भिक परामर्श पछि थप परिमार्जन गरि ल्याउन भनिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
राजधानीको गुरुयोजनाले प्रारम्भिक रुपमा राप्ती गाउँपालिकाकाे तीन वटा वडा, गढवा गाउँपालिका र सितगँगाको दुई/दुई वटा वडा समेटेको छ । राजधानीको प्रशासनिक क्षेत्र बुद्धको प्रतिमा आकारमा रहने प्राधिकरणको अवधारणा रहेको छ । त्यही अनुसारको खाका तयार पारेर सरोकारवालाको विस्तृत छलफलमा लैजाने पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, राप्ती गाउँपालिकाको तिन वटा वडा, गढवा गाउँपालिकाको दुई वटा वडा र सितगँगा नगरपालिकाको दुई वटा वडालाई केन्द्रमा राखेर निर्माण भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर राजमार्गको ५ सय मिटर बाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मन्त्रालयहरु र भीआईपीको अवास रहने क्षेत्र गुरुयोजनामा प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पूर्वपश्चिम राजमार्गको उत्तर तर्फ राप्ती गाउँपालिकाको वडा नम्बर २ मा रहने छ । यस्तै त्यहाँबाट ६० मिटर चौडा सडक दक्षिण तर्फ राप्ती नदी सम्म पुग्नेछऽ जहाँ राप्ती नदीमा सिग्नेचर ब्रिज अर्थात् कलात्मक पुलले गढवा गाउँपालिकाको क्षेत्रलाई सिधै जोड्ने छ । बुद्धको आकारमा रहने प्रस्तावित यस क्षेत्रको बीच बीचमा दुई देखि पाँच बिगाहा क्षेत्रफलका अलग अलग प्लटहरु रहनेछन् । राप्ती नदीको दुवै तर्फ बलियो तटबन्धसँगै जोडिएको ६०/६० मिटर चौडा सडक प्रस्ताव गरिएको छ भने सडक सँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट पनि गुरुयोजनामा प्रस्ताव गरिएको छ ।
नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गुरुयोजनाले परिकल्पना गरेको छ । गुरुयोजनाको अन्तिम रिर्पोट पुस मसान्त भित्र आइसक्ने र त्यसपछि सरोकारवालासँगको विस्तृत छलफलपछि परिमार्जित गुरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रादेशिक पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरे बताउनुभयाे ।
गुरुयोजनामा राप्ती गाउँपालिकाको सिसनिया क्षेत्रलाई पहिलो र पाखापानीदेखि मौरिघाट सम्मको क्षेत्रलाई दोस्राे व्यापारिक केन्द्र, सिसनिया देखि पहरुवा सम्म सांस्कृतिक क्षेत्र प्रस्ताव गरिएको छ । यस्तै गढवा गाउँपालिकाको क्षेत्रलाई आवासीय, कृषि र केही संस्थागत क्षेत्र पनि गराउन सकिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । गढवाको कालाकाटे र सितगंगा नगरपालिकाको क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गुरुयोजनामा गरिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । राजधानी शहरको बाहिरी घेरामा रिङ रोड रहनेछ, जस्ले उत्तर र दक्षिण तर्फका पहाडलाई प्रशासनिक केन्द्रसँग जोड्ने छ ।
परामर्ष दातासँग विभिन्न विकल्पमा पटक पटक छलफल भैरहेको र अन्तिम प्रतिवेदनमा राजधानीको गुरुयोजना सहित त्यसभित्र रहने संस्थागत क्षेत्रको भिजनसहितको गुरुयोजना पनि ल्याउन भनिएको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । प्रस्तावित गुरुयोजनालाई अन्तिम रुप दिइ प्रदेश सरकारलाई बुझाउनु अघि राप्ती उपत्यकामा उपलब्ध जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालसँग विस्तृत छलफल गरिने पूर्वाधार विकास प्राधिकरणको योजना रहेको छ ।
घोराही, १६ पौष । हाम्रो नोवेल साकोसको १३औं साधारण सभा तथा पाचौं अधिवेशन घोराही स्थित सुन्दर रमणीय स्थल बाह्रकुने दहमा शुक्रबार सम्पन्न भएको छ । साकोसकी अध्यक्ष सुषमा कुमारी रेग्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घाेराही उप-महानगरपालिका, राेजगारी तथा सहकारी प्रवर्द्धन शाखा प्रमुख हाेमलाल भुसालले पानसमा बत्ती बालेर गर्नुभएको थियोे। उक्त अवसरमा गाेरखनाथ वैदिक गुरुकुल चाैघेरा, दाङका बटुकहरूले स्वस्ती वाचन गरेका थिए।
