• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

साउदीमा कोरोना संक्रमणका कारण पिडित नेपालीहरू सम्पर्कमा आउन NRNA-ICC, DRC राजेन्द्र अर्यालको आह्वान:

  • १२ जेष्ठ २०७७, सोमबार २०:११ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | विश्व व्यापी कोरोना संक्रमण व्याप्त रहेको संदर्भमा साउदी अरब अछुत्तो छैन। कोरोना संक्रमणका कारण साउदी अरबमा रहेको नेपाली श्रमिकहरू विचल्लिमा पर्ने र साँझ बिहानको छाक टार्न पनि कठिन भएकाहरूको संख्यामा दिन प्रतिदिन बढोत्तरी हुँदै गएको छ। यसै सन्दर्भमा साउदी अरबको प्रतिनिधित्व गर्दै एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्यालले आफ्नो आधिकारीक फेसबुक मार्फत ति पिडित नेपाली श्रमिकहरूको सहयोग तथा उद्धारार्थ एनआरएनए एनसिसी साउदी अरबले गर्दै आएको काम बारे जानकारी गराउँदै पिडितहरू सम्पर्कमा आउन आह्वान गर्दै क्षेत्रगत सम्पर्क नम्बरहरू सार्वजनिक गरेका छन् । जुन यस प्रकार रेको छ: 

    गैर आवासिय नेपाली संघ साउदी अरबले कोरोना भाईरसको कारण साउदी अरबमा रहेका कुनै पनि नेपाली श्रमिकहरुलाई आइपर्ने समस्याका सहयोगार्थ कोरोना प्रभावित उद्धार तथा सहयोग समिती निर्माण गरी साउदीमा रहेका नेपाली राजदुताबास र महावाणिज्य दुतावासको समन्वयमा समस्यामा परेका बास्तविक पिडित पहिचान गरि मानवीय आधारभूत आवस्यकताको राहत सामग्री पुर्याउँदै आएका छौँ। 

    यस भिषम परिस्थितिमा कुनै पनि नेपालीलाई अचानक ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, झाडा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको ९३७ नम्बर मा संपर्क गर्न तथा माथी उल्लेखीत स्वास्थ्य समस्या देखिएमा र जीवनरक्षार्थ खाद्यान्न अभाव भएमा गैर आवासिय नेपाली संघ साउदी अरबका प्रतिनिधिको संपर्कमा आउनको लागि तपसिलका नम्बरहरुमा संपर्क गर्न अनुरोध गर्दछौं।
    नेपाली राजदुताबास रियाद: (0114611108) र हटलाइन (0559389600)नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683)
    प्रतिनिधि नामावली क्षेत्र संपर्क नम्बरतेज बहादुर थापा अध्यक्ष         दमाम      0504438377 राजु सैयद संरक्षक                 दमाम      0509211996राजेन्द्र अर्याल (जोन) मध्यपूर्ब सह संयोजक दमाम  0500490398डमर यादव-प्रमुख सल्लाहकार दमाम 0596563050ओम घले-संरक्षक         दमाम        0534510942भोलानाथ पौडेल- उपाध्यक्ष दमाम 0598334109रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष दमाम 0545226844बिरेन्द्र कुमार चौधरी-संरक्षक दमाम 0540547829शुक्र मोक्तान-सदस्य         दमाम        0550748154नरेन्द्र कार्की-सदस्य         दमाम        0569736026विष्णुप्रसाद भण्डारी  LCC खोबर अध्यक्ष  0595663140
    नारायण पासवान-ICC सदस्य        रियाद  0558517861रमेश भण्डारी-ICC मानार्थ सदस्य        रियाद 0543312837हेम सुवेदी-क्षेत्रिय अध्यक्ष                रियाद  0530288127मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153
    बिशाल श्रेष्ठ- उपाध्यक्ष                 अल-कासिम  0535470253राजकुमार श्रेष्ठ-युवा संयोजक         अल-कासिम  0535544688मनिष कोइराला-सदस्य                 अल-कासिम  0581605697रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष अल-कासिम  0590401695
    धुर्ब कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष  जेध्दा 0505910744 सन्तोष लुइंटेल-कोषाध्यक्ष         जेध्दा  0567289521बिष्णु न्यौपाने-प्रवक्ता                 जेध्दा  0590887222राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष जेध्दा  0541596759
    लाल बहादुर मगर-का.बा महासचिब जिजान  0561541062रविन तमाङ-क्षेत्रिय अध्यक्ष                जिजान  0564540286
    भक्त हमाल-सल्लाहकार ताबुक 0555347025अर्जुन थापा-क्षेत्रिय अध्यक्ष ताबुक 0544994328

