फागुन १९, दाङ । दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।
सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिए ।
काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गरेको छ । प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच सरकारले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।
आइतबार बसेको संसद्को बैठकमा अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे एमसीसीका ब्याख्यात्मक बुँदाहरु पारित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष पेश गरेका थिए ।
व्याख्यात्मक घोषणाकाे छलफलपश्चात सभामुख सापकाटोले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमाेदन भएकाे घोषणा गरे । ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।
संसद बैठक आगामी फागुन १८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
काठमाडौं । निक्षेप संकलन गर्ने र ऋण लगानी गर्ने मुख्य उद्देश्य बोकेका बैंक तथा वित्तीय संस्थाहरुले कसरी ऋण दिन्छन् भन्ने विषयमा समेत धेरै सर्वसाधारणहरुलाई जानकारी नहुन सक्छ । बैंकहरुले आम सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्ने भए पनि कतिपय दुरदराजका नागरिकहरुमा बैंकले ठूला र पूँजीपतिहरुलाई मात्रै ऋण दिन्छ भन्ने सोचाइ छ ।
ठूला भनिएका वाणिज्य बैंकहरु अझै पनि सर्वसाधारणसम्म पुग्न सकेका छैनन् । प्रक्रिया पूरा गरेपछि बैंकले जोसुकैलाई पनि ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन् । प्रस्तुत छ, बैंकिङ शिक्षा अभियान अन्तर्गत सर्वसाधारणलाई बैंक ऋणबारे बुझाउन सीईओ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :बैंकको मुख्य काम भनेको निक्षेप स्वीकार गर्ने र कर्जा दिने नै हो । कर्जा लिन जानुभन्दा पहिला बुझ्नै पर्ने कुरा भनेको, हामी के कामका लागि कर्जा लिने भन्ने कुरामा स्पष्ट हुनुपर्छ । कर्जा के उद्देश्यका लागि लिने भन्ने कुरा प्रष्ट भएपछि बैंकमा जाने हो । त्यसपछि कर्जा लिने व्यक्तिको योग्यता र क्षमताको कुरा आउँछ । व्यक्तिको कर्जा लिएपछि गर्ने काम, परियोजना र कर्जा लिएपछि तिर्नसक्ने क्षमताको विषयमा समेत हेरिन्छ । अर्को कुरा भनेको कर्जा दिइसकेपछि सुरक्षणको रुपमा हामी केही मापदण्ड अनुसार सुरक्षण लिएर कर्जा प्रवाह गर्छौं । कर्जा लगानी भएपछि जे कामका लागि लिएको हो, सो अनुसार छ छैन भन्ने कुरा पनि हामी हेर्छौं । उद्देश्य अनुसार नै कर्जा सदुपयोग भएको छ छैन भन्ने कुरा हेरेपछि नियमित कर्जाको किस्ता र व्याज समेत भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकबाट कर्जा लिनका लागि गर्नुपर्ने काम भनेको म केका लागि कर्जा लिन चाहान्छु भन्ने विषय नै हो ।
बैंक भनेको कुनै वर्गका लागि होइन । बैंक भनेको ठूला व्यापारी हुन् वा सामान्य सर्वसाधारण सबैका लागि हो । बैंकले पूरा गर्नुपर्ने केही विधि र प्रक्रियाहरु छन् । त्यसको परिधिभित्र रही कर्जा लिन सकिन्छ ।
ठूला बैंकले पूँजीपति, उद्योगी, धनाढ्यलाई मात्रै ऋण प्रवाह गर्ने भन्ने कुरा हुँदैन । बैंकले सबैलाई समान किसिमले हेरेको हुन्छ । प्रक्रिया पूरागरेपछि सामान्य नागरिकले पनि जुनसुकै बैंकबाट ऋण लिन सक्नेछन् ।
ठूला बैंकहरुले सामान्य सर्वसाधारणलाई सहज तरिकाले ऋण प्रवाह गर्दैनन् भन्ने गुनासाहरु पनि आउने गरेका छन् नि होइन ?
