• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

  • २१ माघ २०७८, शुक्रबार १९:१४ मा प्रकाशित
  • २१ माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज)देखि साधारण सेयर (आईपीओ) निस्कासन सुरु गरेको छ ।

    संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

    सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ । आईपीओ निस्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।बोर्ड नेतृत्वविहीन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निस्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा छन् । यी कम्पनीहरुले अब क्रमशः अनुमति पाउने बोर्डले बताएको छ ।

    Posted in अर्थLeave a Comment on जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

    काठमाडौंबाट दुबई उड्न लागेका पाकिस्तानीसँग ४७ हजार रियाल

  • १६ माघ २०७८, आईतवार २२:२८ मा प्रकाशित
  • काठमाडौं । नेपालको बाटो भएर दुबई उड्न लागेका एक पाकिस्तानी नागरिक ४७ हजार एक सय रियालसहित पक्राउ परेका छन् ।

    विमानस्थल प्रहरीले ३३ वर्षीय हाफिज एट्टिक उर रेहमानको साथबाट ४ सय यूएई दिरामसहित ओमान र भारतीय मुद्रा पनि बरामद भएको जनाएको छ । उनले पेपर ब्यागमा राखेर उक्त पैसा दुबई लैजान लागेको प्रहरीको दाबी छ ।

    हाफिजलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । गत साता एक भारतीय नागरिक नेपालको बाटो भएर दुबई उड्न लागेका बेला अवैध अमेरिकी डलरसहित पक्राउ परेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on काठमाडौंबाट दुबई उड्न लागेका पाकिस्तानीसँग ४७ हजार रियाल

    परीक्षण उडानको तयारी गर्न थाई टोली भैरहवामा

  • १४ माघ २०७८, शुक्रबार १३:२५ मा प्रकाशित
  • निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानको पूर्वतयारीका लागि थाइल्यान्डको प्राविधिक टोली भैरहवा आइपुगेको छ । आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ‘आईसीबी टू’ को ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीका चार जनाको प्राविधिक टोली बुधबार यहाँ आइपुगेको हो । टोलीले विमानस्थलमा जडित विभिन्न उपकरणको जाँच गरी परीक्षण उडान सुनिश्चित गर्ने बताइएको छ ।

    ‘यो टोली गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान सम्पन्न नगरी फर्किने छैन,’ आयोजनाको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीन न्यौपानेले भने, ‘टोलीले काम थालेको केही दिनपछि अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली आउनेछ ।’

    थाई प्राविधिक टोलीसँग मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोलीले काठमाडौंमा छलफल गरेको थियो । टोलीले बिहीबारदेखि नै काम थालेको छ । परीक्षण उडानका लागि धावनमार्ग जाँच र विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि यही टोलीले दिनेछ ।

    विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न नेपाली इन्जिनियरसहितको प्राविधिक टोलीलाई गत माघ २ देखि भैरहवामा दुईमहिने तालिम दिन सुरु भइसकेको छ । विमानस्थलमा प्राधिकरणबाट ३४ कर्मचारी परिचालन भएका छन् । अब थप १ सय ५१ जनाको दरबन्दी पूर्ति गर्नुपर्ने अवस्था छ ।

    Posted in अर्थLeave a Comment on परीक्षण उडानको तयारी गर्न थाई टोली भैरहवामा

    सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

  • ११ माघ २०७८, मंगलवार १३:०४ मा प्रकाशित

  • ११ माघ, काठमाडौं । मगंलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी चाँदीको मूल्य ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावल सुनको मूल्य ९३ हजार ५ सय र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य आज १३ सय रुपैयाँमा कायम भएको छ ।

    Posted in अर्थLeave a Comment on सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