संस्थाका उपाध्यक्ष केशवराज ढकालले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा काेषाध्यक्ष प्रकाश भट्टराईले आर्थिक प्रतिवेदन ,लेखा संयाेजक राजकुमार थापाबाट लेखा प्रतिवेदन तथा संस्थाका अध्यक्षबाट संस्थाकाे वर्तमान अवस्था र भावि याेजनाबारे सभामा प्रतिवेदन राख्नुभएकाे थियाे ।
संस्थाले जेष्ठ शेयर सदस्य खिमकान्त भट्टराई ,असल ऋणीमा हुलास गुप्ता र कमला वलीलाई सम्मान गरेकाे थियाे । त्यस्तै संस्थाले संस्थामा अतुलनीय याेगदान पुर्याउने शेयर सदस्यहरू मध्येबाट बसन्त के.सी.लाई सम्मान गरेकाे थियो भने उत्कृष्ट कर्मचारीमा अमृता कुमाललाई सम्मान गरेकाे थियोे। त्यस्तै सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरू मध्ये रेडियाे स्वर्गद्वारीकी समाचार वाचिका र बिबिसी नेपाली सेवा दाङ प्रतिनिधि एवं शेयर सदस्य बसुन्धरा गाैतमलाई सम्मान गरेकाे थियाे ।
त्यस्तै हरेक बर्ष झैँ यस वर्ष पनि SEE मा सर्वाेत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छाेराछाेरीहरू मध्येबाट एक छात्र र एक छात्रा गरि २ जना राेशन डाँगी र अन्जु खत्रीलाई पुरस्कृत गरेकाे छ । यसै बर्ष देखि सुरुवात गरेकाे बाल खुत्रुके खातामा उत्कृष्ट बचत कर्ता बालबालिका मध्येबाट गाेरखनाथ वैदिक गुरुकुल सिद्ध रत्ननाथ मठका वटुक प्राञ्जल भट्टराई र कन्या आरती याेगीलाई प्रमाण पत्र सहित पुरस्कृत गरेकाे छ ।
शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि भुसालले नाेबेल साकाेसकाे दिन प्रतिदिन हरेक वर्षकाे कृयाकलाप हेर्दा राम्राे रहेकाे र उद्देश्य अनुरुप कार्य गर्दै गएकाेमा खुसी ब्यक्त गर्नुभएकाे थियो। साथै उहाँले संस्थाले धर्म संस्कारकाे क्षेत्रमा पनि आफ्नाे सेवाका हातहरु बढाएका कारण बालबालिकाकाे सानाे सानाे संचित रकमलाई संकलन गर्न सकेकाे छ भन्दै चाैघेराकाे गुरुकुलका बालबालिकाहरुकाे प्रशंसा गर्नुभएकाे थियाे ।
संस्थालाई शुभकामना ब्यक्त गर्दै राष्ट्रिय सहकारी बैक घाेराही शाखाका प्रमुख डिल्लीराज दहालले शुभकामना सहित संस्थाकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दै राष्ट्रिय सहकारी बैक यस्तै राम्रा सहकारी सँग काराेवार गर्न पाउँदा खुसी लागेकाे धारणा व्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त बहादुर के.सी.ले गर्नुभएकाे थियाे ।
पहिलाे सत्रकाे समापन सँगै सञ्चालन भएको दोस्रो सत्रमा कोषाध्यक्ष प्रतिवेदन, लेखाको प्रतिवेदन अध्यक्षको प्रतिवेदन लगायत प्रस्तावित निति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित भएको थियो ।
दोस्रो सत्रमा संचालित अधिवेशनबाट संस्थाको आगामी ४ वर्षका लागि पुनः सुषमा कुमारी रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्व सहमतिबाट गठन गरेको थियो । जसको उपाध्यक्षमा केशवराज ढकाल सचिवमा प्रकाश भट्टराई काेषाध्यक्षमा दाेर्ण भण्डारी र सदस्यहरुमा नन्द प्रसाद केसी, भिमा डिसी , सुमित्रा शर्मा ,मिना विष्ट,परशुनारायण श्रेष्ठ लाई चयन गरेकाे थियो ।
नव निर्वाचित कार्यसमिति
त्यस्तै राजकुमार थापाको संयोजकत्वमा निर्मला न्याैपाने र समिरमणि गाैतम गरेर तीन सदस्यीय लेखा समिति सर्व सहमत रुपमा चयन गरेको थियो।
नव निर्वाचित लेखा समिति
त्यस्तै ऋण उपसमितिमा २ जना सदस्यहरूमा निरा केसी र बसन्ता थापालाई सर्वसहमत रुपमा चयन गरेको थियोे ।
नव निर्वाचित ऋण उपसमिति
