
हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमाममा गर्दै आएको दुईतर्फी उडान स्थगित गरिएको जनाएको छ । एयरलाइन्सले तत्कालका लागि उडान स्थगित गरेको जनाएको छ भने उक्त कारणबारे भने स्पष्ट रूपमा खुलाइएको छैन ।
हिमालयद्वारा जारी सूचनामा `अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म हामी काठमाडौं-दमाम-काठमाडौं र काठमाडौं-रियाद-काठमाडौं क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको कुरा जानकारी गराउदछौ भनी उल्लेखित सूचनामा जनाइएको छ।
सूचनामा `यस क्षेत्रहरूकालागि हाम्रा उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं ´ भनि उल्लेख गरिएको छ ।
` एयरलाइन्सको सुचनाअनुसार टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिशेड्युल सुविधाको लागि सम्बन्धित ट्राभल एजेन्सी वा एयरलाइन्सकै विक्री कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरेको छ ।
हिमालय एयरलाइन्सले यसअघि साउदी अरेबियाको दमाम-काठमाडौं दैनिक र रियाद-काठमाडौं हप्तामा २ वटा उडान गर्दै आएको थियो ।
हिमालय एयरलाइन्सले तत्कालका लागि उडान स्थगित गरेसँगै साउदी अरब संग नेपालको सिधा हवाई सम्पर्क विच्छेद भएको छ अब साउदीबाट नेपाल तथा नेपालबाट साउदी अरब यात्रा गर्नको लागि विभिन्न देशका एयरलाइन्सहरु मार्फत ट्रान्जिट भएर मात्र यात्रा गर्न सकिनेछ।
सिधा उडान भर्ने हिमालयले तत्कालका लागि उडान नभर्ने भएपछि यहाँ रहेका नेपालीहरुमा निराश छाएको छ । नेपाल एयरलाइन्सले नेपाल-साउदी सिधा उडान भर्ने समाचारहरु बाहिरीए पनि हिमालयकै उडान स्थगितले थप अन्योल सृजना भएको छ ।


