
गुल्मीमा भारतबाट आएर गाउँ भित्रिनेहरुको संख्या बढ्न थालेपछि स्थानीय तहलाई व्यवस्थापनको चुनौती थपिएको छ भने स्थानीयहरु त्रसित बन्न थालेका छन् ।
शनिबारमात्रै नौओटा स्थानीय तहमा १२३ जना भित्रिएको तथ्यांक छ । सुनौली नाकामा अलपत्र परेका उनीहरुलाई उद्धार गरेर ल्याइएको हो ।
उद्धार गरेर ल्याइएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो समय भारतबाट गाउँ आएका अधिकांशको कुनै परीक्षण गरिएको छैन । सिधै भारतबाट गाउँ फर्केपछि स्थानीयहरु त्रसित बनेका हुन् ।
६६ जना धादिङबेसीमा
भारतीय सिमानामा अलपत्र परेका धादिङ र नुवाकोटका ६६ जना धादिङबेसी आइपुगेका छन् ।रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकाहरु त्यहाँ रोजगारी गुमेपछि घर फर्किएका हुन् ।सुनौली नाकासम्म आफ्नै खर्चमा आएका उनीहरुलाई त्यहाँबाट स्थानीय तहहरुले बसको व्यवस्था गरेर ल्याएका हुन् । ईमेजखबरमा छापिएको छ ।

