६ जना नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

  • १० जेष्ठ २०७७, शनिबार १७:३८ मा प्रकाशित
  • काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमित भेटिएकामा सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण भेटिएको छ ।  

    मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए । उनीहरुको उमेर समुह १६ देखि ५0 वर्षका रहेका छन्

    शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् ।

    आजसम्मको ताजा अपडेट अनुसार पचारपछि निको भएर ७० जना ‘डिस्चार्ज’ भइसकेका छन् । भने कोरोनाभाइरस संक्रमणका कारण हालसम्म तीनजनाको मृत्यु भएको छ ।

    Leave a Reply