ठूला बैंकहरुले विपन्न वा सामान्य नागरिकलाई नदिने भन्ने कुरा हुँदैन । तर ऋण लिनका लागि केही प्रक्रियाहरु पूरा भने गर्नुपर्छ । प्रक्रियाहरु पूरा गरिसकेपछि साना वा ठूला भनेर ऋण नदिने भन्ने हुँदैन । बैंक ठूला भए पनि त्यहाँबाट सबैले सुविधा पाउनुहुन्छ ।
कर्जा लिने प्रक्रियाहरु के-के हुन् ? यसका लागि के-के कागजातहरु चाहिन्छ ?
सबै कर्जाहरु एकै प्रकारका हुँदैनन् । कर्जाको आकार र प्रकार पनि हुन्छन् । कुन आकारको कर्जा लिने त्यो अनुसार पनि कागजातहरु फरक हुनसक्छन् । आधारभूत रुपमा भन्नुपर्दा कर्जा लिने मान्छे नेपाली नागरिक हुनुपर्छ । कर्जा लिने व्यक्तिले नागरिकता समेत लिएको हुनुपर्छ ।
कर्जा केका लागि लिन लागेको भनेर परियोजना प्रस्ताव पनि चाहिन्छ । कानुनी रुपले आवश्यकत कागजातहरु चाहिन्छ । जस्तो फर्मका लागि लिइने ऋण हो भने त्यो फर्म कुन-कुन कार्यालयमा दर्ता हुनुपर्छ, भएको प्रमाण चाहिन्छ ।
यसका साथै पारिवारिक विवरण पनि आवश्यक पर्छ । सगोलको परिवारमा हुनुहुन्छ भने उहाँहरुबाट ग्यारेन्टी पनि लिनुपर्ने व्यवस्था छ । कर्जाका लागि सुरक्षण पनि चाहिन्छ ।
पैसाको आवश्यकता पर्दा धेरैले चिनजानका व्यक्तिबाट महँगो व्याजदरमा लिने चलन अहिले पनि गाउँघरमा छ । गाउँका साहुसँग होइन बैंकबाटै कर्जा लिनु पर्छ भनिएको छ, किन होला ?
बैंकको स्थापनाको मूल उद्देश्य भनेको पारदर्शी, सस्तो र सुलभमा वित्तीय सेवा प्रदान गर्नु हो । गाउँघरमा व्यक्ति वा कुनै साहुमजाहनबाट ऋण लिंदा त्यसको व्याज महँगो हुनजान्छ । त्यो सुरक्षित वित्तीय कारोबार पनि होइन ।
निश्चित रकम, निश्चित तरिका, निश्चित विधि र प्रक्रियाबाट कारोबार गर्नका लागि कर्जाको आविष्कार भएको हो । अपारदर्शी तरिकाले वित्तीय कारोबार गर्नु हुँदैन । यसले असुरक्षा बढाउँछ ।
बैंकिङ कर्जाबारे आम जनमानसमा बुझाउनु पर्ने केही विषयहरु छन् कि ?