त्यस्तै अधिवेशनले संस्थाका सल्लाहकारहरुमा शरद कुमार शर्मा, डिल्ली बहादुर बस्नेत, गिरिराज बुढाथाेकी, चेतलाल न्याैपाने र संस्थापक सदस्य पार्वती लाेहनीलाई सल्लाहकारमा मनाेनित गरेकाे थियोे ।
काठमाडौँको नयाँ बसपार्कमा एक महिलामाथि भएको सामूहिक लागेका ९ जना पक्राउ परेका छन्।
पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौँ आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो।
महिलाले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मङ्गलवार ७ र बुधवार २ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई बुधवार साँझ प्रहरीले सार्वजनिक गरेको थियो।
पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिकमत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली छन्।
यसै गरी छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ रारा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ परेकाहरू सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए।महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ।
प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिएका छन् ।
अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत खर्च गर्दै शतप्रतिशत विकास खर्च गर्ने योजना सार्वजनिक गरेका थिए । सोहीअनुसार अर्थ मन्त्रालयले २२ असोजमा ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८’ पनि लागू गर्याे ।
मापदण्डमा प्रथम त्रैमासिक अवधिभित्र न्यूनतम १० प्रतिशत र त्यसपछि त्रैमासिक विनियोजनभन्दा कम नहुने गरी प्रत्येक महिना न्यूनतम १० प्रतिशतका दरले असार मसान्तभित्र शतप्रतिशत नतिजा हासिल गर्ने उल्लेख गरिएको छ ।
मापदण्डअनुसार अहिलेसम्म सरकारले ३० प्रतिशत विकास बजेट खर्च गरिसक्नुपर्ने हो । तर मंसिरसम्ममा कुल विकास बजेटको ६ दशमलव ४६ प्रतिशत अर्थात् २८ अर्ब ४० करोड ३५ लाख रुपैयाँ मात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यसैगरी चालू खर्चतर्फ भनेर सरकारले लक्ष्यको ३१ दशमलव ६१ अर्थात् तीन खर्ब १७ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २१ दशमलव ८ प्रतिशत अर्थात् ४१ अर्ब रपैयाँ खर्च भएको छ । सरकारले समयमै विकास बजेट खर्च गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छ ।
पुँजीगत खर्च बढाउन अर्थमन्त्री आफै सक्रिय भए पनि खर्चको रफ्तार भने बढ्न सकेको छैन । मंसिरसम्ममा सरकारले लक्ष्यको ३५ प्रतिशत अर्थात् चार खर्ब १२ अर्ब राजश्व संकलन गरेको छ ।
नेपाली श्रमिकले पाए प्रतिव्यक्ति १ लाख २० हजारसम्म, आप्रवासी श्रमिकमध्ये नेपाली मात्रै १९ प्रतिशत
कतारले २०२२ को विश्वकप फुटबल प्रतियोगिता हुने ८ वटा रंगशाला निर्माणमा संलग्न नेपालीसहित विदेशी श्रमिकलाई ८ करोड १२ लाख कतारी रियाल (करिब २ अर्ब ६० करोड रुपैयाँ) शोधभर्ना गरेको छ ।
रंगशाला बनाउन कतार जाँदा म्यानपावर कम्पनी र एजेन्टलाई तिरेको रकमबापतको खर्च श्रमिकलाई कतारले फिर्ता गरिदिएको हो । रंगशाला निर्माणको अनुगमन गर्ने सर्वोच्च निकाय सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले श्रमिकको भनाइकै आधारमा रकम फिर्ता गरेको जनाएको छ । आगामी वर्षको नोभेम्बर–डिसेम्बरमा कतारमा विश्वकप फुटबलको २२ औं संस्करण हुँदै छ ।
सुप्रिम कमिटीका अनुसार ८ वटै रंगशाला निर्माणमा ६९ देशका ४९ हजार श्रमिक खटिएका थिए । सर्वोच्च निकायसमक्ष रंगशाला बनाउन श्रमिक ल्याउने २ सय ६९ कम्पनीले ४९ हजार श्रमिकलाई १० करोड ३ लाख रियाल भुक्तानी गर्ने प्रतिबद्धता गरेका छन् । जसमध्ये ८ करोड १२ लाख रियाल सम्बन्धित श्रमिकलाई फिर्ता भइसकेको छ । तर, शुल्क फिर्ता पाउने कुल श्रमिकको संख्या भने खुलाइएको छैन । सर्वोच्च निकायले तीन वर्षअघि नै रकम फिर्ता गर्ने नीति लिएको थियो ।
