नेपाली हातेमालो समाज साउदी, कोरोना पिडित उद्धारमा एनआरएनए साउदी सँग सहकार्य गर्दै:

  • १० जेष्ठ २०७७, शनिबार २१:०२ मा प्रकाशित
  • संवाददाता

    रियाद साउदी | नेपाली हातेमालो समाज साउदी अरब कार्यसमितिले कोभीड १९ राहत वितरणमा हातेमालो गर्न एनआरएनए साउदी अरब सँग सहकार्य गर्ने भएका छन्।

    समाजको १५ मई २०२०मा बसेको कार्यसमितिको अनलाइन बैठकले उपरोक्त निर्णय गरेको जानकारी अध्यक्ष टेक बहादुर कटुवालले जानकारी दिनु भएको छ।  समाजको निर्णयमा भनिएको छ: संसार भरिनै फैलिँदै गरेको यो माहामारिको बेलामा नेपाली हातेमालो समाजले केहि राहतको रुपमा मनकारी साथीहरु बाट आर्थिक सहयोग संकलन गरी  एनआरएनए साउदी अरेबिया सँग सहकार्य गरि  साउदी अरबका विभिन्न सहरमा रोजगार गुमाई छाक टार्न मुश्किल भएका श्रमिक दाजु भाई तथा दिदी बहिनी हरुलाई नेपाली राजदुताबास र एनआरएनए साउदीको निर्देश र समन्वय बमोजिम आवश्यक खाद्य सामग्री सहयोग गर्ने निर्णय गर्दछ।

     बैठकमा समाजका अध्यक्ष  टेक बहादुर कटुवाल, महासचिव नविन क्षेत्री, सचिव  देबेन्द्र क्षेत्री, कोषाध्यक्ष रबि आचार्य लगायत कार्यसमिति सदस्यहरू कृष्ण बहादुर श्रेष्ठ ,बिनोद ओलि,  डमर थापा, श्रीर्धर अधिकारि , सन्तोष श्रेष्ठको  उपस्थिति रहेको थियो । साथै संस्थाले उक्त बैठकमा विशेष संयोजन गर्न एनआरएनए आइसीसी मानार्थ सदस्य रमेश भण्डारी  तथा समाज सेवी पुरन श्रेष्ठलाई पनि आमन्त्रण गरेको थियो। 

    संस्थाले यस विषम परिस्थितिमा पिडित नेपाली श्रमिकहरूको सहयोग तथा उद्धारार्थ जुट्नु हुने  सबै मनकारी नेपाली दाजुभाइ हरुलाई धन्यवाद ज्ञापन गर्दै  यस अभियानमा जोडिन पनि अनुरोध गरेको छ।

    Leave a Reply