के हुँदैछ ‘मेड इन नेपाल’ इलेक्ट्रीक कार ? हुलासले कन्भर्टमा पनि काम गर्दै

  • १० बैशाख २०७९, शनिबार ०२:३२ मा प्रकाशित
  • काठमाडौं । हुलास मोटर्सले नेपालमा उत्पादन गर्ने जनाएको
    इलेक्ट्रीक कारको काम अगाडि बढ्न नसकेको कम्पनीले जनाएको छ । बिशेषत १८ देखि २२ लाख मूल्यमा गाडी खोज्ने मानिसको आवस्यकता पुरा गर्न हुलास मोटर्सले नेपालमै विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको थियो ।

    गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास मोटर्सले ‘दा भेन्ची’ नाममा उत्पादन गर्ने घोषणा गरेको गाडीको बडी डिजाइन र उत्पादनको काम पुरा भएपनि यसको ब्याट्री, मोटर र ब्याट्री म्यानेजमेन्टको काम पुरा नहुँदा गाडी परिक्षणमा आउन नसकेको कम्पनीले जनाएको छ ।

    ‘सुरुमा निकै रफ्तारमा काम अगाडि बढेको थियो । सरकारले कर बढायो, बढेको करमा गाडी ल्याउन कठिन भएपछि हामीले केही समय प्रोजेक्ट होल्ड गरेका थियौं । त्यसपछि कोभिड १८ को संक्रमणले काम गर्न सकिएन । अहिले काम अगाडि बढाउने योजना तयार भएको छ । तर, चीन लकडाउनमा छ’, हुलास मोटर्सका महाप्रबन्धक प्रफुल्ल दासले भने ।

    महाप्रन्धक दासका अनुसार अहिले आन्तरिक तयारी भइरहेको छ । कोभिडको असर कम भएपछि चीन जाने योजना बनाएका छौं । चीनबाट ल्याउने ब्याट्री र ब्याट्री म्यानेजमेन्ट सिस्टम अन्य देशबाट ल्याउँदा महंगो पर्ने र त्यसको असर मूल्यमा पर्ने भएकाले चीन खुल्ने प्रतिक्षामा कम्पनी रहेको छ ।

    अहिले हुलास मोटर्सले पुराना कम्बस्चन इन्जिन युक्त कारलाई कसरी विद्युतीयमा परिवर्तन गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । अध्ययन सकेपछि ब्यवसायीक कन्भर्जनको काम गर्ने योजना रहेको दासले बताए ।

    ‘कन्भर्जन त जसले पनि गर्छ । सुरक्षा, रेन्ज, पावर र मुख्य विषय कत्तिको टिकाउ हुन्छ भन्ने कुरामा अध्ययन गरिरहेका छौं’, दासले भने ।

    Leave a Reply