• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

निर्मला पन्त Vs नवराज बिक

  • २१ जेष्ठ २०७७, बुधबार २२:२३ मा प्रकाशित
  • यशमीन वैगम सैयद

    साउदी | क्षेत्रीको छोरो त्यो पाऊँ छुन्छ ,घिनले छुँदैन !

    मानिस ठुलो दिल ले हुन्छ , जातले हुँदैन !!

    महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रख्यात कृति मूनामदनको माथी उल्लेखित अंश अब इतिहासको पानामै सीमित रहने देखिन्छ । रूढिबादी परम्परागत मान्यता , अशिक्षा अनी संकीर्ण मानसिकताको उपज बाट ग्रसित समाज अनि जातीय विभेद (Social Discrimination) को कुरा म गर्दिन किनकी म त्यो समाजको अंग कहिल्यै बन्नु परेन न त त्यस्को आभास नै गर्नू पर्यो |

    यसो विचार गर्दा जेष्ठ महीना हाम्रो देश नेपालको लागी त्यती सुखद रहेको देखिन्न ।आज भन्दा १९ वर्ष अगाडी २०५८ जेष्ठ १९ शुक्रबारका दिन नेपालको इतिहासकै कालो दिन अर्थात् सबैको प्यारा राजा बिरेन्द्र बीर बिक्रम शाहको सम्पूर्ण राजपरिवारको वंशनाश हुने गरी भएको बिभत्स दरबार हत्याकाण्डको ह्रदयविदारक घटनाले हाम्रो मानसपटलमा कहिल्यै नमेटिने छाप छाडेको छ, भने उक्त दरबार हत्याकाण्डको दोषी आज सम्म पनि रहस्यको घेरामुनि ओझेल परेको छ । प्रत्येक वर्ष जेष्ठ १९ आउना साथ नमीठो आभास सहित हाम्रो आँखा अनायासै रसाउन थाल्छ ।हार्दिक श्रद्धासुमन हाम्रा प्यारो दिवंगत राजपरिवार प्रति !!

    यसैगरी नयाँ वर्ष २०७७ को जेष्ठ १० गते पश्चिम रुकूमको सोती नगरपालिका चौरज़हारीमा आफ्नो प्रेमिका कथित उपल्लो जातीकी भनिने सुष्मा मल्ल ठकुरीको आग्रहमा बेहुली लिन भनि मीठो सपना बोकी गएका एक दलित नव जवान प्रेमी नवराज बिक र होस्टेमा हैँसे गर्दै रमाउँदै उनका साथमा गएका करिब १९ जना निशस्त्र निर्दोष युवाहरू माथी सुष्माका परिवार र सम्पूर्ण गाउँ नै एकत्रित भई ढुंगा मूढा लगायतका घरेलू हथियारको प्रयोग गरी गरीएको निन्दनीय, अमानविय क्रूर आक्रमणमा परी नवराज बिक सहित आधा दर्जन युवाहरूको अकालमा भएको दर्दनाक मृत्यु र अन्य घाईते भएको घटनाले बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरू माझ शोकको लहर छाएको छ । जून घटना नेपाल जस्तो सानो शान्त मूलूकमा घट्नुले थप चिन्ताको स्थिति सृजना गरेको छ। यसप्रकारको नरसंहार हुनू दुर्भाग्य नै हो ।

    नेपालको कानूनले जातीय आधारमा छूवाछूत लाई दण्डनिय आधार मानेको छ भने नेपालको संसदले २१ जेष्ठ २०६३ मा नेपाल छूवाछूत मुक्त राष्ट्र घोषणा समेत गरेको थियो, तर युग २१ औँ शताब्दीमा प्रवेश गरी सक्दा पनि छुवाछूत अनी जातीय मतभेदले ग्रस्त समाजमा संकुचित मानसिक संकीर्णताको पराकाष्ठाले व्याप्त भएको समाज द्वारा घटित अत्यन्त ह्रदय विदारक भयानक घटनाको बिश्वव्यापी निंदनीय रूपमा भर्त्सना गर्दै दोषी उपरी कडा भन्दा कडा सजाय दिलाई नवराज बिक तथा ति आधा दर्जन निर्दोष युवाहरूको आत्मा र सम्पूर्ण घाईते तथा उनिहरूका परिवार लाई न्याय दिलाउनु आजको आवश्यकता अनी समयको माग र तपाई हामी संपूर्ण नेपालीको कर्तव्य पनि हो ।

