दाङको लमही–घोराही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

  • १९ फाल्गुन २०७८, बिहीबार २०:४९ मा प्रकाशित
  • फागुन १९, दाङ । दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

    सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।

    सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिए ।

    Leave a Reply