• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

के हुँदैछ ‘मेड इन नेपाल’ इलेक्ट्रीक कार ? हुलासले कन्भर्टमा पनि काम गर्दै

  • १० बैशाख २०७९, शनिबार ०२:३२ मा प्रकाशित
  • काठमाडौं । हुलास मोटर्सले नेपालमा उत्पादन गर्ने जनाएको
    इलेक्ट्रीक कारको काम अगाडि बढ्न नसकेको कम्पनीले जनाएको छ । बिशेषत १८ देखि २२ लाख मूल्यमा गाडी खोज्ने मानिसको आवस्यकता पुरा गर्न हुलास मोटर्सले नेपालमै विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको थियो ।

    गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास मोटर्सले ‘दा भेन्ची’ नाममा उत्पादन गर्ने घोषणा गरेको गाडीको बडी डिजाइन र उत्पादनको काम पुरा भएपनि यसको ब्याट्री, मोटर र ब्याट्री म्यानेजमेन्टको काम पुरा नहुँदा गाडी परिक्षणमा आउन नसकेको कम्पनीले जनाएको छ ।

    ‘सुरुमा निकै रफ्तारमा काम अगाडि बढेको थियो । सरकारले कर बढायो, बढेको करमा गाडी ल्याउन कठिन भएपछि हामीले केही समय प्रोजेक्ट होल्ड गरेका थियौं । त्यसपछि कोभिड १८ को संक्रमणले काम गर्न सकिएन । अहिले काम अगाडि बढाउने योजना तयार भएको छ । तर, चीन लकडाउनमा छ’, हुलास मोटर्सका महाप्रबन्धक प्रफुल्ल दासले भने ।

    महाप्रन्धक दासका अनुसार अहिले आन्तरिक तयारी भइरहेको छ । कोभिडको असर कम भएपछि चीन जाने योजना बनाएका छौं । चीनबाट ल्याउने ब्याट्री र ब्याट्री म्यानेजमेन्ट सिस्टम अन्य देशबाट ल्याउँदा महंगो पर्ने र त्यसको असर मूल्यमा पर्ने भएकाले चीन खुल्ने प्रतिक्षामा कम्पनी रहेको छ ।

    अहिले हुलास मोटर्सले पुराना कम्बस्चन इन्जिन युक्त कारलाई कसरी विद्युतीयमा परिवर्तन गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । अध्ययन सकेपछि ब्यवसायीक कन्भर्जनको काम गर्ने योजना रहेको दासले बताए ।

    ‘कन्भर्जन त जसले पनि गर्छ । सुरक्षा, रेन्ज, पावर र मुख्य विषय कत्तिको टिकाउ हुन्छ भन्ने कुरामा अध्ययन गरिरहेका छौं’, दासले भने ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on के हुँदैछ ‘मेड इन नेपाल’ इलेक्ट्रीक कार ? हुलासले कन्भर्टमा पनि काम गर्दै

    नेपाल एयरलाइन्सको जहाज आजदेखि साउदी अरब उड्दै

  • ९ बैशाख २०७९, शुक्रबार १७:०० मा प्रकाशित
  • ९ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको छ ।

    साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा रियादका लागि उड्ने भएको छ । निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो । तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन ।

    निगमले साउदीका विभिन्न गन्तव्य (रियाद, दमाम र जेद्दा)मा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो । यस शहरमा निगमले साताको दुई उडान गर्ने भएको छ ।

    शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ । जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ । साउदी अरबको दमाममा भने अहिले हिमालय एयरलाइन्सले उडान गरिरहेको छ । यो मुलुकमा निगमले यसअघि चार्टर्ड उडानहरु भने गरिसकेको छ । पहिलो पटक नियमित उडान गर्न लागेको हो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एयरलाइन्सको जहाज आजदेखि साउदी अरब उड्दै

    काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला !

  • ७ बैशाख २०७९, बुधबार २१:२६ मा प्रकाशित
  • काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला परेको छ। बुधबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित सुनमाया श्रेष्ठको घरको डेराबाट गोली र नक्कली सुन फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। श्रेष्ठको घरमा प्रमिला तामाङ भन्ने व्यक्तिले लिएको कोठाबाट सो सामान बरामद भएको हो। लामो समयदेखि तामाङ सम्पर्कमा नआएपछि कोठा खोल्न महानगरपालिकाबाट प्रतिनिधि पुगेको थियो। खोल्ने क्रममा त्यहाँबाट गोली तथा नक्कली सुन बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। सुन जस्तो धातु बरामद गरेपछि प्रहरीले सुनचाँदी व्यवसायीका प्रतिनिधिलाई घटनास्थलमा ल्याएर परीक्षण गराएको थियो। ती प्रतिनिधिले पनि सो धातु सुन नभएको पुष्टि गरेको मैनालीले बताए। त्यहाँबाट पेस्तोलमा प्रयोग हुने ९ एमएम लेखिएको चार राउन्ड गोली, युइपेङ गोल्ड १ किलो फाइन गोल्ड लेखिएको पहेँलो रंगको धातु, नेपाली सेनाको जर्सी, कम्ब्याट पोसाक, राहदानी लगायत सामान बरामद भएको हो।त्यस्तै विभिन्न व्यक्तिका नाममा चेक, नागरिकता, कपाली तमसुक, जन्मकुण्डली लगायत कागजात पनि प्रहरीले बरामद गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला !

    अर्थमन्त्री शर्माको पद धरापमा

  • ६ बैशाख २०७९, मंगलवार २१:५० मा प्रकाशित
  • काठमाडौं, ६ वैशाख । अर्थमन्त्री जर्नादन शर्माको पद धरापमा परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदलतले काममा फर्कने गरी अन्तरीम आदेश जारी गरेसँगै उनको पद धरापमा परेको हो ।

    शर्माकै चाहना अनुसार सरकारले अधिकारीलाई कारबाही गरी निलम्बन गरेको थियो । तर, अधिकारी फर्कने गरी अदालतले बाटो खोलिदिएपछि नयाँ घटना विकास भएको हो ।

    शर्मा र अधिकारीबीच आर्थिक नीतिमा विवाद बढेको थियो । विशेषगरी अमेरिकाबाट ल्याइएको ४० करोड रकम अर्थ मन्त्रालयले रोक्का गरेर राखेकोमा छाड्न शर्माले दिएको निर्देशन नमानेपछि विवाद बढेको थियो ।

    शर्मा दबाबमा परेपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नहटाउने बताइसकेका छन् । तर, शर्मामाथि चुनौती आइपरेको छ ।

    विगतमा तलिक रावललाई गभर्नरबाट हटाउन अर्थमन्त्री महेश आचार्यले सरकारमार्फत् कदम चालेपनि अदालतलको आदेशमा पुनः बहाली भए । त्यसपछि आचार्यले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।-File फोटो

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on अर्थमन्त्री शर्माको पद धरापमा

    विराटनगरको हस्पिटल चोकमा आगलागी, ५० लाख बराबरको क्षति

  • ६ बैशाख २०७९, मंगलवार ०९:३६ मा प्रकाशित
  • विराटनगर । विराटनगरस्थित हस्पिटल चोकमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ। शोभादेवी घिमिरेको घरबाट सल्केको आगोले आसपासका चारवटा पसलमा समेत क्षति पुगेको छ ।

    घिमिरेको किराना पसल, विपन राजबंशीको चिया पसल, तुलसीप्रसाद उप्रेतीको कपडा पसल अबान्सु राजबंशीको चिसा पसल जलेर पूर्णरुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
    विराटनगर महानगरपालिका दुईवटा, दमक र दुहबी नगरपालिकाबाट आएका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीले १ः४० बजे आगो नियन्त्रणमा लिइएको थियो ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on विराटनगरको हस्पिटल चोकमा आगलागी, ५० लाख बराबरको क्षति

    छरितो डिजाइन, उच्च माइलेज र मासिक २८ हजार किस्ता

  • ५ बैशाख २०७९, सोमबार १६:५७ मा प्रकाशित
  • काठमाडौं । हुन्डाईले नेपालमा विक्री गर्ने सबै कारहरु विशेषत आरामदायी मानिन्छन् । आकर्षक डिजाइन, उत्कृष्ट

    फिनिसिङ र निकै परिचित इन्जिनको कारण हुन्डाई आई १० नेपालमा सफल कारको रुपमा स्थापित मोडल हो ।

    जेनेरेशन अनुसार आई १०, ग्राण्ड आई १० र ग्राण्ड आई १० नियोस नाम भएको यो ह्याचव्याक बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ । भित्र पनि त्यति नै उत्कृष्ट बनोट र फिचर लोडेड छ ।