बैंकको विषयमा धेरै नागरिकहरुलाई जानकारी छैन । अहिले पनि बैंकिङ पहुँच ६५ प्रतिशत नागरिकमा मात्रै छ । वित्तीय साक्षरता नबुझेको कारण बैंक भनेको ठूला उद्योगी, ठूला मान्छेहरु, सुटेट बुटेटमात्रै जाने भन्ने सोचिन्छ ।
आवश्यक कागजातको विषयलाई पनि अतिरञ्जित गरेर बैंकमा त जानै हुँदैन सहज रुपमा ऋण दिंदैनन् भन्ने जस्तो सोच धेरै सर्वसाधारणमा छ । बैंकहरुको पनि आफ्ना केही कमजोरीहरु छन् । यसमा हामीले पनि ध्यान दिनुपर्छ । ग्राहकमुखी व्यवहार हाम्रो पनि बनाउने हो भने अझै आकर्षण बढ्नेछ । हामीले यो कुरा सर्वसाधराणमा बुझाउन पनि छ ।
कतिपय मान्छेहरु मसँग घर-जग्गा छ । मलाई ऋण चािहयो भन्नेहरु पनि हुनुहुन्छ । घरजग्गा राखेपछि ऋण दिइहाल्छन् बैंकले भन्ने सोच्नु हुँदैन । धितोमा राख्ने भनेको व्याकपमात्रै राखेको हो । घर धितोमा राख्ने वित्तिकै ऋण पाउने कुरा होइन । ऋण भनेको केही गर्नका लागि दिने हो । आफूले के गर्न चाहेको हो भन्ने कुरा पहिले स्पष्ट हुनुपर्छ अनि बैंकले ऋण दिन्छ । बैंकले परियोजना हेरेर, ऋणको सुरक्षण लगायत धेरै हेरेर दिन्छ ।
बैंकले ऋणको रुपमा दिने पैसा भनेको त्यो बैंकको अथवा बैंकका कर्मचारीहरुको होइन । त्यो आम सर्वसाधारणको पैसा हो । त्यहाँ सर्वसाधारणले निक्षेपको रुपमा रकम राखेको हुन्छ । उनीहरुको हितका लागि पनि जथाभावी ऋण लगानी गर्नु हुँदैन ।
केही व्याज र सुरक्षाका लागि दुःख गरेको रकम निक्षेपको रुपमा बैंकमा सर्वसाधारणले रकम जम्मा गरेको हुन्छ । त्यो रकम मागेको बेला निक्षेपकर्तालाई बैंकले फिर्ता गर्नुपर्छ । यस्तै ऋण लिनेले पनि यो कुरा बुझ्नु पर्छ । सम्पत्ति भएको भरमा ऋण पाइँदैन, यो भ्रमबाट मुक्त हुनुपर्छ ।
साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन्। सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ। ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ।
दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ। विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा ‘फलोअप’ भइरहेको छ। अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ। २४ वटा मुद्दाको फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृतक श्रमिक हकवालाको नाममा पठाइएको छ। ३४ महिलाको उद्धार यसैबीच पछिल्लो एक वर्षमा ३४ जना नेपाली महिलाको उद्धार गरिएको छ। साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार पछिल्लो एक वर्षमा दूतावासले ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाइएको हो। समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार ती महिलालाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरिएको हो ।
यस्तै दूतावासले साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बस्दै आएका ह्विलचियर प्रयोगकर्ता वेदबहादुर भुजेलले अस्पताललाई तिर्नुपर्ने आठ लाख २३ हजार साउदी रियाल अर्थात् करिब अढाई करोड रुपियाँ अस्पतालबाट मिनाहा गराएको जनाएको छ। उनलाई अस्पतालमा तिर्नुपर्ने रकम मिनाहा गराई नेपाल पठाइएको छ। भुजेलले अस्पतालमा रकम तिर्न नसक्दा स्वदेश फर्कन पाएका थिएनन्।गाेरखापत्रबाट
काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
बालुवाटारमा बसेको तीन घण्टा लामो छलफलमा पनि एमसीसीबारे कुनै सहमति नभएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पुगेका हुन् । पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी सदनबाट पारित गर्नेगरि आक्रामक रुपमा लागेका छन् ।
उनले गठबन्धनका शीर्ष नेताहरुलाई पनि एमसीसी पारित गर्न सहयोग नगरे एमालेसँग मिलेर अघि बढ्ने र गठबन्धन पनि तोडिने चेतावनी दिँदै आएका छन् । आजमात्रै उनले ओलीसँग भेटवार्ता गर्न आफ्नो दूतको रुपमा डा. मिनेन्द्र रिजाललाई बालकोट पठाएका थिए । file photo