रंगशाला बनाउनकै लागि कम्पनीहरूले ३० हजारभन्दा बढी श्रमिक स्रोत देशबाट लगेका थिए । बाँकी १९ हजार जना श्रमिक भने कतारमै उपलब्ध थिए । उनीहरू अन्य आयोजनाका लागि कतार गएका थिए । रंगशाला बनाउने आप्रवासी श्रमिकमध्ये नेपाली १९ प्रतिशत मात्रै रहेको सर्वोच्च निकायले जनाएको छ । सबैभन्दा बढी भारतीय (४२ प्रतिशत) र दोस्रोमा बंगलादेशी (२४ प्रतिशत) थिए । कतारको समग्र निर्माण क्षेत्रमा मात्रै १० लाख ६८ हजार श्रमिक संलग्न छन् ।
भर्ना शुल्क फिर्तासम्बन्धी हरेक वर्ष स्वतन्त्र रूपमा वार्षिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट लिमिटेड’ को २०२१ को प्रतिवेदनअनुसार नेपाली श्रमिकले १ हजार ४१ डलर (करिब १ लाख २३ हजार रुपैयाँ) सम्म पाएका छन् । सबैभन्दा बढी रकम तिर्ने बंगालीहरूले ३ हजार डलर (३ लाख ५७ हजार रुपैयाँ) सम्म पाएका छन् । यो रकम प्रत्येक महिनाको तलबमा १२ देखि ३२ महिनाभित्र भुक्तानी गरिएको जनाइएको छ । नेपाली श्रमिकहरूले १ लाख २० हजार रुपैयाँसम्म फिर्ता पाएको इम्प्याक्टको प्रतिवेदनमा उल्लेख छ । यद्यपि रंगशाला निर्माणमा खटिएका कति नेपाली श्रमिकहरूले रकम फिर्ता पाए भन्ने प्रतिवेदनले खुलाएको छैन ।
कतिपय नेपाली श्रमिकसमेत भर्ना शुल्क फिर्ता पाउनबाट वञ्चित रहेको देखिन्छ । एक साताअगाडि स्वदेश फर्किएका खोटाङका ठगेन्द्र अधिकारीले म्यानपावर कम्पनीलाई भुक्तानी गरेको रकम अझै नपाएको बताए । ‘मैले लुसेल रंगशालामा ३३ महिना काम गरेँ । त्यहाँ एकपटक कति पैसा तिरेको छ भनेर सोध्न आएको थियो । मैले सोसल म्यानपावरलाई १ लाख २० हजार रुपैयाँ बुझाएर गएको थियो,’ उनले भने, ‘यो रकम पाइनँ । उल्टो नेपाल फिर्ने बेला एचबीके कम्पनीले १८ सय रियाल (करिब ५७ हजार रुपैयाँ) काट्यो ।’
सर्वोच्च निकायले भने काम सम्पन्न भइसकेपछि भने श्रमिकलाई भर्ना शुल्क तिर्नुपर्ने जनाएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रकम फिर्ता नगर्ने कम्पनीमाथि कारबाही गर्ने जनाएको छ । रंगशाला निर्माणमा संलग्न श्रमिकले कहिल्यै तलबको समस्या नव्यहोरेको प्रतिवेदनमा उल्लेख छ । ‘म चार वर्षअघि नै कतार आएको हो । योभन्दा अगाडि दुबई र मलेसियामा काम गर्थें । मैले अल थुममा रंगशालामा काम गर्न पाएँ । काम गर्दा सुरक्षामा उच्च सतर्कता अपनाइएको थियो,’ खोटाङका नरेन्द्र राईले कान्तिपुरसँग भने, ‘खाना र बसोबास राम्रो थियो, प्रत्येक महिना समयमै तलब आउँथ्यो । महिनामा २२० घण्टा मात्रै काम गर्न पाइन्थ्यो ।’
कतारले गत मार्चबाट न्यूनतम तलब तोकिदिएपछि रंगशालामा कार्यरत श्रमिकको करारपत्र पनि परिमार्जन गरिएको इम्प्याक्टको प्रतिवेदनमा उल्लेख छ । कतारले खाडीमा पहिलो पटक न्यूनतम तलब १ हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ रियाल गरी १८ सय रियाल दिनुपर्ने नियमलाई कार्यान्वयनमा ल्याएको हो । खाना र आवासको सुविधा दिएको खण्डमा भने ८ सय रियाल श्रमिकलाई तिर्नुपर्दैन ।
यो खबर आजको कान्तिपुर डट कमको अनलाईन संस्करणमा छापिएको छ।
२३ मंगसीर २०७८! कतारका राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक तथा अन्तर्राष्ट्रिय मुस्लिम समाजका संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँ द्वारा आफुले प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयको अक्षयकोष स्थापनार्थ एक कार्यक्रमका बीच एक लाख एक हजार एक सयको सहयोग गरेका छन्। हाल काठमाडौ घर भएका मियाँले गोरखाको सिरानचोक-३, हर्मी बयापानी स्थित श्री शिखर ज्योति प्राथमिक बिद्यालयलाइ कोष निर्माणका निम्ति उक्त सहयोग गरेका हुन्।