    वायुसेवा निगम निजीकरण गर्नुपर्छ भन्ने सञ्चालकहरूलाई बैठक प्रवेशमा रोक

  • ७ माघ २०७८, शुक्रबार २०:११ मा प्रकाशित
  • हामी पुग्दा निगमको ढोकाबाहिरै काला ब्यानरहरू टाँगिएको देखियो। ढोकामा झुन्ड्याइएको एउटा ब्यानरमा ‘भ्रष्ट, नालायक र गैरजिम्मेवार महाप्रबन्धक डिमप्रकाश पौडेललाई प्रवेश निषेध’ लेखिएको थियो,’ महाप्रबन्धक पौडेलले सेतोपाटीसँग भने।

    उनका अनुसार निगमलाई कम्पनी मोडलमा लैजानुपर्छ भन्नेलाई (निगमलाई निजीकरण गर्न खोज्नेलाई प्रवेश निषेध) लेखिएका ब्यानर पनि टाँगिएका थिए। यस्तो देखेपछि महाप्रबन्धक पौडेल, ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पाले असुरक्षा महसुस गरी भित्र छिर्न नसकेको उनीहरू बताउँछन्। 

    ‘निगमको ढोकामा डरलाग्दो अवस्था देखेपछि केही अप्ठ्यारो पर्नसक्छ भनेर हामी त्यहाँबाट भित्र जान सकेनौं, फर्कियौं,’ महाप्रबन्धक पौडेलले भने।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको फोन पनि नउठाएका कारण त्यहाँबाट त्यसै फर्किएको उनीहरूले बताएका छन्। 

    यसअघि निगमलाई कम्पनी मोडलमा लैजान सरकारलाई प्रस्ताव गरिएको थियो। निगम सञ्चालक समितिले निगमलाई कम्पनी मोडलमा लैजान प्रबन्धपत्र र नियमावली मस्यौदा तयार गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो। ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पा पनि उक्त समितिका सदस्य हुन्। 

    संयोजकलाई चाहिँ बैठकमा छिर्न दिइएको थियो। हामीलाई चाहिँ तीनपटकको बैठकमा जान दिइएन,’ सञ्चालक समिति सदस्य ईश्वरी पौडेलले सेतोपाटीसँग भने, ‘तीनपटकको बैठकमा जान नदिएपछि यिनीहरूलाई समितिबाट निश्कासन गर्न सकिन्छ भनेर यस्तो रणनीति अपनाएको कुरा हामीले सुनेका छौं।’

    आफूहरू हाल सत्तामा रहेको सरकारभन्दा फरक पार्टीबाट भएका कारण आफूहरूलाई हटाउने रणनीतिका साथ पर्यटन उड्डयन मन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरूलाई बर्खास्त गर्ने रणनीति बनाएको आरोप पनि उनको छ।

    आफूहरूलाई बैठकमा प्रवेश नदिएको भन्दै उनीहरूले लिखित रूपमा निगमका कार्यकारी अध्यक्ष अधिकारी, सचिव महेश्वरप्रसाद न्यौपाने र मन्त्री आलेलाई पत्र बुझाइसकेको पनि उनले जानकारी दिए।

    उनीहरूले बैठकमा प्रवेशका लागि आफूहरूले भरपुर प्रयास गरे पनि निगम परिसरको वातावरणका कारण उपस्थित हुन नसकेको बताएका छन्। 

    बैठकको एजेन्डाहरूमा थप तीनवटासमेत गरी २८ वटा प्रस्ताव राखिएको रहेछ। यति धेरै प्रस्तावहरू एउटै बैठकमा राखेर हतारहतार पास गराउन किन खोजिन्छ। यति महत्वपूर्ण प्रस्तावहरूमा छलफल गर्न केही सञ्चालक सदस्यहरूलाई प्रवेशमा किन रोक लगाइन्छ? यसरी बैठकमा उपस्थित हुन नदिएर राखिएको बैठक कानुनतः अवैध मानिन्छ,’ पत्रमा भनिएको छ। 