वीरगञ्ज, ३ फाल्गुन । बचतकर्ता सदस्यहरुको जानकारीबिना ऋण लिएको ५ करोड ५७ लाख ४२ हजार २ सय ७४ रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुखसहित ७ जना पक्राउ परेका छन् ।
काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्साको पर्सागढी नगरपालिकाको बढ्नियारस्थित शाखा कार्यालयका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित अन्य ७ जना कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।
संस्थाको मुख्य कार्यालयले मंसिर २४ गते दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । शाखा प्रबन्धक लोहारले अन्य कर्मचारीको सहयोगमा ३ सय ८ जना बचतकर्ता सदस्यहरुको जानकारी बिना उनीहरुको नाममा नक्कली ऋण आवेदन र अन्य नक्कली कागज तयार गरी ऋण स्वीकृत गरी आफैले ५ करोड ३४ लाख ५५ हजार ४ सय १९ रुपैयाँ हिनामिना गरेको जाहेरी दरखास्तमा उल्लेख छ ।
अनुसन्धानको क्रममा शाखा प्रबन्धक लोहारले १५ जना बचतकर्ताको बचत रकम र कर्जाको ब्याजबापतको रकमसमेत गरी जम्मा ५ करोड ५७ लाख ४२ हजार २ सय ७४ रुपैयाँ संस्थालाई नोक्सानी गराएको खुलेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
अनुसन्धानपश्चात जिल्ला सरकारी वकिल कार्यालय पर्साको निर्णयअनुसार ३ जना व्यक्तिमाथि मुद्दा नचल्ने निर्णय भएपछि छाडिएको खनालले बताए । खनालका अनुसार ४ जनालाई कारागार चलान गरिएको छ ।
शाखा प्रबन्धक लोहारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने अन्य ३ जनालाई जनही १/१ करोड धरौटी तोकिएकोमा धरौटी रकम बुझाउन नसकेपछि उनीहरुलाई पनि कारागार चलान गरिएको खनालको भनाई छ ।
कारागार चलान हुनेमा शाखा प्रबन्धक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी भोजेन्द्र ठाकुर लोहारसँगै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ निवासी गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ निवासी प्रदीप कुमार पटेल र वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कै शेषनाथ कुश्वाहा रहेका छन् ।
हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमाममा गर्दै आएको दुईतर्फी उडान स्थगित गरिएको जनाएको छ । एयरलाइन्सले तत्कालका लागि उडान स्थगित गरेको जनाएको छ भने उक्त कारणबारे भने स्पष्ट रूपमा खुलाइएको छैन ।
हिमालयद्वारा जारी सूचनामा `अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म हामी काठमाडौं-दमाम-काठमाडौं र काठमाडौं-रियाद-काठमाडौं क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको कुरा जानकारी गराउदछौ भनी उल्लेखित सूचनामा जनाइएको छ।
सूचनामा `यस क्षेत्रहरूकालागि हाम्रा उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं ´ भनि उल्लेख गरिएको छ ।
` एयरलाइन्सको सुचनाअनुसार टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिशेड्युल सुविधाको लागि सम्बन्धित ट्राभल एजेन्सी वा एयरलाइन्सकै विक्री कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरेको छ ।
हिमालय एयरलाइन्सले यसअघि साउदी अरेबियाको दमाम-काठमाडौं दैनिक र रियाद-काठमाडौं हप्तामा २ वटा उडान गर्दै आएको थियो ।
हिमालय एयरलाइन्सले तत्कालका लागि उडान स्थगित गरेसँगै साउदी अरब संग नेपालको सिधा हवाई सम्पर्क विच्छेद भएको छ अब साउदीबाट नेपाल तथा नेपालबाट साउदी अरब यात्रा गर्नको लागि विभिन्न देशका एयरलाइन्सहरु मार्फत ट्रान्जिट भएर मात्र यात्रा गर्न सकिनेछ।