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on साउदीमा कोरोना संक्रमणका कारण पिडित नेपालीहरू सम्पर्कमा आउन NRNA-ICC, DRC राजेन्द्र अर्यालको आह्वान:

    नेपाली हातेमालो समाज साउदी, कोरोना पिडित उद्धारमा एनआरएनए साउदी सँग सहकार्य गर्दै:

  • १० जेष्ठ २०७७, शनिबार २१:०२ मा प्रकाशित
  • संवाददाता

    रियाद साउदी | नेपाली हातेमालो समाज साउदी अरब कार्यसमितिले कोभीड १९ राहत वितरणमा हातेमालो गर्न एनआरएनए साउदी अरब सँग सहकार्य गर्ने भएका छन्।

    समाजको १५ मई २०२०मा बसेको कार्यसमितिको अनलाइन बैठकले उपरोक्त निर्णय गरेको जानकारी अध्यक्ष टेक बहादुर कटुवालले जानकारी दिनु भएको छ।  समाजको निर्णयमा भनिएको छ: संसार भरिनै फैलिँदै गरेको यो माहामारिको बेलामा नेपाली हातेमालो समाजले केहि राहतको रुपमा मनकारी साथीहरु बाट आर्थिक सहयोग संकलन गरी  एनआरएनए साउदी अरेबिया सँग सहकार्य गरि  साउदी अरबका विभिन्न सहरमा रोजगार गुमाई छाक टार्न मुश्किल भएका श्रमिक दाजु भाई तथा दिदी बहिनी हरुलाई नेपाली राजदुताबास र एनआरएनए साउदीको निर्देश र समन्वय बमोजिम आवश्यक खाद्य सामग्री सहयोग गर्ने निर्णय गर्दछ।

     बैठकमा समाजका अध्यक्ष  टेक बहादुर कटुवाल, महासचिव नविन क्षेत्री, सचिव  देबेन्द्र क्षेत्री, कोषाध्यक्ष रबि आचार्य लगायत कार्यसमिति सदस्यहरू कृष्ण बहादुर श्रेष्ठ ,बिनोद ओलि,  डमर थापा, श्रीर्धर अधिकारि , सन्तोष श्रेष्ठको  उपस्थिति रहेको थियो । साथै संस्थाले उक्त बैठकमा विशेष संयोजन गर्न एनआरएनए आइसीसी मानार्थ सदस्य रमेश भण्डारी  तथा समाज सेवी पुरन श्रेष्ठलाई पनि आमन्त्रण गरेको थियो। 

    संस्थाले यस विषम परिस्थितिमा पिडित नेपाली श्रमिकहरूको सहयोग तथा उद्धारार्थ जुट्नु हुने  सबै मनकारी नेपाली दाजुभाइ हरुलाई धन्यवाद ज्ञापन गर्दै  यस अभियानमा जोडिन पनि अनुरोध गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on नेपाली हातेमालो समाज साउदी, कोरोना पिडित उद्धारमा एनआरएनए साउदी सँग सहकार्य गर्दै:

    कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यन्न सहयोग

  • ९ जेष्ठ २०७७, शुक्रबार २०:१६ मा प्रकाशित
  • चिरण शर्मा

    लन्डन । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यन्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा  नेपाली श्रमिकलाई वितरण भइरहेको बताए ।

    गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको हो । 

    कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले  हिजो विहीवार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको संघको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले जनाएका छन् ।  ६ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको मुक्तदाले बताए ।

    यसअघि संघका बिभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यन्न सहयोग

    एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण

  • ८ जेष्ठ २०७७, बिहीबार २३:११ मा प्रकाशित
  • चिरन शर्मा

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई थप स्वास्थ्य सम्वन्धी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ । 

    संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउबाट प्राप्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विहीवार हस्तान्तरण गरेको हो । 
    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ती सामग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । 

    हस्तान्तरण गरिएका सामग्रीमा  केएन नाइन्टी फाइव मास्क १२ हजार थान, शु कभर, २ हजार थान, चश्मा २ हजार थान र आइआर थर्मामिटर १ सय ९० थान रहेका छन् । 

    समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रको सहभागीता रहेको थियो । 

    कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिणकारिया र मकाउ प्रति हार्दिक आभार प्रकट  गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण

    साउदीमा कोरोना संक्रमण बाट १ हजार ३ सय ६४ जना नेपाली संक्रमित, ७ जनाको मृत्यु

  • ८ जेष्ठ २०७७, बिहीबार २१:३६ मा प्रकाशित
  • संवाददाता

    रियाद-साउदी | साउदी अरबको रियाद स्थित रहेको नेपाली दुताबासले साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालय बाट प्राप्त विवरणलाई उल्लेख गर्दै दिएको जानकारी अनुसार १७ जना महिला  सहित १ हजार ३ सय ६४ जना नेपाली नागरिकहरूमा कोरोना भाइरसको संक्रमण भएको छ ।


     संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९, पूर्व क्षेत्रमा ६९५, कासिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावास रियादले हेर्ने क्षेत्रमा १ हजार १६ जना र महावाणिज्य दुताबास जेद्धा  क्षेत्र (जेद्धा  १७६, मक्का ६५, मदिना ७२, जिजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये कुल ७ जना नेपालीको निधन भएको छ । 


     साउदी अरबमा २१ मेई २०२० सम्ममा  ६५ हजार ७७ जना संक्रमित भएका छन् भने ३६ हजार ४० जना संक्रमितहरु निको भई फर्केका छन्।दुताबासले साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको बताईएको छ।टेलिफोन सम्पर्कमा आउने  कोरोनाको संक्रमण भएकाहरुलाई सबैजनाले उनीहरुलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गरिदिन दुताबासले अनुरोध गरेको छ ।


     दुताबासले सुचना जारी गर्दै  कोरोना संक्रमणका कारण खाद्यान्न र आवासको समस्यामा परेका धेरै नेपालीहरुलाई साउदी  अरबमा क्रियाशील संघ संस्थाहरुसँगको सहकार्यमा खाद्यान्न तथा अत्यावश्यक आवासको व्यवस्था गर्दै आएको जनाएको छ । खाद्यान्नका अतिरिक्त राजदूतावासले केही नेपालीहरुलाई चिकित्सकको सल्लाह अनुसारको अत्यावश्यक औषधी तथा औषधिजन्य सामाग्रीहरु उपलव्ध गरिएको साथै, रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वास सम्बन्धी उपचार गर्न साउदी सरकारले व्यवस्था गरेका निकायसँग सम्पर्क स्थापना गर्न कठीन् भई राजदूतावासमा फोन गर्ने नेपालीहरुलाई तोकिएका स्वास्थ्य सम्बन्धी निकायको ध्यानाकर्षण गराई उपचार गर्न मदत गर्दै आएको पनि सुचनामा उल्लेख छ। परामर्शका लागि नेपाली चिकित्सकको पनि मदत रहेको छ  । 


     कोरोनाको महामारीको यस अवस्थामा दुताबासले खाद्यान्नको वास्तविक अभाव भएका नेपालीहरुले नेपाली राजदूतावास वा आफ्नो सम्पर्कमा रहेका संघसंस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ । 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा कोरोना संक्रमण बाट १ हजार ३ सय ६४ जना नेपाली संक्रमित, ७ जनाको मृत्यु

    महावाणिज्य दुताबास जेद्दाको अनुरोध

  • ५ जेष्ठ २०७७, सोमबार ००:०९ मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब | कोरोनाको संक्रमण  दिन प्रतिदिन  बढ्दै जाँदा साउदी अधिराज्य भरी आफ्नो प्रशासनिक काममा कडाई गर्दै लगेको छ । जस अनुसार केही क्षेत्रमा आंशिक तथा पूर्ण कर्फ्यु अझै पनि जारी नै छ ।ईद अल फितरको छुट्टीलाई लक्ष्यित गरी अधिराज्य व्यापी २४ घण्टे कर्फ्यु तथा पूर्ण लकडाउन गरिने जानकारी यहाँको आधिकारिक निकाय बाट सार्वजनिक गरे पश्चात उक्त समयमा आफ्ना नागरिक सुरक्षित होउन भनेर नेपाली महाबाणिज्य दुताबास जेद्धाले एक अनुरोध सार्बजनिक गरेको छ ।