    सरकारले ल्याएको आर्थिक अध्यादेश र नयाँ सरकार बनेपछि ल्याएको पूरक अुनमानमा निगमको व्यवस्थापकीय तथा संगठन पुनर्संरचना गर्ने भन्ने स्पस्ट व्यस्था हुँदाहुँदै मन्त्रालयको निर्णयले हालकै संगठन संरचना रहने व्यवस्थामा उनीहरूले आपत्ति जनाएका छन्।

    त्यस्तै विमानको इन्जिन बनाउन एमआरओ छनोटका विषयमा लेखा समितिको केही निर्देशन दिएको साथै यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यसलाई छलफलको विषय बनाइनुमा आफूहरूको आपत्ति रहेको उनीहरूको भनाइ छ।

    विभिन्न अध्ययनले आर्थिक रूपमा सम्भाव्यता नदेखाएपछि अर्थ मन्त्रालयले पनि बेच्न वा अन्यत्र दिन निर्देशन दिएका चिनियाँ जहाज पुनः मर्मत र उडाउने निर्णय भएको भन्दै यसमा समेत उनीहरूले आपत्ति जनाएका हुन्। 

    समितिको महत्वपूर्ण छलफलमा समितिका सदस्यहरू राखिनु लज्जास्पद भएको महाप्रबन्धक पौडेलले बताए।

    ‘कि हामीलाई त्यहाँबाट हटाएको हुनुपर्‍यो। होइन भने हामीलाई प्रवेश निषेध गरेर किन बैठक गर्नु?,’ उनले भने। 

    पढ्नुहोस्ः वायुसेवा निगम किन डुब्यो? कसरी उकास्ने?

    Copied:setopati

    Posted in अर्थLeave a Comment on वायुसेवा निगम निजीकरण गर्नुपर्छ भन्ने सञ्चालकहरूलाई बैठक प्रवेशमा रोक

    क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

  • ७ माघ २०७८, शुक्रबार १८:३० मा प्रकाशित
  • ७ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पिवर्तका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।

    महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    महाशाखाका एक अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार देखिएको छ ।

    पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प !

  • ७ माघ २०७८, शुक्रबार ०८:५० मा प्रकाशित
  • काठमाण्डाै – सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प भएको छ । 

    चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ ।

    अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । थप अर्को डोजर पनि ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन कम्तीमा पनि तीन-चार घण्टा लाग्ने अधिकारीले बताउनुभयो  ।

    रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न आग्रह गरेको छ । 

    सडक खुलेपछि मात्रै यात्रामा निस्कन चितवनका एसपी ओम अधिकारीको आग्रह छ । सडकमा अहिले नै गाडीको लामो जाम भएकाले यसमा फेरि अन्य गाडी थपिँदा थप समस्या निम्तने भन्दै उहाँले सडक नखुलुञ्जेल यात्रा नगर्न अनुरोध गर्नु भएको हो ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प !

    सरकारले गैरकानुनी मानेको हाइपर फन्डबाट अर्बाैं बाहिरिँदै, सयौं संगठित, २ जना पक्राउ

  • ६ माघ २०७८, बिहीबार ०७:१९ मा प्रकाशित
  • सरकारले गैरकानुनी मानेको हाइपर फन्डबाट अर्बाैं बाहिरिँदै, सयौं संगठित, २ जना पक्राउ

    काठमाडौं । काठमाडौं न्युरोडमा मोबाइल पसल गर्ने सन्जीव श्रेष्ठले अनलाइन नेटवर्किङ हाइपर फन्डमा ७८ हजार रुपैयाँ लगानी गरे । लगानी गरेपछि घरमै बसी–बसी पैसा आउने भनिए पनि उनलाई कुनै नाफा आएन । तर, उनले अरुलाई रिफर गरेपछि मात्र पैसा बढ्ने बताएपछि आफू गैरकानुनी पिरामिड शैलीमा फसेको उनी बताउँछन् ।