सिधा उडान भर्ने हिमालयले तत्कालका लागि उडान नभर्ने भएपछि यहाँ रहेका नेपालीहरुमा निराश छाएको छ । नेपाल एयरलाइन्सले नेपाल-साउदी सिधा उडान भर्ने समाचारहरु बाहिरीए पनि हिमालयकै उडान स्थगितले थप अन्योल सृजना भएको छ ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । बिहीबार साँझ टेलिफोनमा प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बिषयमा निर्णय गर्न भन्दै ओलीलाई टेलिफोन गरेको एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस, नेकपा (एमाले) त निर्णय गरिहाल्छ,’ उपप्रमुख रिजालले अध्यक्षद्वयको संवाद उधृत गर्दै भने। रिजालले एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट रहेको बताए।
एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी अनुदान सहायता सम्झौता संसद्बाट जतिसक्दो चाँडो अनुमोदन गराउने पक्षमा छन्। तर, ‘गोल गर्ने’देउवाको ‘दाउ’मा गोलकिपरको भूमिकामा देखापरेका छन् सभामुख अग्निप्रसाद सापकोटा।
प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त रूपमा एमसीसी मुख्यालयलाई पत्र लेखे। जसकारण जसरी पनि एससीसी संसद्बाट अनुमोदन गराउनुपर्ने नैतिक जिम्मेवारी देउवालाई छ। प्रचण्ड भने चुनावपछि मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने दबाब देउवामाथि बढाइरहेका छन्। प्रधानमन्त्रीले चाहेजसरी एमसीसीलाई ‘सजिलै’ संसद्को निर्णय प्रक्रियामा नलैजाने सापकोटाले प्रतिनिधिसभा बैठक विभिन्न बहानामा लगातार धकेल्दै आएका छन्।
बिहीबार प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरेर एमसीसीबारे छलफल गरेका थिए।
अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता अघि बढाउने विषयमा अमेरिकाले ताकेता गरेको छ। छिटो निर्णयमा पुग्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले बिहीबार देउवा, ओली र दाहाललाई फोन गरी अलमल नगर्न आग्रह गरेका थिए।
एमसीसी संसद्बाट अनुमोदन नगरे नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्न सक्ने चेतावनी सहायकमन्त्री लूले दिएका छन्। आफूले दिएको अनुदान सहायता परियोजना फिर्ता भए चीनले हस्तक्षेप गरेको अर्थमा बुझ्ने उनको भनाइ थियो !
काठमाडौं, माघ २६ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको पाँच लाख ५५ हजार ६ सय कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो।कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।
निष्काशित शेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ।
काठमाडौं, २३ माघ । अमेरिकी सहयोग सम्बन्धी एमसीसी १६ फागुनमा पारित गर्न डेडलाइन आइसकेको छ । उक्त प्रस्ताव पारित भएमा ५० करोड डलरको विकास परियोजना अगाडि बढ्नेछ ।
एमसीसी ऊर्जा र विद्युत ट्रान्समिसन लाइनलगायतमा लगानी हुनेछ । यो परियोजना अगाडि बढेसँगै नेपालमा अमेरिकी लगानीका अन्य सम्भावनाहरु खुल्नेछन् ।
तर, एमसीसीबारे टुंगो लगाउन अलमल गरेमा २२ मार्चमा हुने एमसीसी बोर्डको बैठकले निर्णय लिने एमसीसीकी अधिकारी फतिमा सुमारले बताइसकेकी छिन् ।
। २९ सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त पत्र पठाएका थिए । देउवाले यसको खुलासा गरिसकेका छन् । एमसीसीले पनि यसको पुष्टि गरेको छ । उनीहरुले ५ महिनाजतिको समय मागेर लेखेको पत्रलाई एमसीसीले स्वीकारेको थियो । त्यस अनुसार २८ फेब्रुअरीको डेडलाइन राखिएको थियो ।
एमसीसी पारित हुन नदिन देशभित्र र बाहिरको शक्ति लागेको खुल्दै गएको छ । विशेषगरी चीनले एमसीसीलाई सकारात्मक रुपमा लिएको छैन । चीनसँग नजिक रहेका दल र तिनका नेता एमसीसीविरुद्ध खुलेर लागेका छन् ।
एमसीसीको विषय अगाडि बढिरहँदा चीनले नेपालसँगको सीमालाई कडाई गर्दै लगेको छ । अघोषित नाकाबन्दी नै गरेको छ । एमसीसी रोकिएमा नेपालमा चीनको प्रभाव बढ्ने सम्भावना छ । उसको लगानी र संलग्नता पनि बढ्न सक्छ ।
अहिले एमसीसीको विषयले नेपालका नेता देखि नागरिक समाज विभाजित भएपनि मुख्य टकराव अमेरिका र चीनबीच नै देखिएको छ ।