    साउदी अरबको जेद्धा स्थित रहेको नेपाली महावाणिज्य दुताबासले नेपाली श्रमिकहरू तथा साउदी अरबमा बसोबास गर्दै आएका नेपाली समुदायलाई आफ्नो आधिकारीक सामाजिक संजाल मार्फत निम्नलिखित  अनुरोध गरिएको छ:

    “साउदी अरेबियाको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म अधिराज्य भर २४ घण्टा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ । कर्फ्यू उल्लङ्घन गर्नेलाई ठूलो जरिवाना समेत तोकिएको छ । साउदीमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई सो समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यू समयको पूर्ण पालना गर्नुहुन कन्सुलेट जनरल अनुरोध गर्दछ।
    साथै, ईद पर्वको समयमा गत वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्नुहुन अनुरोध छ। कोरोना संक्रमण श्रमिक बसोवास गर्ने आवास क्षेत्रमा बढी फैलिएको पाइएकोले एक कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा आवत-जावत गर्न साउदी सरकारले निरुत्साहन गरेको अवस्था छ । तसर्थ, यहाँ रहनुहुने सबै नेपाली नागरिकलाई पर्व मनाउने सिलसिलामा एउटा कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा नजानुहुन समेत अनुरोध गरिन्छ।


    कोरोनाबाट संक्रमित वा लक्षण देखिएका बिरामीहरुले आईसोलेसन/क्वारेन्टाइनको नियम पालना नगरेको अवस्थामा आफू लगायत अन्य व्यक्तिलाई पनि संक्रमणको जोखिम रहने भएकोले नियम पालना नगर्नेहरुलाई साउदी सरकारले सजाँय/जरिवाना तोकेको हुंदा सबैले उक्त नियमको पालना गर्नुहुन अनुरोध छ ।


    साउदी अरेबियामा विगत केही दिन यता संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमण मुक्त हुनेको संख्या पनि वृद्धि भएको छ। यस कन्सुलेट जनरलको कार्यक्षेत्रमा हालसम्म तीन जना नेपाली नागरिकको निधन भएको दु:खद खबरले हामी मर्माहत भएका छौं । यस बीचमा ३३ जना नेपालीहरु स्वास्थ्यलाभ गरी अस्पतालबाट आफनो आवासमा फर्किसक्नु भएको खबर पनि प्राप्त भएको छ। विश्वव्यापी रुपमा फैलिएको यो महामारीमा संयमता अपनाई साउदी अरेबियामा क्रियाशील रहनुभएका विभिन्न संघ-संस्थाहरूमा समन्वय तथा सूचना प्रवाह गर्न महावाणिज्यदूतावास हार्दिक अनुरोध गर्दछ।

    Posted in ताजा अपडेट, मुख्य खबर2 Comments on महावाणिज्य दुताबास जेद्दाको अनुरोध

    कोरोना बाट विश्वभर ९६ नेपालीको मृत्यु, करिब ७ हजार ६२ जनामा संक्रमण: ‘कोडिभ १९’ उच्चस्तरी समिति एनआरएनएको अपडेट

  • ४ जेष्ठ २०७७, आईतवार १४:२२ मा प्रकाशित
  • चिरण शर्मा

    लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिवार (१६ मे २०२०)  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ  । 

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । 

    यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । 

    यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा १, (साउदी अरबमा मृत्यु भएका मध्ये ३ जनाको मृत्युको कारण पुष्टि हुन बाँकी) आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो ।   

    मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ । 

    कोरोना भाइरसका कारणले यो साता मात्र नेपाल सहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा युके १२, युएई ३, साउदी अरब २ र नेपाल १  रहेको स्वास्थ्य समितिले जनाएको छ । 

    यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।  

    ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।  

    अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन् । 

    संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ । उहाँले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककोमा वा संघको स्वास्थ्य सेवा हटलाईनमा सम्पर्क गर्न आव्हान गर्नु भएको छ । 

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।  

    स्वास्थ्य समितिका अनुसार  कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । 

    राहत वितरण

    यसै बीच गैरआवासीय नेपाली संघले ‘कोभिड १९’ बाट प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । 

    संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४९ देशका ३ सय क्षेत्र (शहर) मा १ हजार ६ सय भन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरु परिचालन गरिएको छ । 