    विगतका दिनहरूको यसो स्मरण गर्ने हो भने कन्चनपुरकी अबोध बालिका निर्मला पन्तको बलात्कार पछि गरीएको निर्मम हत्या प्रकरणमा जसरी देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरू र स्थापित सम्पूर्ण संघसंस्थाहरूले समेत एक भई नेपालको सडक देखी सदन सम्म मात्र नभई विश्वव्यापी रुपमा निर्मलाको न्यायको निमित्त सरकारलाई यथाशीघ्र दोषी र घटनाको सत्यतथ्य पत्ता लगाई निर्मलाको परिवारलाई न्याय दिलाउन विदेश स्थित दूतावासमा समेत पुगी ज्ञापनपत्र बुझाउँदै सक्दो प्रयास गरेको यथार्थले हामी सामू ताजा घटना सरह नै छाप छोडेको छ ।

    तर जसरी निर्मलाको न्यायको लागी दिन प्रतिदिन महिनौ सम्म सडकमा उर्लेको जनदवाब , मानव अधिकारबादी हरूको आवाज , राष्ट्रीय, अन्तर्राष्ट्रिय स्तरको संस्था हरूको न्याय र क्षतीपूर्ति सहितको माग अनी नेताहरूको दवाबले सदन तथा संसद ताताएको त्यो अथक प्रयासको आवाजले आजको दिन सम्म दोषी पत्ता लगाऊन नसकेता पनि नेपाली जनसमुदायको एकताले आन्तरिक र बाह्यजगतमा गर्विलो पृथक छाप छोड्न सफल भएको थियो ।

    आज जाजरकोटमा सिंगो गाउँ समाजले नै राक्षसी स्वरुप धारण गरी आधा दर्जन दलित युवाहरूलाई अनाहकमा दर्दनाक ज्यान लिंदै मच्चाईएको तान्डव स्वरुपको नर संहार बिरुद्दमा खोई त दोषीलाई सजायको माग गर्दै त्यसप्रकारको आवाज उठेको ?

    कहाँ गए ति दलितका नाम बेची डलर कमाऊन पल्किएका दलित अगुवा नेताहरू ? कहाँ बिलिन भए मानव अधिकारकर्मीहरुका अधिकारवादी गफ हरू ?

    खोई हामी देश विदेशमा रहेका सम्पूर्ण नेपाली हरूले एकस्वरमा आवाज उठाएको ?

    खोई त शीर्षक एऊटा अनी समाचार अर्को बनाई यूट्यूब बाट कमीशन खान सिपालू भएका यूट्यूबे पत्रकारहरूले समाचार बनाएको ?

    खोई त प्रभावकारी मीडियाहरूमा मर्मस्पर्शी रुपमा समाचार सम्प्रेषण भएको ?

    झिनामसिना खबरले रंगिने हाम्रो सामाजिक संजालको भित्ताहरू नेपालको इतिहासमा अविस्मरणीय रुपमा नै दर्ता हुने यस्तो कहाली लाग्दो नरसंहारको घटनाले खोई त स्थान पाएको ?

    घटना लाई शिथिल बनाउन या दोषीलाई बचाउन जुन सुकै राजनीतिक रंग या पक्ष अगाडी रहेता पनि यस बिषम परिस्थितिमा पुन: हामी सम्पूर्ण नेपाली एकजुट भई एकसाथ आवाज उठाउन आवश्यक छ । नवराज र उनका साथीहरुको मृतआत्माको चिरशान्तिको कामना सहित दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन नेपाल सरकारलाई साउदीको मरभूमी बाट विनम्र अनुरोध गर्दछु ।

    यासमिन बैगम शैयद

    गैरआवासीय नेपाली संघ ( NRNa ICC )

    केन्द्रीय सदस्य.