    बागलुङ नगरपालिका २ का सुयोग शर्मा (नाम परिवर्तन) ले पनि १ लाख २० हजार रुपैयाँ हाइपर फन्डमा लगानी गरेका छन् । बजारकै एक साथीको उक्साहटमा लगानी गरेका उनले सरकारले यसलाई गैरकानुनी बताएपछि पैसा फसेको बताउँछन् ।

    श्रेष्ठ र शर्माले जस्तै नेपालमा हजारौंले हाइपर फन्डमा लगानी गरिरहेका छन् । भर्चुअल माध्यममा कारोबार हुने हाइपर फन्डमा नेपाल र नेपालबाहिर बसी एजेन्टले आफ्नो नेटवर्कबाट अवैध कारोबार गरिरहेका छन् ।

    नियमनको दायराबाहिर रहेको अनलाइन नेटवर्किङ हाइपर फन्डले देशका विभिन्न क्षेत्रबाट अर्बौं रकम संकलन गरेर विदेश पठाउँदासमेत नियामक निकाय मौन बसेको छ ।

    हाइपर फन्ड नामक अनलाइन ठगीमा काठमाडौंदेखि देशका विभिन्न गाउँ–सहरमा यसका एजेन्ट सक्रिय भई पैसा संकलन गर्दै हुन्डी शैलीमा कारोबार गरिरहेका छन् । तर, सरकारले चासो नदिँदा ठगिने क्रम तीव्र रुपमा फैलिएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाइपर फन्ड, जोसियल, क्राउड वानसहित अरु ४ नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै गत असारमै विज्ञप्ति प्रकाशित गरेको थियो ।

    वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन तथा नियमावली २०७६ मा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाइने व्यवस्था छ ।

    विभागले ‘हाइपर फन्ड ग्लोबल, जोसियल, सीआरयु, विन्टर, क्राउनवान, सोलेम्याक्स, पोइन्ट विसलगायतका स्वेदेशी तथा विदेशी व्यक्ति र फर्म कम्पनीसमेतले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैरकानुनी रूपले अनलाइन माध्यमको प्रयोग गरी नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीलाई समेत त्यसमा आबद्ध गरी ठगी गरेको तथा पुँजी पलायन गरेको गुनासो र उजुरी विभागमा आएकाले त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख थियो ।

    साथै यस्तो गैरकानुनी कामकारबाही गरे÷गराएमा उल्लेखित कानुनअनुसार १० लाख रुपैयाँ जरिवाना वा ५ वर्ष कैद अथवा दुवै सजाय हुन सक्ने भन्दै त्यस्ता कार्य नगर्न÷नगराउन विभागले आग्रहसमेत गरेको थियो ।

    गृह मन्त्रालयले शुक्रबार अनलाइन बैंकिङ व्यवसाय र नेटवर्किङ व्यवसायको नाममा हुने ठगीका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाहीको चेतावनी दिएको छ ।

    गृहको यो चेतावनी अनलाइन ठगी र नेटवर्किङ व्यवसाय बढ्दै गएपछि आएको हो । गृहले विज्ञप्ति प्रकाशित गर्दै अनलाइन व्यवसाय, अनलाइन बैकिङ, अनलाइन सहकारी, अनलाइन बिमा, अनलाइन गेमिङ, घुम्ती बैंकिङ वा यस्तै प्रकृतिका अन्य व्यावसायिक क्रियाकलाप गैरकानुनी रूपमा फस्टाउँदै गएकाले यस किसिमका अनलाइन वा नेटवर्किङ व्यवसायका नाममा हुने इजाजतप्राप्त बाहेकका जुनसुकै गतिविधिहरूको निगरानी तथा नियन्त्रण गर्ने र यस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख धीरजप्रताप सिंहले हाइपर फन्डलगायत केही अनलाइनमार्फत हुने गैरकानुनी व्यापारबारे पछिल्लोपटक सरकारले चासो राखेसँगै यसमा सक्रिय भएको बताए ।

