
रियाद | साउदी अरेबियाले ईद पर्वको समाप्तिसँगै लकडाउन खुकुलो गर्ने भएको छ । साउदीका आन्तरिक मामिला मन्त्रालयले मंगलबार सूचना जारी गरी तीन चरणमा विभाजन गरेर लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
चरणबद्ध रुपमा कडाइ गर्दै लकडाउनसम्म पुगेका साउदीले झन्डै साँढे २ महिनापछि लकडाउन खुकुलो पार्न लागेको साउदी प्रेसले जानकारी दिए । प्रेसका अनुसार पहिलो चरण मे २८ देखि मे ३० सम्ममा मक्का बाहेका अन्य क्षेत्रहरु बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुला गरिनेछन् । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने भएका छन् । तर सामाजिक दुरी भने कायम गर्नुपर्नेछ ।
ब्यूटी सैलून, नाई पसल, खेलकुद क्लब, स्वास्थ्य क्लब, मनोरन्जन केन्द्र र सिनेमाघरहरू सामाजिक दूरीको चिन्ताको कारण बन्द रहने बताइएको छ ।
त्यसैगरी दोस्रो चरण मे ३१ देखि जून २० मा मक्का बाहेका क्षेत्रमा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने जनाएको छ । कोराना संक्रमण नियन्त्रणसम्बन्धी नियम पूर्ण रूपमा पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई अनुमति दिने उल्लेख गरेका छन् ।
मन्त्रालयले सार्वजनिक यातायातका साधनहरु दोस्रो चरणमा पनि संचालनमा नआउने जनाए । अन्तर्राष्ट्रिय उडानका बारेमा भने अर्को सूचनासम्मका लागि (बन्द) यथावत राखिने बताएका छन् ।
त्यसैगरी दोस्रो चरण रेष्टुरेण्ट, खानेकुरा तथा क्याफेहरु खुल्ने भएका छन् । तेस्रो र अन्तिम चरण जून २१ पछि सामान्य अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले उल्लेख गरेको छ ।


emanjack 7802dec3d1 https://marketplace.visualstudio.com/items?itemName=tentena.Proteus-89-SP2-Crack-Professional-Fixed-Full-Version-Download