    Posted in विचारLeave a Comment on निर्मला पन्त Vs नवराज बिक

    स्वदेश फिर्ती सम्बन्धमा राजदुताबास रियाद र महावाणिज्य दुताबास जेद्धाको जरूरी सुचना

  • २० जेष्ठ २०७७, मंगलवार ००:४९ मा प्रकाशित
  • संवाददाता

    रियाद | नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरे संगै नेपाली राजदूतावास , रियादले एक विज्ञप्ति जारी गर्दै साउदीबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा   बहिर्गमन भिसा र राहदानीको कपि, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, ‌औषधीको प्रेस्कृप्सन तथा जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ,आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा, नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात राजदूतावासको ईमेल nepalembassyriyadh@gmail.com र  WhatsApp नं. ०५०००३१७०५ मा पठाइदिनुहुन अनुरोध गरेको हो ।

    दूतावासले अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराउने भएको छ भनिएको छ।

    सथै, दुताबासको विज्ञप्तिमा “खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भर्नु भएका सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्नुहुन अनुरोध छ।” भनिएको छ।

    अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराइने दुताबास द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    त्यसै गरी महावाणिज्य दुताबास जेद्धाले पनि   सुचना प्रकाशित गर्दै “साउदी सरकारको गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विभिन्न क्षेत्रको लागि Protocol  जारी गरेको, जसअनुसार अनिवार्य रुपमा मास्क (मेडिकल वा कपडा ) प्रयोग गरी नाक मुख छोप्नु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, पब्लिक तथा प्राइभेट अफिसमा जाँदा ज्वरो नाप्नु पर्ने, ३८ डिग्री सेल्सियस भन्दा माथि ज्वरो भएमा कसैसंग घुलमिल नगरी स्वास्थ्य जाँच गराई आवश्यकतानुसार छुट्टै बस्नुपर्ने निर्देशन जारी गरेको छ । यहाँ रोजगारीमा रहनुहुने सबै नेपालीहरुले उल्लिखित निर्देशनहरु पालना गर्नुहुन अनुरोध छ । यदी कसैले माथिका कुनै निर्देशनको उल्लंघन गरेमा साउदी रियाल १००० जरिवाना लाग्ने छ” भनिएको छ । साथै, विमानस्थल लगायत अन्य कम्पनीमा काम गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले कम्पनीले कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने साबधानीका उपायहरु नअपनाई काममा लगाएमा कन्सुलेट जनरललाई खबर गर्नु पनि उक्त सुचना मार्फत महावाणिज्य दुताबासले अनुरोध गरेको छ  ।

    महावाणिज्य दुताबासले कोभिड १९ को विश्ववब्यापी संक्रमणको कारणले स्वदेश फर्कनै पर्ने अवस्था भएका नेपाली नागरिकहरुलाई नेपाल सरकारले स्वदेश फर्कन सहजीकरण गर्ने निर्णय गरेको उल्लेख गर्दै सो प्रयोजनको लागि यस महावाणिज्य दुताबासको वेबसाइटमा राखिएको अनलाइन फाराम भरी पेश गर्नु र राहदानीको फोटोकपी ०५५ ८७८ ६३२७ मा whats App मार्फत पठाउन अनुरोध गरेको छ। 

    विश्वव्यापी रुपमा फैलिएको यो महामारीमा संयमता अपनाई साउदी अरेबियामा क्रियाशील रहेका विभिन्न संघ-संस्थाहरूलाई समन्वय तथा सूचना प्रवाह गर्न समेत महावाणिज्य दुताबासले अनुरोध गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर7 Comments on स्वदेश फिर्ती सम्बन्धमा राजदुताबास रियाद र महावाणिज्य दुताबास जेद्धाको जरूरी सुचना

    कोरोना संक्रमणका कारण बह्राईनमा कुनै नेपालीको मृत्यु नभएको दुताबासको स्पष्टोक्ति

  • १८ जेष्ठ २०७७, आईतवार २२:०३ मा प्रकाशित
  • संवाददाता

    रियाद | नेपाली दूतावास बहराइनले आफ्नो आधिकारिक सामाजिक संजाल मार्फत प्रेष विज्ञप्ति जारी गर्दै ३१ मेई सम्ममा कोरोना संक्रमणका कारण कुनै नेपालीको मृत्यु नभएको स्पष्ट पारेको छ ।