उक्त बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह बहादुर थापाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा विभिन्न वक्ताले सहयोगको खुलेर प्रसंशा गरेका थिए।मियाँले बिक्रम सम्बत २०४२ तिर सो बिद्यालयबाट आफ्नो प्रारम्भिक शिक्षाको शुरूवात गरेका थिए। काठमाडौ स्थाइ घर भएता पनि मियाँको पुर्ख्यौली गाउँभने हर्मी बयापानी रहेको र यसरी सम्झेर आफ्नो गाउँको बिकासमा उल्लेख्य सहयोग गरेकोमा उपस्तिथ सबैले मियाँको खुलेर प्रसंशा गरेका थिए। कार्यक्रममा सिरानचोक गाउँ पालिका सदस्य एवं समाजसेवी योगेन्द्र बहादुर सुनार, विभिन्न समयमा बिद्यालयलाइ सहयोग गर्ने सहयोगी एवं समाजसेवी तथा राजनीति दलका प्रतिनिधि र वडा सदस्य ज्यु ,शिक्षक अभिभावक संघका सदस्य लगायत बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो।यसैगरि विद्यार्थी तथा अभिभावकहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियोे।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक रामचन्द्र थापा लगायत बिशिस्ट व्यक्तिहरुले मियालाई खादा ओढाएर सम्मान गर्नु भएको थियोे। सोही कार्यक्रममा मियाँले विद्यार्थीहरुलाइ शैक्षिक सामाग्रीहरु पनि वितरण गर्दै उक्त विद्यालयमा पठनपाठन गर्ने बिद्यार्थीहरुको उज्ज्वल भविस्यको कामना गर्नु भएको थियोे।
युएईले १जनवरी, २०२२ देखि लागू हुने गरी हप्ताको साढे चार दिनको काम गर्ने घोषणा गरेको छ। समाचार एजेन्सी वाम डब्लु.एम.ए ले जनाए अनुसार यो कदम संघीय सरकारी निकायहरूमा लागू हुने र सोमबारदेखि बिहीबारको नयाँ काम गर्ने घण्टा अब बिहान ७:३० देखि बेलुका ३:३० बजे सम्म हुनेछ। भने शुक्रबार काम गर्ने समय बिहान ७:३० देखि अपराह्न १२:०० बजे सम्म मात्र हुनेछ।
तुलसीपुर, १३-मंसिर/ तुलसीपुर चेम्बर अफ कमर्सले (तुलसीपुर महोत्सव २०७८) लगाउने भएको छ । पुसको १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमा तुलसीपुर (तुलसीपुर महोत्सव २०७८) संचालन गर्ने तयारी गरेको चेम्बरले जनाएको छ । चेम्बर अफ कमर्सले तुलसीपुर सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्वसको लागि स्थानीयतहदेखि जिल्ला प्रशासन कार्यालयबाट स्विकृती लिई सकेको चेम्बरका अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिए ।
महोत्सव खासगरी चेम्बर अफ कमर्सको भवन निर्माण लागि आयोजना गरेको घर्तीले जानकारी दिए । त्यसका साथै भिजिट नेपाल २०२० मा सरकारले देशभरी महोत्सव लगाउने तयारी गरेको भएपनि कोभिडका कारण सफल हुन नसकेकाले अहिले केही ठुला ठुला कार्यक्रम भईरहेको हुनाले आफुहरुले पनि तुलसीपुरलाई चिनाउनको लागि महोत्वसको आयोजना गरेको घर्तीले बताए । महोत्सवले गाउँघरमा सुरु भएका स-साना घरेलु उद्योग, माछापालन, कुखुरा पालन व्यवसाय लगायत कृर्षी तथा उद्योगसंग जोडिएका कुराहरुको प्रर्वधन गर्दै बिदेशसम्म चिनाउनको लागि महोत्सवको आयोजना गर्नु पर्छ भन्ने आफुहरुलाई लागेको घर्तीले बताए ।
अर्को तर्फ कला, संस्कृतिको क्षेत्रमा रुची राख्ने ग्रामिन क्षेत्रका पहुँच भन्दा बाहिर रहेका कलाकारहरुको प्रतिभालाई प्रमोट गर्नको लागि र लोप हुन लागेका कला संस्कृति, पर्यटन क्षेत्रहरुको संरक्षण गर्नुका साथै कृर्षी क्षेत्रमा उत्पादन भएका चिजहरु प्रर्वधन गर्नको लागि सहयोग मिल्ने उनले बताए । महोत्सव सकिएको दुई हप्तामा भित्र पारदर्शि तरिकाले एक रुपैयाँ पनि दायाबाया नहुने गरी पत्रकार सम्मेलन गरेर महोत्सवबाट भएको आयव्य सार्वजनिक गर्ने चेम्बर अफ कमर्सका सचिव ऋषीराज भण्डारीले जानकारी दिए । त्यसैगरी महोत्सवबाट उठेको केही रकम बोर्डको सल्लाहा अनुसार सामाजिक काममा लगाउने उनले बताए । महोत्सव संचालनको लागि विभिन्न १५ वटा उपसमिति गठन गरिएको छ । कार्यक्रमको संचालन चेम्बर अफ कमर्सका महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए । साभार तुल्सिपुर अनलाईन