    सामान्यतया टलह्याच डिजाइनबाट प्रेरित रहेको कारण सुजुकी स्वीफ्ट र फक्सवागेन पोलोभन्दा ग्राण्ड आई १० नियोस अग्लो र बल्की देखिन्छ । यसको प्रतिस्पर्धी स्वीफ्ट स्पोर्टस् डिजाइनमा तयार भएको मोडल हो भने पोलो प्रिमियम ह्याचव्याक सेग्मेन्टको कार हो ।

    ग्राण्ड आई १० नियोस टप भेरियन्टमा बाहिरी बनोटलाई उत्कृष्ट बनाउन प्रोजेक्टर हेडल्याम्प, ठूलो र फराकिलो रेडियटर ग्रिल, ड्यूलटोन डायमण्ड-कट अलोय ह्वील, सार्क फिन एन्टेना, रुफरेल दिइएको छ । यसको इन्ट्री भेरियन्टमा यी फिचर उपलब्ध छैनन् ।

    हुन्डाईको सबैभन्दा बलियो पक्ष यसको इन्जिन हो । विशेषत कम्पनीले प्रयोग गर्ने १.२ लिटर नेचुरल्ली एस्पीरेटेड फोर सिलिण्डर कप्पा इन्जिन निकै सफल र प्रमाणित भएको छ । उक्त इन्जिनले प्रदान गर्ने अधिकतम ८३ पीएस पावर र ११४ एनएम टर्क नेपालको सहरी क्षेत्र वा हाइवे जहाँ चलाउँदा पनि पुग्ने पावर हो । यसले प्रतिलिटर १५ किलाेमिटर हाराहारी माइलेज दिन्छ ।

    अघिनै भने जस्तो हुन्डाईले गाडीमा आरामदायी यात्रा प्रदान गर्न सधैँ क्याविनलाई फिचर लोडेड बनाउने गरेको छ । ग्राण्ड आई १० नियोसमा पनि कम्पनीले ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पछाडि यात्रा गर्नेको लागि एसी भेन्ट, किलेस इन्ट्री, हाइट एड्जस्ट गर्न मिल्ने चालक सिट, ५.२ इन्चको डिजिटल स्पीडोमिटर, अटो फोल्डेवल साइड भ्यू मिरर जस्ता फिचर दिएको छ ।

    मूल्य र मासिक किस्ता

    हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मग्ना, मग्ना एएमटी र स्पोट्ज भेरियन्टको विक्री गर्दै आएको छ । मग्ना म्यानुयल भेरियन्टको ३२ लाख ९६ हजार, मग्ना एएमटीको ३५ लाख २६ हजार र स्पोट्ज भेरियन्टको पनि ३५ लाख २६ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

    अहिले नयाँ वर्ष स्कीममा ग्रान्ड आई १० नियोस किन्ने ग्राहकलाई कम्पनीले १ लाख नगद छुट र १९ हजार अतिरिक्त नगद छुट प्रदान गरिरहेको छ । मग्ना भेरियन्टको मूल्य ३२ लाख ९६ हजारमा १ लाख १९ हजार रुपैयाँ घटाउँदा ३१ लाख ७७ हजार पर्छ । त्यसको ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ लाख ८८ हजार ५०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।

    कर्जा वापतको रकम ७ वर्षमा अनुमानित १२ प्रतिशत ब्याजदरका दरले तिर्दा हरेक महिना २८ हजार ४१ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसको मग्ना अटोमेटीक र स्पोट्ज भेरियन्ट किन्ने ग्राहकले भने करिब ३० हजार रुपैयाँ मासिक किस्ता तिर्नुपर्छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on छरितो डिजाइन, उच्च माइलेज र मासिक २८ हजार किस्ता

    साउदीका लागि एनएसीले सुरु गर्‍यो बुकिङ, आगामी शुक्रबारबाट उडान, सुरुवाती भाडादर ३७ हजार

  • ४ बैशाख २०७९, आईतवार ०१:३४ मा प्रकाशित
  • काठमाडौं। एक महिना अगाडि साउदी उडान अनुमति पाएको नेपाल वायुसेवा निगमले अग्रिम बुकिङ सुरु गरेको छ। आउँदो शुक्रबार (अप्रिल २२ तारिख)बाट सुरु गर्न लागेको नियमित उडानका लागि निगमले सुरुवाती भाडादर ३७ हजार रुपैयाँ निर्धारण गरेको प्रवक्ता अर्चना खड्काले बताइन्।