    दूतावासले नेपालका विभिन्न संचारमाध्यमले गैरआवासीय नेपाली संघको हवाला दिँदै बहराइनमा अन्य कारणबाट मृत्यु भएको नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएकोमा उनी लगायत तीनजाको कोरोनाका कारण मृत्यु भएको समाचार केही संचारमाध्यममा आएको भन्दै बहराइनमा कोरोना भाइरसका कारण कुनै पनि नेपालीको निधन नभएको स्पष्ट पारेको हो ।

     दूतावासद्धारा आइतबार जारी प्रेष विज्ञप्तिमा भनिएको छ ‘कोरोना संक्रमणका कारण कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यसअघि समेत विज्ञप्तिबाट स्पष्ट गरिसकेकोमा राजदूतावास यस विषयमा प्रसारित पछिल्ला समाचारहरुको खण्डन गर्दछ।’

    दूतावासले “कोरोना संक्रमणबाट उत्पन्न यस असहज अवस्थामा भ्रामक समाचारहरु संप्रेषण हुँदा सबैमा पर्न सक्ने मानसिक पीडा बोध गर्नुका साथै गरिमामय कुनै पनि संघ/संस्थाबाट यसप्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने सुचना अशोभनीय हुने भएकाले त्यसो नगरीदिनु समेत अनुरोध गर्दछ ” भनिएको छ।

    दूतावासले उक्त विज्ञप्तिमा  भनेको छ, ‘बह्राईनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारहरुको हकहित प्रवर्द्धन हेतु संचालित संघसंस्था बाट गलत सूचना भविष्यमा नहोस् भन्नेतर्फ समेत राजदूतावास सबैमा हार्दिक अपिल गर्दछ ।’ 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना संक्रमणका कारण बह्राईनमा कुनै नेपालीको मृत्यु नभएको दुताबासको स्पष्टोक्ति

    कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु

  • १८ जेष्ठ २०७७, आईतवार ०९:२८ मा प्रकाशित
  • चिरण शर्मा

    लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । 
    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो । 

    संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ । 

    त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्र्कीमा १ जना, नेदरल्याण्डस्मा १ जना, र स्वीडेनमा १ जनाको मृत्यु भएको छ । 
    संयोजक डा.सापकोटाका अनुसार नेपाल बाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । 

    स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

    संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

    एनआरएनएले सहजीकरण गर्ने

    यसैबीच विदेशस्थित नेपाली फर्काउन संघले सरकारलाई सघाउने सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्र्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नुभएको छ । उहाँले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभएको छ । 

    यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिनुभयो । छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ । 

    बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेका थिए ।

    नोटः  एनआरएनए स्वास्थ्य समितिले दिएको तथ्यांकको बारेमा थप जानकारी चाहिएमा समितिका संयोजक डा= संजिव सापकोटलाई ००१६७ ८५५७ ८३८९ (भाइवर) मा सम्पर्क गर्न सक्नुहुने छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु

    मध्यपूर्व क्षेत्रमा नेपाली नागरिकको स्वास्थ्य अवस्था बारे एनआरएनए स्वास्थ्य समितीको छलफल सम्पन्न

  • १६ जेष्ठ २०७७, शुक्रबार २३:३६ मा प्रकाशित
  • मेघराज सापकोटा

    यूएई । गैर आवासीय नेपाली संघ, स्वास्थ्य समितिले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा छलफल गरेको छ । भर्चुअल बैठकमा गरिएको उक्त छलफल कार्यक्रममा सांसद गंगालाल तुलाधर सहित कतारका राजदूत नारद भारद्वज र ओमानका राजदूत शर्मिला पराजुलीको उपस्थित रहेको थियो । 


    कार्यक्रममा एनआरएनए अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग नेपाली फर्काउने बिषयमा एनआरएनएले धेरै पटक छलफल गरेको र छिट्टै नै अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने कार्य शुरु हुने जानकारी दिनु भयो । उहाँले मध्यपूर्बको एनआरएन टीमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

    प्रबक्ता डिबी क्षेत्रीले नेपालीहरुलाई मनोबैज्ञानीक रुपमा काउन्सिलिङ गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले समितिले हप्ताको दुई तीन पटक फ़ेसबुक लाईब मार्फत नेपालीहरुको मनोबल उच्च बनाउन परामर्श दिनुपर्ने बताउनु भयो । 