    ‘हामीले हाइपर फन्डमार्फत ठगी गर्ने दुई जनालाई पक्राउसमेत गरेर वाणिज्य विभागमा बुझाएका थियौं’ उनले भने, ‘र, जो यस्ता व्यापारबाट पीडित छन् उनीहरुलाई उजुरी गर्न पनि बेला–बेला भनिरहेका छौं ।’ उजुरीपछि अनुसन्धान गर्न सजिलो हुने उनको भनाइ छ । –क्यापिटल नेपालबाट

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on सरकारले गैरकानुनी मानेको हाइपर फन्डबाट अर्बाैं बाहिरिँदै, सयौं संगठित, २ जना पक्राउ

    अत्यावश्यक परी राहदानी नविकरण गर्नुपर्ने अवस्था मात्र एम.आर.पी. राहदानी नविकरणका लागि आवेदन दिन आहवान।

  • ६ माघ २०७८, बिहीबार ००:५४ मा प्रकाशित
  • नेपाली राजदुतावास रियाद द्वारा आज आफ्नो आधिकारिक फेसबुकमार्फत् एउटा सूचना जारी गर्दै अति जरूरी भएकाहरूले मात्र यन्त्र वाचक राहदानी (MRP) नविकरणका लागि आवेदन
    गर्नेसम्बन्धी सूचना जारी गरेको छ।
    सुचना अनुसार निकट भविष्यमै यस राजदूतावासबाट विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन लिने प्रकृया शुरू गर्ने योजना रहेको
    हुंदा हालको राहदानीको म्याद समाप्त भैसकेको वा तुरून्तै छुट्टीमा नेपाल जानुपर्ने भएमा वा ईकामा नविकरण गर्नुपर्ने
    अवस्था आएको भए मात्र यन्त्र वाचक राहदानी (MRP) नविकरणका लागि आवेदन गर्नुहुन सम्बन्धित सबैलाई सूचित
    गरिन्छ भनी जारी सूचनामा उल्लेख गरिएको छ।

    विश्वका अन्य मुलुकमा जस्तै साउदी अरबमा पनि कोरोना संक्रमणदर दिनानुदिन बढ्दै गैरहेकोले तत्काल साउदी अरबको कुनै
    पनि शहरमा राहदानी आवेदन संकलन शिविर नराखिने र e-Passport को लागि आवेदन लिन शुरू गर्ने मिति तय भएपश्चात सोको जानकारी गराइने बताइएको छ।

    अत्यावश्यक परी राहदानी नविकरण गर्नुपर्ने अवस्था
    भएका सेवाग्राहीहरू राहदानी नविकरणको लागि तल उल्लेखित निर्देशन पालना गरी राजदूतावासमा नै आउनु पर्नेछ।

    राहदानी नविकरणका लागि दूतावासमा आउँदा देहायका कागजात अनिवार्यरुपमा साथमा लिएर आउनु हुन अनुरोध छ ।

    १. सक्कल राहदानी
    २. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
    ३. नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
    राहदानी नविरण दस्तुर साउदी रियाल-२००।-
    राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on अत्यावश्यक परी राहदानी नविकरण गर्नुपर्ने अवस्था मात्र एम.आर.पी. राहदानी नविकरणका लागि आवेदन दिन आहवान।

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ५ माघ २०७८, बुधबार २०:४१ मा प्रकाशित
  • ५ माघ, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
    अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

    आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

    अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ ।

    निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगको दावी छ ।

    ‘सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ । तसर्थ निगमले प्रचलनमा ल्याएको स्वतः मूल्य निर्धारण संरचनालाई क्रियाशिल बनाई
    सो अनुरुप मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मटि्लतेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको हो,’ निगमले विज्ञप्तिमा भनेको छ ।

    आजको मूल्य समायोजन पश्चात् पनि १५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने स्थिति देखिएको निगमले बताएको छ ।

    Posted in अर्थLeave a Comment on फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P