१५ हजार किलोमिटरमा मात्रै सर्भिसिङ गर्दा हुने कार, मासिक किस्ता पनि १५ हजार

  • ३० चैत्र २०७८, बुधबार १०:१३ मा प्रकाशित
  • काठमाडौं । नेपालमा विक्री हुने कार मध्ये फक्सवागेनका कारमा सर्वाधिक धेरै किलोमिटर गुडेपछि सर्भिसिङ गरे हुन्छ । नेपालमा धेरै ब्राण्डले ३ देखि ४ हजार किलोमिटरमा नै गाडी सर्भिसिङ गर्न लगाउँछन् ।

    केही ब्राण्डले ६ देखि १० हजार किलोमिटरमा सर्भिसिङ गर्नु पर्ने ब्यवस्था गरेको भएपनि फक्सवागेनले १५ हजार किलोमिटर पछि मात्रै सर्भिसिङ गराउँछ । अहिले विशेषगरी फक्सवागेनले पोलो ह्याचव्याक र टाइगुन एसयूभीलाई प्राथमिकतामा राखेर विक्री गर्दै आएको छ ।

    फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले अहिले नयाँ वर्ष २०७९ को विशेष योजना ल्याएको छ । यस योजनामा गाडी किन्ने ग्राहकले पोलो ह्याचव्याक १४ हजार ९९९ रुपैयाँ र २२ हजार ९९९ रुपैयाँ मासिक किस्तामा टाइगुनको सुरुवाती भेरियन्ट उपलब्ध गराउने जनाएको छ ।

    कम्पनीका अनुसार पोलो र टाइगुनमा घोषणा भएको मासिक किस्ता ६ महिनाको लागि मात्रै हो । ६ महिनापछि दुबै गाडीको मासिक किस्ता यसको दोब्बर हुन्छ । यसको मतलव पोलोको करिब ३० हजार र टाइगुनको मासिक किस्ता ४६ हजार हाराहारी तिर्नु पर्ने हुन्छ ।

    कम्पनीले यसरी सरल किस्ता बन्दीमा गाडी दिने योजना अप्रिल ३० तारिखसम्म मात्रै संचालन गर्ने जनाएको छ । फक्वागेन पोलो र टाइगुन दुबै कारमा फक्सवागेनको १.० लिटर टिएसआई इन्जिन उपलब्ध छ । यी दुबै कार सुरक्षा र उच्च माइलेजको लागि परिचित रहेका छन् ।

    फक्सवागेन पोलो विगत १० वर्षदेखि नेपालमा विक्री हुँदै आएको छ भने टाइगुन अघिल्लो वर्ष नेपाल आएको मोडल हो ।

    Leave a Reply