    छलफल कार्यक्रममा संघका सचिब राजेन्द्र कुमार शर्माले उपस्थित सबैलाई स्वागत गर्दै मध्यपूर्बका नेपालीहरुको जोखिमलाई सरकारले छिट्टै सम्बोधन गर्नु पर्ने बताउनु भएको थियो । मध्यपूर्ब संयोजक प्रबीण गुरुङले नेपालीहरुको खाडीमा कार्यरत नेपालीहरुको अवस्थाबारे जानकारी गराउनु भएको थियो । यसैगरी सहसंयोजक मनोज गोर्खालीले मध्यपूर्बमा धेरै नेपालीहरुको शब अलपत्र परेको जानकारी गराउनु भयो । उहाँले स्वास्थ्य समितिले कोरोना पस्चात पनि निरन्तर रुपमा आफ्नो भूमिका निर्बाह गर्न अनुरोध गर्नु भएको छ । 


    स्वास्थ्य समितिका संयोजक डाक्टर सन्जीब सापकोटाको संयोजकत्वमा मध्यपूर्बका एनआरएनए नेत्रित्वहरुको उपस्थिती रहेको थियो । यूएई एनसीसीका प्रकाश कोईराला, कतार अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अध्यक्ष तेज बहादुर थापा, ओमान अध्यक्ष सेवन पुर्जा, बहराइन अध्यक्ष लक्ष्मी गिरी, कुवेत अध्यक्ष सुजन केसी र सहसंयोजक राजेन्द्र (जोन) अर्यालले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी साउदी अरबमा रहेकी आईसिसी सदस्य जस्मिन बेगम शैयदले नेपाली महिलाहरुको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । 


    कार्यक्रममा मध्यपूर्बमा कार्यरत स्वास्थ्य कर्मीहरूले नेपालीहरुको अवस्थाको बारेमा अनुभबहरु साट्नु भएको थियो । मध्यपूर्ब स्वास्थ्य समितिका डा. नितेश आर्यालले अनलाइन काउन्सिलिङ गर्न बिभिन्न योजनाहरु प्रस्तुत गर्नु भएको थियो । यूएईमा कार्यरत डाक्टर रबिन्द्र यादब, नर्स गंगा खनाल, डाक्टर रोशन पोखरेल, डाक्टर पुरुष श्रेष्ठ,  डाक्टर राजेश पौडेल,  डाक्टर अनिरुद्द पाठकले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो । 
    समितिले बिभिन्न देशमा रहेका दुताबासमा हेल्थ काउन्सिलिङ हट लाइनको ब्यवस्था गरी निशुल्क परामर्श दिनुपर्नेमा जोड दिएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on मध्यपूर्व क्षेत्रमा नेपाली नागरिकको स्वास्थ्य अवस्था बारे एनआरएनए स्वास्थ्य समितीको छलफल सम्पन्न

    नेपाल सरकार द्वारा तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय

  • १६ जेष्ठ २०७७, शुक्रबार २०:४४ मा प्रकाशित
  • संवाददाता

    काठमाण्डौँ | सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघले सरकारको यो निर्णयको स्वागत गर्दै सहजिकरणका लागि आफु तत्पर रहेको जानकारी गराएको छ ।

    गैरआवासीय नेपाली संघको प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले जनाए ।

    यसरी भारत बाहेक तेस्रो मुलुक बाट उद्धार गर्नु पर्नेमा एनआरएनए मध्यपूर्वको अनुसार मध्यपूर्वी देशहरूमा मात्रै पनि साउदी अरबमा कूल नेपालीको २५-३० प्रतिशत, बह्राईनमा ५००, कतारमा करिब २० हजार, यूएईमा २ हजार, कुवेतमा ३ हजार ५ सय र ओमनमा ४-५ सय जना उद्धारको पर्खाईमा रहेका छन्।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । समितिको शुक्रवार बसेको बैठकले दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको थियो ।

    उच्चस्तरिय समितिको निर्णय बमोजिम मन्त्री परिषदले अनुमोदन गरे पछि उद्धारको कार्य सुरु हुने भएको छ ।

    यसै बीच संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समितिहरुलाई एक पत्र जारी गर्दै केहि दिन धैर्य गर्न आग्रह गरेका छन् ।

    उनले विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

    परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार प्राथमिकताका आधारमा उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ र तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने अनुमान गरिएको छ ।

    नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाउने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ ।

    नेपाल सरकारले प्राथमिकताका आधारमा समस्यामा परेका नागरिकलाई स्वदेश लगिने: भिडियो सहित

    Posted by Shukra Moktan on Friday, 29 May 2020

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाल सरकार द्वारा तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय

    थप एक नेपालीको साउदी अरबमा कोरोना संक्रमण बाट मृत्यु:

  • १५ जेष्ठ २०७७, बिहीबार २१:०१ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद | साउदी अरबको पूर्वी शहर दम्माम स्थित रहेको “हुसैन अल बिसी” कम्पनीमा कार्यरत ३९ वर्षिय एक नेपाली नागरिकको २८ मेई २०२० का दिन मृत्यु भएको छ । सिराह जिल्लाका उनी विगत  १५ वर्ष देखी उक्त कम्पनीमा कार्यरत रहेको संगै कार्यरत एक नेपालीले जानकारी दिएको छ।


    एक साता देखी हल्का ज्वरो देखिए पनि उनले कोरोना टेस्ट गराएका थिएनन् तर २६ मेई २०२० का दिन एक्कासी उच्च ज्वरो संगै स्वासप्रश्वसमा कठिनाई भए पश्चात उनलाई अस्पताल लगिएको थियो भने अस्पतालले तुरून्तै आईसियू(सघन कक्ष) मा भर्ना गरी उपचार सुरू गरिएको थियो। उपचारकै क्रममा २८ मेईमा उनको मृत्यु भएको हो।
    अहिले सम्ममा उनी संगै साउदी अरबमा कोरोना संक्रमण बाट मृत्यु हुने नेपाली श्रमिकको संख्या आठ पुगेको छ। जस मध्ये सातको पुस्टी नेपाली नियोग राजदुताबास रियाद र महावाणिज्य दुताबास जेद्धाले गरिसकेको छ।


    वर्तमान समयमा साउदी अरबमा कोरोना संक्रमितको संख्या घट्दै गएको र संक्रमित मध्ये ६४.९६ प्रतिशत उपचार पश्चात निको भएको यहाँको आधिकारीक निकाय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on थप एक नेपालीको साउदी अरबमा कोरोना संक्रमण बाट मृत्यु:

    साउदी अरबमा कोरोना विरूद्ध जारी कर्फ्यू क्रमश: खुकुलो बनाउँदै

  • १४ जेष्ठ २०७७, बुधबार १४:०५ मा प्रकाशित
  • रियाद | साउदी अरेबियाले ईद पर्वको समाप्तिसँगै लकडाउन खुकुलो गर्ने भएको छ । साउदीका आन्तरिक मामिला मन्त्रालयले मंगलबार सूचना जारी गरी तीन चरणमा विभाजन गरेर लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

    चरणबद्ध रुपमा कडाइ गर्दै लकडाउनसम्म पुगेका साउदीले झन्डै साँढे २ महिनापछि लकडाउन खुकुलो पार्न लागेको साउदी प्रेसले जानकारी दिए । प्रेसका अनुसार पहिलो चरण मे २८ देखि मे ३० सम्ममा मक्का बाहेका अन्य क्षेत्रहरु बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुला गरिनेछन् । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने भएका छन् । तर सामाजिक दुरी भने कायम गर्नुपर्नेछ ।

    ब्यूटी सैलून, नाई पसल, खेलकुद क्लब, स्वास्थ्य क्लब, मनोरन्जन केन्द्र र सिनेमाघरहरू सामाजिक दूरीको चिन्ताको कारण बन्द रहने बताइएको छ ।

    त्यसैगरी दोस्रो चरण मे ३१ देखि जून २० मा मक्का बाहेका क्षेत्रमा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने जनाएको छ । कोराना संक्रमण नियन्त्रणसम्बन्धी नियम पूर्ण रूपमा पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई अनुमति दिने उल्लेख गरेका छन् ।

    मन्त्रालयले सार्वजनिक यातायातका साधनहरु दोस्रो चरणमा पनि संचालनमा नआउने जनाए । अन्तर्राष्ट्रिय उडानका बारेमा भने अर्को सूचनासम्मका लागि (बन्द) यथावत राखिने बताएका छन् ।