    राष्ट्रिय ध्वजावाकले यो गन्तव्यमा सेडुल फ्लाइट सुरु गरेसँगै वैदेशिक रोजगारमा जाने नेपालीलाई सेवा र भाडादर र सेवामा थप सहज हुने उनले जानकारी दिइन्। ‘निगमले अहिलेसम्म उडान गर्दै आएको गन्तव्यमा पहिलो प्राथमिकता नै नेपालीलाई नै दिँदै आएको छ। साउदी उडान सुरु गरेसँगै यात्रुलाई थप सहज हुनेछ,’ प्रवक्ता खड्काले भनिन्,’बुकिङ उल्लेख्य आइरहेको छ।’

    उनका अनुसार निगमले यो गन्तव्यमा साताको दुईवटा उडान गर्नेछ। काठमाडौं-रियाद उडान दुरी सवा ६ घण्टा र रियाद-काठमाडौं उडान दुरी ४ घण्टा रहेको निगमले जनाएको छ। यो गन्तव्य उडानका लागि निगमले आफूसँग भएको न्यारोबडी र वाइडबडी दुवै सिरिजको जहाज प्रयोग गर्ने जनाएको छ।

    निगमले गत फागुन २२ गते साउदी अरेबियाका लागि नियमित उडानको अनुमति पाएको थियो। साउदीको जनरल अथोरिटी अफ सिभिल एभिएसन (जीएसीए) ले २२ फागुनमा निगमलाई औपचारिक रुपमा उडान अनुमति दिएको निगमले जनाएको छ।

    यससँगै अब वैदेशिक रोजगारीका लागि साउदी गएका नेपालीहरुले अब आफ्नै देशको ध्वजाबाहक जहाजमा आउजाउ गर्न पाउने भएका छन्। नेपाली श्रमिकको संख्याका हिसाबले मलेसियापछि साउदी दोस्रो ठूलो वैदेशिक रोजगार गन्तव्य हो।

    निगमले साउदीका तीन गन्तव्यमा काठमाडौंबाट नियमित उडान थाल्ने अनुमति पाएको हो। जसमा रियाद, दमाम र जेद्दा शहर छन्। निगमका अनुसार साउदी उडानका लागि जेद्दास्थित एम/एस फैसालिआ मोडर्न एभिएसनलाई जीएसएमा छनोट गरिसकिएको छ।

    गत दसैंअघि नै यो गन्तव्यमा नियमित उडान गर्ने योजना बनाएको निगमले साउदी सरकारबाट अनुमति नआएको कारण उडान गर्न पाएको थिएन। करिब तीन वर्ष अघिदेखि यो गन्तव्यमा उडानका लागि प्रक्रिया सुरु गरे पनि जीएसएको टुंगो लागेको थिएन।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदीका लागि एनएसीले सुरु गर्‍यो बुकिङ, आगामी शुक्रबारबाट उडान, सुरुवाती भाडादर ३७ हजार

    सुपर शोको’को नयाँ वर्ष अफरः डाउन पेमेन्ट नचाहिने, मासिक किस्ता ४ हजार

  • २ बैशाख २०७९, शुक्रबार १४:४३ मा प्रकाशित
  • काठमाडौं । सुपर शोकोले विक्री गर्दै आएको इलेक्ट्रीक मोटरसाइकल डाउन पेमेन्ट बिना खरिद गर्न सकिने स्कीम सार्वजनिक भएको छ । कम्पनीले शून्य डाउन पेमेन्टमा नै इलेक्ट्रीक मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको हो ।

    सुपर शोको इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक डि–लाइफस्टाइलले नयाँ वर्ष २०७९ को अवसरमा उक्त स्कीम सार्वजनिक गरेको हो ।

    कम्पनीले ल्याएको यो स्कीममा ग्राहकले नगद १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, यो योजना अन्तर्गत कम्पनीले एक्सचेन्ज स्कीमसमेत दिएको छ ।

    ग्राहकले कुनैपनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग सुपर शोकोको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्जमा आउने ग्राहकले मासिक ४ हजार १ सय ९५ रुपैयाँ मासिक किस्तामा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् । त्यसको लागि ५० प्रतिशत डाउन पेमेन्ट बापतको रकम पुग्नु पर्ने हुन्छ ।

    कम्पनीका अनुसार यो योजना चैत्र २४ देखि बैशाख ३१ गतेसम्म संचालन हुनेछ । सुपर शोकोका मोटरसाइकल तथा स्कुटरहरुमा २ वर्षको वारेन्टी कम्पनीले प्रदान गर्दै आएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on सुपर शोको’को नयाँ वर्ष अफरः डाउन पेमेन्ट नचाहिने, मासिक किस्ता ४ हजार

