
नेपाली राजदुतावास रियाद द्वारा आज आफ्नो आधिकारिक फेसबुकमार्फत् एउटा सूचना जारी गर्दै अति जरूरी भएकाहरूले मात्र यन्त्र वाचक राहदानी (MRP) नविकरणका लागि आवेदन
गर्नेसम्बन्धी सूचना जारी गरेको छ।
सुचना अनुसार निकट भविष्यमै यस राजदूतावासबाट विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन लिने प्रकृया शुरू गर्ने योजना रहेको
हुंदा हालको राहदानीको म्याद समाप्त भैसकेको वा तुरून्तै छुट्टीमा नेपाल जानुपर्ने भएमा वा ईकामा नविकरण गर्नुपर्ने
अवस्था आएको भए मात्र यन्त्र वाचक राहदानी (MRP) नविकरणका लागि आवेदन गर्नुहुन सम्बन्धित सबैलाई सूचित
गरिन्छ भनी जारी सूचनामा उल्लेख गरिएको छ।
विश्वका अन्य मुलुकमा जस्तै साउदी अरबमा पनि कोरोना संक्रमणदर दिनानुदिन बढ्दै गैरहेकोले तत्काल साउदी अरबको कुनै
पनि शहरमा राहदानी आवेदन संकलन शिविर नराखिने र e-Passport को लागि आवेदन लिन शुरू गर्ने मिति तय भएपश्चात सोको जानकारी गराइने बताइएको छ।
अत्यावश्यक परी राहदानी नविकरण गर्नुपर्ने अवस्था
भएका सेवाग्राहीहरू राहदानी नविकरणको लागि तल उल्लेखित निर्देशन पालना गरी राजदूतावासमा नै आउनु पर्नेछ।
राहदानी नविकरणका लागि दूतावासमा आउँदा देहायका कागजात अनिवार्यरुपमा साथमा लिएर आउनु हुन अनुरोध छ ।
१. सक्कल राहदानी
२. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
३. नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
राहदानी नविरण दस्तुर साउदी रियाल-२००।-
राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-