    त्यसैगरी दोस्रो चरण रेष्टुरेण्ट, खानेकुरा तथा क्याफेहरु खुल्ने भएका छन् । तेस्रो र अन्तिम चरण जून २१ पछि सामान्य अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले उल्लेख गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट1 Comment on साउदी अरबमा कोरोना विरूद्ध जारी कर्फ्यू क्रमश: खुकुलो बनाउँदै

    करिब २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरिने मन्त्रिपरिषदको निर्णय

  • १३ जेष्ठ २०७७, मंगलवार १८:५८ मा प्रकाशित
  • संवाददाता

    काठमाडौँ | सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले संचार माध्यमलाई जानकारी दिइन् ।

    परराष्ट्र मन्त्रालयले भारतबाट करिब ३ लाख र तेस्रो मुलुकबाट ३ लाख गरी ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । यद्यपि क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुमानमा भने तेस्रो मुलुकबाट झन्डै १० लाख नेपाली स्वदेश फर्किनेछन् । 

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका भने “सरकारले पारित गरेको कार्यविधिअनुसार कुवेतमा अवैधानिक रूपमा बसेर आममाफी पाएका करिब ३ हजार र यूएईमा रहेका २८ गर्भवती सहितका नागरिक उद्धारको पहिलो सूचीमा रहेका छन् । ‘सम्बन्धित सरकारबाट आममाफी पाएर कामविहीन भएका, कामको करार अवधि सकिएका, गर्भवती, रोजगारी गुमाएर नेपाल आउन तयारी अवस्थामा रहेका, छोटो अवधिको भिसामा गएका करिब २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरिनेछ, आवश्यक व्यवस्थापकीय काम सकेलगत्तै उहाँहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु हुनेछ ।”

    ‘बैठकले क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले तयार पारेको भारत तथा तेस्रो मुलुकबाट नेपालीको उद्धारसम्बन्धी कार्यविधि पारित गरेको छ,’ मन्त्री तुम्बाहाङ्फेका अनुसार “कार्यविधिअनुसार नै भारतबाट आउने नेपालीलाई उनीहरूकै स्थानीय तहमा पठाउने र तेस्रो मुलुकबाट प्राथमिकताका आधारमा उद्धार गरिनेछ ।’

    बंगलादेश, साइप्रसलगायत मुलुकमा अड्किएका विद्यार्थीहरू, लकडाउन भएपछि अलपत्र परेकाहरूलाई पनि उद्धार गरेर ल्याइने मन्त्री ज्ञवालीले बताए । नेपाल आइसकेपछि उनीहरूलाई काठमाडौं, धुलिखेललगायतका होटलमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण गरेपछि मात्रै सम्बन्धित स्थानीय निकायमा पठाउने कार्यविधि सरकारको छ । यसरी तेस्रो मुलुकबाट आउने नागरिकको आर्थिक अवस्था हेरिकन उनीहरूलाई पूरै सहुलियत दिने, अलिअलि सहुलियत दिने या सहुलियत नै दिन नपर्ने गरी वर्गीकरण गरिएको छ । कतिपयको खर्च उनीहरू फर्किने देश र काम गर्ने कम्पनीले नै गर्ने प्रतिबद्धता जनाएकाले नेपाललाई थोरै मात्रामा मात्रै आर्थिक भार पर्न सक्ने आकलन सरकारले गरेको छ । 

    भारतबाट फर्किने नागरिकको हकमा भने उनीहरूलाई बढीमा दुई दिन नाकामा राख्ने र गाडी चढाएर सम्बन्धित स्थानीय तहमै पठाउने तयारी सरकारको छ । सरकारले अनुमान गरेको भन्दा धेरै संख्यामा भारतबाट मजदुरहरू आउन थालेकाले उनीहरूलाई सम्बन्धित स्थानीय तहमै पठाउने र त्यहीँको क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षा परीक्षण गराउने निर्णयमा सरकार पुगेको हो । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा १० हजारभन्दा बढी मजदुर दक्षिणी नाकाबाट स्वदेश भित्रिरहेका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on करिब २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरिने मन्त्रिपरिषदको निर्णय

    श्रम बेच्न हिँडेका ५२ नेपालीको लास साउदीमा अलपत्र :