    १५ हजार किलोमिटरमा मात्रै सर्भिसिङ गर्दा हुने कार, मासिक किस्ता पनि १५ हजार

  • ३० चैत्र २०७८, बुधबार १०:१३ मा प्रकाशित
  • काठमाडौं । नेपालमा विक्री हुने कार मध्ये फक्सवागेनका कारमा सर्वाधिक धेरै किलोमिटर गुडेपछि सर्भिसिङ गरे हुन्छ । नेपालमा धेरै ब्राण्डले ३ देखि ४ हजार किलोमिटरमा नै गाडी सर्भिसिङ गर्न लगाउँछन् ।

    केही ब्राण्डले ६ देखि १० हजार किलोमिटरमा सर्भिसिङ गर्नु पर्ने ब्यवस्था गरेको भएपनि फक्सवागेनले १५ हजार किलोमिटर पछि मात्रै सर्भिसिङ गराउँछ । अहिले विशेषगरी फक्सवागेनले पोलो ह्याचव्याक र टाइगुन एसयूभीलाई प्राथमिकतामा राखेर विक्री गर्दै आएको छ ।

    फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले अहिले नयाँ वर्ष २०७९ को विशेष योजना ल्याएको छ । यस योजनामा गाडी किन्ने ग्राहकले पोलो ह्याचव्याक १४ हजार ९९९ रुपैयाँ र २२ हजार ९९९ रुपैयाँ मासिक किस्तामा टाइगुनको सुरुवाती भेरियन्ट उपलब्ध गराउने जनाएको छ ।

    कम्पनीका अनुसार पोलो र टाइगुनमा घोषणा भएको मासिक किस्ता ६ महिनाको लागि मात्रै हो । ६ महिनापछि दुबै गाडीको मासिक किस्ता यसको दोब्बर हुन्छ । यसको मतलव पोलोको करिब ३० हजार र टाइगुनको मासिक किस्ता ४६ हजार हाराहारी तिर्नु पर्ने हुन्छ ।

    कम्पनीले यसरी सरल किस्ता बन्दीमा गाडी दिने योजना अप्रिल ३० तारिखसम्म मात्रै संचालन गर्ने जनाएको छ । फक्वागेन पोलो र टाइगुन दुबै कारमा फक्सवागेनको १.० लिटर टिएसआई इन्जिन उपलब्ध छ । यी दुबै कार सुरक्षा र उच्च माइलेजको लागि परिचित रहेका छन् ।

    फक्सवागेन पोलो विगत १० वर्षदेखि नेपालमा विक्री हुँदै आएको छ भने टाइगुन अघिल्लो वर्ष नेपाल आएको मोडल हो ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on १५ हजार किलोमिटरमा मात्रै सर्भिसिङ गर्दा हुने कार, मासिक किस्ता पनि १५ हजार

    अर्थतन्त्र संकटमा परेको संकेत

  • ३० चैत्र २०७८, बुधबार ०७:०४ मा प्रकाशित
  • काठमाडौं, चैत ३०। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड मात्र रहेको छ ।

    २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेको थियो । केन्द्रीय बैंकका अनुसार फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव २ प्रतिशत रहेको छ ।

    नेपाल राष्ट्र बैंकसहितसँग रहेको विदेशी मुद्रामा भने २०७८ फागुन मसान्तसम्ममा १६ दशमलव ३ प्रतिशतले कमी आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव ५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

    रेमिट्यान्स कम मात्र आउनु, निर्यातमा कमी हनु, आयात बढ्नु, वैदेशिक अनुदान र लगानी नआउनुजस्ता कारणले विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो । वैदेशिक मुद्रा सञ्चितिमा मात्र नभई अन्य क्षेत्रमा पनि संकट उत्पन्न हुन थालेको संकेत राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

    आठ महिनामा शोधनान्तर स्थिति थप घाटामा गएको छ । चालू आर्थिक वर्षको फागुनसम्म मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब घाटामा रहेको छ । माघसम्म यस्तो घाटा २ खर्ब ४७ अर्ब थियो ।

    फागुनमा मात्रै शोधनान्तर स्थिति थप ११ अर्ब घाटामा गएको हो । विदेशी मुद्रा आउनेभन्दा बाहिरिने बढ्दा शोधनान्तर घाटा बढ्ने गर्छ ।अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको आजको राजधानी दैनिकमा खवर छ ।

    Posted in अर्थLeave a Comment on अर्थतन्त्र संकटमा परेको संकेत

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P