बैदेशिक रोजगारीको तयारीमा रहेका युवाहरु नयाँ बसपार्कको सामूहिक बलात्कारमा संलग्न।

  • १५ पुष २०७८, बिहीबार ०८:५४ मा प्रकाशित
  • काठमाडौँको नयाँ बसपार्कमा एक महिलामाथि भएको सामूहिक लागेका ९ जना पक्राउ परेका छन्।

    पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौँ आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो।

    महिलाले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मङ्गलवार ७ र बुधवार २ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई बुधवार साँझ प्रहरीले सार्वजनिक गरेको थियो।

    पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिकमत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली छन्।

    यसै गरी छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ रारा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    पक्राउ परेकाहरू सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए।महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ।

    Leave a Reply