    संघका अनुसार शनिवार साँझ सम्म ३८ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र ४० हजार भन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् । 

    मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, प्रोतुगल, इटाली, माल्टा, साइप्रसमा  संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । 

    स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

    यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड १९’ उच्चस्तरिय समिति गठन गरेर बिभिन्न उपसमिति गठन गरि विश्वभर राहतको लागि अभियान संचालन गरेको थियो । 

    नोटः  एनआरएनए स्वास्थ्य समितिले दिएको तथ्यांक बारेमा थप जानकारी चाहिएमा समितिका संयोजक डा. संजिव सापकोटलाई ००१६७ ८५५७ ८३८९ (भाइवर) मा सम्पर्क गर्न सक्नुहुने छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on कोरोना बाट विश्वभर ९६ नेपालीको मृत्यु, करिब ७ हजार ६२ जनामा संक्रमण: ‘कोडिभ १९’ उच्चस्तरी समिति एनआरएनएको अपडेट

    एनआरएनए साउदी अरब द्वारा कोरोना पिडित उद्धार अभियानमा एकजुट हुन अपिल:

  • ३ जेष्ठ २०७७, शनिबार २३:४० मा प्रकाशित
  • साउदी अरब |साउदी अधिराज्यमा हिजो आज कोरोना संक्रमितको संख्या दैनिक जसो सरदर २ हजारका दरले थपिँदै गएको अवस्था छ। आज १६ मेई २०२० का दिन मात्रै २ हजार ८ सय ४० जना नयाँ संक्रमितहरू थपिएको छ भने हाल सम्ममा ५२ हजार १६ जना पुगिसकेको छ। जस कारण आप्रवासी कामदारहरू प्रवाहित हुँदै आएको छ। यसै सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले आफ्नो आधिकारीक सामाजिक संजाल मार्फत साउदी अरब स्थित रहेको सबै संघसंस्था तथा सरोकारवाला सबैमा एक जुट हुन अपिल गरेको छ।

    जसमा भनिएको छ: “कोरोना महामारिका कारण साउदी अरबमा प्रत्येक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ । हालसम्म साउदी अरबमा कार्यरत ६७४ नेपाली संक्रमित भइसकेको र एक जनाले ज्यान सेमत गुमाउनु परेको सम्बन्धित निकाय मार्फत अधिकारिक पुष्टी हुन आएको सर्वबिदितै छ । हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका २१७ जना  पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोग संग समन्वय  र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउँदछौँ । साथै संघको साधन श्रोत र संयन्त्रले भ्याएसम्म यो कार्यलाई निरन्तरता दिने प्रतिबध्दता समेत ब्यक्त गर्दछौं ।


    गैर आवासिय नेपाली संघ एक स्वच्छ गैर नाफामुलक, गैर राजनीतिक,कुनै जातिय, धार्मिक, साम्प्रदायिक, लिंग बर्ग रहित सम्पूर्ण नेपालीहरुको साझा संस्था हो । बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबैसँग संयुक्त रूपमा हातेमालो गर्दै कोरोना पीडित उद्धारको निम्ती अगाडि बढ्न हामी संस्थागत अपिल गर्दछौं । हामी सबै श्रमिक हौं, श्रमिक-श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर नेपाली श्रमिककै निम्ती हामी संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थकर्ताको रूपमा आवाज बुलन्द बनाउन सक्छौं भन्नेमा हामी विश्वस्त छौं ।


     दिनहुं बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ । अत: साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास  जेध्दा बिच समन्वय र हातेमालो गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म उद्धारको निम्ती सहकार्यमा एकत्रित भएर जुट्नको निम्ती गैरआवासीय नेपाली संघ साउदी अरब तत्पर रहेको जानकारी गराउँदै सम्पूर्ण सम्बन्धित सरोकारवालाहरुलाई संयुक्त अभियानमा जुटनको निम्ती हामी हार्दिक आव्हान गर्दछौं ।”

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, समाजLeave a Comment on एनआरएनए साउदी अरब द्वारा कोरोना पिडित उद्धार अभियानमा एकजुट हुन अपिल:

    एनआरएनए एलसिसि खोबार द्वारा CWEAF Nepal लाई आर्थिक सहयोग

  • २ जेष्ठ २०७७, शुक्रबार २०:४३ मा प्रकाशित
  • काठ्माण्डौँ| गैर आवसिय नेपाली संघ अल-खोबार स्थानिय समन्वय समिति साउदी अरबले काठ्माण्डौँ जोरपाटी स्थित रहेको बालिका महिला तथा शिक्षा फाउन्डेशन नेपाललाई रू. ३०,०००/- (रू. तिस हजार) आर्थिक सहयोग प्रदान गरेको छ।नेपालको विभिन्न जिल्ला बाट आएका असाहय बालबालिकाहरूलाई फाउन्डेशनले आश्रय दिँदै आएको छ।


    विश्व व्यापी कोभिड-१९ को महामारीका कारण नेपाल सहित विश्वका अधिकांश देशहरू पूर्ण वा आंशिक लकडाउनको अवस्थामा रहेको समयमा फाउन्डेशनको मातहदमा रहेका बालबालिकाका लागी मानविय आधारभूत सामग्री खरिदार्थ उक्त आर्थिक सहयोग गरेको एनआरएनए एलसिसि खोबारका अध्यक्ष विष्णु भण्डारीले हिमालयन दृष्टिलाई बताए।भण्डारीका अनुसार कार्यसमितिका पदाधिकारीहरू द्वारा स्वेच्छाले आर्थिक संकलन गरी फाउन्डेशनलाई बैंकिंग माध्यम द्वारा हस्तान्तरण गरिएको हो।


    “CWEAF नेपाल”ले विगत दश वर्ष देखि नेपालका विभिन्न जिल्ला बाट आएका असाहय बालबालिकाहरूलाई संरक्षण दिँदै उनिहरुलाई शिक्षा, खेलकुद तथा विभिन्न किसिम को तालिम दिंदै निरन्तर  मानवीय काम गर्दै आईरहेको छ।

    Posted in अर्थ, समाजLeave a Comment on एनआरएनए एलसिसि खोबार द्वारा CWEAF Nepal लाई आर्थिक सहयोग

    सिसेल्समा मृत्यु भएको नेपाली युवाको सिसेल्समै दासंस्कार

  • ३१ बैशाख २०७७, बुधबार १९:४७ मा प्रकाशित
  • सिसेल्स । अफ्रिकी मुलुक सिसेल्समा मृत्यु भएका एक नेपाली युवाको सिसेल्समै दासंस्कार गरिएको छ ।

    हृदयघातका कारण २२ मार्चमा मृत्यु भएका बराह नगरपालिका १ चतराका ज्ञानेन्द्र श्रेष्ठको आज (१३ मेई) बिहान दाहसंस्कार गरिएको एनआरएनए एनसिसी  सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तले जानकारी दिएका छन् ।

    सिसेल्सस्थित सनसाइन प्रोपटीज कम्पनीमा गत २०१५ देखी सेक्युरेटी गार्डका रुपमा कार्यरत श्रेष्ठको मृत्यु भएपछि हालको परिस्थितिलाई मध्येनजर गर्दै मृतकका परिवार र सम्बन्धीत कम्पनीको सहमतिमा श्रेष्ठको सिसेल्समै दाहसंस्कार गरिएको हो ।

    सदा झैँ कामबाट फर्किएर नुहाइ धुवाइ गरेपछि केहीबेर आराम गरेर ट्वाइलेट गएका श्रेष्ठ त्यहि ढलेका थिए । ट्वाइलेटबाट ठूलो आवाज आएपछि उनीसँगै रहेका नेपाली साथीहरु त्यहाँ पुगेर हेर्दा लडेको अवस्थामा फेला परेका थिए । उनलाई बाहिर निकाल्दासम्म उनको  प्राण गइसकेको थियो । तत्कालै आएको प्रहरीले उनलाई सरकारी अस्पताल लगेको थियो । तर, उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जानकारी दिएको थियो ।

    सिसेल्समा मृत्यु भएर त्यहि दाहसस्ंकार गरिएका श्रेष्ठ दोस्रो नेपाली हुन्, यसभन्दा अगाडि २०१९ मा मृत्यु भएक नवलपुरका सिम बहादुर गुरुङको पनि त्यहि दाहसंस्कार गरिएको थियो । गुरुङको मुसाबाट सर्ने रोगका कारण मृत्यु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, समाजLeave a Comment on सिसेल्समा मृत्यु भएको नेपाली युवाको सिसेल्समै दासंस्कार

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P