  • १२ जेष्ठ २०७७, सोमबार २३:३६ मा प्रकाशित
  • शुक्र मोक्तान/अनिल आचार्य


    रियाद साउदी |

    “न मुछे आमा दहिमा टिका, न छरे जमरा

    दैबले गर्दा हे मेरी आमा आउँदिन फर्केर”

    नारायण रायमाझी द्वारा संगीतबद्ध यो गीतले प्रवासमा आफ्नो उज्यालो  भविश्यको खोजि गर्न हिडेका हाम्रा नेपालि दाजुभाई प्रतिको यथार्थ इंगित गरि रहेको छ । साँझ बिहानको दुइ छाक टार्न विदेशी भूमिमा आफ्नो श्रम बेच्न हिडेका ५२ नेपाली युवा हरुको लास अहिले साउदी अरबमा अलपत्र अवस्थामा रहेका छ्न। भने हामीले सजिलै अनुमान लगाउन सक्छौँ नेपालमा रहेका ति ५२ परिवार अहिले कुन स्थितिमा होलान?


    यतिबेला साउदी अरबमा विभिन्न कारणले ज्यान गुमाएका श्रमिकहरू मध्ये  १ जना महिला सहित ५२ जनाको शव नेपाल पठाउन बाँकी रहेको छ, जस मध्येका ७ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना महामारीको कारण साउदी अरब र नेपाल सरकारले जारी गरेको लकडाउनले गर्दा ४ जनाको शवले (NOC)  नेपाल पठाउन कुनै आपत्ति नरहेको प्रमाणपत्र प्राप्त भएर पनि नेपाल पठाउन नसकेको साउदीका लागी नेपाली दुताबास रियादका द्वितीय सचिव बिपिन दवाडीले बताउनु भयो। उहाँका अनुसार बाँकी ४८ जनाको शव बारे कागजी कामहरू भईरहे तापनि यहाँको सम्बन्धित सरकारी कार्यलयहरू बन्द रहेको हुनाले चाहे अनुरूपले सिघ्र काम हुन सकेको छैन भने कोरोना संक्रमण भेटिएको शवहरू भने स्वास्थ्य सम्बन्धी विभिन्न संवेदनशीलताका कारण परिवारको अनुमती लिएर उचित कदम चालिने छ।

    साउदी अरबमा मृत्यु वरण गरेका मध्ये अवैध रूपमा काम गरिरहेकाहरूको सम्बन्धमा कागजी काम गर्न निकै कठिन हुने भएता पनि दुताबासले संवेदनशील भएर निरन्तर काम गरिरहेको दुताबास रियादको भनाई छ।

    वैदेशिक रोजगारको शिलशिलामा  साउदी अरब पुगेका नेपाली श्रमिकहरूको संख्या ३ लाख १५ हजार भन्दा बढी रहेको तथ्यांक रहेको छ।जसमा अधिकांश श्रमिकहरू अर्धदक्ष श्रमिकको रूपमा साउदी अरबको विभिन्न कम्पनीहरूमा कार्यरत छन्।विगत लामो समय देखी नै दक्ष नेपाली श्रमिकहरू अरबमा न्युन रहेको छ। यसो हुनुको कारण साउदी अरबको वातवरण र न्यून पारिश्रमिक हुनु नै हो भन्न सकिन्छ । त्यसको वाबजुद पनि नेपालमा बढ्दो बेरोजगार हुनु र कृषिगत क्षेत्रमा निर्भर न्यून आय भएको नवयुवाहरू बैदेशिक रोजगारमा होमिने गरेको देखिन्छ। 


    यसरी सुनौँलो सपना बोकेर साउदी अरब पसेका नेपाली श्रमिकहरूले विभिन्न कारणले ज्यान गुमाउँदै आएका छन्।नेपाली श्रमिकहरूले आप्रवासी कामदरको रूपमा ज्यान गुमाउने क्रममा “नेपाल लेबर माइग्रेशन रिपोर्ट २०२०” का अनुसार साउदी अरबमा १५ सय ९०, मलेशियामा १४ सय ५६, कतारमा १ हजार ९० र संयुक्त अरब ईमिरेट्समा ४ सय ७८ जनाले आफ्नो ज्यान गुमाएको तथ्यांक रहेको  छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on श्रम बेच्न हिँडेका ५२ नेपालीको लास साउदीमा अलपत्र :

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P