अपरिचित व्यक्तिले नेपाल आउनेलाई ‘फकाएर’ सामान पठाउने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सूचना जारी गरेको छ।
नेपालमा कानुनअनुसार ल्याउन पाउने सुन, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थभन्दा बढी परिणाम ल्याउने गरेको भन्दै सूचना जारी गरेको हो।
सुविधाभन्दा बढी परिमाण र स्वरूपमा सुन तथा सुनका गहना, मोबाइल, ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउने गरेको छ,’ सूचनामा उल्लेख छ,’सोउपर कानुनबमोजिम कारबाही हुँदा यात्रुहरूले प्रचलित कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको र अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेकोतर्फ यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
तस्करहरूले भन्सार छल्न नेपाल आउने व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारी सुनलगायत सामान पठाउने गरेको छ। त्यसरी भन्सार छलेर नेपाल भित्र्याउनेहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरी विभागलाई बुझाउने गरेको छ।
अनुसन्धानकै क्रममा पक्राउ परेका व्यक्तिहरूले अरूले नै फकाएर पठाउने गरेको बयान दिएको भन्सार विभागले जनाएको छ।
सो काम रोक्न विभागले कानुनअनुसार नेपाल भित्र्याउन पाउने सामानको परिणाम सार्वजनिक गरेको छ।
त्यस्तै, भन्सार कार्यालयले अपरिचित व्यक्तिको ललाइफकाइ कुनै मालवस्तु लगिदिन अनुरोध गरेमा, कुनै अवैध वस्तु लुकाइएको छ/छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिनू/नल्याउन अनुरोध गरेको छ।
भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी गत जेठ १५ गतेदेखि लागु हुने गरी यात्रुले आफूसँगै ल्याउन र लैजान पाउने मालवस्तुको देहाय बमोजिमको परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ।
१. व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने; सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने; सोभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने
२. व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने)
३. व्यक्तिगत प्रयोगको मोबाइल १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने)
४. मदिरा १ लिटरसम्मको बोतल १ (सोभन्दा बढी परिमाणको मदिरा जफत गरिने)
राेल्पा – विद्यालय चलाउन अदुवा खेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।
‘आर्थिक स्राेतकाे अभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवा बिक्री वितरण गर्दै हिँडेका छौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भन्नुभयो ।
उहाँका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ ।
‘यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ’, विद्यालयका शिक्षक होमबहादुर खड्काले भन्नुभयो ‘उत्पादित मध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ ।’
विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेली स्वरुप वितरण गरिरहेको जनाएको छ । विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेली स्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।
कोसेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवा खेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो।